Friday, November 5, 2021

रमेश विकलको जन्मजयन्तीमा बालप्रतिभा पुरस्कृत



काठमाडौं । प्रसिद्ध आख्यानकार तथा बालसाहित्यकार रमेश विकलको ९४औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित कविता प्रतियोगिताका विजयी बालप्रतिभाहरूलाई एक समारोहबीच नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा प्रतियोगितामा प्रथम हुने प्रविज्ञा नेपाल, दोस्रो र तेस्रो हुने विभूति अधिकारी तथा समर्पण न्यौपानेलाई प्रमाणपत्र र नगद राशि प्रदान गरिएको थियो । कार्यक्रममा दिलासा तिवारी र बन्दना जैसवाललाई सान्त्वना पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताका विजेताहरूलाई नगद राशि क्रमश: पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको थियो । सान्त्वना पुरस्कार पाउनेलाई एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पुरस्कृत बालप्रतिभाहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहितका व्यक्तित्वले पुरस्कृत गरे ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डा. हेमनाथ पौडेलले साहित्यकार विकलको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष घिमिरेसहित वरिष्ठ उपाध्यक्ष केके कर्माचार्य, महासचिव विजय चालिसे, वरिष्ठ सदस्य मातृका पोखरेल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरेलगायतले मन्तव्य राखेका थिए ।


www.baahrakhari.com बाट साभार 

No comments: