Sunday, September 26, 2021

सिंहको ‘ओ चन्द्रमा’ बिमोचन

२१ कात्तिक २०७२ , काठमाण्डौ । कवि मणिराज सिंहको कविता संग्रह ‘ओ चन्द्रमा ’ बिमोचन भएको छ । शुुक्रवार काठमाण्डौको धोबिधारा स्थित युरेसिया रेयुुुकाईको हलमा प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा विष्णुविभुु घिमिरेले एक कार्यक्रमका बीच उक्त कृतिको बिमोचन गर्नुभएको हो ।

उक्त कृतिको बिमोचन गर्दै उपकुलपति घिमिरेले उच्चतम कला प्रयोग गरेर अभिव्यक्ति प्रस्तुुत गर्नु कविता हो भन्दै कवि सिंहमा त्यो क्षमता प्रशस्तै रहेको बताउनुु भयो । साथै उहाँले कवितालाई बुुद्धी र तर्कले थिच्नुु नहुने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा डा. गार्गी शर्मा, प्राज्ञ मातृका पोखरेल, मञ्जुु निरौला, डा. सुुष्मा आचार्य, गोपीकृष्ण शर्मा लगायतले शुुभकामना दिनुुभएको थियो । नेपाली कविताको क्षेत्रमा महत्वपूर्ण योगदान पुु¥याउदै आउनुभएका सिंहको ‘ओ चन्द्रमा ’ कविता संग्रह सातौ कृति हो । अक्षर, खुुर्पा र खुकुुरीहरु, राजधानी छिरेपछि, तिम्रो सहरमा म, ज्योतीका युुगीन स्वरहरु, शब्दको चौतारी तिर फर्किएर जस्ता कविता संग्रहहरु प्रकाशित भइसकेका छन् ।

http://www.sansarnews.com

No comments: