Friday, September 8, 2023

भाषा आयोगको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भाषा आयोगको आठौं वार्षिकोत्सवको अवसरमा आयोगले यही २०८० साल भाद्र २२ गते मातृभाषामा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा आयोजना गरिएको उक्त गोष्ठीमा आयोगका पूर्व अध्यक्ष एवम् सल्लाहकार डा. लवदेव अवस्थीले मातृभाषामा शिक्षाका चुनौतिका बारेमा मन्तव्य राख्नुभयो ।

गोष्ठीमा आयोगका सल्लाहकारहरू प्रा.डा. चुडामणि बन्धु, डा. योगेन्द्र प्रसाद यादव, प्रा.डा. जीवेन्द्रदेव गिरी, रुद्रलक्ष्मी श्रेष्ठ, परवानीपुर न.पा. का शिक्षा शाखा प्रमुख रविन्द्र मिश्र , शिक्षकहरू बलराम सर्राफ, सुनी श्रेष्ठ, अनिता राना लगायतले मातृभाषामा शिक्षा प्रदान गर्दा प्राप्त अनुभवहरू राख्नुभएको थियो ।

गोष्ठीमा आयोगका माननीय सदस्यहरु उषा हमाल, डा. अमरराज गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, अमृत योञ्जन तामाङ, गोपाल प्रसाद सर्राफ, डा. पुष्करराज भट्ट एवम आयोगका उपसचिवहरू, अधिकृतहरु लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । गोष्ठीमा आयोगका सचिव जयराम अधिकारीले कार्यक्रमको विषयवस्तुका बारेमा मन्तव्य राख्नुहुँदै उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण भाषा आयोगका उपसचिव कमला भण्डारी पाण्डेले गर्नुभएको थियो ।

000


www.bhashasansar.blogspot.com  बाट साभार 

No comments: