बातालाबाकाे ३४ औँ शृङ्खला २०८२ जेठ ३१ गते सम्पन्न भयाे । कवि प्रेमप्रकाशकाे कवितासङ्ग्रह 'रगतकाे तर्पण' माथि डा. अमृता शर्माले समीक्षा प्रस्तुत गर्नुभयाे कवि मुक्तान थेबाले पुरक विचारसहित टिप्पणी गर्नुभयाे ।
समाजवादका लागि काव्यसभा अन्तर्गत कविहरु डा.यादेवी ढकाल, सुधा मैनाली, शेखर अर्याल, मुक्तान थेबा, सजना गाेले तामाङ, कुशल बाेगटी, साेनामसज्जन किराँती, अमृता शर्मा, बद्री वेदना र रसुवाली कविले कविता वाचन गर्नुभयाे भने जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले टिप्पणी गर्नु भएकाे थियाे । सुमन पुडासैनीले सञ्चालन गर्नु भएकाे कार्यक्रममा भाषा आयाेगका सदस्य माननीय मातृका पाेखरेल, डा.पुष्करराज भट्ट, नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सवेदी, समालाेचक प्रध्यापक भीम रेग्मी, जनसांस्कृतिक महासङ्घका महासचिव डा.केशब सिलवाल, काेषाध्यक्ष कृष्णकिसु न्याैपाने, खजुरा प्रज्ञा-प्रतिष्ठानका सदस्य मणि अर्याल, साहित्यकार शशीराम कार्की, राजाराम रावत, कवि सञ्जीत फलना लगायतकाे उपस्थिति रहेकाे थियाे ।
०००
No comments:
Post a Comment