Tuesday, April 19, 2022

साहित्यकार पारिजातको २९ औं स्मृति सभा भव्यरुपमा सम्पन्न ।

 यही २०७९ बैशाख ५ गते प्रख्यात साहित्यकार पारिजातको २९ औं स्मृति सभा भब्यरुपमा उहाँको जीवन परिचय, समालोचक समीक्षकहरु, परिजातका समकक्षीहरु एवं कवि कलाकारहरुद्धारा विविध कोण प्रतिकोणबाट विश्लेषण र छलफल गर्दै सम्पन्न भएको छ ।


पारिजात स्मृति केन्द्रका कार्यवाहक अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक डि. आर. पोखरेल हुनुहुन्थ्यो भने पारिजातको बहिनी सुकन्या वाईवाको गरिमामय उपस्थिति रहेको कार्यक्रमलाई पुरस्ककृत तथा सम्मानित व्यक्तित्वहरू पारिजात सृजन सम्मानबाट सम्मानित विनोदविक्रम केसी, पारिजात बालसाहित्य सम्मानबाट सम्मानित भिक्टर प्रधान, पारिजात कला सम्मानबाट सम्मानित देवेन्द्र थुम्केली, पारिजात संघर्षशील नारी सम्मानबाट सम्मानित उमा गुरुंग राईले संक्षिप्त मन्तव्य राख्नु भएको थियो ।

सम्मानित प्रतिभाहरूको बारेमा स्मृति केन्द्रका सदस्य डा. बिन्दु शर्माले प्रकाश पार्नुभएको उक्त कार्यक्रममा पारिजातको सिर्जनात्मक व्यक्तित्वका बारेमा समालोचक धनप्रसाद सुवेदीले विचार प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रममा पारिजात स्मृति केन्द्रका सदस्य देविका तिमल्सिनाले सहभागीहरूलाई मन्तव्य सहित स्वागत गर्नुभएको थियो । स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले पारिजातसंगका सहकार्यका केही राख्नुभएको थियो राख्नु भएको थियो । कवि बिमल निभा र बिनोदविक्रम के.सी.ले कविता बाचन गर्नु भएको थियो ।

प्रमुख अतिथि डि.आर. पोखरेलले साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति शिरिषको फूल र अनिदो पहाड उपन्यासवीचको अन्तर र समानता लगायत विविध पाटाहरुमा प्रकाश पार्नुभएको थियो ।

साहित्यकार खगेन्द्र संग्रौलाद्धारा रचित गीत रायनद्धारा संगीतबद्ध गीत 'अपराजिता पारिजात…' इन्द्रेणी सांस्कृतिक समाज, किर्तिपुरका कलाकारहरूले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रबुद्ध सर्जकहरुको बिशेष उपस्थिति रहेको थियो भने नयाँ पुस्ताको उपस्थिति पनि उल्लेख्य रहेको थियो ।

स्मृति केन्द्रका कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संचालन स्मृति केन्द्रका महासचिव मातृका पोखरेलले गर्नुभएको थियो ।

000
































































No comments: