Tuesday, April 19, 2022

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा


काठमाडौं : वनिता साहित्यिक पत्रिकाले विभिन्न विधाका पुरस्कारहरुको घोषणा गरेको छ । पत्रिकाले  २०७८ र २०७९ सालका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको हो ।

पत्रिकाले रु. २५,००० राशि सहितको 'वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन -२०७८' वरिष्ठ साहित्यकार डा.दयाराम श्रेष्ठ 'सम्भव'लाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै रू. १०,०१५ राशि सहितको 'वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार -२०७८' वरिष्ठ कवि, गीतकार दिनेश अधिकारीलाई प्रदान गर्ने भएको छ ।

पत्रिकाले रू.१०,०००  राशि सहितको 'देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार' २०७८ र २०७९  बाल साहित्यकार प्रभा भट्टराई र बाल साहित्यकार रामदेव पाण्डेलाई ,रु. ५,००० राशि सहितको  'वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान' २ं०७८ र २०७९  समालोचक डा.शैलेन्दुप्रकाश नेपाल र समालोचक डा.दुर्गाप्रसाद दाहाललाई प्रदान गर्ने भएको छ ।

यसैगरी पत्रिकाले रू ५,५५५  राशि सहितको 'वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार' २०७८ र २०७९ कथाकार मातृका पोखरेल रकथाकार इल्या भट्टराईलाई ,रू ५,०५५ राशि सहितको  'व्यथित काव्य वनिताश्री पुरस्कार' २०७८ र २०७९ कवि कृसु क्षेत्री र कवि मनोज न्यौपानेलाई ,रू.१५,००० राशि सहितको 'वनिता शिक्षा र साहित्य पुरस्कार २०७८' शिक्षासेवी गायत्री श्रेष्ठलाई  रू. १५, ००० राशि सहितको 'वनिता बहुआयामिक प्रतिभा पुरस्कार -२०७९'  बहुआयामी प्रतिभा मोहन अभिलाषीलाई,रू.१०,००५ राशि सहितको 'वनिताश्रीे उन्नती गीतसङ्गीत पुरस्कार' २०७८ र २०७९ गायिका संगीता थापा शाक्यलाई  र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरलाई प्रदान गर्ने भएको छ ।

यस्तै पत्रिकाले रू. ५,०००  राशि सहित 'वनिता विशेष वसुश्री–मधु पुरस्कार' २०७८ र २०७९ संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई , रू.१०,००० राशि सहितको 'वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार' ०७८ र ०७९ गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छालाई  प्रदान गर्ने भएको छ । ,

यसैगरी पत्रिकाले रू.१०,००० राशि सहित 'वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार' २०७८ र २०७९ राइजिङ स्टार बोर्डिङ स्कुलका साना नानीहरू र प्रिभा रेग्मीलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

यस्तै पत्रिकाले रू .५,००० राशि सहितको 'वनिता बाल कलाकार पुरस्कार -२०७९' कृशला श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

 यी पुरस्कारहरू  वैशाख १७ गते प्रदान गरिने बनिता पत्रिकाका सम्पादक एवं प्रकाशक साहित्यकार लक्ष्मी उप्रेतीले जानकारी दिइन ।

www.khulamancha.com बाट साभार 

No comments: