Saturday, September 23, 2023

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल


६ असोज २०८०, काठमाडौं

सुप्रसिध्द लेखिका पारिजातको नाममा स्थापित पारिजात स्मृति केन्द्रको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो । साधारणसभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।
सभाले कोषाध्यक्ष देविका तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरी कार्यसमिति सदस्य डा. विन्दु शर्मालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गर्ने कार्यसमिति वैठकको निर्णयलाई अनुमोदन गर्यो ।
त्यसैगरी साधारणसभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले कार्यव्यस्तताको कारण देखाउँदै दिएको राजिनामा स्वीकृत गरी कार्यसमिति सदस्य मातृका पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गर्‍यो । साथै रिक्त रहेको कार्यसमिति सदस्यमा कवि केशव सिलवाल र समालोचक अमृता शर्मालाई मनोनयन गर्‍यो ।
साधारणसभामा स्मृति केन्द्रका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य डा. महेश मास्के, अध्यक्ष मातृका पोखरेल, वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, साहित्यकार डा. गीता त्रिपाठीले मन्तव्य राखेका थिए ।
साधारणसभालाई स्मृति केन्द्रका महासचिव दीलसुन्दर श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रमको शुरुमा कार्यसमिति सदस्य सीता शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । 

000

www.vishwaparikrama.com  बाट साभार 

------------------------------------------------------------


No comments: