Friday, August 9, 2024

'लेनिन काव्यउत्सव' आयोजना गरियो

लेनिन स्मृति सतवार्षिकी, मूल आयोजक समितिको आयोजनामा वि.सं. २०८१ श्रावण २५ गते बुधबार लेनिन काव्यउत्सव कार्यक्रमको आयोजना गरियो । लेनिन स्मृति सतवार्षिकी, मूल आयोजक समितिका संयोजक निनु चापागाईंको अध्यक्षतामा भएको कविता गोष्ठीको औचित्यका बारेमा कवि मित्रलाल पंज्ञानीले आफ्ना धारणा राख्नुभएको थियो । कवि जगदीशचन्द्र भण्डारीले लेनिनको एउटा कविताबाचन गर्नुभएको थियो । कार्यक्रममा कविहरू अर्जुन पराजुली, इन्दिरा अधिकारी, केशव सिलवाल, गौरी देवकोटा, घनश्याम शर्मा पौडेल, छायाँदत्त न्यौपाने, पञ्चकुमारी परियार, पुण्य आचार्य, पुरुषोत्तम आचार्य, पुरुषोत्तम सुबेदी, मातृका पोखरेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, लक्ष्मी माली, विनोदविक्रम केसी, विमल निभा , विष्णु भण्डारी, शिला योगी , समर्पण न्यौपाने, सीता शर्मा, सुरेश कीरण, बलराम तिमिल्सिनाले आ-आफ्ना कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा कवि संगीत श्रोताले बर्तोल ब्रेख्तले लेनिनबारे लेख्नुभएको कविता सुनाउनुभएको थियो ।

कार्यक्रममा कवि अमर गिरीले लेनिनका साहित्यसम्बन्धी विचारहरुका बारेमा मन्तव्य राख्नुभएको थियो । त्यसैगरी कार्यक्रमको संचालन कवि बलराम तिमिल्सिनाले गर्नुभएको थियो ।

000




























No comments: