Saturday, May 28, 2022

`सन्त्रस्त समयका कथा ´ - रसुवाली कवि

 


उसो त मातृका पोखरेलको कवि ब्यक्ति बढी परिचित छ । मैले पनि उनलाई कवि प्लस कम्युनिस्ट आन्दोलनको एकजना प्रतिबद्ध नेताको रूपमा चिनेको हुँ । उनका दर्जनौं कविताहरु सदावहार छ्न ।

सन्त्रस्त आँखाहरु मातृका पोखरेलको कथा संग्रह हो । यस संग्रहभित्र उनका दुई प्रकारका कथा छ्न एकखालका कथा प्रगतिशील कथाको निरन्तरताको रूपमा छ्न अर्कोथरी कथाहरुमा शैली , बिचार र कलाको संयोजन अर्थपूर्ण रूपमा भएको छ ।
पुर्वी पहाडदेखि पश्चिम पहाडसम्मका परिवेश कथाहरूमा अटाएको छ । पन्चायतदेखि जनयुद्धसम्मका कथाहरु छ्न । धेरै जसो कथाहरु गाउँका परिवेशमा छ्न । पाठकले अनुमान गर्न सक्छन उनको कथामा आएको गाउँ उनकै थाकथलो ठानागाँउ उदयपुर होला कि भनेर ? कथाहरु हिमाल, पहाड, तराई हुँदै काठमाडौंसम्म छरिएका छ्न ।
जनयुद्ध परिवेशमा लेखिएको पश्चिमतिर , शहरिया मजदुरको पीडामा आधारित फुटपाथ , चुनावसँग सम्बन्धित चुनावको मौसम , वैदेशिक रोजगारको सिर्जना गरेको सन्त्रासमा आधारित म यसरी फर्किए , दुई फरक कर्मचारीहरुका दर्दमा आधारित अपरिचित अभिनय , राजनीतिक रूपमा भेष बदल्नेहरुको बेइमानीमा आधारित अविश्वास प्रस्ताव जस्ता कथाले प्रगतिशिल कथा साहित्य अर्थपूर्ण छाप छोडेका छ्न ।
सानो आकारको कथा संग्रहले पाठकलाई पृथक छाप छोडछ ।

www.facebook.com बाट

No comments: