Thursday, June 20, 2024

ओखलढुङ्गाको रुम्जाटारमा 'नेपाली लघुकथामा समाजवादी यथार्थवाद' विषयक गोष्ठी सम्पन्न ।

 नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित ओखलढुङ्गा–रुम्जाटार साहित्यिक यात्रा एवं आख्यान / बालसाहित्य गोष्ठी

२०७३ फागुन १४–१५ ओखलढुङ्गा–रुम्जाटार
विशेष रिपोर्ट  

नेपालको कला साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रज्ञा - प्रतिष्ठान एउटा युग बोकेको साहित्यिक प्रतिष्ठानको रुपमा स्थापित छ । यसले विगतदेखि नै विविध विधाका साहित्यको संरक्षण र विकासमा टेवा पु¥याउँदै आएको कुरामा कुनै द्विविधा छैन । नेपालका विविध भाषा साहित्यको समावेशी, समानुपातिक विकासमा राज्यलाई थप झकझक्याउने राज्यको प्रतिनिधिको रुपमा क्रियाशील प्रतिष्ठानले वहुआयामिक साहित्यिक गोष्ठीहरु मार्फत  देशव्यापी अभियानहरु सञ्चालन गर्दै साहित्यको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल प्रज्ञाप्रतिष्ठान हिरक वर्ष २०७३ सन्दर्भ पारेर ओखलढुङ्गा -रुम्जाटार साहित्यिक यात्रा एवं आख्यान /बालसाहित्य गोष्ठी २०७३ फागुन १४ र १५ गते सुन्दर जिल्ला ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका स्थित रुम्जाटारमा प्राज्ञ मातृका  पोखरेलको अध्यक्षतामा एक भव्य साहित्यिक गोष्ठीको आयोजना गर्न सफल भयो । ओखलढुङ्गा, रुम्जाटार साहित्य यात्रा एवं आख्यान/ बालसाहित्य गोष्ठी २०७३ फागुन १४–१५ को कार्यक्रमको उद्घाटन राष्ट्रियगान बजाएर प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको  थियो । अतिथिको रुपमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका निमित्त प्रमुख त्रिलोचन रिमाल, जिल्ला प्रहरी निरीक्षक टिका कार्की, शमशेर दल गुल्मका गुल्मपति ऋषिराम कँडेल, ओखलढुङ्गा- -रुम्जाटार साहित्यिक गोष्ठीका संयोजक सीताराम गुरुङ, नेकपा (माओवादी केन्द्र)का जिल्ला सहसंयोजक अनिल योगी, नेकपा (एमाले)का जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, नेपाली कांग्रेस, राप्रपा, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी लगायत संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथि एवं सर्वसाधारणलाई साहित्यकार होमशंकर बर्तोलाले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुका साथै समाजसेवी तथा बुद्धिजीवी सीताराम गुरुङ, निमित्त प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल, माओवादी केन्द्रका सहसंयोजक अनिल योगी, एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्राज्ञ नर्मदेश्वरी सत्यालले एकेडेमीले खेलेको भूमिका बारे मन्तव्य दिनुभएको थियो । 

कार्यक्रममा ‘नेपाली लघुकथामा समाजवादी यथार्थवाद’ विषयमा साहित्यकार पुष्करराज भट्टले कार्यपत्र प्रस्तुत गर्नुभयो भने उक्त कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आर.एम.डंगोल र रामप्रकाश पुरीले टिप्पणी गर्नुभएको थियो । 

यस्तै उक्त कार्यक्रममा “बालसाहित्यमा प्रगतिशील चिन्तन” विषयक कार्यपत्र बालसाहित्यकार विजयराज आचार्यले  प्रस्तुत गर्नुभयो भने कार्यपत्रमाथि साहित्यकार डा.विन्दु शर्मा र चेतनाथ धमलाले टिप्पणी गर्नुभएको थियो ।  सयौं जनताको बीचमा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथि सांसद यज्ञराज सुनुवारले आफ्नो क्षेत्रमा एकेडेमीले आयोजना गरेको गोष्ठीको सह्राना गर्नुका साथै भविष्यमा समेत यस्तै गोष्ठीको आयोजना गर्न आग्रह गरी साहित्यिक गोष्ठीको सफलाको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा स्थानीय संघ संस्थाहरुको सहआयोजना समेत रहेको थियो । कार्यक्रमको भिजन एफ.एम.र ब्रोडकाष्टले प्रत्यक्ष प्रशारण गरेका थिए । कार्यक्रमको बीच बीचमा स्थानीय र केन्द्रबाट गएका कवीहरुले कविता, गीत, नृत्य प्रस्तुत गर्नुभयो । स्थानीय समाजसेवी यमनसिंह गुरुङ, पत्रकार महासंघ ओखलढुङ्गाका उपाध्यक्ष शिव ढुंगाना, कान्तिपुरका संवाददाता कुम्भराज राई, प्रलेस नेपालका पदाधिकारीहरु  पुष्करराज भट्ट, खेम थपलिया, आर.सी.न्यौपाने, प्रकाश सिलवाल, कृष्णहरि भट्ट, गोपी उपाध्याय, लक्ष्मीनारायण, कृष्णराज लगायतका साहित्यकारहरुको उपस्थिति एवं आतिथ्यता रहेको थियो ।  यसरी महत्वपूर्ण सन्देश दिन सफल उक्त कार्यक्रममा अध्यक्षता गर्नुभएका प्राज्ञ श्री मातृका पोखरेलले नेपालको साहित्यिक आन्दोलनको बारेमा र नेपाल प्रज्ञा-प्रतिष्ठानले  पुर्या एको योगदानका  बारे चर्चा गर्दै  कार्यक्रम समापन गर्नुभयो भने उक्त कार्यक्रमको संचालन युवा साहित्यकार विकास राईले गर्नुभएको थियो ।

000

प्रतिवेदक :-  रामचन्द्र न्यौपाने (आर.सी.)













































































































































































No comments: