Sunday, April 28, 2024

महिला पुस्तक प्रदर्शनी- २०८१ मा 'मैले चिनेको पारिजात' संवाद शृंखला आयोजना

 पारिजात स्मृति केन्द्रको आयोजना र फिनिक्स बुक्सको संयोजनमा आयोजना गरिएको महिला पुस्तक प्रदर्शनी - २०८१ को काठमाण्डौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले वैशाख ११ गते उद्घाटन गर्नुभयो । पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा प्रदर्शनीको औचित्यमाथि केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले साहित्यकार पारिजातकै संयोजनमा वि.सं. २०४२ साल चैत्र १ गते देखि ७ गतेसम्म सञ्चालन भएको पहिलो महिला पुस्तक प्रदर्शनीको स्मरण गर्नुहुँदै यस प्रदर्शनीले महिला साहित्यकारहरुमा असल र गुणस्तरीय कृति लेख्ने उत्प्रेरणा जागृत गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले महिला लेखकहरुको यो प्रकारको सहभागिताले आफू पनि उत्साहित भएको छु भन्नुभयो । पारिजात स्मृति केन्द्रका यस प्रकारका गतिबिधिलाई आफूले निरन्तर सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नुभयो । धन्यवाद मन्तव्य राख्नुहुँदै कार्यक्रमका संयोजक फिनिक्स बुक्सका प्रमुख गणेश सुबेदीले अत्यन्तै छोटो समयमा यो कार्यक्रम आयोजना गर्नु परे पनि महिला लेखकहरुको उत्साहजनक सहभागिताले आफू पनि उत्साहित भएको धारणा राख्नुभयो ।

000


पहिलो दिनको प्रदर्शनीमा 'मैले चिनेको पारिजात' अन्तरसम्बादको ऋङ्खला - १ मा डा. राजेन्द्रप्रसाद अधिकारी र शान्ती कुमारी राई ऋङ्खला - २ मा रघुजी पन्त र इन्दिरा दलीले पारिजातसँग सम्झना र पारिजातको नेपाली साहित्यमा पुऱ्याउनु भएको योगदानको विविध कोणबाट चर्चा र विश्लेषण गर्नुभयो । पहिलो दिनको दुवै चरणको कार्यक्रमको संचालन विन्दु शर्माले गर्नुभएको थियो ।
पुस्तक प्रदर्शनी २०८१ वैशाख ११ गते देखि १५ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा संचालन हुने छ ।

000


















































































---------------------------------------------

महिला पुस्तक प्रदर्शनीको दोस्रो दिन 
अर्थात २०८१ बैसाख १२ गते 


'मैले चिनेको पारिजात' अन्तरसम्बादको ऋङ्खला - १ मा पम्फा भुषाल र आहुतिले पारिजातको जीवन, राजनीति, सिर्जना र संघर्षका विविध आयाम बारे धारणा राख्नुभयो ।


'मेरो पार्टीको नेताले मलाई पहिलोपटक पारिजात भनेको बाइफाले आइमाइ हो भनेर सिकायो' भन्नुहुँदै साहित्यकार आहुतिले पारिजात श्रमिक वर्गको असल पथप्रदर्शक हुनुहुन्थ्यो भन्नुभयो । पारिजातलाई साहित्यकारसँगसँगै राजनैतिक नेताको रूपमा पनि बुझ्नुपर्छ भन्नुहुँदै नेत्री पम्फा भुसालले पारिजातको विचार र सिर्जनालाई नयाँ पुस्ताले पनि ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो । पहिलो चरणको कार्यक्रमको संचालन अमृता शर्माले गर्नुभएको थियो
कार्यक्रमको दोश्रो चरणमा 'महिला लेखन कठिनाइ र सम्भावनाका बारेमा छलफल भएको थियो । उक्त छलफलमा सुलोचना मानन्धर , धनकुमारी सुनार र कैलाश राईले भाग लिनुभएको थियो ।कार्यक्रमको संचालन विमल आचार्यले गर्नुभएको थियो ।





































----------------------------------------------------------------

महिला पुस्तक प्रदर्शनीको तेस्रो दिन

































--------------------------------------------------------------

महिला पुस्तक प्रदर्शनीको चौथो  दिन 







































---------------------------------------------------------------------

महिला पुस्तक प्रदर्शनीको पाँचौ अर्थात अन्तिम  दिन




































































































अस्मिता पत्रिका विमोचन

महिला आन्दोलनको क्षेत्रमा स्थापित पत्रिका 'अस्मिता' को नयाँ अङ्क महिला पुस्तक प्रदर्शनीको अन्तिम दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री हितबहादुर तामाङले विमोचन गर्नुभयो । कार्यक्रममा पत्रिकाका सम्पादक कुमारी लामाले मन्तव्य राख्नुभएको थियो । डा. गीता त्रिपाठी , लक्ष्मी रुम्बा , कुमारी लामा सम्पादक रहनु भएको उक्त पत्रिकाको प्रकाशक डा. महेश मास्के हुनुहुन्थ्यो । 'अस्मिता' पत्रिका प्रकाशनको आरम्भमा साहित्यकार पारिजातको मेरो भागमा परेको 'अस्मिता' स्तम्भ निकै चर्चित थियो । विमोचन समारोहको संचालन डा. विन्दु शर्माले गर्नुभएको थियो ।

000 

महिला पुस्तक प्रदर्शनी समापन समारोह

पारिजात स्मृति केन्द्रको आयोजना र फिनिक्स बुक्सको संयोजनमा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा भइरहेको महिला पुस्तक प्रदर्शनीको २०८१ वैशाख १५ गते समापन भएको छ । पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो । महिला पुस्तक प्रदर्शनीका बारेमा जानकारी दिनुहुँदै स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले प्रदर्शनीमा पाँचसय भन्दा बढी महिला लेखकहरुको सहभागिता रहेको जानकारी दिनुभयो । प्रदर्शनीका संयोजक एवम् फिनिक्स बुक्सका प्रमुख गणेश सुबेदीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री हितबहादुर तामाङले पारिजात स्मृति केन्द्रको भौतिक आवश्यकता पुरा गर्न आफू लागिपर्ने जानकारी दिनुभयो । कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले गर्नुभएको थियो ।

000 

-------------------------------------------------------------------------------




No comments: