Saturday, July 20, 2024

"मैथिली, भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी - २०८१" कार्यक्रमको आयोजना

काठमाडौं स्कूल अफ ल ले यही २०८१ साल साउन ५ गते "मैथिली, भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी - २०८१" कार्यक्रमको आयोजना गऱ्यो । काठमाडौं स्कूल अफ लका अध्यक्ष डा. गोविन्द प्रसाद कुसुमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यकमको आरम्भमा कलेजका कार्यकारी निर्देशक प्रा. डा. युवराज सङ्ग्रौलाले कार्यक्रमको विषयवस्तुका बारेमा प्रकाश पार्नु भएको थियो । उद्घाटन कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्य, प्रा. डा. रामावतार यादव, भाषा आयोगका माननीय सदस्य अमरराज गिरी, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, भाषा आयोगका माननीय सदस्य गोपाल अश्क, अधिवक्ता सतिश कुमार झालगायतले कार्यक्रमको महत्वबारे मन्तव्य राख्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यकमको दोस्रो सत्रमा भाषा आयोगका सचिव डा. लोकबहादुर लोप्चन, रविन्द्र भट्टराई, हृतिक यादव, आयुष प्रताप सिंह, पूजा साह, बलिराम कुमार चौहान, अङ्कितराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रहरूमाथि माननीय गोपाल अश्क, डा. आभाष लाभ, भउच प्रसाद यादव, सुजित झाले टिप्पणि गर्नुभएको थियो । कार्यकमको अन्तिम शेसनमा प्यानल डिस्कशन कार्यक्रम राखिएको थियो ।

000













No comments: