Thursday, June 20, 2024

सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न ।

नेपाल प्रज्ञा - प्रतिष्ठान र लघुकथा समाजको संयुक्त आयोजनामा २०७४ साल असार ३ गते सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न भयो ।लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा - प्रतिष्ठानका प्राज्ञ परिषदका सदस्य एवम् गद्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रमको औचित्य बारे कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टले आफ्ना धारणाहरु राखिसकेपछि सुरु भएको उक्त गोष्ठीमा साहित्यकार ध्रुब मधिकर्मीले ' समकालीन नेपाली लघुकथा लेखनको समस्या र चुनौती' शिर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यपत्रमाथी साहित्यकार स्नेह सायमीले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यपत्र ममाथी सहभागीहरुका तर्फबाट बाट सरोज ढुंगाना ,सुरेश बुढाथोकी , हरिप्रसाद सापकोटाले पनि विचार हरु प्रस्तुत गर्नुभएको थियो । टिप्पणी र सुझावमाथी कार्यपत्र प्रस्तोता ध्रुव मधिकर्मीले आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यपत्रमाथीको छलफल पश्चात् वरिष्ठ आख्यानकार विनय कसजूको लघुकथा ' एम्बुलेन्सको देश ' लघुकथा बाचन गरेर बाचन कार्यक्रम सुरु गरियो । कार्यक्रममा नवराज गजुरेल ,पुष्कर राज भट्ट ,हरि सापकोटा ,डा . पुष्करराज भट्ट , सुन्दर शिरीष , सुमन सौरभ, रामबहादुर सुनार , गोपाल अस्क, रमेश चापागाईं, ध्रुव मधिकर्मी , दिपक राई ,स्नेह सायमी , धनकुमारी खनाल ,सरोज ढुंगाना , सुरेश बुढाथोकी , अमीत घिमिरे , डम्बर रसिक भारती , विजय नेपाल , निर्मल ढुंगाना लगायत श्रष्टाहरुले लघुकथा वाचन गर्नुभएको थियो ।

साहित्यकार डम्बर रसिक भारतीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सरोज ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

000

========================================



गोरखापत्र दैनिक , वर्ष ११९, अङ्क ४४
२०७४ साल असार ५ गते सोमबार ।








































































































































===========================================

कार्यक्रम प्रतिवेदन

सिन्धुुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी

नेपाल प्रज्ञा–प्रतिष्ठान र लघुकथा समाजको संयुक्त आयोजनामा २०७४ साल असार ३ गते सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न भयो । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषदका सदस्य एवं गद्य र आख्यान विभाग प्रमुख मातृका पोखरेलले गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीको सन्दर्भ पारेर भएको सो कार्यक्रमको साहित्यकार डम्बर रसिक भारतीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सरोज ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको औचित्यबारे कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टले आफ्ना धारणाहरु राख्ने क्रममा लघुकथा समाजले नेपाली लघुकथाका लागि गरेका कार्यका बारेमा चर्चा गर्नुुभयो । उहाँले लघुकथा समाजले लघुकथा वाचन, सम्मान कार्यक्रक्रम, लघुकथा सम्बन्धित कार्यपत्र लेखन एवम्् प्र्रस्तुुति, अन्र्तक्रिर्या, छलफल, पत्रिका प्रकाशनका माध्यमबाट नेपाली लघुकथाको विकासमा दिएको योगदानको चर्चा गर्नुुुभयो । लघुकथा समाजले वर्षभरिका नियमित कार्यक्रम गर्ने सन्दर्भमा यस पटक मेलन्चीमा नेपाल प्रज्ञा प्रतिष्ठानको हिरक जयन्तीको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम गरिएको विचार व्यक्त गर्नुभयो । उक्त गोष्ठीमा साहित्यकार ध्रुव मधिकर्मीले ‘समकालीन नेपाली लघुकथा लेखनको समस्या र चुनौती’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुुत गर्ने क्रममा उहाँले नेपाली लघुकथाको विकासको गति बढदै गएको, नेपाली लघुकथामा कलम चलाउने स्रष्टाको संख्या बढदै गएको भएतापनि शिल्प र विचारका क्षेत्रमा सिर्जना सशक्त बनाउनुुपर्ने अभिमत राख्नुुभयो । उहाँले नेपाली लघुकथामा विषयवस्तुुगत एकरुपता पाइनुु, साधनाको कमी जस्ता कमजोरी देखिए पनि भविष्यमा राम्रा लघुकथा सिर्जना हुनसक्ने संभावना रहेको मत राख्नुुभयो । उक्त कार्यपत्रमाथि साहित्यकार स्नेह सायमीले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा सायमीले कार्यपत्र प्रस्तोताले धेरै मेहनत गरेर कार्यपत्र तयार गर्नुुभएको र यसमा विभिन्न विद्वानका भनाइ र टिप्पणी राखेर प्रस्तुुत गरेको भए राम्रो हुने विचार राख्नुुभयो । कार्यक्रममा सहभागीहरुका तर्फबाट सरोज ढुंगाना, सुरेश बुढाथोकी, हरिप्रसाद सापकोटाले पनि विचारहरु प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तोता ध्रुव मधिकर्र्मीले छलफलमा उठेका टिप्पणी र सुझावमाथि आफ्ना थप भनाइ राख्नुभएको थियो ।

कार्यपत्रमाथिको छलफल पश्चात् वरिष्ठ आख्यानकार विनयकुमार कसजूको लघुकथा ‘एम्बुलेन्सको देश’ वाचन गरेर कार्यक्रम शुरु गरियो । कार्यक्रममा नवराज गजुरेल, हरि सापकोटा, डा. पुष्करराज भट्ट, सुन्दर शिरीष, सुमन सौरभ, रामबहादुर सुनार, गोपाल अश्क, रमेश चापागाईं, ध्रुव मधिकर्र्र्मी, दिपक राई, स्नेह सायमी, धनकुमारी खनाल, सरोज ढुंगाना, सुरेश बुढाथोकी, अमित घिमिरे, डम्बर रसिक भारती, विजय नेपाल, निर्मल ढुंगाना लगायतका स्रष्टाहरुले लघुकथा वाचन गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आख्यान विभागका प्र्रमुुख मातृका पोखरेलले आख्यान विभागका गतिविधिका बारेमा प्रकाश पार्नुुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले लघुकथा सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिएको चर्चा गर्दै समकालीन साहित्यको लघुकथा अंक प्रकाशन, प्रज्ञा आधुनिक नेपाली लघुुकथा नामक पुुस्तक प्रकाशन हुने क्रममा रहेको र लघुकथा सम्बन्धित गोष्ठी देशका विभिन्न भेगमा गर्न लागेको जानकारी गराउनुुभयो । कार्यक्रमका सभापति लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली लघुकथाको विकासमा लघुकथा समाजले दिएको योगदानको चर्चा गर्दै कार्यक्रम सफल पार्न लाग्नुुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।  

प्रतिवेदक : पुस्करराज भट्ट 

-------------------------------









No comments: