Saturday, February 3, 2024

सिर्जना - यात्राको एघारौं ऋङ्खला सम्पन्न

पारिजात स्मृति केन्द्र, सार्थक जनसंगीत प्रतिष्ठान र इन्द्रेणी सांस्कृतिक समाजको संयुक्त आयोजनामा हुने गरेको सिर्जना - यात्राको एघारौं ऋङ्खला वि.सं. २०८० माघ १९ गते पारिजात स्मृति केन्द्रको भवन म्हेपि, काठमाण्डौमा सम्पन्न भएको छ । गीत र कविताको संयुक्त प्रस्तुति रहेको उक्त कार्यक्रममा वरिष्ठ जनगायकहरु माधव प्रधान, उदय श्रेष्ठ, गुज्जे मालाकार, मीना महर्जन, प्रमिला महर्जन , रत्नशोभा महर्जन, दीपा महर्जन, प्रशान्त सुवेदीले पनि गीत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कवितातर्फ डा.कौशिला रिसाल, जयन्ता पोखरेल, शोभा दुलाल सुनिता बुढाथोकी, अर्जुन नेपाली र दिलकुमारी डंगोलले शसक्त कविता वाचन गर्नुभएको थियोे । वरिष्ठ साहित्यकार डा. बालचन्द्र मिश्रले हास्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो । ध्वनीमा विभव बानियाँले संयोजन गर्नुभएको थियो । वरिष्ठ गीतकार एवम् संगीतकार श्याम तमोटको संचालनमा भएको उक्त कार्यक्रममा पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले कवि, कलाकार लगायत उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन सहित संक्षिप्त मन्तव्य राख्नुभएको थियो । सिर्जना - यात्रा प्रत्येक दुइ महिनाको तेस्रो शुक्रवार आयोजना हुँदै आएको छ ।

000

























No comments: