Sunday, February 4, 2024

वरिष्ठ साहित्यकार प्रा.डा. चुडामणि बन्धु देवकोटा-लुसुन प्रज्ञा पुरस्कार - २०८० बाट पुरस्कृत हुँदै

प्रा.डा. चुडामणि बन्धु

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानले वि.सं. २०८० को देवकोटा लुसुन प्रज्ञा पुरस्कार वरिष्ठ साहित्यकार प्रा.डा. चुडामणि बन्धुलाई समर्पण गर्ने निर्णय गरेको छ । वि.सं. २०८० साल माघ २१ गते देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिष्ठानले यस अघि नै कार्यसमितिका उपाध्यक्ष मातृका पोखरेलको संयोजकत्वमा महासचिव सीता शर्मा र सचिव बाबा बस्नेत सदस्य रहनुभएको एक पुरस्कार छनौट समिति गठन गरेको थियो । पुरस्कार छनौट समितिको सिफारिस बमोजिम प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त पुरस्कार २०८० साल फागुन ७ गते काठमाण्डौं अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजना गरिने कार्यक्रममा  रू. ५००००/-  (रू.पचास हजार) नगद राशि र प्रमाणपत्रसहित  समर्पण गरिने जानकारी प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण प्रसाईले  गराउनु भएको छ । 

000

No comments: