Friday, January 6, 2023

वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगः पुरस्कार सहित सम्मानित



भक्तपुर - वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगः पुरस्कृत तथा सम्मानित हुनु भएकाे छ । रमेस विकल साहित्य प्रतिष्ठानले 'रमेस विकल वाङ्मय पुरस्कार २०७९' सहित शनिबार सर्जक ग्वंगःलाई  सम्मान गरेकाे हाे ।  ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्मचार्यले  सर्जक ग्वंगःलाई नगद रू. ५० हजार रूपैंया हस्तान्तरण गर्नु भएकाे हाे ।

१४औँ विकल स्मृति दिवसको अवसरमा पुस २ गते शनिबार प्रतिष्ठानले एक कार्यक्रम गरि विभिन्न शिर्षकमा पुरस्कार वितरण गरिएको थियाे । अस्वस्थताका कारण ग्वंगः कार्यक्रममा उपस्थित हुन नसकेपछि प्रतिष्ठानले ग्वंगः निवास भक्तपुर सुर्यविनायक निष्ठाछें पुगेर पुरस्कार तथा सम्मान प्रदान गरिएकाे हाे । सम्मान पत्र साहित्यकार मातृका पाेखरेलले वाचन गर्नु भएकाे थियाे । पुरस्कार हस्तान्तरण कार्यक्रममा  बाेल्नु हुँदै सर्जक ग्वंगःले रमेस विकल सँग गुजारेका पलहरू स्मरण गर्नु भयाे ।

उहाँले भन्नूभयाे 'मैले प्राप्त गरेकाे नगद पुरस्कार नुन, सुन र चुनमा खर्च गरेकाे छैन । नेपाली वाङ्मयकै लागि समर्पित गर्दै पुरस्कार काेषकाे स्थापना गरेकाे छु । विभिन्न साहित्यिक संस्थाहरूबाट प्राप्त नगद पुरस्कार काेषमा  जम्मा गरि हरेक वर्ष २ जनालाई नगद सहित सम्मान गर्ने याेजना छ । अहिले काेषमा जति नगद जम्मा हुनु पर्ने हाे त्याे पुरा नभएकाेले दुई वर्षमा एक पटक ग्वंग सिरपा प्रदान गर्दै आएकाे छु ।' पुरस्कार तथा सम्मान प्रदान कार्यक्रममा  प्रतिष्ठानका अध्यक्ष राेचक घिमिरे, महासचिव विजय चालिसे, साहित्यकारहरू मातृका पाेखरेल, गाेपीकृष्ण ढुंगाना, जितेन्द्र रसिक, पत्रकार जीवन ढुंगाना, आलाेक चालिसे र वसन्त रिजालकाे उपस्थिति रहेकाे थियाे ।

000

www.nepalkura.com बाट साभार







No comments: