किरात राई प्राज्ञिक सङ्गोष्ठी-२०८१ किरात राई प्राज्ञ परिषद्को आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा २०८१ साल चैत ३० र ३१ गते नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा हल र पारिजात हलमा संचालन गरियो । गोष्ठीमा केही गोष्ठीपत्रहरू प्रस्तुत भए । त्यसमध्ये डा. सोम बहादुर धिमालले 'किरात राईभित्रका अभौतिक सम्पदा सूचीकरणको महत्त्व किन ?', डा. शान्तिदेवी राईको 'नेपाल आदिवासी किरात राई महिलाहरूको मुन्दुमी संस्कृतिमा न्यून सहभागिता, मुन्दुमी सङ्कटको अवस्था', परशु बिराट राईको 'किरात राई समुदायमा रहेको मौखिक ज्ञान, सीप र प्रविधि' र यसोदा राईको 'समसामयिक किराती कवितामा पर्यावरणीय प्रतिविम्बन' छन् । यस्तै लोकबहादुर बायुङ राईको 'दोलोकुम गीतको संरक्षण', जीतमान राईको 'चाम्लिङ समुदायको पाछा र सामै', सरिता राईको 'किरात सभ्यतामा महिलाको स्थान' र मेलिना पिल्मो राईको 'किरात पिल्मो राई जातिमा मिम्छा देवीको स्वरूप वायोमे' विषयक गोष्ठीपत्र प्रस्तुत भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर , विशिष्ट अतिथिमा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, सुरेश मानन्धर, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. मधुसुदन गिरीलगायत हुनुहुन्थ्यो । कार्यक्रममा प्रा. डा. नोवलकिशोर राई, युवराज संग्रौला लगायतका वक्ताहरूले किरात सभ्यताका विविध पक्षका बारेमा बोल्नुहुँदै किरातहरूको इतिहास लेख्नै नसकिएको र त्यसका लागि पनि यस्ता कार्यक्रम हुनु आवश्यक रहेको बताउनुभएको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता किरात राई प्राज्ञ परिषद्का कुलपति जयकुमार राई र संचालन परिषद्का सदस्य सचिव डा. तारामणि राईले गर्नुभएको थियो ।
000
No comments:
Post a Comment