Saturday, August 14, 2021

पारिजात स्मृति सभा – २०७८ सम्पन्न

२०७८ बैशाख महिनामा सम्पन्न हुनुपर्ने पारिजात स्मृति सभा कोभिडको विश्वव्यापी महामारीका कारण रोकिएको थियो । त्यही स्थगित कार्यक्रम कोभिडको वर्तमान अबस्थालाई ख्यालगर्दै संक्षिप्त्त रूपमा २०७८ साउन २९ गते पुरस्कार/ सम्मान अर्पण कार्यक्रमको आयोजना गरेर सम्पन्न गरियो । पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमिको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा २०७७ सालका लागी सम्मानार्थ घोषित स्रष्टाहरूलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा पारिजात स्मृति केन्द्रका संरक्षक सुकन्या वाइबाले सुप्रसिद्ध साहित्यकार पारिजातको तस्बिरमा माल्यार्पण गरिएपश्चात आरम्भ गरिएको सभामा पारिजात स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पारिजात बाल साहित्य सम्मान – २०७७ बाट सम्मानित २०७७ बाट सम्मानित .प्रा. डा. चुडामणि बन्धु, पारिजात सृजन सम्मान –२०७७ बाट सम्मानित सीता शर्मा र पारिजात संङ्घर्षशील नारी सम्मान – २०७७ बाट सम्मानित सीता पोखरेल र पारिजात कला सम्मान –२०७७ बाट सम्मानित माधव प्रधानलाई पारिजात स्मृति केन्द्रका संरक्षक सुकन्या वाइबा, केन्द्रका निवर्तमान अध्यक्ष रायन र केन्द्रका पूर्व अध्यक्ष साहित्यकार डा. महेश मास्के र केन्द्रका अध्यक्ष स्नेह सायमीले सम्मानित गर्नुभएको थियो ।
सम्मानित महानुभावहरुको व्यक्तित्व र कृतित्वका बारेमा कार्यसमिति सदस्य डा. विन्दु शर्माले संक्षिप्त्त मन्तव्य राख्नुभएको सो सभामा पारिजातको सम्झनामा लेखिएको गीत इसास कीर्तिपुरले प्रस्तुत गरेको थियो ।

स्मृति सभामा सम्मानित स्रष्टाहरू , केन्द्रका कोषाध्यक्ष दील वरदान र केन्द्रका सदस्य डा. राजेन्द्रप्रसाद अधिकारीले संक्षिप्त्त मन्तव्य राख्नुभएको थियो ।

केन्द्रका महासचिव मातृका पोखरेलले संचालन गर्नुभएको सो संक्षिप्त्त सभामा प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंह , नेपाल बालसाहित्य समाजका अध्यक्ष डा. ध्रुव घिमिरे, जनसङ्गीतकर्मी वीरप्रसाद भन्सारीको पनि उपस्थिति थियो ।

























----------------------------------


विभिन्न संचारमाध्यमबाट 


सौर्य दैनिक , २०७८ साल साउन ३१ गते आइतबार प्रकाशित 


पारिजात स्मृति सभा – २०७८



आज मिति २०७८ श्रावण २९ गते पारिजात स्मृति सभा – २०७८ सम्पन्न भयो । पारिजात स्मृति केन्द्रका अध्यक्ष साहित्यकार स्नेह सायमीको सभापतित्वमा सम्पन्न सो सभामा पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा. चुडामणि बन्धु , पारिजात कला सम्मानबाट गायक तथा संगीतकार माधब प्रधान, पारिजात संघर्षशील नारी सम्मानबाट अभियन्ता सीता पोखरेल , तथा पारिजात सृजन सम्मानबाट साहित्यकार सीता शर्मा सम्मानित हुनु भयो । पारिजात स्मृति केन्द्रका संरक्षक तथा पारिजातकी बहिनी सुकन्या र बरिष्ठ जनबादी गायक तथा संगीतकार एबं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति रायनले सम्मानपत्र हस्तान्तरण गर्नु भयो ।

किर्तिपुर इसासको स्वागत गीतबाट शुरु भएको सो कार्यक्रममा , केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले स्वागत , कार्यकारी सदस्य डा. बिन्दु शर्माले सम्मानित ब्यक्तिहरुको परिचय, कार्यकारी सदस्य तथा संस्थापक सदस्य सचिव राजेन्द्र अधिकारीले पारिजातलाई हेर्ने दृष्टिकोणबारे बोल्नु भएको थियो भने कोषाध्यक्ष दिल सुन्दर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भयो । महासचिव मातृका पोखरेलले संचालन गर्नु भएको सो कार्यक्रम जुमको माध्यम र फेसबुक लाइभबाट प्रसारण गरिएको थियो । सभापतिको आसन बाट बोल्दै अध्यक्ष स्नेह सायमिले पारिजातको नामको उपस्थिति र कतिपय अग्रजहरुको भौतिक उपस्थितिले नै आवाज प्रतिध्वनित हुने हुनाले पूर्व कार्यसमीतिका पदाधिकारीहरुको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नु भयो । साथै सम्मान ग्रहण गर्नु भएकोमा सम्मानितहरु प्रति पारिजात स्मृति केन्द्र आभारी रहेको र अबका दिनमा पारिजातको ब्यक्तित्व र कृतित्वसंग परिचित हुन चाहने बिश्वभरका साहित्यिक तथा साँस्कृतिक अभियन्ता, बिचारक, साहित्यकार, कलाकारहरुलाई एकत्रित गरी पारिजात स्मृति केन्द्रलाइ अझै बिस्तृत बनाउने चुनौति स्वीकार्न तयार रहनु पर्ने कुरा पनि औंल्याउनु भयो ।


www.janamatsahitya.com बाट सभार 


---------------------------------



































------------------------------------------------



No comments: