Monday, September 23, 2024

राष्ट्रिय संस्कृति नीति २०८१ को मस्यौदामा सार्वजनिक संवाद सम्पन्न

 


२०८१ असोज २

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

मौजुदा राष्ट्रिय संस्कृति नीति २०६७ लाई प्रतिस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको राष्ट्रिय संस्कृति नीति २०८१ को मस्यौदामा पृष्ठपोषण दिनको निम्ति नीति अनुसन्धान प्रतिष्ठानले संस्कृति सरोकारवालाहरूको सहभागितामा एक संवाद कार्यक्रमको आयोजना गर्‍यो। सो कार्यक्रममा प्राज्ञहरू, संस्कृतिविद्हरू, संस्कृति अभियानीहरू र विभिन्न निकाय र संघसंस्थाका अधिकारीहरू गरी ३९ जना व्यक्तिहरू सहभागी भएका थिए।

कार्यक्रमको प्रारम्भमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्षले स्वागत मन्तव्य राख्नुभयो भने प्रतिष्ठानका सह-अनुसन्धानकर्ता डा मनिता कुसीले संस्कृति नीति २०८१ को मस्यौदाको बारेमा सङ्क्षिप्त प्रस्तुति प्रस्तुत गर्नुभयो। त्यसपछि सहभागीहरूले आफ्ना विचारहरू व्यक्त गर्नुभयो र लिखित सुझाव पनि दिने प्रतिवद्धता जनाउनुभयो।

सहभागीहरूले राष्ट्रिय संस्कृति नीति २०८१ को मस्यौदाले धेरै विषयहरू समेटेकोमा खुसी व्यक्ति गर्नुहुँदै यसमा अझै पनि थप्नुपर्ने विषय र स्पष्ट पार्नुपर्ने विषयहरूको बारेमा सुझावहरू दिनुभयो। यस नीतिमा थप्नुपर्ने भनेर सुझाव दिइएका विषयहरूमा सम्पदा अपचलन, विवाद समाधानको वैकल्पिक संरचना, सम्पदामैत्री खरिद नियम, जीवित सङ्ग्रहालय, अनिवार्य अभिलेखन, राजनीतिमुक्त नियुक्ति, उमेर-समूह सचेत संस्कृति आदि रहेका थिए। नीतिमा स्पष्ट पारिनुपर्ने विषयहरूमा अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्डको अन्तर, पुनर्प्राप्त गरिएका सम्पदाको पुनर्स्थापन, रैथाने वास्तुकला सहितको भवन निर्माण संहिता, निजी क्षेत्रको सहभागिता, संस्कृतिमैत्री विकास, संस्कृतीमैत्री प्रशासन, डिजिटल सङ्ग्रहालय, तीर्थ पर्यटन, अक्षयकोष, अमूर्त सांस्कृतिक सम्पदा सूचीकरण, संस्कृतिजन्य पारिभाषिक शब्दावली, सांस्कृतिक विशुद्धता र चलायमानशीलता, सांस्कृतिक रूपान्तरण, नेपाली वर्णमालाको अक्षुण्णता, विज्ञान वा जनस्वास्थ्य र संस्कृतिको अन्तरद्वन्द्व सम्बोधन लगायतका विषयहरू थिए।

संवाद कार्यक्रमलाई नीति अनुसन्धान प्रतिष्ठानका सह-अनुसन्धानकर्ता डा झमकुमार विश्वकर्माले सञ्चालन गर्नुभएको थियो।

उपस्थिति

आमन्त्रित सहभागीहरू

१.    डा. पशुपति न्यौपाने (उप-प्राध्यापक, नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)
२.    भिष्म बाँस्कोटा (पुरातत्व अधिकृत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
३.    भवदत्त सापकोटा (उप-प्राध्यापक, ग्रामीण विकास विभाग, पाटन बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय)
४.    सेतेमान तामाङ (कार्यकारिणी सदस्य, आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान)
५.    चन्द्रकुमार राई हतुवाली (अध्यक्ष, सांस्कृतिक संस्थान)
६.    निष्णु थिङ (अनुसन्धानकर्ता)
७.    यादव लाल कायष्थ (संस्कृति अभियानी)
८.    रोमन महर्जन (संस्कृति अभियानी)
९.    टेक बहादुर महत (प्रमुख कार्यकारी अधिकृत, होटेल एसोसिएसन नेपाल)
१०.  सुरेश कुमार यादव (पुस्तकालय प्रमुख, केशर पुस्तकालय)
११.  डा. नुतनधर शर्मा (अक्षयेश्वर कलेज)
१२.  डा. सुरेश सुरस श्रेष्ठ (सह-सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
१३.  शिव राज रेग्मी (उप-सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
१४.  सुभद्रा शर्मा गौतम (शाखा अधिकृत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
१५.  प्रा. डा. हृदय रत्न बज्राचार्य (प्राविधिक सल्लाहकार, विश्वविद्यालय अनुदान आयोग)
१६.  मातृका पोख्रेल (मा. सदस्य, भाषा आयोग)
१७.  वीणा जोशी (परम्परागत कलाविद्)
१८.  प्रदिप श्रेष्ठ (शहरी अनुसन्धानकर्ता)
१९.  प्रदिप आचार्य (उप-प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
२०.  पदम राज जोशी (शाखा अधिकृत, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग)
२१.  अनुप सिंह सुवाल (संस्कृति अभियानी)
२२.  प्रा. डा. ओमकारेश्वर श्रेष्ठ (प्राध्यापक, नेपाल भाषा केन्द्रीय विभाग, त्रि. वि.)
२३.  प्रा. डा. वीणा पौड्याल (प्राध्यापक, नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग, त्रि. वि.)
२४.  निरण ज्वालानन्द राजोपाध्याय (पुजारी अध्यक्ष, श्री पाटन तलेजु प्रस्तावित तन्त्रालय)
२५.  सरोज श्रेष्ठ (संस्कृति अभियानी)
२६.  डा. वासुदेव कृष्ण शास्त्री (महामन्त्री, नेपाल शिक्षण परिषद्)
२७.  राम बहादुर कुँवर (प्रवक्ता, पुरातत्त्व विभाग)
२८.  रज्जु हाडा (अभिलेख अधिकृत, राष्ट्रिय अभिलेखालय)
२९.  डा. चिन्तामणिनाथ योगी (प्रमुख, शान्ति सेवा आश्रम विश्व ओमकार एकता महाअभियान)
३०.  पुष्प राज पुरुष (सदस्य, शान्ति सेवा आश्रम विश्व ओमकार एकता महाअभियान)
३१.  प्रा. डा. प्रियंवदा काफ्ले (प्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय)
३२.  नभा बस्न्यात थापा (संस्कृति एकाइ प्रमुख, युनेस्को)
३३.  राजेन्द्र दाहाल (अधिकृत, गुठी संस्थान)
३४.  सुरेशमान लाखे (निमित्त कार्यकारी निर्देशक, पाटन सङ्ग्रहालय)
३५.  सूर्य प्रसाद ढुंगेल (कार्यकारी निर्देशक, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति)
३६.  श्री कृष्ण अधिकारी (अध्यक्ष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति)
३७.  आभास धरानन्द राजोपाध्याय (पुजारी परिवार, चाँगुनारायण)
३८.  धर्मेन्द्र दानी (पत्रकार, हाम्रो एजेन्सी न्यूज)
३९.  मीन बहादुर खड्का (पत्रकार, हाम्रो एजेन्सी न्यूज)

नीति अनुसन्धान प्रतिष्ठान

१.  प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टाराई (कार्यालय प्रबन्धक)
३. डा. हरि शर्मा न्यौपाने (अनुसन्धान विभाग प्रमुख)
४. डा. दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
५. डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
६. डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
७. डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
८. अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
९. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
११. रीजा मानन्धर (विश्लेषक)
१२. ज्योती लुइँटेल (अनुसन्धान इन्टर्न)
१३. सोनिया बस्याल (अनुसन्धान इन्टर्न)
१४. कञ्चन गौतम (अनुसन्धान इन्टर्न)
१५. जेनिस महर्जन (अनुसन्धान इन्टर्न)

000

https://pri.gov.np/ne  बाट साभार 














No comments: