Monday, November 29, 2021

वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधान पुरस्कृत

वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले यही २०७८ मङ्सिर १० गते  वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधानलाई पुरस्कृत गर्‍यो । प्रतिष्ठानका  अध्यक्ष  श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले डा. प्रधानलाई पुरस्कृत गर्नुभएको थियो ।

२०४३ सालमा जनस्वास्थ्य  विषयमा नेपालमै  पहिलो पटक PHD गर्नु भएका प्रधान  'डाक्टर नभएमा' भन्ने चर्चित पुस्तकका अनुवादक समेत  हुनुहुन्छ । उहाँका१० वटा कविता सङ्ग्रहहरू प्रकाशित छन् । 

कार्यक्रममा साहित्यकारहरू त्रिरत्न शाक्य , मातृका पोखरेल र सामाजिक अभियन्ता कृष्णलाल गोजा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन  वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले गर्नुभएको थियो ।










No comments: