Tuesday, December 7, 2021

जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको अध्यक्षमा विस्वराज दोङ

काठमाडौं, २० मंसिर २०७८ । जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको प्रथम सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनबाट विश्वराज दोङको नेतृत्वमा ५१ सदस्यीय जनसांस्कृतिक महासंघ वागमती प्रदेश गठन गरिएको छ । अध्यक्षमा विस्वराज दोङ, उपाध्यक्षमा पुजा श्रेष्ठ, कमानसिं लामा, सचिवमा असोक कुवँर नेत्र, सहसचिवमा चम्पा लामा, सुशिला खड्का र कोषाध्यक्षमा प्रतिक ब्लोन लगायत वागमती प्रदेशका १३ वटा जिल्लावाट प्रतिनिधित्व गराई ५१ सदस्यीय गठन गरिएको हो ।

जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेश सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हितमान शाक्यले गरेका थिए । विशेष अतिथि जनसांस्कृतिक महासंघ नेपालका केन्द्रिय अध्यक्ष सरल सहयात्री, नेकपा ( माओबादी केन्द्र ) पत्रकार / साँस्कृतिक विशेष समितिका अध्यक्ष मातृका पोखरेल, घटक संगठनका केन्द्रिय अध्यक्षहरु, वरिष्ठ चलचित्रकर्मी, कलाकारको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रको अध्यक्षता वागमती प्रदेशका निर्वतमान अध्यक्ष केशर कुमार कालिकोटेले गरेका थिए ।

जनसांस्कृतिक महासंघ नेपालले यहि पुष १ र २ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सांस्कृतिक संस्थान नाचघर जमलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुनेछ । साथै उद्घाटनमा सात वटै प्रदेशका सांस्कृतिक पहिचान झल्किने प्रस्तुतीका साथ पुष २ गते वन्द सत्रवाट नयाँ केन्द्रिय कमिटिको चयन गर्ने जनसाँस्कृतिक महासंघ नेपाल वागमी प्रदेशका निर्वमान अध्यक्ष कालिकोटेले जानकारी दिएका छ ।

जनसंचार डट कमबाट साभार 








No comments: