Wednesday, February 22, 2023

माओवादीको भर्चुअल केन्द्रीय समितिलाई सम्बोधन गर्दै प्रचण्ड

काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै छ । बिहीबार साँझ ५ बजेदेखि केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने छन् ।

यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने कोषाध्यक्ष ढकालले बताए ।

माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य ३८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य २०२ जना रहेका छन् ।

www.abcnepal.tv बाट 


000


















No comments: