Saturday, March 23, 2024

'सम्झनामा चैत्र - ३' कार्यक्रमको आयोजना

साहित्य,कला तथा संस्कृति विभाग नेकपा (एमाले) र राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयुक्त आयोजनामा  'सम्झनामा चैत्र - ३'  कार्यक्रम सम्पन्न भएको छ ।  पंचायती  निरङ्कुश व्यवस्थाको विरुद्धमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा साहित्यकार / कलाकारहरुले २०४६ चैत्र ३ गते सरस्वती सदन, घण्टाघरमा कालोपट्टी  बाँधेर गरिएको कार्यक्रमले  नेपालको लोकतान्त्रिक र साहित्यिक इतिहासमा समेत विशेष महत्त्व राखेको छ । त्यही ऐतिहासिक घटनाको सम्झनास्वरूप  वि.सं. २०८० चैत्र ९ गते पुतलीसडकस्थित ग्रिनलिफ रेष्टुरेन्टमा सो कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा भूवन ढुंगाना, विमल निभा, अशेष मल्ल, विष्णुविभू घिमिरे, हरिगोविन्द लुइँटेल, पुरुषोत्तम सुवेदी, डा. जगदिश चन्द्र भण्डारी, डा. अमर गिरी, डा. सरोज धिताल, सुलोचना मानन्धर , राजेन्द्र सलभ,  मित्रलाल पंज्ञानी, अनिता लामा, रजनी ढकाल, स्नेह सायमि, धिरेन्द्र प्रेमर्षि, नन्दु उप्रेती, राजव, मातृका पोखरेललगायत २३ जना कविहरूले कविता वाचन गर्नुभएको थियो । चैत्र ३ को कार्यक्रमको महत्त्वका बारेमा कार्यक्रमको अन्तमा आयोजकको तर्फबाट साहित्यकार एवम् सांसद रघु पन्तले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लक्ष्मी गुरुङ र सुशेला सांगितिक समूहको तर्फबाट  गीत प्रस्तुत गरिएको  थियो । कार्यक्रमको संचालन राजेश थापाले  गर्नु भएको थियो ।

०००






































No comments: