Wednesday, February 22, 2023

संसदमा भाषा आयोगबारे हितबहादुर तामाङ

 


भाषा आयोगका सदस्यलाई सेवा-सुविधा उपलब्ध गराउन माओवादी सांसद तामाङको माग 

ग्लोबल संवाददाता
ग्लोबल संवाददाता
बुधबार, फागुन ३, २०७९











काठमाडौं । भाषा आयोगका ५ जना सदस्यले नियुक्ति पत्रमा तोकिएको सेवा सुविधा नपाएको भन्दै संघीय संसद्‌मा आवाज उठेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले गत असार २१ गते नियुक्त भएका पाँच आयुक्तले सेवा सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधान, ऐन, कानुनबमोजिम आयुक्तहरु पारिश्रमिक दिलाउन माग गर्नुभयो ।    

नेपालको संविधानको धारा २८७ मा भाषा आयोगसम्बन्धी व्यवस्था छ । त्यस व्यवस्थाअनुसार नेपाल सरकारले २०७९ असार २१ गते पाँच जना भाषा आयुक्तहरु नियुक्त गरेको थियो । बिडम्बना के भएको छ भने ती पाँच जना आयुक्तहरु अमृत योञ्जन तामाङ, मातृकाप्रसाद पोखरेल, कृष्णप्रसाद न्यौपाने, गोपालजीप्रसाद सर्राफ, डा. अमर गिरीले नियुक्ति पत्रमा उल्लेख भएअनुसार पाउने भनिएको केही पनि सेवा सुविधा पाउनुभएको छैन, यस विषयमा सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'


www.globlemedia.com बाट साभार

No comments: