मकवानपुर । नेपालको भाषिक विविधता संरक्षण र भाषाको पहिचान तथा सूचीकरण गर्ने उद्देश्यसहित भाषा आयोगले किरात देवास राई समुदायको मातृभाषामाथि समाजभाषावैज्ञानिक अध्ययन औपचारिक रूपमा सुरू गरेको छ। बागमती गाउँपालिकाको सहकार्य तथा किरात देवास राई उत्थान समाज नेपालको संयोजन र भाषा आयाेगद्वारा आयोजित “देवास राई भाषाको समाजभाषावैज्ञानिक अध्ययन” कार्यक्रम वि.सं. २०८२ साल पुष २३ गते बुधबार मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँमा सम्पन्न भएको हो।
कार्यक्रम भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षता तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा आयोगका सदस्य माननीय मातृका पोखरेल, आयोगका निमित्त सचिव एवं भाषा विज्ञ डा. लोक बहादुर लोप्चन, भाषा विज्ञ डा. कृष्णप्रसाद चालिसे, बागमती गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष कमानसिं पाख्रिन, किरात देवास राई उत्थान समाज नेपालका संरक्षक आशमान राई, केन्द्रीय अध्यक्ष श्याम बहादुर राई, केन्द्रीय पदाधिकारीहरू तथा विभिन्न जिल्लाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
०००














No comments:
Post a Comment