Friday, March 10, 2023

‘जनयुद्ध’को जिम्मा एक व्यक्तिले मात्र लिने विषय होइन : जनसांस्कृतिक महासङ्घ

काठमाडौं, २६ फागुन । जनसांस्कृतिक महासङ्घ नेपालले जनयुद्ध कुनै एक व्यक्तिले मात्र नगरेको भन्दै यसको जिम्मा एक व्यक्तिले मात्र लिने विषय नभएको जनाएको छ । महासङ्घका अध्यक्ष मातृका पोखरेलले आज प्रेस बिज्ञप्ति जारी गर्दै क्रान्ति गर्ने पार्टी र क्रान्तिमा संलग्न सम्पूर्ण क्रान्तिकारी र त्यसका समर्थकरुले जनयुद्ध जिम्मा लिने विषय भएको उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘नेपालको जनयुद्ध नेपालमा युगौँदेखि विद्यमान वर्गीय, क्षेत्रीय, जातीय, धार्मिक, लैङ्गिक विभेद एवम् किनारीकरणको समाप्तिका लागि तिनमाथि भैरहेको शोषण, दमन र उत्पीडन समाप्तीका लागि भएको जनक्रान्ति थियो ।’



आजभन्दा झण्डै तीन वर्ष अगाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त क्रान्तिको नेतृत्व गरेको नाताले प्रसङ्गबस म जिम्मा लिन्छु भनेको कुरालाई आज तीन वर्षपछि योजनाबद्ध हिसाबले उक्साएर अदालतलाई प्रभावित गर्न दिइएको कार्वाहीको माग र प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्ने अदालती फैसला बाह् बुँदे सम्झौता, बृहत् शान्ति सम्झौता, र संक्रमणकालीन न्यायको सिद्धान्त बिरोधी र अपत्तिजनक भएको बिज्ञप्तिमा उल्लेख छ । साथै उक्त कदमलाई सच्याउन र तुरुन्त उजुरी फिर्ता लिन पनि जोडदार माग गरिएको छ ।

000

www.jhilko.com बाट साभार 
---------------------------------------------

संदर्भित प्रेस - विज्ञप्तिहरू :









No comments: