Sunday, September 17, 2023

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

 भाद्र ३०,२०८० भक्तपुर,काव्य घर 




फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यिक विमर्श एवं स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  । प्रमुख अतिथि निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले विभिन्न विधाका ८ जना स्रष्टालाई सम्मानपत्र सहित सम्मान गर्नु भएको हो । उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरु फेडोल उत्कृष्ट सिर्जना सम्मान २०७६ बाट  – मातृका पोखरेल, २०७७ – बाट जय छाङछा ,२०७८– बाट नवराज रिजाल, २०७९– आख्यान विधाबाट रत्न प्रजापति, २०७९ काव्य विधाबाट  – गणेश घिमिरे ‘मार्मिक’, फेडोल कला साधना सम्मान - २०७९ बाट – गणेश जी.सी , फेडोल प्रोत्साहन सम्मान - २०७८ बाट  नमोद राउत, फेडोल प्रोत्साहन सम्मान - २०७९ बाट  सपना के.सी हुनुहुन्थ्यो  । कार्यक्रमका बारेमा आयोजक संस्थाका अध्यक्ष एवम्  प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले प्रकाश पार्दै  सभापतित्व गर्नुभएको थियो । उक्त  कार्यक्रमको  स्वागत मन्तव्य  लालबहादुर भुजेलले  गर्नु भएको थियो । पानसमा दीप प्रज्वलन सहित प्रमुख अतिथिले उद्घाटन गर्नुभयो । प्रमुख अतिथिले  उक्त कार्यक्रमको बारेमा आयोजक संस्थाका अध्यक्ष राममणि ढुङ्गेलले आमा बुवाको नामबाट यो संस्था स्थापना गरेको र २०६८ सालमा स्थापना भई विविध कार्यक्रम गर्दै आएको जानकारी गराउनु भयो  । अध्यक्षले प्राप्त गरेको विभिन्न पुरस्कार, किताव विक्रि र रोयल्टीबाट प्राप्त रकमको अक्षय कोष स्थापना गरि त्यसबाट प्राप्त ब्याजको रकमबाट कार्यक्रम गदै आएको पनि उहाँले बताउँनु भयो । कार्यक्रममा  संस्थालाई सहयोग गर्ने पारिवारिक सदस्य देवकी ढुङ्गानाको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो । सम्मानित व्यक्तित्वका बारेमा साहित्यकार रामप्रसाद पन्तले बोल्नु भएको थियो । सम्मानित व्यक्तित्व मध्येबाट मातृका पोखरेलले मन्तव्य राख्नु भएको सो कार्यक्रमको अर्को चरणका रुपमा साहित्यकार आयोजक संस्थाका अध्यक्ष ढुङ्गेलको दुई कृति मुक्तकसंग्रह ‘चेतनाको चित्कार’ र हाइकु संग्रह ‘शान्तिको गीत’ फणिन्द्र निरौला र  देवी नेपालले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । अतिथिहरुमा गोपाल अश्क, प्रेमनाथ अधिकारी उपस्थित रहेको कार्यक्रमलाई कुशल सञ्चालन देवु लुइटेलले गर्नु भएको थियो । कार्यक्रममा  करिव सय जना भन्दा धेरै स्रष्टाहरुको उपस्थिति रहेको थियो । 

https://web.kavyagharnepal.com बाट साभार 














No comments: