Thursday, April 10, 2025

गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’को लोकार्पण

 


काठमाडौं, २०८१ चैत्र २७ गते । 

अभिनव साहित्य समाजले आज एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सो समारोहमा कवि श्री गोपाल बरालको कविता सङ्ग्रह ‘समयका स्वर’को लोकार्पण भएको छ । वरिष्ठ पत्रकार श्री रोचक घिमिरेको प्रमुख आतिथ्य र गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

परशुराम पराजुली पराशरले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लोकार्पित पुस्तकको विषयमा सीता ओझा र प्रा.डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

शुभकामना मन्तव्य दिनेहरुमा पूर्व मन्त्री देवी ओझा, साहित्यकार बाजुराम पौडेल, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष एवम् साहित्यकार मातृका पोखरेल रहनुभएको थियो भने लोकार्पित पुस्तकबाट एक एक वटा कविताको वाचन शारदा पराजुली र मेनका पोखरेलले गर्नुभएको थियो ।

मन्तव्य दिनेहरूले कवितामा शब्द शक्तिको धेरै महत्व हुने भएकाले व्यञ्जना र लक्षणा शब्दशक्तिको प्रयोग गरिएको कवितामा मिठास बढी हुन्छ र सार्थक कविता बन्छ भन्दै गोपालजीको कविता सुधारोन्मुख भएको टिप्पणी गर्नुभएको थियो । लगभग १५० जनाको उपस्थिति रहेको सो कार्यक्रम अत्यन्त भव्य र सभ्य थियो ।

०००

समाचार स्रोत : गोविन्द घिमिरे वेदमणिको सौजन्यमा


No comments: