Sunday, September 8, 2024

भाषा आयोगको नवौं वार्षिकोत्सवमा मातृभाषाका भाषिक एवम् साहित्यिक पत्रिकाहरू सम्मानित

भाषा आयोगको नवौं वार्षिकोत्सवको अवसरमा आयोगले २०८१ भाद्र २३ गते एक कार्यकमको आयोजना गऱ्यो । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा संस्कृति पर्यटन , तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा मातृभाषाको क्षेत्रमा दीर्घ योगदान गर्ने पत्रिकाहरू रचना (नेपाली भाषा)  ,लिब्जुभुम्जु (वाम्बुले), सितिमी ( चाम्लिङ ), तान्छोप्पा मासिक (लिम्बू), बुङ्वाफा (बान्तावा राई), गुगुल्डि (डोट्याली), तामाङ डाजाङ (तामाङ), थौकन्ह ( नेपाल भाषा), बज्जिकाञ्चल दैनिक (बज्जिका), भोजपुरी टाइम्स (भोजपुरी),  लावा डगर (थारु) लाई सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा सरकारी कामकाजको भाषा कार्यान्वयनमा देखिएका समस्या र चुनौतिका बारेमा उत्तम सुनुवार - कोशी , कमल तिगेला - कोशी , तिलक चामलिङ - कोशी , पदम राई वान्तवा - कोशी , फूल कुमार बमजन - बागमती , सरोज मोहन लामा - बागमती , पवित्र वज्राचार्य - बागमती , गोविन्दबहादुर राजी - लुम्बिनी , रमानन्द आचार्य - कर्णालीले मन्तव्य राख्नुभएको थियो । प्रदेशमा सरकारी कामकाजको भाषाको अवस्थाका बारेमा माननीय सदस्यहरू मातृका पोखरेल , गोपालजी प्रसाद सर्राफ , सुरेश मानन्धर , कृष्णप्रसाद न्यौपाने , डा. अमरराज गिरी , उषा हमाल र डा. पुष्करराज भट्टले आ- आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा भाषा आयोगका सल्लाहकार डा. रामावतार यादव , डा. लवदेव अवस्थी , साहित्यिक पत्रकार रोचक घिमिरे , प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भाषा आयोगको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना मन्तव्य राख्नुहुँदै भाषा आयोगलाई सुझावहरु पनि दिनुभएको थियो ।

000








































































































No comments: