Friday, May 17, 2024

भाषा आयोगका नवनियुक्त सदस्य सुरेश मानन्धरद्वारा पदबहाली

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट २०८१ वैशाख २७ गते नियुक्त हुनुभएका भाषा आयोगका नवनियुक्त माननीय सदस्य सुरेश मानन्धर ( सुरेश किरण ) लाई सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठले २०८१ ज्येष्ठ ४ गते एक समारोहका बीच सर्वोच्च अदालतमा सपथ गराउनु भयो । सपथग्रहण कार्यक्रममा भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, माननीय सदस्य उषा हमाल, माननीय सदस्य मातृका पोखरेल, माननीय सदस्य गोपाल अश्क , माननीय सदस्य डा. पुष्करराज भट्टसहित भाषा आयोगका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । सपथग्रहण कार्यक्रमपछि भाषा आयोगमा भएको संक्षिप्त कार्यक्रममा भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले नवनियुक्त सदस्य मानन्धरलाई आयोगमा स्वागत गर्नुभयो । सोही कार्यक्रममा भाषा आयोगका नवनियुक्त माननीय सदस्य सुरेश मानन्धरले पदबहालीसमेत गर्नुभयो ।

000














































































No comments: