Wednesday, May 1, 2024

समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालको भेला सम्पन्न

वि. सं. २०८१ बैशाख १९ गते (मे दिवसको दिन) जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक संगठन समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालको भेला सम्पन्न भएको छ । जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली प्रमुख अतिथि, जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल, कार्यवाहक अध्यक्ष भीम कुमाखीविशिष्ट अतिथि रहनु भएको उक्त भेलामा जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्षत्रय केशव सिलवाल, राकेश किराती, डम्बरबहादुर रोकाया, अतिथि हुनुहुन्थ्यो । समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालका अध्यक्ष धर्मेश पोखरेलको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि ईश्वरचन्द्र ज्ञवाली विशिष्ट अतिथि मातृका पोखरेल, भीम कुमाखी र अतिथि केशव सिलवालले समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालको आवश्यकता र औचित्यको बारेमा धारणा राख्नुहुँदै भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । महासचिव लालबावु लाल कर्णको सन्चालनमा सम्पन्न भएको उद्घाटन समारोह पछि बन्दसत्रको आयोजना भएको थियो। बन्दसत्रले राम घिसिङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

अध्यक्ष : राम घिसिङ
उपाध्यक्ष : सुरेन्द्र यादब
उपाध्यक्ष : विनोदकुमार लाल
उपाध्यक्ष : फुलकुमारी योन्जन
उपाध्यक्ष : डा.यादवी ढकाल
उपाध्यक्ष : वासपदेव ज्ञवाली
उपाध्यक्ष : धनसिंह धामी
उपाध्यक्ष : कोपिलादेवी शर्मा (कल्प)
महासचिव : लालबावु लाल कर्ण
सचिव : इन्द्रसुर वेलटारे
सचिव : विपिन दाहाल
सचिव : सानुमाया मोक्तान
सचिव : निमेश पोखरेल
सचिव : दिपेसराज पन्त
सचिव : डोल्मा शेर्पा
सचिव : विरबहादुर सिंह
कोषाध्यक्ष : सुकमाया तामाङ
सह-कोषाध्यक्ष : लक्ष्मी पुरी
लगायत ३७ सदस्यीय केन्द्रीय समिति ।









No comments: