Saturday, February 22, 2020

भाषा-साहित्यमा उदयपुरको चर्चा – नन्दलाल आचार्य

परिचय

यो जगत् सुन्दर हुनु र देखिनुमा भाषा-साहित्यले आधारभूत भूमिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा भाषा-साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यहाँकोे भाषा, कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देशको समुन्नतिमा ठोस टेवा पुग्छ । नेपाली साहित्यको विकासमा राज्यको देन न्यून छ तापनि केही कृतिले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् ।

भाषा हाम्रा साझा सम्पत्ति हुन् । जनगणना २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ छ । १,१८,२६,९५३ जनाले नेपाली भाषा बोल्ने गरेको तथ्याङ्कले देखाउँछ । प्रतिशतका हिसावले ४४.६३९२ प्रतिशत नेपालीको मातृभाषा नेपाली हो भनी बुझ्नुपर्ने हुन्छ । त्यस्तै अन्य भाषाहरूको प्रतिशत हर्ेदा यस्तो पाइन्छ- मैथिली-११.६७२३, भोजपुरी-५.९८०८, थारू-५.७७४३, तामाङ-५.१०७८, नेवार-३.१९५२, बज्जिका-२.९९४६, मगर-२.९७६२, डोटेली-२.९७३५, उर्दू-२.६१०१, अवधी-१.८९३७, लिम्बू-१.२९६८, गुरुङ-१.२२९०, बैतडेली-१.०२८६, र्राई-०.६००५, आछामी-०.५३८९, बान्तवा-०.५००४, राजवंशी-०.४६१२, शर्ेपा-०.४३३४, हिन्दी-०.२९२७, चामलिङ-०.२८९८, बझाङ्गी-०.२५५०, सन्थाली-०.१८८१, चेपाङ-०.१८२९, दनुवार-०.१७२९, सुनुवार-०.१४३०, उराव-०.१२७०, कुलुङ-०.१२५१, खाम-०.१०२३, राजस्थानी-०.०९५८, माझी-०.०९२१, थामी-०.०८७३, भुजेल-०.०८१९ आदि । वि.सं. १९६८ सालदेखि थालिएको जनगणना २०६८ सम्म आइपुग्दा मृतप्रायः भाषाहरूले पुनर्जीवन पाएका छन् । अहिले नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ पुगेको छ । यस अघि २०५८ सालको तथ्याङ्कमा करिव ९० वटा भाषा मात्र थिए । अहिले आएर मातृभाषीहरूको सङ्ख्या बढ्नु सुखद पक्ष हो । एकले अर्काको भाषाको कदर र सम्मान गर्ने अवस्था आएमा मात्र त्यो मुलुक समृद्धशाली बन्छ । यस अर्थमा हामी नेपालीहरू समृद्धशाली छौँ । हामीसँग वहुभाषा, भेष, रीतिरिवाज, चालचलन र संस्कारको मेल छ ।
प्रकाशित तथ्याङ्कअनुसार क्रमशः ५६.६७, १२.७६, ११.६१, ८.८२, ५.७१, १.८४, ०.७७, ०.६५ र १.१७ प्रतिशत जनताले उदयपुर जिल्लामा नेपाली, र्राई, मगर, थारू, तामाङ्ग, मैथिली, नेवारी, दनुवार र अन्य गरी विविध भाषा बोल्दछन् । हाल यस तथ्याङ्कमा केही घटबढ भएको हुन सक्छ । यस जिल्लामा वि.सं. १९७३ सालमा विद्यालय खुलेको देखिन्छ तर २०१८ सालमा पञ्चावती मावि, उदयपुरगढीले माध्यमिक तहको स्वीकृति लिएको भेटिन्छ । यस जिल्लामा जनगणना २०६८ को विवरणअनुसार हिन्दु-२,३०,४२१ जना, बौद्ध-३८,४७३ जना, इस्लाम-२१६८जना, किरात-३१,४०१ जना, क्रिश्चियन-७,५८९ जना, प्रकृति-६६९५ जना, बोन-१७ जना, जैन-० जना, बहै-१२ जना, सिख-१ जना, परिभाषित नगरिएका- ७५५ जना गरी जम्मा ३,१७,५३२ जनाको बसोबास छ । जनगणना २०६८ को विवरणअनुसार उदयपुर जिल्लाका गाविस/नगरपालिकामा भएको जनसङ्ख्याको विवरण यस प्रकार छ-
आँपटार गाविसमा ४४९४, बलम्ता गाविसमा २२९८, बराहा गाविसमा २९०४, बर्रर्ेेाविसमा ४४८२, बाँसबोटे गाविसमा २२६६, बसाहा गाविसमा १०१०६, बेल्टार गाविसमा १३८१२, भुट्टार गाविसमा ३०३९, चौदण्डी गाविसमा ३८८२, डुम्रे गाविसमा २३५७, हडिया गाविसमा ११३३१, हर्देनी गाविसमा ३४५७, इनामे गाविसमा ३२५६, जल्पा चिलाउने गाविसमा ३८६४, जाँते गाविसमा २१८०, जोगिदह गाविसमा ६६६५, कटारी गाविसमा १९२८४, कटुँञ्जे बबला गाविसमा ५७९०, खाँबु गाविसमा ४३५०, लाफागाउँ गाविसमा २९१८, लेखानी गाविसमा ३२५९, लेखगाउँ गाविसमा २४२९, लिम्पाटार गाविसमा २६८९, मैनामैनी गाविसमा ५१६३, नामेटार गाविसमा २१९२, ओखले गाविसमा २७२२, पञ्चावती गाविसमा ९२८२, पोखरी गाविसमा ३२०८, रौता गाविसमा ७६३०, रिस्कु गाविसमा ७८५९, रूपाटार गाविसमा ३६६५, साउने गाविसमा २६७८, सोरुङ छबिसे गाविसमा ३७५५, सिद्धिपुर गाविसमा ३७७०, सिरिसे गाविसमा ४४०९, सुन्दरपुर गाविसमा ५६७३, ताम्लिछा गाविसमा २३४४, तपेश्वरी गाविसमा १०१५२, तावाश्री गाविसमा ५७५०, थानागाउँ गाविसमा २४९०, ठोक्सिला गाविसमा २१२८१, त्रिवेणी गाविसमा ८८३९, त्रियुगा नगरपालिकामा ७००००, भलायाडाँडा गाविसमा ८८६०, मायाँखु गाविसमा २५८६, इन्स्टीच्युश्नलमा २१०३ जनसङ्ख्या गरी उदयपुर जिल्लामा जम्मा ३,१७,५३२ जनसङ्ख्या रहेको छ । त्यसमा पनि पुरुष १,४९,७१२ र महिला १,६७,८२० रहेको तथ्याङ्कले देखाउँछ ।
उदयपुर प्राकृतिक दृष्टिले धनी भए पनि पर्ूवाधार विकासको कमीले पछ्यौटे जिल्लाकै रूपमा परिचित रहँदै पर्ूवाञ्चलका सोह्र जिल्लामध्ये भित्री मधेसमा पर्ने एक जिल्लामा गनिन आउँछ । समुद्री सतहभन्दा २२४५ मिटरको उचाइमा अवस्थित यसको क्षेत्रफल २०६३ वर्ग किलोमिटर छ । यसका पर्ूवमा सुनसरी र धनकुटा, पश्चिममा सिन्धुली र केही मात्रामा धनुषा, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा, दक्षिणमा सिराहा र सप्तरी जिल्लाहरू सीमानाका रूपमा रहेका छन् । नामाकरणका सर्न्दर्भमा नेपालटार र उदयपुरगढी दुबै ठाउँमा दरबार भएका उदयचन्द्र राजाले शासन गरेकोले, बेलकातरीमा उदयदेव राजाले राज्य गरेका हुनाले, उदयचन्द्र भन्ने प्रतापी राजाले राज्य गरेका हुनाले, मुसलमानी आक्रमणबाट बच्न उदयदेव नाम गरेका राजाले यस ठाउँमा आई राज्य गरेकाले यस जिल्लाको नाम उदयपुर रहन गयो भन्ने थरिथरीका मतहरू देखिन्छन् । मानेडाँडा, छताङ्ग, रुञ्चे, चित्रेथामजस्ता झरना, पातले छाँगो, उदयपुर गढी, चौदण्डीगढी, रौतापोखरी, राजदह, गिद्धगया, बेलका दरबार भग्नावशेष, ककनी, त्रिवेणीधाम, पञ्चावती माई, बसाहाथान, खाट मन्दिरजस्ता पर्यटकीय स्थलहरू रहेको यो जिल्ला प्राकृतिक सौर्न्दर्यका लागि धनी छ । लेखानी, माझखर्क, रौतापोखरीजस्ता स्थान रहेका अग्ला ठाउँ पहाडी भू-भाग, नेपालटार, मर्ुर्कुची, मैनाटारजस्ता उपत्यका र बाहुनीटार, भुट्टार, हर्देनीजस्ता बेँसी एवं खोँचहरू रहेकालाई बेँसी र टार भनी नामाकरण गर्न सकिन्छ । दक्षिणी भागमा चुरेपहाड छ । मुख्य गरी त्रियुगा र तावा खोलाले सीमाना छुट्याउन खोजेको पाइन्छ । यी नदी सीमावर्ती क्षेत्रका मुख्य नदीमा समेत गनिन्छन् । यस जिल्लामा कटारी, गाईघाट, बेल्टार, तपेश्वरीजस्ता धेरै हदमा समथर जमिन भएको तर्राई भू-भाग समेत पर्छ । यो जिल्ला चुनढुङ्गाको लागि प्रख्यात छ । त्यसैले जलजलेमा २०४४ सालमा उदयपुर सिमेण्ट कारखाना स्थापना भई हालसम्म सञ्चालित छ । यहाँ फलाम, अभ्रख, शिशाखानी, मयुङखुको बलौटेमा सुन र चाँदी खानी, म्याग्नेसाइट आदिको खानी रहेको पाइन्छ ।
साहित्य, कला र संस्कृतिको विकास भनेपछि कुम्भकर्ण्र्ाातो निदाउने सरकारी संयन्त्रका कारण मुलुकले काँचुली फर्ेन नसकेको जगजाहेर छ । सरकारी गिद्धेदृष्टिका बाबजुत पनि र्सजकले भने सिर्जनामार्फ् परिवर्तन गर्न सक्छन् भन्ने विचारले ओतप्रोत भई साहित्यतर्फभने उदयपुरे र्सजकहरूको क्रियाशीलतालाई दिनानुदिन बढ्दै गएको छ । उदयपुरेे साहित्यको यात्रालाई निम्न लिखित तीन चरणमा विभक्त गरी अध्ययन गर्दा मनासिव र्ठहर्दछ ।
-क) विजारोपणकाल -प्रारम्भदेखि ०१५ सालसम्म)- यस कालमा साहित्य कथ्यमा आधारित र कथ्यमा नै र्सार्वजनिक भएको अवस्था हो । लेखनमा आएमा पनि त्यो व्यक्तिविशेषमा आधारित थियो । यसकालका प्रतिनिधि र्सजकमा पुराना कवि लोकनाथ पोखरेल -१९३३-१९९४) र जनकवि गम्भीरवहादुर थापा -१९७१-०६५) हुन् । लेखनको वातावरण नभएको र प्रकाशनको व्यवस्था नरहेको अवस्थामा साहित्य लेखनको अवस्था नदेखिनु अनौठो कुरा होइन । यस कालमा विशेष गरी कविता फाँटमा कविहरू जुरमुराएर उठेको पाइन्छ । काव्यात्मक रसास्वादनका साथ समाजमा देखिएका विकृत पक्षलाई झटारो हान्दै सबैलाई सचेत तुल्याउनु नै यस कालको उपलव्धी हो भनेर बुझ्नु मनासिव हुन्छ । धेरै समय पछि मात्र लोकनाथ पोखरेलको ‘लोकमञ्जरी’ -०१६) कविता सङ्ग्रह प्रकाशन भएको हो । त्यस्तै गम्भीरवहादुर थापाको सम्मानमा गम्भीर साहित्य प्रतिष्ठान, उदयपुरले ‘गम्भीरबहादुर थापाको कृतित्व र व्यक्तित्व’ नामक अभिनन्दन ग्रन्थ -२०५९) प्रकाशन गरेको छ । उदयपुरे साहित्यिक इतिहासमा १९९० सालको भूकम्पको वर्ण्र्ाा तत्कालीन समाजको वस्तुस्थितिको वोध, नैतिक र आदर्श मूल्यमान्यताप्रति सजगता, सन्तानलाई आशर्ीवचनजस्ता विशेषता सहित कवि लोकनाथ पोखरेल -१९३३-१९९४) को ‘लोकमञ्जरी’ -०१६) कविता सङ्ग्रह देखापर्दछ ।
शोषितपीडित जनताप्रति गम्भीर चासो राख्नु, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलतामा सचेत रहनु, समाजप्रतिको दायित्वबोधको आभाष हुनु, अग्रगामी राजनैतिक चेतनाले ओतप्रोत रहनु र सामन्तीसंस्कार, दासमनोवृत्ति, सामाजिक एवं आर्थिक शोषणले लाटो पारिएका मनहरू ब्युँझाउनु साथै निरास जनताका मनहरूमा आँट र उत्साह र्छर्नुजस्ता विशेषता लिएर उदयपुरे जनकवि गम्भीरबहादुर थापा -१९७१-०६५) देखापर्दछन् । उनका ‘उदय’ साप्ताहिक पत्रिकामा धारावाहिकरूपमा गीत, कविता र सवाई प्रकाशित छन् । उनको सम्मानमा प्रकाशित ‘गम्भीरबहादुर थापाको कृतित्व र व्यक्तित्व’ नामक अभिनन्दन ग्रन्थ -२०५९)मा कथ्यस्तरमा रहेका उनका कविता, सवाईहरू प्रकाशित छन् । साथै उनी बारे अन्य लेखकहरूको दृष्टिकोण समेत व्यक्त भएको छ । समाजमा देखिएका विसङ्गत पक्षलाई झटारो हान्न जनकवि गम्भीरबहादुर थापाले विल्कुलै भुलेका छैनन् । प्रकाशनमा ढिलो भए पनि यी दुबै कविका कृतिमा रहेका रचना कथ्यस्तरबाट लेख्य रूपमा मात्र आएका हुन् । यी दुबैमा बिजारोपणकालका प्रवृतिहरू नै पाइन्छन् । लोकगीत-झ्याउरे गीत सङ्कलनमा नाम कमाएका हस्ती हुन्- गणेश काफ्ले -१९९० तिर) । उनले ‘हे कलीयुग’, ‘छोरीको हारेको कर्म’ लगायतका दर्जनौँ कविता लेखेको पाइन्छ ।
-ख) विकासोन्मुखकाल -वि.सं. ०१६ देखि ०३७ सम्म)- यसकालमा केही भाषिक परिष्कार भई ‘लोकमञ्जरी’ कविताकृति प्रकाशन भएको पाइन्छ । नवपालुवा -०२२) साहित्यिक पत्रिकाको प्रकाशन सुरु, उदय पुस्तकालय -०२२/२३), जनजागृति पुस्तकालय -०३२), अम्बिका पुस्तकालय -०३८) लगायतका पुस्तकालयको स्थापना, गोवर्द्धन तामाङ्ग -१९९४) को ‘चिनारी’ -०२६, कविता सङ्ग्रह) र शान्तिकुमारी र्राई -०१३) को ‘दश कविता’ -०३४, कविता सङ्ग्रह) प्रकाशन, राममणि पोखरेल लगायतका र्सजकहरूका फुटकर रचनाहरू प्रकाशन सुरु भएको भेटिन्छ । यस चरणको महत्वपर्ूण्ा उपलब्धी भनेको उदयपुरे साहित्य कथ्यस्तरबाट लेख्यमा प्रवेश गर्नु हो ।
-ग) विकासशीलकाल -वि.सं. ०३८ देखि हालसम्म)- यस कालको सुरुवात ‘चित्रण’ साप्ताहिक समाचारमूलक पत्रिका प्रकाशन -०३८) बाट भएको हो । त्यसपछि विषयगत विविधता पक्रिएर शान्तिकुमारी र्राई -०१३) को कविता सङ्ग्रह ‘संर्घष्ाशील जीवन’ -०४१) प्रकाशन हुन्छ । उनले चाम्लिङ भाषासाहित्यमा समेत कृति प्रकाशन गरेकी छिन् । यस कालमै भाष्कर चौधरीको सम्पादनमा ‘त्रियुगाके सनेस’ -०६३) नामक थारू भाषाको त्रैमासिक साहित्यिक पत्रिका समेत प्रकाशन सुरु भएको पाइन्छ । यसकालमा थारू भाषाका फुटकर रचनाहरू प्रकाशन गर्ने धेरै र्सजकहरू जन्मिएका छन् । दर्जनौँ कृतिहरू प्रकाशन भइसकेका र भइरहेका छन् । विशेषतः गजल विधामा नयाँ पुस्ता होमिएको पाइन्छ । हरेक विधामा कलम चलाउने र्सजक जन्मिसकेका छन् ।
विकाशीलकालका उपलब्धि
कविता/हाइकु/गीत/गजल/काव्य-
गोवर्द्धन तामाङ्ग -१९९४) को ‘चिनारी’ -०२६, कविता सङ्ग्रह), शिवहरि र्राई -००४) को ‘उदयपुरको प्रतिविम्ब’ -०५९, कविता सङ्ग्रह), कुमारसिंह कार्की -००५) को ‘भजन’ -०६५, भजन सङ्ग्रह) र लेखबहादुर कार्की -००५) को ‘जीवन पुस्तिका’ -०६२, कविता सङ्ग्रह) प्रकाशित छन् । त्यसै गरी तेजनारायण शर्ेपा -००६) ले ‘रौतारानी भगवतीको चिनारी’ -०५३, चम्पूकाव्य) र ‘अधुरो’ -०५६, कविता सङ्ग्रह) गरी दर्ुइ कृति प्रकाशन गरेका छन् । लक्ष्मीप्रसाद दाहाल -००८) को ‘लुकेको पीडा’ -०५९, कविता सङ्ग्रह), विश्वराज ढुङ्गानाका -००९) को ‘आमाको व्यथा’ -०६१, गीति सङ्ग्रह) समेत र्सार्वजनिक भएका छन् । शान्तिकुमारी र्राई -०१३) ले ‘दश कविता’ -०३४, कविता सङ्ग्रह), ‘संर्घष्ाशील जीवन’ -०४१, कविता सङ्ग्रह), ‘आमाको सपना’ -०४६, कविता सङ्ग्रह), ‘चेतना’ -०६४, कविता सङ्ग्रह), ‘टैकामा’ -०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘टुङमाखीम’ -०६४, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘सेम्टु’ -०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह) गरी सात वटा कविता कृति र्सार्वजनिक गरिसकेकी छिन् ।
परशु पहरा -०१४) का ‘सन्देस’ -०६५, काव्य) र ‘मोहनी’ -०६४, कविता सङ्ग्रह) गरी दर्ुइ सङ्ग्रह प्रकाशनमा आएका छन् । उद्धव घिमिरे ‘आनन्द’ -०१७) ले ‘एकादेसको व्यथा’ -०६४, लोककाव्य भाग-१) र ‘मेरो पोको’ -०६५, कविता सङ्ग्रह) गरी दर्ुइ अनि नन्दकुमारी र्राई -०२०) ले ‘अविरल याद’ -०५९, हाइकु सङ्ग्रह) प्रकाशन गरेका छन् । मातृका पोखरेल -०२३) का ‘सेतो दरबार छेउबाट’ -०५६, कविता सङ्ग्रह), ‘यात्राको एउटा दृश्य’ -०६०, कविता सङ्ग्रह), र ‘अनुहारहरू’ -०६५, कविता सङ्ग्रह), टीकाप्रसाद पराजुली -०२६) को ‘कन्दराका भावनाहरू’ -०५८, कविता सङ्ग्रह), पार्वती राउत -०२६) को ‘भनसुनको देश’ -०६७, कविता सङ्ग्रह), धनबहादुर श्रेष्ठ -०२७) को ‘सिर्जनाका लहरहरू’ -०४१, कविता सङ्ग्रह), पुन्य कार्की -०२७) का ‘बाघले घाँस खायो’ -०५४, कविता सङ्ग्रह), ‘असल बन्छु’ -०६३, बालकविता सङ्ग्रह) र ‘आस्थाको अग्निपथ’ -०६५, कविता सङ्ग्रह), मोहन गोले -०२८) का ‘भाले वासेन’ -०५६, कविता सङ्ग्रह) र ‘घाइतेको सन्देस’ -०४८, कविता सङ्ग्रह), कपिल ठकुरी -०२९) को ‘कपिलको कल्पना’ -०६१, कविता सङ्ग्रह)प्रकाशमा आएको पाइन्छ ।
त्यसै गरी इन्द्र थापा ‘मिलन’ ­-०३४) को ‘इन्द्रेणी’ -०६१, प्यारोडी कविता, कविता तथा गीत सङ्ग्रह), मणि कोइमी -०३५) का ‘अनि देस दुख्न थाल्छ’ -०५७, कविता सङ्ग्रह) र ‘जूनको आभा’ -०६१, गजल सङ्ग्रह), प्रदीप हाइट -०३६) को ‘डाइमण्ड डायरी’ -०६३, कविता सङ्ग्रह), विन्दास आरके -०३८) का ‘अपाङ्गका केही पाइलाहरू’ -०६३, कविता सङ्ग्रह) र ‘ज्वारभाटा’ -०६७, गजल सङ्ग्रह), गणेशकुमार दनुवार -०३९) को ‘मेरो सानो घर, मेरो नेपाल’ -०६४, कविता सङ्ग्रह), मीरा शाकोर -०३९) को ‘अनुभूतिका डोबहरू’ -०६१, गजल सङ्ग्रह), प्रकाश ‘पुष्पक’ र्राई -०३९) को ‘घाँटी रेटिँदै छ’ -०६०, हाइकु सङ्ग्रह), दिवा चाम्लिङ -०४०) को ‘बोखामा’ -०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), हरिकुमारी र्राई ‘अभागी’ -०४०) को ‘वेदनाका नयनहरू’ -०६४, कविता सङ्ग्रह), सुवास आम्बोटेली -०४६) का ‘अस्विकृत स्विकृत’ -०६०, गजल सङ्ग्रह), र ‘पलहरू’ -गजल सङ्ग्रह), जीवन चाम्लिङ र्राई -०४६) को ‘हृदयका छालहरू’ -०६३, गजल सङ्ग्रह), सुरेश परियार -०४८) का ‘सुरेशका सुसेलीहरू’ -०६६, गजल सङ्ग्रह), र ‘याद आयो उनको’ -०६८, गजल सङ्ग्रह), जीवन खतिवडाको ‘मातृवियोग’ -०५९, शोककाव्य), देवेन्द्र पोखरेलका ‘स्वर’ -०५९, कविता सङ्ग्रह), र ‘जुठो सुतक निर्ण्र्ाा -०६३, कविता सङ्ग्रह), घमानसिंह मगरको ‘जिन्दगीमा सजाएका सपनाहरू’ -०६३, कविता सङ्ग्रह), शाकुराका ‘मनको वह’ -०६४, कविता सङ्ग्रह), राजेश खतिवडाको ‘पोख्न वाध्य व्यथाहरू’ -०६४, गजल सङ्ग्रह) आदि गरी दर्जनौँ उदयपुरे र्सजकहरूले नेपाली साहित्यमा आआफ्ना काव्यात्मक कृतिहरू नेपाली साहित्य भण्डारमा र्समर्पण गरिसकेका छन् । रामकुमार बस्नेतको गजल सङ्ग्रह समेत प्रकाशित छ ।
कपिल ठकुरी, टीकाप्रसाद पौडेल, तुलसी ढुङ्गाना, जोतारे धाइवा, दीपक चिन्तक, भागवत राउत, गोपाल कृति, लक्ष्मीकान्त चौधरी, रत्नप्रसाद काफ्ले, मदन तामाङ्ग, ठूले दोभान अरुण कोइमी, शकुन आँसु, नन्दलाल आचार्य आदि राम्रा कविता, गीत र गजल लेख्दै आएका र्सजकहरूमा पर्दछन् । यसका अतिरिक्त नर्वदा नवोदित, धर्मराज पौडेल, राम बस्नेत, वसन्त भण्डारी ‘असफल’, लक्ष्मी रिजाल, सुसम आचार्य, सुरेश परियार ‘सुमन’, अर्जुन विक, युवक केसी, दिनेश डीसि, शीकर सुमन, अर्जुन बाराहाली, पारु थापा, रमेश लामा, अम्विका दाहाल, निरु शितलु, सीताराम सिआर यात्री, शिवहरि र्राई, सन्तोकी सन्तोष भट्टर्राई, हिराप्रसाद दाहाल ‘शीतलव’, विदुर समीप, बविन र्राई, लक्ष्मी र्राई, नगेन्द्र मगर, शोभा केसी, प्रयास र्राई, कुसुम र्राई, जीतन र्राई ‘समीप’जस्ता दर्जनौँ नयाँ पुस्ताका र्सजकहरू विशेषतः गजल लेखनमा सक्रिय छन् । टंक आले मगर, अविरल कोइमी, मुकेश र्राई, विनोद खतिवडा, दिपेन्द्र थुलुङ, जीवन भुजेल, बोनमप्रताप मल्ल, युवराज आरोही मगर, मिलन र्राई प्रतीक, विकास मुस्कान मगर, रूपा चाम्लिङ, सविता तिमल्सिना, युवक केसी, रोजिना आचार्य, जुना गिरी आदि र्सजकका कविता, गीत, गजल र हाइकुहरूले वर्तमानको बेथित्रि्रति व्यङ्ग्य गर्दै समाजमा चेतनाको दीप बाल्ने काम गरेका छन् ।
कथा/लघुकथा-
राममणि पोखरेल -००४) का ‘हरिमानको आत्महत्या’ -०६३), ‘सोममाया र शान्ति अभियान’ -०६४), ‘दण्डहीनता’ -०६५), ‘सूचना टाँस’ -०६६) र ‘समयका पाइला’ -०६७) गरी पाँच वटा कथासङ्ग्रह प्रकाशित छन् । शारदाप्रसाद भट्टर्राई -०१०) को ‘जम्काभेट’ -०५३) कृति प्रकाशित छ । टंकबहादुर आलेमगर -०१५) ले समेत २०६४ सालमा ‘कालो चायाँ’ नामक लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । मातृका पोखरेल -०२३) का ‘सन्त्रस्त आँखाहरू’ -०६१) र ‘घाम झुल्िकनु अघि’ -०६७) अनि पुन्य कार्की -०२७) का ‘मखमली’ -०५७), ‘मध्यरातमा’ -०६२) र ‘बलभन्दा बुद्धि ठूलो’ -०६३, बाललोककथा सङ्ग्रह) गरी तीन वटा र कौशल चेमजोङ -०२८) को ‘भूत’ -०५६, लघुकथा सङ्ग्रह) प्रकाशन भएका पाइन्छन् । कपिल ठकुरी -०२९) को ‘एउटी वेस्या र म’ -०६१), कृष्ण शाह ‘यात्री’ -०३२) का ‘सूक्ष्म शिखाहरू’ -०५६, लघुकथा सङ्ग्रह) र ‘आणविक अस्त्र’ -०६२, लघुकथा सङ्ग्रह), धनुष र्राई -०३८) को ‘सेतो हस्ताक्षर’ -०५९, लघुकथा सङ्ग्रह) प्रकाशन भएका देखिन्छन् । टीकाप्रसाद पौडेल, तुलसी ढुङ्गाना, नन्दलाल आचार्य, दीपक चिन्तक आदिले फुटकररूपमा कथा/लघुकथा विधामा कलम चलाइरहेका छन् ।
उपन्यास-
राममणि पोखरेल -००४) को ‘साहिँली मैया र रसुवाघाट’ -०६१), विश्वराज ढुङ्गाना -००९) को ‘उपहार’, पुन्य कार्की -०२७) को ‘जीवनयात्रा’ -०५६), कपिल ठकुरी -०२९) को ‘काउसोको माला’ -०५५), र्सर्ूयनारायण चौधरी -०३९) को ‘प्रेमको आत्मा’ -०६४) आदि उपन्यास प्रकाशित छन् ।
नाटक/एकाङ्की-
संवाद र अभिनयका माध्यमबाट मानव जीवनका नालिवेली प्रस्तुत गर्ने दृष्यविधा नै नाटक हो । नाटक/एकाङ्की विधामा कथावस्तु, पात्र/चरित्र, संवाद/कथोपकथन द्वन्द्वविधान, भाषाशैली, देशकाल वातावरण, उद्देश्य, अभिनयजस्ता तत्वहरू नभई हुन्न । नाट्य तत्वलाई देखाउन अङ्ग्रेजीको एण्क्त् ऋब्च्म् शब्दलाई रोज्दा श्रेयष्कर हुन्छ । यस शब्दले यसरी नाट्य तत्वलाई देखाउँदछ- ९ए-उयित, ण्-यचनबलष्शबतष्यल, क्-कयलन, त्-तजयगनजत, ऋ-अजबचबअतभच, ब्-बtmयकउजभचभ, च्-चजथतhm, म्-मष्बयिनगभ० नाट्य जगत्को कुरा गर्दा, संस्कृत भाषामा कालिदास र भास, ग्रीक भाषामा एरिस्टोफेन्स, यूरेपाइडिज, सोल्फोक्लीज र एस्कीलसहरूको नाम अग्रहरफमा आउँछ । त्यस्तै लेटिन भाषामा पलाउटस, अङ्ग्रेजी भाषामा शेक्सपियर, अस्करवाइल्ड, जर्ज बर्नाड शा अमूल्य रत्न हुन् । जर्मनीका गेटे -गोथे), प|mान्सका भिक्टर ह्युगो र नर्वेका हेनरी इब्सेनले समेत नाट्य विधामा संसार हल्लाएका छन् । नेपाली नाटक/एकाङ्की विधामा भने पहलमानसिंह स्वाँर, बालकृष्ण सम, गोविन्द गोठाले, विजय मल्ल, गोपालप्रसाद रिमालहरूको नाम अगाडि आउँछ । अहिले भने सरुभक्त र गोपी सापकोटालगायत दिल सहानी, कृष्ण शाह ‘यात्री’, किशन थापा ‘अधीर’, विमल भौकाजी, खेम थपलिया, नन्दलाल आचार्यजस्ता सीमित र्सजकहरूले मात्र नाटक/एकाङ्की विधाको रथ हाँकिरहेका छन् ।
नाटक मञ्चनको मौसम पनि प्रतिकूल भइरहेको अवस्थामा नाटक/एकाङ्की सङ्ग्रह प्रकाशित भइरहेकै छन् । अझ उदयपुरका सर्न्दर्भमा विरशबाबु शाही, कुष्ण दुलाल, धनुषराज र्राईहरू रङ्गकर्मीका रूपमा समेत परिचित छन् । वासुदेव कोइराला ‘मुनाल’ -००८) ले सयौँ नाटक लेखी निर्देशन गरेका र केही नाटकहरू ‘हराएको हात’ -०५४) मा समेटिएका छन् । सुरेश कार्की -०१२) को ‘वस्ती फेरिँदा’ -०४६), नन्दलाल आचार्य -०३०) को ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ -०६७) र ‘टुक्के दिदी र उखाने दाइ’ -बालएकाङ्की सङ्ग्रह, प्रेसमा), कृष्ण शाह ‘यात्री’ -०३२) का ‘समय अवसान’ -०६१), ‘मान्छे-मान्छेहरू’ -०६४), ‘फुच्चे रोबोट’ -०६५, बालनाटक सङ्ग्रह), हिङपाङको चाँैरी -०६५), ‘निर्वासित मनहरू’, ‘जलपरी’, ‘खैरे खस्यो खोलामा’, र ‘अतिरिक्त यात्रा’ गरी आठ ओटा नाट्यकृति प्रकाशन देखिन्छन् । उनले ‘प्रतिनिधि नेपाली नाटक’ र ‘प्रतिनिधि नेपाली बालनाटक’ गरी दर्ुइ नाट्यकृति सम्पादन समेत गरेको देखिन्छ । ठूले दोभान ‘अरुण’ -०३९) को ‘क्रान्ति नायक’ -०६५) आदि उदयपुरे र्सजकका हालसम्म प्रकाशित नाटक/एकाङ्की विधाका कृतिहरू हुन् । यसका अतिरिक्त फुटकर नाटक/एकाङ्की लेखनमा रामप्रसाद दाहाल, विश्वराज ढुङ्गाना, कुमार खड्का, झमक कार्की, माधव पोखरेल ‘निरासी’, गिरीलाल परियार, सुशम आचार्य, विरशबाबु शाही, जोतारे धाइवा, टीकाप्रसाद पौडेल, तुलसी ढुङ्गाना आदिले कलम चलाएको पाइन्छ ।
निबन्ध/संस्मरण/लेख/जीवनी-
अहिलेसम्ममा नारदमुनि थुलुङ -१९६५-०५९) का ‘विर्सर्ेे घटनाहरू र विर्सन नसकेका अनुहारहरू’ -०४५), ‘२००७ सालको क्रान्ति र नारदमुनि थुलुङ’ -०५३), तुलसीप्रसाद रेग्मी -१९८२) को ‘उदयपुर जिल्ला परिचय’ -०४३), राममणि पोखरेल -००४) का ‘सम्झनाका पोखरीमा छचल्किएका छालहरू’ -०५९) र ‘जेल संस्मरण’ -०६०, खण्ड एक), सुरेश कार्की -०१२) को ‘नेपाली महिलाहरूको भविष्य’ -०४३) र ‘टिन्वत यथार्थ र चुनौती’ -०४६), माधव पोखरेल ‘निरासी’ -०२१) को ‘मुसालाई मुद्दा’ -०६८, हास्यव्यङ्य निबन्ध सङ्ग्रह), पुन्य कार्की -०२७) का ‘कविको छैटौँ इन्द्रिय’ -०६०), ‘हर्कुलसको खोजी’, ‘बलिदानीका गाथाहरू’ -०६४, सहिद जीवनी), ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरू’ -०६४, भाग १-४) र राजदेव सिंहको वारेमा धारावाहिक जीवनी प्रकाशित, मोहन गोले -०२८) का ‘यस्तो हुनर्ुपर्छ उदयपुरको पुनसंरचना’ -०६५, हाते पुस्तिका), ‘आदिवासी जनजाति उत्पीडन र मुक्तिको सवाल’ -०६८, लेख सङ्ग्रह), कपिल ठकुरी -०२९) को ‘अङ्ग्रेजी माने स्वास्नी मान्छे’ -०६०), कृष्ण शाह ‘यात्री’ -०३२) को ‘रङ्गकर्मी हरिवहादुरको जीवनी’ -०६३), कुमारसिंह कार्कीको ‘स्वास्थ्योपहार’ -०६२), र ‘अमृमय जीवनपथ’ -०६४, भाग १,२), कौशल चेम्जोङको ‘उदयपुरको पर्यटन विकास, सम्भावना र विकास’ -०६१) आदि कृतिहरू प्रकाशन भएका पाइन्छन् । विनोद कटुवालको ‘सहिदहरूको जीवनी’ र रामबहादुर थापाको लेख सङ्ग्रह समेत प्रकाशित छ । इन्द्र राउत, इन्द्र थापा, टीकाप्रसाद पौडेल, तुलसी ढुङ्गाना, जोतारे धाइवा, कपिल ठकुरी, दीपक चिन्तक, नन्दलाल आचार्य, जीवन चाम्लिङ, शकुन आँसु, एकराज भण्डारी, महेश्वर चाम्लिङ, भोजराज र्राई, वुद्धि चाम्लिङ, बोधकुमार घिमिरे, भरत खडका, डिल्लीराम खतिवडा, कुशलवावु बस्नेत, लीला निरौला आदिले पनि फुटकर निबन्ध/संस्मरण/लेख/जीवनी विधामा कलम चलाएका र चलाइरहेका छन् ।
समीक्षा/समालोचना/शोध, खोज र अनुसन्धान-
छत्रबहादुर बस्नेतको ‘नेपाली साहित्यमा उदयपुर जिल्लाको योगदान’ -०५८, अप्रकाशित शोध), चन्द्रकला खनालको ‘पुन्य कार्कीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ -०६३, अप्रकाशित शोध), पवित्रा नेपालको ‘राममणि पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ -०६५, अप्रकाशित शोध), चक्रव्यू थापाको ‘मातृका पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ -०६५, अप्रकाशित शोध), शारदादेवी खतिवडाको ‘उदयपुर जिल्लाका कथाकारका कथाहरूको अध्ययन’ -०६६, अप्रकाशित शोध), नन्दलाल आचार्यको ‘स्तरीय मैथिली भाषा र स्तरीय नेपाली भाषाका व्याकरणिक कोटिको व्यतिरेकी अध्ययन’ -अप्रकाशित शोध) आदि शोधपत्र क्षेत्रमा गरिएका कार्यहरू हुन् । रामप्रसाद दाहालको ‘सिङ्गो नेपाली भाषा साहित्यको इतिहास र साहित्यकारको परिचय’, पुन्य कार्कीको ‘उदयपुरको साहित्यिक इतिहास ः सतही अभिरेखाङ्कन’ आदि समेत यस क्षेत्रका उपलब्धी हुन् । त्यस्तै टीकाप्रसाद पौडेल, दीपक चिन्तक, कैलाश र्राई, रविन्द्रराजा शाही, जोतारे धाइवा, तुलसी ढुङ्गाना, इन्द्र राउत आदिले समेत समीक्षा/समालोचना/खोज/अनुसन्धान क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
अनुवाद-
पुन्य कार्की -०२७) का ‘शिक्षामा क्रान्ति’ -०६७) र ‘ओशोका कथाहरू -माटोको दियो)’ -०६७) र विनोद कटुवालले ‘चे ग्वेभाराका रचनाहरू’को अनुवाद गरेका छन् । नन्दलाल आचार्यले ‘समय छैन’ शर्ीष्ाकको मैथिली अनुवाद कविता असार, २०६९ को ‘गरिमा’ पत्रिकामा प्रकाशित गरेका छन् । उनका हिन्दीबाट अनुवाद गरिएका ओशो साहित्यका विविध रचनाहरू समेत विविध पत्रिकाहरूमा प्रकाशित छन् । विश्वराज ढुङ्गाना, राममणि पोखरेल आदिले समेत फुटकररूपमा कलम चलाएका छन् ।
विकाशीलकालका केही साहित्यकारहरू-
-१) राममणि पोखरेल -००४)- उनका ‘साहिँली मैया र रसुवाघाट’ -०६१) नामक एउटा उपन्यास र ‘हरिमानको आत्महत्या’ -०६३), ‘सोममाया र शान्ति अभियान’ -०६४), ‘दण्डहीनता’ -०६५), ‘सूचना टाँस’ -०६६) र ‘समयका पाइला’ -०६७) गरी पाँच वटा कथासङ्ग्रह प्रकाशित छन् । राष्ट्रिय स्तरमा द्वन्द्व कथा लेखन क्षेत्रमा नाम कमाएका खगेन्द्र संग्रौला, दिल सहानी, डा. ऋषिराज बराल, मातृका पोखरेल, पुन्य कार्कीहरू अग्रपंक्तिमा छन् । द्वन्द्व कथा लेखनमा समेत चाख र चासो देखाउने राममणि पोखरेल पनि सिद्धहस्त कथाकार रूपमा चिनिएका छन् । समाजमा घटेका अन्याय, अत्याचारका कहिरन र दुःख, पीडा र बेचैनीका बेलिविस्तार उनका कथामा प्रशस्त भेटिन्छन् । कतै तर्राईको, कतै पहाडको त कतै हिमालको आञ्चलिकता दर्शिने घटनाक्रम पनि प्रशस्त छन् । अग्रगामी विचारयुक्त कथा लेखन, धेरै ठाउँमा एक न एक आदर्श पात्रको जन्म, प्रकृतिको वस्तुगत चित्रण, निम्न वर्गीय मानिसहरू प्रति विशेष सहानुभूति, अन्याय, थिचोमिचोको विरोध, आञ्चलिकताको प्रभाव, स्वस्थ राजनैतिक प्रतिस्पर्धाको अपेक्षाजस्ता प्रवृत्तिहरू कथाकार पोखरेलमा पाइन्छन् । मैथिली भाषाको संवादले कथा रोचक बनेका छन् तर कतैकतै लामा संवादका कारणले भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । परिष्कृत भाव हुँदाहुँदै पनि विषयवस्तु जताततै छरिएकोले स्पष्ट भाव प्रकटमा कमी भने नपाइने होइन । वर्ण्र्ाान्यासको उचित रखाइको अभावका कारणले कथाको स्वाद लिँदालिँदै ढुङ्गै लाग्ने अवस्थाको सामना गर्नर्ुपर्छ । अश्लिलता र असभ्यता झल्कने खालका गिजोल्नु, घिच्नु जस्ता पट्यार लाग्दा शब्दहरूको पुनरावृतिले केही ठाउँमा खल्लो महसुस हुन्छ । यौन मामला र ठट्यौलो अवस्था दर्शाउन अश्लिलता र असभ्यपन झल्कने शब्दकै सहारा लिनैपर्ने वाध्यता हुन्न । कथाकार पोखरेल पौने एक दर्जन जति कृतिका र्सजक भएको कारणलेे यस्ता कुराहरूलाई सामान्य भन्न सकिन्न । कथा लेखन शैलीको परिष्कारको आवश्यकता महसुस हुन्छ । जे होस, उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु गर्वको कुरा हो ।
साहित्यकार राममणि पोखरेलका अन्य आख्यानात्मक विशेषताहरू हुन्- -क) निम्न स्तरीय ग्रामीण जनजीवनमा देखिएका आर्थिक सवाल अर्न्तर्गत भएका कटु यथार्थहरूको चित्रण, -ख) नयाँ पुस्ताको अदूरदर्शी नीतिबाट भएको पारिवारिक विचल्नीको चर्चा, -ग) राजनैतिक विकृतिको भण्डाफोर, -घ) भौतिक अभाव र असन्तोषबाट सिर्जित अन्यौलताको वर्ण्र्ाा -ङ) पत्नीप्रेमभन्दा राष्ट्रप्रेम ठूलो अर्थात् परिवारभन्दा मुलुक ठूलो भन्ने भावना सम्प्रेषण, -च) राजनैतिक नारा र जुलुसले हैन मान्छेमा अन्तर्निहित चेतनाबाट सांस्कृतिक रूपान्तरण हुनसक्ने सम्भावना औँल्याउनु, -च) तर्राईमा रहेका सशस्त्र समूहहरूको लुटपाट, सन्त्रास र अपराधिक मनोदशालाई केलाई सही मार्गमा लागी राष्ट्रका सच्चा नागरिक हुन आह्वान् -छ) भ्रष्ट कर्मचारीतन्त्रको घोर विरोध, -ज) आडम्बरी पात्रको जीवनचर्यालाई समेत देखाई निमुखा वर्गप्रति श्रद्धा, -च) जनतालाई एकताको सूत्रमा बाध्न र राहत दिलाउन आह्वान ।
-२) लेखबहादुर कार्की -००७)- वि. सं. २००७ साल मङ्सिर १५ गते उदयपुर जिल्लाको दर्ुगम ठाउँ बाराहा गाविस वडा नं.-३ मा जन्मेका देशका कुनाकाप्चा घुम्दै र वस्तुस्थिति बुझ्दै जनताको पक्षमा कविता र फुटकर लेखहरू लेख्दै आएका फिरन्ते कवि कार्कीले २०५८ साल भदौ १८ गतेदेखि कविता र फुटकर लेखहरू लेख्न थालेका हुन् । अहिले उनले घुमफिर र लेखन कार्यमा आफ्नो जीवन पूरै संलग्न पारेका छन् । उनका कविताले समाजका बेथिति, अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचारप्रति आक्रोशपर्ूण्ा झटारो प्रहार गर्न भने छाडेका छैनन् र शोषित, पीडित, उपेक्षित वर्गको सर्वोपरी हितमा समर्पित विचार राख्न उनी खप्पिस देखिन्छन् । तर, दर्ुभाग्य ! आफ्नै पृथक् शैली, अभिव्यक्ति र शिल्पमा नवीनता हुँदाहुँदै पनि ती पहाडी झरनाझैँ कञ्चन, स्पातिला र ऊर्जावान् भने छैनन् । छन त छ- कविको आफ्नै काव्यात्मक धर्ती छ, आफ्नै पौरखी आकाश छ र आफ्नै वैयक्तिकपनको खुल्ला क्षितिज छ । उनको सुन्दर आफ्नै प्राकृतिक संसार हर्ेर्ने दूरदृष्टि छ । एकसरो लुगा र एकपेट भातका लागि मात्र पनि उनले भरदिन शारीरिक मेहनत गर्नुपर्छ । दुःखको दहमा पौडदै बाँच्न विवस छन् उनी । उनले दुःखलाई मात्र हैन, सुखलाई पनि चिनेका छन् । तर, सुखले चाहिँ उनलाई चिन्दैन । दुःखले मात्र पछ्याइरहेको आभाष हुन्छ ।
-३) शारदाप्रसाद भट्टर्राई -०१०)- उदयपुर जिल्लाको पहिलो कथाकृतिका रूपमा उनको ‘जम्काभेट’ -०५३) नामक कथा सङ्ग्रह प्रकाशित छ । उनका आख्यानात्मक विशेषताहरू हुन्- -क) सामाजिक यथार्थको चित्रणमा रूचि, -ख) समाजसुधारको चाह व्यक्त, -ग) सामाजिक विकृतिको भण्डाफोर, -घ) समाजसुधारको प्रवल चाह प्रकट, -ङ) नैतिकता र आदर्शताको स्थापनामा जोड, -च) ग्रामीण जनजीवनभोगाइलाई दुरुस्त उतार्नु, -च) सांस्कृतिक सम्पत्तिको सुरक्षामा केन्द्रीत हुन आह्वान् -छ) श्रमप्रति श्रद्धाभाव जगाउनुपर्ने भावना अभिव्यक्त ।
-४) टंकबहादुर आलेमगर -०१५)- उनले २०६४ सालमा ‘कालो चायाँ’ नामक लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । विशेष गरेर दुःख, पीडा र बेचैनीका बेलिविस्तार मात्रै हैन अग्रगामी विचारयुक्त लघुकथा पनि पाइन्छन् उनको ‘कालो चायाँ’ लघुकथा सङ्ग्रहमा । उनीबाट मुलुकको अस्मितामाथि राष्ट्रिय र अन्तर्रर्ााट्रय तत्वले धावा बोलिएको बखत आक्रोश पोख्ने काम समेत भएको छ । युवायुवती बीच हुने स्वभाविक प्रेमअनुरागलाई पनि स्थान दिइएको छ । सप्रिएको राजनीतिले मात्र देश र जनताको पक्षमा काम गर्न सक्ने कथन अघि सारिएको छ । सामान्य वर्गका मानिसहरूप्रति विशेष सहानुभूति राखेर समाजको अस्तव्यस्तताको विरोध गर्ने जस्ता विशेषताले उनका लघुकथाहरू युक्त छन् । यिनबाट युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि परोक्षरूपमा भएको छ । मूलभूत रूपमा यिनी समाज रूपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । कथ्य एवं ठेट भाषाको प्रयोगले कथा रोचक बनेका छन् । रेडियो, टेलिभिजनमा वाचन गर्ने दृष्टिमा भने उपयुक्त देखिन्छन् । उनका धेरै जसो कथाहरू रेडियो नेपालबाट प्रसारण भइसकेका छन् । तर कतैकतै कथावस्तु, पात्रहरू नै किटान गर्न नसकिने अवस्था छ । कतिपय ठाउँमा लघुकथा, लघुकथाका रूपमा नभएर पोथी गद्यको कुनै रचनाको अंशजस्तो भेटिन्छ । स्पष्ट विचार खुल्न नसकेका लघुकथा पनि यस सङ्ग्रहमा मनग्यै परेका छन् । वर्ण्र्ाान्यास सम्बन्धी कमजोरी जताततै पाइन्छ । यी विविध कारणले गर्दा भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । सामान्य लेखपढको वातावरण पाएका कथाकारका शब्दहरू र भाव सबै व्यावहारिक प्रकृतिका नै छन् । सैद्धान्तिक नजरले हेरेमा उनको उचित मूल्याङ्कन गर्न सकिन्न । कवितात्मक शैलीलाई पक्रेर कथा सिर्जेका छन् । भावसँगै वाचनमा मीठासपन र मधुरतालाई उनले विशेष महत्व दिएको भान हुन्छ । समाजमा घटेका यथार्थताका नालीबेलीलाई कलात्मक रूपले प्रकट गर्ने काममा उनी पोख्त देखिन्छन् । अर्का कवि, निबन्धकार तथा कथाकार पुन्य कार्कीले भूमिकामार्फ् नै लघुकथाकार टंकबहादुर आलेमगरलाई साहित्य संसारमा आमन्त्रण गरेर लेखन, प्रकाशन, परिष्कार, परिमार्जन र समीक्षणको चौतारी भेटे साहित्यको मन्दिर निर्माणमा उनको देन महत्वपर्ूण्ा हुनसक्ने बताएका छन् । आले मगर कथा लेखनमा निरन्तर सक्रिय छन् । उनको अर्को कथा सङ्ग्रह प्रकाशोन्मुख छ ।
-५) मणिकुमार पोखरेल- रूपाटार-७, उदयपुरमा जन्मेर सर्ुर्खेत कर्मथलो बनाउन पुगेका कवि पोखरेलको ‘श्रद्धाञ्जली’ -२०४८) हो । उनको ‘गोमारत्न’ खण्डकाव्य समेत ०६८ मा प्रकाशित छ । यिनका कवितामा मानव जीवनका विसङ्गति, पीडा, छटपटी, दुःख सँगै राष्ट्रिय चिन्ता र चासो र्सार्वजनिक भएको पाइन्छ । कवि जन्म दिने आमा र बाबुप्रति जति आदर देखाउँछन्, त्यसभन्दा बढी जन्मभूम्रि्रति आस्थावान् देखिन्छन् । उनी भन्छन्-
आशा भन्ने कुरा पनि अचम्मकै मान्छु
हाँस्न बोल्न सघाउने औषधी यो ठान्छु ।र्
मर्नलाई तयार प्राणी समेत मुक्त छैन
उपस्थित विना यसको लाग्छ संस्ाार हैन ।

-६) मातृका पोखरेल -०२३)- वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्बजस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सांस्कृतिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका ठानागाउँ-४, थामखर्क, उदयपुरका साहित्यकार मातृका पोखरेल नेपाली साहित्य धरोहर निर्माणका नयाँ योद्धा होइनन् । उनको कथन छ- ‘समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म पनि नाङ्गनि सकेका छैनन् । शोषण, अत्याचार र भ्रष्टाचारको भर्‍याङ्गमाथि चढेर बनेको ‘इज्जत र प्रतिष्ठा’ लाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन । अर्थात्, हामीले समाजलाई त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेका छैनौं । समाज रूपान्तरणका निम्ति भिन्न भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतिको विषय हो ।’
सत्य, न्याय र परिवर्तनको पक्षमा बहस गर्न कथा अत्यन्त प्रभावकारी विधा हो भन्ने कुरामा विश्वस्त भई कथा लेखनमा सक्रिय कथाकार पोखरेलको २०६१ सालमा प्रकाशित “सन्त्रस्त आँखाहरू” पछिको दोस्रो कथा सङ्ग्रहका रूपमा “घाम झुल्किनुअघि -०६७)” साझा प्रकाशनबाट प्रकाशन भएको छ । हुन त उनी कविता लेखनमा लागेको एक दशकपछि मात्रै कथा लेखनमा हात हाल्न पुगेका हुन् । सचेत ढङ्गले सुरू गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र लेखनहरूको मूल अभिष्ट भनेको समाजलाई रूपान्तरण गर्नु हो भन्दै केही कमीकमजोरीहरू रहे पनि विगतको बाह्र वर्षो जनयुद्ध नेपाली समाजको रूपान्तरणका लागि एउटा कोसेढुङ्गो थियो भनेर स्वीकारोक्ति दिने पोखरेल जनयुद्धको यस प्राप्तिलाई कमजोर बनाउन अनावश्यक बहस गर्न खोज्नेहरू आफैंप्रति पनि इमान्दार छैनन् भन्ने ठहरमा पुगेका देखिन्छन् ।
कथा लेखनको पाटो बारे केलाउँदा उनी भन्छन्- ‘कथामा काल्पनिक जीवनको रोमाञ्चपर्ूण्ा विवरणमा मलाई कतै पनि रूचि छैन । मैले लेखेका कथाहरूले मानिसहरूलाई एउटा उद्देश्यतर्फप्रेरित गर्न सकून् भन्ने मेरो चाहना हो । म कथा लेख्न बस्दा यो पाटोतर्फविशेष ध्यान पुर्‍याउने प्रयत्न गर्छर्ुु प्रत्येक लेखन पाठक र समाजप्रति समर्पित हुन सक्नर्ुपर्छ भन्ने मेरो मान्यता हो । त्यसतर्फम विशेष सचेत छु ।’ वास्तवमा उनका कथामा रोमाञ्चकताको बखान पाइन्न सामाजिक यथार्थताको खरो बखान पाइन्छ । कमरेड पाताल, धुवा, घाम झुल्किनुअघि, मौन संकेत, अँध्यारो गाउँ, निधो, मुक्ति, खाली ठाउँ, घोडाको गन्ध, बाध्यता, सपनाहरूको खोजी, देवीदत्तको चिन्ता, कालो चश्मा, भत्किएको घरनेर र खाडल गरी १५ बटा कथाहरूको सङ्गालो “घाम झुल्किनुअघि” कथा सङ्ग्रहमा छन् ।
‘सेतो दरबार छेउबाट’ -०५६), ‘यात्राको एउटा दृश्य’ -०६०), र ‘अनुहार’ -०६५) गरी अहिलेसम्म तीन ओटा कविता सङ्ग्रह प्रकाशन भइसकेका र्सजक मातृका पोखरेलमा पाइने काव्यात्मक विशेषताहरू हुन्- -१) समाजवादी, यथार्थवादी धाराका पृष्ठपोषक, -२) वर्गीय चेतनाले ओतप्रोत, -३) मार्क्सवादी दर्शन अङ्गिकार, -४) जनयुद्धप्रति अनुरागी भावना -५) मानतावादी दृष्टिकोण, -६) समाज रूपान्तरणमा जोड, -७) क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार प्रकट, -१०) सहादत प्राप्त मुक्तिमार्गका हिमायतीहरूप्रति श्रद्धा र आस्था, -११) यथास्थितिवादी र पश्चगमनवादीहरूको विरोध, -१२) राज्यआतङ्कको भर्त्सना, -१३) अग्रगमनको दिशामा लम्केको राष्ट्रनिर्माणमा जोड, -१४) जीवनवादी एवं आशावादी विचार प्रेषण, -१५) निमुखाहरूको आवाज बुलन्द, -१६) राष्ट्रिय अखण्डता, एकता र मेलमिलापका पक्षधर, -१७) सकारात्मक परिवर्तनको पक्षमा वकालत, -१८) सरल, सहज, मिठासपर्ूण्ा भाषाशैली र समाजमा पचेका बिम्व, अलङ्कार एवं प्रतीकहरूको प्रयोग ।
‘सन्त्रस्त आँखाहरू’ -०६१) र ‘घाम झुल्िकनु अघि’ -०६७) गरी दर्ुइ कथा सङ्ग्रहका र्सजक पोखरेलका आख्यानात्मक विशेषताहरू हुन्- -क) मार्क्सवादी सिद्धान्तबाट प्रभावित वर्गीय दृष्टिकोण, -ख) नयाँ र पुराना पुस्ताका बीच देखिएका द्वन्द्वात्मक अवस्था अभिव्यक्त, -ग) विसङ्गति एवम् निःसारतापर्ूण्ा परिस्थित्रि्रति तीव्र आक्रोस, -घ) अमर्ूत विषयवस्तुलाई सूत्रात्मक एवम् साङ्केतिकरूपमा प्रयोग, -ङ) निरीह, विवश तथा यन्त्रवत् आधुनिक मान्छेको चित्रणमा रूचि, -च) समतामूलक समाजनिर्माणको आग्रह, -छ) प्रगतिशील चेतनाको तीव्रता, -ज) स्वतन्त्रता प्राप्तिका लागि सङ्र्घष्ा र व्रि्रोहका पक्षमा अभिमत प्रकट, -झ) वर्ग र पात्रानुरूप भाषा र शैली प्रयोगमा सजगता, -ञ्ा) आर्थिक विषमताबाट सिर्जित पीडाहरूको प्रस्तुतिमा रूचि, आदि ।
-७) पार्वती राउत -२०२६)- मातापिता कृष्णादेवी र डम्बरबहादुर राउतकी आठौँ सन्तानको रूपमा २०२६ भदौ ८ गते भलायडाँडा-१, सरुने, उदयपुरमा पहिलो पटक आँखा खोली हाल पति अधिवक्ता रमेश थापासँग जीवनसंगिनीका रूपमा जीवन विताइरहेकी कवयित्री पार्वती राउत -२०२६) नेपाली साहित्याकासमा ‘भनसुनको देस’ कविता सङ्ग्रह -०६७) लिएर देखा परेकी छिन् । उनी समाजमा देखिएका विङ्गत पाटाबाट विरक्त हुन्छिन् र कवितामार्फ नै क्रान्तिको मसाल सल्काउँछिन् । राष्ट्रियता गुम्दै गएकोमा खेद प्रकट गर्दै नशानशामा रगत उम्लनेजस्तो जोसिलो कथन अघि सार्छिन् । जनयुद्धको चित्र उतानर्े­ काम पनि उनीबाट भएको छ । उनी बन्दुक र बारुद सहितको क्रान्तिको पक्षमा छैनन् । उनलाई वैचारिक क्रान्ति प्यारो छ । शान्तिपर्ूण्ा आन्दोलनकी पक्षपातीका रूपमा देखिएकी छिन् । आवश्यक परेमा रगत समेत बगाउँदै प्रजातन्त्र जोगाउन क्रान्ति मैदानमा उत्रनर्ुपर्छ भन्ने विचार राख्न भने उनी चुकेकी छैनन् । गरिवलाई जोतेर सामन्तहरू बाँचेका छन् भन्ने कथन अघि सार्दै न्याय दिलाउन बुद्धलाई आमन्त्रण गर्छिन् । प्रौढ विचार सम्प्रेषणमा कमी देखिए पनि सामन्त निर्मूलमा युवाशक्ति एकजुट हुनुपर्नेमा विश्वास राख्छिन् । चुनावताका गुलिया कुरा गरेर सदनमा पुगी स्वार्थमा लिप्त हुने कथित नेताहरूको गालामा थपपड बर्सर्ाा समेत उनी चुकेकी छैनन् । प्रकृतिको विधानले नै विवा तुल्याउन सक्छ । विधुवा नारीको पीडालाई समेत उनले काव्यात्मक रूप दिने जमर्को गरेकी छिन् । उनले शान्ति डाक्न भनेर धेरै शब्द खर्च गरेकी छिन् । कसैसँग लाज छोप्ने वस्त्र छैन, कसैसँग भने पर्याप्त छ । यस खाले असमानताका कुरा यत्रतत्र आएका छन् र दीनदुःखीहरूप्रति सहानुभूति प्रकट गरिएको छ । नारी हकअधिकारका लागि एक जुट हुन आह्वान गरेकी छिन् । संस्कृतिलाई विकृत तुल्याउनुहुन्न भनेर पवित्र सांस्कृतिक पक्षसँग उनी सरोकार राख्न रुचाउँछिन् । शिक्षकले पढाउने तर विद्यार्थीले नपढी दिने जस्ता जीवनका तीता अनुभव समेत कवितामा आएका छन् । घरकालाई बास र मायालु हात चाहिएको र वन पसेकालाई घर फर्काउन मोहनी मन्त्र चाहिएको कुरा गर्न पनि उनी पछि परेकी छैनन् । पारिवारिक प्रसङ्ग, चुलोचौकाको पिरलो, लैङ्गिक थिचोमिचोको वेदनाजस्ता पक्षहरूले समेत काव्यात्मक रूप पाएका छन् उनका कवितामा । यस देसमा श्रमजीवि भए पनि शोषणले चरमोत्कर्षा प्राप्त गरेको छ । कानुन भए पनि डलरमा बिकेको छ । पर्याप्त डाक्टर, नर्स भए पनि गाउँ रोगी छ । किसानले हलो जुटाउन सके पनि फाली जुटाउन सकेका छैनन् । सदाचारको मन्त्र पाठ भए पनि भ्रष्टचार मौलाएको छ । नेतानेतृहरूको सङ्ख्याले आकास छोए पनि गुणात्मकताको कसीमा घोटेर हर्ेदा प्याज नखाने बाहुन पाउनुझै दर्ुलभ भएको छ । मूलतः देस विदेसी इसारा र इरादामा चलेको छ अर्थात् भनसुनमा नै चलेको छ । त्यसो भए पनि जीवनका तीता अनुभव र राष्ट्रियता, प्रजातन्त्र र समृद्धिका पक्षमा खरा र दरा भावना यत्रतत्र पाइन्छन् । उनका अन्य काव्यात्मक विशेषताहरू हुन्- शान्तिकामी बन्न आह्वान, प्रजातन्त्रको जग बलियो बनाउन वलिदानी दिन पनि पछि नपर्न आग्रह, विसङ्गति वोध, लैङ्गिक असमानता विरुद्ध वैचारिक आवाज, नेपाली स्वाभिमानको गाथागायन, शैक्षिक जगत्को विकृत्रि्रति व्यङ्ग्य, मधेस आन्दोलनले उमार्न खोजेको चेतना प्रेषण, जनता जगाए मात्र नेपाल जाग्ने भावना प्रस्तुत ।
-८) पुन्य कार्की -०२७)- ‘कविको छैटौँ इन्द्रिय’ निबन्ध कृति प्रकाशन गरिसकेका पुन्य कार्कीको अर्को निबन्ध सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशन हुन गइरहेको छ । उनले ‘शिक्षामा क्रान्ति’ -०६७) र ‘ओशोका कथाहरू -माटोको दियो)’ नामक दर्ुइ कृति अनुवाद गरेका छन् । ‘बाघले घाँस खायो’ -०५४), ‘असल बन्छु’ -०६३) र ‘आस्थाको अग्निपथ’ -०६५) गरी तीन कविता सङ्ग्रह प्रकाशन गरिसकेका पुन्य कार्की -०२७)का काव्यात्मक विशेषताहरू हुन्- -१) समाजवादी, यथार्थवादी धारामा कलम चलाउनु, -२) वर्गीय चेतनाले ओतप्रोत भई मार्क्सवादी दर्शन अंगिकार गर्नु, -३) पिछडिएका वर्गको मुक्तिमार्ग पहिल्याउनु, -४) जनयुद्धका क्रममा देखे, भोगेका कुराहरूलाई रिठ्ठो नविर्राई प्रस्तुत गर्नु, -५) वर्तमानको जग बलियो पारेर भविष्य सपार्न खोज्नु, -६) साहित्य, कलाबाट पनि समाज रूपान्तरण गरी नवीन अध्याय थप्न सकिने विचार राख्नु, -७) जनयुद्धको सजीव चित्र उतार्नु, -८) राष्ट्रिय स्वाभिमानलाई आफ्नो आदर्शपुञ्ज ठान्नु, -९) कमरेडहरू सुविधाभोगी नभई निस्वार्थी मनले जनसेवामा समर्पित हुनुपर्ने आवाज उठाउनु, -१०) लोक कल्याणमा शहादत हुनेहरूप्रति श्रद्धा र आस्था खन्याउनु, -११) यथास्थितिवादी र पश्चगमनवादीहरूको झाँको झारी अग्रगमनको दिशामा लाग्न उक्साउनु, -१२) राज्यआतङ्कको खुलेर भर्त्सना गर्नु, -१३) राष्ट्रप्रेमी र राष्ट्रसुधारको स्वर गुञ्जाउनु, -१४) श्रमजीविहरूको विजय निश्चित रहेको आशावादी विचार प्रेषण गर्नु, -१५) निम्न वर्गको आवाज बुलन्द पार्नु, -१६) नेपालीहरू बीचको अखण्ड राष्ट्रिय एकता र मेलमिलापको प्रशंसा गर्नु, -१७) आमूल परिवर्तनको पक्षमा उभिएर चेतना र्छर्नु, आदि ।
आख्यानात्मक फाँटमा भने उनको ‘जीवनयात्रा’ नामक उपन्यास प्रकाशित छ । त्यस्तै ‘मखमली’ -०५७), ‘मध्यरातमा’ -०६२) र ‘बलभन्दा बुद्धि ठूलो’ -०६३, बाललोककथा सङ्ग्रह) गरी तीन कथा सङ्ग्रह प्रकाशित छन् । उनी जनयुद्धकामीहरूप्रति श्रद्धाभाव पर््रदर्शन गर्ने कथाकार हुन् । उनका कथाका वारेमा साहित्यकार रामप्रसाद ज्ञवाली लेख्छन्- बहुसङ्ख्यक शोषितपीडितप्रतिको गम्भीर चासो, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्व बोध र प्रगतिशील राजनैतिक सचेतना कथाकार कार्कीका प्रमुख विशेषता हुन् । उनका कथाहरूले सामन्तीसंस्कार, दासमनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरूमा व्रि्रोह सञ्चार गर्छन्, अज्ञानता र अशिक्षाले सुषुप्त मनहरूमा जागृति भर्छन् र मानवद्वोषीहरूद्वारा गरिएको असहृय अत्याचारले पलायन भएका मनहरूमा आँट र उत्साह र्छछन् ।
उनका अन्य आख्यानात्मक विशेषताहरूलाई यस प्रकार समेट्न सकिन्छ- -क) जनयुद्धको विषयवस्तुमा केन्द्रीत, -ख) युगिन यथार्थको प्रतिबिम्वन, -ग) अग्रगामी पात्रमा आधारित, -घ) विकृत राजनैतिक खेलप्रति घोर वितृष्णा, -ङ) पात्रहरूको वाह्य र आन्तरिक दुबै जगत्को चित्रणमा खप्पिस, -च) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, -छ) ग्रामीण निम्न र मध्यम परिवारको चित्रण, -ज) अन्धविश्वास र रूढिवादी परम्पराप्रति व्रि्रोही भावना, -झ) विसङ्गति र विकृतिमूलक परिवेशप्रति व्यङ्ग्य, -ञ्ा) बालमनोविज्ञान र मनोविज्ञानमा आधारित अभिव्यक्तितर्फरूचि ।
-९) कौशल चेमजोङ -०२८)- उनको ‘भूत’ -०५६) लघुकथा सङ्ग्रह प्रकाशित छ । उनका आख्यानात्मक विशेषताहरू हुन्- -क) गरिबीको चित्रणमा रूचि, -ख) मानवताको पक्षमा वकालत, -ग) सामाजिक एकता र भाइचाराको सम्बन्ध सुदृढीकरणमा जोड, -घ) सामाजिक वेमेललाई मेलमा परिणत गर्ने चाह व्यक्त, -ङ) नैतिकता र आदर्शताको स्थापनामा जोड, -च) ग्रामीण जनजीवनभोगाइलाई दुरुस्त उतार्नु, -छ) सांस्कृतिक सम्पत्तिको सुरक्षामा केन्द्रीत हुन आह्वान् -ज) श्रमप्रति श्रद्धाभाव जगाउनुपर्ने भावना अभिव्यक्त, -झ) सामाजिक यथार्थलाई अङ्गिकार गर्दै कथा लेखनमा सक्रिय, -ञ्ा) सिकारूपनका प्रशस्त अवस्था देखिनु ।
-१०) कपिल ठकुरी -०२९)- उनको ‘एउटी बेस्या र म’ -०६१) कथा सङ्ग्रह प्रकाशित छ । त्रियुगा जनता बहुमुखी क्याम्पसका अङ्ग्रेजी विषयका उप-प्राध्यापक रविन्द्रराजा शाही ठकुरीका कथाका बारेमा लेख्नुहुन्छ- ‘ठकुरीको कथात्मक समाज बहुआयामिक छ, बहुरूपी छ । यहाँ समाजको एउटा चोइटा मात्र छैन । जीवन भोगाइ एकै खाले पनि छैन । एकै पाराको यथार्थ छैन । उनका कथाहरूमा न त भाषाको स्वतन्त्र पहिचान गर्ने निर्रथक लालसा भेटिन्छ न त विम्ब र प्रतीकहरूको जथाभावी प्रयोग गरेर पाठकलाई अनावश्यक रूपले चमत्कृत पार्न खोज्ने दुष्प्रवृति नै पाइन्छ ।’
उनका आख्यानात्मक विशेषताहरू हुन्- -क) यौन मनोविश्लेषणमा रूचि, -ख) जनयुद्धकालका विषयवस्तुको उठान गरी गृहयुद्धको समाप्तिको चाह व्यक्त, -ग) रूढ्रि्रस्त परम्पराप्रति विमति प्रकट, -घ) मनोवैज्ञानिक यथार्थको चित्रणमा अग्रसर, -ङ) निम्न वर्गप्रति श्रद्धाभाव प्रकट गरी कारुणिक चित्रणमा सफल, -च) पात्रानुरूप उचित संवादको संयोजन, -छ) नारर्ीवर्गको विवशताको चित्रण, -ज) हडबडमा निर्ण्र्ाागर्ने र फर्ुसदमा पछुताउने मानवीय प्रवृतिको भण्डाफोर, -झ) ग्रामीण र सहरीया दुवै परिवेशको प्रयोगमा रूचि देखाउनु, -ञ्ा) आलोकाँचो भाषा र अपरिपक्व भाषाशैली प्रयोग, आदि ।
-११) नन्दलाल आचार्य -०३०)- उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ -०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ -बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक/एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक ‘नाटकमा विविधताको खोजी’ शर्ीष्ाकमा कृष्ण शाह यात्रीले आचार्यको नाट्य कृतिका वारेमा भनेका छन्- नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो- नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो- ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यसमा १५ वटा समसामयिक एकाङ्कीनाटकहरू सङ्ग्रहित छन् । नाटकहरूबाट थाहा लाग्छ, उनी वैचारिक नाटक लेख्न रुचाउँछन् । उनी आफूले देखेभोगेका यथार्थलाई नाटकमा ढाल्न सक्ने खुबी राख्दछन् ।
शर्ीष्ा नाटक ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा कवि कृष्ण सेन इच्छुकलाई द्वन्द्वकालमा राज्यले दिएको कठोर यातना र हत्याको कहालीलाग्दो दृश्यलाई दर्शाइएको छ । यस नाटकमा कवि इच्छुकका कविताहरू पनि नाटककारले सापटी लिएका छन् । तीन दृश्यमा विभाजित यस नाटकले धेरै वटा ऐतिहासिक तथ्यहरू बोकेको छ । नाटक ‘देश हराएको सूचना’मा संक्रमणकालको नेपालको दर्ुदशालाई चित्रण गरिएको छ । देश क्रमशः खिइँदै र टुक्रिँदै जान थालेको चिन्ताले ग्रस्त सूत्रधारको वरिपरि नाटक घुम्छ । यी बाहेक सङ्ग्रहभित्र ‘पीडा एक ः भाका अनेक’ र ‘परिचय’ नाटकहरू पनि राजनीतिलाई मूल विषय बनाइएको छ । दुबै नाटकले सामाजिक र राजनीतिक बेथितिको मुद्दा उठाएको छ । ‘परिचय’मा भने नाटककारले पाठकलाई परम्पराहरूको जानकारी दिन खोज्दा विषय राम्रो हुँदाहुँदै पनि नाटकको प्रस्तुति फितलो बन्न पुगेको छ । यसमा नाटकीय तत्व कम छ ।
आचार्यले सामाजिक कुरीति र संस्कार विरुद्ध लेखिएका केही नाटकहरू पनि सङ्ग्रहमा समावेश छन् । ‘करार विवाह’, ‘आधा मेरो ः आधा त्रि्रो’, ‘जस्तो मति उस्तै गति’, ‘नम्र निवेदन’, ‘दाइजो’ यस्तै खालका केही नाटक हुन् । यी नाटकहरूमा प्रेम, विवाह, अस्तित्वर्,र् इष्र्या, अभिमान लगायतका समस्याहरूमा केन्द्रित छन् । उनका केही सामाजिक नाटकहरूमा हाँस्य र व्यङ्ग्यको प्रयोग भएको देखिन्छ भने चेतना अभिवृद्धि र सुधारका अपेक्षाहरू पनि भेटिन्छ । लेखकीयमा नेपाली विषयको शिक्षकको नाताले विद्यालयको वाषिर्कोत्सवमा विद्यार्थीहरूलाई नाटक गराउनका लागि कतिपय नाटकहरू लेखिएको कुरा उल्लेख छ । केही नाटकहरू नाटककार आफैंले प्रस्तुत गरेको पनि बुझिन्छ । यस सङ्ग्रहमा परेका अधिकांश नाटकहरू विभिन्न पत्रपत्रिकाहरूमा पहिले नै प्रकाशित भइसकेका छन् । यसबाट नाटक विधामा आचार्यको राम्रै मोह देखिन्छ । नेपाली साहित्यमा नाटक विधामा प्रतिबद्धतापर्ूवक लाग्ने लेखकहरूको कमी छ । अझै पनि अरू विधाको तुलनामा नाटकका पुस्तकहरू कमै छापिन्छन् । यस अर्थका उनको उपस्थिति आशालाग्दो मान्न सकिन्छ ।
नाटक श्रव्य र दृश्य विधा हो । नाटक प्रविधिसँग जोडिएको विषय पनि हो । नाटकमा सबै कुरा संवादले मात्र व्यक्त नगरी पात्रको हाऊभाऊ, घटनाक्रम र परिस्थितिबाट पनि उतारचढाव आउनर्ुपर्छ । यसमा अलिक विचार पुर्‍याएको भए वेश हुन्थ्यो । समग्रमा यस सङ्ग्रहका नाटकहरूमा संवाद, भाषाशैली र विचार सुन्दर छ । विषय छनोटमा विविधता देखिन्छ । -मधर्ुपर्क, पूर्ण्ााङ्क ५२१, कात्तिक २०६९)
त्यस्तै कालजयी र्सजक घनश्याम ढकालको संयोजकत्वमा निर्माण गरिएको ‘मार्क्सवादी साहित्य र जनयुद्धको सौर्न्दर्य’ नामक सौर्न्दर्यशास्त्र/समालोचना विधाको ग्रन्थमा खेम थपलिया उनका वारेमा लेख्छन्- नन्दलाल आचार्य समाजवादी-यथार्थवादी साहित्यिक धारामा कलम चलाउने सशक्त प्रतिभा हुन् । त्याग र बलिदानको उच्चत्तम कर्ीर्तिमानीहरू मध्ये कवि कृष्ण सेन ‘इच्छुक’ को सहादत एक परिघटना हो । त्यही प्रतिनिधिमूलक परिघटनालाई आचार्यले नाटकीकरण गरेका छन् । शासक-प्रशाकहरूका हजारौं जोर-जुलुमहरूको निरन्तर बेवास्ता गर्दै यहाँ क्रान्तिकारीहरूको सही परिचय दिइएको छ । यहाँ क्रन्तिकारीहरू सतिसाल हुन्छन्, उनीहरू त स्पातले बनेका मान्छे हुन् भन्ने भाव व्यक्त गरिएको छ । यहाँ प्रस्तुत गरिएको विचारले राष्ट्रिय स्वाभिमानको शिखर चुमेको छ भने क्रान्तिकारी आशावादको भावलाई परिपाकमा पुर्‍याइएको छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई दुत्कार्नसम्म दुत्कारिएको छ । बारम्बार असफल प्रयास दोहोर्‍याइरहने प्रतिक्रियावादीरूको मुखुण्डो उघारिएको यस नाटकमा सच्चा क्रान्तिकारीहरू मृत्युलाई सहर्षस्वीकार्न तयार हुन्छन् तर जनताको गद्दार बन्न कदापि तयार हुँदैनन् भन्ने कुरालाई यहाँ मर्मस्पर्शी ढङ्गले व्यक्त भएको छ । त्यस्तै, प्रतिक्रियावादी वर्गभित्र पनि जनतालाई माया गर्नेहरू रहेका हुन्छन् अनि क्रान्तिकारी वर्गभित्र पनि प्रतिक्रियावादी चरित्र बोकेका मानिसहरू हुन सक्छन् भन्ने कुरा पनि प्रस्तुत गरिएको छ । साथै, जनताको हत्या गरेर प्रमोसन हुने प्रतिक्रियावादी परम्परालाई पनि यहाँ नङ्ग्याइएको छ । आचार्यको यस नाटकले एक दशकको महान् जनयुद्ध र त्यसले उघारेको संसारको नवीन क्षितिजको उद्घाटन तथा मालेमावाद र प्रचण्डपथीय आलोकमा सहिदी संस्कृतिको निर्माणमा महत्वपर्ूण्ा योगदान पुर्‍याएको तथ्यलाई विर्सन सकिँदैन । -पृ.८७५ र ८७६)
उनका बारेमा समीक्षक रामविक्रम थापाले लेखेका छन्- ‘२०६३-२०६६ मा सिर्जित र २०६४-२०६७ मा शब्दाङ्कुर, दायित्व, मधर्ुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको र्सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊर्ध्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क-वितर्क, दोस्रो ‘करार-विवाह’ मा पाँचवर्षो म्यादको अस्थायी विवाह, तेस्रो र्’दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा त्रि्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो- ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । प्रगतिवादी कवि एवम् निर्भीक पत्रकार कृष्णसेन ‘इच्छुक’लाई पुलिस प्रशासनले बर्बर यातनाकासाथ सहिद बनाएको हृदयविदारक शब्दचित्र यहाँ छ । तीनओटा दृश्यमा विभक्त यो ऐतिहासिक नाटक कलम र बन्दुकबीचको कारुणिक युद्ध हो र सेनहत्याकाण्डलाई पर्दाफास गर्ने जनयुद्धकालीन जीवन्त दस्तावेज पनि हो । सातौँ एकाङ्की ‘पीडा एक भाका अनेक’ मा गणतान्त्रिक आजको नेपालमा पनि जनअपेक्षामा तुसारापात भएको कुरा, आठौँ ‘एकता’ मा हिमाल, पहाड र तर्राईको एकता र समझदारीमा जोड, नवौँ ‘नम्र- विनम्र’ मा प्रेम र विवाहको समस्याको सन्तुलित समाधान, दशौँ नाटक ‘नाम त्रि्रो काम हाम्रो’ मा बोर्डिङ स्कुलको भ्रष्टाचार र विकृति-विसङ्गति छ भने एघारौँ ‘परिवर्तन’ मा परिवर्तनको नाममा गाउँमा मानवीय संवेदना हराएको धरासायी सर्न्दर्भ छ । यसैगरी बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टर्ीीप्रतिगामी तत्वहरूको चलखेल देखाउने हास्यव्यङ्ग्यात्मक नाटक हो भने तेह्रौँ ‘दाइजो’ मा दाइजोपीडित अभिभावकको टीठलाग्दो -भयावह) मनोदशा छ । चौधौँ नाटक ‘देश हराएको सूचना’ मा सीमा मिचिएको, देश टुक्रिने सम्भावित खतरा र संविधान-सभाको चुनाव पटकपटक सरेको पीडा छ । पन्ध्रौँ र अन्तिम नाटक ‘परिचय’ का १७ जना पात्रहरूले सङ्घीयताको औचित्य पुष्टि गरेका छन् । हरेक नाटकका पात्रहरूले आफ्नो अस्तित्व खोजेका छन् ,परिचय खोजेका छन्, हक र अधिकार खोजेका छन् । नाटककारले समतामूलक र अग्रगामी समाज खोजेका छन् । पत्रपत्रिका र पुस्तकहरूबाट समसामयिक र जल्दाबल्दा कुराहरूको जानकारी लिएर नाटक/एकाङ्कीको निर्माण भएकाले नाटककार नन्दलाल आचार्यको अध्ययन, चिन्तन र मन्थनको क्षेत्र व्यापक र उज्यालो छ । उखान, तुक्का र गहकिला उक्ति र सूक्तिसहितको कवितात्मक भाषाले सम्व्ााद जीवन्त भएर नाटक गाढा र प्रभावकारी भएका छन् । अनुसन्धान र अनुभवको व्यापकताले नाटकहरू दार्शनिक, वौद्धिक र र्सार्थक भएका छन् । कुप्रथा, कुसंस्कार, विकृति, पीडा, विसङ्गति र असमानताका विरूद्धमा धावा बोल्ने यी नाट्यवाणीहरू विषयवस्तुको गहिराइमा पुग्दै र कुराको जरो -चुरो) पक्रेर अभिव्यक्ति दिन सफल छन् । नन्दलालका नाटकमा बालमनोविज्ञान, द्वन्द्व, अन्तरद्वन्द्व, आक्रोश, ग्रामीण परिवेश, घृणा, पारिवारिक वातावरण आदिको बाहुल्यता पाइन्छ । निम्नवर्गीय र सीमान्तकृत पात्रहरूको उन्मुक्तिको निचोड छ । परिवर्तनको पक्षमा वकालत गर्ने आचार्यको धारणा नकारात्मक र पाखण्ड होइन, सकारात्मक र विवेकसम्मत परिवर्तनको पक्षमा सन्देश दिनु रहेको छ । प्रत्येक नाटकको अन्त्य सहज, सुखद र रमाइलो भएकाले यिनी संयोगान्त नाटककारका रूपमा उभिएका छन् । नाटक पढिसकेपछि पाठकको मनमा सानान्दको फूल फुलाउन सक्नु यिनको नाट्यशिल्पको चातर्ुय हो ।’ -नयाँ कोशी, पू. ३७, मङ्सिर ०६८, पृष्ठ ४४)
आचार्यको ‘टुक्के दिदी र उखाने दाइ’ -बालएकाङ्की सङ्ग्रह, प्रेसमा) मा भने बालअधिकार संरक्षणमा बालबालिका नै सचेत भए समाजका कुतत्वले घुँडा टेक्न वाध्य हुने कुरा जाहेर गर्ने ‘अभियान’, चाहिँदाभन्दा अचाहिँदा कुरामा लहसिएकाले संसार दुःखपर्ूण्ा भएको देखाउने ‘विलासी विश्व’, संसारका हरेक कुराले हामीलाई चेतना दिने भएकाले गुरु नै गुरुका बीचमा हामी रहेको दार्शनिक चेत दिने ‘साना गुरुहरू’, वैज्ञानिक प्रविधि गलत छैनन् दुरूपयोग गर्ने हाम्रो मानसिकता नै गलत भएको देखाउने ‘मोवाइल-गाथा’, मुलुकको र्सवाङ्गीण हितका लागि एकजुट हुनुपर्ने विचार सम्प्रेषण गर्ने ‘राष्ट्रि्रय एकता’, कर्मले संसार साघुँरो पारे पनि महान् कर्मबाट आफू अग्लिनुपर्नेमा निच भावनाका कारणले होचाको होचै भएको देखाउने ‘सानो संसार र होचा मान्छेहरू’, कर्मले मान्छे पुज्य हुने कुरा देखाउने ‘सीप’, मान्छेले अरूलाई समेत हँसाएर आनन्दपर्ूवक बाँच्न सक्नर्ुपर्छ भन्ने चेतना दिने ‘टुक्के दिदी’, रूढ्रि्रस्त विचारले दुःखपर्ूण्ा एवं अराजक क्षण निम्त्याउने कुरा जाहेर गर्ने ‘ट्वाइलेट भूत’, परिश्रम गर्नेले पारिश्रमिक पाउनर्ुपर्छ भन्ने कुरा जाहेर गर्ने ‘उखाने दाइ’ गरी जम्मा दस बालएकाङ्कीहरू समाविष्ट छन् ।
त्यसै गरी साहित्यकार दिल साहनीले उनका नाटककार वारे भनेका छन्- आचार्यले मुलुकका जल्दाबल्दा विषयमा एकांकी/नाटक लेखेका छन् । उनका प्रत्येक नाटकमा नयाँ विचार, नयाँ भाषाशैली तथा नयाँ प्रयोग छ । उनको चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । उनका नाटक रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी, शिक्षामूलक, समस्यामूलक, समाधानमूलक र समाजलाई नयाँ चेतना दिने खालका छन् । उनका केही नाटक हास्यव्यङ्ग्यात्मक छन् भने केही नाटक गम्भीर र दार्शनिक पनि छन् । उनका केही नाटक सामाजिक छन् भने केही राजनीतिक पनि । उनका केही नाटक मनोवैज्ञानिक छन् भने केही ऐतिहासिक पनि । सामान्य विषयलाई गम्भीरता र रोचकताका साथमा प्रस्तुत गर्नु उनको विशेष खुबी हो । लेखकले यतिबेलाका नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, राजनीतिक, जातीय वर्गीय, क्षेत्रीय, राष्ट्रिय आदि सबै प्रकारका समस्यालाई आफ्ना नाटकका विषयवस्तु बनाएका छन् । उनले नाटकमा समस्याका साथै समाधान पनि दिएका छन् । उनका नाटक र्सार्थक र बौद्धिक छन् । अध्ययन र अनुभवको व्यापकता झल्किन्छ ।
उनको प्रकाशोन्मुख ‘गरिमा’ कथा सङ्ग्रहमा विशेषतः पत्रात्मक कथा समेटिएका छन् । त्यसमा समेटिएका कथाका आधारमा देखिएका विशेषताहरू यस प्रकार छन्- -क) निम्न वर्गप्रति अनुराग र शोषक वर्गप्रति आक्रोस व्यक्त, -ख) प्रगतिशील चेतनाको तीव्रता, -ग) आशावादी दृष्टिकोण व्यक्त, -घ) सही ढङ्गले सांस्कृतिक रूपान्तरणमा जोड, -ङ) पात्रहरूको मनोदशा र विवसताको चित्रण, -च) घटनाप्रधानभन्दा बढी चरित्रप्रधान कथा लेखनमा अग्रसर, -छ) पात्रानुकूल संवाद प्रयोगमा सजगता, -ज) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, -झ) समाजको यथार्थ चित्रणमा अग्रसर, -ञ्ा) पत्रात्मक शैली अङ्गिकार, आदि ।
सप्तरीका शिवकुमार यादव उनका बारेमा लेख्छन्- ‘उदयपुर जिल्लाको ठोक्सिला गाविस, जहाडामा वि.सं. २०३० सालमा जन्मेर मूलत शिक्षण, पत्रकारिता तथा लेखन कार्यमा संलग्न साहित्य साधक नन्दलाल आचार्य देखेको लेख्ने र्सजक हुन् । विशेष गरी निबन्ध, समीक्षा, कथा, कविता र नाटक विधामा कलम चलाउने आचार्यको कलम नाटक र निबन्ध विधामा बढी खारिएको पाइन्छ । उनीसँग मेरो २०४७ सालदेखिको हालसम्मको निकटता र सहकार्यतालाई मूल्याङ्कन गर्दा उनी व्यवहारिकरूपमा लचिलो बानी भएका व्यक्ति हुन् तर लेखनका दृष्टिले सम्झौता नरुचाउने र्सजक हुन् । उनी सफल व्यक्ति तर असफल र्सजक हुन् । कारण साधनाअनुरूप उनले सफलता पाएका छैनन् । यसमा उनको मर्न पनि नचाहने र मार्न पनि नरुचाउने बानी नै वाधक हुनर्ुपर्छ । अझैसम्म दर्जनौं कविता, कथा, लघुकथा, निबन्ध, गजल, नाटक/एकाङ्की, समीक्षा/समालोचना तयार पार्दा पनि र राष्ट्रिय-अन्तरराष्ट्रिय क्षेत्रमा पुगे पनि चर्चाको शिखरमा कुनै रचना पुगेको छैन् । औसत लेखनमा नै उनी सीमित छन् ।’ -मझेरी डट कम)
हास्यव्यङ्ग्य फाँटमा समेत आचार्यको कलम तिखारिँदै गएको पाइन्छ । हाँस्यभन्दा पनि व्यङ्ग्य फाँटमा उनका निबन्धहरू खारिएको भेटिन्छ । त्यस्तै आचार्यको ‘साक्षात्कार’ नामक प्रकाशनको लहरमा उभिएको निबन्ध सङ्ग्रहमा पारिवारिक, सामाजिक, शैक्षिक, सांस्कृतिक मुद्दाहरू उठाएर समाधानसहितको साहित्यसिर्जनामा अग्रसर भएको देखिन्छ । उनी विशेषत उज्यालो दिनको चाहना र कामनालाई र्सार्वजनिक गर्ने प्रयत्नस्वरूप निबन्ध लेखनमा जुटेका छन् । त्यसमा पनि उनले पत्रात्मक शैलीलाई अङ्गिकार गरेका छन् । उनका निबन्धमा विषय उठान गर्दा पहिले वैयक्तिक मुद्दाहरूका रूपमा देखिने र गहिराइमा पुग्दा नपुग्दै र्सार्वजनिक सरोकारका विषयमा परिणत हुने प्रवृति पाइन्छ । मूल्यसहितको साहित्य लेखनमा सक्रिय रहने चाहना बोकेका र्सजक नन्दलाल आचार्यको साहित्यसंसारमा उपस्थिति निरन्तर भए पनि कलम खार्न अझ प्रयत्न गर्नुपर्ने देखिन्छ । साहित्य संसारमा उनको उचाइ बढ्दै गएको पाइन्छ तर उल्लेखनीय उपलब्धी फेला पार्न सकिन्न । साहित्यमा सिकेर नसकिने अनगिन्ती कुराहरू हुन्छन् । साहित्य समुद्र हो । यसलाई छिचोल्ने सामर्थ्य कसैको छैन । कसैले छेउछाउ छिचोल्न सकेका होलान् तर गहिराइमा पुगेर मोति लिन सक्ने भने विरलै छन् । यस अर्थमा आचार्य साहित्यका इमान्दार पाठक बन्न सकेका छन् तर लेखक हुन सकेका छैनन् । उनले प्रयत्नका धेरै सोपानहरू उक्लनुछ । शैली पक्ष खारिँदै आए पनि नवीनतम् विषयवस्तुको अभाव खट्किएको देखिन्छ । लेखिएको साहित्य पुनर्लेखन गरेर साहित्यकार बन्न सकिन्न । साहित्यकारले त नलेखिएको साहित्य लेख्न सक्नर्ुपर्छ । सिर्जना नभएको कुरा सिर्जना गर्न सके मात्र त्यो र्सजक बन्छ । नत्र त्यो एक ढोंग बाहेक अर्थोक हुन्न भन्दा अतिशयोक्ति नहोला ।
-१२) कृष्ण शाह ‘यात्री’ -०३२)- कथाकार यात्रीका ‘सूक्ष्म शिखाहरू’ -०५६) र ‘आणविक अस्त्र’ -०६२) गरी दर्ुइ कथा सङ्ग्रह प्रकाशन भएका देखिन्छन् । उनका नौ ओटा बालकथा सङ्ग्रह प्रकाशित छन् । ती हुन्- ‘सहरमा डमरु’, ‘भूतको बाँसुरी’, ‘मसिने मुसो र अरू कथाहरू’, ‘जादुको टोपी’, ‘तिखेको सिङ’, ‘गुन्टे गैँडा’, ‘साथी भूत’, ‘अनौठो पुतली’, र ‘चङ्खे र पङ्खे’ । विशेष गरी उनी -क) मानवीय र मानवेत्तर पात्रहरूको सफल संयोजन, -ख) झिनो आख्यानात्मक प्रस्तुति, -ग) समाजमा व्याप्त विकृति विसङ्गतिको सफल भण्डाफोर, -घ) मानवीय मूल्यह्रासमा चिन्तावोध, -ङ) लैङ्गिक विभेदप्रति रोष व्यक्त, -च) विश्ववन्धुत्वको भावनामा जोड, -छ) बिम्ब र प्रतीकको प्रयोगबाट अमर्ूत विषयवस्तुलाई सूत्रात्मक एवम् साङ्केतिकरूपमा प्रयोग, -ज) वैज्ञानिक चिन्तनयुक्त कथा लेखनमा रूचि, -झ) जनयुद्धका सकारात्मक र नकारात्मक पक्षको चित्रणमा रूचि, -ञ्ा) सरल, सुवोध भाषाशैलीमा कथात्मक अभिव्यक्ति दिन खप्पिसजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
नाट्य क्षेत्रमा भने उनका ‘समय अवसान’ -०६१), ‘मान्छे-मान्छेहरू’ -०६४), ‘फुच्चे रोबोट’ -०६५, बालनाटक सङ्ग्रह), हिङपाङको चाँैरी -०६५), ‘निर्वासित मनहरू’, ‘जलपरी’, ‘खैरे खस्यो खोलामा’, र ‘अतिरिक्त यात्रा’ गरी आठ ओटा नाट्यकृति प्रकाशन साथै ‘प्रतिनिधि नेपाली नाटक’ र ‘प्रतिनिधि नेपाली बालनाटक’ गरी दर्ुइ नाट्यकृति सम्पादन समेत गरेको देखिन्छ । उनी मञ्चनयोग्य र विविध विषयवस्तु समेटेर कौतुहलपर्ूण्ा नाटक/एकाङ्की सिर्जनामा खप्पिस छन् । विज्ञानविषयक उनका नाटक उत्कृष्ट मानिन्छन् ।
-१३) इन्द्र थापा ‘मिलन’ ­-०३४)- मातापिता नरमाया र डाकबहादुरका सुपुत्रका रूपमा वि.सं. २०३४ साल चैत्र ३१ गते विहीबार जन्मेका इन्द्र थापा ‘मिलन’को ०६१ सालमा ‘इन्द्रेणी’ प्यारोडी कविता, कविता तथा गीत सङ्ग्रह निस्केको छ । सोरुङ्ग छविसे-४, उदयपुरका बासिन्दा इन्द्रको ‘इन्द्रेणी’मा ‘घरवाली-पसलवाली’, ‘ठोक् न मादल ठोक्’ लगायतका २१ वटा रचना सङ्ग्रहीत छन् । विशेषतः वर्तमानलाई व्यङ्ग्य गर्न पुराना सिर्जनाको जग खोजेको स्पष्ट झल्कन्छ । उनले राजनैतिक, शैक्षिक, प्रशासनिक, व्यक्तिगतजस्ता हरेक निकाय र क्षेत्रका कमजोरीप्रति कठोर व्यङ्ग्य गरेका छन्-
आए नेता नेपालमा हाम्रो शोषण गर्दै
दाउरे पेट टन्न भर्दै चिल्लो कार चढ्दै ।
-दाउरे पेट ‘आइ यो मेरी जिन्दगीमे’)
-१४) धनुष र्राई -०३८)- र्राईको ‘सेतो हस्ताक्षर’ -०५९) लघुकथा सङ्ग्रह प्रकाशन भएको पाइन्छ जसमा उनले समसामयिक विषयवस्तुलाई टपक्क दिपेर कथात्मकरूप दिने काम गरेका छन् । अन्य साहित्यकारका सवालमा कृतिको उपलव्धताको अभाव र सूचनाको कमीले साङ्गोपाङ्गो अध्ययन हुन बाँकी छ । फोन, इमेल, फेसबुक आदि प्रविधिद्वारा सूचना सङ्कलन गरिएको हुँदा यस्ता प्रविधि बाहिरका धेरै र्सजकहरूलाई यहाँ समेट्न नसकिएको हुन सक्छ । यहाँहरूको रचनात्मक सहयोग पाउँदै गएमा आगामी दिनमा अझ परिष्कार हुँदै जाने कुरामा विश्वस्त हुन अनुरोध गर्दछु ।
उदयपुरबाट प्रकाशित पत्रपत्रिकाहरू-
-१) साहित्यिक क्षेत्रका पत्रपत्रिकाहरू- ‘नवपालुवा’ ­-०२२, त्रैमासिक), ‘युगवोध’ ­-०४०,४१, मासिक), ‘त्रियुगा बोल्छिन्’ -०४३, मासिक), ‘नयाँ विहानी’ ­-०५५, त्रैमासिक), ‘नवप्रतिभा’ ­-०५७, साहित्यिक विशेषाङ्क), ‘उदयमञ्जरी’ ­-०५९, अर्द्धवाषिर्क), ‘सहयात्री’ ­-०५६, त्रैमासिक), ‘सन्ध्या’ ­-०६०, हवाइ त्रैमासिक), ‘सगुन’ ­-०५८, त्रैमासिक), ‘त्रिवेणी’ -०६०, त्रैमासिक), ‘बसाहा-मञ्जरी’ ­-त्रैमासिक), ‘गढी’ -०५८, मासिक), ‘त्रियुगाके सनेस’ ­-०६३, थारू भाषाको त्रैमासिक), ‘जंघार’ ­-०६५, त्रैमासिक), ‘कटाक्ष’ आदि । सिर्जनाका आलोकहरू -०६४) र ऋतुरङ्ग -०६७) नामक साहित्यिक पुस्तक सङ्कलित रचनाका रूपमा प्रकाशन भएका देखिन्छन् । जिल्ला बाहिर बसेर उदयपुरे स्रष्टाहरूले प्रकाशन र सम्पादन गरेका र गरिरहेका साहित्यिक पत्रिकाहरूमा ‘ज्योति’, ‘प्रोत्साहन’, ‘अभिनव’, ‘हवाइसंगम’, ‘गुञ्जन’, ‘वेदना’, ‘ज्योतिपुञ्ज’ ‘विजय-शब्दबिम्व’, ‘निहारिका’ जस्ता पत्रिकाहरू प्रकाशन भएका र धेरै जसो हालसम्म प्रकाशन भइरहेका देखिन्छन् ।
-२) अन्य विविध क्षेत्रका पत्रपत्रिकाहरू- ‘त्रियुगा’, ‘चित्रण’, ‘उदयपुर आवाज’, ‘उदय’, ‘नव उदय’, ‘ऐँजेरू’, ‘नवपालुवा’, ‘रौता टाइम्स’, ‘चौदण्डी’, ‘खबरदारी’, ‘त्रियुगा नगर सन्देस’, ‘त्रियुगा मिलन केन्द्र’, ‘पञ्चावती’, ‘क्षितिज’, ‘नव मञ्जरी’, ‘हाम्रो राष्ट्रिय दैनिक’, ‘उदयपुर दैनिक’, ‘टंकेला’, ‘पर्ूण्ापुष्टि’, ‘दुरदर्शी’, ‘उदयपुर दर्शन’, ‘नागरिक आह्वान’, ‘जनसम्बन्ध’, ‘वेग’, ‘नयाँ पर्ूव क्षितिज’, ‘गृहगुप्तचर’, ‘सगरमाथा खबर’, ‘उदयपुर पोष्ट’,'हाम्रो खबर’, ‘किराँत टाइम्स’, ‘दलित दर्पण’ आदि समाचारमूलक मुखपत्र स्मारिकाहरूका रूपमा प्रकाशित र प्रकाशन भइरहेका पत्रपत्रिका हुन् । त्रियुगा जनता बहुमुखी क्याम्पसका अङ्ग्रेजी विषयका उप-प्राध्यापक रविन्द्रराजा शाही प्रधान सम्पादक हुनुभएको उदयपुर जिल्लाको एक मात्र अङ्ग्रेजी पाक्षिक पत्रिका ‘द न्यूज पार्क’ हालसम्म पनि प्रकाशन भइरहेको छ । ­
उदयपुरमा स्थापित पुस्तकालयहरू-
पुस्तकालयको प्राचीन रूप खोज्नर् इ.पू. ५५०० मा पुग्नर्ुपर्छ । सुमेरियमहरू माटाको खबटामा चित्र बनाई खप्ट्याएर राखी भविष्यमा अवलोकन योग्य बनाउँथे । उनीहरूले नै चित्रलिपीपछि क्युनिर्फ लिपी विकास गरी ३० हजार माटाका खबटामा लेखिएका पुस्तकहरू भेला पारे । नेपालमा भने शिलालेख, ताम्रपत्र, भोजपत्र आदिको सङ्ग्रहबाट पुस्तकालय अवधारणाको विकास भएको हो । पृथ्वीनारायण शाहले हस्तलिखित पुस्तकहरूको सुरक्षार्थ हनुमान ढोका दरबार पूजाकोठामा पण्डित केदारनाथ झालाई पुस्तकालय निरीक्षक नियुक्त गरेको पाइन्छ । त्यस्तै गिर्वाणयुद्ध शाहले ‘पुस्तक चिताई तहविल’ नामक पुस्तकालय खोलेको पाइन्छ । लक्ष्मीप्रसाद देवकोटाहरूले १९८७/८८ तिर खोलेको पुस्तकालय रामचन्द्र अधिकारीले भेद खोल्दिनाले बन्देज गरियो । यस काण्डलाई नेपालको इतिहासमा लाइब्रेरी पर्व नामले चिनिन्छ । १९८४ मा केशर शम्शेरले व्यक्तिगत प्रयोजनका लागि केशर पुस्तकालय खोले । १९९३ मा पशुपत्रि्रताप पुस्तकालय खोलियो । त्यसपछि मात्र ०१६ सालमा केन्द्रीय पुस्तकालय खोलिएको हो । पछि मदन पुरस्कार पुस्तकालय खोलियो । उदयपुर जिल्लामा भने ‘उदय पुस्तकालय’ ­-०२२/२३, उदयपुर गढीमा), ‘जनजागृति पुस्तकालय’ ­-०३२, रूपाटारमा), ‘अम्बिका पुस्तकालय’ ­-०३८, रामपुरमा), ‘वसन्त पुस्तकालय’ ­-०३९, ४० गाईघाटमा), ‘ज्ञानोदय र्सार्वजनिक पुस्तकालय’ -०५३, देउरीमा), ‘रौता बालपुस्तकालय’ ­-०५६, रौतामा), ‘नारदमुनि थुलुङ स्मृति पुस्तकालय’ ­-०४८, बसाहा), ‘कटारी सामुदायिक पुस्तकालय’ ­-०५८, कटारी बजारमा), ‘संगम सामुदायिक पुस्तकालय’ ­-०६४, गाईघाटमा) आदि पुस्तकालयहरू खोलिएका पाइन्छन् । यसका अतिरिक्त त्रियुगा जनता बहुमुखी क्याम्पस लगायत जिल्लाका विभिन्न मा. वि. र उच्च मा.वि. हरूमा पुस्तकालयहरू खोलिएका छन् । यस्ता पुस्तकालयहरूले समेत प्रत्यक्ष वा परोक्षरूपमा साहित्यको विकासमा अहम् भूमिका खेलेका छन् ।
उदयपुरमा स्थापित साहित्यिक संगठनहरू-
१. ज्योतिकुञ्ज साहित्य परिवार, कटारी, २. सुसेली साहित्य परिवार कटारी, ३. अनन्त साहित्य सदन, चुहाडे, ४. त्रिवेणी साहित्य परिषद्, कटारी, ५. उदयपुर साहित्य परिषद्, ६. गम्भीर साहित्य प्रतिष्ठान, उदयपुर, ७. आकाशगङ्गा साहित्यिक मञ्च, उदयपुर, ८. प्रगतिशील लेखक संघ आदि यस अर्न्तर्गत उल्लेख्य छन् । त्यसै गरी सगरमाथा साहित्य परिषद् समेत सगरमाथा अञ्चलमा सक्रिय छ । साहित्यको श्रीवृद्धिमा यी संस्थाहरूले ठूलो स्थान ओगटेका छन्
नेपाली समाजले साहित्यलाई अनुत्पादक क्षेत्रका रूपमा हेरिएको छ । केही र्सजकबाहेक प्रायः जसो लेखेर बाँच्न सकेका छैनन् । एक त किताब किनेर पढिदिने पाठक पाउन मुस्किल छ, अर्कातिर पूरै रचना वा कृति पढिदिने पाठक भेट्नु लेखकका लागि गौरवको विषय बनेको छ । केही ख्याति कमाइसकेका र बिकाउ लेखकका निम्ति पाठक छन्, बाँच्ने अवस्था छ तर अधिकांशका लागि अभिव्यक्ति क्षमता हुँदाहुँदै पनि प्रकाशनको समस्या छ । साहित्य जगत्मा उदाउने अवसरको समेत अभाव छ । पाठकको त कुरै पर जाओस् । बिहानबेलुकाको छाक र्टार्न धौधौ परेको बखत साहित्य पढ्नु र साहित्यमा लाग्नु र्व्यर्थ साबित हुने अवस्था छ । जीविकोपार्जनबाट बचेको समय रहरले साहित्यमा लगानी गर्नु अधिकांशको बाध्यता हो । औसत नेपालीका लागि साहित्य रहरको खेती ठहरिएको छ ।
तपेश्वरी-१, गल्फडिया, उदयपुर,

http://www.janakhabar.com बाट साभार 

No comments: