Monday, December 31, 2018

प्रगतिशील साहित्यकार हरिहर 'सविता' को सम्झनामा काव्यिक सभाको आयोजना ।

प्रगतिशील साहित्यकार हरिहर 'सविता' को सम्झनामा उहाँकै निवासस्थान  चितवनको कृष्णपुरमा  २०७५ साल पुस १४ गते शनिवार काव्यिक श्रद्धान्जली सभाको आयोजना गरियो । साहित्य संगम, चितवन, प्रगतिशील लेखक संघ, चितवन , जनसांस्कृतिक महासंघ, चितवन र छन्द काव्य प्रतिष्ठान, चितवनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व साहित्य संगम, चितवनका अध्यक्ष प्रकाश चापागाईंले गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त श्रद्धान्जली सभामा जनसांस्कृतिक महासंघ, चितवनका अध्यक्ष रामहरी श्रेष्ठ, छन्द काव्य प्रतिष्ठान, चितवनका अध्यक्ष लक्ष्मीकान्त शर्मा, साहित्यकारहरू नारायण प्रसाद खनाल, इन्द्र रेग्मी, धनेश्वर भट्टराई, रेशम विरही, मोदनाथ मरहट्ठा,  रविकिरण निर्जीवले साहित्यकार हरिहर 'सविता' को विविध पक्षमाथि चर्चा गर्नुभएको थियो । 
साहित्यकार हरिहर 'सविता'का ज्येष्ठ दाजु रामकृष्ण रेग्मीले 'सविता'को संघर्षशील जीवनीको बारेमा बिस्तृत प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा कविहरू सुशान्त पौडेल, जनकराज पौडेल, उदयनाथ रेग्मी, तारानाथ सुबेदी, हरीबहादुर अधिकारी, कृष्णप्रसाद पण्डित, विदुर अधिकारी, तुलसी पण्डीत, पूर्णबहादुर अधिकारी, बाबुराम बैरागी, मणि काफ्ले र गङ्गा सुवेदी काफ्लेले साहित्यकार हरिहर 'सविता'को सम्झनामा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन  जनसांस्कृतिक महासंघ, चितवनका सचिव राजेन्द्र घायलले गर्नुभएको थियो । 





















































धनेश्वर भट्टराईको फेसबुक वालबाट
इन्द्र रेग्मीको फेसबुक वालबाट

रुपान्तरणको लागि प्रलेस : यथास्थितिलाई चिरेर अघि बढ्नु पर्ने सुझाव

१६ पुस २०७५ 



काठमाडौं । प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथिबारे बहस भएको छ । सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित कार्यक्रममा प्रलेसको जीवनका बारेमा प्रगतिशील लेखकहरुले धारणा राखेको थिए ।
नेपालका वामपन्थीनिकट लेखक–साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ २००९ सालमा स्थापना भएको थियो । बक्ताहरुले प्रलेस आफैँमा रूपान्तरण आवश्यक रहेको कुरा उल्लेख गर्दै सबैतिरको कमी–कमजोरीको भण्डाफोर गर्न सक्छ कि सक्तैन भनेर प्रश्न समेत उठाए ।
आइतबार सम्पन्‍न कार्यक्रमका वक्ताहरूले प्रगतिशील लेखक सङ्घले ठोस नीतिहरू निर्माण गर्दै यथास्थितिलाई चिरेर अघि बढ्नु पर्ने धारणा राखे । नेपालमा वर्गसंघर्ष अन्त्य नभएको र निरन्तर क्रान्ति आवश्यक रहेकोले यसको औचित्य अझ बढेको कुरामा पनि बक्ताहरुले जोड दिए । संङ्घमा आउने व्यक्तिहरुको बारेमा सम्बन्धित पार्टीमा पनि छलफल गर्नुपर्ने धारणा पनि बक्ताहरुले राखे । उनीहरुले सत्ताको तावेदारी गर्न नहुने कुरामा जोड रहेको थियो ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त ‘रूपान्तरणका लागि प्रलेस’ विषयक अन्तरक्रिया कार्यक्रममा कवि, साहित्यका तथा राजनीतिकर्मी मणि थापा, सांस्कृतिक चिन्तक तथा राजनीतिकर्मी शान्ता मानवी, लेखक, पत्रकार तथा राजनीतिकर्मी गुणराज लोहनी, कवि तथा साहित्यकार बलराम तिमिल्सिना, कवि, साहित्यकार, समालोचक तथा प्रलेस महासचिव आरएम डंगोललगायत वक्ताहरूले आ–आफ्ना महत्वपूर्ण र सारगर्वित धारणा राखेका थिए ।
अनामनगरस्थित संवाद डबलीमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रलेस सचिवालय सदस्य आरसी न्यौपाने तथा धन्यवाद ज्ञापन वरिष्ठ सचिव पुण्य गौतामले गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रादेशिक इन्चार्ज एवम् संयोजक खेम थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रलेस केन्द्रीय सदस्य प्रकाश थापा मगरले गरेका थिए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घक केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरी,  सचिव होमशंकर बास्तोला, कोषाध्यक्ष कृष्णहरि भट्टलगायत केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरू, केन्द्रीय समितिका सदस्यहरू, राष्ट्रिय परिषद्का सदस्यहरू तथा अन्य प्राज्ञिक–बौद्धिक वर्गको सघन उपस्थिति रहेको थियो ।
www.onlinedabali.com बाट साभार