प्रलेस पूर्णाङ्क - २२ बाट साभार
==========================================
अन्तर्वार्ता
संगठित रूपमा प्रगतिशील आन्दोलनमा देखिने तर लेखनमा प्रगतिशील चिन्तन कतै नआउने समस्या बढ्दै गएको छ
- मातृका पोखरेल
अध्यक्ष
प्रगतिशील लेखक सङ्घ, नेपाल
(मातृका पोखरेल नेपालको प्रगतिवादी आन्दोलनमा महत्वपूूर्ण योगदान दिनुुभएका स्रष्टा हुुनुुहुुन्छ । वि.स. २०२३ सालमा उदयपुुरको ठानागाउँ–४, थामखर्कमा जन्मनुुभएका पोखरेलले नेपाली प्रगतिवादी साहित्यिक–सांस्कृतिकमा आबद्धता जनाउँदै महत्वपूूर्ण संस्थागत योगदान दिनुुका साथै नेतृत्वदायी भूूमिका समेत कुुशलतापूूर्वक निर्वाह गरिसक्नुु भएको छ । विशेषतः आख्यान एवम् कविता विधामा कलम चलाउँदै लेखनमा स्तरियता कायम गरिसक्नुु भएका पोखरेलले प्रगतिशील लेखक सङ्घका विभिन्न जिम्मेवार तहमा रहेर विगतमा महत्वपूूर्ण भूूमिका निर्वाह गरिसक्नुुभएको छ । हाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्षका रूपमा रहनुु भएका पोखरेलसँग प्रगतिशील लेखक सङ्घका वर्तमान कार्यक्रम एवम् भावी योजनाका बारेमा केन्द्रित रहेर गरिएको वार्ताका महत्वपूूर्ण अंशहरू :)
१. देशको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भमा प्रलेसको दशौं राष्ट्रिय सम्मेलनलाई कसरी हेर्नुुहुुन्छ ?
हाम्रो देशमा भरखरै मात्र परिवर्तनको एउटा महत्वपूूर्ण खुुटकिलोमा उक्लिएको हो । धेरै लामो इतिहास बोकेको राजतन्त्र ढलेको छ । धर्मनिरपेक्षता घोषणा भएको छ तर यी परिवर्तनको आभास जनताको ढुुकुुढुुकीमा अझै पुुग्न सकिरहेको छैन । परिवर्तनलाई यो उचाइमा पुु¥याउन प्रगतिशील लेखक सङ्घसँग आबद्ध स्रष्टाहरूको महत्वपूूर्ण भूूमिका छ । २००९ सालमा प्रगतिशील लेखक सङ्घ बन्यो । यो संस्था बन्नुुभन्दा पहिले पनि प्रगतिशील स्रष्टाहरूले समाज रूपान्तरणमा महत्वपूूर्ण भूूमिका निभाएका थिए । त्यस यताका सम्पुुर्ण सामाजिक रूपान्तरणका आन्दोलन र गतिविधिहरूमा प्रगतिशील लेखकहरूको भूूमिका अग्रणी छ । एउटा राजनीतिक परिवर्तनबाट गुुज्रदैगुुुज्रदै हामीले दशौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छौं । हामीले लडेर ल्याएका उपलब्धीहरू अझै पनि संस्थागत हुन सकेका छैनन् । गुुमेको स्वर्ग फिर्ता लिन प्रतिगामी शक्तिहरू संगठित ढङ्गले लागिपरेका छन् । यो अवस्थामा हाम्रो जिम्मेवारी उतिकै बढेर गएको छ । दशौं राष्ट्गिले लागिपरेका छन् । यो अवस्थामा हाम्रो जिम्मेवारी उतिकै बढेर गएको छ । दशौं राष्ट्रिय सम्मेलन पश्चात बनेको समितिले यी विषयहरूलाई प्राथमिकताका साथ हेर्न सक्नुुपर्छ ।
२. प्रलेस देशका वाम राजनीतिक आस्था निकटका स्रष्टाहरूको साझा लेखकीय मोर्चा हो । यसमा अहिले के कस्ता स्रष्टाहरू समेटिएका छन् ?
नेपालका वामपन्थी पार्टीहरू र तिनका साहित्यिक सांस्कृतिक मोर्चाहरूमा भएको टुुटफुुटसँगै प्रगतिशील लेखक सङ्घले पनि साझा मोर्चाको रूप धारण ग¥यो । तर वामपन्थी आन्दोलनको टुुटफुुटले प्रगतिवादी विचार बोकेका धेरै स्रष्टाहरू स्वतन्त्र रूपमा क्रियाशील हुनपुुगे । उनीहरू लेखकीय माध्यमबाट प्रगतिशील आन्दोलनमै क्रियाशील भए । यसप्रकारका स्वतन्त्र लेखकको संख्या निकै ठूूलो छ । प्रगतिशील लेखकहरूको यो संगठित आन्दोलनमा स्वतन्त्र रूपमा क्रियाशील स्रष्टाहरूलाई समेट्न जरूरी छ । त्यसैले यतिबेलाको प्रगतिशील लेखक सङ्घमा राजनीतिक पार्टी निकटका सांस्कृतिक मोर्चा एवम् साहित्यिक मोर्चाहरूमा क्रियाशील र स्वतन्त्र ढङ्गमा सिर्जनाकर्ममा लागिरहेका सम्पुुर्ण स्रष्टाहरू सहभागी छन् । प्रगतिशील लेखक सङ्घमा अझै धेरै स्रष्टाहरू समेटन सकिएको छैन । हामीले चाहेर पनि केहीलाई समेटन सक्ने स्थिति छैन । कतिपय प्रगतिशील स्रष्टाहरु यस्ता हुुनुुहुुन्छ, उहाँहरू संगठित हुनुुलाई सिर्जनशीलतामा अवरोध आउने ठान्नुुहुुन्छ । केही प्रगतिशील सांस्कृतिक मोर्चाका साथीहरु अझै पनि सल्लाह गरेरै प्रलेस भन्दा बाहिर बसिरहनुु भएको छ । हामी उहाँहरु सबैसँग नियमित संवादमै छौं र उहाँहरुलाई समेटने प्रयत्न गरिरहेका छौं । तर पनि मूूलतः नेपालमा प्रगतिशील लेखकहरू, साहित्यकारहरूको साझा मोर्चा बन्न यो सङ्घ सफल भएको छ ।
३. नेपालमा ठूूलो संख्यामा साहित्यिक सङ्घसंस्थाहरू क्रियाशील छन् । यस्ता सङ्स्थाहरू भन्दा प्रलेसको विशिष्टतम पक्ष के हो भन्ने ठान्नुुहुुन्छ ?
नेपालमा साहित्यिक संस्थाहरूको संख्या ठूूलो छ र यो संख्या बढ्दै गएको छ । यसलाई अत्यन्तै सकारात्मक रूपमा लिनुुपर्छ भन्ने मलाई लाग्छ । विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दा के देखिन्छ भने करिब पाँच दर्जनको संख्यामा उपत्यकामै प्रगतिशील संघसंस्थाहरू क्रियाशील छन् । आफैले नेतृत्व लिएको संस्थालाई यो सबैभन्दा बेग्लै र विशेष संस्था भनेर घोषणा गर्नुु त्यति राम्रो नहोला । मूूल कुरो समयको आवश्यकतालाई प्रगतिशील लेखक सङ्घले कसरी सम्बोधन गर्न सक्छ भन्ने हो । यो नेपालको सबैभन्दा पुुरानो साहित्यिक संस्था हो । यो निर्विवाद कुरा हो । नेपाली लेखक सङ्घले आफ्नो स्थापनाकाललाई वि.स. २००८ साललाई बताए पनि त्यो कतैबाट पुुष्टि भएको छैन । त्यति मात्र होइन, त्यहीँभित्र क्रियाशील स्रष्टाहरूले पनि त्यो प्रश्न उठाइसक्नुु भएको छ । त्यसैले प्रगतिशील लेखक सङ्घ नेपालकै सबैभन्दा पुरानो साहित्यिक संस्था हो त र पुुरानो संस्था हुनेबित्तिकै विशिष्ट भइहाल्छ भनेर कदापि बुुझ्नुु हुुँदैन । नेपाली साहित्यको अग्रगामी चेतना सहितको सिर्जनशील प्रतिभाहरूलाई एकिकृत गरेर अघिल्तिर बढाउन सकिएन भने हाम्रो दायित्व पुुरा हुुँदैन । प्रलेसको विगत निरंकुुशताका विरूद्ध विरूद्ध जुुझेको गौरवमय इतिहासका रूपमा रहेको छ । निरङ्कुुशता विरूद्धको सङ्घर्षमय इतिहास मात्र होइन, सिर्जनाको क्षेत्रमा पनि प्रगतिशील लेखन अहिलेसम्म आइपुुग्दा मूूलधारका रूपमा स्थापित भइसकेको छ । यी दुुवै सिर्जना र सङ्घर्षका क्षेत्रमा प्रगतिशील लेखक सङ्घले नेतृत्व प्रदान गरेर विशिष्ट भूूमिका निर्वाह गरेको छ । प्रगतिशील लेखक सङ्घलाई फगत एउटा सङ्गठनका रूपमा मात्र बुुझिनुु हुुँदैन । यो एउटा आन्दोलनको नाम हो ।
४. प्रलेसको परिमार्जित विधान अनुुसार यसको साङ्गठनिक स्वरुप र सिर्जनात्मक आयामहरूलाई कसरी अगाडि बढाउने योजना बनाउनुु भएको छ ?
दशौं राष्ट्रिय सम्मेलनले परिमार्जन गरेको विधान अनुुसार यसको सांगठनिक स्वरुपमा केही परिवर्तन भएको छ । देश संघीय ढाँचामा गइसकेका कारण प्रलेसको सांगठनिक संरचना संघीय स्वरुपकै हुनुु स्वभाविक हो । सोही अनुुरूप अबको यसको संगठनात्मक स्वरूप केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला वा शाखा समितिको रूपमा रहने छ । अब प्रदेश समिति पनि कार्यकारी भूूमिकामा हुुनेछ । प्रदेशहरूले आफै कार्यक्रमहरू तय गर्न सक्नेछन् । विभिन्न भाषासँग सम्बन्धित प्रगतिशील साहित्यको कार्यक्रमहरू पहिलेभन्दा बढी आयोजना हुुनेछन् । यो कार्यकालमा धेरै विभागहरू बनेका छन् । विभागहरूले विभिन्न प्रदेशमा गर्ने गरी महत्वपूूर्ण कार्यक्रमहरु अघि सारेका छन् । नयाँ सांगठनिक स्वरुपका कारणले पनि प्रलेसको गतिविधिमा अझ बढी उत्साह पैदा हुने आधार तयार भएको छ ।
५. प्रलेसको सांगठनिक स्वरूप अनुुसार यसका क्रियाकलापमा के कस्ता चुुनौतिहरू देख्नुु भएको छ ?
यसको सांगठनिक स्वरुपलाई अघिल्तिर राखेर हेर्दा प्रगतिशील लेखक सङ्घ चुुनौती नै चुुनौतीले भरिएको संस्था हो जस्तो लाग्छ । यो संस्था धेरैवटा संस्थाहरू र स्वतन्त्र ढङ्गले क्रियाशील स्रष्टाहरूको साझा मोर्चा हो । सांगठनिक रूपमा मात्र होइन, वैचारिक रूपमा पनि यो संघमा विविध प्रकारका स्रष्टाहरू हुुनुुहुुन्छ । त्यही कारण पनि स्वभावतः यो चुुनौतीपूूर्ण संस्था हुने नै भयो । यो संस्था धेरै सांस्कृतिक संस्थाहरूको साझा मोर्चा हो तर यो सबैको हुने र उत्तरदायित्वका हिसाबले कसैको पनि नहुने जस्तो भएको छ । सांगठनिक रूपमा सबैभन्दा ठूूलो चुुनौती यही नै हो । यसमा आबद्ध स्रष्टाहरू आ–आफ्ना संगठनमा सक्रिय हुने तर यहाँ भने सक्रिय हुन नपर्ने जस्तो कहिलेकाँही देखिने पनि गरेको छ । जुुनजुुन संस्थाले निर्णय गरेर प्रलेसमा प्रतिनिधिहरू पठाउँछन्, त्यसपछि त्यो संस्थाले प्रलेसको काम, गतिविधि कस्तो भइरहेको छ भने कुुनै अनुुगमन गरेको पाइँदैन । यस्तै चुुनौतीहरूकै बिचमा भएपनि अब एउटा सङ्गठनमा नभएर आन्दोलन नै भएका कारण कहिले धेरै कहिले थोरै काम गर्दै आफ्नो उद्देश्यमा निरन्तर क्रियाशील छ ।
६. प्रलेसमा नयाँ पुुस्ताका लेखक, स्रष्टाहरूलाई आवद्ध गराउने के कस्ता कार्यक्रमिक योजनाहरू छन् ?
प्रगतिशील लेखक सङ्घमा अझै पनि धेरै स्रष्टाहरू छुुटिरहनुुभएको छ । दशौं राष्ट्रिय सम्मेलनबाट प्रलेसमा आबद्ध हुन नसकेका स्रष्टाहरूलाई कसरी समेट्ने भन्ने बारेमा केही सांस्कृतिक मोर्चाहरूमा व्यापक छलफलहरू भए । अझ भन्ने हो भने एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घभित्र एजेण्डाकै रूपमा छलफल भयो । प्रगतिशील आन्दोलनलाई प्राथमिकताका साथ नयाँ पुुस्तामा पुु¥याउनुुपर्छ भनेर विशेष छलफल भयो । अझ सांस्कृतिक मोर्चाहरूमा पनि छलफल चलेको हुनुुपर्छ । त्यही कारण यो सम्मेलनमा पहिलेको तुुलनामा युुवाहरूको उपस्थिति अझ सबल देखियो ।
अर्को पक्ष, हामी भरखरै मात्र केन्द्रीय समितिको बैठक बसेर कार्यक्रमहरू बनाउँदैछौं । नयाँ पुुस्ता केन्द्रित कार्यक्रम ल्याउनुुपर्छ भन्ने बारेमा नेतृत्वमा रहेका हामी सबैको साझा धारणा हो । प्रगतिशील लेखक सङ्घका केही जिल्ला समितिहरू प्रत्येक महिना नयाँनयाँ स्कुुल र कलेजहरूमा कार्यक्रम लिएर जाने तयारी गरिरहेका छन् । अगामी दिनमा सचेतपूूर्वक नयाँ पुुस्तामा पुुग्ने कार्यक्रम बनाउन हामी मेहनत गर्दछौं ।
७. मुुलुुकको पछिल्लो राजनीतिक घटनाक्रम अनुुसार प्रगतिशील स्रष्टाहरूको मूूल दायित्व के हुनसक्छ ?
यस बिचमा नेपाली समाजमा महत्वपूूर्ण परिवर्तनहरू आएका छन् । तर परिवर्तनहरू व्यवस्थ्ति रुपमा संस्थागत हुन सकेका छैनन् । जनयुुद्ध र जनआन्दोलनले ल्याएको अभूूतपुुर्व जागरण पश्चात नेपाली जनतामा पुनः निरासा पैदा हुन थालेको छ । लोकतन्त्रको मूूल मर्मलाई आत्मसात गर्दै जनताको समस्या समाधान गर्न ठोस पहल हुन सकेन । यो हामी सबैको लागि दुुःखदायी कुुरा हो । परिवर्तनको प्रक्रियालाई लक्षित वर्गसम्म पुुगाउन सकेन भने त्यो परिवर्तनको कुुनै अर्थ छैन । प्रगतिशील लेखक सङ्घ एक जिम्मेवार र ऐतिहासिक दायित्व बोकेको संस्था पनि भएको कारण परिवर्तनको यस प्रक्रियालाई लक्षित वर्गसम्म पुु¥याउने प्रयत्न गर्नुु प्रलेसको पनि दायित्व हो ।
एकातिर प्रगतिशील लेखक सङ्घले यो दायित्वलाई निर्वाह गर्नुु छ भने अर्कोतिर यो संस्था आफैमा वैचारिक संस्था पनि हो । वैचारिक चुुनौतीहरूबाट यो संस्था थेचारिएको छ । प्रगतिशील खेमा र समानान्तर खेमाका रचनाहरू उस्तैउस्तै छन् भन्ने आलोचना बढ्दै छ । संगठित रूपमा प्रगतिशील आन्दोलनमा देखिने तर लेखनमा प्रगतिशील चिन्तन कतै नआउने समस्या बढ्दै गएको छ । यो सबै विचारधाराको प्रष्टता नभएकोले हो । दृष्टिकोणको समस्यालाई हल गर्ने दिशातिर ध्यान दिन सकिएन भने परिवर्तित सन्दर्भमा प्रगतिशील लेखकहरूले आफ्नो दायित्व निर्वाह गर्न सक्दैनन् ।
प्रगतिशील स्रष्टाहरूको अर्को महत्वपूूर्ण दायित्व सिर्जनात्मक दायित्व नै हो । सुुन्दर प्रगतिशील साहित्यले अन्र्तवस्तुु र रूपको समन्वयको माग गर्दछ । हाम्रो आन्दोलनमा यो समस्या टड्कारो रूपमा देखिएको छ । सुुन्दर अन्र्तवस्तुु भएका रचनामा रूप नहुने सुुन्दर रूप भएका रचनामा अन्र्तवस्तुु नहुने जस्ता समस्याहरू छन् । यो पाटोलाई ध्यान पुु¥याउन सकिएन भने हाम्रा रचनाहरू मानिसले रूचिका साथ ग्रहण गर्दैनन् । प्रगतिशील स्रष्टाहरूले यसतर्फ सोच्न जरूरी छ ।
८. स्रष्टाहरू सत्ताका प्रतिपक्ष हुुन् भनिन्छ । तपाँई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य पनि हुनुुहुुन्छ ? तपाँई आफ्नो भूूमिकालाई कसरी मूूल्याङ्कन गर्नुुहुुन्छ ?
स्रष्टाहरू सत्ताका प्रतिपक्ष हुुन्छन् भन्ने भनाई निकै पुुरानो भनाई हो । यो भनाईलाई लिएर मभित्र एउटा प्रश्न निरन्तर उठिरहन्छ । स्रष्टाहरू के कुरामात्र उठाइदिन्छन् ? उनीहरू आफूूले उठाएको कुुराप्रति जिम्मेवारी लिँदैनन् ? यो प्रश्न मभित्र बारम्बार घुुमिरहन्छ । मानिलिउँ, स्रष्टाहरूको समाज यस्तो होस्, देश यस्तो होस् भन्ने भन्ने आग्रह होला, हुुन्छ नै । त्यो आग्रह नहुने हो भने स्रष्टाहरूले उठाएको कुुराको महत्व पनि हुने थिएन । तर स्रष्टाले उठाएको कुुरो सबै प्राप्त भयो भने त्यो स्रष्टा प्रतिपक्षमा बस्न कति उपयुुक्त होला ? मेरो मनमा यो प्रश्न बारम्बार उठिरहन्छ । हामी स्रष्टाहरूले एउटा उत्कृष्ट समाजको परिकल्पना गरेका छौं । हामीले भनेको समाज प्राप्त भएपछि हामी प्रतिपक्षमा बसिरहन्छौं कि के गर्छौं ? यो प्रश्नतिर पनि एकपल्ट घोत्लिनुुपर्छ जस्तो लाग्छ ।
अब नेपाल प्रज्ञा प्रतिष्ठानको सन्दर्भ २०६२–०६३ को जनआन्दोलन र जनयुुद्धले ल्याएको परिवर्तनपछि हामीले पनि प्रज्ञा प्रतिष्ठानको लोकतान्त्रिकरणको कुुरा उठायौं । प्रगतिशील लेखक सङ्घले नै संस्थागत रूपमा उठाएको थियो । प्रगतिशील लेखक सङ्घको नेतृत्व तहमा रहनुु भएका साथीहरू नै मूूल नेतृत्व तहमै रहनुुभएको संस्था लोकतान्त्रिक स्रष्टाहरूको संयुुक्त मञ्चले नेपाल प्रज्ञा प्रतिष्ठानको लोकतान्त्रिकरण गर्ने सवालमा निकै ठूूलो भूूमिका निर्वाह गरेको थियो । त्यसबेला देखि हामीले उठाएका सवालहरू अहिले पनि यथावत छन् । केही साथीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य र प्रगतिशील लेखक सङ्घको अध्यक्ष दुुवै हुुँदा केही अन्र्तविरोध हुुन्छ की भन्ने लागिरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि अहिले आन्दोलनबाटै आएको नेतृत्व छ । सबैजसो समाज रूपान्तरणमा आफ्नो भूूमिका खेलेकै साथीहरू हुुनुुहुुन्छ । प्रज्ञालाई लोकतान्त्रिकरण गर्नुुपर्छ भन्ने कुुरामा कसैको विमति छैन । तर सबैको एउटै धारणा छैन । त्यहाँ प्रगतिशील लेखक सङ्घसँग आबद्ध आबद्ध साथीहरू मात्र हुुनुुहुुन्न । केही कुुराहरू जो गर्न सकिन्थ्यो, त्यो गर्न सकिएको छैन, त्यो पक्कै हो । हामी सहभागी भएपछि प्रकाशनको क्षेत्रमा केही महत्वपूूर्ण कामहरू भएका छन् ।
९. प्रलेसको तिन वर्ष कार्यकालका कार्ययोजनाहरू बारे केही बताइदिनुु हुुन्छ कि ?
प्रलेसले यस वर्ष सम्पन्न गर्ने कार्ययोजनाहरू केन्द्रीय समितिको बैठक बसेर अन्तिम रूप दिने निर्णय हुन बाँकी नै छ । दशौं सम्मेलन देखि अहिलेसम्म जति कार्यक्रम आयोजना गरिए, ती सबै सचिवालयका निर्णयका आधारमा गरिएका थिए । यही असोज ४ गते केन्द्रीय समितिको बैठक बस्दैछ । यस बैठकले यस वर्षभरीको कार्यक्रम तय गर्नेछ । त्यसैगरी यस वर्षको अन्तिममा आयोजना गरिने राष्ट्रिय परिषदको बैठकले अर्को वर्षको कार्यक्रम तय गर्ने छ । मूूलतः यस वर्ष प्रत्येक सातैवटा प्रदेशमा विभिन्न वैचारिक एवम् सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन् । यसै वर्ष भित्र सबै प्रदेशहरूमा प्रदेश भेला र सम्मलेन जस्ता सांगठनिक कार्यहरू पनि साथसाथै सम्पन्न हुुनेछन् । कामहरूको सूूची हामीहरूकहाँ निकै लामो छ । साथीहरूको अपेक्षा बढिनै रहेको छ । विचारधारात्मक र सिर्जनात्मक दुुवै कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउनुुपर्छ भन्ने लागेको छ । त्यही अनुुरूपमा कार्यक्रमहरू अघि सार्ने योजनामा छौं । प्रगतिशील लेखक सङ्घलाई प्रभावकारी संस्थाको रुपमा विकास गर्न अझै प्रशस्त गर्न जरुरी छ ।
प्रस्तुुति : आर. एम्. डङ्गोल
प्रलेस पूर्णाङ्क - २२ बाट साभार
No comments:
Post a Comment