प्रगतिशील लेखक सङ्घकोको तेह्रौँ राष्ट्रिय सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । प्रज्ञा भवन कमलादीमा २०८१ साल चैत २३ र २४ दुई दिन चलेको सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको हो ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. मधुसुदन गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख आतिथ्य सङ्घका पूर्व अध्यक्ष निनु चापागाईंले गर्नुभएको थियो । सम्मेलनमा प्रगतिवादी साहित्यकार तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्व अध्यक्षहरू डा. अमर गिरी, मातृका पोखरेल, प्राडा जीवेन्द्रदेव गिरी, प्रगतिवादी साहित्यकार रामप्रकाश पुरी, दिनानाथ शर्मा, रामप्रसाद ज्ञवाली, शालिकराम तिमिल्सेना, कुशल बोगटीलगायतको आतिथ्य रहेको थियो । सम्मेलनको उद्घाटनसत्रमा ‘जलजला’ उपन्यासका लेखक प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सम्मेलनमा 'प्रलेस पारिजात स्मृति सम्मान' बाट शान्ता श्रेष्ठलाई , 'प्रलेस हृदयचन्द्र सिंह स्मृति सम्मान' बाट मातृका पोखरेललाई , 'प्रलेस युद्धप्रसाद स्मृति सम्मान' बाट प्रा. डा. जीवेन्द्र देव गिरीलाई , 'प्रलेस श्यामप्रसाद स्मृति सम्मान' बाट गोपीरमण उपाध्यायलाई र 'प्रलेस रमेश विकल स्मृति सम्मान' बाट कमल जङ्गली आचार्यलाई सम्मानित गरिएको थियो ।
उद्घाटन सत्रमा प्रलेस साहित्यिक पत्रकारिता पुरस्कार 'गण्डक आलोक'लाई , प्रलेस साहित्यिक पत्रकारिता सम्मानबाट 'ह्याक', 'रातो थुङ्गा', 'प्रलेस रुपन्देही' , 'सुखानी' र 'प्रलेस उदयपुरगढी'लाई सम्मानित गरिएको थियो ।
सम्मेलनको दोस्रो दिनको बन्दसत्रले डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा, महासचिवमा झगिन्द्रप्रसाद ढकाल ‘पारस’, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा. हरिप्रसाद तिमिल्सिना र कुशल बोगटी एवम् कोषाध्यक्षमा डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गङ्गा रिजाल, डा प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अनमोल, विमला विश्वकर्मा, भीम रानाभाट, डा पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी छन् ।
प्रलेसको विधानअनुसार गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ सात प्रदेश समितिका अध्यक्ष समेत केन्द्रीय समितिमा छन् ।
सम्मेलनले ४६ सदस्यीय राष्ट्रिय परिषद पनि चयन गरेको छ ।
राष्ट्रिय परिषदमा दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने, देवेन्द्र कुँवर, डी पी शर्मा, माधव पोखरेल गोज्याङ्ग्रे, विन्दा सुवेदी, सिर्जना सरोवर, मनोज पोखरेल, केशु कार्की, विश्वनाथ तामाङ, जुना खड्का, शम्भु अर्याल, लेकप्रसाद प्याकुरेल, देवीराम बन्जाडे, जागेश्वर नेपाल, कविराज भट्ट, हिमालय पौडेल, दिल पौडेल, नानीमैया दलाल, लक्ष्मी रूम्बा र श्रीराम अधिकारी छन् ।
त्यसैगरी जनक साउद, दिनेश नागरी, आकाश अधिकारी, सन्तोष सिम्खडा, जीवछ उदासी, कुमारसिंह राई, नगेन्द्रप्रसाद आचार्य, यश लामा, दामोदर पौडेल, विद्या भण्डारी, रञ्जन घिमिरे, प्रेमबहादुर सिंह, यदुनाथ बसन्तपुरे, छन्दविज्ञान निरौला, शुष्मा तिमिल्सिना, ध्रुव रायमाझी, खोमा तरामुमगर, ज्ञान केसी, भीम भारती, ममता सुर्खेती, कपिल शिवाकोटी, कृष्ण राना र घनश्याम मिश्र पनि राष्ट्रिय परिषदमा रहेका छन् ।
अध्यक्ष डा. देवी दुलाल क्षेत्री, सचिव डा. हरिप्रसाद तिमल्सिना र कोषाध्यक्ष डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) नेकपा एमालेको सांस्कृतिक संगठनका तर्फबाट पदाधिकारीमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्ष डा. अमृता शर्मा र महासचिव झगिन्द्रप्रसाद ढकाल 'पारस' नेकपा माओवादी केन्द्रको सांस्कृतिक संगठनका तर्फबाट पदाधिकारी चयन भएका हुन् भने उपाध्यक्ष समीर सिंह नेकपा मसालको सांस्कृतिक संगठनका तर्फबाट , उपमहासचिव बोधकुमार घिमिरे नेकपा एकीकृत समाजवादीको सांस्कृतिक संगठनका तर्फबाट एवम् कुशल बोगटी नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक संगठनका तर्फबाट प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय समितिको पदाधिकारीमा चयन भएका हुन् ।
000
प्रगतिशील लेखक सङ्घ, नेपालको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री कमरेड प्रचण्डले चैत २६ गते एक कार्यक्रमका बीच स्वागत गर्नुका साथै कार्यसफलताको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
बधाई तथा शुभकामना कार्यक्रमका तस्विरहरू :