Monday, June 3, 2024

जनसांस्कृतिक महासङ्घ, नेपालको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न


२०८१ जेठ १७ गते जनसांस्कृतिक महासंघ,नेपालकाे आठौं राष्ट्रिय सम्मेलन प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा नेपाल प्रज्ञाप्रतिष्ठानकाे सिद्विचरण हलमा भव्य उपस्थितिका माझ पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभयो । कार्यक्रममा देशभरिबाट आएका सयाैँ प्रतिनिधि ,पर्यवेक्षक तथा सांस्कृतिककर्मीहरूकाे उपस्थिति रहेकाे थियोे । उद्घाटन मन्तव्य राख्नुहुँदै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भन्नुभयो - “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ” भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले “पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ, ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ । सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनसांस्कृतिक महासङ्घ, नेपालको प्रकाशन 'जनसंस्कृति' - ३ को लोकार्पण समेत गर्नुभएको थियो ।

जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको उक्त उद्घाटनसत्रमा पूर्व सभामुख अग्नि सापकोटा , नेकपाका नेता चिरन सी, महिला नेतृ अमृता थापा, भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर अध्यक्ष , नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई , राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, जनसांस्कृतिक महासङ्घ, नेपालका पूर्व अध्यक्ष सरल सहयात्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हेमराज आश्रम लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै बीच प्रमुख अतिथि कमरेड प्रचण्डले प्रगतिवादी साहित्यकार केशव नेपालद्वारा लिखित 'आमालाई चिठी' उपन्यासको पनि लाेकार्पण गर्नुभएको थियो । जनसांस्कृतिक महासङ्घ, नेपालका का.वा. अध्यक्ष भीम मल्ल कुमाखीले स्वागत गर्नुभएको सम्मेलनको उद्घाटन सत्रमा उपाध्यक्ष राकेश किरातीले धन्यवाद मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोहकाे बीचबीचमा कलाकार हरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियोे । उद्धाटन समारोहको सञ्चालन महासङ्घका महासचिव सुवर्ण हमालले गर्नुभएको थियो । भोलिपल्ट अर्थात जेठ १८ गते सुरुभएको बन्दसत्रलाई अध्यक्ष मण्डलका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली र सदस्य राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष शशिकला दाहाल र प्राज्ञ परिषद् सदस्य डा. मधुसुदन गिरीले सञ्चालन गर्नुभयो । बन्दसत्रमा अध्यक्ष मातृका पोखरेलले प्रस्तुत गर्नुभएको सांस्कृतिक एवम् संगठनात्मक प्रतिवेदन , का.वा. अध्यक्ष भीम कुमारीले प्रस्तुत गर्नुभएको संशोधित विधानको प्रस्ताव र कोषाध्यक्ष विमला केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन बन्दसत्रले बनाएका चौधवटा समूहले दिएको सुझावलाई समेटी पारित गरिएको थियो ।

त्यसैगरी सम्मेलनको तेस्रो दिन अर्थात जेठ १९ गते नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगका सदस्य मिना शर्मा र गोविन्द बटाला र महासङ्घबाट प्राज्ञ बाबा बस्नेतको नेतृत्वमा बनेको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

सम्मेलनले पारित गरेको विधान अनुसार ९९ जनाको कार्यसमिति बनाउने र १० जना पछि थप्ने गरी ८९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जनसांस्कृतिक महा सङ्घको सम्मेलनले चुनावी प्रकृयाका आधारमा अध्यक्षमा भीम मल्ल,उपाध्यक्षमा डम्वर बहादुर रोकाया, उपाध्यक्ष तेजविलास अधिकारी, महिला उपाध्यक्ष बिमला केसी, महासचिव - केशव सिलवाल, सचिव - सुशील सिंह ठकुरी, सचिव - पर्वत जैगडी, महिला सचिव - अनुशा राई (निर्विरोध), कोषाध्यक्ष - कृष्णकिसु न्यौपाने (निर्विरोध) निर्वाचित गरेको छ ।

000





















































































No comments: