Saturday, February 22, 2020

वेदना पूर्णाड्क ७२ ( गणतन्त्र कविता विशेषाङ्क )


वेदना
पूर्णाड्क  ७२, वर्ष ३३, अंक १, जेठ २०६३



अतिथि सम्पादक 
खगेन्द्र संग्रौला 
हरिगोविन्द लुईंटेल

सम्पादक 
निनु चापागाईं
मातृका पोखरेल        

प्रकाशक 
दिल बरदान
सुवास श्रेष्ठ

सम्पर्क 
पो.ब.नं. २४००,काठमाडौ
फोन. नं. ५५२०९१८, ४४९९००९

सहयोग समिति 
इस्माली
महेश मास्के
शारदारमण नेपाल

आवरण कला 
सुन्दर वस्नेत
टाइम्स क्रियशन
पुतलीसडक, काठमाडौं


टाइप÷लेआउट
प्रारम्भ कम्प्युटर सेवा, डिल्लीबजार, काठमाडौं, फोन. ४४२१६५७


मुद्रण 
प्रिन्ट टेक
मैतीदेवी, फोन. ४४१०६४४


सम्पादकीय
आन्दोलनको तत्कालको लक्ष्य लोकतान्त्रिक गणतन्त्र नै हो÷२
कवितामा गणतन्त्रको गुञ्जन– खगेन्द्र संग्रौला÷४
गणतन्त्र र नेपाली कविता– रमेशप्रसाद भट्टराई÷९
कविताहरू
अर्जुन पराजुली÷२८ अमर गिरी÷२९
अशोक सुवेदी÷३० अविनाश श्रेष्ठ÷३१
अनिल पौडेल÷३२ आनन्दराम पौडेल÷३२
आहुति÷३३ आर.एम्. डड्डोल÷३४
ईश्वरचन्द्र ज्ञवाली÷३६ ऋषिराम भुसाल÷३८
कृष्ण धरावासी÷३९ कृष्ण सेन ‘इच्छुक’÷४०
कुसुम ज्ञवाली÷४१ कपिल लामिछाने÷४२
कृसु क्षेत्री÷४३ के.एल. पीडित÷४४
खिलबहादुर भण्डारी÷४५ गोविन्द वर्तमान÷४६
चंकी श्रेष्ठ÷४७ चेतनाथ धमला÷४८
जगन्नाथ आचार्य÷४९ जड्डब÷५०
झमक घिमिरे÷५० डा. जगदीशचन्द्र भण्डरी÷५१
ठाकुर बेलवासे÷५२ दीपकराज पाण्डे÷५२
दाहाल यज्ञनिधि÷५३ दिल साहनी÷५४
देवी नेपाल÷५५ नारायण ढकाल÷५६
पदम गौतम÷५७ पुन्य कार्की÷५८
पुण्यप्रसाद खरेल÷५९ पुण्य खरेल÷६१
पुरुषोत्तम सुवेदी÷६४ पूर्ण वैद्य÷६५
प्रकाश सिलवाल÷६७ प्रदीप ज्ञवाली÷६८
प्रमोद धिताल÷७० प्रोल्लास सिन्धुलीय÷७१
बु“द राना÷७२ बद्रिविशाल पोखरेल÷७३
बलभद्र भारती÷७४ बालकृष्ण लामिछाने÷७५
डा. बेन्जु शर्मा÷७६ विजय सुब्बा÷७६
भवानी क्षेत्री÷७७ मिलन श्रेष्ठ÷७७
मणि लोहनी÷७८ मनोज न्यौपाने÷७९
मञ्जु का“चुली÷८० मिश्र वैजयन्ती÷८२
महेश मास्के÷८३ मातृका पोखरेल÷८५
मित्रलाल पंज्ञानी÷८६ मुरारी पराजुली÷८७
मोदनाथ प्रश्रित÷८८ मोहन दुवाल÷८९
मधुसुदन गिरी÷९० यज्ञराज प्रसाईं÷९१
यानेन्द्र विवश जी.सी.÷९३रामबहादुर थापामगर÷९४
रमेश पोखरेल÷९५ रमेश भट्टराई÷९६
रामचन्द्र भट्टराई÷९७ राजकुमार के.सी.÷९८
राजेन्द्र पौडेल÷९८ रामगोपाल आशुतोष÷१००
रामप्रसाद ज्ञवाली÷१०१ राम विनय÷१०२
लक्ष्मी माली÷१०३ लिखत पाण्डे÷१०४
लीला उदासी÷१०६ वासुदेव अधिकारी÷१०७
विक्रम सुब्बा÷१०८ विमल निभा÷१०९
विष्णु ज्ञवाली÷११० वियोगी बुढाथोकी÷१११
विवश वस्ती÷११२ विष्णुविभु घिमिरे÷११३
श्रवण मुकारुङ÷११४ संगीत स्रोता÷११६
सरिता तिवारी÷११८ सीता शर्मा÷११९
सुधा त्रिपाठी÷१२० सुरेश किरण÷१२१
स्नेह सायमी÷१२२ स्व. स्वप्नील स्मृति÷१२३
श्यामल÷१२४ शार्दूल भट्टराई÷१२५
हरिगोविन्द लुईंटेल÷१२६ हेमराज अधिकारी÷१२७
अभिलेख ः गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र÷१२८


सम्पादकीय

आन्दोलनको तत्कालको लक्ष्य लोकतान्त्रिक गणतन्त्र नै हो 
वेदनाको यो अङ्क ‘गणतान्त्रिक कविता अङ्कको रूपमा प्रस्तुत भएको छ । 
यसमा हामीले नेपाली समाजको पछिल्लो समयको जनचेतनाका कलात्मक विम्बहरू सगेटियून् भन्ने चाहेका छौ । यसमा हामी कति सफल हुनसक्यौ, त्यो पाठकहरूले नै समीक्षा गर्ने कुरा हो । 
२००७ साल फागुन ४ मा प्रकाशित “गणतन्त्र गराउन गर्जी उठ्यो” भन्ने कवि धरणीधर कोइरालाको उद्घोषले करिब छ दशक पार गर्न लाग्दा पनि “नयपाली ठिटो” यसपटक ‘प्रजातन्त्र पुनस्र्थापना’को गोलचक्करमा फसिरहेको यथार्थ हाम्रो देशको कटु यथार्थ हो । २००७, २०३६, २०४६ हु“दै हामी पुनः चौथो पटक ‘प्रजातन्त्र पुनस्र्थापनाको लागि जनआन्दोलन गरिरहेका छौ“ । यो आन्दोलनमा व्यापक जनसहभागिताको कारण यसले आंशिक विजयको सङ्घार टेकेको छ । तर यो अझै पूर्णताको दिशामा अघि बढ्दैछ । 
नेपालको राजतन्त्रले आफू कमजोर हु“दा सहमति र ‘प्रजातन्त्र’को कुरा गर्ने अनि आफू बलियो हु“दै गएपछि भने बिस्तारै जनतालाई आनो स्वार्थ र अहंकारको जा“तोमुनि पिस्दै जाने व्यवहार गर्दै आएको छ । राजा त्रिभुवनले २००७ सालमै ‘संविधानसभा’ र ‘गणतन्त्र’को कुरा गर्नुले राजतन्त्रको कमजोर हु“दाको पाखण्ड प्रदर्शन गरेको हो भने त्यसपछि बिस्तारै जालझेल गर्दैगर्दै गएर २०१७ मा निर्वाचित प्रधानमन्त्री स्वयंलाई गिरतार गर्न पुग्नुले यसको सक्कली तानाशाही प्रवृत्तिको भन्डाफोर गरेको छ । २०३६ मा जनमतसङ्ग्रहको ‘उदारता’को नौटङ्की २०३७ मा पुग्दाको महावनविनाश र धा“धलीमा पुगेर समापन भयो भने २०४६ को आन्दोलनमा बाध्य भएर दिएका जनअधिकारहरू २०५९ असोज १८ सम्म आउ“दा नग्न ढङ्गले नै अपहरण गर्ने काम राजतन्त्रले गरेको छ । 
पटक–पटकको यो धोकाले नेपाली जनतालाई आनो आन्दोलनको व्यापक समीक्षा गर्न प्रेरित गरेको छ । केही समयको अन्तरालमा जनताले प्राप्त गरेका सीमित अधिकारहरू खोसिने र पटक–पटक आन्दोलन गरिरहनु पर्नुको दुष्चक्र कायम भइरहने यो स्थितिको चुरो भनेको देशमा करिब २ सय ३८ वर्षसम्म जरो गाडेर बसेको राजतन्त्र नै हो भन्ने कुरा प्रस्ट नै छ । राजतन्त्रलाई उखेलेरै फाल्नु वा फुत्किनै नसक्ने गरी घेराबन्दीमा सीमित पार्नुले नै यो समस्याको समाधान हुनसक्छ । यही मर्मलाई आत्मसात् गरी आज नेपाली जनता लोकतान्त्रिक आन्दोलनमा होमिएको छ । आन्दोलनकारी सात राजनीतिक दलहरूमध्ये केहीको ‘सेरोमोनियल किङ्ग’को राजनीतिक झुकावलाई समेत चिर्दै अघि बढेको यो आन्दोलन यतिखेर लोकतान्त्रिक गणतन्त्रको दिशामा नै अघि बढ्दै गइरहेको छ । पूर्ण लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्र प्राप्तिको विन्दुसम्म नपुगी यो रोकिने छैन भन्ने कुरा आन्दोलनमा लोकप्रिय बन्न पुगेको राजतन्त्र विरोधी नाराहरूको बढ्दो लोकप्रियताले प्रस्ट पारिरहेका छन् । 
आन्दोलनको बढ्दो उभारका बीच नेपाली साहित्यकार–कलाकारहरू पनि आ–आनो मोर्चामा डटिरहेका छन् । स्वाभिमानी स्रष्टाहरू यतिखेर सडकमा छन् । चित्रकला, मूर्तिकला, नाटक, चलचित्र, व्यङ्ग्यचित्र, गीत÷संगीतहरू यतिखेर जनताको आन्दोलनमा सक्रिय छन् । यिनको अग्रभागमै सक्रिय छ कविता पनि । यी तमाम विधाका कलाकर्मीहरूस“गै साहित्यकारहरू पनि यतिखेर रचना–कर्मका अतिरिक्त सशरीर पनि आन्दोलनको मैदानमा प्रस्तुत भइरहेका छन् । राजधानीमा भोटाहिटी–रत्नपार्कमा निरङ्कुशतन्त्रले तोकेको निषेध क्षेत्रमै जबरजस्त जुलुस गरी प्रवेश गर्न र गिरतारी र लाठी–मुङ्ग्री सहन पनि स्रष्टाहरू पछि परेनन् । यसअघि मुखमा कालोपट्टी बा“धी इन्द्रचोकमा प्रदर्शन गर्ने जस्ता कार्यक्रमहरूका अतिरिक्त अनेकन स्थानहरूमा सडक–कविता प्रस्तुति पनि उनीहरूले गरे । यसैक्रममा नया“ वानेश्वर चोकमा आयोजित सिर्जना–यात्राका क्रममा सडकमा कवितावाचन गर्दागर्दै डेढ दर्जन स्रष्टाहरू गिरतार भए, लाठीमुङ्ग्रीले थुप्रै घाइते भए । पुनः गुरुकुल, मैतिदेवीमा जुलुस गरी सडकमा कवितावाचन गर्दागर्दै सरकारले पुनः व्यापक गिरतार गरी बा“कीलाई निर्मम लाठी प्रहार मात्र गरेन, निहत्था स्रष्टाहरूमा गोली प्रहार गर्ने काम पनि ग¥यो । 
यसरी नेपाली स्रष्टाहरूले निरङ्कुशतन्त्रका विरुद्ध जाइलाग्ने काम मोफसलका जिल्लाहरूमा पनि व्यापक रूपमा भयो । पर्वत, चितवन, भैरहवा, हेटौंडा, बुटवल, सुनसरी, धनकुटा, मोरङ, झापालगायत अनेकौ“ स्थानहरूमा स्रष्टाहरूको सडक–सक्रियता रह्यो । सबै विधाका कलाहरूले आन्दोलनलाई टेवा पु¥याए भने कविता यस आन्दोलनको लोकप्रिय विधा बन्न पुगेको छ । हरेक भेला, जमघट, आमसभा, कोणसभामा ‘लोकतान्त्रिक कविता’ प्रस्तुतिमा जनताले निकै ठूलो आकर्षण भेट्न थालेको छ । कोठाहरूमा, हलहरूमा खचाखच भरिएर श्रोताहरूले कविता सुन्ने, टिकट काटेरै पनि कविता सुन्ने कामहरू पनि यस बीचमा सम्पन्न भए । ‘प्लेकार्डमा कविता’ जस्तो आन्दोलन पनि लोकप्रिय बन्यो । 
आन्दोेलनको यो वातावरणका बीचमा हामी यही सक्रिय विधा कविताका केही बान्कीहरू यस अङ्कमा प्रस्तुत गरिरहेका छौ“ । राजधानीमा “गणतन्त्र कविता आन्दोलन” नाममा केही स्थानहरूमा सम्पन्न खुला गोष्ठीहरूले मुखर गरेका कविता–प्रवृत्तिहरू पनि यसमा समावेश भएका छन् । आजको चेतनशील र आन्दोलनरत नेपाली जनमानसको प्रतिनिधित्व गर्न यी कविताहरू सफल भएका छन् भन्ने हामीले ठानेका छौं । यिनमा स“गेट्नु पर्ने केही स्रष्टाहरू छुट्नुभएको छ । हाम्रो सामथ्र्य र पहु“चको सीमाका कारण उहा“हरू छुट्नुभएको हो । आगामी अङ्कहरूमा उहा“हरूलाई स“गेट्ने हाम्रो बाचा रहेको छ । 
साहित्य वा कलाका कुनै पनि विधा समाजको उतारचढाउस“ग निरपेक्ष रहन सक्तैनन् । सडकमा जनताहरू निरङ्कुशतन्त्रको विरुद्ध मैदानमा खडा रहेका बेला, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत नागरिक हकहरू खोसिएका बेला त कला र कलाकारको भूमिका अरू बढ्न जान्छ । यो बढ्दो भूमिका निर्वाह गर्न आज प्रगतिशील लेखक सङ्घ, नेपाल लेखक सङ्घ, लोकतान्त्रिक साहित्यकार संघ, सिर्जना चैत्र तीन, प्रगतिशील सांस्कृतिक संगठन, राष्ट्रिय जनसांस्कृतिक मञ्च, नागार्जुन साहित्य प्रतिष्ठान, गुरुकूल, जनकला साहित्य समाज, किरात लेखक सङ्घ, साहित्य सन्ध्यालगायतका संस्थाहरू पनि सक्रिय रहेका र यी तथा यस्ता अन्य सबै संस्था समेतको प्रतिनिधित्व हुने गरी “लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च” नै गठन भई क्रियाशील रहनु खुसीको कुरा हो । यो संयुक्त मञ्चको गठनपछि चलचित्र क्षेत्र र लोक गायन क्षेत्र पनि लोकतान्त्रिक आन्दोलनमा थप ऊर्जाका साथ अगाडि बढेको पाइनु थप खुसीको कुरा हो । 
गणतन्त्रउन्मुख नेपाली समाजमा गणतन्त्र उन्मुख यी कविताहरूका साथमा हामी नेपाली सचेत स्रष्टाहरूको यो क्रियाशीलताको हार्दिक स्वागत गर्दछौं । साथै, यतिखेर जनताको पंक्तिभन्दा बाहिर रहेर निरङ्कुशताको तावेदारी गरिरहेको सामन्ती भाट पंक्ति पनि स्रष्टाहरूबीच रहेको छ । तिनको दास प्रवृत्तिप्रति निन्दा र भत्र्सना जाहेर गर्नु पनि यतिखेरको जरुरी काम हो भन्ने हामी ठान्दछौ“ ।  

कवितामा गणतन्त्रको गुञ्जन
खगेन्द्र संग्रौला
केही समययता समुन्नत सामाजिक चेतनाद्वारा अनुप्राणित तथा अर्थपूर्ण नेपाली कविताको माउ एवं लोकप्रिय कथ्य गणतन्त्र भएको छ । खुला सडक र बन्द कोठामा व्यापक रूपमा र मुद्रण माध्यममा अपेक्षाकृत सीमित रूपमा मुखर वा प्रच्छन्न, प्रत्यक्ष वा प्रतीकात्मक रूपले कवितामा गणतन्त्रको गुञ्जन सहजै सुन्न सकिन्छ । यो ऐतिहासिक कालदेखि राज्यको लोकतान्त्रिक पुनर्गठनको अपेक्षा राख्ने शान्तिपूर्ण र सशस्त्र प्रकृतिका राजनीतिक उथलपुथलहरूबाट निःसृत भई तीव्र गतिमा सघन र सुगठित हुन खोजिरहेको सामाजिक चेतनाको कवितामा साहसिक प्रतिबिम्बन हो ।
राजनीतिमा गणतन्त्र शब्दले राजतन्त्रको उल्टो अर्थ सम्प्रेषण गर्छ । राजनीतिमा गणतन्त्र वंश, जात, लिड्ड, धर्म, रीति र परम्परामा आधारित अनिर्वाचित, व्यक्तिकेन्द्रित, स्वेच्छाचारी, यथास्थितिवादी, भेदभावकारी र दमनकारी राजतन्त्रात्मक शासनपद्धतिलाई निषेध गरी जननिर्वाचित, गणकेन्द्रित तथा जनइच्छा, जनअनुमोदन र जनसहभागितामा आधारित गणतन्त्रात्मक शासनपद्धतिको खोजी हो । यो जीवनमा आप्mनो स्थान र आप्mनो सामथ्र्यप्रति सचते भइरहेका आम नागरिहरूद्वारा आप्mनो भविष्यको रूपरेखा आपैm“ कोर्ने र आप्mनो भाग्यको लगाम आप्mनै हाममा लिने एक गौरवमय पाइलो हो । आज गगनभेदी गुञ्जनका साथ उभिएको नेपाली कविता यसै भावको बिम्बात्मक अभिव्यञ्जना हो ।
नेपाली राजनीतिमा वा कवितामा गणतन्त्रको खोजी कुनै नौलो विषय होइन । राजनीतिमा यस कथ्यको भ्रूण प्रचण्ड गोरखा र प्रजापरिषद्को जन्मस“गै अङ्कुराएको हो । अनि कवितामा चाहि“ धरणीधर कोइरालाको गणतन्त्र गराउन गर्जि उठ्यो÷छरितो र छिटो नयपालि ठिटोस“गै सार्वजनिक रूपमा यसको उद्घोष भएर आजका आन्दोलनकारी बालगायक रुवीन गन्धर्वको न्याउली बासेर÷देश कहा“ बन्छ र राजा राखेरसम्म यो विस्तारित र विकसित भएको छ । दीर्घकालीन संसदीय सङ्घर्ष र अल्पकालीन बहुदलीय शासन तथा असोज १८ को राजाको फौजी कदमविरुद्ध यस राजनीतिक धारको आन्दोलन अनि करिब एक दसक लामो माओवादी सशस्त्र विद्रोहसम्म आइपुग्दा गणतन्त्रको चेतना तीव्र गतिमा समाजव्यापी, सघन, सङ्गठित र परिपक्व हु“दै गएको छ । 
उसो त साहित्यमा पश्चिमा बुर्जवा मान्यता र शिल्पलाई भित्र्याउन थाल्ने शारदा पत्रिका प्रकारान्तरले र आंशिक रूपले गणतन्त्रकै संवाहक थियो । साहित्यमा व्यक्तिको वैयक्तिक स्वत्व र अस्मितालाई प्राधान्यता प्रदान गर्ने बुर्जुवा चेतना र उन्मुुक्त उडानको आकांक्षा राख्ने रुमानी भावधारा राजतन्त्रको आधारभूमिका रूपमा रहेको सढेगलेको सामन्ती जडता र कठोर बन्देजहरूविरुद्ध विद्रोहका द्योतक हुन् । यस अर्थमा नेपाली कवितामा गणतन्त्रतर्पmको ऐतिहासिक यात्रा निकै लामो छ । यहा“नेर स्वाभाविक प्रश्न उठ्छ ः किटानीसाथ गणतन्त्र कविता भनेर अहिले नै यसको नामाकरण गरिनाको तात्पर्य के हो ? यस प्रश्नको उत्तरमा के भन्न सकिन्छ भने नेपाली समाज आप्mनो ऐतिहासिक विकासक्रममा राजनीति, श्रम–सम्बन्ध र संस्कृति तीनै क्षेत्रमा सामन्ती राजतन्त्रलाई निषेध गर्ने क्षणको नजिक पुगेको छ र यस प्रयोजनका निम्ति सामाजिक सङ्घर्ष र संक्रमणको प्रक्रियालाई उद्वेलनकारी आवेगको ऊर्जाले थप जीवन्त र गतिमान्, सरस र उत्सर्गमय तुल्याउन नेपाली कविताले सामन्ती राजतन्त्रविरुद्ध समवेत स्वरमा हाक्काहाक्की गर्जन गर्नुपर्ने चुनौती उपस्थिति भयो । हाम्रा जागरुक कविहरूले सचेत रूपबाट यो चुनौतीलाई बोध गरे । मलाई लाग्छ, कवितामा गणतन्त्रतर्पmको सामूहिक अभियान कवितालाई जीवनको उज्यालो खोज्ने प्रभावकारी माध्यमका रूपमा ग्रहण गर्ने समस्त कविहरूको यही बोधको इमानदारीपूर्ण अभिव्यक्ति हो ।
प्राविधिक दृष्टिले हेर्दा राजाविनाको शासन गणतन्त्र हो । तर समाजभरि छरिएका मुक्तिका आवाज र चेतनाका तरड्डहरूलाई स“गाल्दै, तिनलाई एकीकृत गर्दै र एक अविजेय शक्तिका रूपमा तिनलाई एक सूत्रमा उन्दै उठिरहेको उथलपुथलकारी राजनीतिक आन्दोलनले लोकतान्त्रिक गणतन्त्रलाई आप्mनो लक्ष्य किटान गरेको छ । अर्थ–राजनीति र संस्कृति गरी लोकतान्त्रिक गणतन्त्रका तीन आयाम छन् । जीविकोपार्जका साधन र अवसरहरूमा न्यायोचित स्वामित्व र सम्मानजनक श्रम–सम्बन्धको खोजी यसको आर्थिक आयाम हो । राज्यव्यवस्था र शासनविधिको छनोटमा र राज्यको नीति–निर्माणमा आम नागरिकको पहु“च र सार्थक सहभागिता यसको राजनीतिक आयाम हो । अनि यस मुलुकमा मभन्दा सानो कोही छैन र यस मुलुकमा मभन्दा ठूलो पनि कोही छैन भन्ने आदर्श मान्यता यसको सांस्कृतिक आयाम हो ।
नेपाली कम्युनिस्टहरूले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनास“गै सैद्धान्तिक तहमा गणतन्त्रको आदर्शलाई घोषित रूपबाट अड्डिकार गरेका हुन् । कम्तिमा पनि विभिन्न चिरामा विभाजित पार्टीहरूका घोषणापत्रहरूमा यो आदर्शले सदैव निरन्तरता पाएको छ । तर सत्ता तहमा संसदीय राजनीतिमा प्रवेश गरेपछि भने यो आदर्श विस्मृतप्रायः भएको देखिन्छ । सूत्रपात गर्दा नगर्दै मिति गुज्रिएको राष्ट्रिय मेलमिलापको मान्यताका आधारमा राजतन्त्रको अपरिहार्यतालाई स्वीकार गर्ने प्रजातान्त्रिक समाजवादका पक्षधरहरूले राजा ज्ञानेन्द्रको असोज १८ को फौजी कदम र अझ खास गरेर उनको माघ १९ को सर्वसत्तावादी कदमअघिसम्म गणतन्त्रको सपना देख्न डराउनु बुझिने कुरा हो । तर यस प्रश्नमा कम्युनिष्ट पृष्ठभूमि भएका बहुदलीय जनवादका पक्षधरहरू पनि अपवाद भएनन् । यी राजनीतिक शक्तिहरूको अभीष्ट सत्ता–संरचनाका अनेक अड्ड–अवयवहरूमा ऐतिहासिक कालदेखि जरा गाडेर रहेको सामन्ती सोचाइ, कार्यशैली र संस्कारमा क्रमिक परिवर्तन ल्याई आम समाजको अर्थ–राजनीतिक र सांस्कृतिक रूपान्तरणका लागि आधारभूमि निर्माण गर्नुभन्दा पनि जराजीर्ण सामन्ती राजतन्त्रस“ग शक्तिको भागबन्डा गरी जान–अनजान यथास्थितिलाई भोग गर्नु र त्यसैलाई टेवा दिनु हुनगयो । फलतः २०४६ सालमा सत्ताको अङ्शभाग खोसिएका सामन्ती राजतन्त्रका सुविधाभोगी पक्षधरहरू राजनीतिक शक्तिहरूको यो आत्मसमर्पणवादी झुकावबाट फाइदा उठाउ“दै संस्थागत हुन नपाएको कमजोर संसदीय प्रणालीलाई अन्तध्र्वंस गर्न निरन्तर यत्नशील रहे । संसदीय शासनप्रणालीको हत्या र पञ्चायती निरङ्कुशतालाई फर्काउने सपना देख्ने नया“ राजा ज्ञानेन्द्रको उदय यसै पृष्ठभूमिमा भएको हो ।
असोज १८ को कदमको उत्कर्षका रूपमा माघ १९ गते अघोषित फौजी शासन आरम्भ गरी जब राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूमाथि कठोर प्रहार सुरु गरे तबमात्र हिजोसम्म राजालाई प्रकट वा अप्रकट रूपमा आप्mनो परमपूज्य अविभावकतुल्य ठान्ने संसदीय वृत्तका राजनीतिक शक्तिहरू गाढा निन्द्राबाट तन्द्रामा अवतरित भए । चरणबद्ध रूपमा दमनचक्र झन्–झन् कठोर हु“दैजा“दा यी शक्तिहरूको तन्द्रा छुट्दै गयो र अन्ततः आज दुविधाका साथ वा दृढताका साथ, आप्mनो संकल्पमा अटल रहेर अथवा धरमराउ“दै संसदीय वृत्तका सबैजसो राजनीतिक शक्तिहरूले गणतन्त्रलाई आप्mनो आन्दोलनको लक्ष बनाएका छन् । 
सामन्ती राजतन्त्रका पोष्यपुत्रतुल्य इतिहासकार, कवि र सड्डीतकारहरूले पञ्चायती राजभरि नै राजतन्त्रका अनेकन छलकारी बिम्बहरू निर्माण गरे । यी प्रायोजित बिम्बमा राजा नेपालको जातिगत बहुलतालाई एक सूत्रमा उन्ने एकतामा प्रतीक बनाइए । राजा राष्ट्र र राष्ट्रियताका रक्षक वा अभिभावक भनिए । राष्ट्रनिर्माता पनि राजै भए र राष्ट्रपिता पनि राजै भए । इतिहासको निर्माणमा आम मानिसहरूको भूमिका र स्थानलाई निषेध गरी निर्माण गरिएका यी यावत् कृत्रिम बिम्बहरूको उच्च स्तम्भमाथि विराजमान गराइएका राजा ईश्वरीय अंशले सुसज्जित गराइए । यसरी राजालाई असामान्य र अलौकिक गुणहरूले युक्त र निर्विकल्प एवं सर्वोच्च मानियो । अनि भ्रम, भय र भुलभुलैयारूपी विराट् राष्ट्रिय बिम्बको सुवर्ण गजुरको स्थानमा स्थापित गरिएका राजा राजकीय शक्तिको स्रोत र सार्वभौमसत्ताका अधिपति भए । यो सम्पूर्ण अभ्यास दरबारको घरेलु सेवकका रूपमा दीक्षित सेना र राज्यका श्रोत–साधनहरूमाथिको एकाधिकारको जगमाथि गरिएको थियो । राजाका वरिपरि बुनिएका यी भ्रान्तिकारी बिम्बहरूको प्रभाव यति सघन, यति व्यापक र यति भयकारी भयो कि संसदीय प्रजातन्त्रका पक्षधर राजनीतिक शक्तिहरू र बौद्धिकहरू समेत पनि त्यसका सामु बशीभूत भए । २०४७ सालको संविधानमा राजतन्त्रलाई अपरिवर्तनीय र असंशोधनीय महलमा सुरक्षित राखिनुका पछिल्तिर यही भ्रान्तिकारी विश्वासबाट निःसृत मनोवैज्ञानिक भयले काम गरेको प्रतीत हुन्छ । त्यसउप्रान्त राजतन्त्रको जनविरोधी चरित्र तथा यसका दुर्वलता र दुर्गुणहरूको निःशर्त प्रतिरक्षा गर्ने यी राजनीतिक शक्तिहरूमा देखिएको आत्महीनतायुक्त प्रवृत्तिले यस तर्कलाई झनै बल दिन्छ । तर २०४७ को संविधवानद्वारा सत्ता र सुविधाबाट अपेक्षाकृत वञ्चित गरिएका सामन्ती भारदार र ठालुहरूको महादुरभिसन्धिबाट जब जेठ १९ को दरबार हत्याकाण्ड घटित भयो, राजतन्त्रसम्बन्धी यी सबै प्रायोजित बिम्बहरू धूल धूसरित भए । कथित ईश्वरीय अवतार, राष्ट्रिय एकताका प्रतीक र राष्ट्रका संरक्षकको पगरी गुथाइएका राजा वीरेन्द्रले गगनचुम्बी बार र पर्खालभित्र अत्याधुनिक सुरक्षाव्यवस्थाको बीचमा न त आप्mनो र आप्mना परिवारजनका ज्यानको रक्षा गर्न सके न त वृहत् शाही परिवारमै एकता र सद्भाव कायम गर्न नै सके । कथित ईश्वरीय अवतारको भ्रम राजपरिवारको जघन्य हत्यास“गै पानीको फोकोभैm“ फुटेर अनस्तित्वमा विलीन भयो । साथै यस विद्रूप घटनाबाट राजपरिवारको नैतिक अधःपतन र सांस्कृतिक खोक्रोपना लोकका नजरमा कसैगरी ढाकछोप गर्न नसकिने गरी उदाड्डियो । रक्तरञ्जित सिंहासनमा आरुढ हुन पुगेका नया“ राजा ज्ञानेन्द्रको असामयिक आकांक्षा, दुर्दान्त हठ तथा असीम सत्ता र धनलिप्साको प्रदर्शनले त राजतन्त्रलाई झनै कुरूप, त्रूmर र राष्ट्रले थेग्नै नसक्ने भारका रूपमा उजागर गरिदियो । यस तथ्यले गणतन्त्रको आवाज र आकांक्षालाई सबल तुल्याउन प्रकारान्तरले मनग्य ऊर्जा र बल प्रदान ग¥यो ।
सामन्तवादविरुद्ध उठेको माओवादी विद्रोहको कुरूप पाटोका रूपमा थुप्रै दुर्वलता र सीमाहरू हु“दाहु“दै पनि यसले नेपालको विशाल ग्रामीण भेगका सामन्ती अर्थ–राजनीति र संस्कृतिका रुग्ण जराहरूलाई राम्रैस“ग खल्बल्याइदियो । सांस्कृतिक मूल्यको तहमा परिष्कृत र संस्थागत हुन बा“की नै भए पनि जातीय छुवाछूत, लिड्डभेद, धर्मभेद, क्षेत्रभेद र संस्कृतिभेदजस्ता अनेकन सामन्ती रोगहरूलाई यसले व्यापक रूपले भन्डाफोर ग¥यो र ग्रामीण तहमा सामन्ती राजतन्त्रको आधारको जगै हल्लाइदियो । माओवादी विद्रोहका अतिरिक्त संसदीय परिवेशमा उल्लेख्य रूपले विकसित र विस्तारित भएको प्रेस र प्रबुद्ध नागरिक समाजले आवाज कमजोर हुनेहरू र आवाजै नहुनेहरूका आवाजलाई प्रेरणा र शक्ति प्रदान गरे । अनि वञ्चित, विस्मृत, किनारीकृत र पददलित यी विविध सामाजिक समूहहरू राज्यसत्ता तहमा आप्mनो हक र अस्मिता, पहिचान र प्रतिष्ठाको दाबी गर्न सड्डठित र आन्दोलित हु“दैगए । आज मध्ययुगीन चरित्रको सामन्ती राजतन्त्रविरुद्ध उठिरहेका एकल वा एकीकृत आवाजहरूको सामाजिक श्रोत यही हो । अनि गणतन्त्र कविताचाहि“ यही आवाजको सूक्ष्म एवं कलात्मक गुञ्जन हो ।
राजतन्त्र र गणतन्त्रबीचको द्वन्द्व भाग्यवाद र कर्मवादबीचको द्वन्द्व हो, वंश र परम्पराद्वारा प्रदत्त वा आरोपित पहिचान र स्वपहिचानको निर्माणका बीचको द्वन्द्व हो, अलौकिकता र लौकिकताबीचको द्वन्द्व हो, एकातिर भक्ति र अन्धविश्वास र अर्कोतिर अलोचनाशील र अवज्ञाकारी प्रवृत्तिबीचको द्वन्द्व हो, अनिर्वाचित व्यक्तिको हुकुमी शासन र निर्वाचित जनप्रतिनिधिहरूको विधिको शासनबीचको द्वन्द्व हो । यस द्वन्द्वको केन्द्रीय लक्ष्य राज्यको लोकतान्त्रिक पुनर्गठन र आम समाजको मनोवैज्ञानिक तथा सांस्कृतिक पुनःसंस्कारीकरण हो । गणतन्त्र कविता यही पुनःसंस्कारीकरणको ध्येयको ध्वजाबाहक एक प्रभावकारी उपकरण हो । 
सामाजिक अन्तर्विरोधहरू चुलि“दै राज्यसत्ताको वरिपरि केन्द्रित हुनपुग्दा सिर्जना हुने संक्रमणकारी उथलपुथलको अवस्थामा संवेदनशील र जिम्मेवार कवि शान्त र शालीन मुद्रामा आप्mनो एकान्त कुटीको कुनामा मात्र साधनारत रह“दैन । ऊ मानवोचित जीवन प्राप्तिका निमित्त उद्वेलित सहनागरिकका आकांक्षा र सपनामा समभाव, सहमति र ऐक्यबद्धता जनाउन सशरीर सडकमा उपस्थित हुन्छ । को कता भन्ने कुराको कित्ताकाट हुने इतिहासको यस्तो घडीमा राजनीति र कविता आ–आप्mना चेतना र स्वरूपजन्य विशिष्टताहरूका साथ हाराहारी यात्रा गर्छन् । ती पारस्परिक सहकार्य गर्दै प्रत्यक्ष रूपले एकअर्काका प्रेरक र पूरक बन्दछन् । 
जब समाजमा परिवर्तनकारी आ“धीको हुङ्कार व्याप्त हुन्छ त्यो बेला आप्mनो श्रोतागणलाई सुन्न सजिलो होस् भनेर कविले आप्mनो कविताको स्वरको भोल्युम अलिकता बढाउ“छ । यस पोथामा स“गालिएका प्रायः सबैजसो कविता यस तथ्यका सबुत हुन् । सामान्यतः यस सङ्कलनका कविताहरूको विशिष्टता अनुभूतिको सूक्ष्मता र शिल्पको निथार नभएर गडगडाहटकारी चेतनाको स्थूलप्रायः अभिव्यञ्जना हो । सीमित अपवादलाई छाडेर यी कविता भेलका गर्जन हुन् । यी समयका विविध बान्कीका अभिलेख हुन् भन्ने अभिप्रायले हामीले निकै उदारतासाथ निकै नै स्थूल स्वरहरूलाई पनि स्थान दिएका छौ“ । यस सन्दर्भमा बिर्सनु नहुने कुरा के हो भने भोलि इतिहासको अर्को कालखण्डमा विचार र दृष्टिसम्पन्न तथा पारखी समीक्षकले कविताविशेषलाई सौन्दर्यशास्त्रीय तुलोमा तौलिएर फलाना कविले कविता भनेर निख्लो नारा लगाएछ भनी न्याय–निरुपण गरेको खण्डमा उक्त कविको सिर्जनाको नियति उति सुखद् हुनेछैन । मेरो विचारमा कवि जीवनमा भीडको बीचमा वा भीडको पछिपछि हि“डिरहेको हुनसक्छ । तर उसको कविता भीडको भद्दा रुचिलाई तुष्टि दिन भीडको बीचमा वा त्यसको पछिपछि कदापि हि“ड्दैन । कविता समाजको प्रकाशस्तम्भ हो र कवि त्यो प्रकाशस्तम्भको स्रष्टा हो । यस अर्थमा कविताको भावनात्मक एवं सांस्कृतिक सचेतनकारी एवं रूपान्तरणकारी भूमिका स्मरणीय छ ।
यस सङ्कलनले गणतान्त्रिक चेतना र मूल्यलाई वरण गरी साधनारत रहेका कविहरूको समग्र रूपले प्रतिनिधित्व गर्छ नै भन्ने दाबी हाम्रो छैन । आप्mनो दृष्टिको पहु“च र जानकारीका सीमाहरूप्रति हामी सजग छौ“ । तथापि अस्तव्यस्त समयका बीच हतारमा बटुलबाटुल गरिएका यी कविताहरूमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै कविताहरूका अन्तरमनका भावना र अभीष्टहरूको साझा धड्कनको प्रतिनिधित्व त भएकै होला भन्ने हाम्रो आशा छ । हाम्रो यो अपुरो चेष्टा पूर्णतातर्पmको यात्राको एक पाइलोमात्र हो । 

गणतन्त्र र नेपाली कविता 
 रमेशप्रसाद भट्टराई
विषय-परिचय
गणतन्त्र र कविता भिन्न स्वरूप, इतिहास र विषयवस्तुमा आधारित छन् । पहिलोको स्वरूप राजनीतिक छ भने दोेस्रोको स्वरूप मूलतः सौन्दर्यशास्त्रीय छ । गणतन्त्र राजनीतिक प्रणाली हो र यो प्रणाली जनतामा आधारित शासनसत्तास“ग सम्बन्धित छ । कविता साहित्यको एउटा विधा–विशेष हो र अन्तर्वस्तु र रूप यसका मूल पक्ष हुन् । कविताका अन्तर्वस्तु विविध हुन सक्छन् र सामाजिक रूपान्तरणमा राजनीतिक मूल्यस“गै सांस्कृतिक मूल्यको पनि भूमिका रहन्छ । सांस्कृतिक प्रस्तुतिका क्रममा कवितामा जीवन–जगत्को यथार्थलाई प्रस्तुत गरिएको हुन्छ र त्यस्तो यथार्थकै क्रममा कविताले पनि राजनीतिक मूल्यलाई अवलम्बन गरिरहेको हुन्छ । यस अर्थमा कवितामा गणतन्त्र पनि अन्तर्वस्तुका रूपमा आउ“छ र कविताको अन्तरअनुशासनात्मक विषयका रूपमा गणतन्त्रको विश्लेषण गरिन्छ । 

कविता प्राचीन विधा हो । प्राचीन कालदेखि नै कविताको विषयवस्तुमा विविधता पाइन्छ । मनुष्यले ऐतिहासिक विकासस“गै कविताको विषयवस्तुलाई पनि नया“ रूपमा प्रस्तुत गरिरह्यो । लोकजीवनका सुखदुःखका रूपमा रचिएका लोककवितादेखि महाकाव्य र फुटकर कवितामा पनि विषयवस्तुको व्यापकता पाइन्छ । तीमध्ये कतिपय कविता मनुष्य–जीवन, यथार्थ र मानवीय सचेतनाबाट टाढा रहेका छन् र त्यस्ता कविताको मूल्य पनि सीमित छ । सामाजिक जीवन, मूल्यबोध र क्रान्तिकारी रूपान्तरणलाई विषयवस्तु बनाएर लेखिएका कविताको मूल्य असीमित र दीर्घकालीन छ । जनताको जीवन र तिनका पीडा, लोकतन्त्र र सामाजिक परिवर्तनमा आधारित कविता नै इतिहासका शक्तिशाली कविता हुन् । कवितामा गणतान्त्रिक सन्दर्भलाई पनि यही मूल्यमा आधारित भई हेर्नुपर्ने हुन्छ । 

‘गणतन्त्र’ राजनीतिक शब्द हो । ‘गण’को अर्थ जनता र ‘तन्त्र’को अर्थ शासन भन्ने हुन्छ । यस अर्थमा गणतन्त्र जनताको शासन हो । प्राचीन मनुष्य गणमा बस्थ्यो र गणको निर्णयका आधारमा चल्थ्यो । समाजमा वर्गको सुरुआत भएपछि गणलाई शासन गर्ने शासकको जन्म भयो र कालान्तरमा त्यस्तो शासकलाई ‘राजा’को पदवी दिई त्यस्तो राजा (शासक) वंशानुगत हुने परम्परा चल्यो । युरोपेली समाजको प्रारम्भिक कालको उत्तराद्र्ध र मध्यकालमा राजतन्त्रलाई बलियो बनाइयो र त्यसका लागि धर्मशास्त्र, नीतिशास्त्र र साहित्यको समेत रचना भयो । पूर्वमा पनि सामन्ती युगमा राजतन्त्रलाई बलियो बनाइयो भने राजालाई ‘विष्णुका अवतार’ र ‘भगवान्’का रूपमा चित्रण गरी आनुवंशिक परम्पराको निर्धारण गरियो । राजतन्त्रको यस परम्परालाई चुनौती दिने क्रममा नै राजनीतिक प्रणालीका रूपमा गणतन्त्रको जन्म भएको हो । ल्याटिन ुचभक ९तजष्लन० उगदष्अिब ९उगदष्अि० को अर्थ ‘जनताको विषय’ ९तजभ उगदष्अि तजष्लनक० भन्ने हो । आजका सन्दर्भमा यसको अर्थ ‘त्यस्तो सरकार जुन वंशगत वा राजतन्त्रात्मक शासनबाट मुक्त रहन्छ र जनताको हितका लागि जनताद्वारा निर्देशित रही उनीहरूकै विश्वासमा कार्य गर्दछ भन्ने हुन्छ । प्राचीन रोमन गणतन्त्र (५०९–२७० इ.पू.) यसै प्रकारको गणराज्य थियो । वर्तमान संयुक्त राज्य अमेरिकालाई लोकतान्त्रिक भन्दा गणतान्त्रिक रूपमा चित्रण गरिन्छ, जसमा केन्द्रीय सरकारको शक्तिलाई सीमित गरिएको छ र राज्य–सरकारलाई पर्याप्त स्वायत्त अधिकार प्रदान गरिएको छ । त्यसैगरी भारतमा पनि राज्य–सरकारको भूमिका र प्रभावलाई सुदृढ पार्दै केन्द्रीय सरकारको निर्माण गरिएको छ । 

केही परिभाषाहरू 
गणतन्त्रमा राजाका बदलामा निर्वाचित राष्ट्रपतिसहितको सरकारको निर्माण गरिएको हुन सक्छ । ९ब् च्भउगदष्अि अबल दभ ब ायचm या नयखभचलmभलत धष्तज बल भभिअतभम उचभकष्मभलत ष्लकतभबम या mयलबचअज०
गणतन्त्रमा त्यस्तो किसिमको सरकारको निर्माण गरिएको हुन्छ, जहा“ निर्वाचित राष्ट्रपति र प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् । ९ब् च्भउगदष्अि ष्क ब ायचm या नयखभचलmभलत धष्तज बल भभिअतभम उचभकष्मभलत बलम भभिअतभम चभउचभकभलतबतष्खभक चभकउयलकष्दभि तय तजभ उभयउभि०
सरकारको त्यस्तो रूप जहा“ सार्वभौमसत्ता कि त जनताद्वारा चुनिएका प्रतिनिधिमा वा प्रत्यक्षतः जनतामा नै पूर्ण रूपमा निहित रहन्छ ।  ९ब् ायचm या नभखभचलmभलत ष्ल धष्तज तजभ कयखभचभष्नल उयधभच ष्क धष्मभथि खभकतभम ष्ल तजभ उभयउभि भष्तजभच मष्चभअतथि यच तजचयगनज भभिअतभम चभकउचभकभलतबतष्खभक स् ध्भदकतभच भ्लअथअयिउभमष्अ म्ष्अतष्यलबचथ या तजभ भ्लनष्किज ीबलनगबनभ०
विभिन्न परिभाषाहरूका आधारमा गणतन्त्रलाई निम्नअनुसार प्रस्तुत गरिएको पाइन्छ :
–  तिनीहरू राजतन्त्रविहीन हुन्छन् ९तजभथ बचभ लयल(mयलबचअजष्अ०
–  तिनीहरू जनताद्वारा शासित हुन्छन् ९तजभथ बचभ चगभिम दथ ूतजभ उभयउभिू०
–  तिनीहरूले जनताको हितमा ध्यान पु¥याउ“छन् 
९तजभथ उचयmयतभ तजभ नभलभचब िधभािबचभ०

गणतन्त्रको माथिका परिभाषाका सन्दर्भबाट हेर्दा नेपाल राजतन्त्रात्मक राज्यका रूपमा रहेको छ र यहा“को राजतन्त्र बेलायत, जापान वा डेनमार्कको जस्तो नभई सामन्ती चरित्रको छ । नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना भए पनि र ०४७ सालमा त्यसको पुनः स्थापना भए पनि लोकतन्त्रको लडाइ“ मूलतः राजतन्त्रात्मक दरबारिया शक्तिस“गै रह“दै आएको छ र जनताका प्रत्येक लडाइ“ र सम्झौताले जनतालाई नै धोका दिएका छन् । २०१७, २०५८ र २०६१ सालका राजाका कदमले जनतामा राजतन्त्रप्रति वितृष्णा बढाएको छ र गणतन्त्रको माग जबर्जस्त रूपमा उठ्न थालेको छ । अहिलेसम्म यस्तो माग कम्युनिष्ट पार्टीहरूबाट मात्र उठिरहेकोमा अहिले आएर लोकतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरू प्रत्यक्ष–परोक्ष रूपमा गणतन्त्रतर्फ डोरिंदै गएका छन् । अझ कम्युनिष्ट पार्टीमध्येकै एउटा शक्तिले त हतियारयुक्त सङ्घर्ष नै सुरु गरेको छ र त्यस सङ्घर्षले सिङ्गो मुलुकलाई हल्लाएको छ । यसै समयमा गणतन्त्रका विषयमा लेख, पुस्तक र सङ्ग्रहहरू प्रकाशित भएका छन् र सिर्जनाका क्षेत्रमा पनि यसको प्रभाव निरन्तर बढ्दो छ । यस्तो अवस्थामा सिर्जनाका क्षेत्रमध्ये र विशेषतः कविताका क्षेत्रमा गणतन्त्रको चित्रण कसरी भएको छ भन्ने कुराको विश्लेषण गर्ने कार्यमा केन्द्रित रहनु नै प्रस्तुत लेखको मूल उद्देश्य हो । 

नेपाली कवितामा गणतन्त्र 
नेपाली कवितामा गणतन्त्रका विषयमा अहिलेसम्म कुनै अध्ययन हुन सकेको पाइन्न । त्यसो त लगभग २ सय ४० वर्षको नेपाली कविताको इतिहासमा नया“ चेतनाले प्रवेश पाएको ६ दशक पनि भएको छैन । त्यसभन्दा अघिको नेपालमा सामन्तीतन्त्रकै एकछत्र प्रभुत्व रह्यो र दरबार नजिक रहेर साहित्य–सिर्जना गर्ने वा धार्मिक–आध्यात्मिक काव्य–कविता सिर्जना गरी दरबारलाई खुसी पार्ने कार्य नै मुख्य रूपमा भयो । जनताका पक्षमा कविता लेख्नु असंभव प्रायः रहेको यस अवधिमा त्यसरी लेखिहाले पनि या जेलमा थुनिनु पथ्र्यो या मृत्युदण्डको भागी हुनुपथ्र्यो । ‘मकैको खेती’ जस्तो सामान्य व्यावसायिक विषयमा पुस्तक लेख्दा समेत राजकाज अपराध, आर्थिक दण्ड र जेलमा नै मृत्युवरण गर्न विवश कृष्णलाल अधिकारीको घटनाले त सर्जकहरूमा डर, त्रास र निराशा नै ल्यायो । विक्रमको एक्काइसौ“ शताब्दीमा नया“ चेतनाले प्रवेश पाए पनि नेपाली राजनीति गणतन्त्रउन्मुख हुन सकेन । यसले एकातिर गणतन्त्रका विषयमा कविता लेख्ने चेतना नै पैदा गर्न सकेन भने लेख्न चाहनेहरूमा पनि डर र त्रास रहिरह्यो । अझ गणतन्त्रउन्मुख क्रान्तिकारी चेत र प्रगतिवादी चेतनालाई निषेध गर्न त सम्पूर्ण राज्यसंयन्त्र नै लागिरह्यो । प्रजातान्त्रिक भनिएका सरकारले पनि लोकतान्त्रिक, गणतान्त्रिक र क्रान्तिकारी सिर्जनालाई मूलप्रवाहबाट बाहिर राख्ने चेष्टा ग¥यो र प्रगतिवादी कविताधारालाई निषेध गरी त्यसको मूल्य र महत्तालाई उपेक्षा र निषेध गर्ने दुस्साहस ग¥यो । 

सिर्जनाका क्षेत्रमा भएको यस असमावेशात्मकता ९भहअगिकष्खभलभकक० का कारण प्रगतिवादी सिर्जनाले वैयक्तिक र सामूहिक प्रयासका माध्यमबाट सशक्त हस्तक्षेप गर्नुपर्ने अवस्था आइप¥यो । जसका कारण यस क्षेत्रमा अन्य क्षेत्रस“ग प्रतिस्पर्धा गर्न सक्ने दर्जनौं कविहरू जन्मेका छन् । यिनका कवितामा प्रत्यक्ष–परोक्ष रूपमा गणतान्त्रिक चेतनाको उद्बोधन भएको पाइन्छ । त्यसैगरी प्रगतिवादी धारभन्दा भिन्न धारमा रहेर पनि गणतन्त्रको बिगुल फुक्ने कविहरूको सङ्ख्या पनि बढ्दो छ । जातीय, लैड्डिक र वर्गीय रूपमा पछि परेका समूहका कविहरू र उन्नत गणतान्त्रिक चेतनाले भरिएका लोकतन्त्र पक्षधर कविहरूमा पनि गणतन्त्रतर्फको चेतना बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाली कविताको गणतान्त्रिक चेतनाको विकासमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धेरै कविहरूले महŒवपूर्ण योगदान पु¥याएका छन् । ती सबै कविहरू यस महान् अभियानमा संलग्न रहेका छन् र तिनका कविता गणतन्त्रको चेतले भरिएका पनि छन् । यति भएर पनि यस सानो लेखमा सबै कविका सबै कविताको चर्चा असंभव प्रायः नै देखिन्छ । कतिपय सामग्री अपर्याप्त छन् भने खोजी कार्यका सीमाका कारण पनि कतिपय सामग्री छुट्न पुगेका छन् । त्यसैले यस लेखमा प्रस्तुत ‘कवितामा गणतन्त्र’को चर्चा पूर्ण नभई आंशिक मात्र हो र यसले ‘नेपाली कवितामा गणतन्त्र’ विषयको सामान्य सर्वेक्षण मात्र प्रस्तुत गरेको छ । 

राणाविरोधी आन्दोलनका क्रममा नै नेपाली कवितामा गणतन्त्रको चेतनाले प्रवेश पाएको देखिन्छ । २००७ साल पूर्व गणतन्त्रको चेतना लिएर कविता लेख्ने कविहरूमा धरणीधर कोइराला, महानन्द सापकोटा, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ आदि देखापर्छन् । धरणीधर कोइरालाले २००७ सालपूर्व नै नेपाललाई स्वतन्त्र गराउन थिरबम समान नडराई घरबार छाडी, तरबार भिरी मैदानमा उत्रने नेपाली ठिटोको बयान यसरी गरेका छन् :

नयपाल स्वतन्त्र गराउनको 
रणभेरि सुनेर जुरुक्क उठ्यो 
परतन्त्र हरे ⁄ निज देश बुझ्यो 
अनि भाव र आग्रह पूर्ण भयो 
गणतन्त्र गराउन गर्जि उठ्यो 
छरितो र छिटो नयपालि ठिटो 
(नयपाली ठिटो, पृष्ठ ६९)

२००७ सालको प्रसङ्गमा लेखिएको यस कवितामा २००७ सालको क्रान्तिमा लागेको क्रान्तिकारी युवकको चित्रण गरिएको छ र उसको लक्ष्य गणतन्त्र रहेको उल्लेख छ । यही समयका महानन्द सापकोटाका कवितामा पनि गणतन्त्रको चेतना पाइन्छ । कविले लेखेका छन् :

सयमा दस पा“च धनी गनिने 
अरूले तिनकै करिया बनिने 
विधिको यदि विधान यै छ भने 
अब त्यो विधिको पनि आयु पुग्यो । 

धरणीधर र महानन्द दुवैका कवितामा सामन्ती दरबारको अन्त्यको कुरा उल्लेख छ र नया“ गणतान्त्रिक नेपालको निर्माण गर्ने चेतना मुखरित छ । देवकोटाले २००७ सालअघि लेखेको कविताहरूमध्ये ‘भावना गाङ्गेय’मा प्रकाशित ‘महाप्रस्थान’ (पृष्ठ १७०) र ‘ढेडुशाही’ (पृष्ठ १०५–१०७) कवितामा गणतन्त्रको चेतना पाइन्छ । ‘महाप्रस्थान’ कवितामा कवि लेख्छन् :

सानो सङ्कुचित राजभवन भयो 
विलासको आधार 
अन्धो मदिराभित्र डुबाउ“छ 
अन्धा नशाका व्यापार (पृष्ठ १५)

आज म लिन्छु आजादी 
गर्दछु जीवन दान 
मृत्यु निवारण रोग निवारण 
आज छ मेरो प्रस्थान (पृष्ठ १७) 

प्रस्तुत कवितामा विलासमा मस्त दरबारका विरुद्ध क्रान्तिका लागि प्रस्थान गर्ने चेतना कविमा प्रस्फुटित भएको छ भने ‘ढेडुशाही’ कवितामा तत्कालीन शासनलाई ‘ढेडुराज’का रूपमा चित्रण गरी त्यस राजले कविका विरुद्ध कस्तो षड्यन्त्र गरेको छ भन्ने कुरा प्रस्तुत छ । ढेडुराजमा कवितास“गसम्म डराउने र कविस“ग बदला लिने अवस्था सिर्जना भएको स्थितिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । 

प्रकृति राजा–ढेडु कानुन 
के को कविता ? न भई दालनुन 
पुच्छरमा बसी सभा गरेछन् 
यी कविता सब भयङ्कर भनेछन् 
यी भयङ्कर वनका आ“धी 
नया“ विचारक बेगी बाढी (पृष्ठ १०५)

दा“त लगाउ“m फारू“ फारू“ 
नङ्ग्राइकन यो कवि मारू“
हामी कपि अघि– यो कवि बन्ने 
नाथे महाकवि, पारू“ झुत्रे 
बडो पहिरी खासा चादर 
अक्कड लिइकन भाषा पावर 
देखाइ पो हिंड्छ नाथु 
ढुंग ढुंग कविता च्यातू“–च्यातू“ 
साम्राज्यवादका हामी देउता 
वाल्मीकिसम्मन् कवि हो एउटा 
शाहीमुख यो हाम्रो रातो 
यो कवि देख्दा बन्दछ रातो (पृष्ठ १०६)

के तिमीहरू अराजकतावादी 
कू“–कू“ गर्थे हच्की पछाडि 
ढेडु राजा जड्डल कानुन 
लाल थुतुने वीरै मानून् (पृष्ठ १०७) 
देवकोटाका गणतन्त्रउन्मुख पर्याप्त कविताहरू प्रकाशित छन् र ती कवितामा देवकोटाको क्रान्तिचेत र प्रगतिवादी चेत प्रकट भएको छ । यही अवधिमा कवि गोपालप्रसाद रिमालले गणतन्त्रको आव्हान गर्दै कविताको रचना गरेका छन् । उनका कवितामा ‘गणतन्त्र’ शब्दको उल्लेख त छैन तर त्यो सङ्केतात्मक रूपमा उपस्थित छ । अझ २००७ सालको क्रान्तिलाई अधुरो र अपूरो ठान्ने रिमाल सच्चा अर्थमा गणतन्त्रवादी थिए र उनले कवितामा त्यही गणतन्त्रको आगमनलाई सङ्केत गरेका छन् । 

हो बा, त्यो आउ“छ । 
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउ“छ 
त्यसको कम्मरमा झुन्डिएको, शीतजस्तै टल्कने 
तिमी एक हतियार देख्नेछौ, 
त्यसैले ऊ अधर्मसित लड्नेछ । 
त्यो आउ“दा तिमी पहिले त सपना हो कि भनेर 
छामछुम गर्नेछौ, तर त्यो हिउ“ र आगोभन्दा पनि 
बढ्ता छोइने भनेर आउनेछ 
(आमाको सपना पृष्ठ १)

सिद्धिचरण श्रेष्ठका २००८–१० सालतिरका कवितामा सामन्ती सत्ता र दरबारका विरुद्धको अभिव्यक्ति पाइन्छ । उनका ‘छात्रहरूलाई सन्देश’, ‘म मात्रै किन आइरहू“ ?’ जस्ता कवितामा सामन्ती सत्ताका विरुद्ध विचार प्रस्तुत गरी गणतान्त्रिक चेतनाको संकेत गरिएको छ । ‘छात्रहरूलाई सन्देश’ कवितामा कवि भन्छन् :

पुरानु जीर्ण पद्धति गरी समस्त झार्झुर 
कुनीति औ कुरीति यी विदीर्ण पार्न तत्पर 
सामन्तको चिहानमा विशाल ज्योतिको घर 
छ पूर्वबाट झुल्कि“दो उठेर हेर छात्र हो । 
खतम् गरेर फूर्तिलो सामन्ती धाक इज्जत 
मनुष्यमा दिलाउ लौ मनुष्यजातिको हक 
मनुष्यले मनुष्यको स्वभाव नै भुलीकन 
गली ढली सडी कुही सजाय भोग्नु होइन 
(बा“चिरहेको आवाज ः पृष्ठ २१)
‘म मात्रै किन आइरहू“’ कवितामा कवि भन्छन् ? 
तिमी मेरो झोपडीमा आउन 
आनो इज्जतको बर्खिलाप सम्झन्छौ भने 
म मात्रै तिम्रो दरबारमा किन आइरहू“ 
धन–जन–मानले तिमी आफूलाई 
ठूलै ठान्छौ भने 
म पनि तिमीलाई किन सानो नठानू“ ? 
(उही, पृष्ठ २७) 
लक्ष्मीप्रसाद देवकोटाको ‘प्रमिथस’ महाकाव्य ग्रिसेली पुराकथामा आधारित महाकाव्य हो । यति भएर पनि यस महाकाव्यमा समकालीन सन्दर्भहरू पनि पर्याप्त मात्रामा प्रस्तुत गरिएको छ र गणतन्त्रको चेतना उनको यस महाकाव्यमा यत्रतत्र छरिएर आएको छ । तत्कालीन अवस्थामा प्रत्यक्षतः गणतन्त्रको पक्षमा कलात्मक अभिव्यक्ति प्रस्तुत गर्न असंभव प्रायः थियो र समकालीन राजनीतिक अवस्था पनि त्यस्तो थिएन । यस्तो अवस्थामा उनले ग्रिसेली पुराकथालाई नै आनो महाकाव्यको आधार बनाए । उनले राजतन्त्रका सम्बन्धमा कतै सोझै र कति व्यङ्गात्मक रूपमा आना अभिव्यक्ति प्रस्तुत मात्र गरेका छैनन्, वीरहरूको महानताको गायन पनि परेका छन् । भूमिकाका रूपमा आएको प्रथम सर्गमा कवि लेख्छन् :

आज म चाहन्छु, समुद्गारन 
सङ्क्रान्तियुगको कोकिलसरि 
मुक्तकण्ठ– एक महामानव जान 
प्रजातान्त्रिक पुष्प प्रथमको व्योममा 
ज्योतिपाक अभिनव उड्डीयमान (पृष्ठ ५) 

सुनसानको निष्कटंक तिमिर शासनमा आनो 
सर्वस्वरूपको विध्वंसको विलासले 
शक्तिमातको अत्यानन्दिता 
सकल जगत् देख्थी स्वशक्तिचूर्ण 
लाग्थ्यो निशालाई तर त्यस बेला 
महाशासनको प्रतिभाको मात
ऊ भन्दथी मेरो छैन विरोधी ज्योति (पृष्ठ ६) 

हेर विरोधी दलहरू मेरा 
ती उड्ड अभिधेय दूरतामा स्वर्गका 
पिलपिल । ... ती अशक्त नपुंसक ज्योति । 
दुनिया“ गर्दछ तिनको आराधना 
मन्त्रले अझ  । बेकार ⁄ ... तर मेरो 
प्रबल तिमिरसिंह शासन निष्कंटक छ 
मृत महावीर झैं, दुःस्वप्नका शहीद ती ज्योति 
छटपटाउ“छन् बेकार स्मृति झैं दुर्बल
मानो दुनिया“मा फेरि झर्न...
यो मेरो महाप्रबन्ध ⁄ यो मेरो निष्कण्टक शासन । (पृष्ठ ६)
यसरी निष्कण्टक भनी घोषणा गरेको राज्यमा वाल्मीकि झैं तपस्वी नवयुगको खोजीमा रहेको यथार्थलाई पनि उनले यसमा वर्णन गरेका छन् । त्यस्तो तपस्याले सम्पूर्ण स्वर्गीय राज्य हल्लाएको भन्दै उनले प्रजातन्त्र–प्रभातका लागि नव–तपस्वीको खा“चो परेको र त्यसलाई प्रमिथसले पूरा गरेको देखाएका छन् ।
प्रथम अग्निचोर प्रमिथसले 
जङ्ग्याए तानाशाही स्वर्गपति ती 
महादेव असहनप्रकृति रुद्र क्षोभ (पृष्ठ १२)
‘प्रमिथस’को दोस्रो अध्यायमा देवकोटाले राजा, दरबार र तिनको विशेषताको वर्णन गर्दै आनो गद्दी रक्षा गर्न राजाले जे पनि गर्छन् भन्ने दृष्टान्त प्रस्तुत गरेका छन् । 
अत्याचारी क्रूर अतिबली भूपति, 
सुवर्ण महलमा गुलाबसेज, 
मदिरामस्त, सुन्दरीप्रशस्त, 
विजित–सपत्न, सपनामा सुमधुर 
अचेत बनेझैं महाभूकम्पको, पलपछि 
जसले बनाउनु छ लूलिढेर दरबार (पृष्ठ ३०)

भयले कंसले बालहत्या गरे 
भय छ क्षत्रियहरूको समर–बल । 
भय छ एक उत्तेजक हरामज्यादा शक्ति 
भय नै हो सङ्ग्रामशूर । 
आनो नामेटको त्रासले बनाउ“छ मानव
शूर, क्रूर, क्रोधाग्रि, चूर । 
राजशक्ति हो भयको भयङ्कर प्रबन्ध (पृष्ठ ३०) 
देवकोटाका पछिल्लो चरण (२००४–२०१६) का कविताहरूमा क्रान्तिचेत, विद्रोह–चेत र गणतान्त्रिक चेत प्रशस्त पाइन्छन् भने उनका यस चरणका कतिपय यस्ता कविता त्यतिखेरका पत्रिकामा छरिएर रहेका छन् । अझ कतिपय कविता त अप्रकाशित नै पनि रहेका पाइएका छन् । 
दवकोटापछिका सशक्त गणतन्त्र चेतनाका कवि युद्धप्रसाद मिश्र हुन् । मिश्रमा पाइने प्रबल क्रान्तिकारी चेतनाले गर्दा उनी घोषित रूपमा नै गणतन्त्रका कविका रूपमा परिचित हुन पुगेका छन् । मिश्र २००७ सालको क्रान्तिस“ग सन्तुष्ट थिएनन् । उनी नेपाललाई जनताको राज्य भएको हेर्न चाहन्थे र त्यसका लागि सामन्ती राजको समूल अन्त्य होस् भन्ने चाहना राख्थे । त्यसैले २०१० सालमै उनी लेख्छन् :

रगत सिंगान गरी हाम्रो लगाएको बगैंचामा 
मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि 
सबैले न्याय पाउन बताएको थियो देश 
खरानी त्यो कुरा भो सब धु“वा कालो छुट्यो फेरि 
(युद्धप्रसाद मिश्रका कविताहरू ः मसानको आवाज, पृष्ठ १०) 
युद्धप्रसाद मिश्रले सामन्ती राजतन्त्र र त्यसको निरर्थकतालाई धेरै पहिले नै बुझिसकेका थिए, दरबारको शोषणलाई उनले समयमै चिनेका थिए र त्यसका लागि क्रान्तिकारी चेतनालाई अझ बलियो पार्नु पर्ने कुरा समयमै पहिचान गरेका थिए । त्यसैले उनी लेख्छन् :

छाप्रो चाहि“ हु“दैछ दिन्दिन खत्तम् दर्बार चाहि“ खडा 
बारीका तटबाट बग्दछ कुलो रित्तो छ हाम्रो घडा 
(क्रान्तिकारीको नाममा एउटा तार : पृष्ठ ११)

युद्धप्रसाद मिश्र निर्भीक कवि हुन् । २०१७ सालपछि देशमा राजाको निरङ्कुश शासन चलिरहेको थियो तापनि मिश्रले चाहि“ नेपालको गणतन्त्रको भविष्य देखिसकेका थिए । उनले मध्ययुगीन सामन्तीतन्त्रको अवशेषका रूपमा रहेका राजा–महाराजाहरू यस धर्तीमा नरहने भविष्यवाणी गर्दै लेखेका थिए :

यो सङ्ग्राम महान्को विजयश्री भोका र नाङ्गाप्रति 
यौटासम्म पनि रहन्न अब यो धर्तीमहा“ भूपति 
(भविष्य पृष्ठ २७) 

मिश्रले नेपालीहरूमा चेतनाको उद्भव भएको कुरा छर्लड्ड देखेका थिए । त्यसैले उनका प्रायः सबै कवितामा नेपाली युवा पुस्तामा आइरहेको जागृति चेत र नेपाली समाजले चाहिरहेको परिवर्तनलाई सङ्केत गर्दै लोकतान्त्रिक गणतन्त्रको सन्देश प्रस्तुत गरेका छन् । 

भूपि शेरचनका जीवनमा वैचारिक उथल–पुथल पाइए पनि उनका सिर्जनामा लोकतान्त्रिक स्वर तिख्खर रूपमा व्यक्त भएको पाइन्छ । उनका कतिपय कवितामा गणतन्त्रको स्वर पनि प्रवाहित भएको छ । प्रारम्भका ‘निर्झर’ र ‘झ्याउरे’ कवितासङ्ग्रहका कविता शैलीशिल्पका दृष्टिले कमजोर प्रतीत भए पनि विचारधाराका दृष्टिले सशक्त रहेका छन् भने ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहका कविताहरू विचार र शिल्पको उपयुक्त सन्तुलन पाइन्छ । यस सङ्ग्रहका ‘सधै“–सधै“ मेरो सपनामा’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘घण्टँघर’, ‘नया“ वर्ष’ जस्ता कवितामा सा“चो लोकतन्त्रको खोजी गरिएको पाइन्छ भने ‘हामी’ कवितामा जनतालाई ‘पानीको थोपा’ ‘लिलिपुट’, ‘क्यारमबोर्डका गोटी’, ‘एकलव्य’ र ‘पाइताला’ बनाउने र व्यक्तिविशेषलाई देवता मानी पुज्ने सामन्ती प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । ‘सर्पको खोजीमा’ कवितामा कविले देशलाई डस्ने सर्पको खोजी गरेका छन् । उनले स्वास्थ्य, शिक्षा, आर्थिक, सांस्कृतिक, प्राकृतिक सबै पक्षलाई डस्ने सर्पको खोजी गरे पनि त्यस्तो सर्पको दुलाभित्र खोजी गर्दा झन् ठूलो दूलोमा, दुलोबाट भागेर पर्खालमा, पर्खाल भत्काउ“दा अग्ला पर्खालभित्र पसेको र त्यो भत्काउन नसके पनि देशलाई डस्ने सर्पलाई मार्न पर्खाल कुरेर बसेको कुरा बताएका छन् । कवि भन्छन् :

काठमाडौं÷अझ भनौं 
यो सिड्डो देश नै दिन । 
परदिन÷कालो–नीलो हु“दै गइरहेछ । 
सर्पदंशित मान्छे झैं । 
....
म सर्पको खोजीमा छु÷हो, 
म ती विषालु सर्पको खोजीमा । धेरै 
अघिदेखि हिंडिरहेछु । 
... अझै सर्पको खोजी गर्दै गरेको प्रसङ्ग अघि बढाउ“दै कवि लेख्छन् :

नदेखिएका पनि होइनन् ती अ“ध्यारामा÷तर 
मेरो प्रहारभन्दा अघि÷ती दुलाभित्र पस्थे÷दुला भत्काउ“थे÷तर÷झन् ठूलो दुलाभित्र पस्थे ।
तिनलाई पनि नभत्काएको होइन मैले÷तर÷मैले पछ्याउ“दा–पछ्याउ“दै 
पनि÷ती भागेर पर्खालभित्र पसे÷पर्खाल भत्काए“ । तर, अफशोच ⁄ 
ती यति अग्ला पर्खालभित्र पसे÷जसलाई म÷न उक्लिन सक्छु । 
न भित्र पस्न सक्छु । 

अझै अगाडि कवि लेख्छन् :

मलाई थाहा छ÷व्यर्थ छ मेरो अभियान÷सर्प मार्नु ता परै जाओस् । 
बरु कुनै पनि क्षण÷म आफैं डसिन सक्छु÷तैपनि बसेको छु 
म पर्खाल कुरेर÷पर्खाल घुरेर÷कारण मलाई खोजी छ ती 
सर्पको÷जसले यो सुन्दर देशलाई बारम्बार डसिरहेछ÷डसिरहेछ÷डसिरहेछ ।। 
(सर्पको खोजीमा) 

‘सर्पको खोजीमा’ कविता कवि भूपिको प्रतीकात्मक प्रस्तुति हो । यस कवितामा कविले बारम्बार देशका सबै क्षेत्रलाई डस्ने सर्पको खोजी गरी त्यसको अन्त्य गर्नु पर्ने सन्देश प्रस्तुत गरेका छन् । केवलपुरे किसान नेपाली प्रगतिवादी धाराका कवि हुन् । सरल भाषामा आनो काव्यवाणी प्रस्तुत गर्ने किसानका एक दर्जन जति काव्य–कृति प्रकाशित छन् । किसानले सात सालको सन्धि र २०४६ सालको सम्झौतालाई अपूर्ण ठान्दै देशमा सा“चो क्रान्ति अहिलेसम्म हुन नसकेको भन्दै गणतन्त्रतर्फको आनो आकाङ्काक्षालाई कवितामा व्यक्त गरेका छन् । कवि भन्छन् :

सात सालको त्यो सम्झौता दिल्लीतिरै भाथ्यो
नेपालको झिटीझाम्टी उतैतिर गाथ्यो । 
ऐले चाहि“ यहा“ भयो फरक यति मात्रै 
वाक्कलाग्दो यो सम्झौता पर्प¥याइ“दो का“च्चै । 
(देउरे सलाम र दाहिने सलाम) 

यसरी नेपालका दुईवटा आन्दोलन सम्झौतामा टुड्डिएका सन्दर्भमा कवि अबको क्रान्ति गणतान्त्रिक हुने सन्देश पनि आना कवितामा दिन पुग्छन् । धोकापूर्ण आन्दोलनका विरुद्ध अर्को क्रान्ति गर्नु पर्ने र त्यो चाहि“ गणतन्त्रका दृष्टिले पूर्ण हुनुपर्ने धारणा पनि आना कवितामार्फत् उनले प्रस्तुत गरेका छन् । कविले लेखेका छन् :

तेस्रो क्रान्ति किन र कसरी रोकियो जान्नुपर्छ 
अर्को क्रान्ति अब सुरु हु“दा डङ्डङ्ी हान्नुपर्छ 
(डङ्डङ्ती हान्नुपर्छ) 
क्रान्ति ज्वाला पटपटी फ्टुनपर्छ 
मेची काली स“गस“गै उठ्नुपर्छ 
सम्झौताहीन क्रान्ति नै गर्नुपर्छ 
धेरै–धेरै क्रान्ति फूल छर्नुपर्छ 
(शङ्कै–शङ्का) 
जाली दानवका कठोर र तिखा कानुन कटाइकन 
सारा मानिसलाई प्रेम गर्दै राम्रो चलन ल्याउन 
गाउ“मा बढ फूर्तिसाथ डट लौ सब चेतनाले भर 
भिक्षाले हक पाइ“दैन बुझ लौ सङ्घर्षको ठीक् गर । 
(सङ्घर्षको ठीक गर) 

नेपाली जनताले रगतको मूल्य चुकाएर ल्याए पनि २०४६ सालको क्रान्ति अपुरो र अधुरो रहेको भन्दै गणतन्त्र नआईकन सहिदको रगतको रगतको वास्तविक मूल्य र महत्ता नहुने ठोकुवा गरेका छन् । कविले भविष्यवाणी गर्दै लेखेका छन् :
 
आउ“दैन र सत्र साल निश्चित टुङ्गो क्यै छ ⁄
रक्सी चैं गयो भनौं बोतल बट्टा त्यै छ ⁄⁄
माछो–माछो भन्दाभन्दै भ्यागुतो पो आयो ⁄
सहिदको त्यत्रो रगत भन्नुस् कसले खायो ?⁄⁄
(देउरे सलाम र दाहिने सलाम) 
यसरी २०१७ साल दोहोरिन सक्ने संभावनालाई देखाउ“दै कविले अबको क्रान्ति चाहि“ गणतन्त्रकै लागि हुनुपर्ने कुरामा आनो दृढ अठोट प्रस्तुत गरेका छन् । 
जगदीशशमशेर राणाको ‘नरसिंह अवतार’ गणतन्त्रका सन्दर्भमा महŒवपूर्ण काव्य–सिर्जना हो । काव्यको विषयवस्तुका सन्दर्भमा कविले लेखेका छन् :
अत्याचार र प्रजापीडन वा तानाशाही नै काव्यको मूल विषय हो ... (पृष्ठ १३९) 

... यत्तिकैमा तानाशाही पन्जाले बालक प्रजातन्त्रलाई अचानक झम्टिएर लग्यो । परिस्थितिले पल्टा खायो । तानाशाही ओइरियो, उही पद्धति, उही दरबार र दरबारिया, उही राणामध्ये प्रतिक्रिया र प्रतिशोधको भावना लिनेको चहलपहल र चकचकी, उही भारदारी हातमोलाइ, उही ठालु र जिम्मावालको रजाइ“ । झन् अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको मुलुकमा भातृ दमनको लागि हतियार प्रशस्त उडेर आए, लोभानीपापानीको लागि मुरीका मुरी धन थुप्रियो । माकुराधागे आर्थिक स्थितिमा रहेका लाचार देशवासी प्रजापीडनको साधन बने– पुर्जा, केवल पुर्जा, यो विराट् मान्छेको रगत फेर्ने र वंशपरिवर्तन गर्ने अत्याचारी यन्त्र फलामे पुर्जा । 
(पृष्ठ १४०) 
यसरी निरङ्कुशता र तानाशाहको विरुद्धमा लेखिएको यस काव्यमा मिथकको प्रस्तुति भए पनि कविले प्रायः सबै सन्दर्भमा समकालीन नेपाली समाज, राजतन्त्र र त्यसका विरुद्ध जुर्मुराउ“दै गएको चेतनालाई प्रस्तुत गरेका छन् । ‘आठवटा’ शीर्षकमा बा“डिएको प्रत्येक सर्गको अन्त्यमा कविले अन्याय–अत्याचारका विरुद्धको चेतना बढेको र त्यसले तानाशाही र प्रजापीडकलाई बढाएर लैजाने सन्देश प्रस्तुत गरेका छन् । उदाहरणका लागि :
 
हिजोसम्म सही बस्ने आज सबै जागे 
किन ? कसो ? कहा“ ? कैले ? सबै सोध्न आ“टे 
निख्रिएको रगतमा आज चढ्यो लाली 
हिजोसम्म तिम्रो पालो अब हाम्रो पाली । 
(पृष्ठ ५१)

जल्यो सृष्टि–उठ तिमी जुर्जर–छाड कुर्सी 
ओइ¥यौं सब ग्वाग्र्वार मर्न तम्स– मार्न तम्स 
हल्ल्यो जगै–ढलपल बस्ती 
होस्टेहैंसे सबै तिमी 
इन्कलाव जिन्दावाद ⁄ जिन्दावाद ⁄ जिन्दावाद ⁄⁄
(पृष्ठ ७९)

अब त सबैले उठाएका छन् आ–आना औैजार 
थालेका छन् निरन्तर कुट्न, काट्न र छा“ट्न 
समस्त आलोक 
आविष्कारपछि आविष्कार 
र दृष्टि र सृष्टिका सहस्र प्रस्फुरण 
कु“द्न छाडेका छन् सालिक र मूर्ति 
पढ्न छाडेका छन् स्तुति र प्रशस्ति 
फा“ड्न थालेका छन् विधिविधानका महाजाल 
ब्यू“झाइको नया“ जिन्दगीमा 
खोज्न थालेका छन् मान्छेका मुहान । 
(पृष्ठ ९०)
यसरी पञ्चायती निरंकुशताका समयमा मिथकको आवरणमा तानाशाहीको विरोध गर्दै गणतन्त्रको स्वर उराल्ने कार्य कविले यस काव्यमा गरेका छन् । 
पारिजातका पछिल्लो चरणका कविताहरू प्रगतिवादी चेतनाले भरिएका छन् । उनका कवितामा नारी र दमितहरूको स्वर मुखरित भएका छन् र समावेशी लोकतन्त्र (पूर्ण लोकतन्त्र) विना तिनको मुक्ति नहुने कुरा प्रस्तुत भएका छन् । यस दृष्टिले पारिजातका कवितामा गणतन्त्रको सन्देश पाइन्छ तापनि गणतान्त्रिक नेपालको मुख्य अभिव्यक्ति चाहि“ उनको ‘एउटा निमुखा बूढाको भविष्य’ कवितामा भएको छ । यस कवितामा उनले राजतन्त्रलाई ‘निमुखा बूढो’को प्रतीकका रूपमा प्रस्तुत गरेकी छिन् र त्यसको अन्त्यका लागि युवाहरूलाई आव्हान पनि गरेकी छिन् ः 
त्यसैले ए युवा मनहरू हो 
हुरी र आ“धीको वेगहरूस“ग निखारिएर आऊ 
या त ज्यानमारा भावीको 
परम्परामा हत्या गरिदेऊ 
संस्कारमा हत्या गरिदेऊ 
धर्ममा भए त्यहीं हत्या गरिदेऊ 
महान् वाणीहरूमा पनि हत्या गरिदेऊ 
(पृष्ठ ६०) 
पारिजातको यस कवितामा राजतन्त्रको भविष्य फाइल, सडक, योजना, भाइ–भारदार, ऐश्वर्य, विलाश र विदेशी बैंकहरूमा फलेर र फुलेर बस्ने हुनाले तिनको अन्त्य गर्न मुक्ति आन्दोलन गर्नु पर्ने आवश्यकतालाई औंल्याइएको छ । त्यसैले कवितामा भनिएको छ :

यो भविष्य 
एउटा विन्तिपत्र लेखेर 
अलिकति घुस खुवाएर, सोर्सफोर्स लगाएर 
अथवा एक झरी वर्षाजस्तो एक झर नारा लगाएर हुने होइन 
दुई चार जना मान्छे मारेर पनि हुने होेइन 
त्यसैले ए जागरुक युवा पाखुराहरू हो ⁄
....
या त व्यवस्थालाई टक्टाउन थाल 
या त व्यवस्थालाई हिसाब माग 
यो त पसिनामा नुहाउनेहरूको 
मुक्ति आन्दोलन हो 
यो त एउटा वर्गको नै भविष्यको ग्यारन्टी हो 
यो त एउटा भीषण युद्ध हो । 
(पृष्ठ ६०–६१)
हरिभक्त कटुवालका कतिपय कविताहरूले समकालीन सन्दर्भप्रति असन्तुष्टि व्यक्त गर्दै भोलिको उज्यालोको सङ्केत गरेका छन् । ‘आजको तन्नेरी’ कवितामा कविले युवा पुस्तालाई ‘मृत्युुलाई पनि जित्नुपर्छ’ भन्ने सन्देश दिएका छन् । त्यसै सन्दर्भमा उनले लेखेका छन् :
अब यहा“ कुनै तन्नेरी कसैको लाश कुरेर जिउ“दैन 
अब यहा“ कुनै तन्नेरी कसैको लाशभित्र जिउ“दैन । 
यसरी यस कवितामा मक्किसकेको पुरानो व्यवस्थालाई कुरेर नबस्ने तन्नेरीहरूलाई आव्हान गरिएको छ भने ‘रहर’ कवितामा मरेका दिनको इतिहास पढ्न नचाहने युवाको चाहनालाई प्रस्तुत गरिएको छ । कवितामा भनिएको छ :

बा, पाठशाला जान्न म 
इतिहास पढाइन्छ त्यहा“ मरेका दिनहरूको । 
.....
रहर छैन मलाई बा“चिदिने 
केवल इतिहासका पानाहरूमा 
मैले त बा“च्नुपर्छ आउने दिनहरूमा 
इतिहासको गतिलाई उछिनेर 
इतिहास भन्दा बढी असल केही भएर 
त्यसैले बा, पाठशाला जान्न म 
इतिहास पढाइन्छ त्यहा“ मरेका दिनहरूको । 
....
इतिहासको ठेली होइन 
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई 
योजनाले होइन 
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई 
र गर्नु छ भुक्तान जम्मै 
धरतीले बोकाएका ऋणहरूको 
(रहर : पृष्ठ ७)

मोदनाथ प्रश्रित चर्चित प्रगतिवादी कवि हुन् । उनका पछिल्ला चरणका प्रायः कविताहरूमा लोकतान्त्रिक र गणतान्त्रिक स्वर सशक्त रूपमा प्रवाहित भएको पाइन्छ । उनको ‘गोलघरको सन्देश’ काव्य गणतान्त्रिक चेतनाले भरिएको काव्य हो भने ‘देवासुर सङ्ग्राम’ पूर्वीय पुराकथामा उनले सामन्तवादको अन्त्यको सन्दर्भ उल्लेख गर्दै आगामी युग राजतन्त्रको नभई गणतन्त्रको युग हो भन्ने सन्देश प्रस्तुत गरेका छन् । मोदनाथ प्रश्रितका ‘संकलित रचनाहरू खण्ड १ र २’ मा संकलित काव्यकृति र त्यसभन्दा पछि रचना गरिएका कविताहरूमा पनि गणतान्त्रिक चेतना सशक्त रूपमा प्रस्फुटन भएको पाइन्छ । उनी राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्तिका लागि सङ्घर्षरत कवि हुन् र उनका काव्य–कृतिहरूमा यस चेतनाले नै पर्याप्त स्थान र महŒव पाएको छ । 
प्रश्रितको गणतान्त्रिक स्वर ‘प्रजातन्त्र दिवस आयो’, ‘बन्दुकको नालबाट शान्ति जन्मन्छ’, ‘आओ एकपल्ट सब मिलेर रोइदिउ“m’, ‘पार गर्नुछ लामो बाटो’, ‘जेलभित्र’, ‘मुसातन्त्र अमर रहोस्’, ‘जब फागुन ७ आउ“छ’, ‘ए– यो थोत्रो भोटो कसको ?’, ‘वीरहरूको युद्ध’, ‘देशको कथा’ जस्ता कवितामा सशक्त रूपमा मुखरित भएको छ । ‘बन्दुकको नालबाट शान्ति जन्मन्छ’ कवितामा कवि भन्छन् :

आफ्नो  युगानुयुगको हिंसा बचाउन 
हामीमाथि अभियोग थुपार्नेहरू 
तिम्रो संहारको हिंसा हाम्रो सप्ताह यज्ञ हो 
पुस्ता–पुस्तासम्मको विध्वंशका ठेकेदार बन्न खोज्नेहरू 
तिम्रो समग्र विध्वंस हाम्रो युगान्तरको महोत्सव हो 
(संकलिन रचना, भाग १, पृष्ठ १०८)

प्रगतिवादी धाराका कवि रामचन्द्र भट्टराई र ऋषिराम न्यौपानेका कविताहरूमा पनि गणतन्त्रको चेतना पाइन्छ । आधा दर्जन जति कविता–सङ्ग्रह र काव्य प्रकाशित गरेका भट्टराईका प्रारम्भका कवितामा नै गणतान्त्रिक–प्रगतिवादी चेतना पाइन्छ भने पछिल्लो चरणका उनका कवितामा गणतन्त्रको चेतना झन् बढी तिख्खर हु“दै गएको पाइन्छ । गीति लयका धनी भट्टराईले आनो कवितामा निरंकुशताको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको चेतनालाई सशक्त रूपमा उतार्ने कार्य गरेका छन् । लगभग दर्जनभन्दा बढी काव्य–रचना गर्ने कवि ऋषिराम न्यौपानेका कविताको मूल स्वर प्रगतिवादी रहेको छ र उनका कवितामा सामन्ती सत्ताको अन्त्य र गणतन्त्रको स्थापनाको चाहना व्यक्त भएको पाइन्छ । 
मोहनविक्रम सिंह प्रगतिवादी धाराका कवि हुन् । ‘इन्कलाव जिन्दावाद’, ‘गङ्गाकावेरी एक्सप्रेस’, ‘झिम्रुक नदी र चिबेचराको कथा’, ‘आदि विद्रोह’, ‘तुफानको संगीत’, ‘युग नृत्य’ जस्ता काव्यकृति प्रकाशित गरेका कवि सिंहका कवितामा गणतन्त्रको चेतना मुखरित छ र उनी सामन्ती–चेतना र चिन्तनविरोधी–गणतन्त्रवादी–प्रगतिवादी कवि हुन् ।
भवानी घिमिरेका कविताहरू ‘स्मृतिका रेखाहरू’ शीर्षकको सङ्ग्रहमा सङ्ग्रहित छन् । निर्भीक अभिव्यक्ति भएका घिमिरे प्रगतिवादी कवि हुन् र उनका कवितामा निरंकुशतन्त्रको अन्त्य र गणतन्त्रको चेतना अभिव्यक्त भएको पाइन्छ । 
बैरागी काइ“लाका कवितामा गणतन्त्रको स्वर कतै प्रत्यक्ष रूपमा त कतै व्यञ्जनात्मक रूपमा अभिव्यक्त भएको पाइन्छ । उनका ‘पर्वत’ ‘हाट भर्ने मानिस’ जस्ता कवितामा स्वतन्त्रता र न्यायको स्वर मुखरित हुन पुगेको छ । यी कवितामा उनले मानिसको अस्तित्व स्वतन्त्रतामा प्राप्त हुने कुरा देखाएका छन् । मातेको ‘मान्छेको भाषण मध्य रातपछिको सडकसित’ कवितामा कवि गणतन्त्रको खोजी गरिरहेका भेटिन्छन् । कवि पारिवारिक (वंशानुगत) शासनका विरुद्ध यसरी हुङ्कार गरिरहेका छन्  :

तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने 
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित 
यी ठूला–ठूला बिल्डिङका पेटीहरू 
मात्र कोतपर्वका विजेताका 
मात्र शासन गर्ने परिवारका 
प्रशस्ति र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्ना जस्ता 
यी पेटीहरूलाई 
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर 
तिमीले च्यातिदेऊ–फाट्टिदेऊ...
कोलम्बसका पैतालाले 
यस सडकमाथि टेक्न पाउनुपर्छ ⁄
यौटा विद्रोहले यहा“ शिर उचालेर हिंड्न पाउनु पर्छ 
(मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित, पृष्ठ ४५) 

वैरागी काइ“लाको गणतान्त्रिक चेत पछिल्लो चरणका उनका कवितामा प्रबल रूपमा प्रकट भएको पाइन्छ । 

पछिल्लो पुस्ताका कवि र गणतन्त्रको स्वर 
२०१७ सालमा पञ्चायती निरङ्कुशता लादिएपछि नेपाली राजनीतिमा राजतन्त्रप्रतिको वितृष्णा पहिलेभन्दा बढी मात्रामा देखाप¥यो । २०१७ पछि राजनीतिक पार्टीहरू प्रतिबन्धित मात्र भएनन्, यिनका नेता तथा कार्यकर्ता भूमिगत बस्न वा निर्वासित बन्न बाध्य भए । २०१७ पछि कविहरू व्यङ्ग्य र प्रतीकका माध्यमबाट निरङ्कुशतन्त्रका विरुद्ध आना अभिव्यक्तिहरू प्रस्तुत गर्न थाले । युद्धप्रसाद मिश्र, भूपि शेरचन, बैरागी काइ“ला, भवानी घिमिरे, विजय मल्ल, हरिभक्त कटुवाल प्रभृत्तिका कविहरूका सिर्जनालाई यसै सन्दर्भमा हेर्नुपर्ने हुन्छ । यस अवधिमा प्रयोगवादी भनिने कविहरूमा राजतन्त्रविरुद्धको चेतना प्रकट हुन सकेको पाइन्न । प्रयोगवादी कवि मोहन कोइरालाको कतिपय कवितामा निरङ्कुशतन्त्रका विरुद्ध व्यङ्ग्य प्रस्तुत गरे पनि गणतन्त्रका पक्षमा उनले स्पष्ट रूपमा आवाज प्रस्तुत गर्न सकेको देखिंदैन । २०३० पछि साहित्यिक आन्दोलनमा नवपुस्ताहरूको आगमन प्रारम्भ भयो भने पुराना पुस्ताका कविहरू पनि कविताको जनपक्षीय स्वरूपलाई स्वीकार गर्दै सरलताको खोजी गर्न थाले । ‘झापा विद्रोह’ र ‘चौथो महाधिवेशन’का कारण युवा पुस्तामा राजनीतिक चेतनाको वीजारोपण हुन थाल्यो भने नवचेतनाको खोजीका कारण प्रजातान्त्रिक युगतर्फको सचेततामा पनि बृद्धि हुन थाल्यो । ‘राल्फा’, ‘अस्वीकृत जमात’, ‘अमलेख’, ‘बुट पालिस’ जस्ता आन्दोलनहरूको विकास र ती आन्दोलनमा लागेका स्रष्टाहरूमा प्रवेश पाएको साम्यवादी र लोकतान्त्रिक चेतनाकै कारण २०३० पछिको सिर्जनामा क्रमशः विद्रोह र क्रान्तिको स्वर मुखरित हुन पुग्यो । २०३६ सालको राजनीतिक आन्दोलन र त्यस आन्दोलनको प्रभावले जन्मिएको ‘सडक ः कविता क्रान्ति’ र ‘सडक नाटक अभियान’ तथा भूमिगत राजनीतिक पार्टीका खुला प्रकाशन ‘झिसमिसे’, ‘सङ्कल्प’, ‘वेदना’, ‘शृङ्खला’, ‘उत्साह’, ‘हल्कारा’ लगायतका पत्रपत्रिकाका कारण कविहरूमा लोकतन्त्रको चेतनाउन्मुख हुने वातावरणको निर्माण ग¥यो । यसकै कारण मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेदेखि नवपुस्ताका अशेष मल्ल, कणाद महर्षि, किशोर पहाडी, नारायण ढकालसम्मका कविहरू एकै ठाउ“मा जम्मा भए भने युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, पारिजात, मोहनविक्रम सिंह, आनन्ददेव भट्ट, दुर्गालाल श्रेष्ठ, ऋषिराम न्यौपाने, रामचन्द्र भट्टराई, मञ्जुल, कुन्ता शर्मा, विमल निभा, विक्रम सुब्बा, पूर्ण विराम, राजव, हरिगोविन्द लुईंटेल, अनिल पौडेल, वासुदेव अधिकारी, मित्रलाल पंज्ञानी, विजय सुब्बा, मीनबहादुर विष्ट, यज्ञराज प्रसाईं, हीरा आकाश, डा. जगदीशचन्द्र भण्डारी, ईश्वरचन्द्र ज्ञवाली, कृष्णसेन इच्छुक, आहुति, मातृका पोखरेल, राम विनय, हरिहर खनाल, पोषराज पौडेल, दिल साहनीलगायतका कविहरू प्रगतिवादी सिर्जनामार्फत् लोकतान्त्रिक चेतना प्रस्तुत गरिरहेका थिए । २०३६ सालकै सेरोफेरोमा बेञ्जु शर्मा, विष्णुविभु घिमिरे, मञ्जु का“चुली, किशोर पहाडी, जीवन आचार्य, विधान आचार्यलगायतका कवितामा लोकतन्त्रको चेतना प्रकट भएको थियो भने २०४० पछि लिखत पाण्डे, भीष्म उप्रेती, प्रल्हाद पोखरेल, जड्डव चौहान, ललिजन रावल लगायतका कविहरूले निरङक्शुतन्त्रका विरुद्ध कविता सिर्जना गरे । यी कविताहरूमा गणतन्त्रको प्रत्यक्ष रूपमा स्वर मुखरित नभए पनि गणतन्त्रको चेत भएका प्रशस्त कविता यिनका सङ्ग्रहहरूमा पाइन्छन् र यिनले पछिल्लो दशकमा गणतान्त्रिक चेतनाका कविता–रचना गर्नका लागि पृष्ठभूमि निर्माण गरेका छन् । 
चालीसको दशक नेपाली राजनीतिमा महŒवपूर्ण दशकका रूपमा रहेको छ । २०४६ सालको आन्दोलनले राजतन्त्रको निरङ्कुशतालाई अन्त्य ग¥यो र देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । २०४६ सालको आन्दोलनका सन्दर्भमा प्रकाशित ‘वसन्तको खोजी’ तथा त्यसकै सेरोफेरोमा प्रकाशित ‘पग्लेर पनि तिम्रो मुटुबाट’ (सं. जड्डव चौहान), ‘आन्दोलन कविता’ (सं. रुद्र खरेल) र ‘सहिद÷कविता’ (सं. जड्डव चौहान) जस्ता सङ्ग्रहहरू पनि उल्लेख्य रहेका छन् । ‘आन्दोलन कविता’ नाम दिइएको यस काव्यिक आन्दोलनकै कारण स्रष्टाहरूले पनि आन्दोलनलाई सहयोग पु¥याउन सक्छन् भन्ने सन्देश प्रवाह ग¥यो भने आम जनतालाई नया“ बाटो देखाउने कर्ममा स्रष्टाहरूको भूमिकालाई पनि महŒव प्रदान ग¥यो । २०५० सम्मका सिर्जनामा कविहरूले आन्दोलन, लोकतन्त्र र नया“ समयमा नेता र पार्टीको भूमिकाकै विषयमा कविता सिर्जना गरिरहे पनि कतिपय कविहरू भने सिर्जनाको विषयवस्तु सकिएझैं बनी चुपचाप रहे । 
२०५० को दशक नेपाली राजनीतिमा उथलपुथलकारी दशकमा रूपमा रह्यो । लोकतन्त्रका लागि समर्पित जनताले आन्दोलन गरी ल्याएको बहुदलीय प्रजातन्त्र कालमा भ्रष्टाचार बढ्यो, पदलोलुपता र सांसद किनबेचलगायतका घटनाहरू भए भने दरबारले अनेकौं षड्यन्त्र गरी फुटाउने र जुटाउने लगायतका कार्यहरू ग¥यो । दरबारको यस षड्यन्त्रलाई चिन्न नसक्दा राजनीतिक पार्टीका नेताहरूले क्रमशः गल्ती गर्न पुगे भने कार्यकर्ता र जनतामा एक प्रकारको निराशा व्याप्त भयो । राजनीतिक मुद्दा लिएर गएका माओवादी कार्यकर्ताका मागहरूको बेवास्ता भयो, जसले गर्दा माओवादी पार्टीले सशस्त्र विद्रोहको सुरुआत ग¥यो । दरबार हत्याकाण्ड भयो र राजा ज्ञानेन्द्र सत्तासीन बने । २०५९ असोज १८ मा राजाले देशमा रहेको सीमित प्रजातान्त्रिक अधिकारलाई बन्देज गरे र जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी शासन आनो हातमा लिए । २०६१ माघ १९ गतेपछि त देशमा राजनीतिक पार्टीहरूको सीमित क्रियाकलापसमेत बन्द गरी निरङ्कुशतन्त्र पूर्ण रूपमा लादियो । 
२०५२ सालमा प्रारम्भ माओवादी विद्रोहले चा“डै नै देशव्यापी रूप ग्रहण ग¥यो । त्यसले देशका निम्न वर्ग, जनजाति र महिलाका समस्यालाई मात्र संबोधन मात्र गरेन, तिनलाई आनो आन्दानेलनको वरिपरि गोलबन्द पनि ग¥यो । राज्यले माओवादीका नाममा निशस्त्र जनतामाथि दमन बढायो । यसरी ५० को दशकमा देश सशस्त्र द्वन्द्वको मारमा प¥यो भने नेपाली जनता पहिले कहिल्यै नभोगेको पीडा, दमन र हत्या बेहोर्न बाध्य भए । 
राजनीतिमा देखापरेको यस उथलपुथलको प्रभाव कविहरूमा पनि प¥यो । नेपालमा पहिले कहिल्यै यति चर्को रूपमा नउठेको गणतन्त्रको स्वर पहिलोपटक नेपाली आकाशभरि फिंजियो । युवा विद्यार्थीले सडकमा गणतन्त्रका पक्षमा गगनभेदी नारा लगाए । राजनीतिक नेताहरू पहिलोपटक गणतन्त्रका विषयमा बहस गर्न राजी भए र बिस्तारै नागरिक समाज पनि गणतन्त्रका पक्षमा खुलेरै लाग्यो । देशका प्रमुख राजनीतिक पार्टीहरूले आनो नारा नै गणतान्त्रिक नेपालतर्फ लक्षित गरे । यसरी ५० को दशकको अन्त्यसम्म आइपुग्दा नेपालमा गणतन्त्रको चेतनामा तीब्रता आयो । कविहरू पनि यस चेतनाले उत्साहित बने । जसले गर्दा गणतान्त्रिक कविताको सिर्जना–यात्रा प्रारम्भ भयो । गणतान्त्रिक कवि–गोष्ठीहरू आयोजना गरिए भने प्रलेस, नेपालले आयोजना गरेका कविगोष्ठीहरूमा गणतन्त्र चेतना तिख्खर रहेका कविताहरूको वाचन हुन थाल्यो । धरणीधरले प्रारम्भ गरेको गणतान्त्रिक कविता सिर्जना–यात्रामा सयौं कविहरू सामेल हुन पुगे र सबै विचारका कविहरू एउटै गणतान्त्रिक आवाजमा समाहित हुन पुगे । 
५० को दशकमा गणतन्त्रको पक्षमा कविता लेख्ने कविहरू विमल निभा, कृष्णसेन ‘इच्छुक’, ईश्वरचन्द्र ज्ञवाली, रामप्रसाद ज्ञवाली, मातृका पोखरेल, वेञ्जु शर्मा, मञ्जु का“चुली, विष्णुविभु घिमिरे, भवानी घिमिरे, वियोगी बुढाथोकी, पूर्णविराम, अर्जुन पराजुली, मित्रलाल पंज्ञानी, विजय सुब्बा, रामविनय, कुसुम ज्ञवाली, प्रदीप ज्ञवाली, हरिगोविन्द लुईंटेल, श्यामल, गोविन्द वर्तमान, अनिल पौडेल, अशोक सुवेदी, सुकुम शर्मा, राजेन्द्र पौडेल, पीताम्बर भण्डारी, बद्री भिखारी, सुशीला प्रधानाड्ड, श्रवण मुकारुङ, भूपाल राई, सुधा त्रिपाठी, सीता शर्मा, धनकुमारी सुनार, नर्मदेश्वरी सत्याल, अमर गिरी, राजन मुकारुङ, धर्मेन्द्र नेम्वाङ, स्वप्निल स्मृति, आहुति, सरोज धिताल, मधु घिमिरे, सुलोचना मानन्धर, चन्द्रा थानी, लक्ष्मी माली, स्नेह सायमी, रमेश पोखरेल, विवश वस्ती, वासुदेव अधिकारी, कैलाशकुमार शिवाकोटी, उमेश उपाध्याय, जगदीशचन्द्र भण्डारी, विष्णु ज्ञवाली, सुषमा शर्मा, नारायण ढकाल, धिरेन्द्र प्रेमर्षी, दुर्गालाल श्रेष्ठ, मधुसूदन गिरी, प्रकाश सिलवाल, यज्ञनिधि दाहाल, नन्दकृष्ण जोशी, भवानी थापा, आर.एम. डङ्गोल, चंकी श्रेष्ठ, लिखत पाण्डे, झमककुमारी घिमिरे, पुण्य कार्की, नरनाथ लुईंटेल, कुन्ता शर्मा, विवश पोखरेल, बलभद्र भारती, बू“द राना, नुमराज बराल, ललित बस्नेत ‘भिमाली’, कृष्णज्वाला देवकोटा, अर्जुन विरक्ति, रमेशजड्ड सिजाजति, देवी नेपाल, पुरुषोत्तम सुवेदी, विक्रम सुब्बा, राजकुमार के.सी., मोदनाथ प्रश्रित, डा. अरुणा उप्रेती, जगन्नाथ खतिवडा, रामचन्द्र भट्टराई लगायतका कविहरू हुनुहुन्छ । यी कविहरूमा तिख्खर गणतान्त्रिक चेतना ५० को दशकको मध्यपछि देखाप¥यो भने असोज १८ र माघका घटनाले तिनको लेखनमा अझ बढी गति प्रदान गरेको छ । 
वर्तमानका गणतन्त्रका पक्षधर यी कविका कविताहरू राजतन्त्रविरुद्ध लक्षित छन् भने नेपाली समाज र जनताको चाहनाअनुरूप गणतन्त्र नेपालको सुन्दर सपना कवितामा व्यक्त भएका छन् । वर्तमानमा विद्यमान निरङ्कुशता, उत्पीडन, द्वन्द्व र पीडाको मूलकारक निरङ्कुशतन्त्रलाई ठह¥याउ“दै यी कविहरूले गणतान्त्रिक नेपालको आगमनपछि यी पक्षबाट देशले मुक्ति प्राप्त गर्ने सन्देश व्यक्त गरेका छन् । यिनका कवितामा राज्यको संचालन वंशानुगत रूपमा आउने व्यक्तिबाट हु“दा नै नेपालले प्रगति गर्न नसकेको र दरबारले हरेकपल्ट धोका दिने हु“दा अब अन्तिम क्रान्ति गर्नु पर्ने सन्देश पनि व्यक्त भएको छ । अढाइ सय वर्षको इतिहास राज्य राष्ट्र राज्य हुन नसकेको, समाजका महिला, जनजाति, दलित र श्रमजीवी वर्ग झन् पीडामा परेको, विष्णुको अवतार भन्दै व्यक्तिविशेषले राज्यलाई चुस्ने र पिस्ने कार्य गरेको अवस्थामा आगामी भविष्यमा नेपालमा गणतन्त्र आउने र त्यसले मात्र सुन्दर नेपालको निर्माण हुने धारणा यी कविका कवितामा पाइन्छ । विमल निभा, कृष्णसेन ‘इच्छुक’, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, बेञ्जु शर्मा, मञ्जु का“चुली, पूर्णविराम, प्रदीप ज्ञवाली, अमर गिरी, हरिगोविन्द लुईंटेल, रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, मित्रलाल पंज्ञानी, डा. जगदीशचन्द्र भण्डारी, विजय सुब्बा आदिका कवितामा यस पक्षको प्रस्तुति अत्यन्त स्पष्ट रूपमा भएको छ भने रामप्रसाद ज्ञवालीको ‘एकादेशमा’ काव्यले गणतन्त्रलाई आख्यानात्मक रूप समेत प्रदान गरेको छ । 
यसैगरी प्रारम्भमा प्रगतिशील र लोकतान्त्रिक चेतना व्यक्त गर्ने कविहरूमा पनि गणतन्त्रतर्फ संक्रमित हुने प्रक्रिया बढ्दो छ । दरबारका व्यवहार र क्रियाकलापले कविहरूमा अब संवैधानिक राजतन्त्रको मोह समाप्त भएको छ र उनीहरू सुन्दर नेपालको भविष्य गणतन्त्रमै देख्न थालेका छन् । कुसुम ज्ञवाली, श्रवण मुकारुङ, अनिल पौडेल, सरोज धिताल, विवश वस्तीलगायत कविहरूको अत्यन्त ठूलो पङ्क्ति यस कित्तामा आइरहेको छ भने पहिले चुपचाप बसेका पुराना कविहरू पनि नेपाललाई गणतन्त्रतर्फ गएको हेर्न चाहिरहेका छन् । यस्ता कविहरू पनि विभिन्न बिम्ब र प्रतीकका सहाराले नेपालमा राजतन्त्रप्रति बढ्दै गइरहेको वितृष्णालाई प्रस्तुत गरिरहेका छन् । ती सबै कविका कवितालाई उद्धृृत गर्दा यो लेख झन् लम्बिने भयले यहा“ कविहरूको नाम मात्र समावेश गरिएको छ । 
कविहरूको नया“ पुस्ता परिवर्तनको पक्षमा छ र ऊ क्रान्तिको पक्षमा छ । त्यसैले नागरिक समाज, राजनीतिक दल र लोकतान्त्रिक स्रष्टाहरूका कार्यक्रममा नन्दकृष्ण जोशीका गीत, यज्ञनिधि दाहाल र अर्जुन पराजुलीलगायत गणतान्त्रिक कविका कविताले प्रशस्त ताली पाउने गरेका छन् भने गणतन्त्रको अभिव्यक्ति नभएका कवितामा श्रोताहरूको लोकप्रियता घटेको छ । यस स्थितिले एक्काइसौं शताब्दीका श्रोता यही शताब्दीको चेतना बोक्नेछन् भन्ने स्पष्ट हुन्छ भने स्रष्टाहरूमा पनि गणतन्त्रको चाहना बढ्दो छ भन्ने देखिन्छ । आज हामी जुन सामन्तवादको पिसाइमा छौं, यो अवस्था आजभन्दा ३÷४ सय वर्षअघिको युरोपको अवस्था हो भन्ने चेतना नागरिक समाजमा छ र स्रष्टाहरूमा पनि छ । यसैकारण पनि नेपाली कविहरूको एउटा ठूलो पङ्क्ति गणतन्त्रलाई कविताको विषय बनाउन आतुर छ र यसले भोलिको गणतान्त्रिक नेपालको संभावनालाई पनि संकेत गरेको छ । हुन पनि अरूले नदेखेको भविष्य कविले देख्छ र अरूले नसुनेको भविष्यवाणी कविले सुन्छ । त्यसैले नेपाली कवितामा गणतन्त्रको विषयको प्रवाह बढ्नेछ र बढिरहनेछ । 

प्रमुख सन्दर्भ ग्रन्थ सूची 
– प्रसाईं, कृष्ण (सं.) (२०४८) नेपाली समसामयिक कविताहरू ः भक्तराई स्मृति मण्डप ः दार्जिलिङ
– प्रश्रित, मोदनाथ (२०५८) सङ्कलित रचनाहरू भाग १ काठमाडौ“, पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर 
– राणा जगदीश शमशेर (२०६१) नरसिंह अवतार, दोस्रो संस्करण ललितपुर ः साझा प्रकाशन 
– त्रिपाठी, जगन्नाथ (लेखक तथा सम्पादक) (२०५० कवि धरणीधर कोइराला समग्र सिन्धुली ः दीर्घराज कोइराला 
– देवकोटा, लक्ष्मीप्रसाद (२०२८) प्रमिथस काठमाडौ“, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान 
– विभिन्न कविहरूका कविता सङ्ग्रह तथा फुकटर कविता 


टुकुचा 
मातृका पोखरेल 
मलाई गनाएझैं 
धेरैलाई गनाएको हु“दो हो 
टुकुचाको पानी । 

टुकुचामा हिजोआज 
जस्तोसुकै खुट्टा लगेर चोप 
झनै फोहोर हुन्छ, 
जस्तोसुकै प्राविधिक टाउको पखाल 
झनै दुर्गन्धित हुन्छ, 
कपडाहरू लगेर धोऊ 
झनै मैलो हुन्छ, 
अचेल टुकुचा 
उहिले उहिलेको जस्तो छैन । 

इतिहासको कथाजस्तो 
भएन अब टुकुचा, 
धेरै भइसक्यो 
कुमारी रगतका भ्र्रूणहरू 
बगाउन थालेको ऊ, 
बोरामा लासहरू कुहाउनु 
मान्छेका टाउकाहरू दूषित बनाउनु 
उसका योजानका खाकाहरू हुन् । 

उहिले उहिले ऊ 
आना किनारहरूमा 
किसानहरूस“गै खेल्थ्यो 
हिलो माटो बोकेर 
सा“झ फर्कन्थ्यो घरमा, 
सिंहदरबारबाट शासित ऊ
प्रत्येक रात 
किसानहरूका डबलीमा 
आनो पीडा गाउन मन पराउ“थ्यो 
जब ऊ समयस“गस“गै शासक बन्यो 
समयस“गस“गै गनाउ“दै गयो । 

अचेल टुकुचा, 
किसानहरूको सिनाज्याम्मे (रोपाइ“ गर्दा गाउने गीत) सुन्दै 
बागमतीतिर बग्दैन, 
मान्छेहरूलाई नाक छोप्न लगाउ“दै 
सैनिक ब्यारेकतिर लुक्छ, 
अचेल टुकुचा, 
एक हल रोपाइ“ गर्न 
आनो छेउमा बेखामानलाई बोलाउ“दैन 
एक हुल तस्करहरूलाई 
आलिशान महलहरू बनाउन 
आनो किनारतिर निम्त्याउ“छ । 

000

-------------------------------------------------------

गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र

गणतन्त्रवादी कविता आन्दोलन : सन्दर्भ र सार्थकता

गणतन्त्रवादी कविता आन्दोलन घोषणाका साथ कवितावाचन गरिएपछि यस आन्दोलनबारेको चर्चा सुरु भएको छ र आन्दोलनको विस्तार पनि हु“दै गएको छ । नेपालको खासगरी युवावर्गले ऐतिहासिक साहस र शौर्य प्रदर्शन गर्दै गणतन्त्रको स्वरलाई सडकमा, शिक्षण÷संस्थाहरूमा र समुदायमा ल्याएको र नया“ सम्भावनाहरू सतहमा देखापरेका छन् । शताब्दीयौंदेखि नागरिकहरूको अधिकार कुन्ठित गरी निरंकुश शासन गरिआएको सामन्तवादको मूल जरो हल्लाउन युवाहरूले गरेको यस प्रयासलाई समर्थन मात्र गर्नु वा एक्लै छाडिदिनु सचेत संस्कृतिकर्मीहरूका लागि पर्याप्त हु“दैन । उनीहरूले आनो ऐतिहासिक भूमिका र जिम्मेवारी राम्ररी बुझ्नुपर्छ र पूर्ण लोकतान्त्रिक उपलब्धिहरूका निम्ति गरिने संघर्षमा आफूलाई नेतृत्वकारी तहमा उभ्याउनै पर्छ ।
आज हाम्रा बा“च्न पाउने न्यूनतम अधिकारमाथि राज्य वा विद्रोही आतंकवादस“गको मुठभेडका नाममा हमला भएको छ । हाम्रो शैक्षिक, सामाजिक र सांस्कृतिक जीवन ध्वस्त पारिएको छ र नागरिक चेतनामाथि सैन्यशक्तिहरूले बलात्कार गरिरहेका छन् । यस समस्याको मूल स्रोत प्रतिगमनकारी मुखिया सामन्तवादमै छ । राजनीतिक समस्यालाई सही ढंगले सम्बोधन गर्न नदिन सामन्तवादले भरपुर कोसिस गर्दैछ, जसले गर्दा सैन्यवलको आधारमा टिकिरहन सकियोस् । यस्तो अवस्थामा पनि नबोल्ने साहित्यकर्मी कर्तव्यच्यूत, अनैतिक र स्वार्थलम्पटहरूको मतियार हो । हामीले लेखनको मूल्य र महŒव बुझेका छौं र त्यसैले नै यस आन्दोलनको पुनर्संयोजन गरेका हौं ।
यद्यपि गणतन्त्रवादी कविता आन्दोलनको परिकल्पनाकारका रूपमा देखिएका हामी केही लेखक, कविहरू आनो लेखनको आरम्भदेखि नै सामन्तवादविरोधी सांस्कृतिक अभियानमा क्रियाशील रहिआएका छौं । परन्तु नया“ विकसित भइरहेको सामाजिक राजनीतिक सन्दर्भले हामीलाई त्यही स्तरमा बस्ने अनुमति दिंदैन । यसलाई बृहत् अभियानको रूपमा स्थापित र व्यापक बनाउ“दै लैजान सकिएन भने सामन्तवादविरुद्धको हाम्रो सुचेष्टा कमजोर हुनेछ । त्यसो भयो भने हाम्रा रचनाहरूको असर घट्दै जानेछ र सत्तामार्गीहरूका जयगान् र कथित राष्ट्रगानहरूको दबदबा बढ्दै जानेछ, हामी अप्रासांगिक हुनेछौं । यही भावना र मान्यताअनुरूप गणतन्त्रवादी कविता आन्दोलन पुनर्संयोजनको आवश्यकता महसुस गरिएको हो ।
गणतन्त्रवादी कविता आन्दोलन चेतनासम्पन्न र सार्वभौम नागरिकको पक्षमा, यस देशको सर्वोच्च नीतिनिर्माण तहमा पुगेर देशका निम्ति काम गर्न पाउने उसको मौलिक अधिकारप्राप्तिका पक्षमा तथा मानवीय अहं र गरिमाको पक्षमा गरिने काव्यात्मक हस्तक्षेप हो । यसले सामन्तवादमुक्त संघर्षमा आनो जीवनसमर्पण गरी हामीलाई दृष्टि प्रदान गर्ने र हाम्रो चेतना समृद्ध पार्ने सबै दिवंगत र जीवितजनहरूप्रति समर्पित छ । यसले कलात्मक ओजलाई सदैव सर्वोपरि प्राथमिकता दिनेछ । गणतन्त्रको पक्षमा हु“दाहु“दै पनि न्यूनतम कलाका शर्तहरू उल्लंघन गरिएको कुनै पनि लेखोटलाई हामी सुन्दर नियतले गरिएको मस्यौदा पर्चाको श्रेणीमा राख्छौं । हामी सार्थक संवाद र बहसका पक्षमा दृढतापूर्वक उभिन्छौं । हामी पक्षधर हौं । आनो पक्षमा अर्थात् गणतन्त्रको पक्षमा उभिन्छौं । हाम्रो रचनाको मूल ध्येय गणतन्त्रको प्राप्ति हो ।

खगेन्द्र संग्रौला,
विमल निभा,
विक्रम सुब्बा,
श्यामल,
हरिगोविन्द लुईंटेल,
मातृका पोखरेल

२०६१।०२।०९

No comments: