Monday, June 8, 2015

मातृका पोखरेलको काव्यकारिता- यमलाल आचार्य



कृतज्ञताज्ञापन

प्रस्तुत मातृका पोखरेलको काव्यकारिता शीर्षकको शोधपत्र मैले स्नातकोत्तर तहको दसौँ पत्रको प्रयोजनका लागि आदरणीय गुरु प्रा. डा. राजेन्द्रप्रसाद पौडेलज्यूका कुशल निर्देशनमा तयार पारेको  हुँ । यो शोधपत्र तयार गर्ने सन्दर्भमा आइपरेका विभिन्न समस्या र अड्चनहरूसँग जुध्ने प्रेरणा दिँदै सही पथप्रदर्शन गराएर अघि बढ्न उत्प्रेरित गरी आफ्ना कतिपय व्यावहारिक कार्यहरूलाई पन्छाएर कुशल र समुचित दिग्दर्शन गराउनु भएकोमा उहाँप्रति म हार्दिक कृतज्ञता एवम् श्रद्धा व्यक्तगर्दछु । 
शोधपत्रतयार गर्ने कार्यमाआफ्नो अमूल्य समय दिएर उचित सुझाउ तथा सल्लाह दिई  उत्प्रेरित गर्नुहुने त्रि.वि. नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. देवीप्रसाद गौतम, नेपाली विभागका गुरुहरू र प्रशासनिक कार्यमा सहयोग गर्ने नेपाली केन्द्रीय विभागका कर्मचारीहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । 
प्रस्तुत शोधपत्र तयार पार्दा आवश्यक सामग्री उपलब्ध गराइदिनका साथै शोधकार्यमा महत्वपूर्ण सहयोग गर्नु हुने साहित्यकार मातृका पोखरेलप्रति कृतज्ञ छु । यस्तै यस शोधमा महत्वपूर्ण सहयोगगर्नुहुने डा. धनप्रसाद सुवेदीप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । आवश्यक सामग्री उपलब्ध गराइ दिएकामा त्रि.वि.केन्द्रीय पुस्तकालयप्रति हार्दिक आभार प्रकट गर्दछु । यसरी नै आर्थिक र व्यावहारिक समस्यासँग सङ्घर्ष गर्दै आफ्नो अमूल्य श्रम र पसिना खर्चेर मेरो अध्ययनलाई यस अवस्थामा ल्याइ पु¥याउने पिता चूडामणि आचार्य र माता विना आचार्य तथा श्रीमती अनिता कडेँलप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु । त्यसैगरी मेरो अध्ययनलाई सदैव प्रेरणा दिने सलिम खानप्रति कृतज्ञ छु । यस शोधपत्रलाई शुद्धसँग टङ्कन गरिदिने पुजनदाहाल र सेटिङका लागि विराज वस्नेतप्रति आभार प्रकट गर्दछु । 

मितिः २०७१/०५/१६      
यमलालआचार्य
नेपाली केन्द्रीयविभाग
शै.स.२०६५।०६६
रोल नं. २८६

त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर 
मितिः २०७१÷०५÷२६

स्वीकृति पत्र

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागका छात्र श्री यमलाल आचार्यले स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनका लागि तयार पार्नु भएको मातृका पोखरेलको काव्यकारिता शीर्षकको शोधपत्र आवश्यक मूल्याङ्कन गरी स्वीकृत गरिएको छ ।  

शोधपत्र मूल्याङ्कन–समिति

क््रm.सं. नाम हस्ताक्षर 

१. प्रा. डा. देवीप्रसाद गौतम   (विभागीयप्रमुख) ..........................................

२. प्रा. डा. रामनाथ ओझा (बाह्य परीक्षक) ..........................................

३. प्रा. डा. राजेन्द्रप्रसाद पौडेल (शोधनिर्देशक) ......................................... 
शोध निर्देशकको सिफारिस 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभाग, कीर्तिपुरको स्नातकोत्तर तह दोस्रो वर्षका छात्र श्री यमलाल आचार्यले मातृका पोखरेलको काव्यकारिता शीर्षकको प्रस्तुत शोधपत्र मेरा निर्देशनमा परिश्रमपूर्वक तयार गर्नुभएको हो । म उहाँको यस शोधकार्यसँग सन्तुष्ट छु र यसको आवश्यक मूल्याङ्कनका लागि सिफारिस गर्दछु । 

मितिः २०७१÷०५÷१६
.................................
(प्रा. डा. राजेन्द्रप्रसाद पौडेल)  
नेपाली केन्द्रीयविभाग
त्रि.वि., कीर्तिपुर
     काठमाडौँ । 


मातृका पोखरेलको काव्यकारिता
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि प्रस्तुत

शोध पत्र
२०७१


शोधार्थी
यमलाल आचार्य
एम.ए. दोश्रो बर्ष, (नेपाली)
विषयसूची
परिच्छेद एक :शोध परिचय १–५
१.१  विषय परिचय
१.२  शोधसमस्या
१.३  शोधकार्यको उद्देश्य
१.४  पूर्वकार्यको समीक्षा
१.५ शोधको औचित्य
१.६  सीमाङ्कन
१.७  सामग्री सङ्कलनविधि
१.८  शोधविधि
१.९शोधपत्रको रूपरेखा

परिच्छेद दुई ः मातृका पोखरेलका कविताको सर्वेक्षण ६–२१
२.१ विषयप्रवेश
२.२ सेतो दरबारको छेउबाट कविता सङ्ग्रह
२.३ यात्राको एउटा दृश्य कविता सङ्ग्रह ११
२.४  अनुहारहरू कवितासङ्ग्रह १६
२.५ निष्कर्ष २१

परिच्छेद तीन ः मातृका पोखरेलका कविताको विश्लेषण २२–४२
३.१ विषयप्रवेश २२
३.२ विषयवस्तुतथाभावविधान २२
३.३ लय विधान ३८
३.४ भाषाशैली ४०
३.५ निष्कर्ष                                              ४२

परिच्छेदचार ः मातृका पोखरेलका कवितात्मक प्रवृत्ति ४४–५५
४.१ विषयप्रवेश ४४
४.२ मूलप्रवृत्ति ४४
४.३  निष्कर्ष   ५५

परिच्छेदपाँच ः उपसंहार तथानिष्कर्ष ५७–५९

परिशिष्ट
मातृका पोखरेलको वैयक्तिक विवरण ६०–६१
सन्दर्भ सूची ६२–६३


परिच्छेद एक
शोध परिचय
१.१. विषय परिचय 
ठानागाउँ गाविस वडा नं. ४, थामखर्क, उदयपुरमा २०२३ साल असार ९ गते (२३ जुन १९६६) पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिएका मातृका पोखरेल साहित्य सिर्जनामा सक्रिय रहेका छन् । नेपाल विद्युत् प्राधिकरणमा जागिरे जीवन बिताइरहेका पोखरेलको साहित्यिक लेखनको आरम्भ कविताबाट भएको पाइन्छ । उनकातिनवटा कविता सङ्ग्रहसेतो दरबारको छेउबाट (२०५६), यात्राको एउटा दृश्य (२०६०),अनुहारहरू (२०६४) र दुई कथा सङ्ग्रहसन्त्रस्त आ“खाहरू (२०६१),घाम झुल्किनुअघि (२०६७) पुस्तककार कृतिका रुपमा रहेका छन् साथै विभिन्न पत्रपत्रिकामा अन्य फुटकर रचनाहरु प्नि प्रकाशित छन् र पहिलो प्रकाशित कविता ’सूर्य उदाऊ अब’ (समीक्षा, वर्ष २९, अङ्क ५१, २०४५) हो । उनका प्रकाशित पाँच पुस्तकाकार कृतिमध्ये तिनवटा कविता कृति भएकाले उनी  मूलतः कविका रूपमा देखिन्छन् । यति हुँदाहुँदै पनि उनको काव्यकारिताका विषयमा हालसम्म शोधकार्य भएको छैन । मातृका पोखरेलको काव्यकारिताका विषयमा शोधपरक अध्ययन गर्दा नेपाली साहित्यको अध्ययनका क्षेत्रमा उल्लेख्य योगदान पुग्ने र साहित्यको विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

१.२. शोधसमस्या
मातृका पोखरेलको कविता कृतिकोहालसम्म शोधपरक अध्ययन नभएको अवस्थामा उनको काव्यकारितालाई केन्द्रीय विषय बनाई यस शोधमा निम्नलिखित समस्याहरू निर्धारण गरिएको छ ः
(क) मातृका पोखरेलका कविता के–कति छन् ?
(ख) मातृका पोखरेलका कविताका मूल प्रवृत्ति के के हुन् ?

१.३. शोधकार्यको उद्देश्य
प्रस्तुत शोधकार्य निम्नलिखित उद्देश्यमा केन्द्रित रहेको छ ः
(क) मातृका पोखरेलका कविताको सर्वेक्षण गर्नु, 
(ख) मातृका पोखरेलका कविताको विश्लेषण गर्नु,
(ग)  मातृका पोखरेलका कविताका मूल प्रवृत्ति पहिल्याउनु ।  

१.४. पूर्वकार्यको समीक्षा
मातृका पोखरेलको काव्यकारिताका विषयमा हालसम्म शोधपरक अध्ययन भएको पाइँदैन । उनका कृतहरुमध्ये सामान्यतः कविता सङ्ग्रहका भूमिका तथा पत्रिकाहरुमा छिटपुट समालोचना र समीक्षा गरिएको पाइन्छ, जसलाई पूर्वकार्यको समीक्षा स्वरुप प्रस्तुत गरिएको छ ः 
इस्माली (२०५६) ले ‘सेतो दरबारको छेउबाट नियालेर हेर्दा’शीर्षक समीक्षामा सेतो दरबारको छेउबाट कविता सङ्ग्रहभित्रका कविताको सामान्य परिचय दिएका छन् । यसमा प्रस्तुत सङ्ग्रहका कवितामा प्रगतिवादी चेतना मुखरित भएको उल्लेख गरिएको छ । यस सङ्ग्रहभित्रका सबै कविताको गहन र विस्तृत अध्ययन भने यसमा हुन सकेको छैन । 
अपराजिता क्षेत्री  (२०५६) को ‘सेतो दरबारको छेउबाट एक दृष्टि’शीर्षक समीक्षामा सेतो दरबारको छेउबाट कविता सङ्ग्रहभित्रका कविताको सामान्य परिचय दिइएको छ । यसमा प्रस्तुत सङ्ग्रहका कवितामा समसामयिक विषयवस्तुको यथार्थपरक चित्रण भएको उल्लेख गरिएको छ । 
पुण्य गौतम (२०५७) ले ‘सेतो दरबारको छेउबाट को सुन्दर प्रतिबिम्ब’शीर्षक समीक्षामा सेतो दरबारको छेउबाट कविता सङ्ग्रहभित्रका कविताको सामान्य परिचय दिएका छन् । यस सङ्ग्रहभित्रका कविताहरुको परिचय दिने क्रममा ती कवितामा समासामयिक यथार्थलाई सुन्दर तरिकाले प्रतिबिम्बन गरिएको उल्लेख गरिएको छ । 
कमल गिरी (२०६०) ले ‘यात्राको एउटा दृश्य भित्रको दृश्य’शीर्षक समीक्षामा यात्राको एउटा दृश्य  कविता सङ्ग्रहभित्रका कविताको सामान्य परिचय दिएका छन् । यसमा प्रस्तुत सङ्ग्रहका कवितामा प्रगतिवादी चेतना मुखरित भएको उल्लेख गरिएको छ । यस सङ्ग्रहभित्रका सबै कविताको गहन र विस्तृत अध्ययन भने यसमा हुन सकेको छैन । 
मोहन दुवाल (२०६१) ले ‘यात्राको एउटा दृश्य टेक्दै गरेको कवि’शीर्षक समीक्षामा मातृका पोखरेलद्वारा लिखित यात्राको एउटा दृश्य कविता सङ्ग्रहभित्रका कविताको सन्दर्भ प्रस्तुत गर्दै कवि मातृका पोखरेलको कविता यात्राको भविष्य राम्रो रहेको टिप्पणी गरेका छन् । 
रामप्रसाद ज्ञवाली (२०६२) ले ‘सर्पसँग पौँठेजोरी खेल्ने कविको कविता ः यात्राको एउटा दृश्य’ शीर्षक समालोचनामा मातृका पोखरेलको ‘यात्राको एउटा दृश्य’ कविता सङ्ग्रहभित्रका कविताको परिचय दिँदै यस सङ्ग्रहका कविता अन्याय, अत्याचार, शोषण आदिका विरुद्ध रहेको उल्लेख गरेका छन् । 
राजेन्द्र सुवेदी (२०६४) ले ‘मातृका पोखरेल समसामयिक कथ्यका कवि’ शीर्षक समालोचनामा कवि मातृका पोखरेलको परिचय दिँदै “कलात्मक चेतनाका दृष्टिले बिम्बमा विश्वास गर्ने कवि”, “वर्तमान पुस्ताका प्रगतिवादी कविताफाँटका प्रतिनिधि कवि भनी” टिप्पणी गरेका छन् । 
चक्र बुढा थापा (२०६५) ले ‘मातृका पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षकमा स्नातकोत्तर तहको शोधपत्र (त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा) तयार पारेका छन् । यसमा मातृका पोखरेलको जीवनी, व्यक्तित्व र २०६४ सालसम्म मातृका पोखरेलका प्रकाशित चारवटा कृतिको चर्चा गरिएको छ । यस क्रममा मातृका पोखरेललाई प्रगविादी कविका रूपमा चिनाइएको छ । यसमा मातृका पोखरेलका दुईवटा कविता सङ्ग्रहको सामान्य चर्चा गरिएको भए पनि उनको काव्यकारितामै केन्द्रित भएर अध्ययन गरेको भने पाइँदैन ।    
धनप्रसाद सुवेदी (२०६७) ले ‘वर्तमान र भविष्यको काव्यिक चित्र ः अनुहारहरू’ शीर्षक समालोचनामा कवि मातृका पोखरेलद्वारा लिखित ‘अनुहारहरू’ कविता सङ्ग्रहभित्रका कविताको परिचय दिएका छन् । 
पूर्ण इन्फादा (२०६७) ले ‘कला र विचारमा माझिएका र परिवर्तनका राग बोकेका कविता’ शीर्षक समालोचनामा मातृका पोखरेलका केही कविताहरूको सन्दर्भ प्रस्तुत गर्दै मातृका पोखरेलका कविता भावका दृष्टिले प्रगतिवादी  र शैलीका दृष्टिले परिष्कृत भएको निष्कर्ष दिएका छन् । 
नन्दराज आचार्य (२०६७) ले ‘प्रगतिवाद र कवि मातृका पोखरेलको यात्राको एउटा दृश्य’ शीर्षक लेखमा मातृका पोखरेलको ‘यात्राको एउटा दृश्य’  कविता सङ्ग्रहभित्रका कविताहरू प्रगतिवादी भएको निष्कर्ष प्रस्तुत गरेका छन् । 
माथि उल्लेख गरिएबाहेक पनि विभिन्न पत्रिकामा मातृका पोखरेलका कविताहरूको सामान्य सन्दर्भ उल्लेख गरिएको छ । ती सन्दर्भले माथि उल्लिखित समीक्षाभन्दा खासै फरक विषय उठाएको नपाएका सबैको टिप्पणी यहाँ उल्लेख गर्न आवश्यक ठानिएन ।  उनका प्रकाशित तिनवटा कविता सङ्ग्रहमध्ये सेतो दरबारको छेउबाट (२०५६) मा निनु चापागाई, हरिगोविन्द लुइटेल, रुद्र खरेल र आहुति, यात्राको एउटा दृश्य (२०६०) मा ताराकान्त पाण्डेय र दाहाल यज्ञनिधि तथा अनुहारहरू (२०६४) मा ताराकान्त पाण्डेयको भूमिका रहेको छ । यी भूमिकाहरूमा सम्बन्धित कविता सङ्ग्रहका कवितामा समसामयिक यथार्थको अङ्कन भएको र कविता कलाका दृष्टिले पनि सफल रहेको भन्ने टिप्पणी पाइन्छ । 
निष्कर्षमा हेर्दा मातृका पोखरेलका कविताका विषयमा हालसम्मका कार्य सामान्य समालोचनाका स्तरमा मात्र रहेका छन्, शोधमूलक हुन सकेका छैनन्् । अतः यस विषयमा शोधपरक अध्ययन हुन आवश्यक देखिन्छ । 

१.५. शोधको औचित्य 
मातृका पोखरेलका प्रशस्त सङ्ख्यामा कविता प्रकाशित भइसक्दा पनि उनका कवितात्मक कृतिहरुको सर्वेक्षण र विश्लेषणमूलक अध्ययन—अनुसन्धान नभएकाले यस अध्ययनबाट नेपाली कविता साहित्यका क्षेत्रमा मातृका पोखरेलको योगदानको चर्चा गरिएकाले प्रस्तुत शोधकार्य आफैँमा औचित्यपूर्ण रहेको छ । 

१.६. सीमाङ्कन  
प्रस्तावित शोधकार्य मातृका पोखरेलका सुरुदेखि २०६८ चैत्रसम्म प्रकाशित कविताको  अध्ययनमा मात्र सीमित रहेको छ । विषयवस्तु, लय र भाषाशैलीका आधारमा मात्र कविताको अध्ययन गरिएको छ ।स्रष्टा मातृका पोखरेलका अन्य विधा र कृतिका बारेमा यसमा अध्ययन गरिएको छैन । 

१.७. सामग्री सङ्कलन विधि
प्रस्तुत शोधकार्यमा पुस्तकालयीय विधिबाट सामग्री सङ्कलन गरिएको छ । मातृका पोखरेलका प्रकाशित कविताहरू नै यस शोधको मुख्य सामग्री रहेका छन् । ती कवितासँग सम्बन्धित अन्य सामग्री यसका द्वितीयक सामग्री रहेका छन् । यी सामग्री पुस्तकालय, वेभसाइट तथा स्रष्टा स्वयम्बाट प्राप्त गरिएको छ । 

१.८. शोधविधि
प्रस्तुत शोधकार्यमा मातृका पोखेलका कविताको सर्वेक्षण तथा विश्लेषण गरिएको छ । भाव, भाषाशैली र लयका आधारमा मातृका पोखरेलका प्रतिनिधि कविताको विश्लेषण गरिएको छ । 

१.९. शोधपत्रको रूपरेखा
प्रस्तुत शोधकार्यलाई पाँच परिच्छेद र आवश्यकता अनुसार विविध शीर्षक तथा उपशीर्षकहरूमा विभाजन गरी अध्ययन गरिएको छ । शोधपत्रको रूपरेखा निम्न अनुसारको ढाँचामा प्रस्तुत गरिएको छ ः
पहिलो परिच्छेद ः शोधपरिचय
दोस्रो परिच्छेद ः   मातृका पोखरेलका कविताको सर्वेक्षण  
तेस्रो परिच्छेद ः   मातृका पोखरेलका कविताको विश्लेषण  
चौथो परिच्छेद  ः मातृका पोखरेलका कविताका मूल प्रवृत्ति   
पाँचौं परिच्छेद उपसंहार तथा निष्कर्ष
परिशिष्ट
सन्दर्भ सामग्री सूची 


परिच्छेद दुई
मातृका पोखरेलका कविताको सर्वेक्षण
२.१. विषय प्रवेश 
मातृका पोखरेलको पहिलो प्रकाशित कविता ’सूर्य उदाऊ अब’ (समीक्षा, वर्ष २९, अङ्क ५१, २०४५) हो । हालसम्म उनका सेतो दरबारको छेउबाट   (कविता सङ्ग्रह, २०५६), यात्राको एउटा दृश्य (कविता सङ्ग्रह, २०६०), सन्त्रस्त आ“खाहरू (कथा सङ्ग्रह, २०६१), अनुहारहरू (कविता सङ्ग्रह, २०६४) र घाम झुल्किनुअघि (कथा सङ्ग्रह, २०६७) पुस्तककार कृति र विभिन्न पत्रपत्रिकामा अन्य फुटकर रचना प्रकाशित छन् । यी कृतिहरूका आधारमा हेर्दा मातृका पोखरेल मूलतः कवि र कथाकारका रूपमा देखिन्छन् । उनका प्रकाशित पाँच पुस्तकाकार कृतिमध्ये तिनवटा कविता कृति भएकाले उनी मुख्यतः कविका रूपमा देखापर्छन् । यति हुँदाहुँदै पनि उनको काव्यकारिताका विषयमा हालसम्म शोधकार्य भएको छैन । अतः मातृका पोखरेलको काव्यकारिताका विषयमा शोधपरक अध्ययन गर्दा नेपाली साहित्यको अध्ययनका क्षेत्रमा उल्लेख्य योगदान पुग्ने र साहित्यको विस्तारमा सहयोग पुग्ने देखिन्छ । 

२.२. सेतो दरबारको छेउबाट कविता सङ्ग्रह (२०५६)
‘सेतो दरबारको छेउबाट’ कविता सङ्ग्रहमा वि. सं. २०४५ देखि २०५६ को अवधिमा लेखिएका कविताहरू  समाविष्ट छन् । यस सङ्ग्रहमा सङ्गृहीत कविताहरूका शीर्षक यस प्रकार छन् ः ‘आकाश तिमीलाई निम्ता छ’, ‘सूर्य उदाउँछ’, ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’, ‘त्यो दिन फर्किएका रातहरू’, ‘आज पनि उस्तै आए’, ‘साक्षी’,  ‘सेतो दरबार’, ‘मरुभुमि, शिखर र आस्था’,  ‘छोङमाङ  तिमीले कस्तो सपना देख्यौ’, ‘आफ्नै जस्तै लाग्यो’,  ‘अजम्बरी कविता’, ‘कालो सर्प’, ‘खै यात्रीहरू उठेकै छैनन्’, ‘म देश पढ्दै छु’, ‘क्रमभङ्ग’, ‘भीमान जङ्गल यात्रा’, ‘४६ को चैत्रको सडक’, ‘फरक फरक यात्रीहरू’ र ‘अभिशप्त पर्खाल’ गरी जम्मा १९ वटा कविता समेटिएका छन् । माथिका कविताहरूका बारेमा तल सङ्क्षेपमा चर्चा गरिएको छ ः

आकाश तिमीलाई निम्ता छ 
आकाशले संसारको साक्षीका रूपमा काम गरेको हुन्छ । खुला आकाश मुनिको धर्तीमा सत्–असत् दुवै प्रकारका काम हुने गरेका छन् । आकाश नै यस धर्तीका राम्रा–नराम्रा, ठिक–बेठिक छुट्याउने साक्षी भएकाले आकाशलाई निम्ता दिइएको छ । 

सूर्य उदाउ“छ 
नेपाली समाजमा रहेको तुसारो, शीत अर्थात शोषण, दमन, अत्याचार, भ्रष्टचार आदिको अन्त्य आवश्यक छ र त्यस्ता शोषण, अत्याचार, दमन आदिको अन्त्य भई समानता, न्याय र प्रगतिको ढोका खुल्छ भन्ने विश्वास यस कवितामा व्यतm गरिएको छ । 

दरबार मार्गमा सहिदका रगत रु“दैछन्
नेपाली इतिहासमा २०४६ सालको पञ्चायत विरोधी आन्दोलन अविस्मरणीय छ । त्यस आन्दोलनका क्रममा आन्दोलनकारी माथि काठमाडौँको दरबार मार्गमा प्रहरी दमन भयो र त्यहाँ दर्जनाँै आन्दोलनकारी मारिए । आन्दोलनमा मारिएका ती सहिदहरूको सपना पुरा हुन सकेन । यसर्थ ती सहिदका रगत रुँदैछन् भन्ने यस कविताको विषयवस्तु रहेको छ । 

त्यो दिन फर्किएका रातहरू 
यस कवितामा २०४६ सालको आन्दोलनबाट पञ्चायतरूपी रात समाप्त भएर प्रजातन्त्ररूपी दिनको उदय भएको थियो, तर प्रजातन्त्ररूपी दिन पनि रातमा परिणत हुने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । 

आज पनि उस्तै आए 
संसदीय शासन व्यवस्थामा नेताहरूले चुनावताका जनताका घरमा जाने र विभिन्न आश्वासन दिने, चुनाबपछि भने जनतालाई भुल्ने गरेको विषयलाई यस कवितामा प्रस्तुत गरिएको छ । अघिल्लो चुनाबमा जरुरी जे–जस्तो रूपमा आएका थिए फेरि पछिल्लो चुनाबमा उही रूपमा फर्किएर जनताका घर दैलोमा नेताहरू आउने गरेको विषय यस कविताको कथ्य विषयका रूपमा रहेको छ । 

साक्षी
‘साक्षी’ कवितामा धनी र शोषक वर्गका लागि जोसुकै साक्षी भइदिने तर गरिब, असहाय, पीडितहरूका लागि प्रकृतिबाहेक कुनै पनि मानिस साक्षी नहुने अवस्थाको चित्रण गरिएको छ । 

सेतो दरबार 
सेतो दरबार भन्नाले सत्ता वा नेपालका सन्दर्भमा राजतन्त्रलाई सेतो दरबारको प्रतीकका रूपमा लिइएको छ । सेतो दरबारबाट हेर्दा सेतो देखिन्छ तर त्यसभित्र कालो र डरलाग्दो छ भनिएको छ । यसले सत्ताको दुरुपयोग र जनदमनकारी चरित्रको यथार्थ उद्घाटन गरेको छ । 

मरुभूमि, शिखर र आस्था 
यस कवितामा वर्तमान सत्ताको चरित्रलाई मरुभूमिका रूपमा र परिवर्तनको लक्ष्य तथा मार्गलाई शिखरका रूपमा चित्रण गर्दै परिवर्तनको आस्था अविचलन रहने उल्लेख गरिएको छ । वर्तमान समय मरुभूमि जस्तै भए पनि भविष्य सुन्दर छ र त्यो सुन्दर भविष्यको विचार अटल छ भन्ने आशावादी दृष्टिकोण यसमा प्रस्तुत भएको छ । 

छोङपाङ, तिमीले कस्तो सपना देख्यौ ?
‘छोङपाङ’ लाई सम्बोधन गर्दै लेखिएको यस कवितामा रोजीरोटीका लागि विदेसिन बाध्य छोङपाङ जस्ता नेपाली युवायुवतीहरूको सपना खण्डित भएको छ भनिएको छ । रोजगारमा जान विवश छन् । युवायुवतीहरू आफ्नो र राष्ट्रको भविष्यका बारेमा सुन्दर सपना देख्न र त्यस्तो सपनाहरूलाई मूर्त दिने प्रयत्नमा लाग्न पाएका छैनन् भन्ने यथार्थलाई यस कविताले अभिव्यञ्जित गरेको देखिन्छ । 

आफ्नै जस्तै लाग्यो 
आज जनताहरूको स्वरूप र अस्मिताका साथै राष्ट्र«को अस्मितासमेत सङ्कटमा परेको छ र यसरी अस्मिता सङ्कटमा पर्नेहरू आफन्तहरू छन् भनिएको छ । अर्थात् पीडित पीडितहरू आफन्त छन् भन्ने यस कविताको सार निष्कर्ष देखिन्छ । आज मानवीय अस्मिता, महिला अस्मिताका साथै राष्ट्रिय अस्मिता सङ्कटमा परेको छ । अतः अस्मिताको रक्षाका लागि पीडितहरू एक ठाउँमा आउनु पर्छ भन्ने यस कविताको आशय देखिन्छ । 

अजम्बरी कविता
समाजमा प्रतिगामी यथास्थितिवादी र प्रगतिशील गरी अलग–अलग विचार र प्रवृत्ति पाइन्छ । यसै अनुहार कविता पनि यथास्थितिवादी र प्रगतिशील हुने गर्दछन् । तिनमा प्रगतिशील कविता चाँहि कहिलै नमर्ने अजम्बरी हुन्छ । शोषक वर्ग र यथास्थितिवादीहरूको पक्षमा लेखिने कविता मर्छ, त्यो टिकाउ कविता हैन, श्रमजीवी, श्रमिक र प्रगतिशील वर्ग र विचारको कविता नै अजम्बरी हुन्छ भन्ने यस कविताको सार रहेको छ । 

कालो सर्प 
यस कवितामा जनविरोधी शासक र शोषक –उत्पीडक वर्गलाई कालो सर्पका रूपमा प्रस्तुत गरिएको छ । नेपाली जनताले पटक पटक जनविरोधी सत्ता विरुद्ध आन्दोलन गरेर शासक वर्गलाई एक प्रकारले पराजित गरे तर त्यो वर्ग पुनः नयाँ नाममा जागृत भयो र जनता माथि दमन चक्र कायम ग¥यो । यस विषयलाई मरणासन्न हुने गरी घाइते बनाएर छोडेको सर्प पुनः बिउँतिएको सन्दर्भसँग जोडेर जनविरोधी वर्गलाई आन्दोलनले ठेगान लगाउन नसकेको र अबको सङ्घर्षमा त्यसलाई पुरै ठेगान लगाउनु पर्ने विचार व्यक्त गरिएको छ । 

खै यात्री उठेकै छैनन् ?
यस कवितामा शोषक अत्याचार विरुद्ध आन्दोलनमा उठ्नु पर्ने शोषित पीडित जनता अपेक्षा अनुरूप उठ्न र जाग्न नसकेको विषय प्रस्तुत गरिएको छ । यसमा शोषित पीडितहरू निर्णायक सङ्घर्षमा लाग्नु पर्ने र मुलुकका विकृति, विसङ्गति, शोषण, दमनलाई सदाका निम्ति निमूल पार्नुपर्ने आव्हान गरिएको छ । 

म देश पढ्दै छु 
वर्तमान २१ शताब्दीको समयमा देशमा रहेका बेथिति, शोषण, भ्रष्टाचार आदिको यथार्थ थाहा पाउन जरुरी छ भन्ने विषयमा प्रस्तुत कविता लेखिएको छ । देशमा विद्यमान शोषण, दमन, भ्रष्टाचार, सत्ताको दुरुपयोग जस्ता विकृति, बेथितिका विरुद्ध खास गरेर युवा र विद्यार्थीहरू जागरुक हुनुपर्ने यस कविताको आग्रह देखिन्छ ।

क्रमभङ्ग
‘क्रमभङ्ग’ कवितामा शोषण, दमन,भ्रष्टाचार आदिले प्रदूषित बनेको समाज र मुलुकमा त्यस्ता खराबीहरूको क्रमिकता तोड्दै न्याय, सम्मान र प्रगतिको नयाँ परम्परा सुरु गर्नुपर्ने आग्रह रहेको छ । परिवर्तन अपरिहार्य भइसकेको छ र पुरानो निरन्तरतालाई भङ्ग गरेर नयाँ व्यवस्था ल्याउनु पर्छ भन्ने यसको आशय देखिन्छ । 

भीमान जङ्गल यात्रा 
सिन्धुली जिल्लाको भीमानमा पञ्चायती शासकले वामपन्थी नेता ऋषि देवकोटा आजादको निर्ममतापूर्वक हत्या गरेको थियो । त्यही घटनाको स्मरणमा प्रस्तुत कविता लेखिएको छ । ऋषि देवकोटा जस्ता परिवर्तन कामी तथा राष्ट्र«वादी नेताहरू मारिने गरेको नेपाली इतिहासको यथार्थलाई प्रस्तुत गर्दै यस्ता नेताप्रति श्रद्धाभाव व्यक्त गर्नु यस कविताको मूल उद्देश्य देखिन्छ । 

४६ को चैतको सडक 
पञ्चायती व्यवस्थाका विरुद्ध २०४६ चैत्रमा जनताहरू सडकमा ओर्लिए । जनताहरूको त्यही सडक सङ्घर्षको परिणाम पञ्चायत शासन सत्ता ढल्यो । यही ऐतिहासिक यथार्थलाई यस कविताले प्रतिबिम्बित गरेको छ । 

फरक फरक छातीहरू 
मानिसका छाती अर्थात् भावना र अठोट पनि फरक फरक हुन्छ भन्ने विषयमा प्रस्तुत कविता रचिएको छ । एकथरी मानिसहरू क्रूर, शोषक, र स्वार्थी ह्ुन्छन् । अर्काथरी मानिसहरू दयावान्, परोपकारी साथै त्यागी र साहसी पनि हुन्छन् । यसरी मानिसको छाती अर्थात् मान्छेका चाहना, व्यहोरा र कार्य फरक–फरक हुन्छ भन्ने यस कविताको कथ्य विषय रहेको छ । 

अभिशप्त पर्खाल 
अभिशप्त पर्खाल कवितामा जनविरोधी सत्तालाई अभिशप्त पर्खालका रूपमा लिइएको छ । त्यस्तो पर्खाल ढालेर जनताहरूको स्वतन्त्रता र अधिकार स्थापना गर्नु पर्ने र त्यसका लागि सबल उपयुक्त विचार आवश्यक छन् । यस कविताको सार निष्कर्ष रहेको छ । 

२.३. यात्राको एउटा दृश्य कविता सङ्ग्रह
‘यात्राको एउटा दृश्य’ कविता सङ्ग्रहमा २०५६ देखि २०६० सालसम्म मातृका पोखरेलद्वारा लेखिएका कविताहरू सङ्गृहीत छन् । यस सङ्ग्रहमा समाविष्ट कविताहरू यसप्रकार छन् ः 
(१) फरक आँखाका यात्रीहरू, (२) दुस्मनहरू सुरक्षित रहेको बेला, (३) अँध्यारो विरुद्धमा, (४) यस पटक दसैंमा, (५) उसले पनि हाम्रो कुरा गर्छ, (६) दुख्ने मनहरूसँग, (७) म तिम्रा कविताका विरुद्धमा लेख्छु (८) सर्पपूजा, (९) अब आफ्नै बाटो रोज्नु पर्छ,   (१०) जलजला, (११) प्रिय मान्छेका गीतहरू, (१२) नागरिक, (१३) भविष्यका लागि, (१४) कलिला जनहरूको श्रद्धाञ्जलीमा, (१५) उज्यालो हुनुअघि, (१६) स्वयम्भूका आँखासँग, (१७) बाटाहरू –१,  (१८) बाटाहरू –२, (१९) बाटाहरू –३, (२०) यात्राको एउटा दृश्य, (२१) एउटा पुजारीको आत्मकथा, (२२) सपना । यी कविताका बारे तल सङ्क्षेपमा चर्चा गरिएको छ ः

फरक फरक आ“खाका यात्रीहरू 
एउटा घटना, सन्दर्भ, विषयलाई फरक फरक भोक्ताले फरक फरक ढङ्गले अनुभूत गर्छन् भन्ने विषयमा फरक फरक आ“खाका यात्रीहरू शीर्षकको कविता लेखिएकोे छ । वर्गीय समाजमा हुने शोषण, विभेद, अत्याचार र तिनप्रतिका बुझाइमा देखिने भिन्नतालाई यस कविताले सङ्केत गरेको छ । 

दुस्मनहरू सुरक्षित रहेको बेला 
जनताहरू आफ्नो अधिकार अस्तित्वका निम्ति सङ्घर्षमा उत्रिदा शासकले जनतामाथि दमन गर्ने गरेको विषयमा प्रस्तुत ‘दुस्मनहरू सुरक्षित रहेको बेला’ शीर्षकको कविता लेखिएको छ । जनसङ्घर्षमा दुस्मनहरू बलिया देखिन सक्छन् तर जनताहरूले प्रतिकार गर्नैपर्छ भन्ने आशय यसमा प्रतिबिम्बित भएको छ ।

अ“ध्यारो विरुद्धमा 
नेपाली समाजमा शोषण, अत्याचार, दमन, उत्पीडित छ । यसैले सिङ्गो समाज अन्धकारमा रुमलिई रहेको छ । शासक जनविरोधी छ, ऊ उज्यालो चाहदैँन तर जनता भने उज्यालो चाहन्छन् । शोषक अन्याय आदिबाट मुक्ति अर्थात् उज्यालोको खोली जनताको लक्ष्य हो भन्ने प्रस्तुत ‘अँध्यारो विरुद्धमा’ शीर्षक  कविताको मूलभूत उद्देश्य देखिन्छ । 

यस पटक दसैंमा
देश झन् झन् दयनीय अवस्थाबाट गुज्रिरहेको र जनताहरू गरिबी, शोषक आदिबाट आक्रान्त भएकोमा आक्रोश व्यक्त गरिएको विषयमा ‘यस पटक दसैंमा’ शीर्षकको कविता लेखिएको छ । राज्य सत्ताले जनताको हितका काम गरेको छैन । शासकहरू जनतामाथि दमन, शोषण गर्दै देशलाई बर्बाद बनाइरहेका छन् । यसैले जनतामा आक्रोश थपिँदैछ भन्ने यस कविताको सार रहेको छ । 

उसले पनि हाम्रो जस्तै कुरा गर्छ 
जनताहरूमा अन्याय, शोषण विरुद्ध आक्रोश बढदै जाँदा शोषित वर्गका मानिसहरू एउटै विचारबाट निर्देशित बन्दै गएका छन् । शासकका विरुद्ध सङ्घर्ष गर्ने विचार बोक्नेहरू सङ्गठित हँुदैछन् । ‘उसले पनि हाम्रो जस्तै कुरा गर्छ’ शीषक कविताले यही विषयलाई कवितात्मक रूपमा प्रस्तुत गरेको छ । 

दुख्ने मनहरूस“ग 
देश पराधीन बन्दै गएको अनि राष्ट्रियता सङ्कटमा पर्दै गएको हुनाले देशवासीहरूको मन दुख्न थालेको छ भन्ने विषयमा प्रस्तुत ‘दुख्ने मनहरूसँग’ शीर्षकको कविता लेखिएको छ । नेपाल खास गरेर दक्षिणी छिमेकी राष्ट्र«बाट सिमाना मिचिने लगायतका कार्यबाट आक्रान्त भएको विषयलाई यस कवितामा उठाउन खोजिएको छ । 

म तिम्रा कविताको विरुद्धमा लेख्छु 
वर्गीय समाजमा कला साहित्य पनि वर्गीय हुन्छ भन्ने विचारलाई ‘म तिम्रा कविताको विरुद्धमा लेख्छु’ शीर्षक कवितामा प्रस्तुत गरिएको छ । सत्ताको नजिक रहेर कविता लेख्नेहरू आम श्रमजीवी जनताका पक्षमा लेख्दैन । उनीहरू शासकको हितमा लेख्छन् । कवि त्यस्ता कविहरूका कविताको विरुद्धमा आम श्रमजीवी वर्गको हितका लागि कविता लेख्छु भनेर उद्घोष गर्छन् । 

सर्पपूजा 
सत्ताको आडमा जनतामाथि शोषण दमन गर्ने शासकलाई प्रस्तुत ‘सर्पपूजा’ शीर्षक कवितामा गोमन सर्पको प्रतीकका रूपमा उभ्याइएको छ । त्यस्तो सर्परूपी शासकका विरुद्ध कविहरूले कलम चलाउनु पर्ने हुन्थ्यो तर एक थरी कविहरू तिनै शासकको गुणगान गाइरहेका छन् । प्रस्तुत कवितामा तथाकथित त्यस्ता कविहरूको सिर्जन कर्मलाई सर्पपूजाका रूपमा चित्रण गरिएको छ । 

अब आफ्नै बाटो रोज्नु पर्छ 
सत्ताका आडमा जनदमन गर्ने क्रूर शासकको चरित्र र प्रवृत्तिलाई ‘अब आफ्नै बाटो रोज्नु पर्छ’ कविताले उदाङ्गो पारेको छ । नेपालमा राजतन्त्रले सर्वसाधारण जनतामाथि गर्ने गरेको दमन, हत्या आदिको सन्दर्भ प्रस्तुत गर्दै राजसंस्थाको अन्त्यको आवश्यकता रहेको सङ्केत गरेको छ । 

जलजला
जनयुद्धका क्रममा क्रान्ति र सङ्घर्षको प्रतीकका रूपमा प्रयोग गरिएको जलजला, पहाडलाई प्रतीक बनाएर प्रस्तुत ‘जलजला’ शीर्षकको कविता लेखिएको छ । रोल्पा, रुकुमका जनताले नेपालमा सत्ता परिवर्तनका लागि गरेको त्याग र बलिदानको स्मरण गराउने ‘जलजला’ शब्दलाई यस कवितामा मुक्तिका लागि जनता बलिदानी सङ्घर्षमा उत्रिएको सन्दर्भ प्रस्तुत गरिएको छ । 

प्रिय मान्छेका गीतहरू 
‘प्रिय मान्छेका गीतहरू’ शीर्षकको यस कवितामा मान्छेले सहजता, सरलता र सिर्जनात्मकता रोज्छ भनिएको छ । मान्छेलाई सरल, सहज र सिर्जनात्मक कार्यतर्र्फ उन्मुख गराउने गीतहरू नै प्रिय मान्छेका गीतहरू हुन् भन्ने यस कविताको विषय रहेको छ । 

नागरिक
देशलाई तहस नहस बनाउनेहरू नै सच्चा नागरिक कहलिने तथ्यप्रति प्रस्तुत ‘नागरिक’ शीर्षक कवितामा व्यङ्ग्य गरिएको छ । असल नागरिकहरू उत्पीडन भोगिरहेका र उत्पीडकहरू असल नागरिकका रूपमा दर्पण भइरहेको कटु सत्यप्रति यसले कटाक्ष गरेको छ । 

भविष्यका लागि 
श्रमजीवी जनताको भविष्य सङ्घर्षमा निर्भर छ । शोषण, अन्याय, भ्रष्टाचार जस्ता जनविरोधी कार्यका विरुद्ध जनताको बलिदानी सङ्घर्ष आवश्यक छ । जनसङ्घर्ष बिना श्रमजीवी जनताको भविष्य राम्रो बन्दैन भन्ने विषयमा प्रस्तुत ‘भविष्यका लागि’ शर्षिक कविताको सारभूत निष्कर्ष रहेको छ । 

कलिला जूनहरूको श्रद्धाञ्जलीमा 
मुलुक र जनताको स्वतन्त्रता एवम् अस्तित्वका लागि जीवन उत्कर्ष गर्ने सहिदहरूप्रति श्रद्धाभाव व्यक्त गर्दै सहिदहरूको सहादतप्रति उच्च मूल्याङ्कन गरिएको विषय प्रस्तुत ‘कलिला जूनहरूको श्रद्धाञ्जलीमा’ शीर्षकको कविताको कथ्य–विषय हो । योद्धाहरूको त्याग र बलिदानबाट मात्र जनताहरू स्वतन्त्र र अधिकार सम्पन्न बन्न सक्छन् । अतः सहिदहरू इतिहासका अत्यन्तै आदरणीय पात्र छन् भन्ने यस कविताको सार रहेको छ । 

उज्यालो हुनुअघि 
उज्यालो हुनुअघि अन्धकार रात हुन्छ । अन्धकार रातपछि उज्यालो आउँछ । यसर्थ अहिले अन्धकार छ भन्दैमा आत्तिन आवश्यक छैन । यो रातको अवस्था उज्यालो हुनुपूर्वको अवस्था हो भन्दै जनताहरूले अन्याय–अत्याचारबाट आत्तिने होइन,  त्यसको प्रतिरोध गरेर भोलिको सुन्दर विहानीको प्रतीक्षामा रहनु पर्दछ भनिएको छ । 

स्वयम्भूका आ“खास“ग 
कवि कृष्ण सेन ‘इच्छुक’, जस्ता जनताका पक्षमा कलम चलाउने स्रष्टाको हत्या गर्ने शासकको पक्षधर बन्नेहरूलाई इतिहासले मूल्याङ्कन गरिरहेको छ भन्ने यस कविताको कथ्य विषय हो । तत्कालीन सरकारले इच्छुकलाई मारेर जनताको आन्दोलनलाई रोक्न खोजेकामा कविको खबरदारी छ । मान्छे मार्दैमा जनताको आन्दोलन रोकिँदैन भन्ने ‘स्वयम्भूका आँखासँग’  कविताको मूल कथ्य हो । 

बाटाहरू –१ 
जनताको मुक्तिको एउटै बाटो जनसङ्घर्ष हो भन्ने निष्कर्ष ‘बाटाहरू –१’ शीर्षक कविताको कथ्य रहेको छ । जनताको मुक्तिको निर्विकल्प बाटो भनेकै जनताको सङ्घर्ष हो । वर्ग सङ्घर्षबाट मात्र शोषित पीडित वर्गको विजय सम्भव छ र त्यही नै एउटै बाटो हो भन्ने यस कविताको सार निचोड रहेको छ ।

बाटाहरू –२ 
समाजको रूपान्तरणका लागि सङ्घर्षमा उत्रिएका योद्धाहरूलाई हत्या गर्ने प्रतिक्रियावादीहरूको चरित्रलाई उदाङ्गो पार्ने काम ‘बाटाहरू–२’ कवितामा भएको छ । शासकहरू जनसङ्घर्षलाई दमनबाट सिद्ध्याउन खोज्छन् भन्ने देखाउँदै त्यस्ता शासकका कृत्यबाट सचेत रहनु पर्ने विचार यसमा व्यक्त भएको छ । 

बाटाहरू –३ 
स–साना गोरेटाहरू राजमार्गमा विस्तार हुन्छन् भन्दै जनताका स–साना सङ्घर्षहरूले ठुलो क्रान्तिको रूप लिने विश्वास  ‘बाटाहरू –३’ कविताको मुख्य कथ्य हो । जनताहरू यथास्थितिमा रहेका शोषण–उत्पीडन विरुद्ध सङ्घङ्र्षमा पुग्छ भन्ने कविको बुझाइ देखिन्छ । 

यात्राको एउटा दृश्य 
नेपालको उत्पादन प्रक्रिया सामन्तवादी छ । यस्तो उत्पादन प्रणालीबाट मुट्ठीभर सामन्ती वर्गमात्र लाभान्वित छ । यसर्थ अबको बाटो भनेको जनताको पक्षमा उत्पादन प्रणालीलाई विकसित गर्नु हो । यही विषयलाई ‘यात्राको एउटा दृश्य’ शीर्षक कविताको कथ्य बनाइएको छ । 

एउटा पुजारीको आत्मकथा 
आस्थावान् र श्रद्धालुहरू उपेक्षित हुने तर चोरबाटोबाट देखा पर्ने र आडम्बरीहरू अगाडि बढ्ने यथार्थलाई प्रस्तुत ‘एउटा पुजारीको आत्मकथा’ कवितामा उजागर गरिएको छ र सोझो, इमान्दार, सत्य, आस्था, श्रद्धा जस्ता विषय उपेक्षित भएका बाङ्गोटिङ्गो, छलछाम, जालझेल, आडम्बर जस्ता कुप्रवृत्ति मौलाएकोमा चिन्त व्यक्त गरिएको छ । 

सपना
सत्तामा टिकिरहन अनेक कुकृत्य गर्ने शासक वर्ग र आम जनताका सपना फरक फरक हुन् भन्ने विषयलाई प्रस्तुत ‘सपना’ शीर्षक कविताले प्रस्ट्याएको छ । शासक वर्ग जनदमनद्वारा सत्तामा टिक्ने सपना देख्छ । आम जनता आफू र मुलुकको सुन्दर र समुन्नत भविष्यको सपना देख्छन् । यही सपनाको प्राप्तिमा जनताहरू सङ्घर्षमा छन् र शासक जनदमनमा छ भन्ने यस कविताको मूल कथ्य रहेको छ । 

२.४. अनुहारहरूकवितासङ्ग्रह
‘अनुहारहरू’ कवितासङ्ग्रह धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रकाशित गरेको हो । यो कृति काजी रोशन पुरस्कार, २०६४ बाट पुरस्कृत भएको छ । यस सङ्ग्रहमा तेइसवटा कविताहरू ङ्कलित छन् । यसमा लेखकको मन्तव्य, डा. ताराकान्त पाण्डेयको भूमिका र प्रकाशकीय पनि छापिएको छ । यस सङ्ग्रहमा ’सर्त, नयाँ वर्ष २०६१, राजमार्ग र चिन्तित मनहरू, नयाँ शताब्दीको थोत्रो मान्छे, अनुहारहरू, उसको मृत्युमा, कविताको विषय, फरकफरक मुर्दाघाटहरू, कसको जमिन, सबै कुरा साँचो हुनेछ, ऊ बगर; खडेरी पर्खन्छ, टुकुचा, टोपआतङ्क, बाँझो जमिन र हलीहरू, अचेल मान्छेहरू, उनीहरूले सोचेका भए, भोलिको तस्बिर, भोलि, म खोज्दैछु अर्को अमलेखगन्ज, सिंहदरबार, समय, वनफूल र सपना’ तथा ‘उदयपुर’ शीर्षक गरी २३ कविता सङ्कलित छन् । यी कविताको सामान्य सन्दर्भ तल दिइएको छ ः 

सर्त 
‘सर्त’ कविताले परिवर्तनको महान् यात्रामा सही विचार र सशक्त नेतृत्वको आवश्यकता बोध गरेको छ । भविष्यद्रष्टा कुशल नेतृत्वले मात्र प्रगतिको यात्रालाई सही गन्तव्यमा पु¥याउन सक्छ र त्यस्तै नेतृत्वको पछि मात्र लाग्न सकिन्छ भन्ने चाहना यस कवितामा स्पष्टसँग आएको छ । यस कवितामा कविले आगामी दृष्टिकोणलाई ’आँखा’, अग्रगामी यात्रालाई शिखर चढ्ने कुरा र सबल नेतृत्वलाई झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू भएको मान्छेको रूपमा प्रस्तुत गरेका छन् ।

नया“ वर्ष–२०६१
‘नयाँ वर्ष–२०६१’ कवितामा देशभित्र एक वर्ष (२०६१) मा भएको राज्यआतङ्क तथा जनप्रतिरोध, संसारभर साम्राज्यवादी अमेरिकाले फैलाएको आतङ्क र जनदमनको स्मरण गर्दै आउन लागेको वर्षचाहिँ योभन्दा  फरक भएर शोषितपीडित जनताले चाहेअनुसारको परिवर्तनशील भएर आए हुन्थ्यो भन्ने भावमा लेखिएको छ । 

राजमार्ग र चिन्तित मनहरू
‘राजमार्ग र चिन्तित मनहरू’ कवितामा आधाशताब्दी लामो नेपाली कम्युनिस्ट आन्दोलनको प्रतीतको रूपमा ‘थोत्रिँदै गएको सडक’ लाई उभ्याइएको छ । नेपाली कम्युनिस्ट आन्दोलनले अपेक्षित परिवर्तनको अगुवाइ गर्न नसकेकोमा कविको चिन्ता यसमा प्रकट भएको छ । यस्तो चिन्ता भए पनि कवि निराश भने छैनन् । 

नया“ शताब्दीको थोत्रो मान्छे
यस कवितामा नेपालको राजतन्त्र र त्यसको नाइके राजालाई प्रतीकात्मक रूपमा उभ्याइएको छ । नेपालको राजा कफ्र्यु नलागेको दिन र जुनेली रात दुवैसँग डराउँछ भन्दै ’गरिब देशको धनी मान्छे’, ’नयाँ शताब्दी थोत्रो मान्छे’, ’द्वापर युगको मान्छे’ जस्ता प्रतीकद्वारा उसको (राजाको) चरित्रलाई प्रस्ट्याउने काम गरिएको छ । यस कविताले राजा ज्ञानेन्द्रद्वारा गरिएका जनदमन, कुकृत्य र उसको चरित्रको भण्डाफोर गरेको छ ।

अनुहारहरू 
कविता सङ्ग्रहको शीर्षक समेत रहेको यस कवितामा नेपाली जनताको मुक्ति आन्दोलन, त्यसमाथिको शासकीय दमन र शोषितपीडित वर्गप्रतिको पक्षधरताको चित्रण छ । शासक वर्ग व्रmूर र निर्मम ढङ्गले जनदमनमा उत्रिएको छ, नेपाली जनताहरू प्रतिरोध गरिरहेका छन् । त्यहाँ शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा र सज्जापूर्ण देखिए पनि उसको भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ । कविले यस्तो अनुहारप्रति तीव्र घृणा प्रकट गरेका छन् । कविलाई अन्याय, अत्याचारको प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू राम्रा र सुन्दर लाग्छन् । यसरी यस कविताले कविको वर्गीय दृष्टिकोण र वर्गीय पक्षधरतालाई प्रस्ट पारेको छ ।

उसको मृत्युमा
उसको मृत्युमा कवितामा एक जना व्रmान्तियोद्धाको सहादतको प्रसङ्ग उल्लेख गरिएको छ । यसले जनयुद्धमा सहादत हुने कृष्णसेन ’इच्छुक’हरूको सम्झना गराउँछ ।

कविताको विषय
‘कविताको विषय’ कवितामा नेपालमा सङ्कटकाल लागेको बेला अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नाङ्गो हस्तक्षेप र प्रतिबन्धप्रति विरोध, आव्रmोश र व्यङ्ग्य गरिएको छ ।

फरकफरक मुर्दाघाटहरू
‘फरकफरक मुर्दाघाटहरू’ कवितामा २०६१ भदौ १५ गते इराकमा बाह्रजना नेपालीको हत्या भएको विषयलाई मार्मिक रूपमा चर्चा गरिएको छ ।

कसको जमिन
‘कसको जमिन’ कवितामा नेपालको सिमाना र सार्वभौमसत्तामाथिको वैदेशिक हस्तक्षेपको विरोध गरिएको छ । 

सबै कुरा सा“चो हुनेछ
‘सबै कुरा साँचो हुनेछ’  शीर्षक कवितामा जनचेतना र जनप्रतिरोध नभएसम्म अन्याय, अत्याचार, शोषण, दुष्प्रचारहरू कायम रहन्छन् भनिएको छ ।

ऊ बगर, खडेरी पर्खन्छ
यस कवितामा कहिल्यै सुख, खुसी र सन्तुष्टि भोग्न नपाउने, पीडितहरूको जीवन यथार्थलाई खडेरी पर्खने बगरसँग तुलना गरिएको छ ।

टुकुचा
यस कवितामा ‘टुकुचा’ नदीको दुर्गन्धित अवस्थाको चित्रण गर्दै यसको इतिहासको सफा र सुन्दर पक्षको स्मरण गरिएको छ । यस कविताले विगतमा जनताको लागि, परिवर्तनका लागि त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको तथ्यलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ ।

टोप आतङ्क
‘टोप आतङ्क’शीर्षक कवितामा जनदमनमा उत्रिएको शासकको कुकृत्यलाई देखाइएको छ । यस कविताले २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले पुराना पञ्चहरूलाई अगाडि सारेर जनदमनमा उत्रिएको सन्दर्भलाई प्रतिबिम्बन गरेको छ ।

बा“झो जमिन र हलीहरू
‘बाँझो जमिन र हलीहरू’शीर्षक कवितामा जनआन्दोलनलाई साथ नदिने कुनै समूह वा पार्टीविशेषलाई सङ्केत गर्दै केही समूह वा पार्टी विशेषले छाड्दैमा जनआन्दोलन रोकिँदैन भन्ने कविको उद्घोष व्यक्त भएको छ ।

अचेल मान्छेहरू
‘अचेल मान्छेहरू’ शीर्षक कवितामा सहिद विजय ढकाल ‘विश्वास’ को सहादतको प्रसङ्गबाट मुक्तियुद्धमा संलग्न योद्धाहरूको सहादतको महिमागान गाइएको छ ।

उनीहरूले सोचेका भए
‘उनीहरूले सोचेका भए’शीर्षक कवितामा अन्याय, अत्याचार, शोषण, सदाकाल टिक्दैन । जनताहरू परिवर्तनका लागि उठेपछि अन्याय–शोषणको अन्त्य भइछाड्छ भनिएको छ । यसमा नेपालमा सामन्ती शासनव्यवस्थालाई ‘इतिहासले बोकेको एउटा गलगाँड’ का रूपमा लिँदै त्यसबाट छुटकारा पाउने उद्घोष गरिएको छ । यसमा नेपालको राजतन्त्रलाई नेपाली जनताको दुस्मनका रूपमा चित्रित गर्दै अब त्यसलाई हटाउने उद्घोष गरिएको छ ।

भोलिको तस्बिर
‘भोलिको तस्बिर’शीर्षक कवितामा नयाँ पुस्तामा मौलाउँदै गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र व्यक्तिवादी चिन्तनप्रति चिन्ता व्यक्त गरिएको छ । उपभोक्तावादी–पुँजीवादी संस्कृतिको प्रभावमा मान्छेले आप्mना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने प्रवृत्तिलाई भुल्ने खतरा रहेको कुरालाई यस कवितामा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

भोलि
‘भोलि’शीर्षक कवितामा सुन्दर र विकसित नयाँ नेपालको परिकल्पना गरिएको छ । भोलिको नेपालमा अन्याय, अत्याचार, शोषण, अभाव, गरिबी आदिको अन्त्य हुनेछ र नेपाल र नेपालीहरू प्रगतिको शिखर चुक्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ ।

म खोज्दैछु अर्को अमलेखगन्ज
‘म खोज्दैछु अर्को अमलेखगन्ज’ कवितामा राजनीतिक स्वतन्त्रता मात्रैले जनताको कल्याण हुँदैन । राजनीतिक स्वतन्त्रतासँगै पराधीन र पराश्रित चिन्तनबाट मुक्त भएर स्वाधीन र स्वाभीमानी मान्छे बनेर मात्र जनताले साँच्चिकै स्वतन्त्रता र मुक्तिको महसुस गर्न सक्छन् । यसर्थ अब हामीले स्वाधीन र स्वाभीमानका लागि सङ्घर्ष गर्नुपर्दछ भनिएको छ ।

सिंहदरबार  
नेपालका नेताहरू सत्ताबाहिर रहँदा र सत्तामा नपुग्दासम्म जनताका मित्र देखिन्छन्, तर सत्ता (सिंहदरबार) मा पुगेपछि जनविरोधी बन्छन् भन्ने विषयलाई सिंहदरबार कवितामा राम्ररी उजागर गरिएको छ ।

समय
‘समय’शीर्षक कवितामा शान्ति र परिवर्तनका पक्षमा देखिएका नयाँ सम्भावनाहरू आशाप्रद छन् तर तिनले पूर्णता पाउँछन् वा पाउँदैनन् भन्ने आशङ्का व्यक्त गरिएको छ । 

वनफूल र सपना
‘वनफूल र सपना’शीर्षक कविताले जनआन्दोलन–२ मा सहादत हुने सहिद सेतु सुनारको सन्दर्भबाट शोषित–पीडित नेपाली जनताहरूले परिवर्तनको आन्दोलनमा निर्णायक भूमिका पूरा गरेको तथ्यलाई प्रस्ट्याएको छ ।

उदयपुर
‘उदयपुर’ कवितामा कविको आप्mनो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा अग्रगामी परिवर्तन हुनेछ र समग्र नेपालको प्रगति हुनेछ भन्ने आशा व्यक्त गरिएको छ ।

२.५. निष्कर्ष
मातृका पोखरेलका हालसम्म (१) सेतो दरबारको छेउबाट (२०५६), (२) यात्राको एउटा दृश्य (२०६०) र (३) अनुहारहरू (२०६४) गरी तिनवटा कविता सङ्ग्रह प्रकाशित छन् । यी कविता सङ्ग्रहमा क्रमशः  १९, २२ र २३ गरी ६४ वटा कविता सङ्गृहीत छन् । यी कवितामा विविध विषय समेटिएका छन् । यी कविताहरू मध्ये अधिकांश कविता सङ्ग्रहमा आउनु अगावै विभिन्न पत्रिकामा प्रकाशित भइसकेको पाइन्छ । यी सङ्ग्रहमा समाविष्ट कविताहरू २०४५ सालदेखि २०६४ सालसम्मको करिब २० वर्षको अवधिमा लेखिएको पाइन्छ ।यी कविताहरु के कस्तो विषयमा केन्द्रित रहेका छन्, तिनको विश्लेषण अर्को अध्यायमा गरिएको छ ।


परिच्छेद तिन
मातृका पोखरेलका कविताको विश्लेषण
३.१. विषय प्रवेश 
कविता साहित्यको लयात्मक विधा हो । कविता विचार, भाव वा घटनाको लयात्मक संरचना हो (शर्मा, २०५५ ः ५६१) । यसर्थ कवितामा भाव, विचार वा घटनाको लयात्मक प्रस्तुति हुने गर्दछ । लुइटेल (२०६२ ः २०९) का अनुसार वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैली कविताका संरचक घटकहरू हुन् । कविताका संरचक तत्वमध्ये विषय, भाव, भाषाशैली र लयलाई मुख्य मानिन्छ । यसर्थ यस शोधकार्यमा विषय वा भाव, भाषाशैली र लयका आधारमा मातृका पोखरेलका समग्र कविताको अध्ययन गरिएको छ । 
कवि मातृका पोखरेल आधुनिक कविता साहित्यका समकालिन समयका प्रगतिवादी–समाजवादी धाराका जल्दा बल्दा धरोहर जसलाई यथार्थवादी कविका रुपमा चिनिन्छ । उनका कवितामा अपहेलित, शोषित, उत्पीडित, भोका नाङ्गा, सर्वहारावर्गको साथ लिँदै धार्मिक अन्धता तथा रुढिवादको विरोध, वर्गसङ्घर्षको चित्रण, सामाजिक यथार्थ, प्रगतिवादी मान्यता अनुरूप यथार्थको अभिव्यक्ति, वर्ग सङ्घर्षको चित्रण, शोषित वर्गीय पक्षधरता जस्ता प्रवृत्ति पाइन्छन् । 

३.२. वषयवस्तु तथा भावविधान
मातृका पोखरेलका कविताको मुख्य विषय राजनीति, वर्गीय असमानताको चित्रण, सहिद गाथा र भविष्य दृष्टि रहेका छन् ।  

(क) राजनीतिक विषयवस्तु
मातृकाका अधिकांश कविताको विषयवस्तु राजनीतिक रहेको छ । पञ्चायती राजनीतिदेखि जनयुद्ध कालीन राजनीतिसम्मका विषयमा मातृकाले कविता लेखेका छन् ः  ‘आज पनि उस्तै आए’, ‘सेतो दरबार’, ‘४६ को चैत्रको सडक’, फरक आँखाका यात्रीहरू, दुस्मनहरू सुरक्षित रहेको बेला,नागरिक, कलिला जनहरूको श्रद्धाञ्जलीमा, सर्त,राजमार्ग र चिन्तित मनहरू जस्ता कविता राजनीतिक विषयवस्तुमा लेखिएका छन् । कवि मातृकाका कवितामा राजनीति जनपक्षीय नभएको प्रति आलोचना गरिएको पाइन्छ । साथै जनपक्षीय राजनीतिक व्यवस्थाको स्थापनाका लागि सङ्घर्षको अनिवार्य त भनिएको पाइन्छ । 

(ख) वर्गीय असमानताको  विषयवस्तु 
मातृका पोखरेलका कवितामा नेपालमा रहेको वर्गीय असमानताको विषयलाई प्रस्तुत गर्दै त्यस्तो असमानताको अन्य हुनु पर्ने आग्रह पाइन्छ । ‘आकाश तिमीलाई निम्ता छ’, ‘सूर्य उदाउँछ’, ‘त्यो दिन फर्किएका रातहरू’, ‘साक्षी’, ‘मरुभुमि, शिखर र आस्था’,  ‘छोङमाङ ¤ तिमीले कस्तो सपना देख्यौ’, ‘आफ्नै जस्तै लाग्यो’,  ‘अजम्बरी कविता’, ‘कालो सर्प’, ‘खै ¤ यात्रीहरू उठेकै छैनन्’, ‘म देश पढ्दै छु’, ‘क्रमभङ्ग’, , ‘फरक फरक यात्रीहरू’, ‘अभिशप्त पर्खाल’अँध्यारो विरुद्धमा, यस पटक दसैंमा, उसले पनि हाम्रो कुरा गर्छ, दुख्ने मनहरूसँग, म तिम्रा कविताका विरुद्धमा लेख्छु, सर्पपूजा, अब आफ्नै बाटो रोक्नु पर्छ,  जलजला, प्रिय मान्छेका गीतहरू, उज्यालो हुनुअघि, यात्राको एउटा दृश्य, एउटा पुजारीको आत्मकथा, सपना, नयाँ वर्ष २०६१, नयाँ शताब्दीको थोत्रो मान्छे, अनुहारहरू, कविताको विषय, फरकफरक मुर्दाघाटहरू, कसको जमिन, सबै कुरा साँचो हुनेछ, ऊ बगर; खडेरी पर्खन्छ, टुकुचा, टोपआतङ्क, बाँझो जमिन र हलीहरू, उनीहरूले सोचेका भए, सिंहदरबार, समय, ‘उदयपुर’ शीर्षकका कवितामा यस्तो विषयवस्तु पाइन्छ । 

(ग) सहिदको सम्झना 
मातृका पोखरेलका केही कविता सहिदका विषयमा लेखिएका छन् । ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’,‘भीमान जङ्गल यात्रा’, कलिला जूनहरूको श्रद्धाञ्जलीमा’,‘स्वयम्भूका आँखासँग’, उसको मृत्युमा,  वनफूल र सपना’, ‘अचेल मान्छेहरू’ शीर्षकका कविता सहिदका विषयमा केन्द्रित छन् । 

(घ) भविष्यको मार्गचित्र  
मातृका पोखरेलका कवितामा आशावादी भविष्यको पकिल्पना पाइन्छ र उनले भोलिको बाटो के हुने भन्ने विषयमा पनि कविता लेखेका छन् । बाटाहरू –१,  बाटाहरू –२, बाटाहरू –३,भोलिको तस्बिर, भोलि, म खोज्दैछु अर्को अमलेखगन्ज, भविष्यका लागि आदि कवितामा भविष्यको विषयवस्तु पाइन्छ । 
यिनै विषयका सेरोफेरामा रहेका मातृका पोखरेलका कविताका विषयवस्तुगत भावमा पाइने मुख्य विशेष्ताका बारेमा तल चर्चा गरिएको छ ः 
१.समकालीन यथार्थको चित्रण  
‘म देश पढ्दै छु’यसपटक दशैँँमा घर जाँदालगायतका कवितामा यो विषय पाइन्छ । दशैँको बेला कवि घर जाँदा बाटामा भेटेका भरियाँको अनुभवलाई प्रतीकात्मक ढङ्गले देशको वर्तमान अवस्थाको चित्रण यसरी गरेका छन् ः
मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो ।(यसपटकदशैँमा, पृ.१४)

अगुवा भनाउँदाहरू असल नभएको यथार्थ प्रस्तुत गर्दै तिनीहरूका पछि लाग्नु हुँदैन भन्ने कविको भनाइ छ ः 
अन्धाहरू अघि लागेर
बाटो देखाउने  दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन् ।(सपना, पृ. ५९)

‘दुश्मनहरू सुरक्षित रहेको बेला’, ‘दुख्ने मनहरूसँग’, ‘उज्यालो हुनुअघि’, ‘भविष्यका लागि’ जस्ता कवितामा द्वन्द्वग्रस्त नेपाली समाजको यथार्थको प्रतिबिम्बन पाइन्छ । ‘दुश्मनहरू सुरक्षित रहेको बेला’ ले गरिबी र रोजगारीका कारण माओवादी र पुलिसमा भर्ना भएका दुई दाजुभाइ माइलो र साइँलाले एक अर्कालाई मार्नुपर्ने बाध्यता बनेको तत्कालीन अवस्थाको कटु यथार्थलाई प्रस्तुत गरेको छ ः 
तिमी साहिँलालाई गोली ताक्छौ
साहिँलो तिमीलाई निशाना दाग्छ ।
तिमी आप्mनै भाइहरूलाई हानिरहेका छौ
तिमी आफनै आप्mनैलाई मारिरहेका छौ । (दुश्मनहरू सुरक्षित रहेको बेला, पृ.११)

जनयुद्धकालीन कतिपय घटनाको विरोध र त्यसप्रति असन्तुष्टि व्यक्त गरे पनि उनका केही कवितामा भने जनयुद्धको समर्थन गरिएको पाइन्छ । ‘उज्यालो हुनुअघि’ शीर्षक कवितामा अप्रत्यक्ष रूपमा जनयुद्धको समर्थन गर्दै चाँडै नै परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ । परिवर्तन हुनुअघिका जनसमरमा केही क्षति हुनु स्वाभाविक छ भन्दै कवि लेख्छन् ः 
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्  (‘उज्यालो हुनुअघि’,  पृ.४४)

वर्तमान कुरूप छ, अन्धकारमय छ र त्रासदीपूर्ण छ, त्यसैले यसका विरुद्ध व्रmान्ति र विद्रोहको आवश्यकता छ भनेर यथास्थितिको तीव्र विरोध गर्दै अग्रगमन र परिवर्तनको भाव सम्प्रेषित गर्ने प्रवृत्ति मातृकामा पाइन्छ । ‘अँध्यारोका विरुद्धमा’, ‘यसपटक दशैँंमा’, ‘सर्पपूजा’, ‘अब आप्mनै बाटो रोज्नुपर्छ’, ‘जलजला’, ‘भविष्यका लागि’, ‘बाटाहरू १’, ‘बाटाहरू २’ र ‘बाटाहरू ३’  जस्ता कवितामा यो भाव पाइन्छ । । 
मातृका पोखरेलका कवितामा समृद्ध, उन्नत र अग्रगामी चेतनायुक्त नयाँ समाजको निर्माणमा निरन्तर प्रतिबद्ध जीवनवादी–आशावादी विचार मुखरित भएको पाइन्छ । उनका कवितामा यथास्थितिको समूल अन्त्य र नयाँ जीवनसंस्कृतिको प्रवल आग्रह पाइन्छ । वर्गीय विषमताप्रति तीब्र असहमति जनाउँदै निम्नवर्गीय जनताप्रति अपार माया र श्रद्धा मातृका पोखरेलका कवितामा पाइने महत्वपूर्ण विशेषता हो । पोखरेलका कवितामा स्वार्थी र भ्रष्ट नेतृत्व, कुरूप संस्कृति, वैचारिक ढुल्मुलेपना, अनुत्तरदायी शासन प्रणाली, दास मनोवृित्त, निरंकुशता, राजनीतिक बेइमानी र भ्रष्टाचार आदि प्रति व्यङ्ग्य गरिएको पाइन्छ । मातृका पोखरेलका कवितामा लोकतन्त्र, स्वतन्त्रता, स्वाभीमान, न्याय, समानता र मुक्तिको आवाज उठाइएको पाइन्छ । 

२.श्रमजीवी वर्ग र स्वतन्त्रताको पक्षपोषण 
‘आकाश तिमीलाई चिन्ता छ’, ‘म खोज्दैछु अर्को अमलेखगन्ज’ जस्ता कवितामा कवि स्वतन्त्रता र मुक्तिको उद्घोष गर्दछन् ः
हिजो खोजिएको अमलेखगन्ज
स्वतन्त्रताका लागि
आशक्त मनहरूको थियो,
अहिले मैले खोज्दै गरेको अमलेखगन्ज मनहरूका लागि हो । (म खोज्दैछु अर्को अमलेखगन्ज, पृ. २४ )

मातृकाका कवितामा नेपाली जनताको मुक्ति आन्दोलन, त्यसमाथिको शासकीय दमन र शोषितपीडित वर्गप्रतिको पक्षधरताको चित्रण छ । पोखरेलका कवितामा शासक वर्ग क्रुर र निर्मम ढङ्गले जनदमनमा उत्रिएको छ र नेपाली जनताहरू प्रतिरोध गरिरहेका छन् भन्ने देखाइएको छ । शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा सज्जापूर्ण देखिए पनि उसको भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ भनिएको छ । कवि शासकको कुकृत्यप्रति तीव्र घृणा प्रकट गर्छन् । अन्याय, अत्याचारको प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू कविलाई राम्रा र सुन्दर लाग्छन् । कवि भन्छन् ः 
भरखर कामबाट फर्किएको 
गनाइरहेको छ शरीर
तर म
संसारका अनुहारमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु (अनुहारहरू, पृ. ९) । 

जनताको  लागि, परिवर्तनका लागि त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको तथ्यलाई कविले उजागर गरेका छन ।
किसानहरूको डबलीमा 
आफ्नो पीडा गाउन मन पराउँथ्यो
जब ऊ समयसँगै शासक बन्यो
समयसँगै गनाउँदै गयो(टुकुचा, पृ. २३–२४) ।  

नेपालका नेताहरू सत्ताबाहिर रहँदा र सत्तामा नपुग्दासम्म जनताका मित्र देखिन्छन्, तर सत्ता (सिंहदरबार) मा पुगेपछि जनविरोधी बन्न पुग्छन् भन्ने कुरालाई  सिंहदरबार कवितामा राम्ररी चित्रण गरिएको छ । यस विषयमा कवि भन्छन् ः 
... सिंहदरबार
एउटा कुशल जादुघर हो 
त्यहाँ पुगेपछि
मान्छेको रङ्ग फेरिन्छ
स्वभाव फेरिन्छ
अर्थात् ऊ सिङ्गै फेरिन्छ । (सिंहदरबार, पृ. ४०ं) । 

३. विदेशी हस्तक्षेपको चित्रण र राष्ट्रियता मातृभूमिको प्रेम
नेपालमाथि भारतीय हस्तक्षेप छ र भारतीय दलालहरूले नेपाली चेलीहरू माथि कुकृत्य गर्ने र गुण्डागर्दी गर्ने गर्दछन् भन्ने विषय पोखरेलका कवितामा पाइन्छ । ’दुख्ने मनहरूसँग’ शीर्षक कवितामा  मेची, महाकाली र टनकपुरमा भएको भारतीय अतिव्रmमणको विरोध गरिएको छ । नेपाली चेलीमाथि विदेशीहरूको कुकृत्यलाई कवि यसरी उल्लेख गर्दछन् ः  
भाइटीका लगाए झंै लाग्यो
परिचित अनुहारको याद आयो
मलाई त आप्mनै जस्तो लाग्यो । (आप्mनै जस्तो लाग्यो, पृ. ४१)

नेपालीहरू बहादुरीको नाममा दुई छाक टार्नको लागि भाडाको सिपाही बनेर लड्नुपर्ने बाध्यताको चर्चा मातृकाका कवितामा पाइन्छ । जस्तै ः 
अब छोङपाङले बुझ््नुपर्छ
र छोङपाङहरूको देश नेपालको बुझ््नु पर्छ
के हामी फोकलैण्डको लागि जन्मिएका हौं ?
कि कारगीलको लागि हुर्किएका हौं ?(छोङपाङ तिमीले कस्तो सपना देख्यौ ?, पृ. ३२)

देशकासीमाहरू मिचिएका बेला कवि पोखरेल शासकहरूको गुणगान गाउन चाहँदैनन् । कविले कविता कसैको महिमागान, स्तुतीगान गाउने साधन होइन भन्ने सन्देश यसरी दिएका छन् ः
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतको लागि लेख्छु
म तिम्रै कविताको विरुद्धमा लेख्छु । (म तिम्रा कविताको विरुद्धमा लेख्छु, पृ. २८)

‘उदयपुर’ शीर्षकको कवितामा कविको आफ्नो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा अग्रगामी परिवर्तन रहेको छ र समग्र नेपालको प्रगति उन्नति रहेको छ भन्ने आशा व्यक्त गरिएको छ । कवि लेख्छन्र ः 
युगौँदेखि पर्खिरहेको छ ऊ 
एउटा न्यानो सूर्य
थकित आँखाहरू बोकेर
फर्किन छाडेको छैन
कुहिरो बोक्ने डाँडाबाट
आस्थाको एउटा नयाँ सूर्योदय (उदयपुर, पृ. ४७) ।

४. सत्ताको जनविरोधी चरित्र र राजनीतिक विकृतिको चित्रण
जनतालाई गुलिया र मीठा भाषण र आश्वासनले छक्काएर चुनावी राजनीति गर्ने स्वार्थी राजनीतिक चरित्रको चित्रण गरिएको एउटा कवितांश हेरौँ
उनी पाँच वर्षपछि आउँथे
झन् सुकिला बनेर आउँथे
खाइलाग्दा बनेर आउँथे ।(आज पनि उनै आए, पृ. २०)

सहिदका रगतको टिका लगाएर सिंहदरबार पस्नेहरू जनविरोधी भएकोमा कवि आक्रोस पोख्दछन् । ‘सिंहदरबार’ शीर्षक कवितामा कवि लेख्छन् ः
यतिवेला म,
त्रस्त आँखाले
सिंहदरबार गेटमा हेरिरहेको छु
हिजो झै,
अब उनीहरू फर्कदा
व्वाँसोको छाला ओढ्छन् कि ओढ्दैनन् ?(सिंहदरबार,पृ. ३९ )

निरङ्कुश शासक जनताको श्रम र पसिनामा निर्भर छ र नेपालको राजसत्ताले जनतामाथि सदैव शोषण गरेको छ भन्ने विषय मातृकाका कवितामा पाइन्छ । सेतो दरबार शीर्षक कविताका यी पंक्तिले यस कुरालाई यसरी भनेका छन् ः 
यो बस्तीमा घाम लाग्ने कुरा
उ सुन्नै चाहँदैन (सेतो दरबार, पृ. २७)

मातृकाका कवितामा राजतन्त्रको जनविरोधी चरित्रको पर्दाफास गर्दै राजतन्त्रको अन्त्यको चाहना प्रकट गरिएको पाइन्छ । उनका ‘कालो सर्प, यात्राको एउटा दृश्य’ जस्ता कविता यिनै विषयमा केन्द्रित छन् । राजा महाराजाहरूको निरङ्कुशताको चित्रण गर्दै कवि लेख्छन् ।
पागलहरूको एउटा नायक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चार दिवारबाट ऊ बाहिर आएपछि
यतिवेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।(टोप आतङ्क, पृ. ५२ )

‘नयाँ शताब्दीको थोत्रो मान्छे’ शीर्षकको कवितामा नेपालको राजतन्त्र र त्यसको नाइके राजालाई प्रतीकात्मक रूपमा उभ्याइएको छ । नेपालको राजा कफ्र्यु नलागेको दिन र जुनेली रात दुवैसँग डराउँछ भन्दै ‘गरिब देशको धनी मान्छे’, ‘नयाँ शताब्दी थोत्रो मान्छे’, ‘द्वापर युगको मान्छे’ जस्ता प्रतीकद्वारा राजाको चरित्रलाई प्रस्ट्याउने काम गरिएको छ । कवि राजतन्त्रको अन्त्य चाहन्छन् ः 
हामी यति बेला कोरिरहेछौँ सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी वेगवान् आँधी झैँ खोजिरहेछौँ
उसको शवयात्राका मलामीहरू (नयाँ शताब्दीको थोत्रो मान्छे, पृ. ७) ।

निरङ्कुशता र प्रतिगमनका विरुद्ध आन्दोलन उत्कर्षतातिर बढिरहेको बेला केही  राजनीतिक पार्टीहरू प्रतिगमनका पक्षधर बनेको यथर्थालाइ यसरी व्यक्त गरिएको छ ः 
उनीहरूको कारणले
इतिहासमा फेरी एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौ ।(यात्राको एउटा दृश्य, पृ. ५४)

५. राजनीतिक आन्दोलनको चित्रण 
मातृकाका कवितामा २०४६ सालको जनआन्दोलनका विषय समेटिएको पाइन्छ । त्यस आन्दोलनका क्रममा काठमाडौँको सडक आन्दोलनमय बनेको थियो । मृत्युलाई जितेर पञ्चायती निरंकुशताको अन्त्य गर्न सयौं सपुतहरूले आप्mनो ज्यानको आहुती दिएका थिए । काठमाडौँका सडकहरू रक्ताम्य थिए भन्ने विषयलाई यसरी चित्रण गरिएको छ ः 
ज्योतिषीले लेख्ने चिन्हाको लामो कागजमा
चित्रकारले रातो रङ्ग पोखे जस्तो
सायद सिकारु चित्रकार होला
ठाउँठाउँमा मसीका छिटा लत्पतिए जस्तो
४६ चैत्रको मेरो देशको सडक ।(४६ चैत्रको सडक, पृ. २३)

मातृकाका कवितामा २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले सुरु गरेको जनयुद्धले नेपालको राजतन्त्रको जग हल्लाइदिएको हो भन्ने विषयको अभिव्यक्ति पाइन्छ, जस्तै ः
आठ वर्ष अघि एक दिन
रातकै समयमा भए पनि
बादलले अलिकति मुख खोल्यो
जूनले आप्mनो अलिकति रूप देखायो
हो त्यसदिन,
सेतो दरबारले कफ्र्युको घोषणा ग¥यो ।(सेतो दरबार, पृ.  २७)

६. नेपाली युवाका समस्या 
नेपाली युवाहरू विदेशमा रोजीरोटीका लागि जान विवश छन् । यसबाट युवाहरू कति पीडित छन् भन्ने विषयमा २०६१ भदौ १५ गते इराकमा हत्या गरिएका बाह्र जना नेपाली युवाहरूको सन्दर्भले स्पष्ट पार्दछ । कवि लेख्छन् ः 
मृत्युको अर्को जुलुस
हामी यहीपनि खनिरहेछौं÷रगतका कुवाहरू
मुर्दाघाट पनि आप्mनो र विरानो हुन्छ ।(फरक फरक मुर्दाघाटहरू, पृ. १५—१६ )

७. सहिद गाथा 
मातृका पोखरेलका कवितामा सहिदहरू प्रति उच्च सम्मान पाइन्छ । सहिदहरू महान् छन् ।उनीहरूको बलिदान खेर जाँदैन भन्दै सहिदहरूको कायृको उच्च मूल्यांकन मातृकाका कवितामा पाइने विषयवस्तु होे । ’वनफूल र सपना’ शीर्षक कवितामा कविले दोस्रो जनआन्दोलनका व्रmममा (२०६३ वैशाख ४ गते) नेपालगन्जमा गोली लागी मृत्यु भएकी सहिद सेतु सुनारको सम्झना यसरी गरिएको छ ः 
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको बास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतु सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ । (वनफूल र सपना, पृ. ४५ )

कवि सहिदको सपना शोषित–पीडित नेपाली जनताहरूको साझा सपना हो भन्दछन् । वनफूल र सपना शीर्षक कवितामा कवि लेख्छन् ःँ
प्रिय आफन्तहरू, 
म जङ्गली फूल
म सेतु सुनार,
तपाईंहरू भन्दा टाढा
मेरो अर्को कुनै सपना छैन (बनफूल र सपना, पृ. ४५) । 

राष्ट्रको माया गर्ने, आप्mनो माटोलाई प्रेम र परिवर्तनका लागि लड्ने मान्छेहरू मृत्युपछि पनि बाँचिरहन्छन् भन्ने कविको धारणा छ । कवि लेख्छन् ः
मैले सुनेको थिएँ
माटोको माया गर्ने मान्छे
मृत्यु पछि पनि वास आउँछ ।(उसको मृत्युमा, पृ. ११ )

भीमानको जङ्गलको यात्रामा सहिद ऋषि देवकोटालाई हत्या गरिएको ठाउँ हेरेपछि कवि आप्mना भावनाहरू यसरी पोख्दछन् ः
तावा स्वरुङ्गका सुसेलीमा पनि
तिमीले मुक्तिका संगीत भरेछौ
भीमानको जङ्गलले बाटो हिड्ने यात्रीहरूलाई
तिम्रो आस्थाको कथा सुनाउँदो रहेछ
आजाद, तिम्रो आस्थाको शिखर कति अग्लो थियो ?(भीमान जङ्गलको यात्रा, पृ.२३)

कृष्णसेन ’इच्छुक’ को हत्या गरिएपछि उनको सम्झनामा लेखिएको कवितामा उनको मृत्युको साक्षी स्वयम्भूको मन्दिरलाई राखेका छन् र सोधेका छन् ः
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?(स्वयम्भूका आँखासँग, पृ. ४७)

‘अचेल मान्छेहरू’ शीर्षक कवितामा सहिद विजय ढकाल ‘विश्वास’ को सहादतको प्रसङ्गबाट मुक्तियुद्धमा संलग्न योद्धाहरूको सहादतको चर्चा गरिएको छ । कवि लेख्छन् ः 
जब तिम्रो सपनालाई 
सन्तानहरूले विपनामा छाम्छन् 
तिमी त्यसबेला खुबै खुसी हुनु (अचेलका मान्छेहरू, पृ. ३०) ।  

८. जनसङ्घर्षको कविता लेख्ने उद्घोष  
औसत कविहरू प्रकृतिको, हरियालीको आदिको कविता लेख्छन् तर आफू भने जनसङ्घर्षको कविता लेख्छु भन्ने मातृका पोखरेल भनाइ पाइन्छ । उनी लेख्छन् ः 
उनीहरूले मस्र्याङ्दीको छाल हेरे
मस्र्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें । (फरक आँखाका यात्रीहरू, पृ. ४५)

अँध्यारोका विरुद्धमा’ कवितामा पोखरेल उज्यालोको खोजीमा हिँड्ने उद्घोष गर्दछन् ।
हो त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडे । (अँध्यारोका विरुद्धमा, पृ. १२)

९. परिवर्तनका लागि सङ्घर्ष आवश्यक छ भन्ने विषय 
मातृका पोखरेलका कवितामा यथास्थितिमा रहेका शोषण, अन्याय, विभेद, विकृति, विसंगति, उत्पीडन आदिको अन्त्यका लागि जनसङ्घर्ष आवश्यक छ भन्ने विषयको स्पष्ट अभिव्यक्ति पाइन्छ । जनताको बलिदानी सङ्घर्षबाट मात्र परिवर्तन सम्भव हुन्छ भन्दै आफलेू जनसङ्घर्षको कविता लेख्ने गरेको कविको भनाइ छ । ‘उसले पनि हाम्रै जस्तो कुरा गर्छ, अब आप्mनै बाटो रोज्नुपर्छ, जलजला, उज्यालो हुनुअघि, कलिला जूनहरूको श्रद्धाञ्जलिमा’ जस्ता कवितामा परिवर्तन अवश्यम्भावी छ भन्दै परिवर्तनका लागि जनसङ्घर्ष आवश्यक छ भनिएको छ ।  
सर्वहारा तथा श्रमजीवी वर्गलाई चेतना दिन र आकाशमा लागेको बादललाई हटाउन सूर्य उदाउनु पर्दछ भन्ने उद्घोष कविले गरेका छन् ः 
तिम्रै आशामा
बिस्कुन सुकाउन प्रतीक्षा गरिरहेछन्
तिमीलाई बादल हटाउन
तिनीहरूले नै साथ दिनेछन्
त्यसैले तिनीहरूको मर्म बुझ्न
सूर्य तिमी उदाऊ अब । (सूर्य उदाऊ अब, पृ.३४)

कविले समाजका विविधपक्षमा भएका अन्याय, अत्याचार, शोषण, दमन आदिको उद्घाटन मात्र नगरेर त्यसका विरुद्धमा सङ्घर्ष गर्न अनुरोध गर्दछन् ः
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारिरहेका हामीहरू
जित्नेहरूलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ । (अब आप्mनै बाटो रोज्नुपर्छ, पृ. २६)
वर्गसङघर्षद्वारा वर्गविहीन समाजको स्थापना गर्न विद्रोह गर्नु र निरन्तर सङ्घर्षको शङ्खघोष गर्न कवि पोखरेल कवितामार्फत यसरी आह्वान गर्दछन् ः
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि (भविष्यका लागि, पृ. ३७)

मातृकाका कवितामा परिवर्तनप्रतिको गहिरो निष्ठा पाइन्छ । एउटा उदाहरण हेरौँ ः
म वर्षौदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झभर्भराउँदा आँखाहरू
र सबल खुट्टाहरू । (सर्त, पृ. १)

१०. सुन्दर भविष्यको सपना   
भोलिको नेपालमा अन्याय, अत्याचार, शोषण, अभाव, गरिबी आदिको अन्त्य हुनेछ र नेपाल र नेपालीहरू प्रगतिको शिखर चुक्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ । कविताको एउटा अंश हेरौँ ः 
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने
हामी भोलि नयाँ नेपाल जन्माउने
र, हामी नयाँ चन्द्रमा छुने (भोलि, पृ. ३६) । 

‘नयाँ वर्ष –२०६१’ कवितामा पोखरेलले नयाँ वर्ष यसरी आए हुन्थ्यो भनेका छन् ः
धेरै धेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो । (नयाँ वर्ष २०६१, पृ.२ )

‘नयाँ शताब्दीको थोत्रो मान्छे’शीर्षक कवितामा पोखरेल उज्यालोसँग डराउने र स्वतन्त्रतासँग तर्सिनेहरूको व्रmूरताको इतिहासको अन्त्यको घोषणा गर्दछन् ः
हामी यतिवेला कोरिरहेछौँ सडकमा
यो व्रmूर इतिहासको अन्त्य
हामी वेगवान आँधीझैंखोजिरहेछौं
उसको शवयात्राका मलामीहरू ।
(नयाँ शताब्दीको थोत्रो मान्छे, पृ. ३ )

‘अनुहारहरू’ शीर्षक कवितामा कविले चेतनाका बाँधहरू बोकेर नयाँ भोलिको खोजीमा हिड्ने रिठ्ठे घर्तीहरूलाई भित्रैबाट माया गर्ने उल्लेख गरेका छन् ः 
यतिवेला रिठ्ठे घर्तीले बोकेको यो अनुहार
र यस्तै यस्तै थुप्रै थुप्रै अनुहारहरूलाई
हो, म भित्रैदेखि माया गर्छु । (अनुहारहरू, पृ. १०)

११. मानवीय संवेदना हराउ“दै गएको विषय 
मानिस मानिसमा लोभ, लालच र ईष्र्याले गर्दा मानवीय संवेदनाहरू दिनानुदिन लोप हुँदै गइरहेको अवस्थाका बारेमा कवि यसरी भन्दछन् ः
यसलाई हेर्न भीड लाग्नेहरू भन्दै थिए
’पोस्टमार्टम हुन सकेको छैन’
सायद यसका यहाँ कोही छैनन््
उसले चिनेका पनि कोही छैनन्
यसलाई चिन्ने पनि कोही छैनन्् ।
वीर अस्पतालबाट चिप्लिएको समय
उसको मृत्युको साक्षी बनेर उभिएको छ । (साक्षी, पृ. १८ )

नयाँ पुस्तामा मौलाउँदै गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र व्यक्तिवादी चिन्तनप्रति कविको चिन्ता छ । उपभोक्तावादी–पुँजीवादी संस्कृतिको प्रभावमा मान्छेले आफ्ना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने प्रवृत्तिलाई भुल्ने खतरा रहेको कुरालाई कवि यसरी व्यक्त गर्दछन् ः 
हिजो मान्छेलाई प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा 
तस्बिरलाई प्रेम गर्छन् मान्छेहरू
हाम्रा सन्तानको पालामा भोलि के होला ? (भोलिको तस्बिर, पृ. ३४) । 

१२. परिवर्तनलाई व्यवस्थापन गर्न नसकिएको विषय
पुरानो व्यवस्थामा खान पल्किएकाहरू परिवर्तित सन्दर्भमा पनि सलबलाउन खोज्ने गरेको अवस्थाको चित्रण पाइन्छ । एउटा कवितांश हेरौँ ः
अबुई कालो सर्प ?
मरेको छैन फेरी जिब्रो चलाउँदैछ
यसले मेरो कान्छो छोरो डसेको छ
मेरो कान्छी छोरीलाई खेदेको छ
गुहार गुहार मार्नैपर्छ ।(कालो सर्प, पृ.७)

२०४६ सालको परिवर्तनपछि जनताका समस्या यथावत् रहेको र सहिदको सपना पूरा नभएको कविको ठहर छ । कवि लेख्छन् ः 
अहिले दरबारमार्गमा शहीदका रगतहरू रुँदैछन्
यहाँ ढकमक्क फूल फुल्न लाग्दा
शहीदका रगतहरू
ताली बजाउँदै विजयका गीत गाँउछन् । (दरबारमार्गमा शहीदका रगत रुँदैछन्, पृ. १६)

कवि पोखरेल नेपालको वामपन्थी आन्दोलनले सही दिशा नलिएकामा आक्रोश व्यक्त गर्दछन् र पनि उनको आशा त्यही परिवर्तनकामी वामपन्थी शक्तिसँगै छ । कवि पोखरेलका कवितामा समाजमा देखिने अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनको विरोध गरिएको छ । उनका कवितामा असत् भावनालाई त्याग गरेर सत् विचारमा लाग्दै सामाजिक रूपान्तरणमा लाग्नु पर्ने आग्रह देखिन्छ । मातृका पोखरेलका कविताहरू निरङकुशताका साथै शासकहरूमा व्याप्त भ्रष्ट आचरण विरुद्ध अनि सुन्दर भविष्यका पक्षमा उभिएका छन् । उनका अधिकांश कवितामा यो विषय आएको पाइन्छ । 

३.३. लयविधान
मातृका पोखरेलका कविता गद्य वा मुक्त लयमा छन् । मुक्त लय भए पनि आफ्नै प्रकारको आन्तरिक लयबद्धता उनका कविताको विशेषता देखिन्छ । ठाउँ ठाउँमा शब्दहरू तथा वर्णहरूको पुनरावृत्तिले आन्तरिक लयको सिर्जना गरेको पाइन्छ । मातृकाका कवितामा शब्दहरूको पुनरावृत्ति र अनियमित रूपमा कतै कतै देखा पर्ने अन्त्यानुप्रासले आफ्नै प्रकारको आन्तरिक लयको सिर्जना गरेको पाइन्छ । जस्तै ः  
अब छोङपाङले बुझ्नुपर्छ
र छोङपाङहरूको देश नेपालले बुझ्नुपर्छ
के हामी फोक्ल्यान्डको लागि जन्मिएका हौं ?
कि कारगिलको लागि हुर्किएका हौं ?(सेतो दरबारको छेउबाट, पृ. ३२)
यहाँ छोङपाङ, बुझ्नुपर्छ जस्ता शब्दको पुनरावृत्ति पाइन्छ । त्यसरी नै जन्मिएका हौं ?, हुर्किएका हौं ? जस्ता अन्त्यानुप्रासको प्रयोग पाइन्छ । यस प्रकारको प्रयोग मातृकका कविताको लयगत प्रवृत्ति विशेषता हो । अर्को उदाहरण हेरौँ ः 
प्रिय मान्छेका गीतहरू
मैले धेरै गीतहरू सुनें
मान्छेहरूका गीत
त्यतिमात्र सुनिनँ,
मान्छेहरूले गाए
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरूको गीत
मैले धेरै गीतहरू सुनें । (प्रिय मान्छेका गीतहरू, पृ.३५  )

माथिको कवितांशमा गीत, मान्छे जस्ता शब्दको पुनरावृत्तिले आन्तरिक लयको सिर्जना भएको छ । अर्को उदाहरण हेरौँ ः
राम्रै खालको भ्रम पार्छ
जे जति कुराहरू गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झन्डा ओढेरै गर्छ । (उसले पनि हाम्रै जस्तो कुरा गर्छ, पृ.१७)

यस कवितांशमा ‘गर्छ’ शब्दको पुनरावृत्तिले लय सिर्जना गरेको छ । ‘बोकेरै, आढेरै’ जस्ता अनुप्रासले गर्दा आन्तरिक लय सशक्त बनेको छ । मातृकाका कवितामा यस प्रकारको लय विधान पाइन्छ । अर्को उदाहरण हेरौँ ः 
मेची महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु । (म तिम्रा कविताको विरुद्धमा लेख्छु,पृ.२४)

माथिका कवितांशमा ‘म’, ‘क’, ‘ग’ जस्ता वर्णको र ‘लेख्छु’ शब्दको अनियमित पुनरावृत्तिले आन्तरिक लय सिर्जना गरेको पाइन्छ । अर्को उदाहरण हेरौँ ः 
ऊ हाम्रै सहरमा बस्छ
यतै वरिपरि बस्छ
घर देश जलाउँछ
आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो । (नागरिक, पृ.३६)
यहाँ अनुप्रासको सफल प्रयोग पाइन्छ । मातृकाका कवितामा यस प्रकार आन्तरिक लयबाट कलात्मकता सिर्जना गरिएको पाइन्छ । 

३.४. भाषाशैली
मातृका पोखरेलका कवितामा सरल र सरस भाषाको प्रयोग पाइन्छ । उनका कवितामा तत्सम, तद्भव तथा आगन्तुक तिनै प्रकारका शब्दको प्रयोग भेटिन्छ । उनका कवितामा विशेषगरी राजनीतिक क्षेत्रका प्रचलित शब्दहरूले ठाउं पाएका छन् । मातृकाका कविता वर्णनात्मक, संस्मरणात्मक, आख्यानात्मक, प्रश्नात्मक, संवादात्मक, एकालाप जस्ता शैलीमा लेखिएका छन् । 
मातृकाका कवितामा व्यङ्ग्यको सटीक प्रयोग पाइन्छ । नेपालको राज्य सत्तामा बसेकाहरूका जनविरोधी र भ्रष्ट क्रियाकलापप्रति तिखो व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको छ । राज्य सञ्चालकहरूले सत्तामा पुगेपछि जनतालाई बिर्सने गरेको, चुनाबका बेला मात्र जनता सम्झ्निे र अरु बेला बिर्सने गरेको, देशको राज्यसत्ताको केन्द्र सिंहदरबार जनविरोधी रहेको, लामो सङ्घर्ष गरेर सत्तामा पुग्ने नेताहरू भ्रष्ट हुने गरेको, नयाँ पुस्तामा आदर, आदर्श, मूल्य, मान्यता, जस्ता कुराहरूको अभाव देखिएको, पुँजीवादी–उपभोक्तावादी संस्कृतिले मानवीय मूल्य, मान्यतालाई बेवास्ता गरेको जस्ता विषयप्रति मातृकाका कवितामा तिखो व्यङ्ग्य गरिएको छ । 
मातृका पोखरेलका कवितामा विभिन्न किसिमका बिम्बहरूको प्रयोग पाइन्छ । उनका कवितामा व्रmान्तिबिम्ब, ऐतिहासिक बिम्ब, दृश्यबिम्ब, प्राकृतिक बिम्ब, संवेदनात्मक बिम्ब, प्राकृतिक बिम्बका साथै निजी बिम्ब प्रतीकको प्रयोग भएको छ । मातृकाका कवितामा गरिब–शोषित वर्गलाई सुन्दर र शोषक वर्गलाई कुरूपरूपमा हेरिएको पाइन्छ । केही उदाहरण हेरौँ ः
मैले वरिपरि बत्तीहरू खोजेँ
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरुद्धमा । (अँध्यारोका विरुद्धमा, पृ. १३)
यस कवितांशमा बत्तीलाई मानवीय जीवनको अपरिहार्य पथप्रदर्शक र अँध्यारोलाई पथ अवरोधकको प्रतीक मानिएको छ । 
र भन्यो
’शान्ति’ जिन्दाबाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैँ डस्दै भन्यो
’धैर्य’ जिन्दाबाद । (सर्प पूजा, पृ. २५)

यहाँ गोमन सर्पको बिम्ब र प्रतीकका माध्यमबाट क्रूर शासकलाई जनाइएको छ । यहाँ शान्ति र धैयले शोषित पीडित जनतालाई चुप लगाएर बस्न बाध्य पारेको कुरा देखाएको छ ।
युगौँदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्बा र दिलमायाहरू उठे ।(उज्यालो हुनुअघि, पृ. ४४)

यहाँ सांस्कृतिक जातीय बिम्बको प्रयोग गरिएको छ । उत्पीडनका कारण आप्mनो आवाजलाई दबाएर बसेका मगर कान्छा, च्याङ्बा र दिलमायाहरूले आप्mनो अधिकारका निम्ति उठेको कुरा देखाएको छन् । 
हाम्रो अघिल्तिर
शिकार ढुक्तै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाब किताब मिलाइरहेछ । (बाटाहरू–२, पृ. ५१)

माथिको कवितांशमा सामाजिक अपराधी, अराजकता मच्चाउनेहरू र अरूमाथि थिचोमिचो गर्ने सत्तासीनहरूलाई कालो नागको प्रतीकका रूपमा उभ्याइएको छ । 
एउटा बूढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक । (राजमार्ग र चिन्तित मनहरू, पृ. ४)
माथिको कवितांशमा बूढो साइकल र थोत्रो सडक बिम्बबाट पुरानो राज्यसत्तालाई इङ्िगत गरिएको छ । यसबाट पुरानो राज्यसत्ता (राजतन्त्र) को आयु अब धेरै लामो छैन साथै यही थोत्रो सत्तामा रहिरहने हो भने देशको भविष्य समेत धरापमा पर्छ भनिएको छ । 
ऊ बगर
नयाँ जीवनको सहनाई
उसलाई अप्रिय लाग्छ । (ऊ बगर ः खडेरी पर्खन्छ, पृ. २२)

माथिको कवितांशमा सांस्कृतिक बिम्ब सहनाईलाई नयाँ जीवनको गीत गाउने अर्थात् परिवर्तनको पक्षमा प्रयोग गर्ने सन्दर्भ उल्लेख गर्दै परिवर्तनको कुरा पुराना शासकलाई मन नपर्ने सन्दर्भ उल्लेख गरिएको छ । 
दुई वर्ष वा पाँच वर्षमा
कुदाइरहेको भए हुन्थ्यो
लिगलिगकोटमा नयाँ–नयाँ दौडबाजहरू
हामी नौला चन्द्रमाहरू छोइरहन्थ्यौँ । (उनीहरूले सोचेका भए, पृ.३२)

माथिको कवितांशमा लिगलिगकोटका माध्यमबाट नेपालको ऐतिहासिक परिवर्तन छिटो छिटो भएको भए नेपाली जनताको प्रगति हुने थियो भनिएको छ । 
मातृका पोखरेलका कवितामा प्रयोग गरेका बिम्ब प्रतीकहरूले वर्तमान समयको व्रmूर यथार्थतालाई उद्घाटन गरेका छन् । सरल तर प्रभावकारी बिम्ब प्रतीकको प्रयोगबाट समाजमा रहेका उपेक्षित र उत्पीडित पात्र र वस्तुलाई बढी महत्व दिइएको छ । उनका कवितामा उपमा, रूपक, अनुप्रास जस्ता अलङ्कारहरूको प्रयोग पाइन्छ । 
निष्कर्षमा हेर्दा मातृका पोखरेलको कविताको भाषाशैली परिष्कृत र परिमार्जित देखिन्छ । शब्द चयन, प्रतीक प्रयोग, बिम्बसंयोजन, आर्थीसम्बन्ध लगायत सिङ्गो प्रस्तुतीकरणमा संयमता देखिन्छ । भावानुसार शब्द चयन र संयोजनका साथै अर्थसम्प्रेषणमा समेत सचेतता देखिन्छ । कवि पोखरेलका  कविता परिष्कृत र परिमार्जित भाषामा लेखिएका पाइन्छन् । 

३.५. निष्कर्ष
मातृका पोखरेलका कविताहरूमा नेपाली समाज, संस्कृति, राजनीतिक, इतिहास, प्रकृति, नेपालको सीमा अतिक्रमण राजनीतिक द्वन्द्व, शासनको क्रूर र जनविरोधी चरित्र आदि विषयवस्तु समेटिएको पाइन्छ । जनताका पीडा, दुःख, आक्रोश, वेदनालाई नजिकबाट नियाल्न कवि सफल देखिन्छन् । श्रमजीवी वर्गको मुक्ति र प्रगतिका लागि सङ्घर्ष अनिवार्य छ भन्दै वर्गसङ्घर्षको विषयलाई प्राथमिकता दिनु मातृकाका कविताको मूल भाव देखिन्छ । समकालीन यथार्थको चित्रण गर्दै अग्रगामी परिवर्तनको चाहना अभिव्यक्त गर्नु मातृका पोखरेलका कविताको मुख्य विषय देखिन्छ । 
मातृका पोखरेल गद्य लयमा कविता लेख्ने कवि हुन् । उनका तिनवटा सङ्ग्रहमा सङ्गृहीत सबै कविता गद्य वा मुक्त लयमा लेखिएका हुन् । मुक्त लय भए पनि तिनमा आन्तरिक लयबद्धता पाइन्छ । यसबाट उनका कविताहरू कलात्मक बनेका हुन् । मातृकाका कवितामा अनियमित रूपमा अनुप्रासहरूको प्रयोग पाइन्छ । यस्तो अनुप्रास योजनाबाट उनका कविताहरूको आन्तरिक लय शक्तिशाली बनेको देखिन्छ । उनका कविताहरू आलङ्कारिक छन् । बिम्ब–प्रतीक तथा अलङ्कारको प्रयोगले उनका कविताहरू कलात्मक बनेका छन् । 
मातृकाका कवितामा सरल र प्रायः प्रचलित शब्दको प्रयोग पाइन्छ । उनका कवितामा तत्सम, तद्भव तथा आगन्तुक तिनै प्रकारका शब्दहरूको प्रयोग पाइन्छ । कविताहरू प्रायः छोटा छरिता वाक्य, उपवाक्य तथा पदावलीका ढाँचामा प्रस्तुत गरिएका छन् । प्रायः मझौला आयामका कविता लेख्नु मातृका पोखरेलको विशेषता देखिन्छ । समग्रमा वि.सं ०४५÷०४६ देखि हालसम्मको नेपाली जीवनका यथार्थको प्रस्तुत गर्दै सुन्दर भविष्यको अनि सुन्दर र समुन्नत नेपालको परिकल्पना मातृका पोखरेलका कविताको मुख्य विषय देखिन्छ । 



परिच्छेद चार
मातृका पोखरेलका कवितात्मक प्रवृत्ति
४.१.विषय प्रवेश
मातृका पोखरेल वैचारिक रूपमा माक्र्सवादी दर्शनबाट प्रेरित देखिन्छन् । उनी नेपालको कम्युनिस्ट राजनीतिमा समेत संलग्न छन् (हेर्नू ः परिशिष्ट) । उनका कवितामा पनि माक्र्सवादी दर्शनको प्रभाव देखिन्छ । माक्र्सवादी दर्शनमा आधारित साहित्यलाई प्रगतिवादी वा समाजवादी–यथार्थवादी साहित्य भनिन्छ । प्रगतिवादलाई अँगाल्ने कविहरूले अपहेलित, शोषित, उत्पीडित, भोका नाङ्गा, सर्वहारावर्गको साथ लिँदै धार्मिक अन्धता तथा रुढिवादको विरोध, वर्गसङ्घर्षको चित्रण, सामाजिक यथार्थको चित्रण जस्ता प्रवृत्ति पाइन्छन् (भण्डारी, २०५५ ः ११९–१२०) । यस आधारमा हेर्दा मातृका पोखरेलका कविताहरू प्रगतिवादी देखिन्छन् । पोखरलका कवितामा प्रगतिवादी मान्यता अनुरूप यथार्थको अभिव्यक्ति, वर्ग सङ्घर्षको चित्रण, शोषित वर्गीय पक्षधरता जस्ता प्रवृत्ति पाइन्छन् । 

४.२.   मूल प्रवृत्ति
मातृका पोखरेलका मुख्य कवितात्मक प्रवृत्तिलाई निम्नलिखित रूपमा हेर्न सकिन्छ ः 

विषयवस्तुगत विविधता 
मातृका पोखरेलका कविता समाज, संस्कृत्ति, प्रकृति, राजनीति, समकालीन जीवनको यथार्थ आदि विषयवस्तुमा केन्द्रित पाइन्छन् । मातृकाका कवितामा विषयवस्तुगत विविधता पाइन्छ । उनका कवितामा नेपाली समाजका विविध सन्दर्भहरू आएका छन् । त्यसैगरी नेपाली संस्कृति, प्रकृति, आर्थिक विभेद,शोषण, नेपाली राष्टियता, राजनीतिक आन्दोलन, परिवर्तनको चाहना, यथास्थितिप्रति असन्तुष्टि र आक्रोश, सुन्दर भविष्यको परिकल्पना जस्ता विविध विषयवस्तुमा कविता लेख्नु मातृका पोखरेलको काव्यात्मक विशेषता देखिन्छ ।  

यथार्थको प्रतिबिम्बन
मातृकाका कवितामा यथार्थको प्रतिबिम्बन पाइन्छ । उनका कवितामा नेपाली समाज, इतिहास, संस्कृति, प्रकृति, आर्थिक विभेद, शोषण, राष्ट्रियता, राजनीति, परिवर्तनका आन्दोलनहरू, यथास्थितिमा रहेका विभेद, शोषण, युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था, खस्कँदै गएका मानवीय मूल्य, मान्यता, उपभोक्तावादी—पुँजीवादी आर्थिक—सांस्कृतिक व्यवस्थाले सिर्जना गरेका विकृतिहरू, जनतामा बढ्दै गरेको असन्तुष्टि र आक्रोश जस्ता समकालीन÷तत्कालीन यथार्थको प्रतिबिम्बन पाइन्छ ।
कवि पोखरेलका कवितामा नेपालको न्याय प्रणाली जनताका पक्षमा छैन भनिएको पाइन्छ, जस्तै ः 
अदालतका प्रत्येक मिसिलहरूमा
हामीहरू सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरू सर्जमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि निहाल्छ
हाम्रो बस्तीको बिचमा । (सेतो दरबारको छेउबाट, पृ. २७)

यसरी मातृकाका कवितामा नेपालको अदालत पुराना कानुनको चाङ लगाएर बसेको र नेपालको समग्र न्याय प्रणाली सर्वसाधारणको हितमा नरहेको बताइएको छ । मातृकाका कवितामा नेपालीहरूले विदेशमा भोग्नु परेको यथार्थको चित्रण पनि पाइन्छ । २०६१ साल भदौ १५ गते इराकमा हत्या गरिएका बाह्र जना नेपालीको सम्झना गर्दै कविले लेखेका छन् ः
हामीले यसपटक
इराकको एक हल मरुभूमि
नेपाली रगतले भिजायौं
तर कालो कोट भिरेर
सगरमाथालाई लक्ष्य गर्दै
इराकमा बास बसेर आउँदैछ
मृत्युको अर्को जुलुस
हामी यहीपनि खनिरहेछौं÷रगतका कुवाहरू
मुर्दाघाट पनि आप्mनो र विरानो हुन्छ ।(फरक फरक मुर्दाघाटहरू, पृ. २३ )
नेपाली सत्ताका विकृति, शोषण लगायतका जनविरोधी कुकृत्यको उद्घाटन गर्दै ‘टुकुचा’ शीर्षक कवितामा लेखिएको छ ः
बगाउन थालेको छ ऊ,
बोरामा लासहरू कुहाउनु
मान्छेका टाउकाहरू दूषित बनाउनु
उसका योजनाका खाकाहरू हुन् । (टुकुचा, पृ. २४)

नेपालको राजतन्त्र नेपाली जनताका पक्षमा छैन । नेपालका राजा महाराजाहरूले निरंशताको सपना पुनः देख्न थालेका छन् भन्न् यथार्थलाई ’टोप आतङ्क’ शीर्षक कवितामा यसरी प्रस्तुत गरिएको छ ः
पागलहरूको एउटा नायक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चार दिवारबाट ऊ बाहिर आएपछि
यतिवेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।(टोप आतङ्क, पृ. ५२)
यहाँ राजदरबारलाई पागलखानासँग तुलना गरेर नेपालको राजतन्त्र निरंकुश बन्दै गएको तत्कालीन यथार्थको प्रतिबिम्बन गरिएको छ । 
नेपाली सत्ताको केन्द्र सिंहदरबारबाट जनताका अपेक्षाहरूपूरा हुनाका सट्टा सिंहदरबार छिर्नेहरू अरु जनविरोधी बनेकामा कविले आक्रोश पोखेका छन् । सिंहदरबार शीर्षकको कविताका केही अंश हेरौँ ः  
यतिवेला म,
त्रस्त आँखाले
सिंहदरबार गेटमा हेरिरहेको छु
हिजो झै,
अब उनीहरू फर्कदा
व्वाँसोको छाला ओढ्छन् कि आढ्दैनन् ?(सिंहदरबार, पृ. ३९ )
जनताको  लागि, परिवर्तनका लागि त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको यथार्थको प्रतिबिम्बन मातृकाका कवितामा पाइन्छ । कवि भन्छन् ः 
प्रत्येक रात
किसानहरूको डबलीमा 
आफ्नो पीडा गाउन मन पराउँथ्यो
जब ऊ समयसँगै शासक बन्यो
समयसँगै गनाउँदै गयो (टुकुचा, पृ. २३–२४) ।  

मातृकाका कवितामा नयाँ पुस्तामा मौलाउँदै गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र व्यक्तिवादी चिन्तनप्रति चिन्ता व्यक्त गरिएको छ । उपभोक्तावादी–पुँजीवादी संस्कृतिको प्रभावमा मान्छेले आफ्ना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने संस्कृतिलाई भुल्ने खतरा रहेकोमा चिन्ता व्यक्त गरिएको पाइन्छ । एउटा कवितांश हेरौँ ः 
हिजो मान्छेलाई प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा 
तस्बिरलाई प्रेम गर्छन् मान्छेहरू
हाम्रा सन्तानको पालामा भोलि के होला ? (भोलिको तस्बिर, पृ. ३४) । 

यस कवितांशमा अहिलेका मानिसहरु वास्तविक मानिसलाई होइन, कृत्रिम र बनाबटी कुरा र फेसनका पछाडि लाग्ने गरेका छन् भन्दै यस्तो प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ । 

देशप्रेम÷राष्ट्रियता
मातृका पोखरेलका कवितामा नेपाल राष्ट्र र राष्ट्रियताप्रति गहिरो आस्था र प्रेम पाइन्छ । नेपालको सार्वभौमसत्ता तथा स्वाधीनतामाथि खास गरेर छिमेकी मुलुक भारतबाट भएको हस्तक्षेपको चित्रण गर्दै त्यसप्रति विरोध गर्ने प्रवृत्ति मातृकाका कवितामा पाइन्छ । भारतीय सेनाले नेपालको सीमा क्षेत्रमा पसेर नेपाली माथि दुव्र्यवहार गर्ने गरेको जस्ता विषयलाई मातृकाका कवितामा महत्वका साथ प्रस्तुत गरिएको पाइन्छ । साथै युवाहरू विदेश पलायन हुनुपर्दाका पीडाहरूलाई पनि उनले आफ्ना कवितामा महत्व दिएका छन् । 
राष्ट्रको माया गर्ने आप्mनो माटोलाई प्रेम गर्ने असल मान्छेहरूको मृत्यु पछि पनि बाँचीरहन्छन् सुवास आइरहन्छ उसको सम्झनामा भन्दै कवि लेख्छन् ः
तिमीले देख्यौं कि देखेनौं ?
एउटा असल मान्छे म¥यो । (उसको मृत्युमा, पृ.११ )

कविको आफ्नो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा अग्रगामी परिवर्तन रहेको छ र समग्र नेपालको प्रगति उन्नति रहेको छ भन्ने आशा व्यक्त गरिएको छ । कवि लेख्छन् ः 
युगौँदेखि पर्खिरहेको छ ऊ 
एउटा न्यानो सूर्य
थकित आँखाहरू बोकेर
फर्किन छाडेको छैन
कुहिरो बोक्ने डाँडाबाट
आस्थाको एउटा नयाँ सूर्योदय(उदयपुर, पृ. ४७) । 

कवि पोखरेल साम्राज्यवाद र विस्तारवादले नेपाली रगतको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गर्दछन् ः 
के हामी फोक्ल्यान्डको लागि जन्मिएका हौं ?
कि कारगिलको लागि हुर्किएका हौं ?
आप्mनै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ ! (छोङपाङ ! तिमीले कस्तो सपनादेख्यौ ?, पृ. ३२)

यहाँ कवि मातृका पोखरेलले छोङपाङलाई बिम्बका रूपमा उभ्याएर सिङ्गो नेपाली जातिले भोग्नुपरेको नियतिलाई देखाएका छन् । नेपाली समाजको युवा प्रतिनिधि पात्र छोङपाङ हो । यसका माध्यमबाट नेपाली अस्तित्वका लागि लड्नुपर्ने र रगत बगाउनुपर्ने धारणा राख्छन् । नेपाली युवाहरू विदेशी भूमिमा साम्राज्यवादको स्वार्थका लागि रगत बगाएको कुरालाई इङ्गित गरेका छन् । आप्mनै देशमा मुक्ति युद्धमा सामेल भई राष्ट्र«को अस्तित्व जोगाउनुपर्ने र विदेशीको गुलाम बन्न नहुने कविको दृष्टिकोण पाइन्छ  ।

वर्गीय चेतना र श्रमजीवी वर्गको पक्षधरता
मातृका पोखरेलका कवितामा वर्गीय चेतनाको उद्बोधन भएको पाइन्छ । उनका कवितालाई धनी वर्ग र गरिब वर्ग बिचको द्वन्द्व र त्यसमा श्रमजीवी वर्गको पक्षधरता पाइन्छ । माक्र्सवादी÷ द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित कम्युनिस्ट राजनीतिमा संलग्न कवि पोखरेलले आफ्ना कवितामा  गरिब तथा श्रमजीवी वर्गको पक्ष लिएको देखिन्छ । जस्तै ः 
म सगौरव घोषणा गर्छु
कुनै छाप्राको भड्खारोमा भए पनि
गल्लीका कुनाकाप्चाहरूमा
हुनेखाने भुँडीवालहरूले कुल्चे पनि
मेरा कविता अजम्बरी हुन् ।(अजम्बरी कविता, पृ. २)

माथिको कवितांशमा आफू गरिब र विपन्नहरूको पक्षपाती रहेको देखाएइको छ । यसमा कवितालाई उत्पीडित वर्गको पक्षमा लड्ने अजम्बरी अस्त्रको रूपमा र उत्पीडकको लागि घातक हतियारका रूपमा लिइएको छ ।  
‘अनुहारहरू’ शीर्षकको कवितामा शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा सज्जापूर्ण देखिए पनि उसको भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ भनिएको छ र शासकको अनुहारप्रति तीव्र घृणा प्रकट गरिएको छ । अन्याय, अत्याचारको प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू राम्रा र सुन्दर छन् भन्ने यस कविताको भनाइ रहेको छ । कवि भन्छन् ः 
भरखर कामबाट फर्किएको 
गनाइरहेको छ शरीर
तर म
संसारका अनुहारमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु (अनुहारहरू, पृ. ९) । 

मातृका पोखरेलका कवितामा साहित्यले उत्पीडित वर्गको चेतनालाई बोक्नु पर्छ भन्ने दृष्टिकोण पाइन्छ । उनका कवितामा सामन्तवादी प्रवृित्तप्रति घृणा व्यक्त गरिएको पाइन्छ साथै सामन्तवादी—यथास्थितिवादी प्रवत्तिका कारण समाजमा विकास र प्रगति हुन नसकेको भनिएको पाइन्छ ।
उपल्लो वर्गले तल्लो वर्गलाई जहिले पनि घृणा र उपहास गर्छ, त्यसैले उत्पीडित वर्गले पनि आफ्नो वर्गको पक्षधरता लिनु पर्दछ भन्ने विचार मातृकाका कवितामा पाइन्छ । एउटा कवितांश हेरौ ः
तिम्रो मानसको म साक्षी बन्न चाहन्नँ
इतिहासले तिमीलाई गर्ने घृणामा
मेरो पनि सहमति छ । (आप्mनै जस्तो लाग्यो, पृ. ४१)

परिवतर्तनको पक्षधरता
मातृका पोखरेलका कवितामा यथास्थितिमा रहेका शोषण, अन्याय, निरङकुशता, असमानता, अन्याय, विभेद आदिको अन्त्य हुनु पर्छ र श्रमजीवी वर्गको समग्र हित हुने गरी परिवर्तन हुनु पर्छ भनिएको पाइन्छ । कवि सुन्दर भविष्यका पक्षमा यसरी लेख्छन् ः 
म वर्षौदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झभर्भराउँदा आँखाहरू
र सबल खुट्टाहरू । (सर्त, पृ.१ )

मातृका पोखरेल आफ्ना कवितामा समतामूलक समाजको परिकल्पना गर्छन् । नयाँ वर्ष –२०६१ कवितामा पोखरेलले नयाँ वर्ष यसरी आए हुन्थ्यो भनेका छन् ः
धेरै धेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो । (नयाँ वर्ष २०६१, पृ.२ )

नयाँ शताब्दीको थोत्रो मान्छे शीर्षक कवितामा पोखरेल उज्यालोसंग डराउने र स्वतन्त्रतासंग तर्सिनेहरूको व्रmूरताको इतिहासको अन्त्यको घोषणा गर्दछन्  ः
हामी यतिवेला कोरिरहेछौँ सडकमा
यो व्रmूर इतिहासको अन्त्य
हामी वेगवान् आँधीझैं खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू । (नयाँ शताब्दीको थोत्रो मान्छे, पृ. ३)

मातृकाका कवितामा सुन्दर भविष्यको खोजीमा हिँड्ने शोषित पीडित वर्गप्रति माया गर्ने उद्घोष पाइन्छ । गरिब, पीडित रिठ्ठे घर्तीको सन्दर्भबाट कवि भन्छन् ः
यतिवेला रिठ्ठे घर्तीले बोकेको यो अनुहार
र यस्तै यस्तै थुप्रै थुप्रै अनुहारहरूलाई
हो, म भित्रैदेखि माया गर्छु । (अनुहारहरू, पृ .८)

मातृकाका कवितामा राजनीतिक स्वतन्त्रता मात्रैले जनताको कल्याण हुँदैन । राजनीतिक स्वतन्त्रतासँगै पराधीन र पराश्रित चिन्तनबाट मुक्त भएर स्वाधीन र स्वाभीमानी मान्छे बनेर मात्र जनताले साँच्चिकै स्वतन्त्रता र मुक्तिको महसुस गर्न सक्छन् भन्दै अब हामीले स्वाधीन र स्वाभीमानका लागि सङ्घर्ष गर्नुपर्दछ भनिएको पाइन्छ । मातृका पोखरेल स्वतन्त्रताका कविका रूपमा देखिन्छन् । शासकहरूको दासत्व स्वीकार गर्ने बानी परेका दासहरूको चिन्तन बदल्नु पर्ने कविको आग्रह छ । एउटा कवितांश हेरौँ ः
हिजो खोजिएको अमलेखगन्ज
स्वतन्त्रताका लागि
आशक्त मनहरूको थियो,
अहिले मैले खोज्दै गरेको अमलेखगन्ज मनहरूका लागि हो । (म खोज्दैछु अर्को अमलेखगन्ज, पृ. १०)

मातृकाका कवितामा परिवर्तनप्रति अनि सुन्दर भविष्यप्रति आस्था र विश्वास यसरी प्रकट भएको पाइन्छ  ः 
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको बास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतु सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ । (वनफूल र सपना, पृ. ४५)

कवि राजतन्त्रलाई सबै प्रकारका शोषणको मूल मान्दछन् । राजतन्त्र रहेसम्म नेपालीको हित सम्भव छैन भन्दै कवि राजतन्त्रको अन्त्य चाहन्छन् ः 
हामी यति बेला कोरिरहेछौँ सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी वेगवान् आँधी झैँ खोजिरहेछौँ
उसको शवयात्राका मलामीहरू(नयाँ शताब्दीको थोत्रो मान्छे, पृ. ७) ।

कवि मातृका पोखरेल अन्याय र अत्याचारका विरुद्धमा भएको सङ्घर्ष वा आन्दोलनलाई समर्थन गर्छन् र त्यस्ता आन्दोलनमा संलग्न योद्धाहरूलाई होसियार हुन सचेत गराउँछन् । उनी लेख्छन् ः 
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेका छन् । (दुस्मनहरू सुरक्षित रहेको बेला, पृ.११)

यस कवितांशमा कविले नेकपा (माओवादी) ले गरेको दसवर्षे जनयुद्धको झल्को दिएका छन् । वर्गसङ्घर्षको यात्रामा हिँडेका न्यायप्रेमी साइँलाहरूलाई गाउँका वर्गदुस्मन मुखियाहरूबाट बचेर हिँड्नुपर्ने सुझाव दिन्छन् 

आशावादी स्वर 
मातृका पोखरेलका कविताहरूमा आशावादी स्वर पाइन्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि आशावादी भएर हेर्ने प्रवृत्ति मातृकाका कवितामा पाइन्छ । श्रमजीवी वर्गले आफ्नो वर्गीय मुक्तिको लडाइँ एक दिन अवश्य जित्छ भन्ने मातृका पोखरेलका कविताको निष्कर्ष देखिन्छ । न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता र मुक्तिको लडाइँमा श्रमजीवी वर्गले विजय हासिल गरिछाड्छ भन्ने मातृकाका कविताको सार निष्कर्ष रहेको छ । बिचमा कति पटक हार जस्तो देखिए पनि एक दिन न एक दिन नयाँ समाज र नयाँ जीवनको प्राप्ति हुन्छ भन्ने कविको निष्कर्ष छ । 
फेरि आउनेछन् नयाँनयाँ हलीहरू
हामी स्वागत गर्नेछौं
र फेरि सँगै जोत्नेछौं
विष मात्र फल्ने
युगौंदेखिको उही चर्चित बाँझो जमिन । (बाँझो जमिन र हलीहरू, पृ–२८)

कतिपय अगुवाहरू धोकेबाज भए पनि नयाँ नेतृत्वले क्रान्ति पूरा गरिछाड्छ भन्ने कविको विश्वास रहेको छ । जनताको क्रान्ति कहिल्यै रोकिँदैन, नयाँ शिराबाट फेरि यसको थालनी हुन्छ भन्ने कविको विश्वास रहेको छ । 
मातृकाका कवितामा सुन्दर र विकसित नयाँ नेपालको परिकल्पना गरिएको छ । भोलिको नेपालमा अन्याय, अत्याचार, शोषण, अभाव, गरिबी आदि रहने छैनन् साथै नेपाल र नेपालीहरू प्रगतिको शिखर छुन सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ । कविताको एउटा अंश हेरौँ
हामी भोलि नयाँ नेपाल जन्माउने
र, हामी नयाँ चन्द्रमा छुने (भोलि, पृ. ३६) ।  

भाषाशैली एवम लयगत प्रवृत्ति
मातृका पोखरेलका कवितामा सरल र सरस भाषाको प्रयोग पाइन्छ । उनका कवितामा तत्सम, तद्भव तथा आगन्तुक तिनै प्रकारका शब्दको प्रयोग पाइन्छ । मातृकाका कविता वर्णनात्मक, संस्मरणात्मक, आख्यानात्मक, प्रश्नात्मक, संवादात्मक, एकालाप जस्ता शैलीमा लेखिएका छन् । पोखरेलका कवितामा उपमा, रूपक, अनुप्रास जस्ता अलङ्कारहरूको प्रयोग पाइन्छ । साथै नेपाली, समाज, संस्कृति, इतिहास, प्रकृति एवम् पुराणहरूका बिम्ब–प्रतीकहरूको प्रयोग भएको पाइन्छ । 

क. व्यङ्ग्यात्मकता 
मातृका पोखरेलका कवितामा विकृति, विसंगति, शोषण आदि प्रति व्यङ्ग्य पाइन्छ । नेपाली समाज, राजनीति, संस्कृति आदि क्षेत्रमा रहेका प्रतिगमनकारी, यथास्थितिवादी चिन्तन, विकृति विसङ्गति, बेथिति, बेइमानी, वैचारिक पलायनता, गद्दारी, निरंकुशता, पराधीनता, अन्याय–अत्याचार, उत्पीडन, विचलन, दासत्व, युद्धप्रिय मानसिकता, वर्गीय विषमता जस्ता जनविरोधी कुकृत्यप्रति आव्रmोश, विद्रोह, विमति र व्यङ्ग्य मातृका पोखरेलका कविताको विशेषता देखिन्छ । एउटा उदाहरण हेरौँ ः 
खुनी पञ्जा उठाएर
उसले जति नै विद्रोह गरोस््
अब हामी
वर्षैभरि कुकुरतिहार मनाउन सक्तैनौं । (उनीहरूले सोचेका भए,  पृ–२०)

सहरी–नागर सभ्यताले मान्छेभित्र संवेदना, श्रद्धा, प्रेम, मानवता, कर्तव्य बिर्सिएर कृत्रिम जीवनमा रूपान्तरण हुँदै गरेको यथार्थलाई कविले प्रस्तुत गरेका छन् । मातृका पोखरेल सिङ्गो राष्ट्र«को शासन–प्रशासन, विधि–नियम, संचालन गर्ने सिंहदरबारलाई जादुघरका रूपमा चित्रित गर्दै व्यङ्ग्य गर्दछन् । जस्तै ः
मलाई
सिंहदरबार र जादुघर
उस्तै उस्तै लाग्छन् ।(सिंहदरबार, पृ–३९)
ख. प्रतीकात्मकता
मातृका पोखरेलका कवितामा नेपाली समाज, संस्कृति, प्रकृतिका सरल र सम्प्रेष्य बिम्ब प्रतीकको प्रयोग भएको पाइन्छ । कथ्यलाई बिम्बमा प्रतीकमय बनाएर प्रस्तुत गर्नु कविको वैशिष्ठ्य देखिन्छ । बिम्ब र प्रतीकको प्रयोगले मातृकाका कविता सरल रूपमा विशद् भावलाई समेट्न सफल छन् । उनका कवितामा आव्रmोश, विद्रोह, नैराश्य, हर्ष, विषाद्, असहमति, असन्तुष्टि, डाह, छटपटी, परिवर्तनको छटपटी आदि भावहरूलाई प्रतीकीकरण बिम्बीकरण गरी प्रस्तुत गरिएको पाइन्छ । यस्तो प्रयोगबाट उनका कविता भाव संप्रेषणमा सफल छन् भने रूपाकर्षणका दृष्टिले पनि सशक्त बनेका छन् । 
मातृकाका कवितामा प्रकृति, इतिहास र पुराणबाट कतै लोकजीवनबाट, कतै समकालीन समाजजीवनबाट र कतैचाहिँ कवि स्वयम्को कल्पनाबाट टिपिएर प्रस्तुत गरिएका छन् । मातृकाका कवितामा व्यङ्ग्यको सटीक प्रयोग पाइन्छ । खास गरेर नेपालको राज्य सत्तामा बसेकाहरूका जनविरोधी र भ्रष्ट क्रियाकलापप्रति तिखो व्यङ्ग्य गर्ने प्रवृत्ति मातृकामा पाइन्छ । राज्य सञ्चालकहरूले सत्तामा पुगेपछि जनतालाई बिर्सने गरेको, चुनाबका बेला मात्र जनता सम्झ्निे र अरु बेला बिर्सने गरेको, देशको राज्यसत्ताको केन्द्र सिंहदरबार जनविरोधी रहेको, लामो सङ्घर्ष गरेर सत्तामा पुग्ने नेताहरू भ्रष्ट हुने गरेको, नयाँ पुस्तामा आदर, आदर्श, मूल्य, मान्यता, जस्ता कुराहरूको अभाव देखिएको, पुँजीवादी–उपभोक्तावादी संस्कृतिले मानवीय मूल्य, मान्यतालाई बेवास्ता गरेको जस्ता विषयप्रति मातृकाका कवितामा तिखो व्यङ्ग्य गरिएको पाइन्छ । 
मातृका पोखरेलका कविता गद्य वा मुक्त लयमा छन् । मुक्त लय भए पनि आफ्नै प्रकारको आन्तरिक लयबद्धता उनका कविताको विशेषता देखिन्छ । ठाउँ ठाउँमा शब्दहरू तथा वर्णहरूको पुनरावृत्तिले आन्तरिक लयको सिर्जना गरेको पाइन्छ । 
मातृका पोखरेलको कविताको भाषाशैली परिष्कृत र परिमार्जित देखिन्छ । शब्द चयन, प्रतीक प्रयोग, बिम्बसंयोजन, आर्थीसम्बन्ध लगायत सिङ्गो प्रस्तुतीकरणमा संयमता देखिन्छ । भावानुसार शब्द चयन र संयोजनका साथै अर्थसंप्रेषणमा समेत सचेतता देखिन्छ । कवि पोखरेलका  कविता परिष्कृत र परिमार्जित भाषामा लेखिएका पाइन्छन् । 
मातृका पोखरेलका सबै कविता मुक्तलयमा छन् । उनका सबै कविता गद्यलयमा लेखिएका छन् ।

४.३  निष्कर्ष 
मातृका पोखरेलका कवितात्मक प्रवृत्ति र योगदान हेर्दा उनी विगत अढाइ दसकदेखि यताका शक्तिशाली एवम् प्रभावशाली कविका रूपमा देखिन्छन् । समकालीन एवम् तत्कालीन नेपालको समाज, संस्कृति, राजनीति, राष्ट्रियता, इतिहास, जनताका सङ्घर्ष र भविष्य दृष्टि जस्ता विविध विषयवस्तुमा कविता लेख्ने कवि मातृकाको प्रवृत्ति देखिन्छ । प्रगतिवादी वैचारिक धरातलमा टेकेर आशावादी एवम् जीवनवादी जीवन दृष्टि प्रस्तुत गर्नु मातृका पोखरेलको काव्यात्मक प्रवृत्ति देखिन्छ । मुक्तलयमा सबल आन्तरिक लयको सिर्जना गर्नका साथै अलङ्कारको प्रयोग, बिम्ब प्रतीकको प्रयोग एवम् व्यङ्ग्यात्मकता मातृका पोखरेलको कवितात्मक प्रवृत्ति देखिन्छ । यिनै प्रवृत्तिसहित तिनवटा कविता सङ्ग्रह दिएर उनले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका छन् । 

पाँचौँ परिच्छेद
उपसंहार तथा निष्कर्ष
सगरमाथा अञ्चल उदयपुर जिल्ला ठानागाउँ गाविस वडा नं. ४ मा २०२३ साल साउन ९ गते जन्मिएका मातृका पोखरेल नेपाली साहित्यमा कथाकार, कवि, समालोचक आदि विविध विधाका सिर्जनासहित उपस्थित छन् । उनको विधागत योगदान विशेषतः कविता विधाका देखिन्छ । यस शोधका सन्दर्भमा उनको कवितात्मक प्रवृत्ति र योगदानको अध्ययन गरिएको छ । 
‘समीक्षा’ साप्ताहिकमा ‘सूर्य उदाऊ अब’ शीर्षक कविता प्रकाशित गरी कविताको सार्वजनिक प्रकाशन यात्रामा देखा परेका मातृका पोखरेलको ‘सेतो दरबारको छेउबाट’(२०५६),‘यात्राको एउटा दृश्य(२०६०) र ‘अनुहारहरू’ (२०६४) गरी तिनवटा कविता सङ्ग्रह प्रकाशित छन् । यी तिनवटा सङ्ग्रहमा जम्मा ६४ वटा कविता समाविष्ट छन् । यी बाहेक विभिन्न फुटकर कविता विभिन्न पत्रिकामा प्रकाशित छन् र कतिपय अप्रकाशित पनि छन् ।
 मातृका पोखरेलका कवितामा सामाजिक,  सांस्कृतिक, राजनीतिक, आर्थिक, प्राकृतिक, राष्ट्रियता, राजनीतिक आन्दोलन, खस्कँदै गएको मूल्य–मान्यता आदि विविध विषयवस्तु समेटिएको पाइन्छ । उनका कवितामा पञ्चायत विरोधी आन्दोलन, जनयुद्ध तथा २०६२–०६३ को लोकतान्त्रिक–गणतान्त्रिक आन्दोलनका विषयवस्तु समेटिएका छन् । उनका कवितामा राजनीतिक आन्दोलनका योद्धाहरूको सहादतको विषय, भारतबाट भएको नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप, इराकमा मारिएका नेपाली युवाहरूको सन्दर्भ जस्ता विषय पनि समाविष्ट भएको पाइन्छ । 
मातृका पोखरेलका कविता मुक्त (गद्य) लयमा लेखिएका छन् । गद्य लयमा लेखिए पनि वर्ण तथा शब्दहरूको पुनरावृत्ति, अलङ्कारको प्रयोग, बिम्ब–प्रतीकको प्रयोग, व्यङ्ग्यात्मकता जस्ता विशेषताका कारण उनका कविता कलात्मक बनेका छन् । 
मातृका पोखरेलका कवितामा नेपालको राजनीतिक विकृति, विसङ्गति, शोषण, अन्याय, कुरीति, वैदेशिक हस्तक्षेप, नेपालका नेताहरू र त्यसमा पनि विशेषतः कम्युनिस्ट नेताहरूमा देखिने पलायनता, अवसरवादिता आदि प्रति तिखो व्यङ्ग्य पाइन्छ । 
मातृका पोखरेलका कवितामा प्रगतिवादी विचार धारा पाइन्छ । यथार्थको चित्रण गर्ने, वर्गसङ्घर्षको चित्रणमा जोड दिने, राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिँदै देशको सार्वभौम सत्ता माथिको, हस्तक्षेपको विरोध गर्ने, राजनीतिक विकृति, विसङ्गति, शोषण, अन्याय, अत्याचार, भ्रष्ट्राचार आदि प्रति व्यङ्ग्य र असममति प्रकर गर्ने, सामन्त तथा शोषक वर्गको विरोध र गरिब, श्रमजीवी वर्गको पक्षपोषण गर्ने साथै भविष्यप्रति आशावादी बन्ने जस्ता प्रवृत्ति मातृकाका कवितामा पाइन्छन् । यी आधारमा मातृका पोखरेललाई प्रगतिवादी कवि भन्न सकिन्छ । 
मातृका पोखरेलले नेपाली साहित्यको कविता, कथा, समालोचना आदि क्षेत्रमा उल्लेख्य योगदान दिएको पाइन्छ । यस शोधका सन्दर्भमा भने नेपाली कविताका क्षेत्रमा उनको योगदान पहिल्याउन आवश्यक छ । नेपाली कविताका सन्दर्भबाट उनको योगदानलाई निम्न लिखित बुँदाहरूमा प्रस्तुत गर्न सकिन्छ ः 
(क) मातृका पोखरेलका तिनवटा कविता सङ्ग्रह र तिनमा समाविष्ट ६४ वटा कविता प्रकाशित छन् । यस बाहेक थुप्रै उनका फुटकर कविताहरू अप्रकाशित तथा प्रकाशित छन् । 
(ख) मातृकाका कवितामा विषयवस्तुगत विविधता पाइन्छ । समाज, संस्कृति, इतिहास, राष्ट्रियता, प्रकृति, राजनीतिक आन्दोलन, खस्कँदो मानवीय मूल्य, मान्यता आदि विविध विषयवस्तुमा कविता लेख्ने मातृका पोखरेलको विशेषता रहेको छ । 
(ग) मातृका पोखरेलका कवितामा प्रगतिवादी प्रवृत्ति पाइन्छ । यथार्थको प्रतिबिम्बन गर्ने, वर्गसङ्घर्षको चित्रण गर्ने र शोषित पीडित वर्गको पक्षधर भएर कविता सिर्जना गर्ने जस्ता प्रगतिवादी चेतना मातृका पोखरेलमा पाइन्छ । 
(घ) मातृकाका कवितामा बिम्ब–प्रतीक र अलङ्कारको प्रयोग गरिएको पाइन्छ । सबैजसो कवितामा नेपाली समाज, इतिहास, राजनीति, संस्कृति र प्रकृतिका सरल र स्वाभाविक बिम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ । कविता कलात्मक छन् ।  
(ङ) मातृकाका कवितामा जनताका दुःख, पीडा, सङ्घर्ष, आशावाद, आस्था आदिको सटीक चित्रण पाइन्छ । उनका कविताबाट समकालीन एवम् तत्कालीन नेपालको यथार्थ थाहा पाउन सकिन्छ । 
(च) मातृका पोखरेलका कवितामा राष्ट्र«वादी चिन्तन पाइन्छ । 
(छ) मातृका पोखरेलका कविता कलात्मक छन् । व्यङ्ग्यात्मकता र यथार्थको प्रतिबिम्बनका दृष्टिले साथै भविष्यप्रतिको आशावादिता र श्रमजीवी वर्गप्रतिको पक्षधरप्ताले उनका कविता शक्तिशाली देखिन्छन् । 
(ज) कवि पोखरेल आप्mना कविताहरूमा समाजमा देखिने अन्याय, अत्याचार, शोषण, दमन,उत्पीडनको विरोध गरेर असत् भावनालाई त्याग गरेर सत् विचारमा लाग्दै सामाजिक व्यवस्थामा समानता र सबै मान्छे भएर बाच्न पाउनुपर्ने स्वच्छ, स्वस्थ र कानुनी समाजको स्थापनामा जोडदिएका छन् ।
(झ) मातृका पोखरेलका कवितामा साहित्यले उत्पीडित वर्गको चेतनालाई बोक्नु पर्छ भन्ने दृष्टिकोण पाइन्छ । साथै कविता वैचारिक अस्त्र हो भन्ने दृष्टिकोण पाइन्छ । 
(ञ) कवि मातृका पोखरेलका कवितामा सामन्तवादी प्रवृित्तप्रति घृणा व्यक्त गरिएको पाइन्छ । उनका कवितामा सामन्तवादी—यथास्थितिवादी प्रवृत्तिका कारण समाजमा विकास र प्रगति हुन नसकेको भनिएको पाइन्छ । 
(ट) मातृकाका कवितामा समाज वर्गविभाजित हुन्छ, उपल्लो वर्गले तल्लो वर्गलाई जहिले पनि घृणा र उपहास गर्छ भन्ने विचार अगाडि सारिएको पाइन्छ । वर्गकै कारण आफन्तलाई पनि आप्mनो नभन्ने र नचिन्नेजस्तो प्रवृित्त हाम्रो समाजमा बढ्दै गएकोमा उनका कवितामा खेद व्यक्त गरिएको छ । कवि वर्गविभाजित समाजको अन्त्य चाहन्छन् । 
(ठ) कवि मातृका पोखरेल अन्याय र अत्याचारका विरुद्धमा भएको सङ्घर्ष वा आन्दोलनलाई समर्थन गर्छन् र ती लड्ने योद्धाहरूलाई होसियार हुन सचेत गराउँछन् ।
अन्तिम निष्कर्षमा भन्नु पर्दा,
कवि मातृका पोखरेलका कवितामा वैचारिक सघनता पाइन्छ । सामाजिक, राजनीतिक, आर्थिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय एवम् वर्गीय विचारलाई कला र सौन्दर्यका माध्यमबाट प्रस्तुत गर्नु मातृका पोखरेलको वैशिष्ठ्य देखिन्छ । कवि मातृका पोखरेलका सबै कविताहरूमा नेपाली समाजको यथार्थ चित्रण भएको छ । उनका कवितामा शोषित–उत्पीडित वर्गको वर्गीय पक्षधरता व्यक्त भएको छ । उनका कविता यथास्थितिको विरोध र अग्रगामी परिवर्तनको पक्षपाती छन् । यसर्थ मातृकाका कविताको मूलप्रवृत्ति प्रगतिवादी रहेको छ । 

आगामी शोधकर्ताका लागि सुझाव 
मातृका पोखरेलका कविता कृतिको अध्ययनका आधारमा आगामी शोधका लागि निम्नलिखित शोध विषय हुन सक्ने देखिन्छ : 
(क) मातृका पोखरेलका कवितामा प्रगतिवाद
(ख) मातृका पोखरेलका कविताको समाजशास्त्र
(ग)  मातृका पोखरेलका कविताको भाषाशास्त्रीय अध्ययन  

परिशिष्ट
मातृका पोखरेलको वैयक्तिक विवरण

१. जन्म मिति : ९ असार २०२३ (२३ जुन १९६६) 
२. जन्मस्थान : ठानागाउँ गाविस–४, थामखर्क, उदयपुर
३. पिता : नन्दलाल पोखरेल 
४.  माता : सीतादेवी पोखरेल
५. पत्नी : अन्जु नेउपाने  
६. शिक्षा : एम.ए. (नेपाली)
७. संलग्नता 
संयोजक : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ
उपाध्यक्षः प्रगतिशील लेखक संघ, नेपाल
सदस्यसचिव : पारिजात स्मृति केन्द्र
कार्यसमिति सदस्य : रमेश विकल साहित्य प्रतिष्ठान
कार्यसमिति सदस्य : साहित्य सदन, नेपाल
संस्थापक सचिव लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल
संस्थापक सदस्य : नेपाल साहित्यिक पत्रकार संघ
संस्थापक सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान
संस्थापक सदस्यः घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान
सल्लाहकार : प्रतिभा प्रवाह
सल्लाहकारः किरात एकेडेमी नेपाल
सल्लाहकारः वेदना साहित्यिक त्रैमासिक
सल्लाहकारः स्रस्टा साहित्यिक त्रैमासिक
सल्लाहकारः चन्द्रागिरी साहित्यिक त्रैमासिक
सल्लाहकार : सुरभी, साहित्यिक मासिक
सल्लाहकार : सुलेख, साहित्यिक मासिक
सल्लाहकार : सुनाखरी सन्देश, द्वैमासिक साहित्यिक पत्रिका
कार्यकारी सम्पादकः ज्योति साहित्यिक त्रैमासिक
प्राज्ञ  परिषद् सदस्य : नेपाल प्रज्ञा प्रतिष्ठान 

८. प्रकाशित कृति 
सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह), २०५७
यात्राको एउटा दृश्य (कवितासङ्ग्रह), २०६१
सन्त्रस्त आँखाहरू (कथासङ्ग्रह), २०६१
अनुहारहरू (कवितासङ्ग्रह), २०६४
घाम झुल्किनुअघि (कथासङ्ग्रह), २०६७

९. सम्मान र पुरस्कार 
धौलागिरी साहित्य प्रतिष्ठानद्वारा अनुहारहरू (कवितासङ्ग्रह) का लागि
पाण्डुलिपि पुरस्कार – २०६४
सिम्पल आटर्स सम्मान – २०६९
सम्पर्क नं. ः ९८४१२८१७१५ (मोबाइल)
इमेल ः mबतचष्पबउयपजबचभ२िनmबष्।िअयm

सन्दर्भ सामग्री सूची
(क) पुस्तक सूची
पोखरेल, मातृका (२०५६), सेतो दरबारको छेउबाट, काठमाडौँ ः सिर्जनशील प्रकाशन । 
पोखरेल, मातृका (२०६०), यात्राको एउटा दृश्य, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन ।  
पोखरेल, मातृका (२०६४), अनुहारहरू, बाग्लुङ ः धौलागिरी साहित्य प्रतिष्ठान ।  
भण्डारी, जगदीशचन्द्र (२०५५), प्रगतिवादी नेपाली कविताः रेखाङ्कन र विश्लेषण, काठमाडौँ : मुन्नी भण्डारी प्रकाशन । 
लुइटेल, खगेन्द्र प्रसाद (२०६२), कविताको संरचनात्मक विश्लेषण, काठमाडौँ ः  विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौँ ः  नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान ।

(ख) पत्रपत्रिका सूची
आचार्य, नन्दराज (२०६७), ‘प्रगतिवाद र कवि मातृका पोखरेलको यात्राको एउटा दृश्य’ अभिव्यक्ति (वर्ष ४१, पूर्णाङ्क ११२), फागुन–चैत । 
इन्फादा, पूर्ण (२०६७), ‘कला र विचारमा माझिएका र परिवर्तनका राग बोकेका कविता’ समष्टि  (वर्ष ३१, अङ्क ५), चैत्र–बैशाख ०६७÷०६८ । 
इस्माली (२०५६), ‘सेतो दरबारको छेउबाट नियालेर हेर्दा’, जनएकता साप्ताहिक (वर्ष ५, अङ्क ३३), फागुन २०, पृ. ६ ।
क्षेत्री, अपराजिता (२०५६), ‘सेतो दरबारको छेउबाट एक दृष्टि’, जनआह्वान (वर्ष, अङ्क), चैत्र १८, पृ. ६ । 
गिरी, कमल (२०६०), ‘यात्राको एउटा दृश्य भित्रको दृश्य’, हाँक  (वर्ष २०, अङ्क ११), माघ ७, पृ. ६ । 
गौतम, पुण्य (२०५७), ‘सेतो दरबारको छेउबाट को सुन्दर प्रतिबिम्ब’, प्रकाश साप्ताहिक (वर्ष १८, अङ्क २२), जेठ २, पृ. ६ ।
ज्ञवाली, रामप्रसाद (२०६२), ‘सर्पसँग पौँठेजोरी खेल्ने कविको कविता ः यात्राको एउटा दृश्य’,  अक्षर (वर्ष २, अङ्क १), बैशाख–साउन ।  
दुवाल,  मोहन (२०६१), ‘यात्राको एउटा दृश्य टेक्दै गरेको कवि’, दैनिक पूर्वीय दर्पण, (भाद्र ५), पृ. ४ । 
पोखरेल, मातृका (२०४५),  ’सूर्य उदाऊ अब’, समीक्षा, (वर्ष २९, अङ्क ५१) ।
सुवेदी,राजेन्द्र (२०६४), ‘मातृका पोखरेल समसामयिक कथ्यका कवि’ जनमत  (वर्ष २४, अङ्क ११÷१२), पुस, । 
सुवेदी ‘श्रमिक’, धनप्रसाद (२०६७), ‘वर्तमान र भविष्यको काव्यिक चित्र ः अनुहारहरू’, रचना  (वर्ष ५०, पूर्णाङ्क १०७), असार–साउन, पृ. ७१–७५ । 

(ग) शोधपत्र
बुढा थापा, चक्र (२०६५), ‘मातृका पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’, अप्रकाशित स्नातकोत्तर शोधपत्र, पाल्पा ः त्रिभुवन बहुमुखी क्याम्पस ।


No comments: