Friday, September 18, 2026

सडकमै ‘देखेको छु तिमीलाई’ सार्वजनिक

 


२०८१ भाद्र ३१,काठमाडाैँ ।

गीतकार डा.नवराज रिजालद्वारा लिखित गीतिसङ्ग्रह ‘देखेको छु तिमीलाई’ सडक समारोहका विच सार्वजनिक गरिएकाे छ । सडकमै कृति विमाेचन गर्ने अभियानका साथ गीतकार रिजालकाे गीतिसङ्ग्रह सडक विमाेचनकाे १७अाैँ शृङ्खलाका रूपमा विमाेचित कृति बनेकाे छ ।

अग्रज साहित्यकार दुर्गाप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अभियानका कोषाध्यक्ष तथा साहित्यकार राजाराम बर्तौलाले गीतले भूगोल र राष्ट्रिय भाव समेटिएको बताउनु भयो।‌

त्यसै गरी साहित्यकार प्रमोद प्रधान, डा.शैलेन्दुप्रकाश नेपाल, डा.छायादत्त न्याैपानेले अठ्सट्ठी वटा गीतहरू समेटिएकाे डा. रिजालको कृतिमा प्रकृति संरक्षण र जीवन जगतका विभिन्न पक्ष समेटिएको कुरा व्यक्त गर्दै उहाँले आफ्नो वैचारिकता प्रस्तुत गरेका भन्नुभयो।

गीतकार रिजालको कृति र जीवन वृतलाई प्रस्तुत गर्दै कवि तथा समालोचक तेजविलास अधिकारीले रिजालका गीतमा राष्ट्रिय भाव समेटिएका कुरा बताउनु भयो। कृतिकार र कृतिकारका बारेमा बोल्दै अभियानका संयोजक बद्रीप्रसाद ढकालले कृतिले देश बोलेको छ भन्नु भयो।

कार्यक्रममा भाषा आयोगका सदस्य मातृका पोखरेल, डा पुष्करराज भट्ट, गीतकार वसन्तराज अज्ञात लगायत दुई दर्जन जति साहित्यकार पत्रकारको उपस्थिति रहेको थियो ।

००० 

https://shabdasarovar.com बाट साभार 

No comments:

Post a Comment