Sunday, July 12, 2026

'कविता र संवाद' कार्यक्रमको पहिलो कार्यक्रम

वि.सं. २०८३ असार २८ गते काठमाण्डौको कमलादीमा 'कविता र संवाद' कार्यक्रमको पहिलो कार्यक्रम आयोजना गरिएको थियो । पूर्व प्रधानमन्त्री एवम् झलनाथ खनाल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार मातृका पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा कविहरू शेखर अर्याल, डा. पुष्करराज भट्ट, केशव सिलवाल, किशोर नेपाली, वासुदेव अधिकारी, सुधा मैनाली, राजाराम राउत, पारस ढकाल, मातृका पोखरेल र सीता ओझा ले कविता र साहित्यकार अगिव वनेपालीले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि खनालले पनि चारवटा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचित कवितामाथि समालोचक डा. धनप्रसाद सुवेदीले समीक्षा गर्नुभएको थियो भने कार्यक्रमको संचालन साहित्यकार सीता ओझाले गर्नुभएको थियो ।

000











No comments:

Post a Comment