वरिष्ठ जनगायक खुसिराम पाख्रिनको ७औं स्मृति दिवस एक समारोह बिच सम्पन्न भएको छ ।
जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा २०८१ साल मंसिर ५ गते भएको सातौँ स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले ‘खुसिराम पाख्रिन एक दार्शनिक भएको वताउनु भयो । पाख्रिनको गीत लेखन, कविता लेखन, सस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका लागि मार्ग निर्देशन थिए । गाउघरमा विहे हुदा कसार बनाउने नेपाली चलन छ कसारको गुदि र बोक्रा भन्ने हुदैन । समग्र गुदि नै कसार हो पाख्रिनका रचना र सिर्जना त्यही गुदी हुन् ।’
कार्यक्रमका विशेष अतिथि पार्टीका उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ स्मरण गर्नुभयो २०४७ जेठ १ गते खुसिरामको गीत रगतको बदला रगतै नलिए गोलीको उत्तर गोली नै नदिए कि क्रान्ति ल्याउने कि शान्ति पाउने यो सर्वहारले… नृत्य प्रस्तुत गरेको थिए । त्यहि विषयलाई लिएर कमाण्डो फोर्स परिचालन गरी मलाई गिरप्तार गरेको थियो । पाख्रिनको गीतमा जुन ताकत थियो त्यसका अनुयायीहरूले पाख्रिनको बाटो अझै फराकिलो बनाउन जरूरी । जनसांस्कृतिक महासङ्घ, नेपालको इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले पाख्रिनबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा भाषा आयोगका माननीय अध्यक्ष डा.गोपाल ठाकुर, माननीय सदस्यहरू मातृका पोखरेल, गोपाल अश्क, डा.पुष्करराज भट्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, तिनओटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू लगायतको आतिथ्यता थियो ।
पाख्रिनको गीत लेखनबारे चर्चा जनकलाकार माइला लामा, पाख्रिनको जीवनशैलीबारे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ पाख्रिनको संगीत सिर्जनाबारे प्राज्ञ कर्ण गौतम ‘बिद्रोही’ ले चर्चा गर्नु भएको थियो । पाख्रिनका गीतहरूको प्रस्तुतिका साथै पाख्रिनको स्मृति गीत तथा कविता बाचन गरिएको थियो ।
जनसास्कृतिक महासङ्घ, नेपालका अध्यक्ष भीम मल्ल कुमाखीको अध्यक्षता सन्चालित कार्यक्रमको सन्चालन महासचिव केशव सिलवालले गर्नुभएको थियो ।
000
No comments:
Post a Comment