Thursday, June 20, 2024

‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूह विमर्श कार्यक्रम सम्पन्न ।

नेपाल प्रज्ञा - प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा आयोजित त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी अन्तर्गत दोस्रो दिन २०७४ जेठ ७ गतेका दिन प्रज्ञा भवन कमलादीमा‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम सम्पन्न भएको छ । उक्त समूूह विमर्श कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् गध्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो। सो समारोहमा विमर्शकर्ताका रुपमा आख्यानकारहरू नारायण ढकाल, कृष्ण धरावासी, आहुुति एवम् आन्विका गिरी हुुनुुहुुन्थ्यो । सो विमर्शको सञ्चालन साहित्यकार विष्णुु ज्ञवालीले गर्नुुभएको थियो भने प्रतिवेदकका रुपमा डा. पुुष्करराज भट्ट रहनुु भएको थियो ।

000

                             
विमर्श कार्यक्रम - १

  

विमर्श कार्यक्रम - २


  
विमर्श कार्यक्रम - ३

   
   विमर्श कार्यक्रम - ४

                 

विमर्श कार्यक्रम - ५





विमर्श कार्यक्रम -६

 विमर्श कार्यक्रम -७



===============================================


कार्यक्रमको प्रतिवेदन

नेपाल प्रज्ञा - प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा आयोजित  त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी अन्र्तगत दोस्रो दिन २०७४ जेठ ७ गतेका दिन प्रज्ञा भवन कमलादीमा सम्पन्न ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्शको प्रतिवेदन

- डा. पुुष्करराज भट्ट


नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्ती त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठीका अवसरमा यही  २०७४ जेठ ७ गतेका दिन दिनको एक बजेबाट प्रज्ञा भवन कमलादीमा ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख मातृका पोखरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको सो समारोहमा विमर्शकर्ताका रुपमा नारायण ढकाल, कृष्ण धरावासी, आन्विका गिरी एवम् आहुुति हुुनुुहुुन्थ्यो । सो कार्यक्रमको प्रतिवेदकका रुपमा डा. पुुष्करराज भट्ट रहनुु भएको थियो । विमर्शको सञ्चालन विष्णुु ज्ञवालीले गर्नुुभएको थियो ।

कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले राजनीति र साहित्यको सम्बन्धको बारेमा चर्चा गर्ने क्रममा यस्तो कार्यक्रममा पहिलो पटक सहभागिता जनाएको र यो आफूूलाई परिक्षा दिएजस्तो भएको बताउनुु भयो । उहाँले आयोजकप्रति आभार प्रकट गर्दै आफ्नो आख्यान लेखन नारायण ढकालबाट प्रभावित भएको विचार व्यक्त गर्नुुभयो । उहाँले यो प्रश्न जहिले पनि विवादास्पद रहेको भन्नुुभयो । धरावासीले आफूू वि.पि. कोइरालाबाट प्रभावित रहेको र वि.पि.ले आफूू राजनीतिमा समाजवादी भएपनि साहित्यमा अराजकतावादी भएको भन्ने विचारप्रति आफ्नो समर्थन रहेको अभिमत प्रकट गर्नुुभयो । राजक र अराजक बिच गहिरो सम्बन्ध भएको, राजक कतिबला अराजक पनि हुने सन्दर्भको प्रस्तुुतिका साथै समयले राजक अराजक र अराजक राजक बन्ने विचार राख्नुुभयो । परिवर्तनको आन्दोलन सँधै अराजक हुने गरेको, समय, सन्दर्भ र इतिहासले को राजक र को अराजक भन्ने सीमारेखाको निर्धारण गर्ने गरेको सन्दर्भ प्रस्तुत गर्दै राजनीति साहित्यमा मात्र किन ? राजनीति त हाम्रो दैनिक जीवनमा पनि छ भन्ने मत राख्नुुभयो । उहाँले हामीले हाम्रा घरमा महिलालाई खुुशी नपारेर बाँच्न सक्दैनौं, त्यहाँ पनि राजनीति भएको, आफ्नो स्वार्थका लागि अरुको सहयोग लिनुु राजनीति हो भन्नुुभयो । कोरा राजनीति मात्र राजनीति नहुुने भएकोले यस व्यानरमा लेखिएको जस्तो राजनीति आफूूूले नखोजेको विचार व्यक्त गर्नुुभयो ।
   
यसै सन्दर्भमा नारायण ढकालले समाजमा राजनीति र साहित्यको सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा समकालीनताको मानक के हो ? आफ्नो बुुझाइमा नपरेको बताउनुु भयो । आफूू समालोचक नभएको विचार व्यक्त गर्दै राजनीतिक विषय आख्यान हुुन्छ भन्ने कुुरा सर्वस्विकार्य भइसकेको सन्दर्भको प्रस्तुुति गर्नुुभयो । उहाँले यस सम्बन्धमा गोर्कीका बारेमा राल्फ फक्सको भनाइ मननीय भएको विचार व्यक्त गर्नुुभयो । गोर्कीले तीन क्रान्ति देख्नुुभएको र त्यसको प्रभाव आमा कृतिमा परेको सन्दर्भ सहित उहाँले गोर्कीलाई महान व्यक्तित्वको रुपमा चित्रण गर्नुुभयो । यस सम्बन्धमा चेखबको प्रसंग उल्लेख गर्दै चेखबले सन १८८० पछिको रुसी सत्तासँग अन्र्तविरोध भएपनि आफ्नो सिर्जना नछोडको बताउनुु भयो । ढकालले आफूूलाई यस विमर्शमा बोलाइएता पनि आफूू यसको आधिकारिक व्यक्ति नभएको विचार प्रस्तुुत गर्नुुभयो ।

यसै सन्दर्भमा राजनीति र आख्यानको सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा आन्विका गिरीले राजनीति र साहित्यको सम्बन्ध हुने र हरेक मानिसले राजनीति गर्ने विचार व्यक्त गर्नुुभयो । हरेक मानिसले समाजमा राजनीति हुने र त्यो स्विकार्य, अस्विकार्य भएजस्तै लेखकको पनि प्रतिबद्धता हुने गर्दछ । गिरीले आफू लेखनबाट राजनीति गर्ने गरेको सन्दर्भ प्रस्तुुत गर्दै सत्ताको विरोध गर्ने क्रममा वा सामाजिक यथार्थको उद्घाटनमा राजनीति आउने विचार राख्नुुभयो । लेखनमा राजनीति आउने र यसलाई स्वीकार गर्ने नगर्ने व्यक्ति विशेष वा लेखकको निजी स्वतन्त्रता भएको  र राजनीतिक पक्षधरता लेखनमा अनिवार्य विचार आउने अभिमत प्रकट गर्नुुभयो ।

कार्यक्रम प्रस्तोता विष्णुु ज्ञवालीको ‘आख्यानमा राजनीति कसरी गर्नुुहुुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा नारायण ढकालले गोर्कीको चोर र किसानको कथा प्रस्तुुत गर्नुुभयो । किसान आफूूसँग पैसा नभएर सहर कमाउन गएको र पैसाको अभावमा जमिन्दारकी छोरी विवाह गर्न नपाएको हुुन्छ । यसै सन्दर्भमा चोरसँग भेट भएपछि दुुवैले मिलेर चोरी गरेको, रक्सी खाएको कथाको प्रस्तुुति गर्नुुुभयो । उहाँले किसानले मनमा अपराधभाव पलाएर सबै सम्पति हात पार्न चोरलाई मार्न ठूूलो ढुुङ्गाले चोरको टाउकोमा हानेको, चोरले मर्ने बेलामा मैले तिमीलाई धन कमाउने बाटो बताए पनि तिमीले विश्वासघात गरेको, गएगुुज्रेको मानिस भएको भन्दै मृत्युु हुुनपुुगेको प्रसंग उल्लेख गर्नुुभयो । राजनीति व्यक्तिका महत्वाकांक्षा तथा स्वार्थका जगमा आउने र यो राजनीतिकर्मी मात्र नभएर सामाजिक किसिमले पनि आउने र यसले आख्यानमा भूूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । यसै सन्दर्भमा उहाँले रुसमा मोन्सेविक र बोल्सेविकका बिचको अन्र्तविरोधलाई उदाहरणका रुपमा प्रस्तुुत गर्नुुभयो ।

कृष्ण धरावासीले आफ्नो उपन्यासमा राजनीतिका सन्दर्भको प्रस्तुुति कसरी गर्नुुभएको छ ? भन्ने प्रश्नको उत्तरमा यस व्यानरले सत्ता प्राप्तिको राजनीतिको समर्थन खोजेको सन्दर्भ उल्लेख गर्नुुभयो । उहाँले समाजमा रहेका सडकछाप बालबालिका, अर्धपागल महिला, पेटीमा बस्ने अरुले छादेको खाने मानिसको बारेमा आफूूले लेखेको बताउनुु भयो । राजनीति संगठनले मतदाता मात्र हेर्ने गरेको, समाजबाट अपहेलित, तिरस्कृत, जीवन बाँच्न कठिन भएका नागरिकलाई नचिनेको र यसलाई साहित्यमा पनि स्थान नदिइएको बताउनुु भयो । नेपालका राजनीतिक दलले रत्नपार्कमा बस्ने कोर लागेर औंला झरेका मानिसको बारेमा विचार नगरेको, कसैले धोका दिएर सडकमा अलपत्र भएका दिदीबहिनीको सम्वेदनालाई बुुझ्न नसकेको र उनीहरूको जीवनप्रति सम्वेदनहीनता देखाएको सन्दर्भ प्रस्तुुत गर्नुभयो । धरावासीले राज्यले जनतालाई सडकछाप, अपराधी बनाएको र यस्ता पात्रको चित्रण साहित्यकारले नगरेकोमा चिन्ता व्यक्त गर्नुुभयो । उहाँले भोटरको मात्र वर्ग भएको, सडकमा अलपत्र पारिएका मानिसको वर्ग नभएको, राज्यले भोटर मात्र खोजेको विचार राख्दै आफूूले यस्तै किनारामा पारिएका पात्रको जीवनलाई प्रस्तुत गरेको विचार व्यक्त गर्नुुभयो ।

  आहुुतिले साहित्य र राजनीतिको सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा वि.पि. कोइरालाले जीवनमा महान झुुठ बोलेको प्रसंग उल्लेख गर्नुुभयो । उहाँले वि.पि. लोकतान्त्रिक आन्दोलनका ठूूला नेता भएको, उहाँलाई आफूूले मानेको भएपनि राजनीति र साहित्यका सन्दर्भमा वि.पि.का विचार आलोचना योग्य भएको अभिमत राख्नुुभयो । वि.पि.ले आख्यानमा राजनीति नै गरेको ठोकुुवा गर्नुुभयो । कृष्ण धरावासीको आफनै खाले विचार भएको र आफूूले त्यसको सम्मान गरेपनि आफ्नो दृष्टिकोण फरक भएको विचार प्रस्तुत गर्नुुभयो । आफ्नो हित खोज्नुु नै राजनीति भएको, जनावरले पनि राजनीति गर्ने गरेको प्रसंग उल्लेख गर्नाका साथै राजनीति जनावरले पनि गर्ने गरेका छ, राजनीतिबाट साहित्य अलग हुुन्छ भन्नुु बकवास मात्र भएको विचार राख्नुुभयो । आहुुतिले हरेक समाज वर्गमा विभाजित भएको, स्वार्थमा विभाजित भएको सन्दर्भको प्रस्तुुतिका साथै आफ्नो लेखनको आधारभूूमि प्रस्तुुत गर्नुुभयो । उहाँले श्रम र उत्पीडित वर्ग वा समूूदायको समृद्धि, मुुक्ति आफ्ना राजनीति भएको विचार राख्नुुभयो । उहाँले महिलालाई पितृसत्ताले दास बनाएको छ, आफू महिला मुुक्त हुुनुुपर्छ भन्ने विचार राख्ने गरेको र समाज व्यवस्थाले तीन हजार वर्षदेखि कलाकार, सफाईका अभियन्तालाई दलित बनाएको पीडाजन्य अनुुभूूतिलाई प्रस्तुुत गर्नुुभयो । उहाँले उपभोक्तावादले साना राष्ट्रलाई ठगेको, लुुटेको विचार राख्दै उनीहरू महान होइनन, लुुटेरा भएको भनेर आक्रोश प्रकट गर्नुुभयो । हरेक राजनीति नेता विदेश गएर फर्कँदा देशको के कति विकास भयो भनेर हेर्नुुपर्ने भएको, कोरियाको विकासको चर्चा हुने गरेपनि उनीहरूले यान्त्रिक भौतिकतालाई मात्र ख्याल गरेको बताउनुु भयो । कोरियाली शासकले नागरिकको एक मात्र छोरा मर्दा शोक मनाउन दिनुु मानवीयता मर्नुु हो । भौतिक विकास मात्र समृद्धि नभएको सन्दर्भको प्रस्तुुतिका साथै समाजवादको राजनीति आफ्नो लेखनमा आएको विचार प्रकट गर्नुुभयो ।

आख्यानमा कस्तो राजनीतिक गरिरहनुु भएको छ ? भन्ने प्रश्नको जवाफमा आन्विका गिरीले यस सम्बन्धमा आफूूले यस पहिलेको प्रश्नमा जवाफ दिइसकेको बताउनुु भयो । आफूूले आफू भन्दा फरक विचारको पनि अध्ययन गर्ने गरेको र यसबाट आफ्नो विचार निर्माणमा बल पुुगेको सन्दर्भ प्रस्तुुत गर्नुुभयो । आफूूले सबै कुुरा बुुझेर आफ्नो दृष्टिकोण प्रस्तुुत गर्ने गरेको बताउनुु भयो । गिरीले आफ्नो विचारमा परिपक्व भएमा फरक विचारले खासै प्रभावित नगर्ने मत  व्यक्त गर्नुुभयो ।

  नारायण ढकाल आख्यानमा गणतन्त्रपछिको राजनीतिको सन्दर्भमा चर्चा गर्ने क्रममा नेपाली कथा चुुटकिला जस्तो हुन पुुगेको प्रसंग उल्लेख गर्नुुभयो । कथामा चुुटकिला लेखिन नहुने कुरामा आफूू दृढ रहेको विचार व्यक्त गर्नुुभयो । राजनीति र साहित्यको सन्दर्भका बारेमा व्यापक बहसको आवश्यकता रहेको, सौन्दर्यशास्त्रले दैनिक राजनीति मात्र नभएर विभिन्न सन्दर्भलाई प्रस्तुुत गर्ने गर्दछ । मार्खेजको सम्बन्ध फिडेल क्रास्ट्रोसँग भएका सन्दर्भ उल्लेख गर्दै तिनै मोर्खेजलाई कोलम्बियामा बामपन्थीले नै र्याक गरेको विचार व्यक्त गर्नुुभयो । उनी वामपन्थी विचारबाट विचलन भएको र संशोधनवादी भएको आरोप लाग्यो । यसको उत्तरमा उनले समाजलाई हेर्ने विविध दृष्टिकोण भएको र कोरा राजनीति बाहेक पनि समाजमा धेरै थोक भएको र त्यसलाई नवीन किसिमले व्यक्त गरिनुुपर्ने विचार राखेको प्रसंग अघि सार्नुुभयो । यसै सन्दर्भमा ढकालले समाजवादप्रति आस्था भएपनि समाजको विविधतालाई चिन्न सक्नुुपर्र्ने विचार राख्नुुभयो । उहाँले साहित्यमा सौन्दर्यको खोजी गर्दा नयाँ कुरा पनि खोज्नुुपर्नै र जडसुुत्रवादबाट मुुक्त हुनुुपर्ने विचार राख्नुुभयो । नेपालको सन्दर्भमा नवीन चिन्तनको आवश्यकता रहेको र यसै अनुुसारको लेखनको अभाव रहेको मत राख्नुुभयो ।

  आन्विका गिरीले समकालीन आख्यानमा देखिएका नयाँ विषयको बारेमा चर्चा गर्ने क्रममा नेपाली समाजमा नयाँ विषय नयाँ मानिसले लेखेको र पुुराना लेखक सुतेको मत राख्नुुभयो । नेपाली साहित्यमा भावुुकताको राजनीति हावी भएको, लेखक मसिहा हुन खोजेको र जनतालाई हामीले तिमीलाई स्वतन्त्रता, समानता र मुुक्ति दियौँ भनेर आफ्नो महानता प्रकट गरिरहेको सन्दर्भ प्रस्तुुत गर्नुुभयो । उहाँले जनतालाई बौद्धिक शुुन्य ठान्ने आफूू अति बौद्धिक बन्न खोज्ने प्रवृत्तिप्रति आलोचना प्रकट गर्नुुभयो । नेपाली आख्यानमा पात्रका जीवनलाई नजिकबाट नहेरेर मसिहाको राजनीति गर्ने प्रवृत्ति विद्यमान रहेकोले यसबाट मुुक्त भएर लेखन अघि आउनुुपर्ने दृष्टिकोण राख्नुुभयो ।

कृष्ण धरावासीले हामी आफ्नो कुुरा मात्र राख्न आएका हैनौं, अरुका कुुरा पनि सुुुन्न आएको प्रसंग उल्लेख गर्नुुभयो । के लाई समकालीन मान्ने बारेमा बहस गर्नुु अघि यस बारेमा स्पष्ट हुनुु आवश्यक भएको विचार राख्नुुभयो । उहाँले मोहनराज शर्माले आधुुनिकता, समकालीन र समसामयिकता भेद छुुटाइसकेको प्रसंग उल्लेख गर्नुुभयो । समकालीनताको सयम निर्धारण विवादको विषय हो । हामी एक्लैले यसको सीमा तोक्न  सक्दैनौं । प्रज्ञाले नै यसको जिम्मा लेओस भनेर मत राख्नुुभयो । उहाँले वि.स. २०४६ पछिको समयपछिको समय समकालीन मान्दा ठीक हुुने विचार राख्नुुभयो । पछिल्ला राजनीतिक परिवर्तनका क्रममा लेखन कुुण्ठित भयो । जनयुुद्ध कालमा कतिपय लेखकले नलेखेर बसे । उनीहरूको लेखनमाथि आक्रमण बढी भयो । नेपाल समाजका विभिन्न कालखण्डमा  समयमा लेखन फरक–फरक किसिमले आयो । नेपाली आख्यानमा वि.स. ०५२–२०६२ र वि.स. २०६२ पछिका अनेकन पक्ष आएका छन् । हत्या हिंसाको विरोधका नाममा आएको लेखनमा पनि जनयुुद्धको कुुरा आएको छ । पछिल्ला कालखण्डमा राजनीतिक अव्यवस्थाले गर्दा समाज पनि विभाजित भएको, जातिय, क्षेत्रीय, लिङ्गका कुरा आएको भेगका कुुरा आएको छ । उहाँले राजनीतिक नेताले समाजलाई सही किसिमले सम्हाल्न नसकेको मत राख्नुुभयो । अब लेखन पनि व्यापार भइसक्यो । लेखन भावुुक नलेखेर के गर्ने ? लेखकले नै लेख्ने हो । निराशा पनि विषय हो । धरावासीले लेखन कार्यमा लेखक निरपेक्ष भएर लेख्नुुपर्छ, आग्रह पालिनुु हुुँदैन भन्ने मत  राख्नुुभयो । उहाँले नेपालका कम्युुनिष्टका नेता सब धनीका छोरा भएको बताउनुु भयो । उहाँले आफूू माक्र्सवादी होइन, यस विमर्शमा आफूू एक जना मात्र गैर माक्र्सवादी बोलाउनु पनि राजनीति भएको विचार राख्नुुभयो । उहाँले राधा उपन्यासप्रति समालोचकले न्याय नगरेको सन्दर्भ प्रस्तुत गर्ने क्रममा राधामा भन्दा ठूूलो राजनीति कुुनै पुुस्तकमा नभएको विचार राख्नुुभयो । उहाँले राधा उपन्यासमा सामूूहिकता र क्रान्तिको कुुरा भएको सन्दर्भ प्रस्तुुत गर्र्दै आफ्नो आस्था सँधै देखाइरहनुु पर्दैन भन्ने विचार राख्नुुभयो । लेखक संकीर्णतमा बाँच्न हुने र उसले  अर्काको पनि लेख्नुुपर्ने विचार राख्नुुभयो । आफूू बाहुन भएकोले बाहुनका कुरा मात्र नलेखेको, अरुका कुुरा पनि लेखेको विचार राख्नुुभयो । 

आहुुतिले समकालीन नेपाली आख्यानको राजनीतिक प्रवृत्तिका सन्दर्भमा सोधिएको प्रश्नको उत्तरमा नेपाली साहित्यमा यथार्थवादी, आलोचनात्मक यथार्थवादी, यथास्थितिवादी एवम् समाजवादी धारा विद्यमान रहेको विचार राख्नुुभयो । उहाँले वि.स. २०६२ पछिको समयमा महिला सम्बन्धी लेखन नआएको विचार राख्नुुभयो । यस समयमा पहिचान बारेको लेखन व्यापक आएको, दलित, जनजातिका विषय आएको उनीहरूले आफ्नो अधिकारको दावी गरेको प्रसंग उल्लेख गर्नुुभयो । यसरी आएका विषय राम्रा नराम्रा जे जस्ता भएपनि यिनले समाजलाई नयाँ विषय भने दिएको विचार राख्नुुभयो । अहिलेका समयको नयाँ विषय भने पहिचान नै हो । उहाँले नारायण ढकालको  लेखनमा राजनीति गर्ने कुुरा सिधा रुपमा आउनुु ठीक होइन भनेको कुरा आपूm सहमत भएको विचार राख्नुुभयो । धरावासीजीका कुरा लेखक मात्र सबथोक हो भन्ने कुुराको आफूूले सम्मान गर्छुु,  आफूू सँधै निदाउने र जागृत पनि हुने गरेको सन्दर्भको प्रस्तुुति गर्दै विचारधाराले राजनीतिलाई गाइड गर्ने अभिमत राख्नुुभयो । हरेक लेखकले राजनीति गरिरहेको हुुन्छ, अबदेखि हामिले सत्य भन्न थाल्नुुपर्छ । नारायण वाग्लेले सबभन्दा सुुन्दर युुद्धविरोधी साहित्य लेख्नुुभयो, त्यो पनि राजनीति हो । नारायण ढकालले दुुर्भिक्षमा सहिदको फोटो फालिदिनुु भयो, यो पनि राजनीति हो । लेखनमा पक्षधरताको राजनीति आइरहन्छ ।

सहभागी श्रोताबाट जिज्ञासा 

नारायण तिवारीले समकालीनताको राजनीति वि.स. २०६२–६३ मात्र आएकोमा प्रश्न उठाउनुु भयो । यसभन्दा पनि नेपाली आख्यानमा राजनीति आएको र यसको बारेमा आफ्ना कृति पिताम र काठमाडौंमा सूूर्यस्नान पढेर हेरिदिनुुपर्ने विचार राख्नुुभयो । रोशन जनकपुुरीले यहाँ विदेशी लेखकको मात्र नाम आएकोमा आपत्ति जनाउँदै नेपाली लेखकको पनि नाम आउनुुपर्ने, धरावासीका पात्रले राजनीति गरेका छन, तर उहाँले आफूूलाई निरपेक्ष भन्नु अनौठो कुरा भएको चिार राख्नुुभयो । उहाँले यस्ता खाले विमर्शमा नेपाली भाषाका लेखकको उदाहरण आउनुपर्ने विचार राख्नुु भयो । त्यस्तै नेपाली भाषा इतर आख्यानको चर्चा नभएको प्रसंग उल्लेख गर्दै यस कार्यक्रमले समग्र नेपाली साहित्यको प्रतिनिधित्व नभएको बताउनुु भयो । उहाँले नेपाली भाषा इतर विभिन्न भाषामा लेखिएका आख्यानको चर्चा खै ? नेपाली भाषाका मात्र लेखक लेखक नभएको विचार व्यक्त गर्नुुभयो । आरसी न्यौपानेले बहस समसामयिक भएको विचार व्यक्त गर्दै यहाँ कतिपय सन्दर्भमा बहस विषयान्तर भएको विचार राख्नुुभयो । उहाँले वैदेशिक हस्तक्षेप विरोधी साहित्य र साहित्यकारलाई प्राथमिकता दिइनुुपर्ने र नेपालका पछिल्ला राजनीतिसँग सम्बन्धित असल साहित्यको खोजी गरिनुुपर्ने मत दृढताका साथ प्रस्तुत गर्नुुभयो ।

विपुल सिजापतिले वेद, पुुराण, महाभारतबाट राजनीति आएको र इतिहासचेतले साहित्यमा राजनीति आउने सन्दर्भ उल्लेख गर्नुुभयो । निश्चित विचार थोपर्नुु मात्र राजनीति नभएको बताउनुु भयो । समाजलाई परिष्कृत गर्ने साहित्य साहित्य भएको र नारामुुखी साहित्यले समाजको प्रतिनिधित्व नगर्ने अभिमत प्रकट गर्नुुभयो । भाग्यशाली अधिकारीले साहित्यमा राजनीति खोज्नुु राजनीतिक पार्टीको पक्षधरता भएको विचार पोख्नुुभयो । गोपाल अश्कले राजनीतिले साहित्यलाई विद्रुुप बनाएको विचार प्रकट गर्नुुभयो । रणेन्द्र बराइलीले बच्चा जन्मेपछि उसले अधिकार खोज्नुु समेत राजनीति भएको विचार राख्नुुभयो । उहाँले साहित्यमा राजनीति नभए समाज पनि अधुुरो हुने मत राख्नुुभयो । धनप्रसाद सुुवेदीले पचासको दशकपछि नेपाली आख्यानमा राजनीति आएको विचार राख्नुुभयो । उहाँले शिर्षक सही भएपनि बहस अल्मलिएकोले भ्रम पैदा भएको दृष्टिकोण राख्नुुभयो । बालाकृष्ण अधिकारीले साहित्यमा राजनीति सापेक्ष हो कि निरपेक्ष भन्ने विषयमा स्पष्ट हुुनुपर्ने विचार राख्नुुभयो । डा. विश्वनाथ भण्डारीले समकालीनको निर्धारक समय कुुन हो ?भन्नुु इमानदारिता भएको विचार राख्दै राधामा पनि राजनीति छ भन्नुु इमान्दारिता भएको र स्खलनमा पनि राजनीति भएको मत प्रस्तुुुत गर्नुुभयो । प्रा. डा. कृष्णप्रसाद घिमिरे विमर्शकर्तालाई तपाँईका कुन पुस्तकमा कलात्मक राजनीति छ ? र नेपाली भाषामा लेखिएका र नेपाली भित्र बोलिने अन्य राष्ट्रिय भाषामा देखिएको कथा, उपन्यासमा कलात्मक राजनीति छ ? स्पष्ट पारिदिन भनेर जिज्ञासा राख्नुुभयो ।

विमर्शकर्ताको जवाफ 

न्विका गिरीले आफ्नो कान्तिपुरमा छापिएको  सिधा मोल कथामा राजनीति प्रष्ट आएको र आफूू आहुुतिको स्खलन उपन्यासबाट प्रभावित भएको विचार पोख्नुुभयो । यस उपन्यासमा आन्दोलन एवम् विचारको स्खलन कति भयानक हुन्छ भन्ने कुुरालाई सही ढंगले देखाएको मत राख्नुुभयो । आहुुतिले नेपालमा नेपाली भूूमि बाहेक अरु केही पनि आफ्नो नभएको विचार राख्नुुभयो । पछिल्ला समयमा नेपाली आख्यानमा नयाँ विषय सन्दर्भले प्रवेश पाएको, पुुराना सन्दर्भ काम नलाग्ने भइसकेको विचार राख्नुु भयो । उहाँले साहित्यमा जुुनसुुकै विषय पनि आउने गरेको, विषयलाई प्रस्तुत गर्ने हरेक लेखकको कला फरक भएको मत प्रस्तुुत गर्नुुभयो । महको लालपुुर्जा सबभन्दा जनविरोधी सिनेमा भएको, सामन्त पीडित र मोही उत्पीडित भनेर देखाएको प्रसंग उल्लेख गर्नुुभयो । उहाँले नेपाली भाषा इतर साहित्यमा पनि जनजाति र भेगका कुुरा आएको प्रसंग उल्लेख गर्नुुभयो । आहुुतिले सिमान्तकृत जाति जनजातिको पहिचानको मुुद्दालाई दावीका साथ आएको उठाएको समय यही भएको विचार राख्नुुभयो । वामपन्थीले जनताका कुरा सशक्त ढंगले राखेको, संग्रौला, पारिजातका लेखनमा समाजका कुुरा आएको र अरुले पनि आफ्ना कुरा राखेको प्रसंग उल्लेख गर्नुुभयो । उहाँले   प्रगतिवादी साहित्यकारले कलामा समेत मेहनत गरेको बताउनुु भयो । 
कृष्ण धरावासीले आफूू लेख्दा ध्यानस्थ नै हुने गरेको प्रसंग उल्लेख गर्नुुभयो । यो आफ्नो कमजोरी भने पनि विशेषता भने पनि यही नै हो । पानीको कुनै रंग हुुँदैन, उसले अरु रंगलाई लिन सक्नुुपर्दछ । आफूू पुुरुष भएको आफूूले जति निरेपेक्षताका कुरा गरेपनि पुुरुष नै हुने गरेको प्रसंग जोडनुुभयो । उहाँले जातीयता समाजले निर्धारण गरेको बताउनुुभयो । उहाँले आफूूले लेख्न बस्दा आफ्नो मात्र धारणा खन्ँयाइरहँदा कसैले पनि नपढने भएकोले एकपक्षीय लेखन ठीक नभएको विचार राख्नुुभयो । पाठक एक पक्षको मात्र हुुँदा साहित्य उभाँे नलाग्ने विचार प्रकट गर्नुुभयो । उहाँले आपूूmले लेखेको साहित्य उपभोक्ताले कसरी ग्रहण गर्ने भन्ने विषय पनि ख्याल गर्नुुपर्ने, आफूूले एकपक्षीय लेखेर आफ्नो साहित्य सबैले नपढेकोमा गुुनासो गर्नुुको कुुनै अर्थ नभएको विचार पोख्नुुभयो । हाम्रो साहित्य अरुले पढदैन भनेर गुुनासो किन नगर्ने ?  लेखक आग्रह मुुक्त हुनुुपर्ने र लेखन पनि सत्तापक्ष हुन्छ, इतिहास नै सत्ता पक्षको भएको विचार राख्नुुभयो । उहाँले असल लेखक सँधै प्रतिपक्षमा हुनुुपर्ने विचारका साथै सत्ताको सापेक्षमा लेखेर साहित्य बिग्रेको बताउनुुभयो । आफ्नो झोला उपन्यासमा १०० वर्ष पुुरानो विषय उल्लेख गरेको, कथाको अन्त्य हुुँदा महान व्यक्तिको ठाउँमा चन्द्रशमशेरको फोटो राखेर राखेको र यसलाई मानिसहरूले विभिन्न किसिमले बुुझेको प्रसंग उल्लेख गर्नुुभयो । 
नारायण ढकालले नेपाली कथा परम्परा बाहिरबाट आएको, उहाँले कथाको इतिहास सय वर्ष जति भएको विचार राख्नुुभयो । ढकालले चुुटकिला कथा नभएको र कथा कथा हुुनुुपर्ने, आपूmले सदैव आफ्ना रचनामा परिमार्जन खोजिरहने र राम्रो लेख्ने प्रयासमा लागिरहने मत प्रकट गर्नुुभयो ।

समापन मन्तव्य

कार्यक्रमका सभाध्यक्ष मातृका पोखरेलले कार्यक्रम सार्थक भएको विचार राख्नुुभयो । उहाँले कार्यक्रम राखेपछि समकालीनताको निर्धारकका बारेमा समस्या आएको र यसमा विमर्शकर्तालाई आफ्नै किसिमले विचार राख्न भनिएको प्रसंग उल्लेख गर्नुुभयो । पोखरेलले राजनीतिका कुरा चुनावी राजनीति मात्र नभएर विचार र दृष्टिकोणको गहिरो फलक भएको मत राख्नाका साथै आजको कार्यक्रम सफल भएकोमा खुुशी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद समेत दिनुुभयो ।

000 

=========================================

सञ्चार माध्यमबाट 



साहित्य कि राजनीति ?

राष्ट्रिय वाङ्मय संगोष्ठी



जेष्ठ ८, २०७४- पछिल्लो समय युवापुस्ताले रुचाएको विधा हो– आख्यान । नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय वाङ्मय संगोष्ठीको दोस्रो दिन आइतबार नेपाली आख्यान लेखनमा चर्चित स्रष्टा नारायण ढकाल, कृष्ण धरावासी, साहित्यकार आहुति र आन्विका गिरीले ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयमाथि छलफल गरे । 

धरावासीलाई ‘अरूलाई पक्षमा लिनु र आफूअनुकूल निर्णय गराउनु नै राजनीति हो’ भन्ने लाग्छ । कुनै राजनीतिक दललाई सत्तामा पुर्‍याउन नभई जनसाधारणका समस्याहरू साहित्यमा उतार्नुपर्ने उनको तर्क थियो । ‘म राजनीतिक दल र सरकारले नदेखेका र नउठाएका मानिसहरूका कुरालाई उठाउने कोसिस गर्छु,’ उनले भने, ‘आफ्नो विचार त सबैले लेख्छ । तर लेखकले निरक्षर, लेख्नै नजान्नेका कुराहरू लेखिदिनुुपर्छ । उनीहरू आफैं लेख्न सक्ने दिन हामी रिटायर्ड हुन्छौं ।’ जनहितका लागि लेखकले आफ्नो आस्थाविरुद्ध नै लेख्न पनि सक्नुपर्ने उनले सुनाए । 

आधिकारिक रूपमै ‘नेपाली साहित्यमा राजनीति छ’ भन्न नसके पनि लेखकहरू व्यक्तिगत रूपमा कुनै न कुनै राजनीतिक विचारको निकट रहने ढकालले बताए । ‘मेरो लेखनमा राजनीति बढी आयो भनेर धेरैले कमेन्ट गर्छन्,’ उनले भने, ‘खासमा सबैको लेखनमा राजनीति छ । कलात्मक ढंगले लेखेकोले थाहा नभएको मात्रै हो ।’ समग्रमा नेपाली साहित्य राजनीतिबाट अलग नभएको उनले सुनाए । 

हरेक मान्छेले राजनीति गर्ने आन्विकाले दाबी गरिन् । ‘कसैले साहित्य रचना गर्दा कुनै पक्षको पक्षधरताकै रूपमा लेख्छ । कसैले स्विकार्छन् र कसैले नस्विकार्नेमा मात्रै भिन्नता हो । म पनि लेखनबाट राजनीति गर्छु,’ उनले भनिन् । गरिबको पक्षमा, सत्ताको विरोध गर्ने काम लेखनबाटै हुने भएकाले यो राजनीतिकै एउटा पाटो भएको उनले सुनाइन् । 

राजनीतिबाट आख्यान अलग हुनुपर्छ भन्ने कुरा सम्भव नभएको आहुतिले दाबी गरे । ‘अहिले राजनीति नगर्ने मान्छे पछाडि पर्छ,’ उनले भने, ‘अहिले संसारमा भौतिक विकासले मानवीयता मर्दै छ । म त्यसबारे आख्यान लेख्न चाहन्छु ।’ आख्यानले श्रम र उत्पीडित र शोषित वर्गको समृद्धि, मुक्ति र खुसी फर्काउनुपर्छ भन्ने उनको मान्यता छ । २०६२ पछि जातीय पहिचानबारे बढी साहित्य लेखिन थालेको उनले सुनाए । 

आइतबारै ‘समकालीन नेपाली कवितामा समाज’ विषयको संगोष्ठीमा कवि तथा गीतकार दिनेश अधिकारीले कवितामा समाजको तस्बिर प्रतिबिम्बन हुनुपर्नेमा जोड दिए । समाजदेखि अलग गर्न नसकिने भएकाले नेपाली कविताले जातीय, लैंगिक, वर्गीय समस्याहरूबारे अभिव्यक्ति दिने कवि श्यामलले सुनाए । अहिलेको नेपाली कविता समाजसँग गहिरोसँग जोडिएको भन्दै प्रा.डा ताराकान्त पाण्डेयले अहिलेका कविताहरू पहिले जस्ता रहस्यमय र अमूर्त नभई मूर्त भएको बताए । कविले यस्तै गरी अभिव्यक्ति दिनुपर्छ भन्ने नभएको मनु मञ्जिलको तर्क थियो । ‘कविता कविताजस्तो हुनुपर्छ,’ उनले भने, ‘ती कविताले सामाजिक सरोकार व्यक्त गर्नुपर्‍यो ।’ प्रतिष्ठानका कविता विभाग प्रमुख डा. अमर गिरीले नेपाली कविताहरूबारे हुने यस्ता बहसहरूले नेपाली कवितालाई प्रभावशाली बनाउने र समाज रूपान्तरणको भूमिका खेल्नुपर्नेमा जोड दिए । 

आइतबार ‘समालोचनामा ‘म’ को उपस्थिति : कति सान्दर्भिक कति असान्दर्भिक’, ‘अनुवादक परिचय कोश : परिकल्पना, निर्माण प्रक्रिया र चुनौती’, नेपालका विभिन्न भाषिक समुदायमा लोकवार्ताको अध्ययन परम्परा र चुनौती’ र ‘नेपालमा बाल साहित्य : हिजो, आज र भोलि’ विषयमा छलफल भयो । 

 http://kantipur.ekantipur.com बाट साभार 
प्रकाशित: जेष्ठ ८, २०७४

====================================





















































































































No comments:

Post a Comment