Monday, May 20, 2024

जनकलाकार सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

जनकलाकार सङ्घ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन यही २०८१ साल जेष्ठ ५ गते कोटेश्वरस्थित पेरिसडाँडा, काठमाडौंमा सम्पन्न भएको छ । जनकलाकार सङ्घ, नेपालका अध्यक्ष धनु ग्याङ्मीको अध्यक्षता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हितबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनको उद्घाटनसत्रमा जनसांसाकृतिक महासङ्घ, नेपालका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली, जनसांसाकृतिक महाससङ्घका अध्यक्ष मातृका पोखरेल, कार्यवाहक अध्यक्ष भीम कुमाखी, उपाध्यक्षहरू क.प्रगति महरा, कर्णबहादुर गौतम (बिद्रोही), केपि पाठक, राकेश किराती, जनबादी गायक संगीतकार चिरण सी, संगीतकार उदय श्रेष्ठ , रक्तिम परिवारका महासचिव हेमराज आश्रमलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन सत्रमा जनवादी गायक संगीतकार मोहित श्रेष्ठ लगायतका अतिथिहरू तथा प्रतिनिधि पर्यवेक्षकहरूको सहभागिता थियो । जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्ष कर्ण परियार ' विद्रोही ' को नेतृत्वमा बनेको अध्यक्ष मण्डलले संचालन गरेको बन्द सत्रले १०१ सदस्यीय समिति निर्माण गर्ने निर्णय गर्दै हाललाई अध्यक्ष - शान्ति कठायत, उपाध्यक्ष - गेम थापा , उपाध्यक्ष : शारदा लिम्बु, उपाध्यक्ष - अमर रोका, महसचिव - शारदा घर्ति , उप महासचिव - बालकृष्ण भलामी , सचिव - दिपक राई, सचिव राम परियार , कोषाध्यक्ष : चन्द्रा बस्नेत लगायत ६७ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गऱ्यो । निर्वाचित समितिलाई जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली र जनसांस्कृतिक महासङ्का अध्यक्ष मातृका पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पहिलो उद्धा्घाटन सत्रको सञ्चालन शारदा धर्तीले र दोस्रो बन्द सत्रको सञ्चालन विश्व दोङले गर्नुभएको थियो ।


000






































































































No comments:

Post a Comment