Sunday, May 12, 2024

अखिल नेपाल लेखक सङघको अध्यक्षमा स्वप्निल स्मृति

जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक संगठन अखिल नेपाल लेखक सङघको चौथो राष्ट्रिय सम्मेलन वि. सं. २०८१ बैशाख २९ गते सम्पन्न भएको छ । संघको अध्यक्षमा कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ) निर्विरोध निर्वाचित भएका छन् । संघीय राजधानी काठमाडौंमा सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनबाट स्मृति अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार निर्वाचित भएका छन् भने महासचिवमा जीत अधिकारी, उप–महासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएका छन् । स्वप्निलको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । ५७ जना सम्मेलनबाट निर्वाचित भएका छन् भने बाँकी सदस्य संघको आगामी बैठकबाट मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष स्वप्निलले जानकारी दिए ।  काठमाण्डौस्थित पद्मोदय कलेजमा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङ प्रमुख अतिथि रहनुभएको उक्त सम्मेलनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्यहरू ईश्वरचन्द्र ज्ञवाली, लेखनाथ न्यौपाने, मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई जनसास्कृतिक महासङ्घ, नेपालका कार्यवाहक अध्यक्ष भीम कुमाखी, उपाध्यक्षहरू, महासचिव, नेकपाका केन्द्रीय सदस्य तथा जनवादी संगीतकार चिरण सी, जनगायक मोहित श्रेष्ठ, झन्कार बुढालगायतका अतिथिहरूको सहभागिता थियो । सम्मेलन उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पश्चिमा साम्राज्यवाद गम्भीर संकटमा रहेको बताए । त्यसैको परिणामस्वरुप पछिल्लो समय विभिन्न देशमा युद्ध चर्कन थालेको उनले जिकीर गरे । साथै गुरुङले एसियाबाट पश्चिमा साम्राज्यलाई खतरा रहेको र उसले एसियाली देशहरुलाई घेराबन्दिमा पारेको भन्दै साम्राज्यवाद तथा ‘न्यु कोलोनिजम’ विरुद्ध लेख्न लेखकहरुलाई आव्हान गरेका थिए ।  सम्मेलनको बन्द सत्रले निम्न पदाधिकारी सहितको  सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको छ ।


अध्यक्ष : स्वप्निल स्मृति
उपाध्यक्ष : रामहरि श्रेष्ठ
उपाध्यक्ष : नारायण मरासिनी
उपाध्यक्ष : पञ्चकुमारी परियार
महासचिव : जीत अधिकारी
उपमहासचिव :सुधा मैनाली

सचिववहरु
लाेक लामा (वागमती प्रदेश)
प्रा.डा. खेमराज खनाल (१ नम्बर प्रदेश)
जीवन स्पर्शी (मधेस प्रदेश)
भीम रानाभाट (गण्डकी प्रदेश)
शशिराम कार्की (लुम्बिनी प्रदेश)
हेमन्त ओली (कर्णाली प्रदेश)
सिर्जन श्री (सुदूरपश्चिम प्रदेश)

कोषाध्यक्ष : तिलक चाम्लिङ

केन्द्रीय सदस्यहरु
डा.कौशिला रिसाल
प्रकाश तिवारी
अगिव बनेपाली
डिल्लीराम राई नाकारा
पुरुषोतम रिजाल
राधा कार्की
सुमन पुडासैनी
साेनाम सज्जन किराती
मणि अर्याल
दूर्गानारायण ढकाल
पूर्ण इन्फादा
अनिल संयोक लिम्बु
यदुनाथ ढकाल
दिपक बस्नेत "सुरप्रताप"
अमृता शर्मा
नारायण गाैतम
डा.यादेवी ढकाल
कृष्णप्रसाद पाेखरेल
लक्ष्मी रुम्बा
सुरज राना
रिमा केसी
युग सर्वनाम
अर्पण उत्कर्ष
दिलिप कुँवर
उर्मिला परियार
मानुसी मनु
सविता लामा
मिन बाब्ली
राम मिलन
पदमप्रसाद साउद
अम्बिका भण्डारी
प्रेमिला राई
उज्ज्वल पाठक
नारद काफ्ले
राजेन्द्र घायल
अनु खड्का
रामसागर अधिकारी
सुधिर केसी
सुमा श्रेष्ठ
तुलसीभक्त सुवाल (पदेन, वागमती प्रदेश, अध्यक्ष
गोविन्द खड्का (पदेन, लुम्बिनी प्रदेश अध्यक्ष)
बसन्त वागचन (पदेन, सुदूर पश्चिम प्रदेश अध्यक्ष)
भीम कुमार राउत (पदेन, मधेस प्रदेश अध्यक्ष)
(बाँकी १५ जना केन्द्रीय सदस्य जो सम्मेलनमा उपस्थित हुन नसक्नु भएका निवर्तमान केन्द्रीय सदस्य र विभिन्न क्लष्टर, प्रदेश, क्षेत्र, लिङ्ग, वर्ग, समुदायबाट सक्रिय लेखकहरू मनोनयन गर्ने पनि सर्वसम्मतले निर्णय भएको छ।  सम्मेलन अखिल नेपाल लेखक सङघका कार्यवाहक अध्यक्ष स्वप्निल स्मृतिको सभापतित्वमा भएको थियो । 


000 













































































No comments:

Post a Comment