Sunday, September 26, 2021

साहित्यिक महोत्सव र क्यान्टोनमेन्टको बास- तुलसीहरि कोइराला

राजधानीमा कुचुक्किएर टुकुटुकु दैनिकी चलाउँदा खुम्चिएको शरीर मन र मस्तिष्क नागढुङ्गाबाट ओरालो लाग्नासाथ तनक्क तन्किएर सिङ्गो शरीर नै उमङ्गले भरिएको अनुभव आफै हुन्छ । यात्रा गर्न शरीरलाई स्फूर्तिको खुराक भर्न हो । आखिर बसिरहेको ठाउँबाहेक एकजोर खुट्टाले डोर् याउँदै जोर आँखालाई जहाँ पुर् याए पनि त्यो नयाँ हुन्छ नै । स्थान नयाँ संस्कृति नयाँ परिवेश नयाँ हावा नयाँ पानीको स्वाद नै नयाँ खानाको स्वाद नयाँ बोलीको ढङ्ग नयाँ ! म पूर्वर्ाे मान्छेलाई पश्चिमको हरेक कुरा झनै नयाँ । बितेका वर्षको अन्तिम महिना सुर्खेत दैलेख बाँके र अछामको यात्रा गरिएथ्यो । कर्णाली राजमार्ग हुँदै कर्णाली नदीमा फेरीबाट गाडी तारेर अछाम पुग्दाको रोमााचक यात्रा जीवनको सबैभन्दा सार्थक यात्रामध्येको कोटीमा मनको मझेरीमा पलेँटी कसेर बसेको छ । त्यहाँबाट फर्किएलगत्तै यो वर्षको प्रारम्भमै पूर्वतिर हान्निनु पर् यो घरायसी कामले । त्यताबाट फर्किए लगत्तै दाङ साहित्यिक महोत्सवमा सहभागी हुन एउटा ठूलै टोलीमा म पनि सम्मिलित हुन पाएँ । यो यात्राको पनि धेरै कारणले महत्व बढेको मान्छ मनले । ती कारणहरु घुम्तीघुम्तीमा खुल्दै जाने नै छन्ा् ।दाङ उपत्यका नेपालको सबैभन्दा ठूलो उपत्यका त हुँदै हो विश्वकै पनि दोस्रो ठूलो हो भन्नेसम्म सुनेको छु तर पहिलो कुन हो भन्ने मेरो चेतनाको थैलीमा छैन । अघिल्लो यात्राबाट फर्किंदा पनि हामीले दाङको भूमि टेकेथ्यौँ । बेलुकाको खाना दाङकै कुनै ठाउँमा ख्वाएथ्यो गाडीले । धेरै अघिदेखि पुग्न चाहेको तर अवसर नमिलिरहेको अवस्थामा दाङलाई पनि ट्रािाजटमा पार्ने हो कि के हो भनेर यात्राका सहयात्रीहरु श्रीओम रोदन सुमन सौरभ मधु पाठक र मणि लोहनीसँग कुरासम्म फुकाएथॆँ । अनि सहपाठी मित्र रमेश क्षितिजलाई मङ्गलसेनबाटै मोवाइल गरेको थिएँ । रमेशजी त्यतिबेला काठमाडौँ आएको समय परेछ । म खत्रक्क गलेर ढकमक्क फुलेको लालीगुराँसको फेदमा टुसुक्क बसेथेँ । मित्रले त्यतिबेलै भन्नुभएथ्यो -यसबेला यस्तै भो तर छिट्टै नै साथीहरुलाई बोलाएर भव्य स्वागत गर्ने कार्यक्रम तय गर्दै्रछु ।

हो यही कार्यक्रममा सहभागी हुन वैशाख २४ गते ुटुरिस्ट कोचु मा दुई दर्जनभन्दा बढी साहित्यकारहरुको टोलीमा म पनि सहभागी भएर मित्रको न्यानो स्वागतका लागि यात्रामा निस्किएथेँ । यसभन्दा अघि रेमशजी रोल्पामा स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो । रोल्पा द्वन्द्वकालमा सधैँ चर्चामा रहेको जिल्ला । रोल्पाको भूमिमा धेरै सशस्त्र युद्धहरु भएका छन्ा् । काँडेतारले घेरेर राखिएको लिवाङ टेक्न मनले खुट्टालाई चौचौ बनाएथ्यो र रमेशजीलाई भनेथेँ पिन । उहाँले साथीहरु जहिले आए पनि म स्वागत गर्न तयार छु भन्नुभएथ्यो । मैले कुनै साहित्यिक कार्यक्रमको मेसो मिलाउनु भन्दा त्यस्तो कार्यक्रम गर्न सम्भव नहुने भन्नुभएपछि म खिन्न भएथेँ । उहाँले भन्नुभएथ्यो-जिविसबाट एक डेढलाख बजेट छुट्याउन गाह्रो हुँदैन तर लौन एउटा साहित्यिक संस्था बनाऔं भन्दा कोही निस्किएनन्ा् । यहाँ त नाचगानका संस्थाहरु मात्र सकि्रय छन्ा् भन्नुभएपछि मन खिन्न भएथ्यो । त्यही रोल्पाबाट अलिक तल आफ्नै गृहजिल्ला दाङझैैं पाउनुभएर रमेशजीले आफ्नै संयोजनमा ुराष्ट्रिय कविता महोत्सव-२०६८ु को भव्यरुपमा आयोजना गरेर साँच्चिकै भनेजस्तै ुभव्य स्वागतु गर्नुभयो । ुपर्यटनका लागि साहित्यु र ुपर्यटनका लागि सँगसँगैु मूलभावका साथ आयोजना गरिएको कार्यक्रमको मूल आयोजक नेपाल पर्यटन वर्ष २०११ जिल्ला विकास समिति दाङ र आयोजकमा राष्ट्रिय कविता महोत्सव-२०६८ दाङ भए पनि दुवैको प्रमुखमा रमेशजी नै हुनु र उहाँकै सकि्रयतामा अन्य संघ-संस्था नगरपालिका एवं व्यापारीहरुले साथ दिनुले यो कार्यक्रम व्यवस्थित र भव्य हुन सकेको थियो ।
लामो दूरीको यात्रामा समयको ख्याल गरेर हिँडिएन भने बेलामा गन्तव्यमा पुग्न नसक्ने त छँदैछ फेरि अहिले त झन्ा् बन्द हड्ताल गर्नेहरुको तँछाड-मछाड भइरहेको अवस्थामा तोकिएको समयमा यात्रा पूरा गर्नत्यति सजिलो कहाँ छ र । नेपाल प्रज्ञाप्रतिष्ठानमा जम्मा भएर सात बजे बिहान हिँडिसक्ने भनेर यात्राको संयोजनकर्ता सन्ध्या पहाडीजीले उर्दी गर्नुभएको भए पनि उहाँकै अनन्य मित्रले डेढघण्टा थप कुराइदिँदा घोराही पुग्दा रातिको दस बजिसकेको थियो । रातको समयमा खानपिन र ओछ्यानको व्यवस्था मिलाउन आयोजकलाई असजिलो परिरहेको अनुभव गर्न सकिन्थ्यो । निम्तोपत्रमा खामेर पठाइएको कार्यक्रम विवरणअनुसार हामी साँझ ५ वजे घोराही पुग्नुपथ्र्यो । हामी ५ घण्टा ढिलो भएथ्यौँ । यस पटकको यात्राका सहभागीहरुमा दुईजात नै बराबरीजस्तै थियौँ । यसले पनि यात्रालाई अलिक भिन्न अनुभवको बनाइरहेको थियो ।

२५ गते बिहानबाटै ुपर्यटनका लागि साहित्यु उद्देश्यअनुरुप हाम्रो यात्रा प्रारम्भ हुन्छ । रमेशजी र डा। गोविन्द आचार्य हामीलाई अगुवाई गर्दै पहिलो गन्तव्य सिद्ध गोरक्षरत्ननाथ मठ चौघेरा पुर् याउनुभयो । वि।संं। ७४९ मा दङ्गाली राजा रत्न परीक्षकले स्थापना गरेको यो मठ नाथ-पन्थ सम्प्रदायको पवित्रस्थल भएको जानकारी पाउँदा यात्राको प्रारम्भले ुबिहानीले नै दिउँसोको सङ्केत गर्छ भन्ने उक्तिलाई सम्झायो । गोरक्षनाथले आफ्ना पि्रय शिष्य रत्ननाथलाई दिएको पात्र भाँडो लाई पात्रदेव मानेर मठमा राखिएको रहेछ । एउटा कोठामा देवीको पूजा र अर्को कोठामा पात्रको पूजा गरिदोरहेछ । भारतको गुजरातबाट आएका प्रभातनाथ योगी यहाँ लामो समयसम्म बसेका र उनले बनाएका मूर्तिहरु कलाचित्रहरु संग्राहालय नै बनाएर सम्मानका साथ राखिएको रहेछ । उनका सिर्जनाहरु हेर्दा वास्तवमै प्रशंसा गर्नलायक थिए । कलाको छुट्टै प्रतिष्ठान बनिसकेको छ अब । ती कलाकृतिहरु सम्मानितरुपमा राख्नेतिर पहल हुनैपर्छ । पृथ्वीनारायण शाहका पालादेखिका दस्तावेजहरु रहेको मठका मठाधीशहरुको पनि आफ्नै गुनासो छ । मठको गुठीको १ हजार ३ सय विगाहा जमिन सरकारले रैकरमा परिणत गरिदिइसकेको छ । गुठी संस्थानले वार्षिक १० लाख दिन्छ । त्यसले यत्रो मठ कसरी चलाउनु । पीरयोगी बालकनाथ भन्दै हुनुहुन्थ्यो- हामी ज्यादै अप्ठ्यारोमा छौँ । हाम्रो कुरा तपाईंहरुले पनि माथिसम्म पुर् याइदिनुपर् यो भन्दै भोलानाथ योगीले कुरा थप्नुभयो । उहाँ हिन्दू विद्यापीठका चिन्तामणि योगीका दाजु हुनुहुँदोरहेछ । बोली त ठ्याक्कै उस्तै दुवैको ! धाराप्रवाह प्रवचन दिने चिन्तामणि योगीले हिन्दू विद्यापीठमार्फत् शिक्षा क्षेत्रमा योगदान दिइरहनुभएको छ भने भोलानाथ सम्प्रदायको उत्थानमा लाग्नुभएको रहेछ ।
श्रीस्वस्थानी व्रतकथामा पढेको सतीदेवीका अङ्ग पतन भएर स्थापित शक्तिपीठहरुमध्ये दाहिने कान पतन भई उत्पत्ति भएकी अम्विकेश्वरी देवीको दर्शन गरी पीठ दर्शनमा अर्को पीठ थप्न पाएर मेरो आस्तिक मनले गौरव मान्यो । यसभन्दा अघिल्लो यात्रामा नेपालगाजस्थित सतीदेवीको जिव्रो पतन भएर स्थापित शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरिसकेको थिएँ । स्वस्थानी व्रतकथामा एउटै मात्र पीठको दर्शन गर्नाले पनि जीवनमा गरिएका सम्पूर्ण पापकर्महरुबाट मोक्ष मिल्ने उल्लेख छ । जानेर त त्यस्तो कुनै पापकर्म ठहरिने काम गरेको छैन तर नजानी गरिएको रहेछ भने पनि यदि पीठको महिमा सत्य हो भने म ढुक्क छु अब । ढुक्क हुनैपर्नॆ थप आधार स्वर्गद्वारीको दर्शन पनि हो । धेरै अघिदेखि मनले पुग्नैपर्ने भनेर कल्पेको स्वर्गद्वारी पनि यही यात्रामा सम्भव भयो ।

मूल उद्देयअनुरुपको कार्यक्रम ुराष्ट्रिय कविता महोत्सवु को समुद्घाटन कार्यक्रमका लागि बिहानी अवलोकनपश्चात् खानपिन गरी घोराही नगरपालिकाको सभाहलमा सम्पूर्ण सहभागीहरु जम्मा भयौँ । कार्यक्रमको सभापतित्व मूल आयोजक समितिका संयोजक रमेश क्षितिजले गर्नुभयो भने प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । यति ठूलो कार्यक्रमको आयोजना गर्न अवश्य पनि धेरैको साथ र सहयोग जुटाइएको थियो । ती सहयोगी हात र मनलाई उचित कदर गर्नुपर्ने दायित्व आयोजकको आफ्नो ठाउँमा छँदैथियो । माचमा राजनीतिक दलका प्रतिनिधिहरु कार्यालय प्रमुखहरु पनि अटाइनअटाई हुनुहुन्थ्यो । विशिष्ट अतिथि तुलसी दिवस डा। बेाजु शर्मा र हामी अन्य सहभागीहरु सबै अतिथिको कोटीमा पारिए पनि केहीलाई मात्र माचासन पुगेको थियो । पद्मावती िसंह हरि अधिकारी भीष्म उप्रेती राधेश्याम लेकाली युवराज नयाँघरे मातृका पोखरेल सन्ध्या पहाडी कृष्ण प्रसाईं विधान आचार्य पद्मराज जोशी लक्ष्मी उप्रेती विन्दु सुवेदी बाबा बस्नेत हेम भण्डारी भूपीन व्याकुल गीता पन्थ गीता कार्की श्रीबाबु कार्की शशी थापा मोहन चापागाईं भावेश भुमरी विशाल पहाडी फोटोग्राफर नरेश श्रेष्ठ विराटनगरबाट आउनुभएका विवश पोखरेल ज्योति जङ्गल जयास्ता पोखरेल हामी अतिथिहरुको नामावली पनि लामै थियो । आयोजक समितिका सदस्य-सचिव डा। गोविन्द आचार्य कार्यक्रममा कुनै त्रुटि पो हुन्छ कि कुसर्ीमा राख्नुपर्ने कुनै नाम पो छुट्छ कि भनेर निक्कै सतर्क भइरहनुभएको देखिन्थ्यो ।

पहिलो दिनको कार्यक्रममा ुराष्ट्रिय कविता महोत्सवु का लागि आव्हान गरिएका कविताहरुबाट छनोटमा परेका ३२ कविका कविताहरु वाचनमा राखिएको थियो । लगभग ३ सय कविताहरु प्राप्त भएका र त्यसबाट यी कविता छानिएका भनिएअनुसार वास्तवमा सबै कविता राम्रा थिए । दुईजना मात्र अनुपस्थित रहेकाले सबै कविका सस्वर वाचन सुनेर सम्भावित पुरस्कृत कविहरु आ-आफूले तय गरिएको भए पनि निर्णय सार्वजनिक गर्नचाहिँ थप दुई दिन पर्खिनुपर्ने भयो । धेरैले किन यसो गरिएको होला भनेर जिज्ञासा राखे पनि आयोजकहरुको यो निर्णय वास्तवमा सही थियो । पुरस्कृत नहुनेहरुमा उत्पन्न हुने खिन्नता अब किन वर्षौंको मानसिकता अन्य कार्यक्रमहरुमा सहभागी हुन अल्छी त्यस्तो केही हुन पाएन । हामी सबैले आ-आफ्ना अनुमानलाई पोको पारेर बस्यौँ । प्रतियोगीहरुको सम्भावनाको मनमा ताला लाग्न पनि पाएन ।

हामीमध्ये धेरैको दाङको यात्रा पहिलो रहेछ । वैरागी दाइको पनि पहिलो नै रहेछ । यात्राको थकाइ गर्मी र अलिक अस्वस्थ पनि भएकाले माचमा जागा रहन उहाँलाई हम्मेहम्मे परिरहेथ्यो । पत्रकारलाई फोटो खिच्न मौका चाहिन्थ्यो । कान्तिपुरको शुक्रबारको ुप्रुाइडे फेसु मा उहाँको फोटो आइहाल्यो तर मन्तव्यमा चाहीँ उहाँ निकै जाँगरिलो देखिनुभएथ्यो । सबैभन्दा न्यूनतम आयस्रोत हुने भनेको साहित्यकारकै हो । साहित्यकारहरु आएर खाइदिएर किनमेल गरेर होटल चल्छन् भन्ने होइन । यसरी निर्भीक हिँडडुल गर्दा पर्यटकहरुलाई सुरक्षित शान्त र सु-संस्कृत मुलुक छ भन्ने अनुभव गराउनु पनि ठूलो कुरा हो । उहाँले बोलेको वास्तवमा शतप्रतिशत सही हो । आन्तरिक पर्यटनका दृष्टिले पनि हाम्रो यात्रा हामीलाई बाहेक अरुलाई प्रत्यक्ष फलदायी थिएन । हामी प्रायोजित थियौँ र प्रायोजनमा सहभागी थियौँ । बिहानको अवलोकन भ्रमणकै क्रममा नाथ्थि फुटेर रगत थामिन निक्कै गाह्रो भएको थियो तुलसी दिवस दाइको । हामी डराए पनि उहाँ चाहिँ कहिलेकाहीँ यस्तै हुन्छ आफैँ ठीक हुन्छ भन्दै हुनुहुन्थ्यो र मेरो अनुभवको तीतेपातीले दवाईको काम गरेथ्यो । कार्यक्रममा सधैँ माच थर्काउने उहाँले आज चाहीँ नबोल्नु होला भनेको त कता नबोल्नु ! कविता र पर्यटन दुवै मान्छेकै लागि हो । मान्छेकै रगत-पसिनाको कथा नै कविता हो । मान्छेले हिँडेर खोजी गर्छ साहित्यको । कविताले मान्छेलाई सचेत सौन्दर्य चेतनामा विकास जीवनस्तर बढाउन मद्दत गर्ने धेरै कुरा बोल्नुभयो । पछाडि हामी कुरा गर्दै थियौँ-कतै नाथ्रो पो फुट्ने हो कि यो जोसको तोडले ! धन्न केही भएन । पछि मैले हँस्यौली पनि गरेँ उहाँसँग-दाइ धेरै चर्को गरी बोल्नुभएकाले डरै लागेथ्यो तर माइककै नाथ्रो पो झण्डै फुटेको ! उसैगरी भन्नुभएथ्यो-नाथे नाथि्रले टेर्छ दिवस !! रमेशजी यसै पनि गम्भीर स्वभावको मान्छे । त्यसमाथि जिम्मेवारी र दायित्वको गह्रौँ भारी बोकेको व्यक्तित्व कार्यक्रमको समापनमा धेरै ओजपूर्ण बोल्नुभयो । भन्दै हुनुहुन्थ्यो-दाङमा कविहरुका लागि धेरै कुरा छन्ा् । पहिलोपटक पाचायती व्यवस्था लागू भएको जिल्ला सेनाका हतियार लुटेर युद्धको उद्घोष गरिएको जिल्ला ।

ooo

No comments:

Post a Comment