Saturday, September 4, 2021

उपमेय व्यक्तित्व आनन्ददेव भट्ट - पुण्यप्रसाद खरेल

पुण्यप्रसाद खरेल 


आनन्ददेव भट्ट कसरीकसरी अत्यन्त श्रद्धाका व्यक्तित्व बन्न् पुग्नुभयो । नजिकको सम्बन्धबाट होइन, सङ्गतबाट पनि होइन, तर उहाँको जीवनी व्यक्तित्व वारेमा जान्न् पाएर र अलिअलि उहाँसँगका भेटघाट र सम्पर्कबाट ।

प्रगतिशील लेखक सङ्घको केन्द्रीय समितिमा एउटा कार्यकाल म केन्द्रीय सदस्य थिएँ, उहाँ अध्यक्ष र रुद्र खरेल उपाध्यक्ष । मलाई उहाँका वारे धेरै कुरा बताउने व्यक्ति हुनुहुन्थ्यो रुद्र खरेल । मलाई रुद्र खरेलका कुरा त्यसैत्यसै पत्यारिला लाग्थे ।
हाम्रो मुलुकमा एउटा नराम्रो विमार पसेको छ, आफ्नो दलको, अझ आफ्नो गुटको मान्छे राम्रो, गुट नमिले वा दल नमिलेमा नराम्रो । वामपन्थी कम्युनिस्टका अनेक चुला भएकाले एउटा चुलाकाले अर्को चुलाकालाई उचित मूल्याङ्कन नगर्ने । तर प्रलेसको त्यस कार्यकालका बखत महासचिवमा घनश्याम ढकाल तत्कालीन माओवादी पार्टीबाट, मातृका पोखरेल संयुक्त जनमोर्चाबाट, म एमालेका तर्फबाट थियौं । ? रुद्र खरेललाई म मातृकाजीकै दलबाट ठान्थें, तर पछि त उहाँको अर्कै दल रहेछ । म यी सबै साथीहरुबाट आनन्ददेव भट्टका वारे जान्न् चाहन्थें । कसैले पनि उहाँको नकारात्मक कुरा गर्नुभएन । उहाँको इमान्दारिता, व्रmान्तिप्रतिको प्रतिबद्धता, जुझारूपन र सङ्घर्षपूर्ण जीवनको सकारात्मक कुरा नै गर्नुभयो । पछिपछि त मैले पनि अलिक नजिकबाट चिन्न् पाएँ । पछि मैले उहाँका दुई निबन्ध ‘दृष्टिबिन्दु’ र ‘केही आत्मपरक निबन्धहरु’ र काव्य ‘९७ साल’ पढेर उहाँवारे अलिक धेरै बुझें ।
मैले मिति बिर्सें, एक पल्ट उहाँलाई भेट्न डिल्लीबजार कालिकास्थान उहाँका घरमै पनि गएँ । त्यतिबेला उहाँकी जीवनसाथी सुशीला भट्ट त आफ्नै चेली भएको थाहा भयो । उहाँलाई मैले दिदी भनें । उहाँले पनि नजिकैको माइतीभाइकै झैं भ्रातृत्वपूर्ण व्यवहार गर्नुभयो र एउटा पुस्तक दिनुभयो । आनन्ददेव भट्टज्यूसँगको त्यो भेटमा कुरैकुरामा प्रसङ्ग आयो ‘राजधानी र मोफसलको’ । मैले भनेथें– “क्यै–न–क्यै राजधानीमा रहेका साहित्यकारहरुको सङ्गत मुलुकका शीर्ष साहित्यकारसँग हुने, पढ्ने पुस्तक तथा पुस्तकालयको सहज उपलब्ध हुने, सघन रूपमा गोष्ठी हुने आदिले गर्दा यहाँका बढी जान्ने र योग्य त भैहाल्छन् नै !”
मैले यसो भन्दै गर्दा उहाँले मलाई रोक्तै भन्नुभएको थियो– “हो यही सोचमाथि टेकेर नै यहाँकाले शासन गरिरहेका छन् । पुस्तक हुँदैमा पढिने होइन, पुस्तकालय हुँदैमा पुस्तकालय गएर अध्ययन गरिने होइन । बरु सिरिप ‘हाइहेलो’को भरमा ठुला पल्टिएका छन् यहाँका । बाहिर परपर रहेका तपाईंहरुले जति पढेकै छैनन्, साँच्चै तपाईंहरुले जति हाम्रो देश, हाम्रा जनता चिनेकै छैनन्, तर अवसरजति सब यहींकाले लुटेका छन् ।”
त्यतिबेला त मैले उहाँको कुरालाई मेरो हिनताभास फाल्न दिएको ढाडस ठानें, तर यो ढाडस होइन रहेछ, यथार्थ पनि रहेछ भन्ने पछिपछि राजधानीका आफूभन्दा जान्ने ठानेका मान्छेहरुको सङ्गतबाट बुझ्दै पनि गएँ ।
त्यसयता केही महत्त्वपूर्ण कार्यक्रमहरुमा उहाँसँग भेटघाट भए । २०६८ फागुनमा हुनुपर्छ, गुरु चूडामणि रेग्मीको सक्रियतामा उहाँका विषयमा अभिनन्दन ग्रन्थ तयार गर्ने र उहाँको अभिनन्दन गर्ने भनेर कार्यक्रम बन्यो । चितवनका साहित्यकार डि आर पोखरेल, हरिहर खनाल, डा बालकृष्ण थापा आदिको संयोजनमा डिआरज्यू सम्पादक प्रकाशक रहेको ‘हाम्रो सिर्जना’ले ‘आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ’ प्रकाशन गरेको थियो र भव्य कार्यक्रमको आयोजना गरी विपि कोइराला क्यान्सर अस्पताल, चितवनको सभाकक्षमा अभिनन्दन गरिएको थियो । त्यस कार्यक्रममा उहाँलाई अभिनन्दन गर्दा चितवनका प्रतिष्ठित साहित्यकारहरु, नेताहरु, समाजसेवीहरुको भव्य उपस्थिति र उन्मुक्त रूपमा हर्षको प्रकटीकरण देख्ता आनन्ददेव भट्टज्यूले वि.सं.२०२३ देखि २०३० सम्म चितवनको वीरेन्द्र इन्टरकलेजमा प्रिन्सिपल भएर काम गर्दा लगाएको चेतना र जागरणकोे बाली लटरम्म फलेको फुलेको बोध हुन्थ्यो ।
चूडामणि रेग्मी दोहो¥याई दोहो¥याई भन्नुहुन्छ– “प्रगतिशील साहित्यका त्रिमूर्तिहरु ‘शभप्र’ (श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट र मोदनाथ प्रश्रित)का वारे क्यै–न–क्यै गरुँ लागिरहन्छ । नभन्दै जुही मोदनाथ प्रश्रित अभिनन्दन ग्रन्थद्वारा प्रश्रितज्यूको अभिनन्दन भयो काठमाडौंमा राष्ट्रिय सभागृहमा । यस्तै हाम्रो सिर्जना आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थद्वारा भएथ्यो आनन्ददेव भट्टको चितवनमा । श्यामप्रसादका वारे गर्न बाँकी रहेकोमा थक्थकिनुहुन्छ उहाँ ।
वि.सं. २०७१ साल फागुन ७ गतेका दिन युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले मलाई ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’द्वारा सम्मान गर्दा आनन्ददेव भट्ट नै प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस दिन प्रमुख अतिथिको मन्तव्यको क्रममा उहाँले मवारे जुन कामना व्यक्त गर्नुभयो त्यो म कहिल्यै बिर्सन्न । मेरो मन जबजब दोधारमा पर्छ, जबजब वर्तमानका विकृतिहरुले मलाई व्यथित पार्छन्, म उहाँले त्यसदिन व्यक्त गर्नुभएका विचार सम्झेर आफूलाई थुम्थुम्याउँछु । उहाँको त्यो प्रमुख आतिथ्यता मलाई अविस्मरणीय रहेको छ । यस लेखमार्फत पनि उहाँप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।
सम्झँदा प्रगतिशील साहित्य जगतमा अविस्मरणीय नामहरु धेरै छन्– जनकवि गोकुल जोशी, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, देवीप्रसाद किसान, हृदयचन्द्र सिंह प्रधान, पारिजात, गोबिन्द भट्ट, भवानी घिमिरे आदिआदि । एक बेला अत्यन्त उत्साही भएर लागेका, गतिलो छाप छोडेका र पछि बाटो भुलेका सम्झिने हो भने त तारानाथ शर्मा, बल्लभमणि दाहाल, गोबिन्दप्रसाद लोहनी, भूपि शेरचन आदि पनि होलान् । तर अत्यन्त कठिन परिस्थितिमा प्रतिक्रियावादीको चरम दमनका बेलामा पनि वैरीलाई लल्कार्दै छाती थापेर अघि बढ्ने ज्यूँदाजाग्दा सम्पूर्ण जनताको भरोसाका केन्द्र बन्नुभएका त्रिमूर्ति यथार्थमा ‘त्रिमूर्ति’ हुन् ।
लेखनमा, सङ्गठनमा, सङ्घर्षमा, जुझारूपनमा, ‘कम्निस्ट भनेका यस्ता स्पातका हुन्छन्’ भनेर उदाहरण दिन सकिने व्यक्तिहरुमध्ये आनन्ददेव भट्टको नाम लिँदा त्यसैपनि श्रद्धाले परिपूर्ण हुन्छु म । मलाई उहाँले गर्नुभएका दुई–तीन कार्य त यहाँ उल्लेख गर्न मन लाग्छ नै । जतिसुकै पल्ट दोहोरियोस् त्यो धेर हुँदैन झैं लाग्छ मलाई ।
उहाँले विवाह गर्दा कति सरल तरिकाले (अचेल ‘जनवादी’ भन्ने शब्दको त मर्यादा रहन छोडेको छ) गर्नुभयो वराहक्षेत्रमा माला लगाइलगाइ गरेर र बेहुलीसँग प्रतिवद्धता व्यक्त गर्नुभयो– “तिम्रो आस्था र विश्वासमा कहिल्यै वाधा विरोध गर्ने छैन र तिमी पनि मेरो काम, विचार र सिद्धान्तमा वाधक बन्न पाउने छैनौ, किनभने म व्यक्तिगत र पारिवारिक जीवनभन्दा बढी महत्त्व राष्ट्र र मेरो राजनीतिक विचारलाई दिन्छु ।”
यो प्रतिवद्धता के शब्दमा मात्र थियो ? अल्लरे–वल्लरे जोवानको भावुकताको उपज मात्र थियो ? लगभग विवाहको चार दशकपछि उहाँकी जीवनसाथी सुशीला दिदी भन्नुहुन्छ– “उहाँले ११ पटकभन्दा बढी जेलयात्रा र बन्दीजीवन बेहोर्नुभयो, तर पनि आफ्नो कार्य र विचार बदलेर सुखसुविधाको पछि लाग्नुभएन । म उहाँका गुणको सदैव प्रशंसा गर्दछु । कुसङ्गत, मोजमस्ती, लोभ, लालसा, चाकडी, चाप्लुसी, बिलासिता, अधिक धन आर्जनको तृष्णा, विशेष पदप्राप्तिको लिप्सा र कपटतातिर उहाँ कहिल्यै लाग्नुभएन ।”
अर्को २०२१ साल चैत २९ का दिन हुनुपर्छ, धरानका विद्यार्थीहरुले पञ्चायती निरङ्कुश व्यवस्थाका विरोधमा विरोध¥याली गर्दै थिए । त्यो ¥यालीउपर पञ्चायती प्रहरीले निर्मम दमन सुरु ग¥यो । ¥यालीको अवलोकन कर्ताजस्तो रहनुभएका आनन्ददेव भट्टज्यू स्थानीय महेन्द्र कलेजमा प्राध्यापन गर्नुहुन्थ्यो, प्रहरीले कुटेका कारण टाउको फुटेर रगतपच्छे भएका, हातखुट्टा भाँचिएका विद्यार्थीहरुको अवस्थाबाट आक्रोसित बन्नुभयो, दमन गर्न आएको प्रहरीप्रमुखको टोपी नै थुतेर सडकतिर हु¥याइदिनु भयो, माइक खोसेर आफैं पञ्चायती शासनविरुद्ध चर्को भाषण गर्नुभयो । प्रहरीले गरेको त्यो क्रुर दमन देखेर तर्सिने होइन, त्यहाँबाट आफू जोगिन खोज्ने त होइन बरु त्यस अत्याचारका विरुद्ध त्यस नृशंस अत्याचारको डढेलोलाई कुल्चेर दबाउन साहस गर्नुभयो ।
अर्को, उहाँको त्यस्तै साहसिलो घटना मैले सुनेको छु, २०२८ सालमा हुनुपर्छ वीरेन्द्र इन्टर कलेज, चितवनको उहाँ प्रिन्सिपल हुनुुहुन्थ्यो । त्यहाँ स्ववियूको निर्वाचन सकिएर मतगणना गर्न सुरु भएको थियो । आफू हारिने निश्चित भएपछि मतगणना भाँड्न निर्वाचनमा भागलिने एक पक्ष नेविसङ्घपक्षबाट हुल्लडबाजी गर्दै मतगणना भैरहेको स्थानमा आएर आक्रमण गर्न थाल्यो, भाँडभैलो मच्चाउन थाल्यो । त्यस बेलामा त्यहाँ उपस्थित सबै त्रसित भए । उहाँ एकलै सर्टका टाँक खोल्दै– “लु आओ ए ! को छ मतगणना बिथोल्न आउनेहरु ? आऊ ! के गर्नु छ मलाई गर !” भन्दै एकलै त्यस हुल्लडबाजीविरुद्ध निस्किनुभयो । त्यसपछि एक छिन वातावरण ताते पनि समस्या टरेको थियो । यसरी आनन्ददेव भट्टसर बाघको डम्बरुझैं कहिल्यै पिठ्यूँ नफर्काउने स्वभावको हुनुहुन्थ्यो ।
मलाई २०४६ सालको जनआन्दोलनमा पोखरामा प्रहरीले आन्दोलनकारी लक्ष्मी कार्कीमाथि गरेको ज्यादतीको कथा सम्झना छ । पछिबाट प्राध्यापक सङ्घको तर्फबाट उहाँसमेतको टोली त्यो ज्यादतीपूर्ण घटनाको अध्ययन गर्न गयो । फर्केर राजधानी आई प्रतिवेदन पेश गर्ने बेलामा प्रहरीको ज्यादतीलाई जस्ताको तस्तै पेस गर्न अरु साथीहरु हच्किए । तर उहाँले त– “त्यस्तो ज्यादती गरिएको घटना झुटा हो भन्ने प्रमाणित हुन्छ भने दामोदर पाण्डेको टाउको काटेझैं मेरो पनि काटे हुन्छ ।” भन्ने वक्तव्य दिनुभयो ।
अन्यायका विरुद्धमा, ज्यादती र अत्याचारका विरुद्धमा खुट्टा रतिभर नकमाईकन यस्तो जुझारूपूर्ण प्रतिवादमा उत्रिन सक्ने अरिंगाल (अहिले त अरिँगालको अर्कै बिम्ब बनेको छ) हामीबिच अत्यन्त कम हुन्छन् । ती कममध्येका एक आनन्ददेव भट्ट जहाँ जानुभयो न्यायप्रेमी, सङ्घर्षशील फौज तयार गर्दै हिड्नुभयो । अहिले त लाग्छ धनकुटा, धरान, विराटनगर, चितवन, काठमाडौं मात्र होइन, फूलको वासना डाँडावारि, मान्छेको वासना डाँडापारि भनेझैं उहाँको प्रेरणाको बिऊ देशभरि हुर्केको छ ।
आज हामी चरित्र स्खलनको महामारिमा छौं । समाज अगाडि बढ्ने भनेको प्रेरणाले हो । प्रेरणालायक व्यक्तित्वहरु समाजमा नरहे हामी सङ्कटमा पर्छौं । वर्तमानको राजनीतिक जगत मात्र होइन, आध्यात्मिक, सामाजिक सबै निराशाजनक हुँदैछ । आध्यात्मिक क्षेत्रका मठाधीश मानिएका व्यक्तिहरु स्वभाविक रूपमा निस्पृह, स्वच्छ र सच्चा योगी हुनुपर्नेमा ती सब एकपछि अर्को अनैतिक, हत्यारा, लोभीपापी देखिंदैछन् । राजनीतिक नेतृत्वजगत त्यस्तै आफ्नैलागि कुर्सी सुनिश्चित गर्ने, आफ्नैलागि सम्पत्ति आर्जन गर्ने सङ्कुचित घेराबाट उम्किएको देखिएन ।
अबको पिंढी रामायण महाभारतका आदर्श पात्रबाट चल्दैन । व्यवहारिक जीवन र वर्तमानको प्रतिस्पर्धात्मक दुनियाँमा नै आदर्शहरुको खोजी गर्छ । नेपाली कांग्रेसमा विश्वेश्वरपछि सुरोबुरो गणेशमान सिंहले एउटा प्रेरणादायी व्यक्तित्व बनाए । सम्पत्ति आर्जनको कुरामा निस्पृह जस्तो भएर पनि कृष्णप्रसाद भट्टराईले राजतन्त्रसँगै सतिजाने कुरा गरेर आफूलाई साँघु¥याए । कम्युनिस्ट पार्टीमा पुष्पलालपछि मनमोहन, मदन भण्डारीले एउटा आदर्श छवि छाडे । पुष्पकमल दाहाल प्रचण्डको जनयुद्धबाट आएको एउटा जाज्वल्यमान व्यक्तित्व (इमेज) थियो । त्यसलाई उनले पनि विविध तेरोमेरोले धान्न् सकेनन् । शक्तिसङ्घर्ष र सम्पत्ति तथा पारिवारिक लिप्साले उनको छवि धेरै धुलोमैलोभित्र प¥यो । आज हाम्रा वरिपरि उदाहरणीय आदर्श खोज्दा अनिकाल नै भएको लाग्छ ।
मलाई बेलाबेला ऐठनझैं हुन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई विश्वका घटना परिघटना केलाउने दृष्टिबिन्दु बनाएको र साम्यवादी बाटो नै सबैभन्दा मानवहितको उचित र कल्याणकारी बाटो मान्दै आएको व्यक्ति पनि ‘चाउचेस्कू’ भएको देख्ता दिक्क लाग्छ । जेलनेल भोगेका निकै जान्ने होलान् जस्ता लागेका मान्छेहरु किन एकदम आलाकाँचा मान्छेझैं ‘म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ’बाट मुक्त हुन नसकेका होला ? भन्ने प्रश्नले घच्घच्याई रहन्छ ।
यस्ता बेलामा हाम्रा आदर्शहरु छन् है, हाम्रा प्रेरणाहरु छन् है भनेर विश्वास पाल्ने आधार हुनुहुन्छ आनन्ददेव भट्ट । म फेरि पनि सुशीला दिदीका माथिका शब्दहरु सम्झिन्छु । यस्ता मनिषि छन् हाम्रा भन्ने प्रमाण हुनुहुन्छ आनन्ददेव भट्ट ।
आज चौरासी वर्ष प्रवेश गर्न लाग्नुभएको बेलामा असल चरित्रको, उपमेय चरित्रको अभिनन्दन ग्रन्थसहित सम्मान गरिने कुरा सुन्नपाउँदा मलाई हर्कबढाइँ बोध भएको छ । यसघडी म श्रद्धेय आनन्ददेव भट्टज्यूको स्वास्थ्य तन्दुरुस्त रहोस्, सक्रिय रहन सक्नुहोस्, शतायू प्राप्त होस् र हामी अभिभावकत्व पाइरहौं भनेर शुभकामना व्यक्त गर्दछु ।
यही भदौ १४ गते सोमवार उहाँको निधन भइसकेको छ ।

म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

000

मिति : २०७६ फागुन ११
अर्जुनधारा–११, नयाँ वसपार्क, विर्तामोड, झापा

www.m.facebook.com बाट साभार

No comments:

Post a Comment