Sunday, August 2, 2015

विधा तत्वका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन- विनिता कुइँकेल



विधा तत्वका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत 
पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली शिक्षण विभागको
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत


शोधपत्र    


शोधार्थी
विनिता कुइँकेल       
पद्मकन्या वहुमुखी क्याम्पस,
बागबजार, काठमाडा
२०७२


मन्तव्य

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत पद्मकन्या वहुमुखी क्याम्पस, नेपाली विषयका छात्रा विनिता कुईँकेल स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार मातृका पोखरेलको विधा तत्वका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र मेरो निर्देशनमा तयार पार्नु भएको हो । निजले परिश्रम र लगनशीलतापूर्वक गरेको यस शोध पत्रको मूल्याङ्कनका लागि पद्मकन्या वहुमुखी  क्याम्पस, नेपाली शिक्षण समिति समक्ष सिफारिस गर्दछु ।

      शोधनिर्देशक
                                                        प्रा.डा. दुर्गा प्र.अर्याल
..................................
मिति  : २०७२/३/१६  गते    

पद्मकन्या बहुमुखी क्याम्पस
स्वीकृतिपत्र
त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र सङ्कायअन्तर्गत पद्मकन्या वहुमुखी क्याम्पस, नेपाली विषयका छात्रा विनिता कुईँकेलद्वारा तयार पारिएको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार मातृका पोखरेलको विधा तत्वका आधारमा सन्त्रशसत आँखाहरु कथासङ्ग्रहको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र उक्त तहका निम्ति उपयुक्त देखिन आएकोले स्वीकृत गरिएको छ ।


.......................... 
शोधनिर्देशक                     
प्रा.डा. दुर्गा प्रसाद अर्याल    ............................
कार्यक्रम संयोजक
प्रा. चेतोनाथ गौतम .................................
 विभागीय प्रमुख
प्रा.डा.  हेमचन्द्र नेपाल 
...........................बाह्य परीक्षक                    
प्रा. कृष्ण गौतम
  

  




मिति ः २०७२ ÷३÷१३   गते
कृतज्ञता ज्ञापन
       
 कथाकार मातृका पोखरेलको विधा तत्वका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन स्नातकोत्तर तह द्वितीय वर्षको दसौं पत्रको प्रयोजनका लागि तयार पारिएको शोधपत्र हो । प्रस्तुत शोधपत्र पद्मकन्या बहुमुखी क्याम्पसका गुरु प्रा. डा. दुर्गा प्रसाद अर्यालज्यूको निर्देशनमा तयार पारिएको हो । शोध सामग्री सङ्कलन, विश्लेषण, भाषिक शुद्धीकरणलगायतका महŒवपूर्ण पक्षमा प्रेरणादायी मार्गनिर्देशन गर्नुहुने आदरणीय गुरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । शोधपत्र तयारीका क्रममा शोधप्रस्ताव स्वीकृत गरी आवश्यक व्यवस्था मिलाइ दिनुहुने पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली शिक्षण विभागका निवर्तमान विभागीय प्रमुख प्राध्यापक हेमचन्द्र नेपालप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

शोधपत्र तयारीका लागि अनुमति दिई आफ्नो कार्यव्यस्तताका बाबजुद आत्मीयतापूर्वक समय उपलब्ध गराई आवश्यक सन्दर्भ सामग्रीसमेत जुटाइ दिनुहुने शोधनायक मातृका पोखरेलप्रति कृतज्ञता ज्ञापन गर्दछु । कार्यक्रममा हरपल संगसंगै भएर शुरुदेखि अन्तसम्मका भुुलत्रुटीहरुलाई सुधारतर्फ उन्मुख गराउनु हुने कार्यक्रम संयोजक प्रा.चेतोनाथ गौतमप्रति आभार व्यक्त गर्दछु । सामग्री सङ्कलनका लागि सहयोग पु¥याई यथोचित सल्लाह सुझाव दिनुहुने पद्मकन्या बहुमुखि क्यम्पसका प्राध्यापक डा. कुमार कोईरालाका साथै निरन्तर हौसला प्रदान गर्नुहुने श्रीमान् भोला प्रसाद पौडेल, प्यारी छोरी इच्छा पौडेल, आत्मीय मित्रहरू सरिता के.सी, मातृका पोखरेलको ‘घाम झुल्किनुुुुुुुुुुुु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन गर्नुहुने शोधार्थी टङ्कप्रसाद पोखरेलप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । 

आपूm साक्षर भएकै कारण पढाइ जस्तो महत्वपूर्ण सम्पत्ति केही छैन भन्ने भावनाका साथ मलाई सदैव शिक्षातर्पm प्रेरित गर्नुहुने पूजनीय पिता रामजी प्रसाद कुइकेल र माता लक्ष्मी कुइकेलप्रति विशेष कृतज्ञता ज्ञापन गर्दछु । अत्यन्तः रचनात्मक सल्लाह र सुझाव दिई सदैव साथ दिने प्यारो भाइ हृदयराज कुइकेलप्रति ऋणी छु । मलाई टंकन कार्यमा कुनै पनि बाधा नपरोस भनेर अतिरिक्त बत्तीको व्यवस्था मिलाएर सदैव साथ दिनुहुने पुजनीय ससुरा बुबा रामप्रसाद पौडेल र सासु आमा सीतादेवी पौडेलप्रति सदैव आभार व्यक्त गर्दछु । शोधपत्रका लागि आवश्यक सहयोग गर्नुहुने पद्मकन्या बहुमुखि क्याम्पस, पुस्तकालयका कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

अन्त्यमा, यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमखि क्याम्पस, नेपाली शिक्षण विभाग समक्ष प्रस्तुत गर्दछु ।



.......................................

विनिता कुइकेल 
पध्मकन्या बहुमुखि क्याम्पस,
बागबजार, काठमाडौँ
                
     

          
शब्दसङ्केत सूची

सङ्क्षेपीकृत रूप साङ्केतिक अर्थ                                                     

ए.नेकपा एकीकृत नेपाल कम्युनिष्ट पार्टी
क. कमरेड
गा. वि. स. गाउँ विकास समिति
डा.                                             डाक्टर
नि.मा.वि. निम्न माध्यमिक विद्यालय
मा.वि                                           माध्यमिक विद्यालय
एस्.एल्.सी                             स्कुल लिभिङ सटिफिकेट
आइ.ए                                           इन्टरमिडियट अफ आर्टस्
बी.ए                                            ब्याचलर अफ आर्टस्
बी.एड. ब्याचलर अफ एजुकेसन
एम.ए                                           मास्टर अफ आर्टस्
एस्.पी                                          सव डिपुटी इन्स्पेक्टर अफ जेनेरल पुलिस
डि.आई.जी                                       डिपुटी इन्स्पेक्टर अफ जेनेरल पुलिस 
प. पण्डित
प्रा. प्राध्यापक
प्रा.डा. प्राध्यापक डाक्टर
पृ. पृष्ठ
वि.सं. विक्रम संवत्
सम्पा. सम्पादन



विषयसूची

                                           
परिच्छेद एक ः शोधपरिचय    पृष्ठ सङ्ख्या                                  
१.० शोधपरिचय                     
१.१ शोधसमस्या÷समस्याथन
१.२ शोधकार्यका उद्देश्यहरू
१.३ पूर्वकार्यको समीक्षा
१.४ शोधकार्यको औचित्य
१.५ शोधकार्यको सीमाङ्कन
१.६ शोध विधि
१.७.१  साम्रगी सङ्कलन विधि
१.७.२  सामग्री विश्लेषण विधि
१.८ शोधकार्यको रूपरेखा
परिच्छेद दुई ः मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व      
२.०   विषय प्रवेश
२.१ जीवनी र व्यक्तित्व
२.२ जन्म र जन्मस्थान
२.३ बाल्यकाल
२.४ शिक्षादीक्षा
२.५ साहित्य लेखनको प्रेरणा
२.६ प्रकाशित कृति तथा फुटकर रचना
२.७ रुचि
२.८ संलग्नता
२.९ सम्मान तथा पुरस्कार
२.१० पोखरेलको व्यक्तित्व
२.१०.१  साहित्यिक व्यक्तित्व
२.१०.१.१ कथाकार व्यक्तित्व        
२.१०.१.२ कवि व्यक्तित्व १०
२.१०.१.३ सम्पादक व्यक्तित्व                                            १०
२.१०.२ साहित्येतर व्यक्तित्व ११
२.१०.२ (क) पारिवारिक व्यक्तित्त ११                                           
२.१०.२ (ख) राजनीतिक व्यक्तित्व ११
२.१०.२ (ग) जागिरे व्यक्तित्व ११
२.११ कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखन बीचको सम्बन्ध ११
२.१२  निष्कर्ष १३

परिच्छेद तीन ः कथाकार मातृका पोखरेलको कथायात्रा र मूल प्रवृत्तिको अध्ययन  १५
३.१ पोखरेलको कथायात्रा १५
३.१.१ प्रथम चरण                                                     १५
३.१.२ द्वितीय चरण                  १६
३.२ पोखरेलको कथागत मूल प्रवृत्तिको अध्ययन १७
३.२.१ सामाजिक यथार्थवादी कथाकार १८
३.२.२ आलोचनात्मक यथार्थवादी कथाकार १९
३.२.३ प्रगतिवादी कथाकार २०
३.२.४ मानवतावादी कथाकार २१
३.२.५ अस्तित्ववादी कथाकार                                           २२
३.२.६ देशप्रेमी कथाकार २३
३.२.७ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रयोग गर्ने कथाकार २५
३.३ निष्कर्ष २६
परिच्छेद चार ः कथा तŒवका आधारमा ‘सन्त्रस्त आँखाहरु’ का कथाहरूका विश्लेषण २८
४.० विषय प्रवेश २८
४.१ कथाका तŒवहरू २८
४.१.१ कथानक २९
४.१.२ पात्र र चरित्रचित्रण ३१
४.१.३ परिवेश (देश, काल, परिवेश) ३२                                                                                                                 
४.१.४ दृष्टिबिन्दु ३३
४.१.५ भाषाशैली ३४
४.१.६ उद्देश्य ३६
४.२.०  विषय प्रवेश                         ३७
४.२.१  एउटा नयाँ यात्रा कथाको कथानक ३७
४.२.२ पात्र र चरित्रचित्रण  ३८
४.२.३ परिवेश ३९
४.२.४ दृष्टिबिन्दु ३९
४.२.५ भाषाशैली ३९
४.२.६ उद्देश्य ४०
४.२.७ निष्कर्ष ४१
४.३.१ छोराको भाग्य कथाको कथानक ४१
४.३.२ पात्र र चरित्रचित्रण ४२
४.३.३ परिवेश ४३
४.३.४ दृष्टिबिन्दु ४३
४.३.५ भाषाशैली ४४
४.३.६ उद्देश्य ४४
४.३.७ निष्कर्ष ४५
४.४.१ निर्णय कथाको कथानक               ४५
४.४.२ पात्र र चरित्रचित्रण ४६
४.४.३ परिवेश ४७
४.४.४ दृष्टिबिन्दु ४७
४.४.५ भाषाशैली ४८
४.४.६ उद्देश्य ४९
४.४.७ निष्कर्ष ४९
४.५.१ पश्चिमतिर कथाको कथानक ५०
४.५.२ पात्र र चरित्रचित्रण ५१
४.५.३ परिवेश ५२
४.५.४ दृष्टिबिन्दु ५२
४.५.५ भाषाशैली ५३
४.५.६ उद्देश्य ५४
४.५.७ निष्कर्ष ५४
४.६.१ हरियो बत्ती कथाको कथानक ५४
४.६.२ पात्र र चरित्रचित्रण ५६
४.६.३ परिवेश ५७
४.६.४ दृष्टिबिन्दु ५८
४.६.५ भाषाशैली ५८
४.६.६ उद्देश्य ५९
४.६.७ निष्कर्ष ५९
४.७.१ सन्त्रस्त आँखाहरु कथाको कथानक ६०
४.७.२ पात्र र चरित्रचित्रण ६१
४.७.३ परिवेश ६२
४.७.४ दृष्टिबिन्दु ६२
४.७.५ भाषाशैली ६३
४.७.६ उद्देश्य ६४
४.७.७ निष्कर्ष ६४
४.८.१ अविश्वास प्रस्ताव कथाको कथानक ६४
४.८.२ पात्र र चरित्रचित्रण ६६
४.८.३ परिवेश ६७
४.८.४ दृष्टिबिन्दु ६७
४.८.५ भाषाशैली ६८
४.८.६ उद्देश्य ६९
४.८.७ निष्कर्ष ७०
४.९.१ चुनावको मौसम  कथाको कथानक ७०
३.९.२ पात्र र चरित्रचित्रण ७२
४.९.३ परिवेश ७३
४.९.४ दृष्टिबिन्दु ७३
४.९.५ भाषाशैली ७४
४.९.६ उद्देश्य ७५
४.९.७ निष्कर्ष ७५
४.१०.१ पmुटपाथ कथाको कथानक ७६
४.१०.२ पात्र र चरित्रचित्रण ७७
४.१०.३  परिवेश ७८
४.१०.४ दृष्टिबिन्दु ७९
४.१०.५ भाषाशैली ७९
४.१०.६  उद्देश्य ८०
४.१०.७ निष्कर्ष ८१
४.११.१ म यसरी फर्किएँ कथाको कथानक ८१
४.११.२ पात्र र चरित्रचित्रण ८२
४.११.३ परिवेश ८३
४.११.४ दृष्टिबिन्दु ८४
४.११.५ भाषाशैली ८५
४.११.६ उद्देश्य ८५
४.११.७  निष्कर्ष  ८६
४.१२.१ हुलिया कथाको कथानक        ८६
४.१२.२ पात्र र चरित्रचित्रण ८८
४.१२.३ परिवेश ८९
४.१२.४ दृष्टिबिन्दु ८९
४.१२.५ भाषाशैली ९०
४.१२.६ उद्देश्य ९०
४.१२.७ निष्कर्ष   ९१
४.१३.१ परिचित अभिनय कथाको कथानक ९१
४.१३.२ पात्र र चरित्रचित्रण ९३
४.१३.३ परिवेश ९४
४.१३.४ दृष्टिबिन्दु ९५
४.१३.५ भाषाशैली ९५
४.१३.६ उद्देश्य ९६
४.१३.७ निष्कर्ष  ९७
परिच्छेद पाँच ः उपसंहार ९८
५.१ उपसंहार ९९

                     



प्रिच्छेद एक : शोध परिचय
१. १ शोध शीर्षक 
       प्रस्तुत शोधपत्रको शीर्षक कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु कथासङग्रहको अध्ययन रहेको छ । कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा न. ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा बी. एड. र एम. ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । पोखरेल वि. सं. २०४४÷४५ सालतिरबाट समीक्षा साप्ताहिक पत्रिकामा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशित गरी साहित्यका क्षेत्रमा देखा परेका हुन् । कविता विधाबाट साहित्य यात्रारम्भ गरेका पोखरेलका हालसम्म तीनओटा कवितासङ्ग्रह र दुईओटा कथासङ्ग्रह प्रकाशित छन् । यस्तै विभिन्न पत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित भइरहेका छन् । उनले वेदना त्रैमासिक, ज्योति त्रैमासिक र इन्द्रेणी त्रैमासिक जस्ता साहित्यिक पत्रिकाहरूकोे पनि कुशल सम्पादन गरिरहेका छन् ।
मूल रूपमा कविता बोकेर साहित्यका क्षेत्रमा देखा परेका मातृका पोखरेल अहिले सशक्त जीवनमुखी, मानवीय संवेदनाले भरिएको समाजवादी यथार्थवादी धरातलको सन्त्रस्त आँखाहरू (२०६१) र घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रह बोकेर आएका छन् । बाह्रओटा सशक्त, सरल र संवेदनशील कथा बोकेर आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुण दोषलाई पाठकसमक्ष प्रस्तुत गर्ने प्रयास पोखरेलले गरेका छन् । उनले यस सङ्ग्रहका कथामा मुलुक भित्रको युद्धको चपेटामा पिल्सिएका जनताका पीडा, वेदना र यसले सिर्जिएको विकृति, विसङ्गतिलाई केलाएका छन् ।
१.२ शोधसमस्या 
    प्रस्तावित सन्त्रस्त आँखाहरु  कथासङ्ग्रहको  अध्ययन शोधसँग सम्बन्धित रहेकोले निम्नलिखित शोध समस्या रहेका छन् ः
क) कथाकार मातृका पोखरेल कस्ता कथाकार हुन् ?
ख) कथा विश्लेषणका सैद्धान्तिक आधारहरु केके हुन् ?
ग ) सन्त्रस्त आँखाहरु कस्तो कथासङ्ग्रह हो ?
१.३ शोधकार्यको उद्देस्य 
    माथि उल्लेखित समस्याहरूको समाधान गर्नु  नै यस शोधकार्यको मूल उद्देश्य रहेको छ । उक्त समस्याहरू समाधान गर्ने उद्देश्यहरू निम्न अनुसार छन् ।
क ) कथाकार मातृका पोखरेललाई परिचित गराउनु ,
ख) ) कथा विश्लेषणको सैद्धान्तिक आधारहरु पत्ता लगाउनु ,
 ग)  कथा सिद्धान्तका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन गर्नु ।
१.४) पूर्वकार्यको समीक्षा
सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहका बारेमा यस शोधकार्य पूर्व नै विभिन्न लेखकहरूले समीक्षा, समालोचना, टीका टिप्पणी गरेको पाइन्छ तर यस कृतिमै केन्द्रित रहेर समष्टिगत अध्ययन भने भएको पाइँदैन । यस विषयलाई लिएर जे जस्ता समीक्षा, समालोचना, टीका टिप्पणी भएका छन्, तिनलाई यहाँ कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ ः
विवश बस्तीले शब्द संयोजन (वर्ष २, अङ्क ४, पृ ३८, २०६२) मा सन्त्रस्त आँखाहरु श्रमजीवी वर्गको पीडा शीर्षकको लेख प्रकाशित गरी मातृका पोखरेल जीवन, सङ्घर्ष, आस्था र आदर्शमा विश्वास गर्ने कथाकार हुन् भनी उनका कथाहरूले पनि यही भावभूमिलाई आत्मासात् गरेर अगाडि बढेका छन् भन्दै समीक्षा गरेका छन् तर उनले यसै सङ्ग्रहमा केन्द्रित रही यसको सम्पूर्ण पक्षको विवेचना भने गरिएछको पाइन्न ।
तिलक चाम्लिङले नेपालीपत्र (२०६२) मा सन्त्रस्त आँखाहरु ग्रिखानेहरुको कथा  शीर्षकमा समाजको फरक–फरक स्वाद दिने गरी विषयवस्तुको विविधता ल्याउने विशेषता बोकेका छन् भनी आफ्नो धारणा राखेको पाइन्छ । यो पनि यस कथासङ्ग्रहको साङ्गो पाङ्गो अध्ययन नभई साधारण परिचयात्मक चर्चा मात्र मानिन्छ ।
प्रतिरोध कार्कीले साप्ताहिक आवाज पत्रिका (वर्ष ६, अङ्क ३८, २०६३) मा  मानवीय मूल्यमा आधारित सन्त्रस्त आँखाहरु शीर्षकको लेख प्रस्तुत गर्दै  जनयुद्धकालमा लखेटिएका फटाहाहरूको राइँदाइँ र हत्याराहरूको चुरीफुरी गाउँमा फेरि फर्केको छ र सोको अभिव्यक्ति यो कथासङ्ग्रह हो भनी कम्युनिष्ट आन्दोलनभित्रको प्रवृत्ति विरुद्धको मोर्चामा यो सङ्ग्रह उभिएको छ भनी उनले विश्लेषण गरेको पाइन्छ । यतिलाई मात्र यस सङ्ग्रहको अध्योपान्त अध्ययन मान्न सकिँदैन ।
यादव भट्टराईले छलपलल साप्ताहिक पत्रिका (वर्ष २७, अङ्क १०, २०६५) मा सन्त्रस्त आँखाहरु शीर्षकमा समीक्षात्मक लेख प्रकाशित गरी पोखरेलका यस कथा सङ्ग्रहको सम्पूर्ण कथाहरुको छोटकरी वर्णन गर्दै परिवेश चित्रण, घटना विन्यास, पात्र संयोजन, शीर्षक चयन लगायतका तत्वहरुको समुचित प्रयोगले कथाहरु आस्वाद्य बनेका छन् भनी उल्लेख गरेका छन् । यस सङ्ग्रहको कथामा माओवादी आन्दोलनको सकारात्मक र नकारात्मक पाटाहरू उधिनिएका छन् । जुन लेखक स्वयम्ले भोगेका यथार्थको अभिव्यक्ति हो भनी सामान्य चर्चा मात्र गरेका छन् ।
ज्ञानराज सुवेदीले हाम्रो इन्द्रावती साप्ताहिक पत्रिका (वर्ष २, अङ्क १९, २०६६) मा मातृकाका केही कृतित्व र केही व्यक्तित्व शीर्षकको लेख प्रश्तुत गरी जनयुद्ध वरपरका समयावधिका घटना समेटिएका यस सङ्ग्रहका कथाहरूमा मनोरम बान्की, सामाजिक यथार्थका घटना आदिको समीक्षा गरेका छन् तर कथासङ्ग्रहको पूर्ण समीक्षा भने गरिएको देखिँदैन ।
धु्रव मधिकर्मीले साप्ताहिक पुनर्जागरण ( वर्ष २८, अङ्क २०, २०६६) मा समयको एक पाटोका पठनीय कथाहरु शीर्षकको लेख प्रकासित गरी मुलुकको बिगं्रदो राजनीतिमा गलत तत्वहरुको हावी, माओवादी द्धन्द्धको असर, त्यसले समाजमा ल्याएको प्रभाव र परिवर्तनका संकेतहरुमाथि विभिन्न सन्दर्भहरुमा लेखिएका कथाहरुको संगालो हो जसका कथाहरु केही फरक सन्दर्भ र आञ्चलिकता मिसिएको भाषाशैली भएका कारण पठनीय छ भनी उल्लेख गरेका छन् यसको सम्पूर्ण पक्षको विश्लेषण भने गरिएको पाईँदैन ।
बन्दना ढकालले जनएकता साप्ताहिक ( वर्ष १५, अङ्क ६, २०६६) मा समाजवादी यथार्थवादको कसीमा सन्त्रस्त आँखाहरु शीर्षकको लेख प्रकाशित गरी विषयवस्तुको विविधता मुख्य विशेषता रहेको यस कथासङ्ग्रहको पात्र चयन र प्रस्तुतिमा सरलता र सहजता रहेको छ भनी उल्लेख गरेकी छिन । यति नै मात्र यस् कथासङ्ग्रहको पूर्ण रुप भने होइन ।
समालोचक सी.बी आचार्यले मासिक पत्रिका मधुपर्क ( २०६७ असोज) मा सन्त्रस्त आँखाहरुमाथि समालोचनात्मक दृष्टि शीर्षकको लेखमा मातृकाका कथाहरुमा  समाजमा विद्यमान अन्तरविरोध,गलत चिन्तन एवम् रुढिग्रस्त मानसिकताका जटिलताहरुलाई सरल, सुवोध भाषामा उतारिएको छ, छोटो बसाइमै पढेर सिध्याउन सकिने उनका कथा समाजको अग्रगामी चेतनातर्फ स्पस्ट दिशावोध गर्न सफल छ भनी उल्लेख गरेका छन्  तर कथासङ्ग्रहको पूर्ण समालोचना गरिएको छैन् ।
शोधार्थी टङ्कप्रसाद पोखरल (२०६९) ले आफ्नो शोत्रपत्र ‘घाम झुल्किनु ’(२०६९) को कृतिपरक अध्ययनमा सामाजिक यथार्थवादी धारामा महत्वपूर्ण योगदान दिने कथाकारका रूपमा पोखरेलको स्थान आधुनिक नेपाली कथा फाँटमा रहेको पुष्टि हुन्छ भनी उल्लेख गरेका छन् ।
कथाकार मातृका पोखरेलको कथासङ्ग्रह सन्त्रस्त आँखाहरु (२०६१) मा धेरै समालोचना,          लेखहरू प्रकाशित भएका छन्, तिनले विभिन्न कोणबाट यस सङ्ग्रहलाई समीक्षा गरेका छन् । यी विभिन्न लेखहरुबाट भएका समीक्षा, टीका, टिप्पणी र शोधपत्रबाट समेत पोखरेलका कथासङ्ग्रहको गहन रुपमा वस्तुगत अध्ययन, विश्लेषण हुन सकेको देखिंदैन अतः यस शोधपत्रमा सन्त्रस्त आँखाहरुको सबै कथाहरुको विस्तृत रुपमा अध्ययन गरी कथा अगाडि सारिएको छ । 
१.५ शोधकार्यको औचित्य
कथाकार मातृका पोखरेलको कथाकारिताका बारेमा जान्न चाहने जिज्ञासु पाठक, साहित्य अनुरागी तथा अनुसन्धानकर्ताका लागि तथ्यगत जानकारी प्रदान गरेर कथाकारप्रति जिज्ञासा राख्नेको यथोचित मात्रामा जिज्ञासा पुरा गर्नु नै यस शोधकार्यको औचित्य रहेको छ । उनको कथाकारिता र कथागत प्रवृत्ति, कथामा विद्यमान कमी कमजोरी केलाएर परिष्कृत कथा लेखनका लागि पृष्ठपोषण प्रदान गरी विभिन्न समालोचकको समीक्षामा भएको कमीकमजोरीहरुको अभाव पूर्ति गरी गहन अनुसन्धान प्रविधि अनुरुप पोखरेलका कथासङ्ग्रहको अध्ययन गरिएको छ । त्यसैले मातृका पोखरेलको सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन औचित्यपूर्ण देखिन्छ ।

१.६ शोधको सीमाङ्कन
कथाकार मातृका पोखरेलको कविता, कथा, खोजमूलक लेख र गीतहरु प्रकाशित छन् तर यस शोधकार्यमा कविता, खोजमूलक लेख, गीतको अध्ययन गरिएको छैन । यस शोधकार्यमा सन्त्रस्त आँखाहरु नामक कथासङ्ग्रहका बाह्रओटा कथामा मात्र केन्द्रित रहेर त्यसको अध्ययन गरिएको छ । यही नै यस शोधकार्यको सीमा हो ।


१.७. शोधविधि 

प्रस्तुत शोधकार्यलाई व्यवस्थित र प्रभावकारी बनाई पूर्णता दिन यहाँ मूलतः दुई किसिमको शोध विधिलाई अङ्गालिएको छ ।
१.७.१. सामग्री सङ्कलन विधि
यस शोध कार्यलाई पूर्णता दिलाउनका लागि सामग्रीसङ्कलन विधि अन्तर्गत रही पुस्तकालयीय विधिलाई अवलम्बन गरिएको छ । यसका साथै आवश्यकताअनुसार शोधनायकसँग अन्तर्वार्ता लिएर त्यसबाट प्राप्त जानकारी र उहाँको सहयोगलाई समेत सामग्रीको रूपमा समावेश गराइएको छ ।
१.७.२. सामग्री विश्लेषण विधि
यसै गरी शोधकार्यलाई प्रभावकारी तथा व्यवस्थित बनाउनका निमित्त कृति विश्लेषणको आधारहरू तयार गरी कृति विवेचना गर्दा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यस क्रममा उक्त सङ्ग्रहका सम्बन्धमा प्रयुक्त लेख, समीक्षा र समालोचना जस्ता सामाग्रीहरुको पनि उपयोग गरी न्यायोचित सामग्रीहरुको विश्लेषण गरिएको छ ।
१.८ शोधपत्रको रुपरेखा 
प्रस्तावित शोधपत्रको स्वरुप र संरचनालाई व्यवस्थित रुपमा प्रस्तुत गर्नका लागि यस शोधकार्यलाई निम्नलिखित परिच्छेदहरुमा विभाजित गरि ती परिच्छेदहरुलाई विभिन्न शीर्षक एवम् उपशीर्षकहरुमा बाँडेर सुसङ्गठित एवम् व्यवस्थित गरिएको छ ।
क) परिच्छेद एक ः शोध परिचय
ख) परिच्छेद दुई ः कथाकार मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व 
ग) परिच्छेद तीन ः पोखरेलको कथायात्रा र मूल प्रवृत्ति
घ) परिच्छेद चारः  कथा तत्वका आधारमा ‘सन्त्रस्त आँखाहरुका’ कथाहरुको विश्लेषण  
ङ) परिच्छेद पाँच ः निष्कर्ष

परिच्छेद – दुई
मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व
२.१ विषय प्रवेश
प्रस्तुत सन्त्रस्त आँखाहरु कथा सङ्ग्रह पुरुष प्रधान समाजको नारी उत्पीडन होस वा शोषणको प्रमुख हतियार बनाइएको धर्मका नाउंमा घोकाइने नियति, पुर्वजन्म जस्ता हतियार हुन् – समाजलाई अघि बढ्नबाट रोक्न खोज्ने मनोवैज्ञानिक हतियारहरु यिनै हुन् भन्ने कुरालाइ सर्वसाधारण जनताका मानसपटलमा स्पस्ट झल्काउन खोजिएको कथा सङ्ग्रह हो ।
२.२ जीवनी र व्यक्तित्व
कुनै पनि व्यक्तिको पहिचान भनेको उसको नाम नै हो । मानिस सर्वगुणले सम्पन्न भए पनि यदि उसको नाम खुल्न नसेको खण्डमा त्यस व्यक्तिलाई कसैले पनि चिन्न सक्दैन । प्रस्तुत सन्त्रस्त आँखाहरु कथा सङ्ग्रह कसको हो भनी पहिचान गराउनको लागि यस सङ्ग्रहका लेखक मातृका पोखरेलको सामान्य जीवनी र व्यक्तित्वलाई यहाँ प्रस्तुत गरिएको छ ।
२.२.१ जन्म र जन्म स्थान
कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा नं ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । पिता नन्दलाल पोखरेल तथा माता सीतादेवी पोखरेलको जेठो सन्तानको रूपमा उनको जन्म भएको थियो । उनका पिता ज्योतिष विद्यामा पारङ्गत थिए । पिताको शान्त स्वभाव र गम्भीर तथा सरल हृदयकी कुशल गृहणी माताबाट आपूmले यथोचित माया, ममता र प्रभाव ग्रहण गरेको कथाकार बताउछन् । उनकी श्रीमतीको नाम अञ्जु न्यौपाने र छोराको नाम प्रसुन पोखरेल हो (शोध नायकबाट प्राप्त जानकारीअनुसार) ।
२.२.२ बाल्यकाल 
मातृका पोखरेलको बाल्यकाल आफ्नो जन्मस्थान उदयपुर जिल्लाको प्राकृतिक वातावरणमा घुलमिल हँुदै बितेको देखिन्छ । उनी मध्यम वर्गीय ब्राह्मण वंशमा जन्मिएका हुन् । बाल्यकालमा उनी आफ्नो जन्मथलोका विभिन्न प्राकृतिक वस्तुको सौन्दर्य पानमा रमाउने तथा चञ्चले नभई गम्भीर स्वभावको रहेको कुरा उनी स्वयम् बताउँछन् (पूर्ववत्) ।
२.२.३  शिक्षादीक्षा
मातृका पोखरेलको प्राथमिक शिक्षा आफ्नै गाउँको स्थानीय विद्यालयबाटै भएको थियोे । उनले कक्षा ७ सम्म महेन्द्र रत्न नि.मा.वि. रूपाटारमा पढे । त्यसैगरी कक्षा ८ पञ्चावती मा.वि. उदयपुरगढीबाट उत्तीेर्ण गरेका थिए भने कक्षा ९ भानुभक्त मेमोरियल काठमाडौंबाट अनि कक्षा १० त्रिवेणी मा.वि. कटारी, उदयपुरबाट उत्तीेर्ण गरेका थिए । उनले बिराटनगरको आदर्श बहुमुखी  क्याम्पसबाट आई.ए. तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट बी.ए. अनि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा बी.एड. र एम.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् (पूर्ववत्) ।
२.२.४  साहित्य लेखनको प्रेरणा 
आम मानिसहरूमा भैmँ कथाकार मातृका पोखरेलमा पनि विद्यार्थी जीवनदेखि साहित्यतर्फको आकर्षण बढेको पाइन्छ । विद्यार्थी कालदेखि नै उनी कथा, कविता, गजल आदि लेखन र वाचनमा रुचि राख्दथे । त्यसमा पनि अझ उनको पिताको संस्कृत साहित्यको विद्वता, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरूको कथा वाचनको स्वर माधुर्यमा रमाउन पाउदा सच्चा आनन्दानुभूति हुने गरेको र यसबाट साहित्य सिर्जनामा अग्रसर भएको कुरा उनी बताउछन् । साथै आधुनिक साहित्यमा पाइला चाल्नुमा आफ्नै मामा मोहिनी अधिकारीको संस्कृत साहित्यबाट पनि प्रशस्त टेवा पुगेको उनी स्वीकार्छन् त्यस्तै पछिल्लो चरणमा कविता विधामा आपूmलाई स्थापित गरिसकेपछि कथासङ्ग्रहको प्रकाशनका लागि मित्रलाल पंज्ञानी र हरि गोविन्द लुइटेलको सुझावले ऊर्जा प्राप्त गरेको स्वयम् बताउँछन् ।
“विशेषतः नेपाली युवाहरूले प्रस्तुत गरेको त्याग, बलिदान र सौर्यका ती घटनाहरू मेरा लागि निकै प्रेरणादायी रहेका छन्” (पोखरेल, २०६७) । उल्लिखित विभिन्न कुराबाट उनी साहित्य लेखनतर्फ आकर्षित भएको पाइन्छ ।


२.२.५ प्रकाशित कृति तथा फुटकर रचना
सूर्य उदाऊ अब (२०४५) (समीक्षा साप्ताहिक) फुटकर कविताबाट साहित्यका क्षेत्रमा देखा परेका पोखरेलका हालसम्म यी कृतिहरू प्रकाशित छन ः
१. सेतो दरबारको छेउबाट  ( कवितासङ्ग्रह) २०५७ ।
२. यात्राको एउटा दृश्य  (कवितासङ्ग्रह) २०६० ।
३. सन्त्रस्त आँखाहरू  (कथासङ्ग्रह) २०६१ ।
४. अनुहारहरू  (कवितासङ्ग्रह ) २०६४ ।
५. घाम झुल्किनु अघि  (कथासङ्ग्रह ) २०६७ । 
२.२.६ रुचि
कुनै पनि व्यक्तिको भित्री अन्तर मनबाट प्रस्फुटन हुने इच्छित मनको चाहनालाई रुचि भनिन्छ । जुन  मानिसअनुसार फरक–फरक हुन्छ । पारिवारिक एवं सामाजिक वातावरणले यसलाई प्रभाव पार्दछ । तिनै विभिन्न व्यक्तित्व मध्येका एक साहित्यकार मातृका पोखरेलका मनपर्ने नेपाली साहित्यिक व्यक्तित्वहरूमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, पारिजात, गोकुल जोशी, केवलपुरे किसान र युद्धप्रसाद मिश्र आदि रहेका छन् भने विदेशी साहित्यकारहरूमा म्याक्सिम गोर्की, पे्रमचन्द, लुसुन आदि रहेका छन् । उनलाई मन पर्ने रङ खैरो हो भने खानामा माछाका परिकार मन पराउँछन् । पोखरेलको अम्मल भनेको चिया हो । साथै उनलाई नयाँ नयाँ ठाउँको यात्रा गर्न पाउँदा बडो आनन्द  लाग्ने गर्दछ । उनको भविष्यको इच्छा भनेको समाज परिवर्तनका लागि साहित्यिक र गैर साहित्यिक क्षेत्रबाट अधिकतम भूमिका निर्वाह गर्ने रहेको छ  (पूर्ववत्) ।



२.२.७ संलग्नता
कथाकार मातृका पोखरेल सरकारी जागिरेका रूपमा वि.स. २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरण काठमाडाँैमा वरिष्ठ सहायक पदमा कार्यरत छन् । यसका अतिरिक्त विभिन्न साहित्यिक तथा गैर साहित्यिक क्षेत्रमा पनि संलग्न रहेका छन् । उनका संलग्नताका क्षेत्रहरू निम्न देखिन्छन् ः
(क) एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ   — उपाध्यक्ष 
(ख) नेपाली साहित्यिक पत्रकार सङ्घ                 — उपाध्यक्ष 
(ग) लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपाल    — सचिव 
(घ) पारिजात स्मृति केन्द्र                   — सदस्य सचिव 
(ङ) रमेश विकल साहित्यिक प्रतिष्ठान    — कार्य समिति सदस्य 
(च) साहित्य सदन नेपाल              — कार्य समिति सदस्य 
(छ) प्रतिभा प्रवाह             — सल्लाहाकार 
(ज) किरात एकेडेमी नेपाल     — सल्लाहकार 
(झ) वेदना साहित्यिक त्रैमासिक      — सम्पादक 
(ञ) ज्योति साहित्यिक त्रैमासिक     — कार्यकारी सम्पादक 
२.२.८ सम्मान तथा पुरस्कार 
साहित्य रचना गर्ने क्रममा पोखरेलले कथा र कविता दुबै विधामा कलम चलाएका छन् । यस वापत उनलाई विभिन्न संघसंस्थाबाट पुरस्कार तथा सम्मान दिइएका छन् जुन यस प्रकार छन् ः
(क) स्रष्टा सम्मान, (२०६१) गम्भीरबहादुर थापा प्रतिष्ठान, उदयपुर ।
(ख) धवलागिरी साहित्य प्रतिष्ठान बाग्लुङद्वारा काजी रोशन साहित्य पुरस्कार (२०६४) ।



२.३  पोखरेलको व्यक्तित्व 
कुनै पनि व्यक्तिको कार्यकलाप तथा मनोभावना अनुरुप व्यक्तित्व निर्माण हुन्छ । व्यक्तिमा निहित गुणले व्यैक्तिक व्यक्तित्व प्रस्तुत गर्दछ भने सीर्जनशील एवं सामाजिक कार्यका उच्चताले सार्वजनिक व्यक्तित्व प्रस्तुत गर्दछ । यी दुवै व्यक्तित्वका धनी मातृका पोखरेलको व्यक्तित्वलाई साहित्यिक व्यक्तित्व र साहित्य इतर व्यक्तित्व गरी हेरिन्छ ः
२.३.१  साहित्यिक व्यक्तित्व
  साहित्यकार पोखरेल नेपाल र नेपालीप्रति अघाद आस्था र विश्वास राख्ने व्यक्तित्व हुन् । जसको साहित्यिक व्यक्तित्वअन्तर्गत कथाकार व्यक्तित्व, कवि व्यक्तित्व र सम्पादक व्यक्तित्व देखा पर्दछ ।
२.३.१.(क)   कथाकार व्यक्तित्व
    नेपाली साहित्यको कथा विधामा कलम चलाउने कथाकारहरूको पङ्क्तिमा पोखरेल पनि पर्दछन् । पोखरेलको सन्त्रस्त आँखाहरू (२०६१) र घाम झुल्किनु अघि (२०६७) नामक दुई कथासङ्ग्रहहरू प्रकाशित छन् । उनका यी कथासङ्ग्रहका कथाहरूले नेपाली कथाका क्षेत्रमा आफ्नो छुट्टै स्थान राखेको पाइन्छ । मानवीय संवेदनालाई सम्बोधन नगरिएका कथा  कथा नै हुदैनन् भन्ने मान्यता अङ्गाल्ने पोखरेलले वर्तमान जीवनको भोगाईबाट प्राप्त अनुभूतिलाई कथामा उतारेको पाइन्छ । रुढिवादी परम्पराले थिचेको मानवजीवनका पीडाहरू कथामा पोख्नु, द्वन्द्वबाट ध्वंशित मानवीय मूल्य संवेदना देखाउनु, नयाँ क्रान्तिको भावना जन्मनु पर्नेजस्ता कुराहरू उनका कथाहरूले विशेषताका रूपमा आपूmमा अन्तर्निहित गरेका छन् ।
२.३.१.(ख) कवि व्यक्तित्व
मातृका पोखरेलले कविता विधामा पनि कलम चलाएको पाइन्छ । उनको प्रथम प्रकाशित रचना सूर्य उदाऊ अब (कविता), समीक्षा साप्ताहिक २०४५ मा प्रकाशित भएको थियो । त्यसपछि कविता लेखनको प्रक्रियालाई अगाडि बढाउँदै जाँदा सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह) २०५७, यात्राको एउटा दृश्य (कवितासङ्ग्रह) २०६०, अनुहारहरू (कवितासङ्ग्रह) २०६४ गरी त्ािनवटा कवितासङ्ग्रहहरू प्रकाशित गरिसकेका छन् । यी कवितासङ्ग्रहभित्रका कविताहरूले पोखरेलमा रहेको कवि व्यक्तित्वलाई उजागर गरेको पाइन्छ । यी सङ्ग्रहका कविताले पनि मानवजीवनका विविध समस्याहरूलाई टिप्दै नेपाली साहित्यका फाँटमा आपूmलाई स्थापित गर्ने कोसिस पोखरेलले गरेका छन् ।
२.३.१.(ग) सम्पादक व्यक्तित्व
भाषा र साहित्यको विकासमा टेवा पु¥याउने उद्देश्यले कथाकार पोखरेल साहित्य सिर्जनाका अतिरिक्त विभिन्न पत्र–पत्रिकाको सम्पादन पनि गरिरहेका छन् । उनले आफ्नो जागिरे जीवनसँग सँगै विद्युतप्राधिकरणका साहित्यप्रेमी सहकर्मीहरूसँग मिलेर ज्योति साहित्यिक त्रैमासिक पत्रिका पनि निकालेका र त्यसको कार्यकारी सम्पादक भई काम गरिरहेका छन् यसका अतिरिक्त विविध क्षेत्रमा आफ्नो सम्पादक व्यत्तित्व प्रदर्शन गरेका छन्, जुन यस प्रकार छन् ः
(क)  प्रलेश  (प्रगतिशील लेखक सङ्घको मुख पत्र)   — सम्पादक ।
(ख)  नागार्जुन  साहित्य त्रैमासिक   — (गणतन्त्र कविता विशेषाङ्क) को अतिथि सम्पादक ।
(ग)  आलेखन  साहित्यक पत्रिका (नेपाल साहित्यिक पत्रकार सङ्घ) को मुखपत्रको      — सम्पादन ।
(घ)  विकल स्मारिका  (२०६८) (रमेश विकल साहित्य प्रतिष्ठान) मुखपत्रको           — सम्पादन ।
(ङ)  वेदना  साहित्यिक त्रैमासिकको       —  सम्पादक ।
(च)  विजय शब्द बिम्ब  पत्रिकाको    — सम्पादक ।
          माथि उल्लिखित कुराहरूबाट उनको सम्पादक व्यक्तित्व झल्किन्छ ।
२.३.२.  साहित्येतर व्यक्तित्व
साहित्यकार मातृका पोखरेलले साहित्यका अतिरिक्त अन्य क्षेत्रमा पनि आफ्नो व्यक्तित्व प्रदर्शन गरेका छन् । जसलाई तल यसरी प्रस्तुत गरिएको छ ।


२.३.२.(क) पारिवारिक व्यक्तित्व
कथाकार मातृका पोखरेल साथीभाइ नातागोता, इष्टमित्र, बाबुआमा सबैसँग सँधैभरी सहयोगी भावना लिएर अघि बढ्ने, सबैसँग हाँसिखुसि रहने र सवैले हृदयदेखि नै चाहेका उदार हृदयका व्यक्तित्व हुन् । उनी गोरा वर्णका, मोटो जीउडालका, तिलचामले कपाल भएका र अन्दनजी ५ फिट ५ इन्च उचाई भएका व्यक्ति हुन् ।
२.३.२.(ख) राजनीतिक व्यक्तित्व
मानव कुनै न कुनै विचारधाराबाट प्रभावित हुन्छ । सोही बमोजिम कथाकार मातृका पोखरेल पनि कम्युनिष्ट विचारधाराबाट प्रभावित देखिन्छन् । उनी वि.स.२०४४ साल देखि उक्त विचारधाराबाट अगाडि बढ्दै विभिन्न ठाउँमा पार्टीगत उपस्थिति जनाउँदै वि. स. २०६० सालमा सम्पन्न प्रगतिशिल लेखक सङ्घको छैटौं राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्ष पदमा निर्वाचित तथा अन्य विभिन्न जिम्मेवारी बहन गर्दै कम्युनिष्ट विचार धाराअनुरूप हाल एकीकृत नेकपा (माओवादी) पार्टीसँंग सम्बद्ध भई आफ्नो जीवन अगाडि बढाइरहेका छन् । यसबाट उनमा राजनीतिक व्यक्तित्व पनि उत्तिकै रहेको बुझिन्छ ।
२.३.२ (ग) जागिरे व्यक्तित्व
कथाकार मातृका पोखरेल जीवनयापनको लागि वि.स. २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरणमा करारमा नियुक्त भई वि.स. २०५५ देखि स्थायी नियुक्ति पाई हालसम्म वरिष्ठ सहायक पदमा काठमाडौंमा कार्यरत छन् । 
२.४ कथाकार मातृका पोखरेलको जीवनी र कथालेखनबीचको सम्बन्ध ः–
कथाकार मातृका पोखरेलको जन्म उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स.४ अन्तर्गत पर्ने थामखर्क भन्ने ठाउँमा वि.स. २०२३ साल असार ९ गते भएको थियो । पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको जेठो सन्तानको रूपमा उनको जन्म भएको थियो । मातृका पोखरेलका ७ जना भाइ र ५ जना दिदीबहिनीहरू छन् । सरकारी विद्यालयबाट साउँ अक्षर श्रीगणेश गरेका पोखरेलले त्यही विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे र कक्षा ७ सम्म महेन्द्र रत्न नि.मा.वि. रूपाटारमा अध्ययन गरे भने कक्षा ८ पञ्चावती मा.वि. उदयपुरगढीबाट उत्तीर्ण गरी कक्षा ९ भानुभक्त मेमोरियल काठमाडांैबाट पास गरी कक्षा १० त्रिवेणी मा.वि. कटारी, उदयपुरबाट उत्तीर्ण गरेका हुन् । उनी पुनः अध्ययनको सिलसिलामा बिराटनगर गई त्यहाँको आदर्श बहुमुखी क्याम्पसबाट आई.ए. उत्तीर्ण गर्दै अझ अध्ययनलाई अगाडि बढाउन र आजीविकालाई सहज गर्न काठमाडांै आई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा बी.ए., बी.एड.र एम.ए. सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् ।
कर्मलाई आफ्नो भविष्य सम्झने कथाकार पोखरेल वि.स. २०४६ देखि विद्युतप्राधिकरणमा कार्यरत छन् । आफ्नो कार्यालय र त्यससँग सम्बन्धित आफ्नो जिम्मेवारीलाई तन, मन र वचनले दत्त चित्त भई पूरा गर्न लागिपरेका कथाकारले जीवनका तीतामीठा अनुभवहरूलाई कथामा प्रस्तुत गरेका छन् । उनले विशेषगरी “सन्त्रस्त आँखाहरु” (२०६१) कथासङ्ग्रहमा माओवादी जनयुद्ध र यसका सकारात्मक नकारात्मक पक्षहरूलाई कथात्मक बान्कीमा प्रस्तुत गर्दै आन्दोलनका क्रममा आपूmले देखे भोगेका पीडाहरूलाई बढो यथार्थपरक ढङ्गले पस्किएका छन् । युद्धकालमा देशमा विभिन्न ठाउँहरूको भ्रमण गरी त्यहाँको स्थानीय परिवेशम देखा परेका समस्याहरू मात्र नभई पार्टी भित्रको घुसखोरी, भ्रष्ट विचार धाराका मानिसहरूको राजनीतिक विचारधारा, तिनको असली व्यवहार आदिको पर्दाफास गर्न कथाकार खप्पिस देखिन्छन् ।
समाजसेवामा रमाउने मातृका पोखरेल आफ्ना लेख, रचना र साहित्यिक गोष्ठी, कार्यशाला आदिमा समाज रूपान्तरण, र आर्थिक संवृद्धिको मार्गमा मुलुकलाई डो¥याउनु पर्ने मत राख्दछन् । उनको परिवारमा एक श्रीमती अञ्जु न्यौपाने तथा एक छोरा प्रसुन पोखरेल रहेका छन् ।
कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनको घनिष्ठ सम्बन्ध रहेको छ । पोखरेल जीवनको अनुभूतिहरूलाई आफ्नो कथा शिल्पमा उतार्न रुचि राख्ने कथाकार हुन् । मूलतः कथा साहित्यमा बेग्लै चिनारी र स्थान बनाउँदै गएका पोखरेलले आफ्ना जीवन भोगाइका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । “सन्त्रस्त आँखाहरु” अर्थात् डर र भएबाट त्रसित आँखाहरु हुन् भन्ने आभाष दिने शव्दाबली हो । जसले यहाँ बेलुकी सुतेको मानिस बिहान उठ्न पाउने हो वा होइनडर, सन्त्रासमा जीवन व्ययतित गरिरहेको, विना गल्ती पनि मृत्युको शिकार बन्न पुगेका मानिसहरुको तीतो यथार्थलार्ई देखाएको छ । माओवादी जनयुद्धका क्रममा भएका नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेशलाई कथाको आधार बिन्दु बनाएका छन् । पोखरेलका कथाहरू यथार्थवादी छन् । उनले राष्ट्रमा भएको घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृक्ति, राष्ट्रप्रति घट्दै गएको सदाशय सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्रप्रेमजस्ता भावना पोखरेलका कथामा मुखरित भएका छन् । पोखरेल सामाजिक यथार्थवादमा टेकेर कथा लेख्ने कथाकार हुन् । कथाकार पोखरेल जनयुद्धका समयमा देशका जुनजुन ठाउँमा पुग्दछन्, त्यहाँ भएका विकृति र विसङ्गतिलाई आफ्नो कथामा उतार्न रुचाउँछन् । मातृका पोखरेलको कथा लेखनको विजबिन्दु भन्नु उनमा रहेको नेपाल र नेपालीहरूप्रतिको अगाध माया नै हो । विकसित देशहरूमा भएका मानवीय व्यवहारबाट प्रभावित भएका कथाकार पोखरेल देश भक्ति, मानवीय जीवन, धनी र गरिब बीचको खाल्डो, युद्धरहित समाजको अपेक्षा, भ्रष्टाचार, घुसखोरीजस्ता प्रवृत्तिमाथि  कथाका माध्यमबाट तीव्र आक्रोश पोख्दछन् । पोखरेलले देशको जनयुद्धकालमा देखापरेका विविध समस्या, युद्ध आतङ्कले आहात जनसमुदाय, युद्धको विभीषिका र यसबाट आम मानिसमा छाएको जीवनप्रतिको निराशालाई कथाको स्रोत बनाएका छन् ।
कथाकार मातृका पोखरेलले जीवन भोगाइहरूलाई सामाजिक यथार्थमा टेकेर प्रगतिवादी कथा सिर्जना गरेका छन् । कथाकार आफ्नो देशको जुन जुन ठाउँमा पुग्दछन् त्यस ठाउँको सामाजिक परिवेश, आर्थिक अवस्था, राजनीतिक अवस्थालाई कथामा उतारेका छन् । कथाकार जुन ठाउँमा पुग्दछन् त्यहाँ देखेका भोगेका जीवन शैली, मातृभूमिप्रतिको माया, प्रेममा बलिदान दिएको प्रसङ्ग आफ्नो कथामा समावेश गर्दछन् । यसरी मातृका पोखरेलले जीवनमा आपूmले देखेका, भोगेका, अनुभव गरेका घटनाहरूलाई कथामा उतारेकाले उनको जीवनीसँग कथा लेखनको नजिकको सम्बन्ध छ ।
२.५  निष्कर्ष
कथाकार मातृका पोखरेलको जन्म उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स.वडा नं ४ मा पर्ने थामखर्क भन्ने गाउँमा वि.स. २०२३ साल असार ९ गते भएको थियो । पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलका जेठो सन्तानका रूपमा उनको जन्म भएको थियो । मातृका पोखरेलका सातजना भाइ र पाँचजना दिदीबहिनीहरू छन् । सरकारी विद्यालयबाट साउँअक्षर सुरु गरेका पोखरेलले भानुभक्त मेमोरियल काठमाडौंबाट प्रवेशिका उत्तीर्ण गरेका हुन् । उनले बिराटनगरमा गई आदर्श बहुमुखी क्याम्पसबाट आई.ए. तथा पुनः काठमाडौं आई बी.ए., बी.एड. र एम.ए. सम्मको नेपाली विषयको औपचारिक अध्ययन पूरा गरेका छन् । साहित्य समाजको ऐना हो । वास्तवमा साहित्य के गर्ने भन्दा कसका लागि, कुन उद्देश्यका लागि, गर्ने भन्ने कुरा  महŒवपूर्ण हुन्छ । साहित्य केवल नामका लागि वा केवल कलाका लागि मात्र होइन समाजका लागि रचिन्छ । मातृका पोखरेल एक कर्मठ समाजवादी, इमानदार र राष्ट्रवादी व्यक्ति हुन् । उनले  नेपाली साहित्यमा कविता, कथा, गजलजस्ता कृतिहरू पाठकसामु पस्किसकेका छन् । कथाकार मातृका पोखरेल जीवन भोगाइका अनुभूतिहरूलाई आफ्नो लेखन शिल्पमा उतार्न रुचि राख्ने स्रष्टा हुन् । कथाकारलाई समाजमा कुरीति, अन्याय, अत्याचार, मान्छेमा बढ्दै गएको व्यक्तिवादी सोच र भ्रष्ट मानसिकताप्रति घोर आपत्ति छ । मूलतः मातृका पोखरेल यथार्थवादी साहित्यकार हुन् । यथार्थलाई पुष्टि गर्न कथाकार पोखरेलका कथामा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टाचार आदिजस्ता प्रकृतिहरू जुर्मुराएका छन् । नेपाली साहित्यमा उदाएका यी कथा सर्जकले केन्द्रमा मानवीय भावना, देशप्रेम, शान्तिको पक्षधरता र क्रान्तिको विरोध र प्रकृतिका सुपाच्य पक्षहरूलाई लेखन ठानेको प्रतित हुन्छ ।









परिच्छेद – तीन
    कथाकार पोखरेलको कथायात्रा र मूल प्रवृत्ति
३.१ पोखरेलको कथायात्रा   
वि.स. २०४४ सालमा समीक्षा साप्ताहिकमा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा पाइला चालेका पोखरेल हाल आधुनिक नेपाली कथाको समसामयिक धारामा समाजवादी यथार्थवादी प्रवृत्तिलाई आत्मासात् गर्दै अगाडि बढिरहेका छन् । उनले कथाका क्षेत्रमा सर्बप्रथम हरियो बत्ती नामक कथा साथी साहित्यिक द्वैमासिक पत्रिकामा वि.स. २०५२ सालमा प्रकाशित गरी आफ्नो कथाकार व्यक्तित्वलाई पाठकसामु राखेको पाइन्छ । हालसम्म उनका सन्त्रस्त आँखाहरू    (२०६१) र घाम झुल्किनु अघि (२०६७)  गरी दुईओटा कथासङ्ग्रह प्रकाशित भई सकेका छन् । मूलतः पोखरेलका  कथा यात्रालाई उपर्युक्त दुई सङ्ग्रहलाई आधार मानी यसरी विभाजन गरिन्छ ः  
(क) प्रथम चरण ( वि.स. २०६१ – २०६६ )
(ख) द्वितीय चरण ( वि.स. २०६७ – हालसम्म )
३.१.१ प्रथम चरण ( वि.स. २०६१ – २०६६ ) ः 
कथाकार पोखरेलले कथा क्षेत्रमा आफ्नो उपस्थिति साथी साहित्यिक मासिक पत्रिकामा वि.स. २०५२ सालमा हरियो बत्ती लघुकथा प्रकाशित गरी आरम्भ गरेको देखिन्छ । यस पश्चात् उनले विभिन्न कालखण्डमा विभिन्न कथाहरू रचना गरेका छन् । उनले यसरी रचना गरेका कथाहरूलाई सङ्ग्रहका रूपमा वि. स. २०६१ सालमा सन्त्रस्त आँखाहरू नाममा प्रकाशित गरेका छन् । उनको यस सङ्ग्रहलाई आधार मानेर प्रथम चरण निर्धारण गरिएको छ । पोखरेलको यस सङ्ग्रहमा बाह्रओटा कथाहरू रहेका छन् । उनको प्रस्तुत सङ्ग्रहभित्रका कथाहरूमा हाम्रै देशका विभिन्न ठाउँ र समयमा घटेका घटनाहरूलाई कथात्मक वान्कीका माध्यमद्वारा पाठकसामु पस्किई समाजमा विद्यमान विकृति, विसङ्गति र कुव्यवस्थाका जालोलाई हटाई समुन्नत समाज निर्माणको दिशामा लाग्नु पर्ने भावहरू राखेको पाइन्छ । 
उनको यस सङ्ग्रहमा ‘एउटा नयाँ यात्रा’, ‘छोराको भाग्य’, ‘निर्णय’, ‘पश्चिमतिर’, ‘हरियो बत्ती’, ‘सन्त्रस्त आँखाहरू’, ‘अविश्वासको प्रस्ताव’, ‘चुनावको मौसम’, ‘फुटपाथ’, ‘म यसरी फर्किएँ’, ‘हुलिया’, ‘परिचित अभिनय’ रहेका छन् । पोखरेलका उपर्युक्त कथाहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्दा कथाहरूले  हाम्रो समाजका यथार्थ घटनाहरूलाई उठाएका छन् । ती कथामा नारीवादी चेतना, वर्गीय द्वन्द्व, राजनीतिज्ञहरूको झुठको खेतीको पर्दाफास, सर्बसाधारण जनताका पीडा, व्यथा र वेदनाका चित्कारहरूलाई जस्ताको त्यस्तै रूपमा उठाइएको पाइन्छ । समग्रमा पोखरेलको यस चरणको मूल प्रवृत्तिका रूपमा प्रगतिवादी, अस्तित्ववादी, विसङ्गतिवादी, नारी समस्या, रुढिवादी, ऐतिहासिक, मनोवैज्ञानिक, यथार्थवादी, स्वच्छन्दतावादी, आलोचनात्मक यथार्थवादी आदि रहेको देखिन्छ । पोखरलले समाजमा रहेका गरिब, निमुखा, निर्दोष, असाहय र दयनीय अवस्थामा आफ्नो जीवन बिताउनु परेको बाध्यता भएका व्यक्तिहरूको पक्षमा रहेर कथा लेखेका छन् । अन्ततः यसै समाजमा रहेका जीवन्त समस्यालाई जस्ताको त्यस्तै टिपेर कल्पनाको सहायताले कथात्मक तन्तुमा उनी सुन्दर, सहज र हृदयस्पर्शी कथाको रचना गर्न सफल समसामयिक धाराका समाजवादी यथार्थवादी कथाकारका रूपमा आफ्नो परिचय दिन उनी सफल छन् ।
३.१.२ द्वितीय चरण (वि.स. २०६७ – हालसम्म)
वि.स. २०६७ सालमा  पन्ध्रओटा समसामयिक विषयवस्तुले ओतप्रोत कथाहरूको सङ्ग्रह घाम झुल्किनु अघि पोखरेलले आफ्नो कथायात्राको दोस्रो चरणको सुरुवात गरेका छन् । उनको प्रस्तुत सङ्ग्रहमा  आधारित भएर उनको यस चरणका प्रवृत्तिगत विशेषताहरू पहिल्याइएको छ । उनको यस सङ्ग्रहमा पनि समाजका जल्दाबल्दा विषयवस्तुलाई उठान गरिएको छ । विशेष गरी एकीकृत नेपाल कम्न्युष्ट पार्टी (माओवादी) को तथाकथित द्वन्द्व र यसबाट पीडित जनसमुदायका युद्धजन्य विभीषिका र यसको नकारात्मक पाटाहरूलाई उठाउँदै युद्धको विरोध र शान्तिको चहाना पाठकसामु पेश गर्नु नै यस सङ्ग्रहको मूल आशय देखिन्छ ।
कथाकार पोखरेलले जीवन भोगाइका क्रममा देखेभोगेका समस्याहरूलाई अर्थात् सामाजिक यथार्थमा टेकेर प्रगतिवादी कथाका रचनाको माध्यामबाट पाठकमा चेतनाका दीप बाल्ने प्रयत्न गरेका छन् । उनको यस चरणको घाम झुल्किनु अघि कथा सङ्ग्रहमा पन्ध्रओटा कथाहरू छन् । जसले नेपालको राजनीतिक क्रान्ति, सामाजिक अवस्थाभित्रका कुरीति, कुसंस्कार, विकृति, विसङ्गति आदिलाई देखाउँदै यसमा सुधारको अपेक्षा राखेको पाइन्छ । 
निश्कर्षमा पोखरेलले आफ्नो पुरानै कथा लेखनको धारालाई समातेर अघि बढेको पाइन्छ । उनको दोस्रो चरणका कथाहरूमा पनि  समाजका यथार्थ समस्याहरूको चित्रण पाइन्छ । जसले उनलाई समाजवादी यथार्थवादी कथाकारका रूपमा आधुनिक नेपाली कथाको समसामयिक धाराका एक हस्तीका रूपमा उभ्याएको छ । पोखरेलको यसै चरणमा कौशिक द्वैमासिक साहित्यिक (२०६८, अङ्क–२, पूर्णाङ्क–४८, वर्ष–११) मा उज्यालोको प्रतीक्षा, थवाङ हेर्ने रहर, मुक्तिनगर, बाढीको आवाज जस्ता चार कथाहरू प्रकाशित गरी आफ्नो यस क्षेत्रको सक्रियतालाई अगाडि बढाइरहेका छन् । उनले नेपाली कथाको समसामयिक धारालाई थप उचाईमा पु¥याउन आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरिरहेका छन् । उनका पछिल्ला उपर्युक्त कथाले पनि नेपाली समाजका कथा व्यथालाई जस्ताको त्यस्तै टिपेर समाजको यथार्थ चित्रण गरेकाले उनलाई समाजवादी यथार्थवादी धारामै कलम चलाउने कथाकार भनी उल्लेख गर्न सजिलो भएको छ ।  
३.२ पोखरेलको कथागत मूल प्रवृत्तिको अध्ययन   
कथाकार मातृका पोखरेल (२०२३) सामाजिक यथार्थवादी कथाकारका रूपमा उदाएका छन् । उनको कथासङ्ग्रह सन्त्रस्त आँखाहरु (२०६१) भित्र बाह्रओटा कथाहरू रहेका छन् ।  मूलतः सन्त्रस्त आँखाहरु का कथाहरूमा नेपालको एकीकृत नेपाल कम्न्युष्ट पार्टी (माओवादी) को द्वन्द्वकालीन परिवेश, यसले सिर्जिएको युद्घजन्य कष्ट, आतङ्क, त्रासदीको प्रस्तुति पाइन्छ । नेपालको ए. नेकपा माओवादी द्वन्द्वका समयमा कम्युनिष्ट भनाउँदाहरू, उनीहरूको द्वैध चरित्र, कुकृत्य तथा तात्कालीन समयमा नेपाली सेना र माओवादी छापामारको निरङ्कुशताका सिकार भएका नेपालीहरूको यथार्थ चित्रण यहाँ गरिएको छ । साथै नेपाली समाजमा देखिएका शोषक र शोषितवर्गको व्यथा, प्रथाका नाममा रहेको दाइजो जस्तो कुप्रथाको पीडा, समाजका ठालु भनाउँदाहरूले गाउँलेहरूलाई दिने झुटो आश्वासनका कारण सहरमा आई भौतारिएका, ऋणमा डुबेका र अन्ततः बेरोजगारका सिकार भएका युवा पिँढीका बेदनाहरू, पञ्चायत कालीन सामान्तहरू आज पनि समाजका विभिन्न तह र तप्कामा रही आफ्नो धाक र रवाफ देखाउँदै गरेको यथार्थको चित्रण, सोझा इमान्दार, कर्मठ नेपालीहरूमा चेतनाको लहर आउदा हेपाहा र पेलाहा प्रवृत्तिको अन्त्य हुने भावका साथै पैसाका पछि दगुर्ने आजका मानिसको धन लोलुपतालाई यस सङ्ग्रहका कथाहरूले जस्ताको त्यस्तै चित्रण गरेका छन् । समग्रमा कथाकार  मातृका पोखरेल यथार्थवादी कथाकार हुन् । उनका कथाहरूमा यथार्थवादी भित्रका मानवतावाद, देशप्रेम, प्रकृतिचित्रण, सामाजिक, साँस्कृतिक पक्षको स्वभविक चित्रण जस्ता पक्षहरू जुर्मुराएका छन् । सन्त्रस्त आँखाहरु कथासङ्ग्रहभित्र विभिन्न वाद र सिद्धान्तका विविध पक्षहरू रहेकाले पोखरेलको यस कथासङ्ग्रहको अध्ययन विश्लेषण पछि उनको कथाका प्रवृत्तिगत विशेषताहरू निम्नलिखित रूपमा निक्र्यौल गर्न सकिन्छ ।
३.२.१ सामाजिक यथार्थवादी कथाकार 
कथाकर मातृका पोखरेलले आफ्ना धेरै जसो कथाको विषयवस्तु समाजबाट टिप्ने गरेका छन् । खासगरी उनका कथाहरूमा गाउँले जीवनमा आई पर्ने वर्गीय असमानता, समस्या, त्यसको सिर्जना गरेको गरिबी, पीडा, चित्कारलाई कथामा जस्ताको त्यस्तै प्रस्तुत गरेका छन् । यसका साथै पोखरेलका कथाहरूमा सहरिया परिवेशमा देखिएका विकृति, विसङ्गति र आडम्बरलाई पनि कथामा यथार्थ रूपमा प्रस्तुत गरेका छन् । सामाजिक यथार्थतालाई नसमेटिएका कुनै कथा पनि मातृका पोखरेलको छैनन् । युगीन परिवेश, मानवीय सङ्कट, राजनैतिक विकृति, आर्थिक असमानता, शोषण, अन्याय, अत्याचार, आडम्बर, नारी शोषणजस्ता यथार्थतालाई समेटेका पोखरेलका मूल प्रवृत्ति सामाजिक यथार्थवाद हो । उनका एउटा नयाँ यात्रा, छोराको भाग्य, निर्णय, पस्चिमतिर, परिचित अभिनय, सन्त्रस्त आँखाहरु जस्ता सन्त्रस्त आँखाहरु कथासङ्ग्रहका कथाले सामाजिक यथार्थलाई उद्घाटन गरेका छन् । उनको छोराको भाग्य कथामा समाजका शोषकवर्गले सर्वसाधारण, इमान्दार नेपालीहरूलाई आफ्नोमा काम   लगाउने तर मानवीय संवेदना पटक्कै नदेखाउने हाम्रै समाजका धनी र गरिवबीचको खाडललाई प्रस्ट रुपमा उद्घाटन गरेको छ । “धत् पाजी ! कहीँ तेरो र मेरो छोरो एउटै साइतमा जन्मन्छन ? रिसाहा अनुहार लगाएर मुखियाले रिठ्ठेलाई भने” (छोराको भाग्य पृ.२४) । यसरी छोरो जन्मिएको खुसियालीमा खुसि प्रकट गर्न जाँदा साहुले आफ्नो छोरो र गरिब कामदारको छोरोमा आकाश पातालको भिन्नता दोखाएको तीतो मर्म खेप्ने कामदारको यथार्थ चित्रण यहाँ छ । त्यस्तै पश्चिमतिर कथाले गल्ति नगर्नेलाई गलत सावित गरेर आफूचाहिं साधु बन्ने प्रवृति र माओवादी द्धन्दका कारण परिवारका सवै सदस्य गुमाईसक्दा पनि शान्तिसँग बस्न नपाएको पीडित वर्गीय जनताको सामाजिक समस्याको यथार्थ चित्रण पाइन्छ भने सन्त्रस्त आँखाहरु कथामा भारी बोकेर जीविकोपार्जन गर्नुपर्ने वर्गलाई आधुनिक सुख सुविधाको साधन मोटर गाडी चल्न थालेपछि आफ्नो रोजीरोटी खोसिने कुराको त्रास पैदा हुन्छ ।  परिचित अभिनय कथामा घुस खाएर नै भए पनि पैसा कमाएर समाजमा धाक, रबाफ, ढाढस अनि आडम्बर देखाउनुपर्ने विचारलाई यथार्थ रुपमा प्रस्तुत गरिएको छ । “यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमान्दारिता भन्ने कुरा त केवल गफ गर्ने विषय मात्र हो ।” (परिचित अभिनय पृ.९६)  यसका साथै यस सङ्ग्रहका अन्य प्रायः सबै कथामा एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी द्वन्द्व र यसले समाजमा पारेको असर अनि राजनीतिमा लागेका व्यक्तिहरुले देखाउने छलकपट र फुस्रो आडम्बरमा परेर नेपाली जनताले कस्तो दमन खप्नु परेको छ भन्ने कुराको तीतो अनुभवलाई छर्लङ्ग उतारिएको छ । समग्रमा भन्नुपर्दा पोखरेलका कुनै पनि कथा सामाजिक विषयवस्तु भन्दा पर पुगेका छैनन् । समाजमा देखिएका समस्या, विकृति, विसङ्गति, आडम्बर, अन्याय, अत्याचार, शोषण, दमनजस्ता कुरालाई छोएर नै पोखरेलले कथा लेख्ने गर्दछन् ।
३.२.२  आलोचनात्मक यथार्थवादी कथाकार ः
कथाकार मातृका पोखरेलको अर्को महŒवपूर्ण प्रवृत्ति आलोचनात्मक यथार्थवादी पनि हो । समाजमा देखिने युवा विकृति, आडम्बर, नारी विकृति, शोषण, अन्याय, अत्याचार, छाडा प्रवृत्ति, द्वन्द्वको पीडा जस्ता पक्षहरूमा पोखरेलले कथामार्पmत आलोचना व्यक्त गरेका छन् । समाजमा देखिएका विकृति, विसङ्गतिलाई यथार्थ रूपमा चित्रण गरेर त्यसमा आलोचना गर्दै सुधारको सन्देश पोखरेलले आफ्ना कथामा दिएका छन् । सामाजिक कुसंस्कारका रूपमा रहेको रुढिवादी प्रथा, आडम्बर आदिलाई कथाकारले आलोचना गरेका छन् । सामाजिक यथार्थलाई समेटेका धेरै कथाहरूमा आलोचनात्मक यथार्थवाद मिसिएर आएको छ । उनको कथामा ए. नेकपा माओवादीको युद्धकालीन परिवेश र त्यसबाट पीडित सामाजिक परिपाटीको आलोचना गरिएको छ । उनको सन्त्रस्त आँखाहरु कथासङ्ग्रहका छोराको भाग्य कथामा सामाजिक कुसंस्कारको विरोध गरिएको छ भने सन्त्रस्त आँखाहरु, परिचित अभिनय, हरियो बत्ती, फुटपाथ, हुलिया जस्ता कथामा सामाजिक जीवनमा देखिएका विकृति, विसङ्गति, रुढिवादी प्रवृत्ति, आर्थिक असमानता, स्वार्थी, धनलोलुपता लुच्याइँ, फटाइँ जस्ता समस्यालाई आलोचनात्मक रूपमा प्रस्तुत गरिएको छ । हरियो बत्ती, पश्चिमतिर, अविश्वास प्रस्ताव, चुनावको मौसम जस्ता कथाहरूमा नेपालको विशिष्ट कालखण्डमा ए. नेकपा माओवादीको नेतृत्वमा मुलुकमा सञ्चालित युद्धको प्रक्रिया, प्राप्ति, त्यसका भोक्ता र कर्ता अनि त्यो कालमा राज्य पक्षबाट भएका क्रुर ज्यादती र विद्रोही पक्षबाट भएका विसङ्गत पक्षहरूलाई समेत कथाकारले आलोचनात्मक रूपमा उठाएका छन् । मान्छेको सामाजिक जीवन भोगाइ, उत्तर आधुनिक उपभोक्तावादी संस्कृतिको धराप र यसमा फसेर पैसाका लागि निकृष्ट कर्मसमेत गर्न मान्छे पछि पर्दैन् भन्ने कटु यथार्थ यस सङ्ग्रहका कथामा पाइन्छ ।  साथै माओवादी अतिवादिताका कारण दिनभरिको कामको थकानले मध्यरातमा ओच्छ्यानमा निदाईरहेका अवस्थामा गोली हानी मृत्युदण्ड दिइएको विभत्स पक्षको चित्रण पनि यहाँ उल्लेख छ ।
समग्रमा सन्त्रस्त आँखाहरु सङ्ग्रहभित्रका कथामा सामाजिक व्यवस्था र युगीन परिवेशमा देखिएका विकृति, विसङ्गति, युद्ध, आतङ्क, अन्याय, अत्याचर, शोषण, दमन, शैक्षिक बेराजगार, मानवीय शून्यता, राजनीतिक फोहारी प्रतिस्पर्धाजस्ता खराब पक्षहरूको आलोचना गरिएको छ । समाजका यावत् समस्याहरूमा आलोचनात्मक यथार्थवादी दृष्टिकोण राखी लेखकले आफ्ना कथामा उत्कृष्टता थपेका छन् ।
३.२.३ प्रगतिवादी कथाकार 
समाजमा विद्यमान आर्थिक विषमतालाई मुख्य विषयवस्तुका रूपमा ग्रहण गरेर कथा लेख्ने पोखरेल प्रगतिवादी कथाकार पनि हुन् । उच्चवर्गद्वारा निम्नवर्गमाथि हुने शोषण, अन्याय, अत्याचारप्रति उनले कथामार्फत् विरोधको स्वर उरालेका छन् । समाजका कुप्रथाहरूको विरोध गर्नु र निम्नवर्गका मान्छेलाई माथि उठ्न उक्साउनु उनको प्रवृत्ति हो । उनले समाजमा नारीमाथि पुरुषले गर्ने शोषणलाई निकै राम्रोसँग देखाएका छन् । ग्रामीण जीवनमा व्यप्त कुरीति, कुसंस्कार र वर्गीय सोचलाई चिर्दै समानता र स्वतन्त्रताका पक्षमा कथामार्फत आवाज उठाएका हुनाले उनी प्रगतिवादी कथाकार हुन् । उनले कथामा प्रगतिवादी विभिन्न कोणबाट अगाडि सारेका छन् । उनको छोराको भाग्य कथामा सांस्कृतिक रूपमा अघि बढेको एउटै साइतमा जन्मिएर पनि धनी र गरिबको सन्तानको भाग्य एउटै हुँदैन भन्ने अन्धविस्वास प्रस्तुत गरिएको छ । पश्चिमतिर , परिचित अभिनय, चुनावको मौसम आदि कथाहरूले सामन्ति प्रवृत्तिका मानिसहरूको कुशासनका कारण पीडित निम्नवर्गीय समाजको कारुणिक अवस्थाको चित्रण गर्दै वर्गसङ्घर्ष गर्नुपर्ने र निम्नवर्गका मानिसहरू एकजुट भई सामन्तिका पर्खालहरू ढाल्नुपर्छ भन्ने प्रगतिवादी स्वरलाई कतै स्थापित नै गरेर छाडेका छन् त कतै यसो उठाएर मात्र छाडेका छन् । प्रगतिवादी विचारलाई स्थापित नै गरेका अविस्वास प्रस्ताव, म यसरी फर्किएं कथा मुख्य छन् । त्यसैगरी उठाएर मात्र छाडेका कथामा फुटपाथ र हरियो बत्ती मुख्य छन् । पोखरेल युगीन सन्दर्भ र समकालीन पीडाका अन्र्तद्रष्टाका रूपमा समेत देखा परेका छन् । यसैले उनी कतै जीवनबारे गम्भीर रूपमा चिन्तन गर्छन् कतै विभिन्न अवस्थाका मानिसहरूको मनोलोकभित्र विचरण गर्दछन् भने कतै समसामायिक रुग्ण राजनैतिक वातावरणले उब्जाएका मानवीय सङ्कटप्रति वितृष्ण प्रकट गर्दछन् । ए.नेकपा माओवादीको कथित जनयुद्धको पीडाले व्यथित नेपालीहरूको यथार्थ चित्रण पनि उनका कथामा पाइन्छ । त्यसैगरी सहरिया जीवनको तडकभडक भित्र पनि उनी अनेक विडम्बना र विसङ्गतिहरू देख्दछन् । उनका परिचित अभिनय, चुनावको मौसम आदि कथामा यस्ता प्रवृत्ति पाइन्छ ।
यसरी समसामायिक युगीन यथार्थलाई आफ्ना कथामा टिप्ने पोखरेलले आफ्ना कथामा वर्तमान अवस्थामा देखिएका युवा विकृति, सहरीया परिवेशमा विकसित आडम्बरी प्रवृत्ति, धनलोलुपता, सभ्रान्त वर्गमा देखिएको मूल्यह्रास, कम्युनिष्ट आन्दोलनका नाममा भएका आन्दोलनको सकारात्मक र नकारात्मक पक्षहरू, राजनीतिक सङ्कट, भ्रष्टाचार, दुराचार आदि कुरालाई देखाएका छन् । बढ्दो शैक्षिक बेरोजगार, दाइजो प्रथाको पीडा, कम्युनिष्ट आन्दोलनका नाममा भएका विसङ्गति आदिलाई पनि उनका कथाले कही न कही कुनै न कुनै रूपमा युगीन समस्याहरूलाई छोएका छन् ।
३.२.४ मानवतावादी कथाकार ः
कविता लेखनबाट कथातिर हात हालेकका मातृका पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) सङ्ग्रहका कथामा ए.नेकपा माआवादी युद्धबाट पीडित अनेक मानवीय वा मानवतावादी पक्षहरू उजागर भएका छन् । मानवतावादी संवेदनाले भरिएका सामाजिक यथार्थमा टेकेर वर्तमान युगका मानवजातिले निम्त्याएका हत्या, हिंसा, युद्ध आतङ्क, संस्कृतिमा भएका विसङ्गतिहरू, माया, पे्रम र प्रणय, दानवीय प्रवृत्तिले निम्त्याएका विस्थापितहरूको पीडा कथामा समेटिएको छ । आज हाम्रो देश संवेदनाहीन भइसकेको छ । हामीलाई कुनै पनि किसिमको घटना, समाचार वा दृश्यले छुन छाडेको छ । हाम्रै सामु एउटा मानिस कुनै व्यक्ति वा समूहको गोलीले भुटिन्छ, बेचिन्छ , मारिन्छ, कयौं बालबालिका बाबु आमा विहीन छन्, एउटी नारी, एउटी युवती यौन पिपाषुहरूको तृष्णा मेटाइ दिने साधन बन्न विवश छे, दाइजोका कारण सम्पत्तिको मोल नमिलेर यहाँ विवाह रोकिन्छ, मानिसहरूलाई विना पैसा पशुसरह काम लगाइन्छ । शोषण गरिन्छ, खर्चको अभावमा उनीहरू मृत्यु वरण गर्न पुग्छन्, धन सम्पत्तिलाई नाता सम्बन्धभन्दा सयांै गुणा टाढा सम्झने र अमानवीय प्रवृत्तिमा लीन मानिसको घुइचो बढेको छ , यी र यस्ता कयांै घटना देख्दा पनि हाम्रो मस्तिष्क आन्दोलित हुँदैन् । हाम्रो मुटुमा संवेदना जाग्दैन्, मानौ केही नहुने कुरा भएको छैन्, कुनै देख्नै नसकिने कुरा देखिएकै छैन भन्दै मानवतावादी भावनाको टड्कारो आवाज प्रस्तुत गरेका छन् पोखरेलले । हामी मानिस, मानिस नरहेर ढुङ्गो, मुढो जस्तो जड भइसकेका छाँै । त्यसैले केही दशक अघिसम्म एउटा फट्याङ्ग्रो मर्दा वा एउटा व्याधाले गुलेलीले सानो चरा मार्दा कहालिने हाम्रो मुटु भटाभट आखाँ सामु मान्छेको लास गिर्दा, रगतको खोलो बग्दा पनि किञ्चित हल्लिदैन किनभने प्राणीको कष्ट पीडा माथि संवेद्य हुन मान्छेको मुटु चाहिन्छ, आजका मानिस भित्रको मानवीय मुटु मरिसकेको छ । त्यसैले आफ्नोबाहेक अरु कसैको पनि पीडा, व्यथा, र वेदनाले हाम्रो संवेदनालाई उकास्न सक्दैन । पोखरेलले यस सङ्ग्रहका प्रायः सबै कथाहरूमा मानवतावादी दृष्टिकोण अघि बढाएका छन् । अझ सङ्ग्रहको प्रतिनिधि कथा सन्त्रस्त आँखाहरु कथामा मानवीय जिजीविषाको तीव्र उठान गरिएको छ । तर  आधुनिक यातायातको व्यवस्थाका कारण दैनिक ज्याला, मजदुरी गरेर खानेहरुको रोजीरोटीको कुनै पनि वास्ता नदेखाएको अवस्थाको कारुणिक चित्रण छ । समग्रमा हाम्रो समाजमा कथित युद्धले निम्त्याएका मानवीय जीवनका अप्ठ्याराहरू, बढ्दो अराजक, हिंसा, हत्या र लुटको प्रवृत्तिले गर्दा मानतावाद नै हराइ सकेको अवस्थामा छ । यसैले हामीमा मानिसको मुटु मरेर हिंस्रक पशुको दाह्रा पलाउन थालेको छ । अब कहीँ हामीमा मरिसकेको मानवतावादी भावना जगाउनका लागि बाँकी छ भने त्यो हो कला वा साहित्य र यसका संवाहक भनेका कलाकर्मी वा साहित्यकर्मी नै हुन सक्छन् भन्दै आफ्ना कथाका माध्यमबाट मानवतावादी भावनाको टड्कारो खाँचो पोखरेलले आंैल्याएका छन् । अन्ततः उनले यस सङ्ग्रहका कथाहरू मार्फत युद्ध आतङ्कले मानवीय जीवन खतरामा परेको उल्लेख गर्दै मानिसले मानिसलाई मानिसकै रूपमा हेरेर मानवीय व्यवहार गर्नु पर्दछ भन्ने मानवतावादी धारणा राखेका छन् ।
३.२.५ अस्तित्ववादी कथाकार ः
       मान्छेको जीवनका अनेकौं बाध्यता, विवशता, दुःख र पीडाहरुका विषयलाई लिएर कथा लेखिन्छ अनि आत्मसङ्घर्षका विभिन्न श्रृङ्खलामा मानिस पराजित हुन्छ तर पनि ऊ बाँचिरहेको छ र बाँच्न चाहन्छ भन्ने परिपोषित कथाहरु अस्तित्ववादी कथा हुन् । जतिसुकै असफल र दुःखको भुमरिमा जेलिएर भए पनि मानिस आफ्नो अस्तित्वको खोजी गर्दछ अनि यो निस्सार, निरर्थक भनिएको जीवनलाई स्वीकार्न बाध्य भएको देखाइन्छ भने यस्तो कथालाई अस्तित्ववादी कथा भनिन्छद । यिनै विषयवस्तुलाई आत्मसात गरेर आफ्ना कथाहरु प्रस्तुत गर्ने कथाकार पोखरेल अस्तित्ववादी कथकार हुन् । उनले आफ्ना कथामा अनेकौँ घुम्ति र मोड पार गर्दै समाजमा मालिसले आफ्नो अस्तित्व जोगाउनको लागि कस्तो सम्म काम गर्नुपर्दाेरहेछ भन्ने स्वर उराल्ने काम गरेका छन् । मानिसले अस्तित्व रक्षाका लागि गरेका पहललाई निरन्तरता दिनु उनको अस्तित्ववादी प्रवृत्ति हो । कथाकारले यस सङ्ग्रहको धेरैजसो कथामा अस्तित्वलाई महत्व दिएका छन् । “ऊ खोटाङतिरबाट आएकी हो र यहाँ कतै सानोतिनो काम गरेर छोरीहरु पालेर बसेकी छ ।” (एउटा नयाँ यात्रा, पृ. २२) पितृसतात्मक समाजमा रहेको पुरुषलाई दिईने मान्यतालाई तोड्ने क्रममा छोरा जन्माउन नसकेपछि छोरी पनि आफ्नै सन्तान हो भन्ने मान्यता प्रकट गर्दा पतिबाट बिछोड भएपछि एक्लो महिलाले ज्याला बुनी गरेर भए पनि आफ्ना छोरीहरुलाई पालेर आफू नारी हुनुको अस्तित्वलाई यहाँ प्रकट गरिएको छ । त्यस्तै समाजमा अनेकौँ दुःख, पीडा, बिडम्बना आदि आइपर्दा पनि आफ्नो अस्तित्वलाई जोगाउन मानिसले अनेकौँ प्रयत्न गर्दछ भन्ने कुरालाई कथाकारले जस्ताको तस्तै प्रस्तुत गरेका छन् । “मायादेबी काम गर्ने घरमा केटाहरुले प्रत्येक दिन उसलाई बलत्कार गर्दारहेछन् । प्रतिकार गर्दा टाउको र शरीरका विभिन्न भागमा पिटिंदो रहेछ । उनले टाउकोमा थुप्रै खतहरु देखाइन् ।” (म यसरी फर्किएँ, पृ. ८५)
अन्त्यमा पोखरेलका सँत्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहका सवै कथाहरुमा कतै न कतै अस्तित्व रक्षाका लागि गरिएका प्रयासलाई प्रस्तुत गरिएको छ । आफ्नो अस्तित्व रक्षाका लागि मानिसले जस्तोसुकै मूल्य चुकाउन पनि पछि पर्दैन भन्ने कुरालाई कथाकारले प्रस्तुत सङ्ग्रहका कथाहरुमा उतार्न भरमगदुर प्रयास गरेका छन् ।        
३.२.६  देशप्रेमी कथाकार
     कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहमा १२ वटा कथाहरू रहेका छन् । धेरै कथाहरूमा युद्धको परिणति र मानवीय संवेदनको सूक्ष्म विश्लेषण गरिएको छ । कथामा राष्ट्रियता, प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान भएका छन् । कथामा अन्य पक्षलाई ओझेल पारेर राष्ट्रियताको भाव पस्किएको छ । यस सङ्ग्रहका प्रायः सबै कथामा पोखरेलले देशप्रेमलाई महŒव दिएका छन् । “मैले त्यतिबेलासम्म काम गर्न अरबतिर नजाने निर्णय गरिसकेको थिएँ तर यो कुरा मैले रमेशलाई कसरी सुनाऊँ मलाई थाहा थियो, मेरो निर्णय सुनेर ऊ खुशी हुनेछ ।” ( म यसरी फर्किएँ, पृ. ८६) । देशमा भएको नयाँ क्रान्तिमा पनि समाज सुधारका लक्षण नदेख्दा कथाकार देशको भविष्यप्रति निराश बन्छन् । त्यस्तै देशमा माओवादी द्वन्द्वको चपेटामा पिल्सिएका निमुखा जनताहरूको व्यथा र वेदनाले देश रोइ रहेको छ भन्दै कथाकारले विभिन्न परिवेशबाट ग्रसित नेपाली समाजको चित्रण गर्दै त्यस्ता युद्धले देशलाई अधोगतितिर डो¥याउने र पतनोन्मुख बनाउने उल्लेख गर्दै युद्धको विरोध र शान्तिको पक्षमा वकालत गरेका छन् । “गुमाने ! गरिबको छोराछोरी पढेको पनि देखिनस्, गरेर खाएको पनि देख्न सकिनस्, यो अन्यायको फल पनि तैंले चाँडै भोग्नु पर्छ बुझिस, अब तिले र अमरेको रगतले विपनामा मात्र होइन सपनामा पनि तँलाई पिर्छ ।” (पस्चिमतिर, पृ,३९) । समाजका सामन्तिहरूले नेपाली समाजलाई जुम्राले रगत चुसेभैmँ आफ्नो वर्चस्व कायम गरेका र अब जनतामा चेतनाको दीप बल्न थालेको छ, सहेर बस्नु हँुदैन, सबै एक जुट भएर सबैखाले निरङ्कुशताको विरुद्ध धावा बोल्दै समृद्ध नेपालको निर्माण गर्नु पर्छ भन्ने देशप्रेमको भावना उनको “यिनीहरु त आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुन्छन् । यिनीहरुलाई ठूला मान्छे भन्ने हामी मूर्ख हौँ । यिनीहरु पद र पैसा भएपछि देश, समाज, पार्टी, सिद्धान्त केही पनि भन्दैनन् ।” (अविश्वास प्रस्ताव, पृ.६२) बाट पनि स्पष्ट हुन्छ । यसरी जनताको अगाडि जस्तोसुकै तानाशाहको केही पाइन नचल्ने बताउँदै जनता नै विकास निर्माणको मूल स्तम्भ भएको उनले बताएका छन् ।
उनका कथाहरूमा हाम्रो समाजका विभिन्न समस्याहरूको चित्रण छन् । मूलतः देशमा अमन चयन र शान्ति, सुरक्षाको प्रत्याभूति हुनु पर्ने, युद्धले कसैको पनि हित नगर्ने भएकोले युद्धको अन्त्य र शान्ति, समुन्नतिको चाहाना उनले राखेको पाइन्छ । नेपालको ग्रामीण समाजका कुरीति, कुसंस्कार, अन्धपरम्परादेखि सहरीया वातावरणको आडम्बर, धनको लालसा, मानवीय मूल्यको ह्रास, विकृति, विसङ्गति, नारी समस्या, बेरोजगारी तथा कथित जनयुद्ध र नयाँ नेपाल निर्माणका लागि भनिएको ए. नेकपा माओवादीको सशस्त्र द्वन्द्वले सिङ्गो नेपाल र सम्पूर्ण नेपालीहरूको भविष्य अन्योलपूर्ण भएको छ । उनीहरूको कम्युनिष्ट नारा मात्र भएको र व्यवहारमा त्यसले मूर्त रूप लिन नसकेको हुँदा समयमै त्यसप्रति सचेत भएर नेपालको छविलाई विश्वसामु उजिल्याउने काम गर्नु पर्छ भन्ने अभिमत उनका यस सङ्ग्रहका कथाहरूमा पाइन्छ । 
अन्त्यमा पोखरेलको सन्त्रस्त आँखाहरु कथासङ्ग्रहका सबै कथाहरूमा देशप्रेमको भाव कुनै न कुनै रूपमा रहेको छ । देशमा देखिएका विभिन्न समस्याको उद्घाटन गर्दै त्यसप्रति साङ्केतिक रूपमै भए पनि सुधारको सन्देश दिँदै उनले आपूmभित्र रहेको देश प्रेमको भावना सुन्दर, शान्त, समृद्ध र विशाल नेपालको चाहना राखेका छन् । तसर्थ उनको एक विशेषता देशप्रेमको प्रस्तुित दिने देशप्रेमी  कथाकार पनि हुन भन्न सकिन्छ । 
३.२.७ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति 
कथाकार मातृका पोखरेल सरल भाषाशैलीको प्रयोग गर्ने कथाकार हुन् । कथा साहित्यिक अभिव्यक्तिको सबैभन्दा सरल र प्रभावकारी माध्याम हो भन्ने धारणा राख्ने कथाकार पोखरेलले आफ्ना सबै कथामा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरेका छन् । सबै कथाहरू शिल्प र शैलीको नवीनतम प्रयोग र प्रस्तुतिका हिसाबले स्मरणीय रहेका छन् । उनका कथाहरूले आधुनिक जीवन शैलीमा भित्रिएका आडम्बरी र घट्दो मानवीय चरित्रमाथि मर्मस्पर्शी तबरले गहिरो प्रहार गरेका छन् । एउटा नयाँ यात्रा, छोराको भाग्य, निर्णय, पश्चिमतिर आदिजस्ता कथामा ठेट नेपाली शब्दहरूको प्रयोग गरी कथालाई रोचक तथा प्रभावकारी बनाइएको छ । फुटपाथ, चुनावको मौसम  जस्ता कथामा अलि बढी आगन्तुक शब्दहरूको प्रयोग गरी रोचक बनाइएको छ । यस सङ्ग्रहका प्रायः सबै कथाहरूमा आगन्तुक, तत्सम् शब्दहरूको प्रयोग कम भएकाले कथाहरू सरल छन् जटिल छैनन् । उखान टुक्का, निपात शब्दहरूको कम प्रयोगले पनि कथाहरू जटिल छैनन् । यसै गरी नेपाली समाजको सामाजिक धार्मिक र स्थानीय परिवेश अनुसारका पात्र र उनीहरूको भाषा चयनले कथाको उचाई बढाएको छ । हरियो बत्ती, पश्चिमतिर, सन्त्रस्त आँखाहरु, अविश्वास प्रस्ताव कथाहरूको शीर्षक प्रतिकात्मक भए पनि जटिल छैनन्, बरु प्रभावकारी रूपमा कथाहरूले मानवीय प्रेमको गीत गाइरहेका छन् । युद्धको विरोध र शान्तिको आह्वान गरिरहेका छन् । कथाहरू पढ्दै जादा शीर्षक र कथावस्तु बुझ्न कठिन पर्दैन, त्यसैले कथाहरूको शीर्षक प्रतिकात्मक भए पनि कथा पढिसक्दा छर्लङ्ग बुझिन्छ र कथा सरल जस्तो लाग्छ । एउटा नयाँ यात्रा, छोराको भाग्य, निर्णय, चुनावको मौसम, फुटपाथ, म यसरी फर्किएँ आदिजस्ता कथाका शीर्षक वातावरणलाई सजिला र प्रचलित शव्दावलीको प्रयोगद्धारा रोचक रुपमा भाषाशैलीको प्रस्तुत गरिएको पाइन्छ । संवादको प्रस्तुतिमा पनि अस्वभाविकता, कृतिमता, आडम्वरीपना भन्दा स्वभाविकता, रोचकता र चरित्रानुरुपता पाइन्छ । 
यसरी कथाकार मातृका पोखरेलका सबै कथाहरू सरल, सहज, सुबोध, सुललित रहेका छन् । कथाहरूमा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा कथाकारले सकेसम्म सम्प्रेषणीय भाषाको र सरल शैलीको प्रयोग गरेका छन् । जसबाट उनको कथाहरू पाठक वर्गहरूले सजिलै बुझ्न सक्दछन् । दुर्बोध्य, क्लिष्ट तथा जटिल पद, पदावली, उपवाक्य, र वाक्यहरूको कतै प्रयोग पाइन्न । अन्त्यमा कथाकार पोखरेलका कथाहरूले वहन गरेका विशेषताका आधारमा पोखरेल सरल, सहज र सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति दिने कथाकार हुन भन्न सकिन्छ ।
३.३ निष्कर्ष ः
यसरी नेपालको ए. नेकपा माओवादी द्वन्द्वको समय र यसको आसपासमा भएको यथार्थ घटनाहरूलाई कल्पनाको सहारामा कथात्मक स्वरूपमा ढालेर समाजका तीता मीठा रहस्यहरूको उद्घाटन गर्नु नै कथाकार पोखरेलको यस सङ्ग्रहको मूल अभीष्ट रहेको देखिन्छ । मानवीय संवेदनाले ओतप्रोत कथाकार पोखरेल आफ्ना पिँढी समकालीन माझ बेग्लै परिचय स्थापित गर्न अग्रसर 
देखिन्छन् । यस सङ्ग्रहमा कथात्मक बान्कीले कँुदिएका, माझिएका र भिन्न स्वादका कथा प्रस्तुत गर्न सक्नु कथाकार पोखरेल आफ्ना लेखनमा परिपक्क हुनु हो । कथामा मानवीय पीडाको बोध, युगबोध, नेपाली समाजको यावत समस्याको बोध पनि छ । कथामा प्रेम र पीडाको विषयवस्तु एकैसाथ उठान गरिएको छ । उनले जीवन भोगाईका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । कथाहरूमा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टचार, सामन्तीहरूको दुव्र्यवहार, कुरीतिजस्ता प्रवृत्तिहरू जुर्मुराएका छन् । पोखरेलले हाम्रो समाजमा बढ्दो द्वन्द्व, अराजकता, हिंसा, हत्या, यौन शोषण र लुटका प्रवृत्तिले गर्दा मानवतावाद नै हराइ सकेको अवस्था छ भनेर देखाएका  छन् । यसका साथै द्वन्द्वको विभत्स घटना र त्यसका सत् असत् पक्षहरूको चित्रण गर्दै शान्तिको अभाव रहेको बताएका छन् । आजका मानिसमा मानवता हराएको हुँदा त्यस्ता भावना जगाउन बाँकी रहेको बताउँदै साहित्य वा कला नै त्यसको माध्यम हुन सक्ने विचार राख्दै साहित्यकर्मी वा कलाकर्मी नै त्यस भावनाको संवाहक हुन सक्छन् भनी कथाकारले आंैल्याएका छन् । मुलुकमा बढ्दो द्वन्द्व, बेरोजगारी, अशिक्षा, गरिबी, भ्रष्टचार, कम्युनिष्ट आन्दोलनका नाममा भएका घुसखोरी, प्रवृत्तिप्रति तीव्र रोष प्रकट गरेका छन् । उनले नेपालको सामाजिक, आर्थिक, राजनितिक, प्रशासनिक, सांस्कृतिक पक्षहरूमा भएका विकृतिप्रति गहिरो चिन्ता प्रकट गरेका छन् । युद्धका चपेटामा पिल्सिएका, सामन्तीहरूको कुकृत्यबाट विस्थापितहरूको पीडाका स्वरहरू सुसेल्दै सुधारको अपेक्षा पनि उनले राखेका छन् । युद्धले सोत्तर बनाएका उजाड बस्ती, अनि मृत्यु रजाइँ गरिरहेको बस्तीमा द्वन्द्वका कारण पीडित बनेकाहरूको कारुणिकताहरूको चित्रण कथामा प्रस्तुत गर्ने क्रममा गाउँ र सहर दुबै परिवेशका प्रवृत्तिको चित्रण पनि सुन्दर ढङ्गले गरेका छन् । कथाहरूमा सरल, सहज तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । सबै कथाहरू सरल, सहज र सुबोध रहेका छन् । हाम्रो समाजमा देखिएका विसङ्गत पक्षहरूको उद्घाटन गर्न सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, मानवतावाद, देशप्रेमजस्ता भावनाहरू मुखतिर गर्दै देश र समाज विकासमा आफ्ना साहित्य हर्दम तयार रहेका भाव पस्किएका छन् ।
         
परिच्छेद – चार
कथा तŒवका आधारमा ‘सन्त्रस्त आँखाहरु’ कथासङ्ग्रहको कथाका विश्लेषण
४.०  विषय प्रवेश
आधुनिक नेपाली कथामा पाइने संरचक तŒवका आधारमा कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहका सबै कथाहरूको व्याख्या र विश्लेषण गरिएको छ ।
४.१ कथाका तŒवहरू
कथाको परिभाषा बारे मतैक्य नभए जस्तै कथाका तŒवहरूका सम्बन्धमा पनि कथाकार र समालोचकहरू बीचमा मतैक्य पाइँदैन । कथाका तŒवहरूका बारेमा सर्वमान्य मान्यताको विकास नभए तापनि निश्चित संरचना, शैली, उद्देश्यका कारणले कथाका आधारभूत तŒवहरू निर्धारण गरिएका छन् । यस सम्बन्धमा दयाराम श्रेष्ठद्वारा सम्पादित नेलाली कथा भाग ४ कृतिमा कथावस्तु, पात्र वा चरित्रचित्रण, संवाद वा कथोपकथन, देश, काल, वातावरण, भाषाशैली र उद्देश्यलाई कथाका तŒवका रूपमा उल्लेख गरिएको छ । कथा तŒवका सम्बन्धमा हरिप्रसाद शर्माले कथाको सिद्धान्त र विवेचना नामक कृतिमा कथानक अथवा कथावस्तु, कथापात्र र दृष्टिकोण, कथा परिवेश, संवाद वा कथोपकथन, कथाको उद्देश्य र शैली संरचनालाई कथाका तŒव भनी प्रकाश पारेका छन् । ईश्वर बरालद्वारा सम्पादित झ्यालबाट कृतिमा कथानक, क्रियाकलाप, चरित्र, घटना, सङ्घर्ष, परिवेश, कौतूहलता, चरमोत्कर्ष र प्रभान्वितिलाई कथाका उपकरण वा तŒवका रूपमा लिइएको छ । त्यस्तै केशवप्रसाद उपाध्यायले साहित्य प्रकाश नामक पुस्तकमा कथाका प्रमुख तŒवका रूपमा कथानाक, चरित्र, देश, काल, विचार, कौतूहल, संवाद, शैली र उद्देश्यलाई लिएका छन् । कथा तŒवको विश्लेषण गर्ने क्रममा मोहनराज शर्माले कथाको विकास प्रक्रिया नामक कृतिमा कथानक, चरित्र वा पात्र, परिवेश, विषयसूत्र, भाषशैली, उद्देश्य र दृष्टिबिन्दुलाई कथाका उपकरण भनी उल्लेख गरेका छन् ।
कथाका तŒवका बारेमा विभिन्न विद्वान समालोचकहरूले प्रस्तुत गरेका अवधारणाहरूलाई अझ वैज्ञानिक व्यवस्थापनका लागि दयाराम श्रेष्ठले नेपाली कथा भाग ४ नामक कृतिमा गरेको नयाँ समालोचनाअनुसार कथाको शरीर रचना अथवा रचना विधानलाई संरचना र रूपविन्यास गरी दुई खण्डमा विभाजित गरेका छन् । संरचनाअन्तर्गत कथामा पाइने मुख्य–मुख्य घटकहरू कथावस्तु, पात्र, दृष्टिबिन्दु र सारवस्तुलाई राखेका छन् भने रूपविन्यासअन्तर्गत कथाका सूक्ष्म तŒवहरू पदविन्यास, विम्ब विधान, व्यङ्ग्य, प्रतिक विधान, तुलना (उपमा, प्राक्सन्दर्भ आदि) शीर्षक पर्दछन्, (श्रेष्ठ, २०६० ः ९) । त्यसैगरी मोहन हिमांशु थापाको साहित्यपरिचय नामक पुस्तकमा कथावस्तु, पात्र, संवाद, भाषाशैली, वातावरण र उद्देश्यलाई कथाका तŒवका रूपमा चर्चा गरिएको छ ।
यसरी नेपाली साहित्यको अध्ययन गर्ने व्यक्तिहरूले उल्लेख गरेका विभिन्न कथा तŒवहरूका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन गरिएको छ  । कथाहरूको विश्लेषणमा एकरूपता ल्याउन निम्नअनुसारका कथा तŒवहरूका आधारमा यस सङ्ग्रहका सबै कथाहरूका विश्लेषण गरिएको छ ः
(१) कथानक
(२) पात्र र चरित्रचित्रण
(३) परिवेश
(४) दृष्टिबिन्दु
(५) भाषाशैली
(६) उद्देश्य
४.१.१ कथानक 
कथावस्तुलाई कथाको पहिलो महŒवपूर्ण तŒवका रूपमा लिइन्छ । यसलाई पारिभाषिक शब्द चयनका क्रममा कथानक, वस्तुविन्यास र विषय पनि भनेको पाइन्छ । विना वस्तु वा विना विषय कुनै पनि कथाको रचना हुन सक्दैन् । चारित्रिक कार्य व्यपारको  स्वरूप अर्थात् कथावस्तुमा प्रारम्भ, मध्य, अन्त्यको निर्वाहा गर्न सक्षम परस्पर सम्बन्ध र अर्थयुक्त घटनाहरूको क्रमिक अनुबन्धनका रूपमा कथानकलाई हेरिएको पाइन्छ (शर्मा, २०५९ ः ५६) । कथाकारले आफ्नो जीवन भोगाई र टोकाईलाई भाषिक कलाको माध्यमबाट कल्पनाको सहायताले एउटा विषय निर्माण गर्दछ, त्यही नै कथाको कथानक (प्लट) हो । कथानक आकस्मिक घटनाहरूको अनुक्रमात्मक व्यवस्थापन पनि हो (बराल, २०५६ ः २८) । कथानकले अन्य अङ्गहरूसँग तारतम्य राखी शृङ्खलाबद्ध रूपमा अगाडि बढ्नुपर्छ । कथानकमा शृङ्खलाबद्ध वर्णनमात्र नभएर क्रियाव्यपार र द्वन्द्वका कारणबाट एउटा दह्रो कथावस्तु तयार हुन्छ । कथावस्तुचाहिँ घटनाहरू समाहित गरिएको एउटा त्यस्तो रूपाधार (फ्रेमवर्क) हो जसमा बौद्धिक र कलात्मक किसिमले घटनाहरू नियोजित गरिएका हुन्छन, (श्रेष्ठ, २०५९ ः ११) ।
कथावस्तु विभिन्न क्षेत्रबाट आएका हुन्छन् । त्यो कथाकारको रुचिमा भरपर्ने गर्दछ । कथावस्तुको चयन गर्दा प्राकृतिक, राजनीतिक, इतिहास, पुराण, लोकसाहित्य, कल्पना र समसामयिक सन्दर्भ आदिमध्ये कसैलाई पनि प्राथमिकता दिन सकिन्छ । तिनै कथानकका स्रोतका रूपमा देखिन्छन् ।
कथानकको तŒवको चर्चा गर्ने क्रममा हिन्दी समालोचक त्रिगुणयतले आदि, मध्य र अन्त्यलाई कथानकको तŒवका रूपमा लिँदै ती तŒवहरूको समुचित सामञ्जस्य हुनुपर्ने कुरामा जोड दिएका छन्   (शर्मा, २०५९ ः ६४) । त्यस्तै नेपाली समालोचक मोहनराज शर्माले कथानकका अङ्गका रूपमा (क) आदि (ख) मध्य र (ग) अन्त्यलाई स्वीकार्दै यस अङ्गका पनि   (अ) चिनारी (आ) सङ्घर्ष र विकास (इ) चरम  (ई) सङ्घर्षह्रास (उ) उपसंहार आदि अवस्थाहरूको चर्चा गरेका छन् (शर्मा, २०५८ ः २४) । शर्माको विभाजनमा ती अङ्गहरूका पाँच अवस्थाहरू देखिन्छन् । दयाराम श्रेष्ठले पनि कथावस्तुमा प्रारम्भ, मध्य र अन्त्यको शृङ्खलाबद्ध अनुशासन रहनुपर्ने स्वीकारेका छन् (श्रेष्ठ, २०५७ ः १०) ।
यसरी कथानकलाई मूल रूपमा आरम्भ, विकास, चरमोत्कर्ष र समाप्ति गरी विभिन्न अवस्थामा स्वीकार्नु उचित देखिन्छ । आधुनिक कथा चिन्तनमा आदि, मध्य र अन्त्यको शृङ्खला नमिलेका कथाहरू पनि भेटिन्छन् । आजकल कथानक छिरलिएका कथाहीन र विशृङ्खलित किसिमका नवीन प्रयोगशील कथाहरू प्रशस्तै पाइन्छन् । आधुनिक कथा लेखनमा यस्ता कथाहीन ढाँचा भएका कथाहरूलाई अकथा भन्ने गरिन्छ । वास्तवमा कथा संरचनाका परम्परागत मान्यतालाई भङ्ग गरेर लेखिने कथा नै अकथा हो (बराल र अन्य, २०५५ ः १) । यसरी कथा भङ्ग गरेर लेखिनुले कथाकारले नयाँ नयाँ प्रयोगको चाहनामात्र पूरा गरेका हुन भन्ने लाग्छ तर यस्ता किसिमका प्रयोगबाट कथाको मूल्य र मान्यतामा क्रमशः परिवर्तन भइरहेकोे देखिन्छ ।
अन्त्यमा कथानक आदि, मध्य र अन्त्यको रैखिक ढाँचा तथा वर्तमानबाट अतीततिर फर्किएको वृक्ताकारीय ढाँचामा तयार पारिन्छ । कथानककै आधारमा चरित्र, घटना, परिवेश आदिको चयन एवं विस्तार गरी कथा तयार गरिन्छ । कथानक भनेको कथाको आकार हो । विस्तारपूर्ण कथा योजना हो । त्यसैले यसलाई कथाको अस्थिपञ्जर पनि भनिन्छ ।
४.१.२ पात्र वा चरित्रचित्रण 
पात्र वा चरित्रचित्रणलाई कथाको दोस्रो महŒवपूर्ण तŒवका रूपमा लिइन्छ । कथाका सबै घटकहरू पात्रकै  क्रियाकलापबाट अगाडि बढेका हुन्छन् । पात्र वा चरित्र भन्नाले कुनै पनि व्यक्तिलाई बुझाउँछ । पात्र वा चरित्र भनेको कथाको प्राण र जीउँदो साधन हो (शर्मा, २०५८ ः ३०) । त्यसैले कथालाई गतिशील बनाउने काममा पात्रको महŒवपूर्ण र जीवन्त भूमिका देखिन्छ । पात्रको चरित्र नै कथाका अन्य अङ्गको पनि आधार हो (शर्मा, २०५८ ः पूर्ववत्) । कथाकारले आफ्नो अभीष्ट पूरा गर्न पात्रमार्फत केही कुरा व्यक्त गरेको हुन्छ । यस्ता पात्रहरू मानवीय र मानवेतर दुबै हुन सक्छन् । मूलतः कथाकारले चारित्रिक गुणका दृष्टिले सत् र असत् पात्रलाई देखाएर असत् पात्रलाई विस्तारै पतन गराई समाजमा सुधारको सन्देश दिने गर्दछ तर कतिपय कथाकारले तथस्टताको स्थिति सिर्जना गर्ने गरेको पाइन्छ । पात्रको चरित्रमा चरित्रचित्रणको भूमिकाको सन्दर्भमा पश्चिमी विद्वान जोन्सनले कथानक बौद्धिकता र सचेत प्रकृतिको अभाव रहने कुरा बताएका छन् (पूर्ववत्) । यस्तै हिन्दीका प्रेमचन्दले पनि कथामा पात्रको र चरित्रचित्रणको महŒवपूर्ण भूमिका हुने कुरा बताएका छन् (पूर्ववत् ः ७१) । वास्तवमा कथामा पात्रका विभिन्न थरी चरित्रहरू हुन्छन् । कथाकारले आफ्नो सन्देशअनुसार पात्र चयन गर्दछ । सक्रियताको दृष्टिले पात्र स्थिर र गतिशील दुई किसिमका हुन्छन् । स्थिर पात्र अपरिवर्तनशील र साधारण हुन्छ भने गतिशील पात्र चाहिँ परिस्थितिअनुसार परिवर्तन हुनसक्ने हुन्छ । प्रायः वर्गीय र वैयक्तिक, स्थिर र गतिशील, अनुकूल र प्रतिकूल, पुरुष र स्त्री, मानवीय र मानवेतर, बद्ध र मुक्त, प्रमुख, सहायक र गौण आदि अनेक वर्गमा पात्रको वर्गीकरण गर्ने गरिन्छ । समालोचक मोहनराज शर्माले चरित्रको वर्गीकरण विभिन्न आधारमा यसरी गरेका छन्ः
(क) लिङ्गका आधारमा (अ) पुलिङ्ग (आ) स्त्रीलिङ्ग (ख) कार्यका आधारमा (अ) प्रमुख, जस्तै; नायक, नायिका, खलनायक (आ) सहायक, जस्तै; सहनायक, सहनायिका (इ) गौण, जस्तै; खास भूमिका नभएका पात्र (ग) प्रवृत्तिका आधारमा (अ) अनुकूल, जस्तै; खलत्व नभएका पात्र  (आ) प्रतिकूल, जस्तै; खलपात्र (घ) स्वभावका आधारमा (अ) गतिशील, जस्तै; महŒपूर्ण ढङ्गमा परिवर्तन हुने पात्र (आ) गतिहीन, जस्तै; आद्यान्त स्थिर रहने पात्र  (ङ ) जीवन चेतनाका आधारमा (अ) वर्गगत, जस्तै; कुनै समाज वा वर्गको प्रतिनिधिŒव गर्ने पात्र (आ) व्यक्तिगत, जस्तै; आफ्नै प्रतिनिधिŒव गर्ने पात्र (च) आसन्नताको आधारमा  (अ) नेपथ्य पात्र, जस्तै; परोक्ष उपस्थित हुने पात्र (आ) मञ्चीय पात्र, जस्तै; प्रत्यक्ष कार्य गर्ने पात्र (छ) आबद्धताको आधारमा  (अ) बद्ध पात्र, जस्तै; कथामा बाँधिएर मात्र सार्थक हुने पात्र (आ) मुक्त पात्र नबाँधिएरै सार्थक हुने पात्र (शर्मा, २०५८ ः २८–२९) ।
यसरी कथातŒव अन्तर्गत पात्र नै मुख्य भएर देखिन्छ । पात्रले नै कथाका अवयवहरूको सञ्चालन गरेको हुन्छन् । प्राय ः कथामा वर्गीय र वैयक्तिक चरित्र हुन्छन् । वर्गीय चरित्रले कुनै वर्गविशेष (धनी र गरिब वा मालिक र मजदुर) को चित्रण गरेको हुन्छ अर्थात् उनीहरूले वर्गीय असमानताको चरित्र बोकेका हुन्छन् । वैयक्तिक चरित्रले नितान्त आफ्नै चरित्रको कारण उसको उत्थान या पतन हुने कुरा देखाउँछ अर्थात् वैयक्तिक पात्रले व्यक्तिगत स्वभावका पात्रको प्रतिनिधिŒव गर्दछ । वैयक्तिक चरित्रसँग त्यस घटनासँग सम्बन्धित अरु कसैलाई पनि केही असर नगरी सिङ्गो एउटा व्यक्तिलाई मात्र असर गर्दछ र त्यस घटनाले परिवर्तन पनि व्यक्तिलाई मात्र गर्दछ ।
४.१.३ परिवेश (देश, काल, परिस्थिति)
वातावरण (देश, काल, परिस्थिति) लाई कथाको तेस्रो महŒवपूर्ण तŒवको रूपमा लिइन्छ । वातावरणलाई परिवेश, कार्यपीठिका, पर्यावरण, रुचिक्षेत्र आदि पनि भन्ने गरिएको पाइन्छ । वातावरण भन्नाले स्थान, समाज र त्यस निश्चित समयको वातावरण भन्ने बुझ्नु पर्दछ (आचार्य र अन्य, २०५० ः ङ ) । वास्तवमा कथा घटनाहरूको कलात्मक प्रस्तुति हो । त्यो घटना कहाँ, कहिले वा कस्तो परिस्थितिमा घटित भयो, त्यसपक्षको बोध वातावरण वा परिवेशले गर्दछ । यदि मनोवैज्ञानिक कथा हो भने त्यसको परिवेश मानसिकतामा केन्द्रित हुन्छ । मनमा खेल्ने विविध घटनाले कथाको वातावरण सिर्जना गर्दछ । त्यसबाहेक अन्य कथाहरू चाहिँ देश, काल, परिस्थिति नै कथाको वातावरणका रूपमा देखिन्छन् । कथालाई जीवन्त र सशक्त बनाउन कथामा समावेश गरिएका घटना व्यवहारले ठूलो भूमिका खेल्ने गर्दछ ।(थापा, २०५० ः १५३) । 
मूलतः वातावरणअन्तर्गत स्थान र काल दुई तŒव पर्दछन् (शर्मा, २०५९ ः ७६) । तर अहिलेका कथामा परिवेशको रूपमा स्थान र काललाई महŒव नदिई चरित्रको मानसिकतामा कथाको परिवेश निर्धारण गरिएको पाइन्छ । कथामा ग्रामीण, सहरिया, राजनीतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक र मानसिक आदि अनेक किसिमका परिवेश हुन सक्छन् ।
परिवेशका सन्दर्भमा विभिन्न विद्वानहरूले आ–आफ्नो किसिमको मत अघि सारेका छन् । यहाँ भारतीय आलोचक त्रिगुणायतले रङ््गविधानलाई मुख्य परिवेश ठानेका छन् (पूर्ववत् ः ६७) । भने नेपाली समालोचक ईश्वर बरालले “स्थानीय दृश्य र परिपाश्र्व भाषिकाको शब्दावली, चरित्रको शब्दोच्चारणरीति आदि” लाई परिवेशका अङ्गका रूपमा लिइएका छन् (बराल ,२०४८ ः ७४–७५) । यसरी कथामा आएका घटना, पात्र, आदिले एउटा न एउटा वातावरण (देश, काल, परिस्थिति) को परिचय गराइरहेको हुन्छ । घटनाअनुसार कथाको वातावरण झल्काइरहेको हुन्छ । त्यसलाई दृश्य–पर्यायवरण पनि मान्न सकिन्छ । कथका विभिन्न तत्वहरु मध्यको उल्उख्य तत्व माविएको परिवेशले कथाको कार्यव्यापार चरित्र तथा मुख्य कथालाई रोचक र प्रभावशाली मात्र होइन विश्वसनीय बनाउनको लागि पनि महत्वपूर्ण भूमिका पूरा गरेको हुन्छ । 
४.१.४ दृष्टिबिन्दु 
कथा निर्माणको आवश्यक तŒवको रूपमा दृष्टिबिन्दुलाई  लिन थालिएको छ । कथा तŒवको अनिवार्य तŒव  दृष्टिबिन्दु हो । विना दृष्टिबिन्दु कथामा कथाकारले आफ्नो भनाइ राख्न पाउँदैन । यही दृष्टिबिन्दुले कथा भन्ने परिपाटीमा नयाँ दिशा प्रदान गरेको छ । (बराल र घिमिरे, २०५५ ः ६) । दृष्टिबिन्दु कथा कसरी भनिएको छ भन्दा पनि कथा कसले भन्ने कुरासंँग गाँसिएको हुन्छ । यसले कथा कुन पुरुषले कुन पुरुषलाई भनेको हो भन्ने बोध गराउँछ । दृष्टिबिन्दुका बारेमा यहाँ नेपाली समालोचक दयाराम श्रेष्ठको धारणालाई अघि सार्न सान्दर्भिक हुन्छ ः कथामा ‘दृष्टिबिन्दु’ दुई प्रश्नमा आधारित हुन्छ, ती हुन ः (१) कुन पात्रलाई मुख्य पात्र बनाएर भनिएको छ ? र (२) कथासँग त्यस पात्रको कुन प्रकारको सम्बन्ध कायम रहेको छ ? कुनै कथामा ‘म’ पात्रको निर्णायक भूृमिका रहेको हुन्छ भने कुनै कथामा त्यो पात्रको दृष्टिबिन्दुले कथाको शैलीलाई पनि बोध गराउछ (श्रेष्ठ, २०५७ ः ११) । “कथा वाचनका लागि उभिन वा बस्नलाई रोजेको ठाउँ नै दृष्टिबिन्दु हो” (बराल र एटम, २०५८ ः ३९) त्यसैले कथामा आवश्यक मानिने तŒव दृष्टिबिन्दुमा कथा वाचकलाई ‘म’ पात्रको रूपमा राख्ने गरिन्छ, भने कसैका बारेमा केही भनिन्छ भने त्यो तृतीय पुरुषका रूपमा राख्ने गरिन्छ । कथात्मक दृष्टिबिन्दु दुई प्रकारका हुन्छन् ः (१) आन्तरिक र (२) बाह्य । आन्तरिक दृष्टिबिन्दु पनि (१) केन्दी्रय (२) परिधीय गरी दुई प्रकारका हुन्छन् । बाह्य दृष्टिबिन्दुमा चाहिँ (१) सर्वदर्शी (२) सीमित र (३) वस्तुपरक गरी तीन प्रकारका हुन्छन् (पूर्ववत्) । यहाँ आन्तरिक दृष्टिबिन्दुमा रहेको केन्द्रिय दृष्टिबिन्दुले कथाकार ‘म’ पात्र बनेर कथा प्रस्तुत गर्दछ भने परिधीय दृष्टिबिन्दुमा चाहिँ म पात्र त रहन्छ, तर कथामा त्यसको स्थान कि त गौण रहन्छ कि त तटस्थ । बाह्य दृष्टिबिन्दुमा रहेको सर्वदर्शी दृष्टिबिन्दुमा चाहिँ कथाकारले सबै पात्रका भावना, प्रतिक्रिया, विचार आदि प्रकट गर्दै आन्तरिक जीवनको चिनारी दिन्छ, सीमित दृष्टिबिन्दुमा केवल एक पात्रको मानसिक संसारको विचारण गरिएको हुन्छ र वस्तुपरक दृष्टिबिन्दुमा चाहिँ कुनै पनि पात्रको मानसिक संसारको विचरण गरिएको हुन्छ (श्रेष्ठ, २०६० ः ११—१२) ।
यसरी माथि उल्लिखित दृष्टिबिन्दुको परिभाषा, लक्षण र प्रकारलाई हेर्दा कथाकारले कथा सम्पन्न गर्नका लागि प्रथम वा तृतीय पुरुषको भूमिकालाई अनिवार्य रूपमा देखाउनु जरुरी देखिन्छ । त्यसले कथा संरचना बलियो बनाउँछ । सामान्यतः दृष्टिबिन्दु हेराइ मात्र नभएर पात्रले कहाँ बसेर के हेर्छ भन्ने बुझ्न आवश्यक हुन्छ । यसबाट कथाकारको कथानक सम्बद्ध कार्यव्यापारको प्रस्तुतीकरणको के कस्तो प्रक्रिया छ त्यसको जानकारी हुनुका साथै कथा संरचनाको सबलता र सफलतालाई समेत सघाउ पुग्ने देखिन्छ ।  
४.१.५  भाषाशैली 
कथाको अर्काे महŒवपूर्ण तŒवको रूपमा भाषा, शैलीलाई लिइन्छ, भाषा साहित्यिक अभिव्यक्तिको माध्याम हो (शर्मा, २०५९ ः ८२) । त्यो साहित्यिक अभिव्यक्ति भाषाको माध्यामबाट हुने भएकाले कथाकारले भाषिक कलाका मार्फत् कथाको निर्माण गर्दछ । भाषा साहित्यिक अभिव्यक्ति मात्र नभएर “मानवीय अनुभूति र अभिव्यक्तिको माध्याम” पनि भएकोले पात्रले भाषामार्पmत् सबै तŒवहरूलाई संयोजन गर्ने काम गरिरहेको हुन्छ (शर्मा, २०५८ ः ३५) । कथामा अनेक थरीका पात्र हुन सक्छन् । तिनीहरूको भाषिक स्तर पनि भिन्नभिन्न किसिमको हुन्छ भने आफ्नै व्यवसायिक शब्दावली पनि हुन्छ । कथाकारले पनि ती पात्रहरूको स्तर र व्यावसायअनुसार भाषिक प्रयोग गराएको हुन्छ । कथा छोटो आयमको हुने हुनाले त्यसको भाषा पनि सरल, सरस प्रतीकात्मक र सटीक हुनुको साथै अनेक रङ्को हुन सक्छन् । कथामा त्यस्तो किसिमको भाषा उपयुक्त मानिन्छ । शैलीलाई भाषासँग जोडिएर आउने तŒवका रूपमा हेरिन्छ । भाषाशैली वास्तवमा अलग , स्वतन्त्र तात्विक कुरा हुन् तर पनि कतिपय विश्लेषकले एकत्रिचत गरेर सैद्धान्तिक रुपमा कथा तात्विक एकाइका रुपमा चर्चा गरेका छन् ।  शैलीलाई कथा तŒव अन्तर्गत भाषाशैलीका रूपमा हेर्ने गरिएको पाइन्छ । शैली कुनै पनि विषयको बारेमा व्यक्त गर्ने तरिका हो यसलाई अभिव्यक्तिको रुपमा लिएको पाइन्छ । लेखनमा देखा पर्ने खास किसिमको ढाँचा वा तरिकालाई शैली भनिन्छ (गौतम, २०५० ः ३२४) । त्यस्तै शैली भन्नाले लेखनमा देखा पर्ने तरिका मात्र नभएर यो साहित्यिक रचनामा भावपक्षीय स्तरलाई व्यक्त गर्दा विशेष किसिमको भाषिक पद्घति भन्ने बुझिन्छ (शर्मा, २०५९ ः ८६) । त्यसैले कथामा शैलीलाई  महŒवपूर्ण तŒवका रूपमा लिइने गरिएको छ । शैलीको निर्माण भाषाकै माध्यमबाट गरिने भएकाले भाषाशैलीलाई एकै ठाउँमा राख्ने गरिएको हो तापनि भाषा र शैली एउटै कुरा होइनन् भन्ने समालोचकहरूको मत रहेको छ । (बराल र घिमिरे, २०५५ ः ६) । वास्तवमा भाषा विचार र विनिमयको माध्यम हो भने शैली प्रस्तुतिको तरिका  हो ।
पूर्वीय र पश्चिमी साहित्य चिन्तनमा शैली रचनाको समयसापेक्ष अध्ययन भएको पाइन्छ । पूर्वीय काव्यशास्त्रमा रीति, गुण, अलङ्कार, वक्रोक्ति र औचित्य सप्रदायहरू मूलतः शैली रचनामा केन्द्रित छन् भने पश्चिमी आधुनिक चिन्तनमा यसले विज्ञानको स्थान प्राप्त गरिसकेको देखिन्छ (शर्मा, २०५९ ः ८६) । त्यसैले शैली रचनालाई आज विज्ञानको रूपमा अध्ययन गर्न थालिएको हो । विना शैली कथा आकृतिहीन बन्न जान्छ ।  
पूर्वीय काव्यशास्त्रमा शैलीकै तात्पर्यतामा भाषाको उल्लेख गरेको पाइन्छ । शैली पनि विभिन्न प्रकारको हुने कुरा पूर्वीय र पाश्चात्य साहित्य चिन्तनमा चर्चा गरिएको पाइन्छ । पूर्वीय प्राचीन साहित्य चिन्तनमा कोमल, परुषा र मध्यमा आदि शैलीको चर्चा पाइन्छ भने यसतर्फको रीतिवादी मान्यता पूर्णतः शैली रचनासँग सम्बन्धित रहेको देखिन्छ । रीति विभिन्न वैदर्भी, गौडी, पाञ्चाली र कसै कसैले लाटी समेत गरी जम्मा चार प्रकारका बताएका छन् । तर प्रमुख चाहिँ अगाडिका तीन देखिन्छन् । वैदर्भी रीतिलाई सरल, सुकोमल, गौडी रीतिलाई जटिल अर्थात परुषा र पाञ्चाली तथा लाटी रीतिहरूलाई मध्यस्था रीतिकारूपमा लिइन्छ (पूर्र्ववत् ः ८७) । त्यस्तै पश्चिमी अर्वाचीन शैली रचनाको चिन्तनमा ऐतिहासिक, आख्यानात्मक, संवादात्मक, पत्रात्मक र डायरी आदि प्रकारका शैली हुने कुरा चर्चा गरिएको छ (पूर्ववत् ः ८७—८८) । हिन्दी साहित्य चिन्तक सुरेशलालले चाहिँ आधुनिक शैली विज्ञानको आलोकमा शैलीका प्राचीन अर्वाचीन प्रकृतिलाई समेट्दै ध्वनि मूलक शब्दरूपात्मक, अर्थमूलक र वाक्यात्मक गरी शैलीका चार स्थूल प्रकृति प्रस्तुत गरेको देखिन्छ (पूर्ववत् ः ८८) । कथाकारको वास्तविक परिचय भाषाशैलीले नै निक्र्याैल गर्दछ । रूपविन्यास, बिम्ब, प्रतीक, अलङ्कार सबै तŒवहरूलाई भाषाशैलीले समेट्छ । शैलीका सन्दर्भमा यसका  विभिन्न प्रकृति र प्रकारको वर्णन गरिए तापनि आधुनिक कथामा शैलीको सरलतालाई अनिवार्य मानिन्छ । प्रभावकारी , रोचक , पाठकप्रिय र सन्देश प्रवाहका लागि विशेष आकर्षण शक्ति प्रदान गर्र्ने तत्वशक्ति भाषा शैली नैै हो । यसबाट जसरी विधाको भिन्नता र मौलिकता निर्धारण हुन्छ त्यसैगरी कथाविधाको संरचना र कथ्य सारको सञ्चार एवं सम्प्रेषणका लागि समेत यस तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 
४.१.६ उद्देश्य 
कथाको सशक्त एवं केन्द्रिय तŒवका रूपमा उद्देश्य वा प्रयोजनलाई लिइन्छ । यसलाई उद्देश्य, विचार, भाव, जीवनदर्शन, शाश्वत सन्देश आदि विभिन्न शब्दावलीको प्रयोग गरिएको पाइन्छ । विना उद्देश्य कुनै पनि काम गरिँदैन । कथाकारले पनि समाजलाई केही भन्नका लागि कथाको सिर्जना गरेको हुन्छ । “वास्तवमा कुनै पनि कथाकारले कथामार्फत भन्ने, देखाउने, प्रस्तुत गर्ने, जीवन—चिन्तन, सार पक्ष कथाको उद्देश्य हो (बराल र घिमिरे, २०५५ ः ५) । यसले दृष्टिबिन्दुलाई उद्देश्य वा विचारमै राखी अध्ययन गर्ने गरेको देखाउँछ तर आज त्यो पुरानो धारणा अनुसारको मान्यतालाई त्याग्दै नयाँ समालोचना शास्त्रले दृष्टिबिन्दुलाई कथातŒवको अङ्गको रूपमा मानेको छ । कथाकारले प्रत्यक्ष रूपमा उपदेश ग¥यो भने कथा प्रभावहीन र स्वŒवहीन बन्न सक्छ । त्यस्ता कुरालाई ध्यान दिई कथामा कथाकाले विचार र अनुभूतिको प्रस्तुति अप्रत्यक्ष रूपमा गर्नु आवश्यक हुन्छ (थापा, २०५० ः १८३) ।
पूर्वीय र पाश्चात्य परम्परागत ढाँचाका कथाहरूलाई हेर्दा कथामा नीति शिक्षा र आदर्शलाई जोड दिइएको पाइन्छ । तर आधुनिक कथा शिल्पीहरूले कथामा अप्रत्यक्ष रूपमा सामाजिक वा मानसिक, वस्तुगत वा भावगत बिषयको रहस्य पत्तो लगाउन पाठकलाई जिम्मा लगाइ दिने गरेको पाइन्छ (शर्मा, २०५९ ः ८४) । आजका कतिपय कथाहरू राजनीतिक वाद र सिद्घान्तमा केन्द्रित रहेर
पनि लेखिएको पाइन्छन् । साहित्य भनेको आग्रही वस्तु नभई स्वतःस्फूर्त अभिव्यक्ति हो । त्यसैले  कुनै पनि पक्षतिर आग्रही भएर कथा लेख्नु ग्राह््य मानिदँैन ।
कथा केही उद्देश्य प्राप्तिका लागि लेखिन्छ । समाजलाई केही सन्देश दिनु नै कथाको उद्देश्य हुन्छ । कथा सामाजिक, मनोवैज्ञानिक, ऐतिहासिक, स्वैरकल्पनात्मक जे जस्ता विषयमा आधारित भए पनि उद्देश्यहीन हुँदैन । उद्देश्य विनाको साहित्यिक रचना सिङ्गारिएको लास जस्तै अर्थहीन हुने मान्यता समाजवादी यथार्थवादी साहित्यकारहरूको रहेको छ ।
४.२.० विषय प्रवेश 
माथि उल्लिखित विधिहरुको आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहका कथाहरुलाई निम्नअनुसार विश्लेषण गरिएको छ । जुन कथासङ्ग्रहमा बाह्रओटा कथाहरू रहेका छन् । जसमध्ये पहिलो एउटा नयाँ यात्रा बाट आरम्भ गरी माथि उल्लिखित कथा सिद्घान्तका आधारमा यस सङ्ग्रहका सबै कथाहरूको अध्ययन र  विश्लेषण यहाँ गरिएको छ । जसलाई पहिलो देखि बाह्रौँसम्म क्रमिक रुपमा प्रस्तुत गरिएको छ । 
४.२.१ एउटा नयाँ यात्रा कथाको कथानक 
त्रीपदीय शीर्षकमा संरचित प्रस्तुत एउटा नयाँ यात्रा कथा प्रत्यक्ष अर्थ प्रदान गर्ने कथानक रहेको कथा हो । जसको शीर्षक र घटनाबीच तालमेल रहेको कारण उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । जुुन शीर्षकले एउटा अर्थयुक्त वाक्य प्रदान गरेको छ । कथाको सुरुवात ऊ पात्रले आफ्नो जीवनको भोगाइ, घाँस, दाउरा, उकाली, ओराली आदि सोच्दा सोच्दै भएको छ । ऊ पात्र अर्थात् मालती मध्यम वर्गीय ब्राह्मण कुलकी नारी होे । ऊ आफ्नो लोग्नेले आफूप्रति सन्तानका कारण नराम्रो व्यबहार देखाएको हुनाले घर छोडेर बाहिरिने निष्कर्षमा पुग्छे । जसको फलस्वरुप ऊ खोटाङको एक गाउँमा पुग्छे । ऊ त्यस गाउँमा पुग्दा त्यहाँ विवाह महोत्सब भइरहेको हुन्छ त्यस्तो ठाउँमा अरु सवै सुकिला मुकिला रहेका छन् तर मालती र उसकी एउटी छोरी चाहीँ मैला धैला पुरानै लुगामा देखेर म पात्रलाई अचम्म लाग्यो र यी महिला को हुन् भन्ने कुराको खोजी गर्ने क्रममा उनी त उही पुरानै आफ्नी बालसखा मालती रहेको कुराको जानकारी भएपछि उनको यस्तो हाल कसरी भयो ? भनेर बुझ्ने क्रममा यस कथाको अन्त्य भएको छ । “ऊ दुई जिउकी हुन्छे यस्तो अवस्थामा गह्रौँ भारी नबोक भन्दा नटेरीकन बोक्न पुग्छे र सोही कारणले शारीरिक रुपमा असक्त हुन पुग्छे माझघरे साहिलीले बोलाएपछि ऊ झसङ्ग हुन्छे ।” (एउटा नयाँ यात्रा, पृ.१८) मालतीले घाँसको भारी बोकेर आँगनको डिलमा आइपुग्नु  कथाको आदि भाग, अव पनि छोरी नै जन्माएमा लोग्नेले सहन नसक्ने भएपछि मालतीले निकासको अपेक्षा राख्नु मध्य भाग र मालतीले आफ्ना छोरीहरु लिएर घरबाट निस्कने निधो गरी एउटा नयाँ यात्राको खोजीमा हिड्दै जाँदा खोटाङसम्म पुग्नु अन्त्य भाग रहेको छ । यो कथाको योजना सरल रैखिक ढाँचामा संरचित छ । कथाले आदि, मध्य र अन्त्यको श्रृङ्खला बोकेको छ । 
४.२.२ पात्र र चरित्रचित्रण 
एउटा नयाँ यात्रा छोटो आयाम भएको र कम पात्रको प्रयोग भएको कथा हो । कथाको प्रतिनिधि पात्र मालती हो । उसकै चरित्र र व्यवहारको वर्णन गर्न यहाँ म पात्रको उपस्थिति भएको छ । मालती अनुकुल चरित्रकी पात्र हो । ऊ सोझी साझी गाउँकी छोरी हो । उसको बोली व्यवहारमा राम्ररी तालमेल भएको पाइन्छ । उसको लोग्नेचाहीँ प्रतिकुल पात्रको रुपमा रहेको पाइन्छ, जसले छोरीलाई सन्तानको रुपमा नलिने र जसरी भएपनि छोरा नभई नहुने कुरा व्यक्त गर्दछ । ऊ स्वास्नीलाई बच्चा जन्माउने मेसिनको रुपमा सोच्दछ । मालती भने सोझी, इमान्दार र कर्तव्यनिष्ठ पात्रको रुपमा उपस्थित भएकी छे । छोरा रहेनछ भने आफ्नो गर्भमा आएको भ्रुणको हत्या गर्नु भनेको महापाप हो भन्ने धारणा उसमा पाइन्छ । यसरी लोग्ने र स्वास्नी बीचको सुमधुर सम्बन्ध कायम हुन नसक्दा आफ्ना कलिला छोरीहरु लिएर हिड्ने र लोग्नेको साथ छोडिदिने खालको चरित्र मालतीमा देखिएको छ । माझघरे साहिँली र घर्तिनी दिदी सहायक पात्रको रुपमा रहेका छन् भने अन्य पात्रहरु जस्तै मालतीका छोरीहरु, मालतीका माइती खलक, अरुण र विवाहमा आएक अन्य मानिसहरु गौण पात्रको रुपमा देखिएका छन् । प्रस्तुत कथामा लिङ्गका आधारमा भन्ने हो भने अधिक पात्र स्त्रीलिङ्ग छन् जस्तै ः– मालती, उसका छोरीहरु, माझघरे साहिँली, तल्ला गाउँकी घर्तिनी दिदी आदि स्त्रीलिङ्ग छन् भने कम पात्र पुलिङ्ग छन् । जस्तै ः– म पात्र, मालतीको लोग्ने र अरुण । कार्यका आधारमा मालतीको लोग्ने प्रमुख खलपात्र हो भने मालती प्रमुख नायिकाको रुपमा देखिन्छे । त्यसैगरी माझघरे साहिंली, घर्तिनी दिदी र मालतीका छोरीहरु आदि सहायक पात्रका रूपमा कथामा आएका छन् भने अन्य उपस्थित पात्र गौण पात्रका रुपमा आएका छन् । आबद्धताका आधारमा मालती र मालतीको लोग्ने बद्ध पात्रका रूपमा छन् भने घर्तिनी दिदी र म पात्र लगायत अन्य पात्रहरू मुक्त पात्रका रूपमा उपस्थित छन् । यसरी यस कथामा छोरा र छोरीबीचको भेदभावपूर्ण वातावरणको  चिरफार गर्ने काम गरिएको छ ।
४.२.३ परिवेश
एउटा नयाँ यात्रा कथा रुढीग्रस्त, गरिव, पिछडिएको ग्रामीण परिवेशमा संरचित कथा हो । पुरुषले महिलामाथि गरेको अन्याय, अत्याचार र थिचोमिचोको विरोधको स्वर उराल्ने पुरुष बिना पनि महिलाको अस्तित्व कायम रहन सक्छ भन्ने आम महिलाको मानसिक स्थितिको चित्रण पाइन्छ । समाजको छोराप्रतिको गहिरो आस्था र छोरीचाहीँ यस समाजको बोझ वा कलङ्क हुन् भन्ने कुराले मानिसको मगजमा रहेको फोहोरको कारण समाजमा नकारात्मक प्रभाव पार्ने कुरा यहाँ उल्लेख छ ।  स्थानका हिसाबले सगरमाथा अञ्चलको खोटाङ जिल्ला र यसको आसपासमा  रहेको गाउँको वरपरको परिवेशमा कथा संरचित छ । पाथिभरा लेक, आँगनको डिल, वन, पाखा, विवाह घर आदि परिवेशका रूपमा आएका छन् । साथै विवाह उत्सवको छनक पनि यहाँ पाइन्छ । समाजमा छोरीप्रतिको बेवास्ता, छोराप्रतिको आस्था, त्यसप्रति समाजका मानिसहरुको दृस्टिकोण आदि जस्ता भावनामा कथाले आफ्नो आयाम कायम गरेको देखिन्छ । 
४.२.४ दृष्टिबिन्दु 
मातृका पोखरेलको एउटा नयाँ यात्रा कथामा तृतीय पुरुष दृस्टिविन्दुको प्रयोग भएको पाइन्छ । मालतीले आफ्नो जीवन भोगाइलाई ओल्टाइ पल्टाइ गर्ने क्रममा आँगनीका डिलमा भारी बिसाएबाट कथाको प्रारम्भ भएको छ । तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीमा मालती र अन्य पात्रहरुको चरित्र उदाङ्गो पार्न यहाँ कथाकारको उपस्थिति रहेको छ । “ऊ मूर्छाबाट ब्युँझदा छेउमा तल्ला गाउँकी घर्तिनी दिदी उभिरहेकी थिइन् ।”(एउटा नयाँ यात्रा, पृ.१९) “मालतीलाई पूर्ण विश्वास भैसकेको थियो, अव यो घरमा सामान्य जीवन विताउन उसलाई सजिलो छैन ।”(पूर्ववत् ,पृ .२०) यसरी ऊ पात्र अर्थात् मालतीको वर्णनमा कथा अगाडि बढी पूर्णता प्राप्त गरेको हुँदा तृतीय पुरुष सर्वदर्शी दृष्टिविन्दुको प्रयोग भएको स्पस्ट हुन्छ ।
४.२.५ भाषाशैली 
कथाकार मातृका पोखरेलको भाषा शैलीमा सरलता पाइन्छ । जुन कथाको विशेषताकै रूपमा रहेको छ । एउटा नयाँ यात्रा कथामा पनि बोधगम्य, सरल र रुचिकर भाषाशैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थााको चित्रण, संवादको प्रस्तुतिमा सरल र सहज तथा सुबोध भाषाशैलीको प्रयोग छ । कथामा छोटो र पात्र सुहाउँदो सरल वाक्यको प्रयोग छ । साथै कथामा तत्सम, तद्भव र आगन्तुक शब्दको समुचित प्रयोगले कथाको स्तरीयता बढाएको छ । कथामा प्रयुक्त केही विभिन्न स्रोतका शब्दहरू ः 
तत्सम तद्भव आगन्तुक
१.महत्वकाङ्क्षा १.आँगन १.हतास
२.कर्मकाण्ड २.हात २.स्कुल
३.आक्रोशपूणर््ा ३.रगत  ३.बजार
४.सन्तान ४.मुर्छा ४.जागिर
यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको भए पनि कथाको भाषा सरल, सहज तथा शैलीमा सम्प्रेषणीय गुणहरू भएको कारण कथा एकात्मक प्रभाव उत्पन्न गर्न सफल छ । कथाको शीर्षक कथाकी नायिकाको जीवन भोगाइको आधारमा राखिएको छ । जसले कथाको शीर्षक र विषयवस्तु बीच पूर्णतः अभिधात्मक तालमेल राखेको अनुभूति हुन्छ ।
४.२.६  उद्देश्य 
     एउटा नयाँ यात्रा समाजमा छोरा र छोरी बीचको भेदभावपूर्ण वातावरणको अन्त्य गर्ने, छोरीलाई पनि छोरा सरह मान्यता प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले निर्मित कथा हो । यदि अवसर पाए भने छोरी पनि छोरा भन्दा कम हुँदैनन् । छोरा वा छोरी जे भए पनि आफ्नै सन्तती हुन्, भगवानले दिएको गहनालाई लिङ्ग भेद नगरीकन स्वीकार्नुपर्छ भन्ने उद्देश्ले तयार पारिएको कथा हो । यदि छोरा नै भनेर बस्ने हो भने संसार चल्न सक्दैन । छोरा र छोरी दुवै एकै सिक्काका दुई पाटा हुन् एउटाको अनुपस्थितिमा अर्कोको उपस्थिति असम्भव छ । बिना छोरी संसारको सृष्टी सम्भव छैन । समाज र परिवारले अपहेलना गरे भने पनि ऊ आफ्नो खुट्टामा उभिएर एक्लो जीवन सजिलै बिताउन सक्छे भन्ने कुराको भाव पाठक समक्ष पुर्याउनु पनि प्रस्तुत कथाको उद्देश्य रहेको देखिन्छ । नारीलाई नारी भनेर अवहेलना गर्न नहुने, अवसर र प्रोत्साहन प्रदान गर्नुपर्ने र ऊ एक सन्तान जन्माउने मेसिनमात्र नभएर समाज र देश विकासमा पुरुष सरह महत्व हुनुपर्ने सन्देश दिनु यस कथाको मूल उद्देश्य रहेको पाइन्छ ।
४.२.७   निष्कर्ष 
एउटा नयाँ यात्रा पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको पहिलो कथा हो । यो कथा प्रथमपटक पूर्व क्षितिज (वर्ष ३,अङ्क ६, २०५९ फागुन) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ १७ देखि पृष्ठ २२ सम्मको आयतनमा पैmलिएको छ । प्रस्तुत कथा यस् सङ्ग्रहको मध्यम स्तरको कथा हो । यसमा आफ्नै रगत आफ्ना सन्तानमा पनि छोरा र छोरीमा भेदभाव राखी स्वास्नीलाई बच्चा जन्माउने मेसिनको रुपमा प्रयोग गर्ने जुँगा मुठे लोग्ने भनाउँदाहरुको चरित्र उदाङ्गो पार्ने लक्ष्यअनुसार कथानक, पात्र र चरित्रचित्रण, परिवेश, दृष्टिबिन्दु, भाषाशैली र उद्देश्य आदिमा पूर्णतः तालमेल राखी पाठकसमक्ष एकल प्रभाव पार्न सक्ने खुबीका कारण प्रस्तुत कथा सफल रहेको छ ।
४.३.१  छोराको भाग्य कथाको कथानक 
    छोराको भाग्य दुई पदीय शीर्षकमा संरचित कथा हो । जुन् कथामा सोझो अर्थात् प्रत्यक्ष अर्थ बोध भएको पाइन्छ । जसको शीर्षक र घटनाबीच राम्रेसँग तालमेल रहेको पाइन्छ । जसको फलस्वरुप उक्त कथाको शीर्षक सार्थक रहेको पाइन्छ । पंधेरामा पानी लिन आएका पंधेर्नीहरुले गाग्री बिसाउँदै रिठ्ठेको अव दिन फिर्ने जस्तो छ भनी उसको कुरा गर्ने सन्दर्भमा प्रस्तुत कथाको कथानक आरम्भ भएको छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ । रिठ्ठेको र मुखियाको छोरो एउटै साइतमा जन्मिएर पनि मुखियाको छोरो जन्मिदै वर्षिको जस्तो देखिन्छ भने रिठ्ठेको छोरो सुकेनासले गर्दा मर्ने र बाँच्नेको दोसाँधमा छ । रिठ्ठेको छोरो र मुखियाको छोरो एकै दिन जन्मिएको कारण ऊ एकदमै खुसि छ र एकदिन बिहानै मुखिया बाको घरमा छोराको भाग्य हेराउन पुग्छ । रिठ्ठे त्यहाँ पुग्दा मुखियाको छोराको न्वारनको तयारीमा धेरै मानिसहरु जुटेका, घरभरी खसि, मिठाई, अन्नपात ठीक पारिरहेको हुन्छ । रिठ्ठे आएको देखेर मुखियाले भोलिको कामको लागि तेरै आवश्यकता परेको थियो । समयमै आइस् राम्रै भो अव काम गर्न थाल् भनेपछि रिठ्ठ्र्र्र्र्र्र्रेले म यहाँ काम गर्न आएको होइन मेरो छोराको भाग्य सोध्न आएको हो । तपाइँको र मेरो छोरा एउटै साइतमा जन्मेका हुन् त्यसकारण तपाइँको र मेरो छोराको भाग्य एकै किसिमको छ कि छैन ? भनी कड्केर बोलेपछि मुखियाले धत् ! पाजी कहीँ तेरो र मेरो छोरा एउटै साइतमा जन्मन्छन् ? भनेर रिसाए । रिठ्ठेले आफ्नो छोरो र मुखियाको छोरो एउटौ साइतमा जन्मेको कुरा सारा गाउँलेलाई पनि थाहा भएको बताउँछ । मुखियाले एउटै साइतमा जन्मने बित्तिकै एउटै भाग्य नहुने यो त पिता पुर्खाले गरेको कर्मको फलमा भर पर्ने कुरा व्यक्त गर्दछन् र भन्छन् भोलि मेरो छोराको न्वारन छ तँ जसरी भए पनि आइजो होइन भने भोलिबाट नै तैँले त्यो घरजग्गा छोड्नु पर्छ किनकि त्यो घर जग्गा मेरो नाममा छ भनेपछि रिठ्ठेले आफ्नो भविष्य ऐना फुटे झैँ फुटेको महसुस गरी यस्तै रहेछ म र मेरो छोराको भाग्य भनी सोच्दा सोच्दै कथानकले पूर्णता पाएको छ । प्रस्तुत कथाको योजना सरल रैखिक ढाँचामा भएको देखिन्छ । समाजका ठूलाठालु भनाउँदा सामन्तिहरुले कतिसम्मको व्यवहार गर्दछन् भन्ने कुरालाई प्रस्तुत कथाले स्पस्ट पारेको छ । मानिस मानिस एउटै हुन् भन्ने धारणाले रिठ्ठेले आफ्नो छोरो जन्मिएको खुसियाली प्रकट गर्न मुखियाको घरमा जानु आदि भाग, मुखियाको छोराको न्वारनको दिन आफ्नो छोराको पनि न्वारन परेकाले रिठ्ठे मुखियाकहाँ काम सघाउन आउन असमर्थता व्यक्त गर्नु मध्य भाग र मुखियाले आफ्नो घरजग्गा हडप्ने भएपछि रिठ्ठेले आफ्नो र आफ्नो छोराको भाग्य ऐना फुटे झैँ फुटेको महशुस गर्नु कथाको अन्त्य भाग देखिन्छ ।           
४.३.२   पात्र र चरित्रचित्रण 
छोराको भाग्य कथा सन्त्रस्त आँखाहरु कथा सङ्ग्रहकै सवैभन्दा छोटो आयाम र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको मूल पात्र रिठ्ठे हो । ऊ यस कथामा अनुकूल चरित्र वा सत् पात्रका रूपमा उपस्थित छ । एउटै समाजमा बसेपछि कसैले पनि वर्गभेद गर्नु हुँदैन, सबै एकसमानका हुन्छन् त्यसकारण एकै समयमा जन्मेपछि सबैको भाग्य एकै खाले हुन्छ भन्ने कुरा ऊ व्यक्त गर्दछ भने मुखिया यस कथाको प्रतिकुल पात्रको रुपमा देखा परेको छ । ऊ वर्ग भेदी व्यक्तित्व हो । धनी र गरिवमा आकाश जमिनको फरक रहने कुरा उसले व्यक्त गरेको छ । समाजका पीडित वर्गलाई अझ बढी पीडा प्रदान गर्ने, चर्काे ब्याजदरमा ऋण लगानी गर्ने र ऋण तिर्न नसके घर जग्गा सवै हडप्ने स्वभावको व्यक्ति हो मुखिया । सुन्तली, निर्मला, खत्रिनी सहाएक पात्रको रुपमा देखिएका छन् भने रिठ्ठेकी स्वास्नी गौण पात्रको रुपमा देखिएकी छे । मञ्चनका दृश्टिले रिठ्ठे मञ्चीय पात्र हो भने आबद्धताका आधारमा रिठ्ठे र मुखिया बद्ध पात्रका रुपमा देखिएका छन् भने अन्य पात्र मुक्त पात्रका रुपमा रहेका छन् । यसरी यस कथामा समाजमा धनी र गरिव बीचको भेदभावपूर्ण वातावरणलाई नग्याई त्यसको पर्दाफास गर्ने काम गरिएको छ ।


४.३.३   परिवेश
कथाकार पोखरेलको छोराको भाग्य कथा पिछडिएको, गरिव, सामन्ती समाजको परिवेशमा संरचित कथा हो । समाजमा धनी भनाउँदा शोषक वर्गले शोषित वर्गमाथि गरेको अन्याय, अत्याचार र दुव्र्यवहारको विरोधको स्वर उराल्न तत्पर रहँदा रहँदै पनि यहाँ पद र पैसाको अगाडि इमान्दारिताको केही बल नचल्ने कुराको पर्दाफास गर्न खोजिएको छ । मानिसले छाना, नाना र दानाको लागि जतिसुकै थिचोमिचो र अत्याचार सहेर पनि चुपचाप बस्नै पर्ने बाध्यता छ, होइन भने त्यही भोगचलन गर्दै आएको वस्तु पनि गुमाउनुपर्ने बाध्यतालाई यस कथामा प्रस्तुत गरिएको छ । भर्खर जन्मिएको नाबालक शिशुले पनि जन्मदै वर्गभेदी भएर जन्मनुपर्ने स्थिति देखा परेको छ भने साहु महाजनको घरमा भने दर्जनौ खसि काटेर खानाको ब्यञ्जन तयार गरी मनोरञ्जन गरिएको छ तर गरिवको घरमा सुत्केरी भएको दश दिनसम्म पनि राम्रो खानेकुरा मुखमा हाल्न नपाएको कुरा यहाँ उल्लेख छ । स्थानको हिसाबले पहाडी वातावरणको परिवेशमा कथा संरचित छ । पँधेरा, मुखियाको आँगन, रिठ्ठेको घर, खेतबारी आदि ठाउँको परिवेश उल्लेख छ । समाजमा हुनेखाने वर्गले गरिव वर्गमाथि गर्ने अन्याय, अत्याचार, थिचोमिचो आदिजस्तो कुरामा कथाले आफ्नो आयम कायम गरेको छ ।
४.३.४ दृष्टिबिन्दु 
पोखरेलले प्रस्तुत छोराको भाग्य कथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा रिठ्ठेले आफ्नो छोरो जन्मिएको खुसियाली प्रकट गर्ने क्रममा उक्त कथाको सिर्जना भएको छ । तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीमा रिठ्ठे र अन्य पात्रको चरित्र चित्रण गरिएकोले यहाँ तृतीय पुरुष सीमित दृष्टिबिन्दुको प्रयोग पाइन्छ । कथामा थोरै पात्रको प्रयोग गरी पात्रहरूको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “मुखिया बा र उसको छोरो एकैदिन, उही समयमा जन्मेका कारण रिठ्ठे हिजोआज निकै खुसी देखिन्थ्यो ।” (छोराको भाग्य, पृ.२४) । ऊ पात्रको उपस्थितिमा समाजमा  सामन्ति वर्गहरू र उनीहरूका क्रियाकलापको उद्घाटन गर्दै राम्रा विचार र व्यवहार भएकालाई आम मानिसले साथ दिने कुरा उल्लेख गर्न यहाँ तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ ।

४.३.५  भाषाशैली 
भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको प्रकार हो । सामान्यतः यो कथाको भाषाशैली पनि कथाकार पोखरेलका अन्य कथामा जस्तै सरल, सहज र सुललित नै छ । कथामा सकेसम्म सरल, सहज, छोटा वाक्यको  प्रयोग गरिएको छ । यो कथा नेपालकै जल्दो बल्दो समस्यामा केन्द्रित भएर लेखिएको छ । कथामा क्लिष्ट र दुर्बाेध्य भाषको प्रयोग कतै पाइँदैन भने शैलीमा पनि सहजता भेटिन्छ । कथामा पात्रको मनोगत अवस्थाको चित्रण संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध र सुललित भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई थप आकर्षण र रोचक बनाउन यसमा प्रयोग भएका केही विभिन्न खाले तत्सम्, तत्भव र आगन्तुक शब्दहरूलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक
१.प्रसन्न १.कड्किएर १.बरण्डा
२. शत्रु २.एकाएक २.ऐना
३. ज्योतिष  ३. लेप्राउँदै ३.स्कुल
४. भाग्य ४. गाउँ ४. लेप्राउनु
यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको भए पनि कथाको भाषा सरल, सहज तथा शैलीमा सम्प्रेषणीय गुणहरू भएको कारण कथा एकात्मक प्रभाव उत्पन्न गर्न सफल छ । 
४.३.६ उद्देश्य 
यस छोराको भाग्य कथामा समाजमा रहेका अन्याय, अत्याचार, शोषण, दमन, कुरीति जस्ता कुराहरुको अन्त्य गर्नुपर्ने, होइन भने यसले समाजलाई कहिले पनि उँज्यालो घामतर्फ अग्रसर गराउन सक्दैन, यस्तो कुराको जानकारी सवैमा हुनुपर्छ र वर्ग भेदको अन्त्य गर्नैपर्छ भन्ने उद्देश्यले तयार पारिएको कथा हो । यदि यस्तो अन्याय र अत्याचारको पर्दाफास नगर्ने हो र यस्तो क्रियाकलाप सहँदै जाने हो भने यस्ता अराजक तत्वहरुले बलियोसँग जरा गाड्दै जान्छन् । यस्तो किसिमको विरुवा समयमै ओलेन भने पछि त्यसले विकराल रुप लिँदै गाउँ, समाज र देश नै ध्वस्त पार्दछ भन्ने कुराको भाव पाठक समक्ष राख्नु पनि प्रस्तुत कथाको उद्देश्य रहेको देखिन्छ । अन्यायलाई सहेर बस्नु हुँदैन, यसको बिरोधमा उत्रिनै पर्छ । यदि अन्यायलाई सहेर बस्यो भने कहिले पनि माथि उठ्न सकिंदैन, अन्याय गर्नु भन्दा यसलाई सहनु ठूलो अपराध हो । आफ्नो अधिकारको लागि आफैँ लड्नुपर्छ, अधिकार मागेर नपाए लुटेर भए पनि लिनुपर्छ भन्ने सन्देश दिनु यस कथाको मुख्य उद्देश्य रहेको छ ।  
४.३.७ निष्कर्ष 
     छोराको भाग्य पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको दोस्रो कथा हो । यो कथा प्रथम पटक नयाँ विहानी (वर्ष १, अङ्क १) मा प्रकाशित भएको थियो । प्रस्तुत कथा पृ.२३ देखि पृ.२६ सम्मको आयतनमा पैmँलिएको सवैभन्दा छोटो आयमको कथा हो । प्रस्तुत कथाले शोषक वर्गले शोषित वर्गलाई कसरी दमन गरिरहेका हुन्छन् भन्ने भाव पस्किएको छ । कथाको शीर्षक छोराको भाग्य अभिधात्मक रहेको छ ।
४.४.१ निणर्य कथाको कथानक 
     एक पदीय शीर्षकमा रचिएको प्रस्तुत निर्णय कथा प्रत्यक्ष अर्थ प्रदान गर्ने कथानक रहेको कथा हो । जसको शीर्षक र घटना बीचमा प्रत्यक्ष सम्वन्ध रहेको हुनाले विषयवस्तु अनूरूप शीर्षक सार्थक रहेको देखिन्छ । घटनाको सुरुवात नेता रामलाल महेन्द्र राजमार्ग छोडेर उत्तरतिरको मोटर बाटो लागेपछि केही स–साना वस्तीहरु भेटिएबाट हुन्छ । पन्द्र वर्षपछि रामलाल पार्टीको कामले गर्दा पूर्वतिर जान लागेको हुन्छ । जुन् मध्यान्हको समय थियो, सवैतिर हेरेपछि ऊ आफूले जीवनको लामो कालखण्ड सङ्घर्षको साथ बिताएको र कतिलाई त्यही मैदानमा होमिन बाध्य तुल्याएको कुरा व्यक्त गर्दछ । त्यो आफूले सात वर्षको भूमिगत जीवन बिताउँदाखेरीको तीता मीठा घटनालाई सम्झँदै र आफू भूमिगत अवस्थामा रहेको बेलामा देखेको मानिसहरु कोही बूढा भैसकेका र कोही अझै पनि उही अवस्थामा रहेको प्रत्यक्ष दृश्य देखेर रामलाल अचम्म र चकित पर्छ । यसरी नै कथानक अगाडि बढ्ने क्रममा छ । जव रामलाल त्यस पुरानो गाउँमा पुग्दछ त्यसपछि आफ्नो अतीतको घटना सम्झन्छ । यो अतीतको घटना सबैलाई बताउँ कि नबताउँ भन्ने कुराको भुमरी उसको मनमा मडारिरहन्छ र अन्तमा सबै कुरा बतायो भने आफूलाई सबैले घृणा गर्ने कुरा व्यक्त गर्दछ र त्यो कुरा नबताउने निधो गर्दै एउटा चिया पसलमा चिया पिउन पस्छ । चिया पिउन पस्दाखेरी रामलालले आफू भूमिगत अवस्थामा रहँदा विरामी भएको वेलामा स्याहार सुसार गर्ने मिठुलाई देखेर हतार हतार रुमालले मुख छोप्छ । मिठु सवैलाई आदर भाव प्रकट गरेर बोल्थी । उसले म अपराधी भनेर चिनी भने उसको मनमा नराम्रो चोट पर्छ भन्ने सोचका साथ रामलालले रुमालले मुख छोपेको थियो । ऊ त्यहाँ भूमिगत भएको बेलामा त्यहाँका जनताहरुले उसको पुत्ला बनाएर जलाएका थिए आज यहाँ यसरी उपस्थित रहेको कुरा थाहा पाए भने त घोर निन्दा गर्छन् र मौका मिले मार्न  बेर लाउँदैनन् भन्ने डरले गर्दा रामलालले त्यसो गरेको हो । यही कुराको डर र सन्त्रासले गर्दा पसलमा बसेको एकछिनमै छिटो छिटो गरी चिया पिएर त्यहाँबाट तुरुन्तै बाटो लाग्ने निर्णयमा पुग्दछ । ऊ भित्र सम्भावित दुर्घटनाको हुण्डरी चलिरहेको हुन्छ । डरले चिटचिट पसिना आउँछ । उसको यस्तो रहस्य ऊ सँगै गाडीमा बसेको वीरनरसिँहलाई समेत थाहा हुँदैन । छिटो छिटो त्यस गाउँबाट बाहिरिने सोचमा रहेको रामलाल वीरनरसिँहले विस्तारै मोटर चलाएको कुरामा समेत आक्रोस व्यक्त गर्दै अघि बढ्दछ । जङ्गलको बाटो लागेपछि रामलालको मन विस्तार विस्तार शान्त हुँदै जान्छ र कथानक टुङ्गिन्छ । रामलाल पार्टीको काममा लाग्नु आदि भाग, आफूले पन्द्र वर्ष अघि छोडेको स्थानमा पुनः फर्कनु मध्य भाग र ऊ वस्तीलाई छोडेर जङ्गलको बाटो लाग्नु अन्त्य भाग रहेको देखिन्छ । यसरी प्रस्तुत कथा सरल रेखीय ढाँचामा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित रहेको देखिन्छ । 
४.४.२ पात्र वा चरित्र पचत्रण 
        प्रस्तुत कथा थोरै पात्र रहेको अनि छोटो आयम भएको कथा हो । रामलाल यस कथाको प्रमुख पुरुष पात्र हो । ऊ माओवादी द्घन्द्घकालमा सात वर्षसम्म भूमिगत जीवन बिताएको र आफ्नो अन्यायपूर्ण व्यवहारका बावजुत सारा गाउँलेले उसको पुत्ला बनाएर जलाएको व्यक्ति हो र आज पन्ध्र वर्षपछि पार्टीको कामले पुनः त्यही ठाउँमा जानु पर्दा मनमा अनेक किसिमको डर, त्रास, भय, सङ्कोच उत्पन्न गरी मानसिक द्घन्द्घमा रुमलिई रहेको व्यक्ति हो । ऊ द्घन्द्घग्रस्त माओवादी चरित्रको व्यक्तिहरुको प्रतिनिधित्व गर्ने पात्र हो । राजनीतिको खोल ओडेर अरुमाथि अन्याय, अत्याचार, शोषण, दमन गर्ने र आफ्नो व्यक्तिगत कामको लागि पनि सरकारी गाडी चढेर हिँड्ने रामलाल उच्च वर्गीय पात्र हो । लिङ्गको आधारमा पुलिङ्ग, कार्यको आधारमा प्रमुख, प्रवृत्तिको आधारमा प्रतिकुल, स्वभावको आधारमा गतिशील, जीवनचेतनाको आधारमा वर्गगत, आसन्नताका आधारमा मञ्चीय तथा आवद्धताका आधारमा बद्ध पात्र हो । त्यस्तै वीरनरसिँह र चिया पसल्नी सहायक पात्र हुन् भने मिठु, कान्ले बूढा, राना कान्छो, सुवेदार बूढो र अन्य गाउँलेहरु गौण पात्र हुन् । गाउँलेहरुले समाजमा अन्यायलाई सहेर बस्यो भने त्यो अन्यायले झन बलियो जरा गाड्दै जाने कुरा दर्शाउने प्रयास गरेका छन् । उनीहरु पनि कथाको बद्ध, मञ्चीय, वर्गगत, गतिशील र अनुकुल पात्रको रुपमा कथामा आएका छन् । यसरी कथामा रामलाल प्रमुख पात्र, वीरनरसिँह तथा मिठु सहायक पात्र तथा कान्ले बूढा, राना कान्छो, सुवेदार बूढो र अन्य गाउँलेहरु गौण पात्रको रुपमा उपस्थित छन् ।
४.४.३ परिवेश 
    प्रस्तुत निर्णय कथा माओवादी जनयुद्धकालीन परिवेशमा लेखिएको कथा हो । निर्दोश नेपालीहरु कसरी माओवादी क्रियाकलापबाट पीडित भएका थिए भन्ने परिस्थिति यहाँ परिवेशकै रुपमा आएको उल्लेख छ । स्थानका हिसाबले पूर्वी नेपालको तराईको ग्रामीण परिवेशमा कथा सिर्जित छ । पूर्वी नेपालको जङ्गली क्षेत्रलाई परिवेश बनाएर लेखिएको रामलालले सात वर्षीय भूमिगत जीवन बिताएको स्थान, चिया पसल, रुखहरु, खेतबारी, डिल, बाटो आदि यहाँ परिवेशकै रुपमा आएका छन् । द्धन्द्धकालमा नेपालको तराई प्रदेशमा रहेका सोझा साझा मानिसहरुलाई विना कुनै कारण दुःख, कस्ट र मृत्युको शिकार बनाएको द्धन्द्धकालीन वातावरण यहाँ आएको पाइन्छ । 
४.४.४ दृष्टिविन्दु 
कथात्मक दृष्टिविन्दु भनेको पात्रको मन भित्रको संसारमा डुबुल्कि मार्नु हो । मातृका पोखरेलद्धारा रचित निर्णय कथामा कथाकारले ऊ अर्थात् रामलाल पात्रको उपस्थित गराई कथा भनेकाले तृतीय पुरुष बाह्य सीमित दृष्टिविन्दुको प्रयोग भएको देखिन्छ । तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीमा रामलालको वृत्तान्तबाट कथाको उठान गरिएको छ । “उसले बाटाका डिलहरुतिर चिनेका थुप्रै मानिसहरु देख्या ।” (निर्णय, पृष्ठ.२८) यसरी कथामा कथाकारले आफ्ना कुरा राख्न रामलाललाई पात्र बनाई उसका जीवनका तीत मीठा भोगाइ र उसले भोगेको राजनीतिक अर्थात् माओवादी चरित्रलाई उदाङ्गो पारिएकोले तृतीय पुरुष सीमित दृष्टिविन्दुको कुशल संयोजनमा कथाले पूर्णता पाएको देखिन्छ ।
४.४.५ भाषाशैली 
   भाषा साहित्यिक अभिव्यक्तिको माध्यम हो कथाकार मातृका पोखरेलको निर्णय कथामा पनि अन्य कथामा जस्तै प्रस्तुतिमा सरलता पाइन्छ । जुन कथाको विशेषता हो । पोखरेलको भाषाशैली बोधगम्य, सरल र रुचिकर छ । निर्णय कथामा पनि सरल मिठासपूर्ण भाषाशैलीको प्रयोगले कथालाई अझ बढी रोचक बनाएको छ । यहाँ रामलालको भाषाशैलीमा डर र त्रासको रेखाहरु दगुरेका छन् भने वीरनरसिँह र अन्य पात्रहरुको बोलीमा भने सरल भावको प्रयोग भएको पाइन्छ । कथामा घटनाको विस्तार, पात्रहरुको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुवोध भाषाशैलीको प्रयोग छ । कथामा छोटा र सरल वाक्यहरुकै प्राधान्यता रहेको पाइन्छ । कथामा विभिन्न स्रोतका शव्दहरुको प्रयोग भएको छ । जसमध्ये केहीलाई यसरी देखाइएको छ । 
तत्सम शब्द तद्भव शब्द आगन्तुक
१.कालखण्ड १ नयाँ १.मोटर
२. सङ्घर्ष २.एकाएक २.ड्राइभर
३.निरङ्कुश  ३. घर ३.जीप
४. शङ्का ४.गाउँ ४. मोटर
यसका साथै भनाइलाई अझ प्रभावकारी बनाउन चिसो पस्नु, मनमा डर पस्नु, टाउको खानु, जङ्गल काट्नु जस्ता टुक्काहरुको पनि समुचित प्रयोग कथामा रहेको पाइन्छ । कथाले माओवादी द्घन्द्घावस्थामा मानिसलाई कतिसम्म भयवित पारेको थियो र जीवन निर्वाह कसरी गरेका थिए र द्घन्द्घकालको समाप्ति पछि माओवादी कार्यकर्ताहरु कस्तो अवस्थामा गुज्रिरहेका छन् भन्ने घटनाहरुको तानावानामा पूर्णता प्राप्त गरेको तथा द्घन्द्घको समयका मानिसहरु सँधै डर, त्रास र अनिश्चित जीवन बाँचिरहेको छन् भन्ने अर्थ शीर्षकले बोध गराउँछ । 

४.४.६ उद्देश्य 
   कथा कला र मानव जीवनको साझा सम्पति हो । यसमा मान्छेले मान्छेलाई मान्छेको रुपमा देखाउनुपर्छ तर यसो गर्दा कलात्मक मुल्य र मान्यताहरुलाई बर्जनीय ठान्नु हुँदैन । निर्णय कथामा मुलुकमा भएको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको कथित द्घन्द्घको समयमा तराई भेगमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुले के–कस्तो अमानवीय व्यवहारको शिकार बन्नु प¥यो भन्ने कुरा देखाउने उद्देश्य राखिएको पाइन्छ । द्घन्द्घकालमा भूमिगत अवस्थामा रहँदा सारा गाउँलेहरुलाई बारीको मुला निमोठे झैँ निमोठ्ने, घरमा बसेर खाना खाइरहेको अवस्थामा उठाएर लगि निर्ममतापूर्वक कुटपिट गरी आफ्नो बन्दुकको निशाना बनाई कसरी मार्दथे भन्ने कटु यथार्थलाई यहाँ उजागर गर्ने उद्देश्य रहेको देखिन्छ । साथै मानिसले एकपटक नराम्रो काम गरिसकेपछि उसलाई पटक पटक वनको बाघले नखाए पनि मनको बाघले खाने र जीवनभर शङ्का, उपशङ्का, डर, त्रासको भुमरीमा रुमलिई रहनुपर्ने तथा सुखसँग बाँच्न नपाइने कारणले गर्दा कसैसामु पनि खुलस्थ टाउको उठाएर बोल्न हिँड्न नपाइने अवस्था सृजना हुने हुनाले यस्तो प्रवृत्ति नगरी मानिसले मानिसलाई मानिसकै रुपमा हेर्नुपर्ने र सोही अनुसार व्यवहार गर्नुपर्ने मानवतावादी स्वर उराल्नु पनि प्रस्तुत कथाको मुख्य उद्देश्को रुपमा रहेको देखिन्छ । 
४.४.७ निष्कर्ष 
     निर्णय सन्त्रस्त आँखाहरु कथा सङ्ग्रहको तेस्रो कथा हो । यस कथा प्रथम पटक जनमत         (पूर्णाङ्क ६५, २०५९) मा  प्रकासित भएको थियो ।  यो कथा पृष्ठ २६ देखि पृष्ठ ३१ सम्मको छोटो आयतनमा फैलिएको छ । द्घन्द्घकालमा मानिसले गरेको कुकृत्यलाई पछि आएर पछुताउनु परेको र अर्काको सामु मुख देखाउन नसकेर जङ्गल पस्नुपर्ने निर्णय लिन बाध्य हुनु परेको कुरालाई आधार बनाई राखिएको हुनाले शीर्षक सार्थक देखिन्छ । द्धन्द्धले निम्त्याएको मानवीय समस्याका करुणा, नरसंहार जिजीविषा, पदको घमण्ड आदि पक्षको उद्घाटन गर्दै यी सवले वर्वादीतर्फ धकेल्ने भएकोले सत्य शान्तिको पक्षमा उभिन प्रस्तुत कथाले आग्रह गरेको छ । 

४.५.१ पश्चिमतिर कथाको कथानक 
      एकपदीय शीर्षकमा संरचित प्रस्तुत पश्चिमतिर प्रत्यक्ष अर्थ प्रदानयुक्त कथानक रहेको कथा हो । जसको शीर्षक र घटनाबीच तालमेल रहेको कारण उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । जसको शीर्षक र घटनाक्रम बीचमा सोझो सम्बन्ध रहेको देखिन्छ । म पात्रले बादलको एउटा टुक्रो पनि नभएकोले आकाश खुल्ला छ भनेको वाक्यबाट उक्त घटनाको सुरुवात भएको छ । सारु ब्ूाढा गाउँको वयबृद्ध व्यक्ति भएको कारणले सामाजिक कुराको छलफल गर्नुपर्दा उनकै घरमा बसेर गर्ने चलन भएको कुरा म पात्रले व्यक्त गरेका छन् । त्यसताका गाउँमा खडेरी परेकाले टोलका अन्य समस्या ओझेलमा परेको थियो । सारु बूढाको घरमा सारु बूढा, उनकी बुहारी, नाति तिले र म पात्र गरी जम्मा चारजनाको परिवार रहेको छ । थोरै जहान भएको कारण उनीकहाँ अरुकहाँभन्दा चाँडै खाना खाएर सुत्ने चलन छ । एकदिन त्यस टोलमा अघिपछिको भन्दा बढी चहलपहल थियो किनकि त्यस दिन सारु बूढाको आँगनको बाटो गरेर गुमाने जैसीका आउरे बाउरे रखवालहरु कान्छी मगर्नीको भट्टी र गुमानेको घर गरिरहेका थिए । त्यस दिन ती गुमाने जैसीका आउरे बाउरेहरुल्ो सारु बूढाको घरलाई ताकेता गरिरहेका थिए र सोही रात उनको घरमा ती आतङ्ककारीहरु र पुलिस प्रशासनको खोल ओढेर गुमानेको नुनको सोझो गर्ने इन्स्पेक्टर आएर सारु बूढाको नाति तिले र अम्मरबहादुर जो न्याय र शान्तिको पक्षमा बोल्ने मानिस थिए उनीहरुलाई उग्रवादीको संज्ञा प्रदान गरी मारे अनि म पात्र अर्थात् मास्टर यो गाउँमा रह्यो भने उसले दिएको ज्ञानले गर्दा गाउँले बाठा भई आफ्नो बिरोधमा उत्रिन्छन् भन्ने डरले उनलाई पनि गाउँ छोड्ने धम्की दिन्छन् । सारु बूढा, चेप्टे खड्का, खड्काकी श्रीमती र उसका दुई छोरालाई सिक्रिले बाँधेर गुमानेको चम्चे इन्स्पेक्टर र आउरे बाउरेले थानामा लगेर जाके । त्यसपछि रोल्पा जिल्लाको अर्खौँले गाउँमा आतङ्कवादी गतिविधिमा संलग्न केही व्यक्तिहरुले गस्तिमा गएका प्रहरीमाथि हमला गर्दा तिलक बहादुर राना मगर र अम्मरबहादुर खड्का नामका दुईजना उग्रवादीको प्रहरिले आत्मरक्षाको लागि चलाएको गोलीद्धारा मृत्यु र अन्य पाँचजना प्रहरीको कब्जामा भन्ने समाचारको साथ घटनाको अन्त्य भएको छ । “म मौन हुन्छु मेरो मौनतालाई उसले कुन अर्थमा बुझ्यो मैले उसको अनुहारमा जाँच्ने कोसिस गरें ।”(पश्चिमपतर, पृ .३९ ) । सारु बूढाको आँगनमा बसेर गाउँका मानिसहरुले छलफल गर्नु कथाको आदि भाग, गुमानेजस्ता शोषकको बिरुद्धमा सबैैले मिलेर लाग्नुपर्छ भनेर तिलेले भन्नु मध्य भाग र शोषक वर्गको बिरुद्धमा बोलेको कारण उग्रवादी नामले तिले र अम्मरेको मृत्यु सारु बूढा र चेप्टे कार्कीका परिवार प्रहरीको कब्जामा पर्नु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथा सरल रेखीय ढाँचामा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित रहेको देखिन्छ । 
४.५.२ पात्र वा चरित्र चित्रण 
     प्रस्तुत कथा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहका अन्य कथाको तुलनामा धेरै पात्रहरु रहेको र मध्यम खालको आयम रहेको कथा हो । तिले यस घटनाको मुुख्य पुरुष पात्र हो । ऊ माओवादी द्घन्द्घकालमा आतङ्ककारी कृयाकलाप देखाउने गुमाने जैसी जस्ता व्यक्तिहरुको विरोध गर्ने क्रममा शत्रुहरुद्धारा मारिएको व्यक्ति हो । ऊ बालकैमा पहिरोमा परी मृत्यु भएको कारण बाबु गुमाएको र लाटी आमा तथा बृद्धावस्थाको हजुरबाहुको संरक्षकत्वमा रहेको व्यक्ति हो । गाउँमा अन्यायको राँको चर्कँदै गएपछि त्यसको विरोधमा अघि बढेको कारण १५–१६ वर्षको कलिलो उमेरमा ज्यान गुमाउन बिवष व्यक्ति हो । ऊ द्धन्द्धग्रस्त माओवादी क्रियाकलापको विरोधको प्रतिनिधित्व गर्ने पात्र हो । आफ्नो गाउँ र समाजको उन्नति र प्रगतिको लागि आफ्नो ज्यान समेत आहुति दिन पछि नपर्ने निम्न वर्गीय पात्र हो । लिङ्गको आधारमा पुलिङ्ग, कार्यको आधारमा प्रमुख, प्रवृतिको आधारमा अनुकुल, स्वभावको आधारमा गतिशील, जीवनचेतनाको आधारमा वर्गगत, आसन्नताको आधारमा मञ्चीय तथा आवद्धताको आधारमा बद्ध पात्र हो । त्यसैगरी म पात्र, सारु बूढा, चप्टे खड्का, प्रहरी, अम्मरे सहायक पात्र हुन् भने गुमाने जैसी प्रतिकुल स्वभावको मुख्य खलपात्र हो । ऊ सरकार, डाँका, गुण्डा र प्रहरी प्रशासन समेतलाई आफ्नो मुठीमा लिएर गाउँका सोझा साझा जनतामाथि अन्याय, अत्याचार, थिचोमिचो गर्ने प्रवृत्ति भएको व्यक्तित्व हो । गाउँका अन्य मानिस, धने घर्ती, लाटी, कान्छी मगर्नी, तिलेको बाबु, नौला मानिस आदि गौण पात्रका रुपमा आएका छन् । गाउँका सारा मानिसले अन्याय, अत्याचार, दमन सहेर बस्यो भने गुमानेजस्ता शोषक वर्गले सँधैभरि यही क्रियाकलाप देखाएर सोझा साझा जनताको धज्जी उडाउने काम गर्दछन् भन्ने कुराको प्रतिनिधित्व गरेका छन् । उनीहरु पनि कथाको बद्ध, मञ्चीय, वर्गगत, गतिशील र अनुकुल पात्रका रुपमा आएका छन् । यसरी कथामा तिले प्रमुख सतपात्र हो, सारु बूढा, प्रहरी, मास्टर सहायक र गाउँका अन्य व्यक्तिहरु गौण पात्रको रुपमा उपस्थित छन् । 


४.५.३ परिवेश 
    प्रस्तुत कथा माओवादी जनयुद्धकालीन परिवेशमा लेखिएको कथा हो । सोझासाझा नेपाली जनतालाई माओवादी प्रवृत्ति बोकेका गुमानेजस्ता व्यक्तिहरुले कसरी अन्याय गर्दारहेछन् भन्ने कुरा यहाँ परिवेशको रुपमा आएको छ । स्थानको हिसावले पश्चिम नेपालको रोल्पा जिल्लाको अर्खौँले भन्ने ठाउँको पहाडी परिवेशमा कथा सिर्जित छ । पश्चिम नेपालको रोल्पा जिल्लाको ग्रामीण क्षेत्रलाई परिवेश बनाएर लेखिएको यस कथामा माओवादी आतङ्ककारी प्रवृति देखाएको स्थान, सारु बूढाको घर, उनको कोठा, आँगन, बारिको डिल, कान्छी मगर्नीको भट्टी, क्याम्पस, फलैँचा, पूर्णिमाको रात, पुलिस थाना आदि परिवेशको रुपमा आएका छन् । माओवादी जनयुद्ध कालमा नेपालको पश्चिम पहाडी जिल्लामा रहेका सोझसाझा, इमान्दार सर्वसाधारण विना कुनै कारण दुःख, कष्ट, आतङ्क र मृत्युको शिकार भएको द्घन्द्घकालीन वातावरण यहाँ आएको छ । 
४.५.४ दृष्टिविन्दु 
कथाकार मातृका पोखरेलद्धारा रचित पश्चिमतिर कथामा प्रथम पुरुष दृश्टिविन्दुको प्रयोग गरिएको छ । म पात्रले जेठ महिनाको चर्को गर्मिका कारण टोलमा खडेरी परेकोले गाउँका अन्य समस्याहरु ओझेलमा परेको कुराको वर्णन गर्ने क्रममा कथाको निर्माण भएको छ । यो कथा एकालापीय वर्णनात्मक शैलीमा अगाडि कढेको छ । म पात्रले आफू सारु बूढाको गाउँमा आउनुभन्दा पनि धेरै वर्ष अगाडिदेखि नै गाउँका सारा मानिसहरु सारु बूढाको आँगनमा बसेर छलफल गर्ने चलन रहेको कुराको जानकारी दिँदा कथा प्रथम पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीमा संरचित हुन पुगेको छ । स्वयं म पात्रले कथा वाचन गरेकाले र म पात्रकै केन्द्रीयतामा कथाले गति लिएकोले आन्तरिक परिधीय दृश्टिविन्दुको समुचित प्रयोग भएको छ । “मैले आफू बसेको फलैँचाबाट पछाडि फर्किएर हेरें, तिले गाउँतिर घुमेर आइपुगेको रहेछ ।” (पश्चििमतिर, पृ.२३) त्यस्तै “तिले मेरो सानैदेखिको विद्यार्थी । म पूर्वी पहाडको मान्छे । शिक्षक जागिर खान यो गाउँमा आएको ।” (पूर्ववत्, पृ .३४) यसरी कथामा कथाकारले स्वयं आफू उपस्थित भई राखेको हुनाले र आफूले शिक्षकको जागिर खाई अर्खौँले गाउँमा आएदेखिको तीतामिठा यथार्थ भोगाइ र गाउँमा सामन्तवादी प्रवृत्ति भएका मानिसहरुले गरेको अन्याय, अत्याचार र दमनलाई कथाकार स्वयंमले प्रत्यक्ष रुपमा पर्दाफास पारेको कारणले गर्दा प्रथम पुरुष परिधीय दृष्टिविन्दुको कुशल प्रयोगमा कथा पूरा भएको छ ।  
४.५.५ भाषाशैली 
  पश्चिमतिर कथाको भाषाशैली पनि अन्य कथाको जस्तै सरल र सहज छ । लेखकीय प्रवृत्ति अनुसार मध्यम खालको र सरल वाक्यको प्रयोग यस कथामा गरिएको छ । स्रष्टाले आफूले माओवादी द्घन्द्घकालमा देखे भोगेका घटनालाई पाठकले बुझ्ने गरी सरलताका साथ प्रस्तुत गरेका छन् । कथामा घटनाको विस्तार पात्रको मनोगत अवस्थाको चित्रण अनुसार सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथालाई संप्रेषणीय बनाउन कथाकारले चलन चल्तीमा रहेका विभिन्न स्रोतका शव्दहरुको प्रयोग गरेका छन् । जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ।  
तत्सम शब्द तद्भव शब्द आगन्तुक
१. कार्यालय १. आँगन १. फिलिप्स
२. सन्यासी २. मझेरी २. रेडियो 
३. शोषक  ३. घर ३. अलइन्डिया
४. पूर्णिमा ४. गाउँ ४. इन्स्पेक्टर
    यी शव्दहरुको अतिरिक्त उँज्यालो आँगनमा पोखियो, नुनचुक छर्कनु, रात छिप्पिनु जस्ता शव्दहरुको कुशल संयोजनको रोचकताले कथामा आकर्षण थपेको छ । कथाको शीर्षक अनुसार नराम्रो काम गर्ने  प्रवृत्तिका मानिसहरुले राम्रो सोचका साथ अघि बढ्नेलाई अघि बढ्नु पूर्व नै सखाप पार्छ भन्ने प्रतिकात्मक अर्थ तथा माओवादी द्घन्द्घकालीन अवस्थामा नेपालको पश्चिम पहाडी जिल्लामा भएको घटनाको अभिधात्मक अर्थ प्रदान गरेको कारण कथाको शीर्षक र विषयवस्तुमा पूर्णतः तालमेल रहेको पाइन्छ । 


४.५.६ उद्देश्य 
     प्रस्तुत पश्चििमतिर कथामा माओवादी द्वन्द्वको समयमा पीडित बनेको एक गाउँको सत्य घटनालाई देखाइएको छ । द्घन्द्घको समयमा समाजका सत् चरित्रका मानिसहरू पुलिस प्रशासनको षड्यन्त्रमा परी बेलुकी खाना खाएर सुतेको मानिसले भोलिको उज्यालो देख्न नपाउँदै बन्दुकको दर्दनाक पीडासँगै कसरी मारिए, त्यस्ता व्यक्तिको मृत्युका कारण मृतक परिवार र समाज तथा हत्याराका निर्दोष परिवारका सदस्यहरु कसरी निराश बन्न पुगे भन्ने देखाइएको छ । साथै हत्या गरी हत्या र अपराध गर्ने षड्यन्त्रकारी आफू लामो समय टिकिरहन सक्दैन । एक न एक दिन यसको भेद खुल्दछ र सारा समाजले त्यस्तो व्यक्तिलाई तिरस्कार गर्दछ भन्ने कुरा देखाउनु यस कथाको उद्देश्य रहेको देखिन्छ । साथै चोरी, डकैती, लुटपाट तथा हत्या हिंसाप्रति बाल मानसिकतामा परेको असर पनि तिलेको माध्यमबाट कथामा देखाइएको छ । समाजमा शोषक वर्गले शोषित वर्गमाथि माओवादी आतङ्ककारी गतिविधिको खोल ओढेर लुटपाट गर्ने, चोरी गर्ने, हत्या हिंसा गर्ने काम गरेर एउटा राजनीतिक दलको बदनाम गरेको कुरालाई पनि कथामा देखाइएको छ । पुलिस प्रशासन कतिसम्म भ्रष्ट र निच हुँदोरहेछ भन्ने कुरा यस कथामा रहेको गुमालेका चम्चे र चाप्लुसे पुलिसले गुमानेकै आदेशअनुसार तिले जस्ता सोझा गाउँलेहरुको हत्या गरी गुमानेकै आदेशअनुसार तिलेलाई उग्रवादीको संज्ञा दिएर आफू पानीमाथिको ओभानु बन्ने पुलिस प्रशासनलाई तीखो व्यङग्य हान्ने उद्देश्यले उक्त कथा निर्माण गरिएको हो । आजको मानिसमा मानवता हराउँदै गएको, पद, पैसा र शक्तिले अन्धो बनाएको कुरा देखाउँदै समयमै बुद्धि पु¥याई उचित कदम चालेमा जीवनमा सफलता पाइने र सोझा जनताले अनायासमा ज्यान गुमाउनु नपर्ने कुरा पाठक समक्ष पस्कनु प्रस्तुत कथाको उद्देश्य हो । 
४.५.७ निष्कर्ष 
 पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको चौथो कथाका रुपमा प्रस्तुत पश्चिमतिर कथा रहेको छ । यो प्रथम पटक साथी ( वर्ष १३, अङ्क ५.२०६० ) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ३२ देखि पृष्ठ ४० सम्मको आयतनमा फैलिएको छ । कथामा माओवादी द्घन्द्घका समयमा गाउँका ठूला भनाउँदा शोषकहरुले गाउँका सोझ साझा स्कुल, क्याम्पस पढ्ने उमेरका केटाकेटीहरुको बिनाकारण हत्या गरेर आफू पदमा सँधैभरि उच्च स्थानमा रहेको कारण शोषक वर्गले देखाउने अहम र घमण्डलाई आत्मसाथ गरेर बसेको र एउटा सोझो व्यक्तिलाई गुमाउनुपर्दा सारा गाउँ भरी नै सन्नाटा छाएको कुरा यस् कथामा देखाइएको छ । मास्टरजस्तो शिक्षाको दीप बाल्ने मानिसलाई पनि गाउँले बाठा हुने पिरले गाउँबाट लखेटेको कुरा प्रस्तुत कथामा पस्किएको छ ।   
४.६.१ हरियो बत्ती कथाको कथानक 
       दुई पदीय शीर्षकमा संरचित प्रस्तुत हरियो बत्ती कथाको शीर्षक सांकेतिक रहेको छ । जसको शीर्षक र घटना बीच राम्रोसँग तालमेल रहेको पाइन्छ । जसको कारणले अन्य कथा जस्तै प्रस्तुत कथाको पनि शीर्षक सार्थक रहेको देखिन्छ । एकदिन बिहानै रामनाथ क.अशोकको घरमा जरुरी पत्र पु¥याउन जाने तयारीमा रहेको अवस्थाबाट कथानक आरम्भ भएको छ । प्रस्तुत हरियो बत्ती कथा छोटो आयम र कम पात्रको प्रयोग भएको कथा हो । रामनाथ हिजो पार्टी कार्यालयमा एकजना भलाद्मी मानिसले अशोकको नाममा पठाएको पत्र पुर्याउन जाने क्रममा रहेको तर हिजो बेलुकी क.अशोकले पार्टी कार्यालयमा फोन गरेर भोलि आफू कार्यालयमा उपस्थित हुन नसक्ने र कोही कार्यकर्तालाई भेट्न पनि नसक्ने कुराको जानकारी गराउँदा गराउँदै पनि रामनाथ आफू क.अशोकको नजिकको मान्छे रहेको कारण आफूलाई त्यस्तो लान्छना लगाउँदैनन् भन्ने विश्वासका साथ यति महत्वपूर्ण पत्र लिएर क.अशोकको घरमा जानैपर्छ नत्र पार्टीलाई ठूलो असर पर्छ भन्दै आफू पार्टीको निकै पुरानो मान्छे र सुरुमा कम्युनिष्ट आन्दोलनमा हिँड्दा अव नेपालमा नौलो जनवाद आउने र आन्दोलनमा लाग्दा लाग्दै कपाल पाकिसकेको अनि जिल्ला स्तरको पार्टीको कार्यकर्ता हुँदा क. अशोकलाई साधारण सदस्य आफैँले बनाएको कारण र आफू क.अशोकको निकै नजिकको मान्छे रहेको कारण उसकहाँ जानैपर्छ भनेर हिँडेको छ । ऊ निकै पर पुगिसकेपछि टेलिफोन पो गरेर जाउँ कि भनेर फोन गर्दा क. अशोकको फोन अत्यन्तै व्यस्त रहेकोले अव फोन गरेर भएन चाँडो गरेर उसको घरमै जानुपर्छ नत्र पार्टीलाई ठूलो असर पर्छ भनेर अघिपछि एक घण्टा लाग्ने चक्रपथ आज आधा घण्टामै हिँडेर अशोकको घरमा जाँदा क.अशोक घरमा नरहेको र उसको घरमा रहेका मानिसले रामनाथको जरुरी कामको बारेमा सोधेर अशोकको एकजना मानिस नआइपुगेको कुराको जानकारी दिनुभएको थियो त्यसैले पर्खेर बसेको भन्दै रामनाथलाई मोटरसाइकलमा राखेर क. अशोक भएको ठाउँमा पु¥यायो । रामनाथलाई त्यस ठाउँको परिवेश देखेर अचम्म लाग्यो । भव्य महल, मोटरहरुको घुइँचो, हरियो बत्ती, वियर र रक्सीका परिकार, विशेष सोफा आदिले त्यस महल सजिसजाउ बनाइएको ऊ त्यहाँ पुग्दा क.अशोकले “अव पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्ने छैन ।” भनेको सुन्यो क.अशोक रामनाथ आफू भएको ठाउँमा आइपुगकोमा आश्चर्य चकित भएर ऊ यस ठाउँमा आएकोमा तल्लो स्तरमा ओर्लिएर गाली गर्याे । रामनाथ आफ्नो हातमा रहेको चिठी अशोकको हातमा फालिदिएर छिटोछिटो गर्दै आफ्नो बाटो लाग्छ र घर पुगेर ती सब घटना सम्झंदै कहिले बार्दली र कहिले बुइंगल गरेर सुत्छ । तर पनि उसलाई निद्रा भने पटक्कै लाग्दैन । ऊ आफूले राजनैतिक जीवनमा गरेको राम्रा कामहरु सम्झेर बस्छ र रातभरि ननिदाएको कारण बिहानीपख भुसुक्क निदाएको हुन्छ । त्यसै बखत बिहान चाँडै नै कोही मानिसले उसको ढोका ढ्याङढ्याङ् पारेको सुनेर हतास झ्याल उघारेर हेर्दा उसकै पार्टीको आस्थावान कार्यकर्ता रमेश क. अशोकले पठाएको पत्र पुर्याउन आएको जानकारी हुन्छ । अनि रामनाथले ठगले के लेखेको पत्र पठाएछ भनेको सुनेर रमेश अचम्मित हुन्छ । रमेश फर्किएपछि रामनाथले हतारहतार पत्र खोलेर हेर्दा पत्रमा हिजो बसेको पार्टीको जरुरी बैठकले पार्टी हित विरोधी गतिविधिमा संलग्न रहेको कारण रामनाथलाई अनिस्चित कालको लागि सबै तहको सदस्यताबाट निस्कासन गरिएको गरिएको छ भनेर लेखेको देखेर रामनाथ पत्रबाट माथि आँखा उठाएर हेर्छ र कथानकको अन्त्य भएको छ । यसरी यो कथा सरल रुपमा संरचित छ । रामनाथ पार्टीको जरुरी पत्र लिएर क.अशोकको घरमा जानु कथाको आदि भाग, कुनै जानकारी बिना अशोक बसेको भव्य महलमा प्रवेश गरेको कारण अशोकले रामनाथको बेइज्जत गर्नु मध्य भाग र पार्टीको हित विरोधी कार्यमा संलग्न रहेको लान्छना लगाउँदै अव पार्टीबाट अनिस्चित कालको लागि हटाइएको छ भनी अशोकले रामनाथलाई पत्र पठाउनु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा बाँधिएर अघि बढेको छ ।  
४.६.२  पात्र वा चरित्र चित्रण 
        हरियो बत्ती छोटो आयम र कम पात्रहरुको संयोजनमा तयार भएको कथा हो । कथाको मूल पात्र रामनाथ हो । उसकै वरिपरि कथाले पूर्णता पाएको छ । रामनाथ सानै उमेरदेखि सच्चा मनले र स्वच्छ भावनाले पार्टीमा प्रवेश गरेको मध्यम वर्गीय पात्र हो । ऊ पार्टीको पुरानो पूर्णकालीन कार्यकर्ता, सहयोगी भावना भएको र आफ्नो सानो त्यागले देश र जनतालाई सुख होस् भन्ने प्रवृत्ति उसमा छ । गरिवै भए पनि व्यक्तिगत स्वार्थ र लोभ लालच तथा छुच्याइँ उसमा कहीँ कतै नभएको कारणले रामनाथ सत् तथा अनुकुल चरित्रको रुपमा उपस्थित छ । ऊ पार्टी भनेर लाग्दा लाग्दै आफैँले सदस्यता बनाएको व्यक्तिबाट अपमानित भई पर्टी बिरोधी काममा संलग्न व्यक्तिको संज्ञा पाएर पार्टीबाट बहिस्कार हुन पुगेको छ । क.अशोक यस कथाको प्रमुख खलपात्र हो । ऊ राजनीतिको खोल ओढेर आफू भने भव्य महलमा बस्ने र कार्यकर्ताहरुलाई दुःख मात्र दिने घटीया नेताहरुको प्रतिनिधि पात्र हो । अरुलाई बेस्सरी काममा दलाउने, अव चाँडै नै देश विकास गर्नु पर्छ र आफ्नो पार्टीको पनि चाँडै नै प्रगति हुन्छ भन्दै फोस्रा आडम्बरले कार्यकर्ता अल्मल्याउने अनि आफू भने भव्य महलमा विलासी सोफामा बसेर ठूला ठूला व्यक्तिहरुसँग बसी रक्सी र वियरमा रमाउने वास्तवमै पतित पात्रको रुपमा यस कथामा उपस्थित रहेको छ । “अव पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्ने छैन ।” (हरियो बत्ती, पृष्ठ .४३) यसरी क. अशोक पार्टी र जनता तथा कार्यकर्ताको लागि भने केही सहयोग नगर्ने, आफू भने भव्य महलमा बसेर ठूला ठूला नचाहिँदा गफ दिएर मानिसको मन लुट्ने प्रवृत्तिको चरित्रमा देखा पर्दछ । साथै रामनाथकी श्रीमती जानुका, रमेश आदि व्यक्तिहरु सहायक चरित्रको रुपमा देखा परेका छन् । त्यसैगरी अशोकको घरमा रहेका मानिसहरु र पार्टीका अन्य कार्यकर्ताहरु गौण पात्रका रुपमा कथामा आएका छन् । आबद्धताको रुपमा रामनाथ र अशोक दुवैजना बद्ध पात्र हुन् मञ्चनको रुपमा मञ्चीय पात्र हुन् । 
४.६.३  परिवेश 
     प्रस्तुत हरियो बत्ती कथा माओवादी द्घन्द्घकालीन परिवेशमा संरचित कथा हो । जहाँ राजनीतिको खोल ओढेर पद पैसाको लागि मरिमेट्ने मानिसहरुको चित्रण छ । परिस्थितिगत हिसावले राजनीतिमा लागेर जनता र सोझासाझा कार्यकर्तालाई  झुक्याउने अनि आफू महलमा बसेर ऐस आरामका साथ विदेशी रक्सी र पैसाको ओच्छ्यानमा जीवन व्यतित गर्ने शोषक वर्गको परिवेशमा कथा निर्मित छ । साथै स्थानगत हिसाबले काठमाडौँ उपत्यका भित्रको चक्रपथ, त्रिपुरेश्वर, थापाथली, रत्नपार्क, बसपार्क, ठमेल, नागार्जुन, ठूलाठूला महल, बँगैचा आदि परिवेशका रुपमा आएका छन् । मौषमको हिसाबले गर्मी मौषमको परिवेश छ । मानिस राजनीतिमा कुन भावनाले लाग्दछ र यसरी लागेपछि त्यस मानिसले आफ्नो बारेमा कसरी सोच्दछ र जनताको विषयमा कसरी सोच्दछ भन्ने कुरालाई कथाले उठान गरेको छ । मानवीय अस्तित्वभन्दा पद र पैसा प्यारो सम्झने क.अशोक जस्ता निच र स्वार्थी प्रवृत्तिका मानिसहरुको चरित्र उदाङ्गो पार्न पात्र, कथावस्तु अनुकुल परिवेशको योजना प्रस्तुत कथामा गरिएको छ ।  

४.६.४ दृष्टिविन्दु 
प्रस्तुत हरियो बत्ती कथामा कथाकारले तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरेका छन् । आजको समाजमा पनि राजनीतिको खोल ओढेका पूँजीपति वर्गले गरिव असहायको रगत र पसिनाको पोखरीमा पौडी खेल्दै आफू मस्ती र आनन्दको जीवन जिइरहेका छन् भन्ने देखाउन यहाँ विभिन्न पात्रहरुको चयन गरिएको छ । पात्रहरmको क्रियाकलाप, भावना, विचार, प्रतिकृया र कारुणिक अवस्थाको चित्रण गर्दै उनीहरुको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिविन्दुको प्रयोग यस कथामा भएको पाइन्छ । “ऊ आफ्ना अगाडि आस्था र विश्वास बोकेर बाँचेका थुपै्र मान्छेहरु सम्झन्छ ।”(हरियो बत्ती, पृष्ठ .४५) । यसरी प्रस्तुत कथामा तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीको प्रयोग छ । 
४.६.५ भाषाशैली 
प्रस्तुत हरियो बत्ती कथाको भाषाशैली सरल, सहज छ । लेखकीय प्रवृत्तिअनुसार छोटा र सरल वाक्यहरूको अधिक प्रयोग गरिएको छ । पात्रअनुसार भाषाशैलीको छनौटमा कथाकार सफल छन् । यस कथामा सरल तथा मिठासपूर्ण भाषाको प्रयोग छ । क्लिष्ट तथा दुर्बोध्य भाषाको प्रयोग पाइँदैन । कथामा  घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई अझ सरस र प्रभावकारी बनाउन विभिन्न स्रोतका शब्दहरूको उचित चयन गरिएको छ । जसमध्ये केही शब्दलाई तालिकामा राखेर यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.सङ्घर्ष १. निधार १.बुइगल               
२.पर्वत  २.सेताम्मे २.मोटरसाइकल, 
३. कष्ट ३. मान्छे ३. स्टार्ट
४.सुन्दर ४.डर ४.बसपार्क
          यसरी विभिन्न स्रोतका शब्दहरूको सन्तुलित प्रयोगले कथालाई बोझिलो नबनाई सम्प्रेषणीय बनाएको छ ।
४.६.६ उद्देश्य 
मातृका पोखरेलद्वारा लेखिएको प्रस्तुत हरियो बत्ती कथामा ए. नेकपा माओवादीद्वारा द्घन्द्घकालमा भए गरेका नराम्रा कामहरूको सुधार गरी नयाँ नेपाल निर्माणको दिशामा लाग्नु पर्दछ भन्ने भाव देखाइएको छ । द्घन्द्घकालमा गलत प्रवृत्ति र विचारका मानिसहरूबाट भएका गलत कामहरू, गरिब अहसायवर्गहरूको उत्थान पार्टी भित्रका गलत मानसिकतामा मानिसहरूको चरित्रमा सुधार, शान्ति र सुरक्षाको पूर्णप्रत्याभूति भएको समाज निर्माण, नेतृत्ववर्गमा नयाँ रक्त सञ्चार गर्नु आदि जस्ता कुराहरू यस कथाको उद्देश्यका रूपमा रहेका छन् । द्घन्द्घकालमा राजनीतिमा संलग्न सामान्य कार्यकर्ता र  नेपाली जनताले पाएको दुःख कष्टलाई उचित राहत दिँदै अब आइन्दा असल बाटोमा लाग्ने प्रण गर्नु, पीडित परिवारप्रति सहयोग, सद्भाव देखाउनु पर्ने कुराहरू कथामा उद्देश्यका रूपमा आएका छन् । कथाकारभित्र रहेको शान्ति, मानवता र समतामूलक समाज निर्माणको चाहानालाई पाठकवर्गमा राख्नुलाई यस कथाले उद्देश्य बनाएको छ । समग्रमाद्घन्द्घकालका गलत कार्यहरूलाई सुधार गर्दै अब उज्ज्वल भविष्यको खोजीमा लाग्नु पर्ने, विकसित नेपालको खाका तयार पार्नु पर्ने सन्देश कथामा प्रवाहित भएको देखिन्छ ।
४.६.७ निष्कर्ष 
कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु ( २०६१ ) कथा सङ्ग्रहको पाँचौ कथाको रुपमा प्रस्तुत हरियो बत्ती कथा रहेको छ । यो कथा प्रथम पटक नौलो केसेली (पूर्णङ्क –१७) मा प्रकासित भएको थियो । यो कथा पृष्ठ ४१ देखि पृष्ठ ४६ सम्मको आयतनमा फैलिएको छ । यो कथाले माओवादी द्घन्द्घकालका नराम्रा कुराहरु सच्याउँदै नेपाली जनताले अब सँधैभरि पिरोलिएर बस्नुभन्दा नयाँ नेपालको खोजिमा लाग्नुपर्ने कुरा कथाले बताएको छ ।  


४.७.१ सन्त्रस्त आँखाहरु कथाको कथानक  
       दुई पदीय शीर्षकमा संरचित प्रस्तुत सन्त्रस्त आँखाहरु कथामा समय द्योतक खालको साङ्केतिक विषयवस्तुद्धारा संरचित शीर्षक रहेको छ । प्रस्तुत कथामा कहीँ कतै राजनीतिक विषयवस्तु पनि रहेको पाइन्छ । कथानक, घटनाक्रम र शीर्षकबीच साङ्केतिक रुपमा अर्थ प्रवाह भएको पाइन्छ । घटनाक्रम र शीर्षकबीच राम्रोसँग तालमेल रहेकोले अन्य कथा जस्तै यस कथाको पनि शीर्षक सार्थक रहेको छ । उनीहरु पिच्चाई फेदीको सुनकोसी किनारनेर आइपुग्दा दिउसोको करिब १२ बजेको थियो भन्ने अवस्थाबाट कथानकको आरम्भ भएको छ । उनीहरु अर्थात् रनेम्पा र उसका अन्य साथीहरु भारी बोकेर सुनकोसीको तिर छाडेर उकालो लाग्छन् । यो बाटोमा हिउँदमा बढी चहलपहल हुने र वर्षा लागेपछि मानिसहरुको चहलपहल कम हुने गर्दछ । यस क्षेत्रका मानिसहरुको मुख्य आयस्रोत भारी बोक्नु नै हो भन्ने कुरा गर्दै रनेम्पा अगाडी बढ्दछ । बैशाख महिना भएकोले एउटा सिमलको रुख बाहेक खडेरीका कारणले त्यस ठाउँमा हरियो भन्ने वस्तु केही देखिँदैन । रनेम्पाले यसपालीदेखि आफ्नो जेठो छोरो रनशेरलाई पनि भारि बोक्न सिकाउनको लागि कटारी लिएर आएको छ । जो भर्खर ११ वर्षको मात्र छ । यही ठूला मानिसहरुको बीचमा ढाकर बोकेर ढिँड्दा रनसेरलाई चामलको विस्कुनमा घुन दौडेजस्तो देखिन्थ्यो । रेडियोबाट सुनेको समाचारले रनेम्पालाई पीडा थपेको छ । ऊ भारी बोकेर जीविकोपार्जन गर्नुपर्ने मानिस आफ्नो गाउँमा मोटर कुद्ने भएपछि आफ्नो पेशा खोसिने पिरले रनेम्पालाई सताएको छ । ऊ आफ्नै रेडियोसँग पनि रिसाउँछ । “हाम्रो गाउँको डाँडामा मोटर कुद्यो भने हामीले कहाँको भारी बोक्ने ?” ( सन्त्रस्त आँखाहरु , पृष्ठ .४९) उता मन्जिते र रनशेर भने मोटर गाउँमा आउने कुरामा खुशि नै देखिएका छन् । उनीहरु कटारीबाट भारी बोकेर नौ दिनको दिनमा सोलुखुम्बु पुग्दथे । कहिलेकाहीँ हिँड्दा हिँड्दै बास बस्ने ठाउँमा पुग्न नभ्याउँदा हिउँदका चिसा दिनमा निर्जन ठाउँमा पनि बास बस्नु पर्ने हुन्थ्यो । च्यास्मिटार भन्ने गाउँका मानिसहरु आफ्नो खेतीमा उव्जिएको अन्नले तीन महिनामात्र जीविकोपार्जन गर्दथे बाँकी महिना ऐँसेलुखर्क, रुम्जाटार र दिक्तेलसम्म भारी बोक्ने गर्थे । मकै र कोदो त्यस ठाउँको मुख्य अन्न बाली थियो कटारी बजारदेखि पूर्वी मध्य पहाडका बजारहरु र केही गाउँमा विकासे सामग्री ओसार्नु रनेम्पाको मुख्य काम थियो । रनशेर दुई वर्षिको नपुग्दै रनेम्पाकी स्वास्नी ज्वरोको कारणले मरेकी थिई । त्यसताका खडेरीका कारण रनेम्पाले कटारीदेखि बोकेर ल्याएको भारी पनि लुटिएको थियो । बाबुको मृत्यु भएको बेलामा समेत भोकमरीले गर्दा रनेम्पाले काजकृया गर्न सकेको थिएन । यसै कारणले गर्दा रनेम्पा भारी बोक्न नपाए के गरी खाने भन्ने भयले ग्रसित थियो । “यो बाटोमा मोटर कुद्यो भने हामी के गर्ने त माइला ?” (पूर्ववत, पृ .५१) मन्जितेले भने यो कुरा चुनावमा भोट माग्न आउने नेताहरुले चलाएको हल्ला होला नि भनेर रनेम्पाको घाउमा मलम पट्टी लगाउने काम गरेको छ । “यो गाउँमा मोटर कुदेर साहुको सबै भारी बोक्यो भने के खाँदा हुन् यी मुर्दाहरु । बाहिर व्यक्त गर्न नसके पनि रनेम्पाले मनमनै कल्पियो” । (पूर्ववत्, पृष्ठ .५३ ) रनेम्पाको लागि आजको दिन अरु दिन जस्तो छैन । घाम पनि अरु दिन भन्दा चर्काे छ । सिमलको छहारी पनि अरु दिन जस्तो छैन । रनेम्पालाई यो भन्दा अघि कहिले पनि यस्तो नरमाइलो घटनाको महशुस थिएन । यस्तो घटनाका साथ कथाको अन्त्य भएको छ । यसरी यो कथा सरल रुपमा संरचित छ । खोटाङका सबैजसो जनता भारी बोकेर सुनकोसीको किनारै किनार माथितिर लाग्नु कथाको आदि भाग, अव त्यस डाँडामा पनि मोटर कुद्ने समाचार रेडियोबाट प्रसारण हुनु मध्य भाग र मोटर कुदेपछि साहुका सबै भारी मोटरले नै बोक्ने हुँदा आफ्नो रोजीरोटी खोसिने पीरले रनेम्पालाई त्यस दिन अघिपछि भन्दा बेग्लै लाग्नु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित भई अघि बढेको छ ।   
४.७.२  पात्र वा चरित्र चित्रण 
     प्रस्तुत सन्त्रस्त आँखाहरु यस कथा सङ्ग्रहको मझौला आयाममा थोरै पात्रहरुको प्रयोग भएको कथा हो । भरियाहरुको जीवनशैलीको कथावस्तुमा आधारित भएकोले सोही अनुसार पात्र र चरित्रको संयोजन गरिएको छ । कथामा प्रमुख पात्रको रुपमा रनेम्पा आएको छ । ऊ यस कथाको सत् पात्रको रुपमा उपस्थित छ । भारी बोकेर जीवन निर्वाह गर्नुपर्ने गाउँमा मोटर जस्तो यातायातको साधनको आगमन पछि त्यस गाउँका सारा गाउँले भोकमरीले पीडित हुने कुराको प्रतिनिधित्व रनेम्पाले गरको छ र ऊ सकेसम्म यो गाउँमा मोटर गाडी नचलोस भन्ने पक्षमा रहेको छ । सारा गाउँलेहरुको समस्याको प्रतिनिधित्व उसले गरेको हुनाले रनेम्पा यस कथाको मुख्य पात्र हो । मन्जिते तथा रनशेर यस कथाका सहायक पात्रका रुपमा उपस्थित रहेका छन् । उनीहरुले रनेम्पाको विचारमा सहमति जनाएका पनि छन् भने कतै कतै मोटर गाडी चल्ने कुरामा खुसियाली पनि व्यक्त गरेका छन् । त्यस्तै उनीहरुसँग भारी बोक्ने अन्य भरियाहरु गौण पात्रको रुपमा उपस्थित छन् । रनेम्पा आबद्धताको रुपमा बद्ध पात्र हो र मञ्चनको रुपमा मन्चीय पात्रको रुपमा उपस्थित रहेको छ । एउटा पूरै गाउँको प्रतिनिधित्व सकारात्मक रुपमा रनेम्पाबाट भएको कारण प्रस्तुत कथामा असत् चरित्रको उपस्थिति कतै, कहीँ भएको देखिँदैन ।    
४.७.३ परिवेश 
  प्रस्तुत सन्त्रस्त आँखाहरु कथा पञ्चायतकालीन अवस्थाभन्दा पछाडि समसामयिक परिवेशमा संरचित कथा हो । जहाँ भारी बोकेर आफ्नो जीविको पार्जन गर्नुपर्ने गरिव, निर्धन, पिछडिएका वर्गका मानिसहरुको कारुणिक अवस्थाको चित्रण गरिएको छ । परिस्थितिगत हिसाबले भारी नबोकिकन बिहान बेलुकाको छाक टार्न पनि मुस्किल, त्यही भारी पनि आदि बाटामै खोसिएका कारण बाबुको मृत्यु हँुदा समेत कात्रो किन्ने पैसा र कृया गर्ने खर्च नहँुदा काजकृया समेत नगरेको, दुःख, कष्ट र दर्दमा जीवन व्यतित गर्ने निमुखा वर्गको परिवेशमा कथा संरचित छ । यहाँका जनता भय र त्रासको जीवन व्यतित गर्न बाध्य छन् । कारण उनीहररुको जीविकोपार्जनको एउटै मात्र स्रोत भनेको भरिया हो । त्यही पेशा पनि गाउँमा मोटर चलेमा बन्द हुन्छ । त्यसैले उनीहरु आधुनिक सुविधाको साधनको उपभोग गर्न भन्दा पुरातन पन्ती सोचमा डुबुल्कि मार्न बढी खुसी देखिन्छन् । स्थानका हिसाबले सगरमाथा अञ्चलको सोलुखुम्बु, ओखलढुङ्गा, रुम्जाटार, कटारी, उदयपुर, दिक्तेल, पिच्चाई फेदी, सुनकोसी, भुङ्जुडाँडा, निवुवाटार, कुनाई, स्वरुङ दोभान, च्यास्मीटार, ऐंसेलुखर्क, दुक्र्षिम डाँडा र कटारी बजारदेखि पूर्वी मध्य पहाडका बजारहरु आदि परिवेशको रुपमा आएका छन् भने मौषमको हिसाबले बैशाख जेठको गृष्मकालीन उराठ लाग्दो परिवेश छ । मानिस दु ःख र दर्दको भुमरिमा कसरी पर्दछ र यस्तो अवस्थामा आफ्नो जीवनको एउटै मात्र स्रोत जोद्धारा आफू पालिएको छ त्यसको अभावमा कसरी जीवन चल्छ भन्ने कुराको भयवित अवस्थालाई कथाले उठान गरेको छ । आफ्नो जीवन धान्ने मुख्य स्रोत भनेकै भारी बाक्ने काम हो । यो नभए जीवन चल्न असम्भ छ भन्ने रनेम्पा जस्ता निम्न वर्गीय मानिसहरुको चरित्र उदाङ्गो पार्न पात्र र कथावस्तु अनुकुल परिवेशको योजना प्रस्तुत कथामा गरिएको छ ।   
 ४.७.४ ंदृष्टिविन्दु 
कथा निर्माणको आवश्यक तŒवको रूपमा दृष्टिबिन्दुलाई  लिन थालिएको छ । कथा तŒवको अनिवार्य तŒव  दृष्टिबिन्दु हो । विना दृष्टिबिन्दु कथामा कथाकारले आफ्नो भनाइ राख्न पाउँदैनन् । प्रस्तुत सन्त्रस्त आँखाहरु कथा सङ्ग्रहमा कथाकारले तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरेका छन् । नेपाल जस्तो अल्पविकसित मुलुक त्यसमा पनि पूर्वी भेगको विकट पहाडी क्षेत्र, त्यहाँका मानिसहको रोजिरोटीको मुख्य स्रोत भनेको अर्काको भारी बोक्ने भरिया र ढाक्रे नै हो । यति गरेर जीवन निर्वाहको लागि अगाडि बढेका व्यक्तिहरुलाई मोटर गाडी चलेपछि आफ्नो त्यस पेशाबाट बन्चित रहनुपर्ने निम्न वर्गका मानिसहरुको ममतामही अवस्थालाई उदाङ्गो पार्न यहाँ विभिन्न पात्रहरुको चयन गरिएको छ । पात्रहरुको क्रियाकलाप, भावना, विचार, प्रतिकृया र कारुणिक अवस्थाको चित्रण गर्दै उनीहरुको आन्तरिक जीवनको चिनारी दिन तृतीय पुरुष बाह्य सीमित दृष्टिविन्दुको प्रयोग यस कथामा भएको पाइन्छ । “रनेम्पाले सुनकोसी किनारको तेर्साे बाटोेमा आफ्नो आँखालाई परैसम्म ओच्छायो ।” (सँत्रस्त आँखाहरु, पृष्ठ .४८) यसरी प्रस्तुत कथामा तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीको प्रयोग छ ।
४.७.५ भाषाशैली 
        प्रस्तुत सन्त्रस्त अाँखाहरु कथाको भाषाशैली सरल र सहज छ । लेखकीय प्रवृत्तिअनुसार छोटा र सरल वाक्यहरूको अधिक प्रयोग गरिएको छ । पात्रअनुसार भाषाशैलीको छनौटमा कथाकार सफल छन् । यस कथामा सरल तथा मिठासपूर्ण भाषाको प्रयोग छ । क्लिष्ट तथा दुर्बोध्य भाषाको प्रयोग पाइँदैन । कथामा  घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई अझ सरस र प्रभावकारी बनाउन विभिन्न स्रोतका शब्दहरूको उचित चयन गरिएको छ । जसमध्ये केही शब्दलाई तालिकामा राखेर यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.सङ्घर्ष १. माइला १.स्कुल              
२.कालखण्ड २.आँखा २.रेडियो 
३. अशुभ ३. मान्छे ३. फिलिप्स
४.त्रासद ४.डर ४.मोटर
       यसका साथै यस कथामा मुर्दाहरु जस्ता ठेट नेपाली शव्दहरुको पनि प्रयोग भएको पाइन्छ । यसरी विभिन्न स्रोतका शब्दहरूको सन्तुलित प्रयोगले कथालाई बोझिलो नबनाई सम्प्रेषणीय बनाएको छ ।
४.७.६ उद्देश्य 
   प्रस्तुत सन्त्रस्त आँखाहरु कथामा मानिसले जीविकोपार्जन गर्नको लागि अपनाउँदै आएको पेशा खोसिनु हुँदैन, उसले स्वतन्त्रतापूर्वक आफ्नो पेशा गरेर खाने वातावरण हुनुपर्दछ भन्ने उद्देश्य रहेको पाइन्छ । रनेम्पाजस्ता मानिसहरु गाउँमा भारी बोकेर खाने बाहेक जीवन निर्वाहको अन्य स्रोत नभएका कारण सोक मग्न छन् भन्ने कुरा प्रस्तुत कथामा देखाउन खोजिएको छ । सरकारले केन्द्रमा बसेर अग्ला महलमा ऐस आराम गर्ने, चिल्ला गाडि चढेर ढिड्ने, फोस्रा भाषणले जनता भुलाउने काम मात्र नगरिकन गाउँगाउँमा गएर त्यहाँको वातावरण बुझ्ने र त्यस गाउँको जनतालाई भौगोलिक बनावट अनुसार, हावापाी अनुसार र सीप अनुुुसारको रोजगार दिएर उनीहरुलाई बाँच्ने अवसरबाट वन्चित नगराई सवै गाउँठाउँका मानिसहरुलाई स्थानिय स्तरमा उपयोग्य वस्तुलाई उपयोग गराएर स्वतन्त्रता पूर्वक जीवन निर्वाह गर्न पाउने अवसर प्रदान गर्नुपर्छ भन्ने उद्देश्य प्रस्तुत कथाले राखेको छ । आधुनिक सुख सुविधाका साधनको प्रयोग सँगसँगै रोजगारीको अवसर पनि जुटाउनुपर्छ भन्ने कुरालाई मुख्य उद्देश्यको रुपमा कथाले पस्किएको छ ।       
४.७.७ निष्कर्ष 
  सन्त्रस्त आँखाहरु (२०६१) यस सङ्ग्रहको छैटौँ तथा प्रतिनिधि कथा हो । सङ्ग्रहको नाम पनि यसै कथाको नामबाट राखिएको छ । यो कथा प्रथम पटक मिर्मिरे पत्रिका (२०६१ पुस) मा प्रकाशित भएको हो । प्रस्तुत कथा पृष्ठ ४७ देखि पृष्ठ ५३ सम्मको आयतनमा फैलिएको छ । यो कथाले ग्रामीण भेगका निम्नवर्गीय समाजमा विद्यमान गरिवी, बेरोजगारी, अशिक्षा, पुरानो सोच, अभाव आदिमा देखा परेका समस्यालाई उद्घाटन गरेको छ । जसमा सुधारको अपेक्षा गरिएको छ ।
४.८.१ अविश्वास प्रस्ताव कथाको कथानक 
अविश्वास प्रस्ताव दुई पदीय शीर्षकमा रचिएको कथा हो । जुन कथाको कथानक र घटनाक्रमबीच सोझो सम्वन्ध रहेको पाइन्छ । जसको फलस्वरुप घटनाको राम्रोसँग तालमेल भएको पाइन्छ । उक्त कथाको शीर्षक पनि सार्थक रहेको पाइन्छ । पञ्चायत ढलेपछि एक प्रकारले हीराप्रसादको होस ठाउँमै रहेन भन्ने सन्दर्भमा प्रस्तुत कथाको कथानक आरम्भ भएको छ । प्रस्तुत कथा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित छ । हीराप्रसाद जिल्ला पञ्चायत सभापति भएको तीन वर्ष पनि पूरा नहुँदै पञ्चायत ढल्नाले हीराप्रसादको मनमा बेचैनी छाएको छ । उनी आफू पञ्चायत सभापति भएको बखत सारा गाउँलेलाई मन्त्री भएपछि उनीहरुको पीर मर्का बुझिदिने र गाउँ विकास गर्ने आश्वासन देखाउँदै ढिँडेका तर पञ्चायत ढल्नाले नेपाललाई एसियाली मापदण्डमा पुर्याउने योजना चौपट भएको छ । अव गाउँमा पञ्चे र मण्डले भनेपछि ज्यान जोगाउन पनि सचेत भएर ढिड्नुपर्ने अवस्थाको सृजना भएको छ । हिजो हीराप्रसादलाई पार्टीमा सहयोग गर्ने कार्यकर्ताहरु आज अर्कै पार्टीको झण्डा बोकेर हिँडेका छन् । तल्लो गाउँमा राता झण्डा, कुनै घरमा चारतारे झण्डा र कुनै घरमा हँसिया हतौडाका झण्डा फर्फराइरहेका छन् । हीराप्रसाद आफू क्याम्पसमा पढ्दा लिएको नेपाल विद्यार्थी सङ्घको सदस्यता कार्ड खोज्न जुर्मुराई रहेको देखेर उनकी श्रीमती आफ्नो प्रसस्त जग्गा जमिन र घर सम्पत्ति हुँदा पनि हीराप्रसादलाई राजनीतिको नशाले नछाडेकोमा दुःख व्यक्त गर्न पुग्छिन । उनी आधा रातमा उठेर पनि त्यो सदस्यताको अर्धकट्टी खोजि नै रहन्छन् कारण अव उनी पार्टी परिवर्तन गर्ने क्रममा छन् र कम्युनिष्ट पार्टीका नेता जयकुमार भारती जो उनका प्रतिपक्षी थिए उनको प्रस्ताव स्वीकार गर्न पुग्छन् र जयकुमार भारतीको पार्टीको एकासीऔँ नम्बरमा आफ्नो नाम लेखेपछि उनको मनमा कताकता चिसो पसेको महशुस भयो पुरानै दलमा बसौँ वा नयाँ दलमा जाऔँ, उनले पुरानै दलमा बस्दा सहायक मन्त्रीको आश्वासन पाएका थिए भने विपक्षी दलका नेताले अविश्वास प्रस्ताव पारित भएमा वन राज्य मन्त्री दिलाउने विश्वास व्यक्त गरेका छन् । जयकुमार भारतीले हाम्रो प्रयत्न चाँडै सफल हुँदैछ भन्दै उनलाई खाली कागजमा सही गराई प्रतिपक्षी नेताको हातमा दिएपछि हीराप्रसादको अनुहारमा कालो बादलको छायाँ छायो । पार्टी परिवर्तन पश्चात उनीहरुकै अनुरोधमा हीराप्रसादले प्रतिपक्षी दलको पार्टी पत्रिकालाई अन्तरवार्ता दिई सरकारलाई भए नभएका आरोप लगाई प्रशस्तै गाली गरे अनि संसारको सवैभन्दा राम्रो व्यवस्था भनेको कम्युनिष्ट शासन प्रणाली हो भन्ने भनाइ प्रस्तुत गरे । यसरी पार्टी परिवर्तन गरेर उनकै इच्छाअनुसार चल्दा पनि प्रधान मन्त्रीले आफूलाई वेवास्था गरेको हुनाले हीराप्रसादलाई ठूलो चोट परेको थियो । पार्टी भनेर पछि लाग्दा लाग्दै उनको घरखेत सकिएको छ, सांसदको तलव र भत्ताले परिवार पाल्न र बैङ्कको ब्याज तिर्न बाहेक अरु केही गर्न नपुग्ने हुनाले हीराप्रसाद बिरक्तिएका छन् र यस्तै यस्तै बेचैनीमा जीवन व्यतित गर्दै छन् । उनी आफूले सहयोग गरेका व्यक्तिहरुलाई सम्झन पुग्छन् । जति सहयोग गरे पनि आज आफ्नो भन्ने कोही नहुँदा उनी दुःखी भएका छन् । उनी आफूले पनि अविश्वास प्रस्ताव पास भएमा जागिर लगाइदिने विश्वास धेरैलाई दिलाएका थिए । यही क्रममा शिवराज आफ्नो एस्. एल्. सी पास गरेको छोरो विजयलाई लिएर उनको घरमा पुग्छन् । तर हीराप्रसादको केही बुता नचल्ने हुँदा शिवराज निरास भई फर्कन्छन् अनि उनको छोरो विजयले पहिले नै नआऔँ भन्दा टेर्नु भएन । यिनीहरु पद र पैसाको लागि जस्तोसुकै तल्लो स्तरमा ओर्लिएर बोल्न पनि पछि पर्दैनन्, यो सब हामीलाई भुलाएर भोट माग्ने उपाय हो, यिनीहरुको कुरा विश्वास गर्नु हुँदैन भनेर घर फर्कन्छ । शिवराज भने कतै अविश्वास प्रस्ताव पास भयो भने त मेरो छोरा जागिरे हुन्छ भन्ने झिनो आशाले रेडियोको समाचार सुन्दछ । जति समाचार सुने पनि अविश्वास प्रस्ताव पास नभएपछि निरास भएर रेडियोको समाचार सुन्ने रुची पनि हराउँदै गएको अवस्थाबाट कथानकले पूर्णता पाएको छ । प्रस्तुत कथाको योजना सरल रैखिक ढााँमा भएको देखिन्छ । राजनीतिमा लागेका मानिसहरुले सोझा साझा जनतालाई कसरी प्रलोभनमा पार्दा रहेछन् भन्ने कुरालाई कथाले प्रस्ट पारेको छ । जिल्ला पञ्चायत सभापति भएपछि तीन वर्ष पनि कार्यभार सम्हाल्न नपाउँदै हीराप्रसादले पदबाट बाहिरिनु परेको कथाको आदि भाग, उनले पार्टी परिवर्तन गरेपछि सरकारलाई भए नभएका विषयमा तथानाम गाली गर्नु मध्य भाग र हीराप्रसादले अव पनि केही गर्ने छाँटकाँट नदेखिए पछि शिवराजको रेडियोमा समाचार सुन्ने चाख हराउँदै जानु कथाको अन्त्य भाग रहेको देखिन्छ । 
४.८.२ पात्र वा चरित्र चित्रण   
अविश्वास प्रस्ताव कथा सन्त्रस्त आँखाहरु कथा सङ्ग्रहको सवैभन्दा लामो आयम तर थोरै पात्रहरुको प्रयोग भएको कथा हो । कथाको मूल पात्र हीराप्रसाद हो । ऊ यस कथाको द्धैध चरित्र भएको पात्रको रुपमा उपस्थित छ । ऊ आफ्नो पद र पैसाको लागि आफूले कलेज जीवनदेखि अपनाउँदै आएको राजनीतिक पार्टी परिवर्तन गरी मन्त्री हुने लालचमा परी कम्युनिष्ट पार्टीलाई स्वीकार गर्न पुगेको व्यक्ति हो । चुनावको बेलामा भोट माग्नको लागि सारा गाउँलेलाई रोजगारी दिने आश्वासन दिलाउँदै हिँड्ने तर चुनाव सम्पन्न भए पस्चात कसैको पनि वास्ता नगर्ने र वनको बाघले नखाए पनि मनको बाघले खाएर मानसिक द्धन्दमा रुमलिइरहने, श्रीमतीसँग पनि विनाकाममा झर्की फर्की गरी रिसाउने, रातमा पनि नसुतिकन चिन्तामा डुबिरहने खालको चरित्र हीराप्रसादमा देखा परेको छ । यसका साथै अन्य पात्रहरु सरिना, जयकुमार भारती, सांसद राघवसिँह, अनुराधा, शिवराज, शिवराजको छोरो विजय आदि सहायक पात्रको रुपमा आएका छन्  भने अन्य राजनीतिक कार्यकर्ता, कलेजका विद्यार्थी र पत्रकारहरु गौण पात्रको रुपमा उपस्थित छन् । शिवराज आर्थिक रुपले विपन्न अनि बेरोजगार नेपाली जनताको प्रतिनिधित्व गर्ने पात्रको रुपमा आएको छ । मञ्चनका दृष्टिले हीराप्रसाद मञ्चीय पात्र हो भने आवद्धताका दृष्टिले बद्ध पात्रको रुपमा देखिएको छ । अन्य पात्रचाहीँ मुक्त पात्रका रुपमा देखा परेका छन् । यसरी यस कथामा समाजमा राजनीतिको खोल ओढेका र द्धैध चरित्र धारण गरेका हीराप्रसाद जस्ता व्यक्तिहरुको चरित्रलाई नङ्ग्याएर त्यसलाई सार्वजनिक गर्ने काम गरिएको छ ।   
४.८.३  परिवेश 
        कथाकार पोखरेलको अविश्वास प्रस्ताव ढोगीवादी राजनीति जहाँ पञ्चायत कालभन्दा पछाडिको परिवेशमा आधारित कथा हो । देश वा समाजमा राजनीतिको खोल ओढेर आफ्नो मात्र स्वार्थ पूरा गर्ने, विलासी जहाजमा चढेर विदेश भ्रमण गर्ने, ठूला ठूला महलमा बसेर महङ्गा रक्सीको स्वादमा ऐस आरामको साथ जीवन विताउने, सोझासाझा जनतालाई अनेक किसिमका परिकल्पनायुक्त प्रलोभनमा जीवन व्यतित गर्न बाध्य पार्ने राजनेताहरुलाई समाजबाट नै तिरस्कार गर्नुपर्छ भन्ने कुरालाई यहाँ छिनोफानो गर्न खोजिएको छ । देशमा व्याप्त रुपमा रहेको अशिक्षा, बेरोजगारी, गरिवीजस्ता कुराहरु दिनप्रतिदिन बढ्दै गइरहेको छ । महिनाभरिको कमाइले छोराछोरी पढाउन मुस्किल छ । गुणस्तरीय शिक्षा भनेको त सोझासाझा जनताको पहुँच भन्दा टाढाको कुरा हो भने उता राजनीतिमा लागेका मानिस भने घरी एउटा पार्टी घरी अर्काे पार्टी गर्दै जसरी भए पनि कुर्सी र पैसाका लागि मरिमेट्ने, कसरी भ्रस्टाचार गर्न सकिन्छ र अरुभन्दा धनी बन्न सकिन्छ भन्ने कुरामा रातदिन ब्वाँसोको जस्ता सुम्सुम्याएर चिमोट्ने जस्ता प्रवृत्ति बोकेर उदाएका छन् । स्थानको हिसाबले सहरीया परिवेशमा कथा संरचित छ । संसद भवन, हीराप्रसादको घर, बुइंगल, बार्दली, चोटाकोठा आदि ठाउँको परिवेश यहाँ उल्लेख गरिएको छ । हाम्रो समाजमा राजनीतिको खोल ओढेका शोषक वर्गहरुको चरित्र, अन्याय, अत्याचार, थिचोमिचो आदिजस्ता कुरामा कथाले आफ्नो आयम कायम गरेको छ । 
४.८.४  दृष्टिविन्दु 
      पोखरेलले प्रस्तुत अविश्वास प्रस्ताव कथामा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीमा हीराप्रसादले राजनीतिमा लागेको कयौँ वर्ष पछि जिल्ला पञ्चायत सभापति भएको तीन वर्ष पूरा नहुँदै पदबाट बाहिरिनु परेको दुःख व्यक्त गर्ने क्रममा उक्त कथाको सिर्जना भएको छ । तृतीय पुरुष दृष्टिविन्दुको वर्णनात्मक शैलीमा हीराप्रसाद र अन्य पात्रको चरित्र चित्रण गरिएकोले यहाँ तृतीय पुरुष सीमित दृष्टिविन्दुको प्रयोग भएको देखिन्छ । कथामा थोरै पात्रको प्रयोग गरी पात्रहरुको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिविन्दुको प्रयोग गरिएको छ । “उहाँ हाम्रो ठूलो सहयोगी मान्छे । उहाँहरुकै मद्यतले मैले चुनाव जितेको हुँ । उहाँको नाम शिवराज खत्री र ऊ भाइ उहाँको छोरो ।” (अविश्वास प्रस्ताव, पृष्ठ .६१) ऊ पात्रको उपस्थितिमा समाजमा राजनीतिमा लागेका व्यक्तिहरुले सोझासाझा जनतालाई लोभ, लालच र प्रलोभनमा पारेर ंकसरी बरवादीतर्फ उन्मुख गराउँदारहेछन् भन्ने कुराको उद्घाटन गर्दै अव आइन्दा यस्ता व्यक्तिहरुले देखाएका फोस्रा भाषण र लोभ लालचको पछि लाग्नु नहुनेले नै सबै जनताको भलाइ हुने कुराको उल्लेख गर्न यहाँ तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको छ । 
४.८.५ भाषाशैली  
        भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको प्रकार हो । सामान्यतः यो कथाको भाषाशैली पनि कथाकार पोखरेलका अन्य कथामा जस्तै सरल, सहज र सुललित नै छ । कथामा सकेसम्म सरल, सहज, छोटा वाक्यको  प्रयोग गरिएको छ । यो कथा नेपालकै जल्दो बल्दो समस्यामा केन्द्रित भएर लेखिएको छ । कथामा क्लिष्ट र दुर्बाेध्य भाषको प्रयोग कतै पाइँदैन भने शैलीमा पनि सहजता भेटिन्छ । कथामा पात्रको मनोगत अवस्थाको चित्रण संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध र सुललित भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई थप आकर्षण र रोचक बनाउन यसमा प्रयोग भएका केही विभिन्न खाले तत्सम्, तत्भव र आगन्तुक शब्दहरूलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक
१. मन्त्री १. घर १. एसएलसी 
२. संवेदनशील २. छोराछोरी २. मिटिङं
३. गम्भीर ३. अँध्यारो ३. क्याम्पस
४. पत्नी ४. रिस ४. रेडियो
  यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको भए पनि कथाको भाषा सरल, सहज तथा शैलीमा सम्प्रेषणीय गुणहरू भएको कारण कथा एकात्मक प्रभाव उत्पन्न गर्न सफल छ । 
४.८.६ उद्देश्य 
        यस अविश्वास प्रस्ताव कथामा समाजमा रहेका राजनीतिक कार्यकर्ताहरुमा मानव भएर पनि मानवता हराएको र पद पैसालाई सर्वस्व सम्झी यसको मोहजालमा नराम्ररी फसेका मानिसहरुको चरित्रलाई नङ्ग्याउने उद्देश्य राखेको पाइन्छ । मानिस पद, पैसा र कुर्सीका लागि कतिसम्म नीच, अधम हुन्छ र आफ्नो मानवता कुन हदसम्म गिराउँछ भन्ने दृष्टान्त पस्कनु र आम पाठकलाई यसतर्फ आकर्षित नगराउनु वा सचेत गराउनु यस कथाको सन्देश रहेको छ । हीराप्रसादले आफूले लाग्दै र भोग्दै आएको पार्टीबाट आफूलाई फाइदा नहुने देखेपछि पार्टी परिवर्तन गरी अर्काे पार्टीमा प्रवेश गर्नुले कथामा मानवका रुपमा भएको अमानवीय प्रवृत्तिले झकिझकाऊ नेपालीहरुको चरित्रलाई पर्दाफास गरेको छ । बरु अर्काको जुठो भाँडा माझ्ने, मेला पर्म, ज्याला बनिबुतो आदि गरेर जीवन निर्वाह गरेका सामान्य जनताहरुमा मानवप्रति अपनत्व र कर्तव्य वोध भएको कुरा कथाले उठाएको छ । त्यसै गरी पद र पैसाको लोभले मान्छे आफ्नो आफन्त, नातागोता, गाउँसमाज आदिबाट कसरी चिडिनु पर्दाेरहेछ भन्ने कुरा देखाउनु पनि कथाको उद्देश्य रहेको बुझिन्छ । यस कथामा आएका ंहीराप्रसाद र जयबहादुर भारती देश र जनताको भलाइका लागि राजनीतिमा सहभागी भएको भन्ने देखाबटी ढोङ रची देश र जनतालाई शान्तिको वातावरण र रोजगारीको अवस्थाको प्रत्याभूति दनुको सट्टा कसरी कुर्सी च्याप्न पाइन्छ र धन लुट्न पाइन्छ भन्ने लालसा बढीरहेको देखिन्छ । आफूले जीवनभरी सेवा गरेपछि त्यसको मेवा स्वरुप आफ्नो छोरालाई जागिर गराउन अनुनय विनय गर्न आएका शिवराज जस्ता स्वच्छ मानसिकता रहेको व्यक्तिहरुको मन चुढाउने दुष्ट प्रवृत्तिका व्यक्तिको चित्रण गर्नु, मानवता हराएको मानवताको खोजी गर्नुका साथै नेपालीमा प्रचलित जति जोगी आए पनि कानै चिरिएको भन्ने उखानलाई पाठक समक्ष राखेर यसमा सुधारको अपेक्षा राख्नु कथाकारको मुल उद्देश्य रहेको बुझिन्छ । अन्त्यमा पद र पैसा, लोभलालच, स्वार्थ आदि भन्दा माथि उठेर भातृत्व, बन्धुत्व, सामाजिक विचार, सदाचारको निर्माण गर्नुपर्ने सन्देश यस कथाले दिएको छ ।

४.८.७ निष्कर्ष 
      कथाकार मातृका पोखरेलको अविश्वास प्रस्ताव कथा सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको सातौँ कथा हो । यो कथा प्रथम पटक अक्षर (वर्ष – १, अङ्क–२) मा प्रकासित भएको थियो । यो कथा पृष्ठ ५४ देखि पृष्ठ ६३ सम्मको आयतनमा फैलिएको छ । कथाले मानवता हराएको पद र पैसाको पछाडी दगुर्नेहरुको नीच र अधम व्यवहारलाई प्रदर्शन गर्दै मानवताको कल्याणका लागि आफ्नो जीवन सँधैभरि सुधार गर्नुपर्ने, राजनीति भनेपछि सवैले सम्मान गर्ने खालको वातावरण हुनुपर्ने र घृणास्पद व्यबहारबाट बचाउनुपर्ने कुरा यहाँ प्रकट भएको छ । 
४.९.१) चुनावको मौसम कथको कथानक 
        दुई पदीय शीर्षकमा संरचित प्रस्तुत चुनावको मौसम कथा प्रत्यक्ष अर्थ वोध गर्ने खालको रहेको छ । जसको शीर्षक र घटनाक्रमबीच राम्रोसँग तालमेल रहेको पाइन्छ । यसै कारणले गर्दा उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । जसको शीर्षक र घटनाक्रमबीच सोझो सम्वन्ध रहेको छ । प्रस्तुत कथा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको मझौला आयममा संरचित कथा मध्यको एक हो । उसको बाल्यकाल यही गाउँमा बितेको कुरा मलाई धेरै पछि मात्र थाहा भयो भन्ने कुरा म पात्रले व्यक्त गरेबाट कथानकको आरम्भ भएको छ । म पात्र, सन्तोष, जमुना, रामु , ड्राइभर आदि व्यक्तिहरु चुरे छेउको एउटा गाउँमा चुनावको प्रचार प्रसार गर्न जाने क्रममा थिए । यसै क्रममा एउटा सानो गाउँमा पुगेपछि बाटा छेउमा एउटा सानो छाप्रो देखेर सन्तोष स्तव्ध हुन पुग्दछ र ऊ भित्रभित्रै रुन थाल्दछ, ऊ यतिसम्म सोचमा डुविरहन्छ कि आफू चढेको गाडी खाल्डामा फसेर ठोकिंदा समेत उसलाई त्यस कुराको कुनै महशुस भएन । सँधैभरी हाँसिखुसी रहने सन्तोष आज यस्तो मोहडामा देखेर म पात्रलाई ज्यादै अचम्म लाग्छ । चुनावमा भोट माग्न जाँदा सारा जनतालाई आफ्नो बोलीको प्रभावले प्रोत्साहित गर्ने सन्तोष आज यति धेरै गम्भीर मुद्रामा देखेर उसलाई पक्कै केही भएको छ भनेर म पात्रले बढो ढिपिका साथ सोधेपछि बल्लतल्ल सन्तोषले आफ्नो कुरा खोल्दछ । चुरे छेउको गाउँमा रहेको त्यो सानो छाप्रो सन्तोषको घर थियो । जव ऊ पाँच÷छ वर्षको थियो उसको गाउँमा यसैगरी चुनावी प्रचारप्रसारमा धेरै मानिस आएका थिए र पर्चा तथा पोष्टरले गर्दा झिंगटीको छानो गरेका त्यस गाउँका पूरै छाप्राहरु बेहुली झँै रङ्गिएका थिए । दीपिया अर्थात सन्तोषकी आमा गाउँकै एउटा चौतारोमा ज्वरोले ग्रस्त छोरोलाई लिएर बसेकी थिई त्यसै बखत दलबलसहित भोट माग्न आएको सनकराम यादवले उसलाई दयाको भाव देखाएर सन्तोषलाई के भएको कसरी ज्वरो आएको सवै कुरा सोध्दछ र सन्तोष विरामी भएकोमा दुःख व्यक्त गर्दछ । दीपियालाई केही समस्या परेमा आफूले सक्दो मद्यत गर्ने आश्वासन दिएर ऊ फर्कन्छ । त्यसपछि लोग्ने मरेकी विधुवा जसलाई पराय पुरुषले दयाको भाव देखाएपछि कताकता आशाको त्यान्द्रो पलाउँछ र दीपियाले सनकरामकै चुनाव चिन्हलाई भोट दिन्छ । आपूmले भोट दिएको व्यक्तिले नै चुनाव जितेको कारण दीपिया ज्यादै खुसि भई र आफू पनि अविर यात्राका साथ नाच्ने चाहना व्यक्त गरेर अग्रसर भई । सनकरामले चुनाव जितेकोमा उसले आफूलाई निकै शक्तिशाली ठानेकी छे । कारण अव सनकरामले आफ्नो लागि केही मद्यत गर्दछ ।  करिव एक महिनापछि सनकरामको पार्टीकी कार्यकर्ता फूलो जो दीपियाकी बालसखा थिई उसले दीपियालाई काठमाडौँ गयोभने त्यहाँ राम्रो राम्रो काम पाइने र धेरै पैसा कमाउन सकिने लोभ लालचमा पारेर अनेक किसिमको प्रलोभन देखाइ काठमाडौँ जान प्रेरित गरी । तर दीपियाले आफ्नो छोरो सन्तोषलाई पनि साथैमा लैजाने जिज्ञासा प्रकट गरी । फूलोले सन्तोषलाई सँगै लग्यो भने काम गर्न अप्ठेरो पर्ने हुनाले अलिबार काम गरेर पैसा कमाएपछि आएर लैजानु भनेपछि दीपियाले उसको प्रस्तावलाई स्वीकार गरेर आफ्नो छोरालाई नजिकैको काकाको जिम्मा लगाएर काठमाडौँ जान्छे । सन्तोष गाउँकै धुलोमुलोसँग लडिबुडि गर्दै हुर्कन्छ । उता केही समयपछि फूलो गाउँ फर्केर आउँछे र काठामाडौँ गएपछि दीपिया हराएको कुरा व्यक्त गर्दछे । वास्तवमा दीपिया हराएकी नभएर मन्त्री सनकराम र फूलोद्धारा बेचिनएकी हो भन्ने कुरा पत्रिकाहरुले लेखेका छन् । सन्तोष भने जनतालाई संसदीय चुनावको भ्रमजालमा नपर्न जोडले माइकिङ गर्दै हिँड्छ र सारा कार्यकर्ताहरु आफ्नो कार्यस्थल फर्केपछि कथानकले पूर्णता पाएको छ ।  सन्तोष, म पात्र लागायत अन्य कार्यकर्ताहरु चुनावी प्रचार प्रसारको लागि चुरे छेउको बाटो लाग्नु कथाको आदि भाग, बाटोको छेउमा एउटा छाप्रो देखेपछि सन्तोष झस्कनु कथाको मध्य भाग र दीपिया बेचिएकीमा सनकराम जस्ता व्यक्तिहरुको विरोध गर्दै संसदीय चुनावको भ्रमजालमा नफस्न सारा जनतालाई आग्रह गर्दै सन्तोषले ठूलो स्वरमा माइकिङ गर्दै ढिंड्नु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथा वृत्ताकारीय ढाँचामा आदि, मध्य र अन्त्यको.श्रृङ्खलामा संरचित छ ।


४.९.२  पात्र वा चरित्र चित्रण 
       प्रस्तुत चुनावको मौसम कथा मझौला आयमको थोरै थोरै पात्रको प्रयोग भएको कथा हो । जनआन्दोलन २०४६ पछिको पहिलो आम चुनावको समयको सेरोफेरोको कथावस्तुमा आधारित भएकोले सोही अनुसार पात्र र चरित्रको चयन अर्थात संयोजन गरिएको छ । कथामा प्रमुख पात्रको रुपमा सन्तोष आएको छ । उसैको वरिपरि कथाले पूर्णता पाएको छ । सन्तोष चुनावको नाउँमा गाउँगाउँमा गएर त्यहाँको वातावरण बुझ्ने सोझासाझा महिलालाई बेच्ने प्रवृत्तिका मानिसद्धारा पीडित व्यक्तिको रुपमा यस कथामा उपस्थित भएको निम्न वर्गीय पात्र हो । जसले यस्तो समस्याद्धारा पीडित सवै वर्गको प्रतिनिधित्व गरेको छ । राजनीति भनेपछि तल्लो भन्दा तल्लो स्तरमा राखेर हेर्ने सन्तोष जीविकोपार्जनका लागि चुनाव प्रचार प्रसार गरेर हिँड्न बाध्य भएको छ । ऊ इमान्दार र सहयोगी चरित्रको व्यक्ति हो । गरिव भए पनि बाबुआमाको सहारामा हुर्किनुपर्ने बेलामा बाबुआमाको साथ नपाउँदा पनि लोभ लालच तथा धुत्र्याइँ कतै पनि नभएको सत् तथा अनुकुल पात्रको रुपमा उसको उपस्थिति रहेको छ । साथै दीपिया प्रमुख नारी पात्रको रुपमा यस कथामा आएकी छे ऊ अनुकुल स्वभावकी सत् पात्रको रुपमा यस कथामा उपस्थित रहेकी छे । सनकराम जस्ता अत्याचारीको भ्रमजालमा फसेर ऊ बेचिन बाध्य भएकी छे । उता सनकराम भने यस कथाको प्रमुख खलपात्र, प्रतिकूल वा असत् पात्रको रुपमा उपस्थित रहेको छ । भोट माग्ने निउमा गाउँगाउँ जाने, त्यहाँका जनतालाई धारा,े इनार, बाटो, बत्ती आदि बनाइदिन्छु भनेर लालचमा पार्ने अनि हिमालको काखमा रहेका, स्वच्छ र निर्मल मनोभावना भएका सोझासाझा चेलीबेटीहरुलाई बम्बईको कुनामा लगेर बेचिदिने स्वभावको चरित्र उसमा भेटिन्छ । महिलाहरुलाई आकर्षण गर्नको लागि दयाको भाव देखाएर मीठो बोली बोलेर अरुलाई लोभ्याउन ऊ खप्पिस देखिन्छ । दीपिया जस्ती सहारा विहीन महिलाको छोरो बिरामी पर्दा उसले दयाको भाव पस्किएर भन्छ “अहो बर्बाद भैले ।” (चुनावको मौषम, पृष्ठ .६९) यसरी ऊ जनताको छोरा बिरामी हुँदा पनि पीर गर्ने व्यक्ति बनेर अरुलाई भ्रमको जालमा फसाउन खप्पिस रहेको देखिन्छ । त्यस्तै फूलो पनि यस कथाकी प्रमुख नारी पात्र नै हो । ऊ प्रतिकुल चरित्र रहेको खलपात्रका रुपमा यस कथामा आएकी छे सनकराम जस्ता शोषकको साथा लिएर चेलीबेटी बेचविखन कार्यमा सहयोग गर्ने खालको भूमिका उसले निर्वाह गरेकी छे । म पात्र, रामु, जमुना, डा«इभर आदि सहायक पात्रको रुपमा यस कथामा आएका छन् । उनीहरु सबै जनाले सन्तोषलाई चुनावी प्रचार प्रसारमा साथ दिएका छन् । त्यस्तै सनकरामसँग भोट माग्न आउने हुल, दीपियाको काका, पत्रकारहरु आदि कथामा गौण पात्रको रुपमा आएका छन् । 
४.९.३  परिवेश 
       प्रस्तुत चुनावको मौषम कथा देशका हिसावले नेपालको तराई प्रदेशको ग्रामिण बस्ती, समयका हिसाबले पहिलो जनआन्दोलन (२०४६) पछिको फागुन महिनाको चुनावी मौषमको र परिस्थितिका हिसाबले जिजीविषाको लागि सङ्घर्षरत परिवेशमा संरचित छ । मानिस राजनीतिमा लागेर चुनाव प्रचार प्रसारको निहुँले गाउँमा पसेर त्यहाँ बनिबुतो, मेलापात, ज्याला, पर्म आदि गरेर बसेका सोझासाझ चेलीबेटीहरुलाई कसरी बम्बईको कालकोठरीमा पुर्याउन सफल भएका छन् भन्ने कुराको चित्रण गर्दै सबैतिरबाट दुःख कष्टको पोखरीमा परेर बाध्यतापूर्वक व्यबहारबाट बुझेर मानिस आन्दोलनमा किन लाग्छ भन्ने कुरालाई कथाले आफ्नो परिवेश बनाएको छ । स्थानको हिसाबले तराईको बनिया गाउँ, पहाडको चुरे गाउँ र आसपासका अन्य गाउँहरुमा कथाले पूर्णता पाएको छ । चिया पसल, जङ्गल, खेत, खोल्सा, बाटो, पीपलको चौतारी, जीर्ण छाप्रो यहाँ परिवेशका रुपमा आएका छन् । विशेष गरी मानिसले राजनीतिमा लागेर चुनाव प्रचार प्रसारको क्रममा गाउँघरमा गएर अनेक किसिमका विकासका पूर्वाधारहरुको लान्छना देखाएर पाँच वर्षको बालकको आमा नभनीकन कसरी आफ्नो बन्धनमा पारेर खसि बाख्रा सरह बेचविखन गर्न बाध्य तुल्याएका छन् भन्ने कुराको परिवेशलाई कथाले अँगालेको छ । 
४.९.४  दृष्टिविन्दु 
        कथाकार मातृका पोखरेलद्घारा लेखिएको प्रस्तुत चुनावको मौसम कथामा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको छ । पोखरेलले आफूले समाजमा देखेका घटनालाई पाठक समक्ष पुर्याउन सन्तोष, रामु, जमुना, दीपिया, सनकराम, फूलो जस्ता पात्रहरुको चयन गरी उनीहरु मार्फत तराईको अति गरिव ग्रामीण क्षेत्रमा रहेका सोझा साझा जनतालाई अनेक किसिमको लोभ लालच र लान्छना देखाएर मानिसले कसरी फसाउँदा रहेछन् र चेलीबेटीले कसरी बेचिन बाध्य हुँदारहेछन् भन्ने कुराहरु राखेका छन् । यस् कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिविन्दुको प्रयोग गरिएको छ । “उसको भावनालाई फूलोले राम्ररी बुझी र विस्तारै सम्झाउँदै भनेकी थिई के फरक पर्छ र केही समय गएर पैसा कमाएपछि सन्तोषलाई फेरि लान सकिहालिन्छ नि ।” (चुनावको मौसम, पृष्ठ .७१) “चुनावमा उठेका उम्मेदवार र उसका मान्छेहरुले इनार र धारा कतिवटा र कहाँकहाँ चाहिन्छ भनेर सोध्दछन् ।” (पूर्ववत्, पृष्ठ .६७) यसरी प्रस्तुत कथामा विभिन्न पात्रहरुको चयन गरी उनीहरुकै माध्यमबाट स्वयम म पात्र अर्थात कथाकारको पनि उपस्थितिमा कथा अगाडी बढेकोले यहाँ तृतीय पुरुष बाह्य सर्वदर्शी दृष्टिविन्दुको प्रयोग भएको छ । 
४.९.५  भाषाशैली 
  सामान्यतः चुनावको मौसम कथाको भाषाशैली पनि पोखरेलको अन्य कथाहरूमाझैँ सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म सरल र छोटो वाक्यहरूको प्रयोग गरिएको छ । कथा ग्रामीण नेपाली समाजको पृष्ठभूमिमा राजनीतिले निम्त्याएको नकारात्मक परिस्थितिको चित्रणमा निर्मित छ । कथामा सरल, सहज तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा कतै पनि दुर्बोध्य र क्लिष्ट भाषाशैलीको प्रयोग पाइँदैन् । ग्रामीण नेपाली समाजको जनबोलीलाई कथाका पात्रहरूले टिपेको पाइन्छ । कथामा घटनाहरूको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा उखान, टुक्का, निपातको अत्याधिक प्रयोग पाइन्न् । कथामा विभिन्न स्रोतका शब्दहरूको कुशल प्रयोग भने पाइन्छ । ती मध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भब शब्द आगन्तुक शब्द
१.जीर्ण १.आँगन १.पोस्टर
२.आशङ्का २.मानिस २.ऐलानी
३.बालसखा  ३.छाती      ३.मोटर
४. शक्तिशाली ४.नयाँनयाँ ४.बुखर
यसरी कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भए पनि कथाको भावबोधमा कुनै प्रकारको बाधा उत्पन्न भएको छैन् । समग्रमा कथामा सम्प्रेषणीय भाषाशैलीको प्रयोग पाइन्छ ।
४.९.६ उद्देश्य 
 प्रस्तुत चुनावको मौसम कथाको मूल उद्देश्य गाउँगाउँमा गएर चुनावको प्रचार प्रसार गर्ने र आफूले जितेर आएपछि बाटो, विद्यालय, इनार, धारा आदि बनाइदिने, गरिव तथा असहायहरुलाई सहारा दिने, रोजगारीको व्यवस्था मिलाइदिने भन्ने अनि यही लोभ लालचमा पारेर फकाइ फुलाई सोझासाझा चेलीबेटीहरुलाई बेचविखन गरेर बम्बईको कालकोठरीमा मरणासन्न जीवन विताउन बाध्य तुल्याई आफूचाहीँ सहरका गगन चुम्वी महलमा सुखसयल र मोजमस्तिको जीवन व्यतित गर्न पल्केका अत्याचारी, दमनकारी नेतृत्व वर्गको चरित्र उदाङ्गो पार्नु रहेको छ । आजको युवायुवतीमा त्यस्ता व्यक्तिहरुबाट सचेत, होसियार बनाउनु र फोस्रो लान्छनाको पछि नलाग्न आग्रह गर्नु कथाको उद्देश्य रहेको देखिन्छ । एकल महिलाले सहारा विहिन अवस्थामा रहँदा सबैबाट अपमानित हुनुपरेको अवस्था सृजना हुन पुगेपछि कम्तिमा सहारा पाएमा यति धेरै अपमानित हुनु पर्दैन थियो भन्ने आशाले झ्वाट्ट पराय पुरुषलाई विश्वास गर्नाले दुःखको भुमरिमा झेलिनु पर्ने कुरालाई कथाले उठान गरेको छ । आफ्नो दुनो सोझ्याउन जस्तोसुकै झुट र भ्रष्ट व्यक्तित्व देखाउन पनि तत्पर रहने, इमान्दार मानिसहरूको भावनासँग खेलवाड गर्ने, बदनियत भएकाहरूको उछित्तो काढ्नु कथाको ध्येय रहेको देखिन्छ । नेपाली युवाहरू कामको खोजीमा सहर आउनु, अर्काको कुरा सजिलै पत्याउने, पैसा कमाएपछि अवस्य सुख पाइन्छ भनेर नाबालक सन्तानलाई अर्काको जिम्मा लगाएर सहरीन बाध्य हुनुपर्ने, काम नपाइने आदिजस्ता जीवनका अपुग र भत्कोसहरू देखाउँदै जीवन कल्पना गरे जस्तो सजिलै सफल हुदैन । त्यसका लागि सुझ, बुझका साथ अघि बढ्नु पर्ने सन्देश पनि कथामा पाइन्छ ।
४.९.७  निष्कर्ष 
कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथा सङ्ग्रहको आठौँ कथाको रुपमा प्रस्तुत चुनावको मौषम कथा रहेको छ । यो कथा प्रथम पटक नौलो कोसेली (पूर्णाङ्क – १८) मा प्रकाशित थियो । यो कथा पृष्ठ ६४ देखि पृष्ठ ७२ सम्मको आयतनमा फैलिएको छ । ठूलाबडाहरूले सोझासाझा गाउँलेहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि बोल्ने बोली र परिआएका बेला गर्ने व्यवहारमा धेरै फरक रहेको कुरा देखाउनु, नेपालको युवा बेरोजगारी देखाउनु र असल नेतृत्वको पछि लाग्नु पर्ने साङ्केतिक सन्देश कथामा पाइन्छ ।
४.१०.१ फुटपाथ कथाको कथानक 
    एक पदीय शीर्षकमा संरचित प्रस्तुत फुटपाथ कथामा प्रत्यक्ष अर्थ वोधक कथानक रहेको छ । जसको शीर्षक र घटनाक्रमबीच राम्रोसँग तालमेल रहेको पाइन्छ । घनाक्रम, पात्रहरु र कथानकबीच राम्रोसँ तालमेल रहेको कारण उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । प्रस्तुत कथा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको छोटो आयममा संरचित कथा मध्यको एक रहेको छ । ग्राहकसँग मोलतोल गर्दा नगर प्रहरीको मोटर अगाडी रोकिएको सम्म देखेन नरबहादुरले भन्ने वाक्यबाट कथानकको आरम्भ भएको छ । नरबहादुर गाउँमा अत्यन्तै दुःख भएको कारण साहूसँग चर्काे ब्याजदरमा ऋण काढी धन कमाउन काठमाडौं पसेको सोझो गाउँले हो । ऊ फुटपाथमा सानो व्यापार गरेर धौ–धौका साथ आफ्नो हातमुख जोर्दै आएको छ । एक दिन नरबहादुर ग्राहकसँग सामानको मोलतोल गरेर बसेको समयमा मोटरबा बुद्रूङग हाम फालेर एक हुल नगर प्रहरी उसको सामु आइपुगेर भएको सबै सामान खोसेर लगेपछि नरबहादुर निरास बनेर कोठामा फर्कन्छ र बेलुका खाटमा पल्टेपछि आफ्ना अतीतका सारा घटनाहरु ऐना झैँ आफ्नो अगाडी आएको महशुस गर्न पुग्छ । उसलाई दिउसो आफ्नो सामान तान्न खोज्दा पुलिसले नराम्रोसँग कुटेको थियो र राम्रो मुखले सामान फिर्ता माग्दा पनि बल्ल बल्ल हातमा परेको शिकार कहाँ छोड्ने भनेर खुसी हुँदै थियो । यही कुुराले गर्दा नरबहादुरलाई रातभर निद्रा परेन, बिहान चाहीँ उसलाई उठ्नै मन लागेन । उठेर पनि के गर्ने सबै सामान प्रहरी थानामा छ, ब्यापार गर्न जान पाउने होइन त्यसैले ऊ सुति नै रह्यो । रामुसँगै अर्काे कोठामा एकजना ठेकदार बस्ने गर्दथ्यो । ऊ सबैलाई काम लगाउने तर पैसाभने कसैलाई पनि नदिने अनि आफू बसेको कोठाको भाडा पनि पाँच महिनादेखि तिरेको थिएन । उसलाई खोज्न एकजना आगन्तुक आए र उसको कोठामा हेरे अनि उसलाई त्यहाँ नदेखे पछि घरबेटीलाई सोधे घरबेटी साहू पनि पाँच महिनादेखिको भाडा उठाउन उसलाई नै खोज्न त्यहाँ आएका थिए ठेकदार कोठामा नभए पछि साहू रिसले चुर्मुरिएर अनेक कुराले फतफताउँदै फर्कन्छ “ज्याला दे धुँकल व छे वाहे म व्यू यँ हए वी धागु” (फूटपाथ, पृष्ठ . ७६) अनि नरबहादुरलाई पनि अपमानित शव्दले बेस्सरी गाली गर्न थाल्यो । “तिमी पनि त्यही ठेकदार जस्तै भाडा नदिइकन भाग्ने त होलानी” (पूर्ववत्) नरबहादुरले पनि दुई महिनादेखि साहूको भाडा तिरेको थिएन । ऊ भरे नै ल्याएर दिन्छु भनेर आफैँलाई विश्वास नलाग्ने कुरा साहूसँग व्यक्त गरेर त्यहाँबाट हिँड्यो । उता पल्लो कोठाकी सरितालाइ समय सोधेर नरबहादुर सुब्बा अमरराजको कोठामा जान्छ । । अमरराज नरबहादुरकै गाउँको मान्छे हो । उसले अरुलाई साठी प्रतिशत ब्याजमा ऋण लगानी गर्ने गर्दछ । नरबहादुरले पनि उसैसँग ऋण लिएर आफ्नो सामान फिर्ता लिन प्रहरी थानामा जाँदा त्यहाँ उसको सामान हिजोको भन्दा आदि भैसकेको देखेर नरबहादुरलाई दिक्क लाग्छ । तैपनि उसले पुलिसले सात सय मागे पनि पाँच सयमा राजी भएर पैसा दिई आफ्नो सामान लिएर जान्छ । बाहिर निस्कँदा नदीको बेगजस्तै गरी मानिसका टाउकाहरु उफ्रिएका देखेर नरबहादुरले एक टकले हेरिरहन्छ र जुलुसको भाषणमा प्रहरी अत्याचार बन्द गर् ! महाकाली सन्धी खारेज गर् ! गिरफ्तार देश भक्तलाई रिहा गर् ! आदि नारा लगाएको सुनेर उसलाई पनि जुलुसमै सामेल हुन मन लाग्यो र आफू सानैमा स्कुल पढ्दा नलडी केही पनि हँुदैन भनेर शिक्षकले भनेको कुरा सम्झन्छ र आज ऊ सहास गरेर मुठी उठाएर जुलुसलाई प्रहरी दमन बन्द गर्नको लागि साथ दिएपछि कथानकले पूर्णता पाएको छ । नगर प्रहरीको प्रवेश हुँदा सम्म ग्राहकहरुसँग मोलतोल गर्न व्यस्त भएकोले प्रहरी आएको नरबहादुरले नदेख्नु कथाको आदि भाग, सुब्बा अमरराजसँग साठी प्रतिशत ब्याजदरमा ऋण काढेर सामान लिन नरबहादुर प्रहरी क्वाटरमा जानु मध्य भाग र प्रहरीको अत्याचार सहन नसकेपछि नरबहादुर सहित कयौँ जनता प्रहरीको बिरोधमा सडकमा चर्काे नाराका साथ उत्रनु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथा सरल रेखीय ढाँचामा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित रहेको छ । 
४.१०.२ पात्र वा चरित्र चित्रण 
प्रस्तुत फुटपाथ कथा छोटो आयमको तर अन्य कथाको तुलनामा बढी पात्रहरुको प्रयोग भएको कथा हो । यो कथा सोझासाझा इमान्दार व्यक्तिहरु कसरी अर्काको डर, धम्की र प्रहरी प्रशासनको चेपमा च्यापिन बाध्य हुन पुग्दछन् भन्ने देखाउँदै त्यसबाट छुटकारा पाउन सबैले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ र स्वतन्त्रतापूर्ण जीवन व्यतित गर्न पाउनुपर्छ भन्ने भाव देखाउन सोही अनुरुप पात्रहरुको उपस्थिति र क्रियाकलापको चित्रण कथामा गरिएको छ । कथाको मूल तथा नायक वा प्रमुख पात्रको रुपमा नरबहादुरको उपस्थिति रहेको छ । सोझा साझा, इमान्दारीका साथ काम गर्ने स्वच्छ हृदय भएका गरिव, दुःखी गाउँलेहरुको प्रतिनिधित्व गर्ने निम्न वर्गीय चरित्र हो । यस्ता मानिसहरु कसरी प्रहरीबाट शोषणमा पर्दछन् र जीवन पद्धतिमा अलिकति परिवर्तन गर्दा स्वतन्त्र हुन्छन् भन्ने देखाउन नरबहादुरको मजबुत उपस्थिति छ । ऊ गरिव, असहाय, दीनदुःखी, सामान्य रुपमा केही गरेर खान पर्याे भनेर गाउँबाट बैदार बूढासँग चर्काे ब्याजदरमा ऋण लिएर सहर पसेर पैसा कमाउने अनि भाइलाई स्कुल र बहिनीलाई विवाह गरिदिने त्यसपछि गाउँमा साहूको ऋण तिरेर आफ्नो बन्धकी राखेको घर निखन्ने अभिलाशा बोकी काठमाडौँ सहरमा ओढ्ने न ओच्छ्याउनेसँग माघे रात बिताउन बाध्य भएको छ । प्रहरी प्रशासन भने यस कथाको खलपात्रको रुपमा आएको छ । पुलिसहरु सबैजनाले एउटा फितलो कानुनी प्रशासनमा रहेर काम गरेका छन् । जसले सामान्य व्यवसाय गरेर आफ्नो जीवन चलाउने गरेका गरिवहरुलाई मर्कामा परेको बेलामा सहयोग गर्नुको सट्टा उनीहरुको सामान लुट्ने, त्यो लुटिएको सामानबाट राम्रा र गतिला चिजबिज झिकेर आफ्ना स्वास्नी र छोराछोरी धनी बनाउने अनि बाँकि रहेका सामान पनि जरिवानाको नाममा तोकिए भन्दा बढी पैसा लिएर मात्र फिर्ता गर्ने कार्य गरेका छन् । “नरबहादुर नजिकैको ग्यारेजको छिंडिमा टुक्रुक्क बस्यो । एकछिन पछि हवल्दार टेकनाथले हरियो प्लास्टिकको पोको ल्याइदिंदै भन्यो – सातसय रुपैयाँ चाहिन्छ ।” (फुटपाथ, पृष्ठ .७९) यसरी यस कथामा प्रहरी प्रशासन असत् चरित्रको रुपमा देखिएको छ । सरिता, इन्दिरा, अपरिचित आगन्तुक, घरबेटी साहू, अमरराज आदि सहायक पात्रका रुपमा आएका छन् । त्यस्तै ओखलढुङ्गे कान्छो, नरबहादुरका अन्य साथी, डिल्लीराम, शाह ठेकदार, नरबहादुरका भाइबहिनी, बैदार साहू, शिक्षक, जुलुुसमा संलग्न अन्य मानिसहरु गौण पात्रका रुपमा कथामा आएका छन् । यसरी यस कथामा अन्य कथामा भन्दा बढी पात्रको उपस्थिति रहेको छ । जसका माध्यमबाट प्रहरी प्रशासनको अत्याचारी ब्यबहारलाई खोतल्ने काम गरिएको छ । 
४.१०.३ परिवेश 
प्रस्तुत फुटपाथ कथा प्रहरी प्रशासनको खोल ओढेका ढोंगी प्रवृत्तिका मानिसहरुले आफ्नो पदको नाममा सोझासाझा जनतालाई कसरी मारमा पारेका छन् र उनीहरुको जीवन पद्धतिलाई कुन तरिकाले खल्बल्याएका छन् भन्ने परिवेशमा निर्मित भएको छ । सोझा साझा इमान्दार, गरिव, कर्तव्यनिष्ठ तथा स्वच्छ भावना भएका सर्वसाधारण जनता कसरी प्रहरी प्रशासनको कमाइ खाने भाँडोका रुपमा प्रयोग हन्छन् भन्ने कुरा र प्रहरीले आफ्नो हातमा शक्ति छ भन्दैमा त्यसको दुरुपयोग कुन रुपमा गरेका छन् भन्ने परिवेशमा कथाले पूर्णता पाएको छ । स्थानगत हिसाबले सहरीया परिवेशमा निर्माण भएको छ । प्रहरी क्वाटर, कार्यालय, ग्यारेज, फुटपाथ, रत्नपार्कको बार, रक्सौल, नरबहादुरको कोठा आदि सहरीया परिवेशमा आएका छन् भने नरबहादुरको स्मृतिमा रहेको, जनकपुर, ओखलढुङ्गा,पूर्व २ नं, स्कुल, महाकाली आदि ग्रामीण परिवेश पनि रहेको पाइन्छ । समयको हिसाबले माघ महिनाको परिवेश रहेको छ । समग्रमा नेपालको सहरीया परिवेश, सरकारी कार्यालय अर्थात् प्रहरी प्रशासनिक कार्यालयका प्रहरीको इमान्दार, सोझा, गरिव जनतामाथिको शोषणबाट मुक्तिको उपाय आदि परिवेशको माझमा कथाको सिर्जना भएको छ । 
४.१०.४ दृष्टिविन्दु  
 मातृका पोखरेलद्वारा रचित फुटपाथ कथामा कथाकारले आफ्नो विचार पाठकसमक्ष पु¥याउनका लागि नरबहादुर र अन्य पात्रहरूको चयन गरेकाले तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा नरबहादुरको मनभित्रको चिन्ताहरूलाई नरबहादुर र उसका अन्य साथीहरूसँगको संवादबाट उठान गरिएको छ । कथाकारले देशमा सामन्तिहरूले अर्थात् प्रहरी प्रशासनले दिने दुःख कष्ट पाठकसामु राख्नलाई यहाँ नरबहादुर उपस्थित गराएका छन् । ऊ यस कथाको प्रमुख पात्र हो । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “उहाँ त पल्लो कोठामा बस्नुहुन्छ । तर दुई चारदिनदेखि देखेको छैन – नरबहादुरले तुरुन्त जवाफ फर्कायो ।” (फुटपाथ, पृष्ठ .७५) “नरबहादुरलाइ आज उठ्ने जाँगर त थिएन तर इन्दिराको कुरा सुनेर झनै सिरक छोड्न सकेको छैन ।” (पूर्ववत, पृष्ठ .७४) यसरी यस कथामा तृतीय पुरुष सीमित दृष्टिविन्दुको प्रयोग गरिएको छ । 
४.१०.५ भाषाशैली 
  सामान्यतः पोखरेलका अन्य कथाहरूको भंैm फुटपाथ कथाको भाषाशैली पनि सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म छोटा वाक्यहरूको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत, अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, रुचिकर भाषाशैलीको प्रयोग गरिएको छ । कथामा प्रभावकारिता बढाउन कथाकारले विभिन्न स्रोतका शब्दहरूले सन्तुलित प्रयोग गरेका छन्, जसमध्ये केहीलाई यसरी देखाइएको छ ः
तत्सम शब्द तद्भव शव्द आगन्तुक शब्द
१.कार्यालय १.काठमाडौँ १.प्लास्टिक
२.आगन्तुक २.मानिस २.भ्यान्टिलेसन
३.प्रतिक्षा ३. परेवा ३.क्वाटर
४.प्रकाश ४. कान्छो ४.ग्यारेज
     यसका साथै सानै भए पनि माछो आइहाल्यो नि !, नलडी केही पनि हुँदैन जस्ता उखानको प्रयोगले कथालाई अझ बढी रोचक बनाएको छ । यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोगले कथाको भाषाशैलीलाई थप ऊर्जा प्रदान गरेको छ । कथामा रोचक, सम्प्रेषणीय मिठासपूर्ण भाषाशैलीको प्रयोग पाइन्छ ।
४.१०.६ उद्देश्य  
कुनै पनि लेख रचना त्यसको उद्देश्यद्धारा नै सिर्जित हुन्छ । विना उद्देश्य कुनै पनि कुरा सिर्जना हुन सक्दैन । प्रस्तुत फुटपाथ कथा पनि प्रहरी प्रशासनको अराजक कृयाकलापबाट जनतालाई सचेत गराउने उद्देश्यले सिर्जना भएको छ । यस कथामा प्रहरी प्रशासनको अराजक कृयाकलापले जनतालाई परेको पीर मर्काको अवस्थाको घटनालाई देखाइएको छ । गाउँबाटा आएका सोझासाझा जनता सहरमा पुलिस प्रशासनको षड्यन्त्रमा परी कसरी मर्माहात जीवन व्यतित गर्न बाध्य भएका छन् । त्यस्तन व्यक्तिहरुको कारण खान नपाउँदा, गरी खाने स्रोत नहुँदा र तिनै व्यक्तिको कमाइको भरमा परिवारका सम्पूर्ण सदस्य बाँच्नुपर्ने हुँदा गरीव परिवारका सम्पूर्ण सदस्य कसरी निरास बन्न पुगेका छन् भन्ने कुरा देखाइएको छ । साथै पुलिस प्रशासनको यस्तो अत्याचारी कृयाकलाप सँधैभरी दीगो भइरहन सक्दैन एक दिन अवस्य यस्तो व्यबहारको अन्त्य हुन्छ भन्ने देखाउनु यस कथाको मूल उद्देश्य रहेको देखिन्छ । साथै घर भाडामा बस्ने अनि त्यस घरको भाडा नतिरिकन भाग्ने जस्ता मानिसहरुका ब्यबहारले घरबेटीको मनमा कस्तो मानसिक द्धन्द्ध उत्पन्न हुन्छ भन्ने कुरा पनि यस कथामा रहेको घरबेटी साहूको माध्यमबाट देखाइएको छ । व्यक्ति, परिवार र समाजको सुरक्षाका लागि अवरात्र खटिने पुलिस प्रशासनले आफ्नो पद र सेवाको सही सदुपयोग नगर्दा कस्तो नियति भोग्नुपर्छ भन्ने तथ्यलाई पनि कथाले उठाएको छ । लुटपाट, चोरी र जवरजस्तिले कसैको पनि भलो नगर्ने शान्तिपूर्ण तवरले बाँच्नु पर्ने, बाँच्न दिनुपर्ने र यसैमा सबैको भलाइ हुने कुरालाई कथाकारले देखाएका छन् । आजको मानिसमा मानवता हराउँदै गएको, पद, पैसा र शक्तिले अन्धो बनाएको कुरा देखाउँदै समयमै बुद्धि पु¥याई उचित कदम चालेमा जीवनमा सफलता प्राप्त हुने अन्यथा नारकीय जीवन बाँच्नु पर्छ भन्ने उद्देश्य पाठक समक्ष राख्न प्रस्तुत कथा सफल छ ।
४.१०.७ निष्कर्ष 
प्रस्तुत कथा पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको नवौँ कथा हो । यो कथा प्रथमपटक इन्द्रेणी (वर्ष १३, पूर्णाङ्क ६) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ७३ देखि पृष्ठ ८० सम्मको आयतनमा पैंmलिएको छ । कथाले प्रहरी प्रशासनको ज्याजतिको अन्त्य हुनुपर्ने, प्रहरी भनेका जनताका सुरक्षार्थ अवरात्र खटेका जनताकै भाइसाथी हुन्, उनीहरु देखेर मानिस डराउने होइन उनीहरुसँग हातमा हात गरेर साथमा साथ दिनुपर्छ भन्ने कुरालाई देखाएका छन् । साथै प्रहरीले जनतालाई आफूबाट चिडियाउने भन्दा पनि आफ्नो नजिक बनाउने प्रयत्नमा लाग्नुपर्छ भन्ने देखाउन खोजिएको छ । 
४.११.१ म यसरी फर्किएँ कथाको कथानक 
      त्रिपदीय शीर्षकमा संरचित प्रस्तुत म यसरी फर्किएँ कथामा प्रत्यक्ष अर्थ वोध गर्ने कथानक रहेको छ । जसको शीर्षक र घटनाक्रम बीच राम्रोसँग तालमेल रहेको पाइन्छ । यसै कारणले गर्दा उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । प्रस्तुत कथा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको छोटो आयममा संरचित कथा रहेको छ । विदेश जाने रहरले म फेरि यस पटक काठमाडौँ पुगें भनेर म पात्रले आफ्नो जीवनको घटना व्यक्त गरेबाट कथानकको प्रारम्भ भएको छ । म पात्रको एकजना रमेश नाम गरेको साथी थियो । म पात्र र रमेश यति सम्म मिल्ने साथी थिए कि उनीहरm हप्तामा आधा दिन एउटाकहाँ र आधा दिन अर्काेकहाँ बस्दथे । उनीहरु एक विना अर्काेको कल्पना पनि गर्न सक्दैनथे गोठाला जाने देखि लिएर विद्यालय जाने, खाने सुत्ने सम्म एकै ठाउँमा गर्दथे । केही समयपछि रमेश काठमाडौँ गयो । त्यसपछि पनि उनीहरुबीच चिठीपत्र आदन प्रदान भै एकआपसमा माया साटासाट भैरहन्थ्यो । रमेश आफ्ना पत्रहरुमा गाउँको हालखबर र त्यहाँको राजनीतिक माहोल के–कस्तो छ भनी लेखी पठाउँथ्यो तर म पात्रलाई भने यो प्रश्नको उत्तर लेख्न झन्झटिलो लाग्दथ्यो । यसैले गर्दा बिस्तार बिस्तार उनीहरुबीच सम्पर्क अली टाढा हुँदै गएको थियो । म पात्रले चिठी लेखीहाले पनि रमेशले सोधेको प्रश्नको भन्दा भिन्दै जवाफ लेखी पठाउँथ्यो । धेरै समयपछि म पात्र विदेश जाने रहरले गाउँमा भएको जग्गा जमिन बेचेर काठमाडौँ पुग्दछ । त्यहाँ रमेशले म पात्रलाई विदेश नजान धेरै प्रकारका सुझाव दिन्छ । तर म पात्र भने आफ्नो अडानमा अडिक रहिरहन्छ । अनि रमेशसँग भेटघाट नै बन्द गरेर अन्त अन्तै बसेर मेनपावर कम्पनीमा धाउने र विदेश जान तयार हुने कार्य अघि बढाइरहेको थियो । यो कुरा सबै रमेशले थाहा पाएका कारण एक दिन उसले म पात्र लगायत विदेशमा दुःख पाई आएका मालती र अन्य व्यक्तिहरुलाई बोलाएर उनीहरुले विदेशमा भोगेको दुःख पीडा सवै उनीहरुकै मुखारवृन्दबाट म पात्र सामु व्यक्त गरायो । रमेशले म पात्रलाई जग्गा बेचेर आएको पैसाले सहरमा सानोतिनो व्यापार गरेर जीवन निर्वाह गर विदेशमा गएर पसिना खेर नफाल भनेर सल्लाह दिन्छ । त्यसपछि म पात्र रमेशको सल्लाह स्वीकार गरेर विदेश नजाने निर्णय लिन पुग्दछ र भोली घर जाने तयारीका लागि किनमेल गर्न बजारतिर जाने निर्णय गरेर रमेशको कोठाबाट बिदा भई बाहिरिए पछि कथानकले पूर्णता पाएको छ । “म भोलि नै घर जान्छु र विदेश नजाने निर्णय सबैलाई सुनाएर आउँछु ।” (म यसरी फर्किएँ, पृष्ठ .८७) विदेश जाने रहरले म पात्र फेरि काठामाडौँ जानु कथाको आदि भाग, म पात्र विदेश जानको लागि मरिमेटेर गाउँको जग्गा बेचेर काठमाडौँ आएको खवर पाए पछि रमेशले विदेशमा गएर दुःख पाई आएका व्यक्तिहरुसँग म पात्रको भेट गराउनु मध्य भाग र रमेशको कुराबाट प्रभावित भएर म पात्र विदेश नजाने निर्णयमा पुग्नु कथाको अन्त्य भाग रहेको छ । “तैँले विदेशमा गएर काम गर्ने कुरालाई जति सहज सोचेको छस् त्यो पटक्क होइन ।” (पूर्ववत्, पृष्ठ .८६) यसरी प्रस्तुत कथा आदि मध्य र अन्त्यको श्रृङ्खलामा संरचित छ । घटनाहरु पूर्वापर श्रृङ्खलामा उनीएर नआएको हुनाले वृत्ताकारीय ढाँचामा कथाले पूर्णता पाएको छ ।  
४.११.२ पात्र र चरित्र चित्रण 
          प्रस्तुत म यसरी फर्किएँ  छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको प्रमुख तथा सत् पात्रका रूपमा म पात्रको उपस्थिति छ । विदेश जाने रहरले काठमाडौँ आइ विदेशिनलाई धेरै प्रयास गरेका र विदेश गएपछि त्यहाँ अनेक किसिमका दुःख, कष्ट भोगेर एक छाक खाए पनि, एक झुम्रो लाए पनि आफ्नै देशमा पसिना पोख्ने उद्देश्यले फर्किएका पात्रहरु, उनीहरुको व्यवहार आदिको चित्रणमा कथा अघि बढेको छ । कथाको सारा घटनाहरुमा प्रत्यक्ष भोक्ताका रुपमा म पात्रको उपस्थिति छ । उसकै माध्यमबाट अन्य पात्रहरुको सत् र असत् क्रियाकलापहरुको संयोजनमा कथाले पूर्णता पाएको भए ता पनि कथाम रमेशको भूमिका पनि प्रमुख नै रहेको देखिन्छ । उसले गाउँमा भएका जग्गा जमिन बेचेर सहर जाने तथा विदेश जाने मानिसहरुलाई विदेशमा गएर दुःख, पीडा, कष्ट, दर्द आदि मात्र भोग्नुपर्छ, साहूले भनेको नमान्ने बित्तिकै आफूले दुःख गरी कमाएको पैसा लुटिदिने अनि अनेक किसिमका यातना दिएर लुलो, लङ्गडो, अपाङ्ग र कतिपय अवस्थामा ज्यान समेत लिने अवस्थाको सृजना हुने हुनाले आफ्ना बाबुबाजेले पेटभरि खाई नखाई खोले पानी गरेर आर्जेको सम्पत्ति नस्ट गरेर विदेश नजान अनि आफ्नो श्रम र सिर्जना अर्काको देशमा नबेच्न आग्रह गरेको छ । म पात्र चाहीँ जसरी भए पनि विदेश जानुपर्छ भन्ने मानसिकताले पटक पटक विदेशको लागि प्रयास गर्ने ठेट्ने स्वभावको केटाकेटीहरुको प्रतिनिधित्व गर्ने पात्रको रुपमा उपस्थित छ । तसर्थ सरसर्ती हेर्दा म पात्र र रमेश दुवैको भूभिका उत्तिकै महत्वपूर्ण रहेको देखिन्छ । म मात्र गतिशील चरित्रको छ । समय र परिस्थिति अनुरुप उसको व्यवहारमा परिवर्तन आएको छ । रमेश पनि यस कथामा सत् पात्रकै रुपमा उपस्थित छ । ऊ आफ्नै देशमा केही गरेर खानुपर्छ भन्ने उद्देस्यले काठमाडौँमा सानोतिनो व्यापार गरेर बसेको छ । अन्त्यमा म पात्र र रमेश प्रमुख पात्रको रुपमा रहेका छन्, मायादेवी सहायक पात्रका रुपमा रहेकी छे भने मालतीका नातेदार, म पात्रको फुपूको छोरो, प्रेमबहादुर, धनकुमार आदि गौण पात्रको रुपमा आएका छन् । 
४.११.३ परिवेश  
प्रस्तुत म यसरी फर्किएँ कथा ग्रामिण भेगबाट सहरीया भेगतिर र विदेशतिर पैसा कमाउन जाने तमाम मानिसहरुलाई लक्षित गर्दै तीनवटै परिवेशको उचित संयोजन गरिएको कथा हो । गाउँबाट सहर पस्ने अनि विदेश भनेर मरिमेटी गर्दै विदेश जाने अभिलाशामा आफ्ना आफन्त, नातेदार र अन्य कामकाज सबै भुलेर विदेशकै मोहमा डुब्ने मानिसको नाङ्गो चित्र उतार्दै विदेशमा मानिसले मानिसलाई जोत्ने गोरुको मूल्यमा किनबेच गर्ने, आफू काम गर्ने घरको साहूबाट प्रत्येक दिन बलात्कृत हुनुपर्ने, त्यसको प्रतिकार गरेमा टाउको तथा शरिरमा पिटिने, आफूले चराउने गरेको एउटा मात्र भेडो मरेमा पनि महिना भरिको तलब काटिने, साहूले भनेको जस्तो काम नभएमा भर्खर बनाउँदै गरेका चार तले घरको माथिबाट फ्याँकिनुपर्ने, मेसिन सरह खटिनुपर्ने नत्र भने कुटाई र धम्की खानुपर्ने आदि परिवेशमा यो कथा निर्मित छ । स्थानगत हिसाबले प्रस्तुत कथामा गाउँले, सहरीया र विदेशी तीनवटा परिवेशको चित्रण छ । गाउँमा म पात्रको घर स्कुल, घाँस, दाउरा मेलापात, वनजङ्गल गाईगोठ, काठमाडौँ, अरव, मलेशिया आदि परिवेशका रुपमा आएका छन् । यसरी आजको मानवमा मानवता, भातृत्व, पितृत्व भन्दा पनि पैसा नै ठूलो भएको र धनको लोभ लालसा मौलाउँदै गएर विदेशी मोह बढी भएको कुरालाई परिवेशको रुपमा चित्रण गर्दै यस्ता व्यवहारले आफू र आफ्ना आफन्तलाई दूरगामी प्रभाव पार्ने कुरालाई कथाले उठाएको छ । 
४.११.४ दृष्टिविन्दु 
प्रस्तुत म यसरी फर्किए कथामा कथाको भोक्ताका रूपमा म पात्रको उपस्थिति छ । म पात्रकै वरपर कथा घुमको छ । कथाकारको विचार पाठकसामु राख्नका लागि म पात्र आएकोले प्रस्तुत कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । लेखक आपैmले विदेश गएर धन कमाउने सपनाको दौडानमा देखेका कुराहरु म पात्रको माध्यमबाट उल्लेख गरिएको छ । मानिस गाउँमा बाबुबाजेले दुःख कष्टका साथ आर्जेको सम्पत्तिलाई विना मूल्यमा हुर्याएर विदेश जाने लोभमा फसी भएभरको पैसा दलाललाई खुवाउने अनि शरिरमा बल र उमेर हुनजेलसम्म अर्काको देशमा श्रम पोख्ने, बूढेसकालमा काम गर्न नसक्ने भएपछि स्वदेश फर्केर देशको दुर्गति पार्ने अवस्थामा पुगेका मानिसहरुको व्यबहारको प्रत्यक्ष भोक्ताका रुपमा कथामा म पात्र आएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा म पात्रले भोगेका कुराहरूबाट कथाले पूर्णता पाएको छ । कथामा प्रयोग भएका “मेरो निर्णयले रमेश खुसी भयो कि भएन, उसको अनुहार पढेर मैले केही पनि बुझ्न सकिंन । उसको दृष्टिकोणको कारण म विदेश नजाने निर्णयले ऊ खुशी भएको हुनुपर्छ भन्ने मैले ठाने” (म यसरी फर्किएँ, पृष्ठ.८७) “आजको घटनाको म जसरी र जुन निर्णयमा पुग्दैछु पैले मैले यसको कल्पना सम्म गरेको थिइनँ ।” ( पूर्ववत्, पृष्ठ. ८६) आदि कुराहरुबाट पनि प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भएको छ भन्ने कुरा प्रस्ट हुन्छ । 
४.११.५ भाषाशैली 
 प्रस्तुत म यसरी फर्किएँ कथामा पात्र अनुकूल भाषाको प्रयोग भएको छ । कथामा क्लिष्ट, दुरुह र दुर्बोध्य भाषाशैलीको साटो सरल, सहज तथा मिठासपूर्ण भाषाशैलीको प्रयोग भएको छ । कथामा छोटा सरल वाक्यको बाहुल्यता छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज तथा रुचिकर भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई बोधगम्य र सहज बनाउन विभिन्न स्रोतका चलनचल्तीका शब्दहरूको समुचित प्रयोग पाइन्छ । केही तत्सम, तद्भव र आगन्तुक शब्दलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.महत्वाकाङ्क्षा १.गाउँ १.मेनपावर
२.सङ्केत २.मीठो  २.फ्ल्याट
३.अध्ययनशील ३.भाउजू ३.कम्पनी
४.दुर्गन्ध ४.काठमाडौँ ४.डाक्टर
यसरी विभिन्न स्रोतका शब्दहरूको सन्तुलित प्रयोग कथामा पाइन्छ । जसले कथाको सम्पे्रषणीयता सरस बनाएको छ ।
४.११.६ उद्देश्य 
      म यसरी फर्किएँ कथा स्रष्टाले के विषयमा लेख्नेभन्दा पनि कसका लागि कुन उद्देश्यले लेख्ने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ भन्ने मान्यता राख्ने कथाकार मातृका पोखरेलको जीवनमुखी साहित्यकै दृष्टान्त हो । यस म यसरी फर्किएँ कथामा आफ्नो देश, समाजप्रति अगाध स्नेह भएका युवाहरूको निस्वार्थ र बलिदानीपूर्ण जीवनलाई देखाउँदै समाज सुधारको सन्देश प्रस्तुत गर्नुलाई उद्देश्यका रूपमा लिन सकिन्छ । एक थोपा पसिना चुहाए पनि आफ्नै माटोमा चुहाउनुपर्छ, एक मुट्ठी सास रहुन्जेलसम्म आफ्नै देशमा दश नङ्ग्रा खियाउने ंअनि यो देशको रक्षार्थ हरेक युवा लाग्नुपर्छ भन्ने सन्देश यस कथामा रहेको पाइन्छ । मानिसहरु कुनै पनि ठाउँको वास्तविक अवस्था नबुझिकन अर्काको बहकाउमा विदेश विदेश भनेर मरिमेट्दछन् । त्यहाँको अवस्थाको बारेमा राम्ररी सुझबुझ नगरिकन हाम फराल्दा अनेक किसिमका यातना, पीडा, वेदना बोकेर रित्तो हात, अपाङ्ग शरिर बोकेर फर्कन बाध्य हुनुपर्छ । यस्तो अवस्थाको सिर्जना हुनु भन्दा पहिले नै राम्रोसँग सोच विचार गर्नु पर्दछ भन्ने यस कथाको अर्काे उद्देश्य रहेको छ । त्यस्तै देशमा उत्पादन भएका युवावर्गलाई उनीहरुको सीप र क्षमता अनुसारको स्वरोजगार देशमै उपलव्ध होस् र रोजगारीको अभावमा चोर, डाँका, लुटाहा हुन नपरोस, निकासा केही नपाएपछि विदेशमा पलायन हुनुपर्ने अवस्थाको सिर्जना नहोस् । सुरुमा शिक्षा नै प्राविधिक खालको दिएर दक्ष जनशक्ति उत्पादन गराइ आफ्नै माटोको संरक्षण हुने खालको रोजगारीको व्यवस्था होस् तव मात्र जीवन निर्वाह गर्न सजिलो हुनेछ भन्ने यस कथाको मुख्य उद्देश्य रहेको छ । यस कुरालाई यसै कथाको “घरमा भएको आधाआधी जग्गा बेचेर आएको हुनाले मैले जीवन निर्वाहको अन्य उपाय पनि सोच्नु जरुरी थियो ।” (म यसरी फर्किएँ, पृष्ठ. ८७) भन्ने म पात्रको भनाइबाट स्पष्ट हुन्छ ।  
४.११.७ निष्कर्ष 
        कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको दशौँ कथाका रूपमा प्रस्तुत कथा रहेको छ । यो कथा प्रथम पटक वेदना (पूर्णाङ्क – ६५) मा प्रकाशित भएको थियो । प्रस्तुत कथा पृष्ठ.८१ देखि पृ.८७ सम्मको आयतनमा पैmलिएको छ । कथाले देशको रक्षा युवा पिंढीले नै गर्नुपर्छ उनीहरुले नै देशको रक्षा नगरेमा बूढापाकाहरुबाट मात्र सम्भव छैन । युवाअवस्थाको श्रम जति विदेशमा लगेर खन्याउने अनि बूढेसकालमा स्वदेश फर्कने । गरी खान नसक्ने भए पछि देश सधैँ पछिको पछि नै पर्दछ भन्ने भाव पस्किएको छ । कथाको शीर्षक म यसरी फर्किएँ सोझो अर्थ बोधक रहेको छ । 
४.१२.१ हुलिया कथाको कथानक  
        एक पदीय शीर्षकमा संरचित प्रस्तुत हुलिया कथा प्रत्यक्ष अर्थ वोध गर्ने खालको रहेको छ । जसको शीर्षक र घटनाक्रमबीच राम्रोसँग तालमेल रहेको पाइन्छ । यसै कारणले गर्दा उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । जसको शीर्षक र घटनाक्रमबीच सोझो सम्वन्ध रहेको छ । प्रस्तुत कथा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको सबैभन्दा छोटो आयमको कथानकद्घारा संरचित कथा हो । मध्य रातमा उठेर त्यो तस्विर फेरि हेरे डिआइजी माधव सिँहले भन्ने वाक्यबाट प्रस्तुत कथाको कथानक आरम्भ भएको छ । डिआइजी माधव सिँहलाई भित्तामा झुन्ड्याएको त्यस तस्विरले सारै छटपटि गराउँछ । जुन तस्विर उनी केही महिना अघि होटल पर्वतमा सेमिनारमा जाँदा देखेको थिए । त्यस तस्विरको बारेमा इन्स्पेक्टर दयारामले सोधेकोमा उनी रिसको भाव व्यक्त गर्दछन् । यसै कारणले उनलाई कयौँ दिन भैसक्यो दिनमा भोक न रातमा निद्रा भएको । उनलाई विस्तरामा रात कटाउन पनि ज्यादै धौधौ हुन्छ र सँगै सुतेकी श्रीमती निदाएकोमा पनि इष्र्याको भाव व्यक्त गर्दछन् । भोलिपल्ट विहान सवेरै प्रहरी केन्द्रीय कार्यालयमा गएर सबै प्रहरीहरुलाई त्यस तस्विरमा रहेको युवको खोजी गर्न आदेश जारी गर्दछन् । त्यसपछि एउटा कमान्डो ग्रुप तत्काल होटल पर्वतमा गएर त्यहाँको सञ्चालकसहित सम्पूर्ण कर्मचारीलाई गिरफ्तार गरेर चारपाँचवटा भ्यानमा राखेर प्रहरी केन्द्रीय कार्यालयमा ल्याई पुर्याउँछन् । गिरफ्तार गरी ल्याएका सबै मानिसहरुको अनुहार नियाल्दा कोही पनि त्यस तस्विरको मानिससँग नमिले पछि सबैसँग खानतलासी लिएर उक्त केटो होटल पर्वतमा पाँचदिन सम्म विना तलवमा खाएको भरमा काम गरेको र पाँचदिन पछि फरार रहेको जानकारी प्राप्त हुन्छ । यसरी विना तलवमा किन काम लगाएको भनी सोध्दा एउटी नवयौवनाले आफू लगायत अरु कर्मचारीहरुपनि त्यही तरिकाले काम गरिरहेको कुरा व्यक्त गर्दछे । अर्काे कर्मचाारीले उसको घरचाहीँ पश्चिमतिर रहेको र यसबाहेक उसको विषयमा थप जानकारी केही पनि नरहेको कुरा व्यक्त गर्दछ । एसपीले होटल पर्वतका सञ्चालकहरुलाई अवदेखि जागिर खान आउने सवै कर्मचारीको नागरिकताको प्रमाणपत्र र अन्य आवश्यक कागजात लिएर राख्ने भन्ने आदेश दिएपछि अधिकारीहरुको पुनः बैठक बस्छ । एसपीले त्यस केटाको अझ बढी खोज अनुसन्धानको लागि देशभरका प्रहरी थानाहरुमा त्यस खतरनाक युवकको बारेमा खोज अनुसन्धान अघि बढाउँछ । काठमाडौँ नाकाबाट बाहिर जाने सम्पूर्ण बसहरुमा विषेश निगरानी राखेर कालो वर्णको अन्दाजी २०–२५ वर्षको युवक देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नु भनी उसको फोटोको प्रतिहरु दिइन्छ, प्रहरी थानामा कालो वर्णको युवकको मात्रा बढेकोमा कैदीहरु अचम्म चकित पर्दछन् तर पनि त्यस सङ्कास्पद युवकको पत्तो नपाए पछि डिआइजी माधव सिँहलाई पटक्कै निद्रा पनि लाग्दैन, मनमनै मुिक्तको प्रार्थना गर्न पुग्दछन् र अनि बाहिरको संसार देखेर तर्सिन थाल्दछन् यसै वाक्यबाट कथानकले पूर्णता पाएको छ । डिआइजी माधव सिँहलाई त्यस तस्विरमा रहेको केटोको कारणले गर्दा रातमा पटक्क निद्रा नलाग्नु कथाको आदि भाग, त्यस केटोको खोजीका लागि एसपी होटल पर्वतको सञ्चालकहरुको सम्पर्कमा पुग्नु मध्य भाग र जति प्रयास गरेर खोज्दा पनि त्यो शङ्कास्पद व्यक्ति नभेटिए पछि डिआइजी माधव सिँहको मनमस्तिस्कलाई अत्यास लाग्दो भावनाले पीडित बनाउनु कथाको अन्त्य भाग रहेको छ । “उनले खप्टिएको पर्दाको बीचबाट झ्यालको पर्दा छेडेर बाहिरको अध्यारो संसार देख्न पुगे” (हुलिया, पृष्ठ.९३) यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित रहेको छ ।  


४.१२.२ पात्र वा चरित्र चित्रण 
        प्रस्तुत हुलिया कथा सबैभन्दा छोटो आयमको र थोरै पात्रहरुको प्रयोग भएको कथा हो । कथाका प्रमुख पात्र डिआइजी माधव सिँह हुन् । उनकै माध्यमबाट अन्य पात्रहरुको क्रियाकलापको संयोजनमा कथाले पूर्णता पाएको छ । माओवादी द्धन्द्धकालमा माओवादी भनाउँदा पार्टीका मानिसहरुले पुलिस प्रशासनलाई कसरी डर, धम्की, त्रास र भयावह अवस्था सिर्जना गराएर त्यसै अवस्थामा बाँच्न विवस बनाएका थिए भन्ने कुराको यथार्थता प्रस्तुत गरिएको छ । त्यस समयमा साधारण मानिसले पनि यसो छड्के आँखाले समेत हेरेमा पनि यो व्यक्ति पक्कै माओवादी हो, यसले अव सिध्याउने पो हो कि भन्ने भयले मानिसहरु आतङ्कित बन्न पुग्दथे । प्रस्तुत कथामा यसरी त्रासदीय जीवन बिताउन बाध्य प्रहरीहरुको प्रतिनिधित्व गर्ने पात्र डिआइजी माधव सिँह रहेका छन् । उनी धेरै समय पहिला होटल पर्वतमा भएको सेमिनारमा जाँदाखेरी त्यहाँ एउटा शङ्कास्पद कालो वर्णको केटाको तस्विर देखेर भयवित बनेको थिए । कालो वर्णको अनुहार शङ्कास्पद हेराई पक्कै पनि आफूप्रति केही न केही कुदृष्टिले हेरेको भान हुुने खालको छ । यसैले गर्दा उनी सँधैभरी मानसिक द्घन्द्घबाट पीडित रहेका देखिन्छन् । उनी देशैभरि जहाँ गए पनि आफू असुरक्षित रहेको महशुस गर्न पुग्दछन् र आफ्नो सुरक्षाको लागि देशैभरी प्रहरी तैनाथ गरी कालो वर्णको शङ्कास्पद व्यक्ति फेला परेमा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनु भन्ने परिपत्र जारी गर्न आदेश दिन्छन् । यति गर्दा पनि त्यो शङ्कास्पद युवक नभेटिए पछि सँधै भरी आफूलाई असुरक्षा महशुस गरी भोक न प्याससँग दिनहरु काट्न बाध्य भएको अवस्था उनमा रहेको देखिन्छ । उनी माओवादी सङ्कटकालमा पीडित पुलिस प्रशासनको प्रतिनिधित्व गर्ने पात्र हुन् । यसरी हेर्दा डिआइजी माधव सिँह प्रमुख पात्रको रुपमा रहेका देखिन्छन् भने इन्स्पेक्टर दयाराम शुरुदेखी अन्तसम्म डिआइजी माधव सिँह सँगै रहेर उनको काममा सकारात्मक रुपमा सहयोग गरेको कारणले सहायक पात्रको रुपमा रहेको छ । एसपी, नवयौवना, होटल पर्वतका सञ्चालकहरु, डिआइजी माधव सिँहकी श्रीमती, झ्यालखानामा रहेका मानिसहरु, काला वर्णका युवकहरु आदि गौण पात्रका रुपमा कथामा उपस्थित छन् ।  
४.१२.३ परिवेश 
       प्रस्तुत हुलिया कथा नेपालको माओवादी द्धन्द्धको समयमा प्रहरी प्रशासनमा रहेको डर, त्रास, भय, पीडा, छटपटी, कुनै एउटा नौलो मानिस देखा परेमा पक्कै पनि आफूलाई नै सिध्याउन आएको हो भन्ने सोच आदि अवस्थालाई कथाको परिवेशको रुपमा उतारिएको छ । माओवादीका डरले प्रहरीको ठूला पदमा पुगेका हाकिमहरुले आफ्नो सुरक्षाका लागि देशभर सेना तैनाथ गर्दा पनि शङ्कास्पद व्यक्ति नभेटिएर आफ्नो सुरक्षा नभएकोमा दुःख र मानसिक पीडा व्यहोर्न बाध्य भएको अवस्थाको मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ । यसरी प्रहरी प्रशासनमा रहेर काम गर्ने कर्मचारीले सँधैभरी असुरक्षित रहनु परेको अवस्था र परिस्थिति कथामा आएको छ । नेपालको माओवादी द्घन्द्घकालको समय यहाँ परिवेशको रुपमा आएको छ । स्थानको हिसाबले डिआइजी माधव सिँहको घर, त्यस वरपरको वातावरण, प्रहरी थाना, काठमाडौँ, थानकोट, होटल पर्वत, रुकुम, रोल्पा आदि परिवेशको रुपमा आएका छन् । समग्रमा कथाले डिआइजी माधव सिँहको मानसिक अवस्थालाई समेट्दै नेपालमा माओवादी द्घन्द्घकालमा प्रहरीहरुले कसरी डर, त्रास र असुरक्षि अवस्था भोग्न विवश भएका थिए भन्ने स्थिितिलाई परिवेश बनाएको छ । 
४.१२.४ दृष्टिविन्दु   
        मातृका पोखरेलद्धारा रचित हुलिया कथामा कथाकारले आफ्नो विचार पाठक समक्ष पुर्याउनको लागि डिआइजी माधव सिँह र अन्य पात्रहरुको चयन गरेकाले तृतीय पुरुष दुष्टिविन्दुको वर्णनात्मक शैलीमा डिआइजी माधव सिँहको मनभित्रको चिन्तालाई होटल पर्वतका सञ्चालक, त्यहाँ कार्यरत कर्मचारी र अन्य प्रहरीहरुको संवादबाट उठान गरिएको छ । कथाकारले माओवादी द्धन्द्धकालमा माओवादी आतङ्कारीको संज्ञा पाएका व्यक्तिहरुले सर्वसाधारण जनता र प्रहरी प्रशासनलाई दिने दुःख, कष्ट र भयावह स्थितिलाई पाठक सामु राख्नको लागि यहाँ डिआइजी माधव सिँहको उपस्थिति गराएका छन् । उनी यस कथाका प्रमुख पात्र हुन् । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष सीमित दृष्टिविन्दुको प्रयोग गरिएको छ । “यो केटो को हो साब ? इन्स्पेक्टर दयारामले तस्विरमा औंल्यउदै साधारण ढङ्गले सोधेको थियो ।” (हुलिया, पृष्ठ .८९) “आज पनि उनलाई पटक्कै निद्रा आएन ।”  (पूर्ववत्, पृष्ठ ९३) “उनलाई सुत्न पनि मन लागेन र उठेर कोठाको बत्ती बाल्ने आँट पनि आएन ।” (पूर्ववत्) 


४.१२.५ भाषाशैली 
 सामान्यतः पोखरेलका अन्य कथाहरू भंैm यस कथाको भाषाशैली पनि सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म छोटा वाक्यहरूको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, रुचिकर भाषाशैलीको प्रयोग गरिएको छ । कथामा प्रभावकारिता बढाउन कथाकारले विभिन्न स्रोतका शब्दहरूले सन्तुलित प्रयोग गरेका छन्, जसमध्ये केहीलाई यसरी देखाइएको छ ः 
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.शङ्कास्पद १.घर १.हेडक्वाटर
२.सन्नाट २.मानिस २.इन्स्पेक्टर
३.अध्ययन ३.अँध्यारो ३.सेमिनार
४.सौन्दर्य ४.काठमाडौँ ४.डिआइजी
यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोगले कथाको भाषाशैलीलाई थप ऊर्जा प्रदान गरेको छ । कथामा रोचक, सम्प्रेषणीय मिठासपूर्ण भाषाशैलीको प्रयोग पाइन्छ ।
४.१२.६ उद्देश्य 
       प्रस्तुत हुलिया कथामा माओवादी द्धन्द्धको समयमा पीडित बनेका प्रहरी प्रशासनका कर्मचारीहरुको सत्य घटनालाई देखाइएको छ । द्घन्द्घको समयमा समाजका सत् चरित्रका मानिस वा प्रहरीहरु विना कारण वा विना गल्ति माओवादी आतङ्ककारीको षड्यन्त्रमा परी कति मारिए कति अङ्ग भङ्ग भएर बाँच्न विवस भए भने कतिले कुन बेला आफू आतङ्ककारीको पासोमा पर्ने हो भन्ने डर र त्रासले भोक, प्यास, निद्रा आदि गुमाउन बाध्य भए भन्ने देखाइएको छ । साथै कुनै पनि शङ्कास्पद व्यक्ति जति खोजे पनि नभेटिई फरार रहेमा त्यस व्यक्तिको तलासी लिने क्रममा कतिसम्म छटपटि र दर्दनाहक अवस्थामा गुज्रिन पर्दाेरहेछ भन्ने कुरा पनि प्रस्तुत कथाको उद्देश्य रहेको  देखिन्छ । अझ भन्ने हो भने त्यतिखेर द्घन्द्घकालीन अवस्था भएको हुनाले साधारण सोचमा हिँडेको मानिसमा पनि कतिको गहिरो र शङ्कास्पद हेराइ रहेछ र यसै कारणले प्रहरी प्रशासन कति सम्म पीडित थियो भन्ने पनि प्रस्तुत कथामा देखाइएको छ । व्यक्ति, परिवार र समाजको सुरक्षाका लागि दिन रात नभनिकन अवरात्र खटिएका पुलिस आफ्नो व्यक्तिगत जीवन भने कुनबेला बन्दुकको नालबाट, तातो बमबाट भुटिने हो भन्ने र यस्तो अवस्थाले कस्तो नियति भोग्नुपर्छ भन्ने तथ्यलाई पनि कथाले उठाएको छ । अरुलाई विना पारिश्रमिक काम लगाउँदा त्यहि मानिस बदलाको भावले जुर्मुराएर कसरी उठ्दोरहेछ र सबैको जीवन त्रासदीय बनाउन कसरी बाध्य भएको रहेछ भन्ने कुरा कथाकारले देखाएका छन् । आफूले शङ्का गरेको मानिस नभेटिँदा जतिसुकै सुरक्षा भए पनि असुरक्षित नै महशुस गर्न पुग्नु पर्ने कुरा यस कथाको उद्देश्य हो । अव आइन्दा यस्तो अवस्थाबाट कोही पनि त्रसित बन्न नपरोस भन्ने कुरा पनि यस कथाको उद्देश्य नै रहेको देखिन्छ ।  
४.१२.७  निष्कर्ष 
       कथाकार मातृका पोखरेलको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको एघारौँ कथाका रूपमा प्रस्तुत कथा रहेको छ । यो कथा प्रथम पटक शव्द संयोजन (पूर्णाङ्क–१८) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ८८ देखि ९३ सम्मको आयतनमा फैलिएको छ । कथाले माओवादी द्वन्द्वकालीन नेपाली समाजको दयनीय स्थितिको चित्रण गर्दै  द्घन्द्घ कसैको हितमा हँुदैन भन्ने भाव अभिव्यक्त गरेको छ
४.१३.१ परिचित अभिनय कथाको कथानक 
          दुई पदीय शीर्षकमा संरचित प्रस्तुत परिचित अभिनय कथा प्रत्यक्ष अर्थ बोध गर्ने खालको रहेको छ । जसको शीर्षक र घटनाक्रमबीच राम्रोसँग तालमेल रहेको पाइन्छ । यसै कारणले गर्दा उक्त कथाको शीर्षक सार्थक रहेको देखिन्छ । जसको शीर्षक र घटनाक्रमबीच सोझो सम्वन्ध रहेको छ । प्रस्तुत कथा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको मझौला आयममा संरचित कथा मध्यको एक हो । त्यतिबेला हामी सँगै खेल्थ्यौँ र सँगसँगै पढ्थ्यौँ भन्ने वाक्यबाट कथानकको आरम्भ भएको छ । म पात्र र उसकी साथी शान्त बच्चैदेखि असाध्यै मिल्ने साथी थिए । उनीहरm एउटै स्कुलमा पढ्ने, घर पनि नजिक नजिकै भएका साथी हुन् । उनीहरु दाउरा, घाँस, मेलापात जहाँ गए पनि सँगसँगै जान्थे । उनीहरु त्यस गाउँका हुनेखाने वर्गका छोरीहरुमा गनिन्थे । म पात्र गम्भिर स्वभावकी र सबैले रुचाएकी व्यक्तिका रुपमा चिनिन्थि भने शान्ता घमण्डी तथा साथीहरुले नरुचाएकी व्यक्तिको रुपमा चिनिन्थी । यसैले गर्दा म पात्र सबैकी प्रीय थिई भने शान्तालाईचाहीँ कसैले पनि मन पराउँदैनथिए । उनीहरु दुबै जना गाउँकै विद्यालयबाट द्धितीय श्रेणीमा एस्एल्सी परीक्षा पास भएका थिए । एस्एल्सी पास भए पश्चात् आइए पढ्नका लागि दुबैजना काठमाडौँमा आफ्ना दाजुहरुभएको ठाउँमा गए र त्यहाँ बसेर आइए पढेपछि उनीहरु दुबैजनाको विवाह भयो । विवाह पश्चात् उनीहरु दुवैजना आ–आफ्ना श्रीमान्का पछि लागेर जहाँ जहाँ श्रीमान्को सरुवा हुन्छ त्यहाँ त्यहाँ जान थाले । यसरी श्रीमान्को साथ लागेर जिल्ला जिल्ला जाँदा उनीहरुको भेटघाट बन्द जस्तै हुन थाल्यो । करिब पाँच सात वर्षपछि म पात्रको श्रीमान्को पाँचथरबाट काठमाडौँमा सरुवा भयो र शान्तासँत पुरानो सम्बन्ध फेरी गाँसिन गई उनीहरुको भेटघाटले निरन्तरता पायो । शान्ता आत्मा प्रशंसा गर्ने र आडम्बर देखाउने खालको स्वभाव भएका कारण जसरी भए पनि पैसा कमाउन पर्छ भन्ने भावनाले लोग्नेलाई घुुस्याहा सम्म बनाई घुस खाएकै पैसाबाट बत्तीसपुतलीमा घर सम्म किन्छे म पात्रलाई पनि सोझो तालले सामान्य तलबको भरमा सम्पति कमाउन नसकिने हुनाले उसको श्रीमान्लाई पनि घुस खान आग्रह गर्न प्रोत्साहन गर्दछे । तर म पात्रलाई यो कुरा पटक्कै मन पर्दैनथ्यो । त्यसैकारण शान्ताको आग्रहलाई सोझै अस्वीकार गरी । यसरी विचारमा विभेद भएपछि उनीहरु दुईको भेटघाट फेरी टाढा हुन थाल्यो । म पात्रले बृद्धाश्रम खोलौँ सामाजिक सेवा गरौँ भन्दा पनि शान्ताले यस्तो अनावश्यक कुरामा मेरो सहमति छैन भने पछि म पात्र र शान्ताको भेटघाट पूरै रुपमा बन्द भयो । केही समय पश्चात् रेडियोमा राजश्व विभागका प्रमुख रामप्रसाद आचार्यलाई घुुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनेपछि म पात्र छिोछिटो गरेर शान्तालाई भेट्न भनी उसको घर जाँदाखेरी मेरो लोग्ने यस्तो मान्छे हुँदै होइन, यो त मेरो लोग्नेलाई फसाउनको लागि रचिएको षड्यन्त्र मात्र हो भनी आफ्नो करतुतलाई ढाकछोप गर्न कोसिस गर्दछे र अन्य कुरा केही पनि बोल्ने चेस्टा नराखी घरभित्र पस्दछे । म पात्रलाई धेरै पछि मात्र थाहा भयो शान्ताको श्रीमान्को जागिर पनि खोसिएको र घर पनि बिक्रि गर्नुपरेको । आज बीस वर्षपछि म पात्र पशुपति नाथको दर्शन गर्न जाँदा उही आफ्नी बालसखा शान्तालाई त्यहाँ देखेर अचम्ति भई । शान्ता पनि म पात्रलाई देखेको नदेखे झैँ गरेर पछाडि फर्किए पछि उसलाई बोलाएर सरम पार्नु भन्दा नबोल्नु नै निको सम्झेर म पात्र घर फर्कन्छे र साँझमा यो कथा धेरै बेर लगाएर आफ्ना छोराछोरीलाई सुनाउँछे यसै अवस्थाबाट कथाले पूर्णता पाएको छ । यसरी समग्रमा नियाल्दा प्रस्तुत परिचित अभिनय कथाको म पात्र र उसकी साथी शान्ताको बाल्यकालीन अवस्थाको चित्रण हुनु आदि भाग, उनीहरु दुबैको विवाह पश्चात आ–आफ्नो लोग्नेको साथ लागेर जहाँ जहाँ लोग्नेहरुको सरुवा हुन्छ त्यहाँ त्यहाँ जाने क्रममा काठमाडौँमा सरुवा भएपछि शान्ताको श्रीमान् भ्रष्टाचारमा संलग्न भएर सम्पति जोडेपछि आफ्नो धनसम्पतिको आडम्बर देखाएर म पात्रलाई पनि घुस खाएरै भए पनि सम्पति जोड्न पर्छ भनी उसले सल्लाह दिनु मध्य भाग र घुस खाँदाखाँदै रङ्गेहात गिरफ्तार भएपछि शान्ताको लोग्नेको जागिर छुट्नु, घर बिक्री हुनु र अन्त्यमा जीवन निर्वाहको लागि शान्ता पशुपतिमा गएर फूल बेचेर बस्नु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथा सरल रेखीय ढाँचामा आदि, मध्य र अन्त्यको पूर्वापर सम्बन्धमा संरचित छ ।  
 ४.१३.२ पात्र वा चरित्र चित्रण 
  प्रस्तुत परिचित अभिनय कथा मझौला आयाम र कम पात्रको प्रयोग गरी लेखिएको छ । कथाका सारा घटनाहरूमा प्रत्यक्ष भोक्ताका रूपमा म पात्रको उपस्थिति छ । उसकै माध्यमबाट अन्य पात्रको सत् र असत् क्रियाकलापहरूको संयोजनमा कथाले पूर्णता पाएको छ । तापनि कथाको मूल पात्रचाहिँ शान्ता हो । उसले यस कथामा सामान्य ढंगले जागिर मात्र खाएको भरमा जीवन निर्वाह गर्न, बालबच्चा पढाउन, भनेजस्तो आधुनिक तौर तरिकाले सहरीया जीवन जिउँन नसकिने हुनाले तलबको अलावा दिनको दुई तीन हजार रुपैयाँ कमाएर ल्याउनै पर्छ चाहे जुनसुकै हिसाबले होस् भनेर आफ्नो लोग्नेलाई भ्रष्टाचारी बन्न बाध्य तुल्याएकी छे । ऊ यतिसम्म नीच र स्वार्थी स्वभावकी देखिन्छे कि कुनै सामाजिक सेवादायका काम गरौँ, बृद्धाश्रम खोली बूढाबूढीको सेवा गरौँ भनेर म पात्रले प्रस्ताव राख्दा समेत नचाहिँदा काममा लागिछस्, बसेर खान छोडेर को चिन्नु न जान्नुका बूढाबूढीलाई स्याहारोस् । खुट्टा पसारेर खान्छु भन्ने खालका स्वार्थद्धारा प्रेरित अमानवीय बचन बाँड प्रहार गर्ने खालको स्वभाव उसमा देखिन्छ र म पात्रलाई समेत पैसा कमाउनपर्छ यो संसारमा सबैभन्दा ठूलो पैसा हो पैसा भएमा मात्र मान सम्मान, इज्जत, प्रतिष्ठा, भनेजस्तो खान, लाउन अनि विलासी जीवन बिताउन पाइन्छ तेरो श्रीमान्लाई पनि चाँडै धनी बन्ने हो भने घुस खान लगा भनेर भ्रष्टाचारलाई प्रोत्साहन गर्दथी । यसरी लोग्ने मानिसलाई घुस्याहा बनाउन मद्यत गर्ने महिलाहरुको प्रतिनिधित्व शान्ताले गरेकी छे । शान्ता यस कथाकी प्रमुख खल पात्रको रुपमा देखा परेकी छे । “रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमान्दारीता भन्ने कुरा त केवल गफ गर्ने विषय मात्र हो ।” (परिचित अभिनय, पृष्ठ.९६) त्यस्तै म पात्र अर्थात् रमिला प्रस्तुत कथामा सत् वा अनुकुल चरित्रका रुपमा रहेकी छे । उसले शान्ताले आफ्नो घरमा पुर्याएर आडम्बर पूर्वक सोफामा उप्पर खुट्टी लगाएर टिभिको च्यानल घुमाउँदै बुझिस् रमिला तैँले मैले भनेको मानेकी भए तँ पनि आज हामी जस्तै धनी भैसक्ने थिइस् भनेर धेरै किसिमको आडम्बरी प्रलोभन देखाउँदा पनि एउटा पनि नलोभिइकन एक छाक खान र एक झुम्रो लाउन नपुगे पनि मानिसले खुसि साथ सङ्घर्ष गर्नुपर्छ खान लाउन पुगेकै छ अनावस्यक सम्पतिको मोह छैन मलाई । लोग्नेलाई भ्रष्टाचारी बनाएर देशलाई खाडलमा हाल्ने चाहना छैन मलाई भन्ने खालका भाव म पात्रले पस्किएकी छे । यसरी अनावश्यक सम्पतिको मोह गर्न नहुने कुराको ज्ञान म पात्रको माद्ययमबाट लिन सकिन्छ । “संसारमा राम्रा र इमान्दार मान्छेहरु पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरु पनि प्रशस्तै छन्् । तेरो कुराप्रति म सहमत हुन सक्दिन ।” (पूर्ववत्) त्यस्तै शान्ताको श्रीमान् अर्थात् रामप्रसाद आचार्य सहायक पात्रको रुपमा कथामा आएको छ । ऊ भ्रष्टाचारलाई प्रश्रय दिने अर्थात् भ्रष्टाचारी व्यक्तित्वको रुपमा चिनिएको सहायक खलपात्र हो । भने म पात्रको श्रीमान्, शान्ता र म पात्रका बाबुआमा, दाजुहरु, उनीहरुका साथीहरु, बृद्घबृद्घा, शान्ताका छिमेकी आदि गौण पात्रका रुपमा आएका छन् ।
४.१३.३ परिवेश 
प्रस्तुत परिचित अभिनय कथा नेपालको ग्रामीण भेगबाट सहरिया भेगतिर विद्या र पैसा कमाउन जाने तमाम मानिसहरूलाई लक्षित गर्दै दुबै परिवेशको उचित संयोजन गरिएको कथा हो । गाउँबाट सहर पसेर पैसालाई सबैभन्दा ठूलो कुरा मान्ने, आफ्ना बाबु, बाजे, नातागोता, साथीसङ्गी, आफन्त तथा गाउँले दाजुभाइहरूलाई वास्ता नगर्ने, इज्जत प्रतिष्ठालाई खालि पैसासँग दाज्ने, चोरेर, मारेर, ढाँटेर जे–जसरी भए पनि पैसै कमाउनपर्छ भन्ने र आफ्नो लोग्नेलाई भ्रष्टाचारी बनाउन प्रश्रय दिने मानसिकता भएका मानिसको नाङ्गो चित्र उतार्दै पैसाका लागि मानिस कतिसम्म नीच, अधम, पशुवत व्यवहार गर्न सक्दछन् भन्ने परिवेशमा यो कथा निर्मित छ । स्थानगत हिसाबले प्रस्तुत कथामा  गाउँले र सहरिया दुबै परिवेशको चित्रण छ । गाउँमा म पात्र र रमिलाको घर, आँगन विद्यालय, गाईगोठ, पहाड, तराई, पाँचथर र त्यस वरपरको ठाउँको चित्रण पनि पाइन्छ । साथै काठमाडौँ, गौंशाला, बत्तीसपुतली, सिँहदरबार, मन्त्रालय, क्याम्पस, राजस्व कार्यालय, पशुपति आदि सहरका ठाउँहरु पनि प्रस्तुत कथामा परिवेशको रुपमा आएका छन् । यसरी आजको मानवमा मानवता, भ्रातृत्व, पितृत्व हराउदै गएको र धनको लोभ लालसा मौलाउँदै गएको कुरालाई परिवेशका रूपमा चित्रण गर्दै यस्ता व्यवहारले आपूm र आफ्ना आफन्तलाई दुरगामी प्रभाव पार्ने कुरालाई कथाले उठाएको छ ।
४.१३.४  दृष्टिबिन्दु 
प्रस्तुत परिचित अभिनय कथामा मातृका पोखरेलले आफ्ना भाव र विचारहरू पाठकसमक्ष राख्नका लागि म पात्रको चयन गरेका छन् । म पात्रको माध्यमबाट अन्य पात्र तथा चरित्रहरूको रहस्य उद्घाटन गरिएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा शान्ता र उसको श्रीमान् रामप्रसाद आचार्यको स्वार्थी प्रवृत्तिका कुराहरूबाट कथाको उठान गरिएको छ । म पात्रमा मात्र घटना तथा कथावस्तु सीमित नभएको हुनाले यस कथामा प्रथम पुरुष परिधीय दृष्टिबिन्दुको प्रयोग पाइन्छ । यसका केही उदाहरणहरू “त्यतिबेला हामी सँगै पढ्थ्यौँ र सँगै खेल्थ्यौ ।” (परिचित अभिनय, पृ.९४) । “हामीले एउटा बृद्धाश्रम खोल्ने निर्णय गरेका छौँ । हामी यसमा तेरो पनि सहयोग चाहन्छौँ ।” (पूर्ववत्, पृ.९८) । “म प्रति शान्तालाई पुरै अरुची भएपछि उसकोमा गइरहन मलाई पनि उचित लागेन ।”(पूर्ववत्, पृष्ठ. १००) यसरी प्रस्तुत परिचित अभिनय कथामा धनसम्पत्तिको लागि जेसुकै गर्ने, जोसुकै होस् वास्ता नगर्ने, धनको अन्धताले छोपिएका आजका पिंढीका यथार्थ दिनचर्या प्रस्तुत गर्न म पात्र उपस्थित भएको छ, सोही आधारमा प्रथम पुरुष दृष्टिबिन्दुको सफल प्रयोग झल्किन्छ ।  
४.१३.५ भाषाशैली 
सामान्यतः कथाकार मातृका पोखरेलको अन्य कथाहरूमा भैmँ यस परिचित अभिनय कथामा पनि सरल, सहज भाषाशैलीको प्रयोग गरिएको छ । कथामा धेरै निपात र उखान टुक्काको प्रयोग पाइँदैन । सकेसम्म छोटा र सरल वाक्यहरूको प्रयोगले कथाको शैलीलाई आकर्षक बनाएको छ । कथा ग्रामीण र सहरिया दुबै परिवेशमा संरचित रहेकोले भाषाशैलीमा पनि सन्तुलन पाइन्छ । सहरिया परिवेशमा चल्तीका शब्दहरू लज, अफिस, टेलिफोन, रुम जस्ता शब्दहरूको प्रयोग पाइन्छ भने गाउँतिर बोलीचालीमा रहेका ठेट नेपली शब्दहरू पण्डित, पाखापखेरा, खिसिटिउरी आदिको उचित प्रयोग कथामा भेटिन्छ । कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भएको पाइन्छ, जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१. षड्यन्त्र १ गाईवस्तु १. रेडियो
२. महाभारत २ काठमाडौँ २. टेलिफोन
३. गौशाला ३. साथी ३. रिसिभर
४. प्रश्रय ४. साँझ ४. हाइस्कुल
यसरी तत्सम, तद्भव, र आगन्तुक शब्दहरूको पात्र अनुकूल घटना तथा कथावस्तुको विस्तार अनि संवादको प्रस्तुति अनुसार तालमेल गरी प्रयोग गरिएकोले प्रस्तुत कथाको भाषाशैली मिठासपूर्ण, रोचक, रुचिकर, रहेको पाइन्छ । कथाको शीर्षक परिचित अभिनय धनका पछि लागेर कसैलाई पनि मान्छे नदेख्दा सबै सम्पति गुमाइसकेपछि लाजले मुख देखाउन नसक्ने अवस्थाको सिर्जना भएपछि चिनेका मान्छेहरु देख्दा पनि नचिनेजस्तो अभिनय गर्नुपर्दाेरहेछ भन्ने प्रतिकात्मक भाव प्रकट गरेको छ ।
 ४.१३.६ उद्देश्य 
प्रस्तुत परिचित अभिनय कथाले आजको मानवता हराएका र धन सम्पत्तिलाई सर्वस्व सम्झी यसको मोहजालमा नराम्ररी फसेका मानिसहरूको चरित्रलाई नङ्ग्याउने उद्देश्य राखेको पाइन्छ । मानिस सम्पत्तिका लागि कति सम्म नीच, अधम, हुन्छ, आफ्नो मानवता कुन हदसम्म गिराउँछ भन्ने दृष्टान्त पस्किनु र आम पाठकलाई यसतर्पm नलाग्नु वा सचेत गराउनु यस कथाको सन्देश रहेको बुझिन्छ । शान्ताले छिटै धनी हुने आडमा आफ्नै लोग्नेलाई भ्रष्टाचारी प्रवृतिमा मुछिन बाध्य तुल्याई । यसो गर्दा उसलाई केही क्षण भौतिक आनन्द त प्राप्त भयो तर पनि उसले जानाजान आफ्नै खुट्टामा बन्चरो हानेकी कुराप्रतिको अमानवीय प्रवृतिले झकिझकाउ अवस्थाका नेपालीहरुको पर्दाफास गरेको छ । बरु इमान्दार मानिसहरु त अरुले यस्तो काम गरेको थाहा पाएमा पनि भ्रष्टाचार गर्नु भनेको आत्मा बेच्नु हो, अहिले दुईचार दिन हातमा पैसा हल्लाएर के गर्नु पछि छानविन भएमा जीवन भर कमाएको सम्पति र इज्जतलाई एकैपटक आहुति दिएर नाङ्गै हुनुपर्छ । त्यसकारण नुनपानी तताएर खाएपनि यस्तो आत्मालाई अपमानित तुल्याउने काम गर्न हँुदैन भनेर आफ्नाप्रति अपनत्व र कर्तव्यबोध हुनुपर्ने कुरा कथाले उठाएको छ । त्यसैगरी पद र पैसाको लोभले मान्छे आफ्नो आफन्त नातागोता, गाउँले, छरछिमेकीहरुबाट कसरी टाढा हुन्छ भन्ने कुरा देखाउनु पनि कथाको उद्देश्य रहेको बुझिन्छ । यस कथामा आएका शान्ता र उसको श्रीमान् रामप्रसाद आचार्य धन, सम्पति र पैसाको फुइँमा अन्धा भएका छन् र उनीहरुले आफन्तलाई आफन्तको व्यबहार पनि गरेको छैनन् अनि मानवलाई मानवको व्यबहार पनि नगरेको देखिन्छ । साथीलाई कत्रो समस्या परेछ भनेर आत्मीय मित्र भेट्न आउँदा पनि घरभिभत्र समेत नलगेर ढोकाबाटै बिदाई गर्ने अमानवीय पात्रको चित्रण गर्नु, मानवता हराएको मानवताको खोजी गर्नुका साथै मानिसले धेरै घमण्ड गर्याे भने कसरी दुःख र आपत्तीको दलदलमा फस्नु पर्दाेरहेछ भन्ने कुरालाई पाठकसमक्ष राखी यसमा सुधारको अपेक्षा राख्नु कथाकारको मूल उद्देश्य रहेको बुझिन्छ । अन्त्यमा धनसम्पत्ति, लोभ, लालच, स्वार्थ आदि भन्दा माथि उठेर बन्धुत्व, भाइचारा र सामाजिक आचार विचारको निर्माण गर्नु पर्ने सन्देश यस कथाले दिएको छ ।
४.१३.७ निष्कर्ष 
 कथाकार मातृका पोखरेलको परिचित अभिनय कथा सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको बाह्रौँ अर्थात् अन्तिम कथा हो । यो कथा प्रथमपटक समष्टि (२०६०, फागुन) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ९४ देखि पृष्ठ १०० सम्मको आयतनमा पैmलिएको छ । कथाले मानवता हराएका, आधुनिक सुख सयलमा रमाउन पल्केर भ्रष्टाचारको जरा गाँज्न पल्किएका, पैसाको पछाडि दगुर्नेहरूको नीच र अधम व्यवहारलाई प्रदर्शन गर्दै मानवताको कल्याणको बिरुद्धमा लागी चाडैँ धनी बन्ने लालचमा पथ भ्रष्ट भएर योग्यताभन्दा माथि जाँदा सबैबाट टाढिएर आफन्तसँग लुकिछिपि परिचित अभिनय गर्नुपर्ने कारणले गर्दा यस्तो अवस्था र्सिर्जना हुनु पूर्व नै सचेत रहनुपर्ने कुरा यहाँ प्रकट भएको पाइन्छ ।


              

परिच्छेद पाँच – उपसंहार
५.१ उपसंहार
      प्राकृतिक सौन्दर्यको धनी उदयपुर जिल्ला अन्तर्गत ठानागाउँ गा.वि.स. को थामखर्क ४ मा आमा सीतादेवी र बाबु नन्दलाल पोखरेलको जेठो सन्तानको रूपमा वि.स.२०२३ साल असार ९ गते जन्मिएका कथाकार मातृका पोखरेलको बाल्यकाल उतै बितेको देखिन्छ । पोखरेलले आफ्नै गाउँको स्थानीय विद्यालयबाट शिक्षाराम्भ गरी विभिन्न ठाउँमा जाँदा पनि अध्ययनलाई निरन्तरता दिई त्रि. वि. बाट नेपाली विषयमा बी.एड. र एम.ए सम्मको औपचारिक अध्ययन गरेका छन् । विद्यार्थी जीवनदेखि साहित्यतर्फ आकर्षित भई रचना र वाचन गर्न थालेका पोखरेल आफ्ना बुबाको संस्कृत साहित्यको विद्वता र साहित्यप्रतिको रुचि तथा मामा मोहिनी अधिकारीको संस्कृत साहित्यबाट पनि यस क्षेत्रमा पाइला चाल्न प्रशस्त टेवा पुगेको देखिन्छ । पछिल्ला चरणमा कविता विधामा स्थापित भइसकेपछि कथा क्षेत्रमा आउनका लागि मित्रलाल पंज्ञानी र हरि गोविन्द लुइटेलको सुझावले बल मिलेको देखिन्छ । अन्ततः पोखरेल नेपाली युवाहरूले प्रस्तुत गरेका त्याग, बलिदान र शौर्यका घटनाहरूबाट प्रेरणा ग्रहण गर्दै साहित्य क्षेत्रमा आकर्षित भएको देखिन्छ । हालसम्म उनलको तीनओटा कवितासङ्ग्रह र दुईओटा कथासङ्ग्रह प्रकाशित भइ सकेका छन् । 
       मूल रूपमा कविता बोकेर साहित्य क्षेत्रमा देखा परेका मातृका पोखरेल अहिले सशक्त, जीवनमुखी र मानवीय संवेदना भरिएका ए.नेकपा माओवादीद्घन्द्घका समयका यथार्थ घटनाहरूले सुसज्जित भएको सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रह बोकेर आएका छन् । बाह्रआोटा सशक्त, सरल र संवेदनशील कथा बोकेर अस्तिŒवमा आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा यो कृति संवेदनाहीन जमातका रूपमा हेरिने माओवादी छापामार र शाही नेपाली सेनावर्गका क्रुर व्यवहार, समाजका सभ्रान्त वा सामन्तवर्गको शोषण, धनको लोभमा सत्ताको लालसामा लिप्त वर्गको यथार्थङ्कन तथा समाजका विविध समस्याहरूको आलोचनात्मक यथार्थ बोकेका र सुधारको सन्देशका भाव पाठकसमक्ष राख्ने शान्ति, समानता, भातृत्व सदाचारको नैतिक शिक्षा आदि सिकाउने संवाहक बनेको छ । सन्त्रूत आँखाहरु भन्नाले डर, भय र त्रासबाट पिल्सिएको हेराइ आदि भन्ने बुझिन्छ । द्घन्द्घको समयमा सर्वसाधारणहरूमा कुन मानिसले कतिखेर आफ्नो सर्वस्व लुट्ने हो, ज्यानलाई कतिखेर बमको कुण्डमा आहुति दिन पर्ने हो र आफ्ना छोरीचेलीहरुको आफ्नै आँखा अगाडी सतित्व लुटिएको हेर्न पर्ने हो भन्ने डर र त्रासको भाव कथाले देखाएको छ । मानवीय जीवनको सङ्कटापन्न अवस्थाको दयनीय र कारुणिक चित्रण बोकेको प्रस्तुत कथाबाट नै यस सङ्ग्रहको नाम राखिएको छ । आफ्नो कर्मलाई भविष्य सम्झने पोखरेल २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरण काठमाडौँमा वरिष्ठ सहायक पदमा हालसम्म कार्यरत छन् । साथै कम्युनिष्ट विचार धाराका उनी राजनैतिक रूपमा पनि सक्रिय नै छन् । तसर्थ जीवनका उकाली ओराली गर्दा आपूmले देखे भोगेका तीता मीठा अनुभवलाई सङ्गालेर कथात्मक आवरणमा समाजका रोग र भोग उनले आफ्ना कथामा समेटेका छन् । उनी नेपालका जुनजुन ठाउँमा पुग्छन् त्यहाँ आपूmले देखेका नरसंहारकर्मी परिवेश, दमनकारी सामाजिक परिवेश, समाजका कुरीति र यसबाट पीडितहरूको व्यथा वेदना, कथित जनयुद्धको दौरानका विभत्स दृश्यहरूलाई टिपेर पोखरेलले कथाका आधार बिन्दु बनाएका छन् । उनले राष्ट्रमा भएका घुसखोरी, मानवीय द्वैष, मान्छेमा विकसित भएका अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृत्ति, राष्ट्रप्रति घट्दै गएको सादाशय सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्रप्रेमजस्ता विविध भावना आफ्ना कथामा मुखारित गरेका छन् । नेपाली समाजका विविध आयाममा देखिएका समस्याहरूको चित्रण गर्दै सिर्जित पोखरेलका साहित्यहरू सङ्ख्यात्मक पक्षलाई भन्दा गुणात्मक एवं वैचारिक पक्षलाई महŒव दिएर लेखिएको पाइन्छ । यसरी कथाकार मातृका पोखरेलका ‘सन्त्रस्त आँखाहरु’ कथासङ्ग्रहको अध्ययन विषयक शोधपत्र तयार गर्ने क्रममा यो कथासङ्ग्रह छनोट गरिएको हो । 
       यस शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय खण्ड र दोस्रो परिच्छेदमा कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनबीचको सम्बन्ध समेटिएको छ । यसै परिच्छेदमा मातृका पोखरेलको जन्म र जन्म स्थान, बाल्यकाल, शिक्षदीक्षा, साहित्यिक प्रेरणा साहित्यिक र साहित्येतर व्यक्तित्व, कथाको स्वरूप र परिभाषा बारे आंशिक रूपमा प्रकाश पारिएको छ । तेस्रो परिच्छेदमा कथाका सैद्धान्तिक तŒव एवं पोखरेलका कथाहरूको विश्लेषण गरिएको छ । विश्लेषणमा एक रूपता ल्याउन कथानक, पात्र र चरित्रचित्रण, परिवेश, दृष्टिबिन्दु, भाषाशैली र उद्देश्य तथा प्रत्येक कथाको निष्कर्ष समेत राखी अध्ययन विश्लेषण गरिएको छ । चौथो परिच्छेदमा सन्त्रस्त आँखाहरु (२०६१) कथासङ्ग्रहको कथाका आधारमा पोखरेलको कथाको कथागत प्रवृत्तिहरूको विश्लेषण गरिएको छ । कथाहरूको अध्ययनबाट सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी, प्रगतिवादी, मानवतावादी, अस्तित्ववादी,  राष्ट्रप्रेमी तथा सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुतिलाई कथागत प्रवृत्ति निर्धारण गरी विश्लेषण गरिएको छ । 
         मातृका पोखरेल नेपाली साहित्यको बहुविधामा कलम चलाउने स्रष्टा हुन् । सन्त्रस्त आँखाहरु (२०६१) उनको पहिलो कथासङ्ग्रह हो । बाह्रओटा कथाहरू समावेश गरी लेखिएको यस सङ्ग्रहका कथाहरू देशभित्रकै विभिन्न समस्याहरूको उद्घाटन गरेका छन् । मूलतः कथित माओवादी द्वन्द्व र यसले समाजमा पारेका सत् र असत् प्रभावहरूलाई पाठकसमक्ष प्रस्तुत गर्ने प्रयास गरेका छन् । देशभित्रकै पृष्ठभूमि र यसै माटोमा जन्मे, हुर्के, बढेर यसका गन्ध बोकेका पात्रहरूको कथाव्यथाको धरातलमा कथाहरू रचिएका छन् ।
एउटा नयाँ यात्रा कथामा कथाकारले समाजमा छोराप्रति गर्ने आस्था र छोरीप्रति गर्ने अमानवीय व्यबहारको भण्डाफोर गरेका छन् । समाजमा अहिले पनि चलिआएको छोराले भने हामीलाई भवसागर पार गराउँछ, कुलवंश तार्छ भन्ने सोचले जतिवटी छोरी जन्मे पनि त्यसलाई सन्तानको रुपमा नहेर्ने र एउटा भए पनि वंशरक्षाको लागि छोरा चाहिने कुराको ढिपी गर्दा यो संसारमा छोरी पनि आफ्नै सन्तान हो, अवसर दियो भने उसले पनि छोरा सरह गर्न सक्छे भन्ने कुराको भाव प्रस्तुत कथामा देखाईएको छ । छोराको भाग्य कथामा सामन्तवादी समाजमा रहेर धनी र गरिव बीचमा रहेको खाडललाई उदाङ्गो पार्ने काम गरिएको छ । एउटै दिनको एउटै साइतमा जन्मिएर पनि गरिवको छोरा र धनीको छोराको भाग्य फरक हुँदो रहेछ भन्ने कुरा प्रस्तुत कथामा उल्लेख गरिएको छ । भाग्य भन्ने कुरा जन्मले नभएर धन सम्पतिले निर्माण हुने र जन्म जन्मान्तर रुपमा धनी र गरिव बीच वर्ग संघर्ष हुने कुरा प्रस्तुत कथाले पस्किएको छ । निर्णय कथामा एकीकृत माओवादी द्घन्द्घको समयमा मानिसहरुले स्वतन्त्र भई बाँच्न नपाउने बाध्यताको कारण आन्दोलनमा लागेर समाजमा रहेका मानिसहरुलाई विनाकारण हत्या हिंसा, चोरी, लुटपाट गरेर चित्त दुखाएपछि आफूले आफैँलाई घृणाको भावले हर्ने र ती मानिसहरुले आफूलाई त्यही आन्दोलनकर्ता हो भनेर चिनेमा कस्तो व्यबहार गर्दा होलान भनेर पछुताउनु परेको अवस्थाको चित्रण प्रस्तुत कथामा पाइन्छ । पश्चिमतिर कथामा कथाकारले कम्यनिष्ट आन्दोलन र त्यस भित्रको ढोंगी र अवसरवादी प्रवृत्तिको भण्डाफोर गरेका छन् । त्यतिवेलाको समयमा मान्छे मार्ने, लुटपाट गर्ने र अर्कालाई दुःख दिने जस्ता अमानवीय कृयाकलाप भने आफू गर्ने अनि पानी माथिको ओभानो बन्नका लागि आतङ्ककारीको संज्ञा भने सोझा साझा गाउँले र ओठ निचोर्दा दूद् आउने स्कुले बालकलाई दिने प्रहरी र समाजका पुंजीपति वर्गको यथार्थता नङ्ग्याउने भाव देखाइएको छ । हरियो बत्ती कथामा आफ्नो मतलव साध्य गर्नको लागि कोरीको पनि पाऊ मोलेर काम लिन पछि नपर्ने अनि आफ्नो स्वार्थ पूरा भैसकेपछि त्यही मानिसलाई सडकको भुस्याहा कुकुरको जस्तो व्यबहार गर्ने राजनीतिक व्यक्तित्वहरुको यथार्थतको उल्लेख गरिएको छ । सन्त्रस्त आँखाहरु कथामा आधुनिक सुविधाको साधन मोटर गाडी आफ्नो गाउँमा पुगेपछि आफ्नो बाबुबाजेको पालादेखी अपनाउँदै आएको भारी बोक्ने पेशा खोसिने डरले खोटाङका जनताहरु पीडित र सन्त्रस्त छन् भन्ने कुराको भाव उठाइएको छ । अविश्वास प्रस्ताव कथामा मानिसहरु राजनीतिमा लागेपछि कति सम्म ढंटुवा र अविश्वासी हुँदारहेछन्, सबैलाई म मन्त्री भएपछि तेरो लागि यो गर्छु, त्यो गर्छु भनेर फोस्रो आश्वासन दिने र आफू ठाउँमा पुगेपछि जनतालाई देख्दा, भेट्दा पनि देखेको नदेख्यै गर्ने, चिनेको नचिन्यै गर्ने नेताहरुको चरित्रको चित्रण गरेको पाइन्छ । चुनावको मौसम कथामा राजनैतिक पार्टी भित्रका विकृति विसङ्गति तथा सिद्धान्त र व्यवहारमा देखिएको विपन्नताका कारण सच्चा रुपमा पार्टीमा आवद्ध मानिसहरु भन्दा लुच्याईँ र धन सम्पतिको खोल ओढी आडम्बरी पन भएका मानिसहरु नै नेतृत्व तहमा पुग्ने गरेका वास्तविकताका कारण पार्टी पङ्क्तिमा देखिएका नकारात्मक कुराको चित्रण पाइन्छ । जसले चुनाव प्रचार प्रसार गर्न जाने बहानाले गाउँका सोझा साझा र इमान्दार महिलाहरुलाई कसरी नारकीय जीवन विताउन बाध्य गराएका छन् भन्ने विचार प्रस्तुत कथामा पाइन्छ । फुटपाथ कथामा सामाजिक समस्यालाई प्रस्तुत गरिएको छ । मानिस आर्थिक रुपले विपन्न भए पछि जीवन निर्वाहको लागि फुटपाथ पसल गरेर खान्छु भनेर लाग्दा पनि पुलिस प्रशासनको खोल ओढेका व्यक्तिहरुको ज्याजतिको कारण उनीहरुले गरिखान नपाएको अवस्थाको यथार्थता पस्किएको छ । जसले दुःख जिलो गरेर थापेको पसल खोसेर लाने र आफ्ना स्वास्नीहरुको त्यस सामानमा राहीँदाहीँ गराउने काम प्रहरीहरुले गरेका छन् । म यसरी फर्किएँ कथामा आफू आफ्नो जन्मभूमिप्रतिको मोहलाई देखाउने प्रयास गरिएको छ । विदेशमा गएर अर्काको नोकर हुनु भन्दा एक थोपा पसिना चुहाए पनि आफ्नै माटोमा चुहाउन पर्ने र नेपाल र नेपालीलाई सधैँभरी भातृत्वको भावनाले हेर्नुपर्ने कुराको शिक्षा दिने काम गरिएको छ । हुलिया कथामा माओवादी द्धन्द्धको समयमा आतङ्ककारी गतिविधिमा संलग्न व्यक्तिहरुले प्रहरी प्रशासनलाई देखाएको डर, त्रास, भय र अमानवीय व्यबहारलाई छर्लङ्ग पारिएको छ । अन्तिम कथाको रुपमा रहेको परिचित अभिनय कथामा धन र पैसाको आडम्बरमा जीवन विताउन पल्केका मानिसहरु घुसखोरी गरेर भए पनि पैसा कमाउन पर्दछ भन्ने मानसिकताका साथ अनावश्यक सम्पति बटुल्न पुग्दा अख्तियारद्धारा गिरफ्तार भए पछि चिनेजानेका र आफन्तहरुसँग पनि लाजको कारणले गर्दा नचिनेको झैँ गर्न बाध्य हुनुपर्ने कुरालाई कथाले पस्किएको छ ।

५.२ समग्र निष्कर्ष   
काठमाडौँ उपत्यका, पूर्वाञ्चल,पश्चिमाञ्चलको रुकुम, रोल्पा र तराईका ग्रामीण तथा सहरी परिवेशलाई यस सङ्ग्रहका कथाले सबल रूपमा प्रस्तुत गरेका छन् । नेपाली समाजमा विद्यमान विविध समस्याको यथार्थ झलक र ए.नेकपा माओवादीद्वारा सञ्चालित युद्धका मारमा पिल्सिएका तमाम नेपालीहरूको दयनीय स्थितिको चित्रण गर्ने परिवेशमा रचिएका कथाहरू अत्यन्त मार्मिक संवेदनशील छन् । कथामा तत्सम, तद्भव, आगन्तुक शब्दहरूको कुशल संयोजन तथा नेपाली समाजमा प्रचलित उखान टुक्का र अनुकरणात्मक शब्दहरूको पनि सन्तुलित प्रयोग तथा सरल भाषा अनि सहज शैलीले सन्त्रस्त आँखाहरु कथासङ्ग्रहलाई विशिष्ट बनाएको छ । नेपाली समाजका विविध जीवनशैली र यहाँ भएका युद्ध आतङ्कका कारण भोग्नु पर्ने असिम पीडा त्यसको गुण दोषलाई आख्यानात्मक तŒव भित्र घोलेर पृथक एवं विशिष्ट कथा रचना गर्नमा कथाकार मातृका पोखरेल प्रवीण देखिन्छन् । विविध विषय र मानव जीवनका विभिन्न सामाजिक पक्षहरूलाई जीवन भोगाइका क्रममा कथाकारले समेटेका छन् । यसरी समग्रमा मातृका पोखरेलका कथाहरू नेपालको माओवादी द्वन्द्व, यसको सत् र असत् पाटाहरू, भ्रष्टाचार, गरिबी, कुसंस्कार, राजनीतिक दुर्गन्ध, सांस्कृतिक विकृति, सामाजिक शोषण, शासकीय कुकृत्य, कुव्यवस्था ठूलावडा भनाउदाहरूको खोक्रो र आडम्बरपूर्ण वास्तविकताहरूलाई उदाङ्गो पार्न सफल रहेका छन् । मातृका पोखरेलको प्रस्तुतिमा सरलता छ, जुन कथाका विशेषता कै रूपमा रहेका छन् । प्रायः सबै कथा बोधगम्य, सरल, रुचिकर रूपमा प्रस्तुत भएका छन् । कथाहरूले युद्ध, आतङ्क मानवीय प्रेम र पीडासँग सरोकार राखेका छन् जुन आज विश्वकै सरोकारको विषय बन्न पुगेको छ । यसरी कथाकार मातृका पोखरेल आधुनिक नेपाली कथा जगत्मा समसामायिक कथा क्षेत्रमा देखापरेका छन् । सामाजिक यथार्थवादी कथाकारहरूको जमातमा आफ्नै किसिमका मौलिकता साथ कथा लेख्न कथाकारका रूपमा पोखरेलले आपूmलाई स्थापित गरेका छन् । यसबाट सामाजिक यथार्थवादी धारामा महत्वपूर्ण योगदान दिने कथाकारका रूपमा पोखरेलको स्थान आधुनिक नेपाली कथा फाँटमा रहेको पुष्टि हुन्छ ।  

   
सन्दर्भ सामग्री सूची
   क) ग्रन्थ सूची
       आचार्य, नरहरि र अन्य, (सम्पा.), नेपाली कथा भाग–१, तेस्रो सस्करण, साझा प्रकासन      ललितपुर, (२०५०) ।  
       गौतम, कृष्ण, आधुनिक आलोचना ः अनेकरूप अनेक पठन, साझा प्रकासन ललितपुर, (२०५०) । 
       थापा, मोहन हिमांशु, साहित्य परिचय, चौथो सस्करण साझा प्रकासन ललितपुर, (२०५०) । 
     पोखरेल र अन्य, (सम्पा.), नेपाली बृहत् शब्दकोश, पुनर्मुद्रित संशोधित परिबद्र्धित –पाँचौ सस्करण), काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (२०५८) । 
   बराल, ईश्वर, (सम्पा.), झ्यालबाट,  (पाँचौ सस्करण), साझा प्रकासन ललितपुर, (२०४८) । 
      बराल, ईश्वर र अन्य, (सम्पा.), नेपाली शब्दकोश,  काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (२०५५) । 
     बराल, ऋषिराज, उपन्यासको सौन्दर्यशास्त्र, साझा प्रकासन ललितपुर, (२०५६) । 
बराल, ऋषिराज र कृष्णप्रसाद घिमिरे(सम्पा.), नेपाली कथा भाग–३,साझा प्रकासन ललितपुर,(२०५५) । 
    बराल, कृष्णहरि र नेत्र एटम, नेपाली आख्यान र नाटक, काठमान्डौं, अक्सफोर्ड इन्टरनेसनल (२०६४)। 
      शर्मा, मोहनराज, कथाको विकास प्रक्रिया, साझा प्रकासन ललितपुर, (२०५८) । 
     शर्मा, हरि प्रसाद, कथाको सिद्धान्त र विवेचना,  काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (२०५९) । 
    श्रेष्ठ, दयाराम, नेपाली कथा भाग–४, (दोस्रो सस्करण साझा प्रकासन ललितपुर (२०६०) । 
    सुवेदी, राजेन्द्र, (सम्पा.) स्नातकोत्तर नेपाली कथासाझा प्रकासन ललितपुर (२०५१) ।  

 ख) पत्रिका सूची
      आचार्य, सी.बी, (२०६७), सन्त्रस्त आँखाहरुमाथि समालोचनात्मक दृष्टि, मधुपर्क मासिक (वर्ष–७, अङ्क–४०, असोज) ।
     बस्ती, विवश (२०६२), सन्त्रस्त आँखाहरु श्रमजीवी वर्गको पीडा, शव्द संयोजन (वर्ष–२, अङ्क–४) ।
    चाम्लिङ, तिलक, (२०६२) सन्त्रस्त आँखाहरु गरिखानेहरुको कथा, नेपालीपत्र
     कार्की, प्रतिरोध (२०६३), मानवीय मूल्यमा आधारित सन्त्रस्त आँखाहरु, साप्ताहिक आवाज पत्रिका, (वर्ष–६, अङ्क–३८, फागुन १ गते मङ्गलबार) । 
   भट्टराई, यादव (२०६५), सन्त्रस्त आँखाहरु, (वर्ष –२७, अङ्क–१०, मङ्सिर २९ गते आइतबार) ।
    सुवेदी, ज्ञानराज, (२०६६) मातृकाका केही कुतित्व र केही व्यक्तित्व, (वर्ष–२, अङ्क–१९, मङ्सिर २२ गते सोमबार) ।
    मधिकर्मी, धुर्व (२०६६) समयको एक पाटोका पठनीय कथाहरु, (वर्ष–२८, अङ्क–२०, पुस ७ गते मङ्गलबार) । 
    ढकाल, बन्दना (२०६६) समाजवादी यथार्थवादको कसिमा सन्त्रस्त आँखाहरु, (वर्ष–१५, अङ्क–६, साउन १९–२५ सम्म) ।

       

No comments: