Thursday, December 11, 2008

शोधपत्रहरू






मातृका पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन


त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय
अन्तर्गत नेपाली शिक्षण विभाग, त्रिभुवन बहुमुखी क्याम्पसको
एम्.ए. दोस्रो वर्षको दसौँ पत्रको
प्रयोजनका लागि प्रस्तुत

शोधपत्र
शोधार्थी
चक्र बूढा थापा
नेपाली शिक्षण विभाग
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा
२०६५

सिफारिस–पत्र
‘मातृका पोखरेलको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षक शोधपत्र श्री चक्र बूढा थापाले मेरो निर्देशनमा तयार पार्नुभएको हो । अत्यन्त मेहनतपूर्वक गरिएको प्रस्तुत शोधकार्यबाट म सन्तुष्ट छु । आवश्यक मूल्याङ्कनका लागि सिफारिस गर्दछु ।
शालिकराम पौडेल
मिति :२०६५/१०/

कृतज्ञताज्ञापन
प्रस्तुत शोधपत्र मैले श्रद्धेय गुरु शालिकराम पौडेलज्यूको कुशल निर्देशनमा तयार गरेको हुँ । उहाँका विभिन्न प्रकारका व्यस्तता हुँदाहुँदै पनि बारम्बार सजग र सचेत गराउँदै शोधकार्यका लागि अत्यन्त उपयोगी र आवश्यक निर्देशन दिनुहुने शोध निर्देशक आदरणीय गुरुज्यूप्रति सर्वप्रथम हार्दिक कृतज्ञताज्ञापन गर्दछु । साथै महŒवपूर्ण सरसल्लाह तथा सुझाव दिनुहुने नेपाली शिक्षण विभाग, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापकज्यूहरू प्रति समेत आभार ब्यक्त गर्दछु ।
यस शोधपत्रको तयारीका सिलसिलामा आवश्यक सामग्री उपलब्ध गराउनुका साथै आफ्नो व्यस्त सांस्कृतिक, साहित्यिक र राजनैतिक जीवनमा पनि आवश्यक सूचना प्रदान गरी उल्लेखनीय सहयोग पु¥याउनु हुने शोधनायक मातृका पोखरेलप्रति आभारी छु ।
शोधपत्रको तयारीका क्रममा विशेष सहयोग र सल्लाह दिनुहुने मेरा आदरणीय गुरुज्यू श्री अमर प्रधानज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
शोधपत्रको शीर्षक चयनदेखि लिएर शोधपत्र तयार नहुँदासम्म आवश्यक सल्लाह र सुझाव दिइरहनुहुने आदरणीय श्री राजेश श्रेष्ठप्रति कृतज्ञ छु । साथै यस शोध पत्रलाई कम्प्युटर टाइपिङ्ग, सेटिङ्ग र प्रिन्ट समेत गरी सहयोग गर्ने इजि वल्र्डलिंक कम्यूनिकेशन बुटवल –६ जेसिज चोकप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु ।
लगनशीलतापूर्वक टङ्कणकार्य सम्पन्न गरिदिने श्री राजेश गैरेलाई विशेष धन्यवाद छ ।
२०६५/१०/

चक्र बूढा थापा
नेपाली शिक्षण विभाग
त्रिभुवन बहुमुखी क्याम्पस
पाल्पा

विषयसूची

पृ.सं.
सिफारिस–पत्र =क
स्वीकृति–पत्र =ख
कृतज्ञताज्ञापन =ग
सङ्क्षेपीकृत सूची= घ

पहिलो परिच्छेद

शोधपरिचय

१.१ शीर्षक
१.२ प्रयोजन
१.३ समस्याकथन
१.४ उद्देश्य
१.५ पूर्वकार्यको समीक्षा
१.६ शोधको औचित्य, महŒव र उपयोगिता
१.७ शोधकार्यको सीमाङ्कन
१.८ अध्ययन विधि
१.८.१ सैद्धान्तिक ढाँचा
१.८.२ सामग्री सङ्कलन विधि
१.९ शोधपत्रको रूपरेखा २

दोस्रो परिच्छेद

मातृका पोखरेलको जीवनी
२.१ जन्म र जन्मस्थान
२.२ बाल्यकाल र स्वभाव
२.३ शिक्षादीक्षा
२.४ दाम्पय जीवन र पारिवारिक अवस्था
२.४.१ विवाह र सन्तान
२.४.२ पारिवारिक आर्थिक अवस्था
२.५ कार्यक्षेत्रमा प्रवेश
२.६ सामाजिक सांस्कृतिक कार्यहरूसँगको सम्बद्धता
२.७ राजनीतिमा प्रवेश
२.८ भ्रमण
२.९ रूचि
२.१० सम्मान र पुरस्कार
२.११ स्मरणीय दुःख सुखका क्षणहरू
२.१२ लेखन
२.१२.१ लेखनका लागि प्रेरणा र प्रभाव
२.१२.२ लेखनको प्रारम्भ र प्रकाशनको थालनी
२.१२.३ लेखन कार्य र प्रकाशित पुस्तकाकार कृतिहरूको सूची
२.१२.४ फुटकर कृतिहरूको सूची ९

तेस्रो परिच्छेद

मातृका पोखरेलको व्यक्तित्व
३.१ पृष्ठभूमि
३.२ शारीरिक सामान्य व्यक्तित्व
३.३ व्यक्तित्वका विभिन्न पाटाहरू
३.३.१ साहित्यिक व्यक्तित्व
३.३.१.१ स्रष्टा व्यक्तित्व
३.३.१.१ द्रष्टा व्यक्तित्व
३.३.२ साहित्येतर व्यक्तित्व
३.४ जीवनी व्यक्तित्व र साहित्यिक लेखनका बीच अन्तर सम्बन्ध २७
चौथो परिच्छेद
मातृका पोखरेलका साहित्यिक कृतिहरूको विवेचना र योगदान
४.१ पृष्ठभूमि
४.२ मातृका पोखरेलका काव्यकृतिको विवेचना
४.३ मातृका पोखरेलका कथाकृतिको विवेचना
४.४ विविध
४.५ साहित्यिक मान्यता र योगदान ३८
पाँचौँ परिच्छेद
उपसंहार
सन्दर्भग्रन्थ सूची ६८
परिशिष्ट ७०
सङ्क्षेपीकृत शब्दसूची
आइ.ए. – इन्टर अफ आर्टस्
अप्र.शो. – अप्रकाशित शोधपत्र
अनेरास्ववियू – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
इ. – इश्वी सन्
एम्.ए. – मास्टर अफ आर्ट्स
क्षे.न. – क्षेत्र नंम्बर
चौम – चौथो महाधिवेशन
त्रि.वि. – त्रिभुवन विश्वविद्यालय
संस्क – संस्करण
डा. – डाक्टर
पृ. – पृष्ठ
वि.एड्. – ब्याचलर अफ एजुकेशन
वि.सं. – विक्रम सम्वत्
सम्पां÷सं – सम्पादक
प्र. – प्रकाशक
प्रा.लि. – प्राइभेट लिमिटेड
प्रलेस – प्रगतिशील लेखक संघ

पहिलो परिच्छेद

शोधपरिचय

१.१ शीर्षक
प्रस्तुत शोधपत्रको शीर्षक ‘मातृका पोखरेलको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन’ रहेको छ ।

१.२ प्रयोजन
प्रस्तुत शोधपत्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नेपाली शिक्षण विभाग त्रिभुवन बहुमुखी क्याम्पसको एम्.ए. दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनको लागि तयार गरिएको हो ।

१.३ समस्याकथन
मातृका पोखरेल नेपाली साहित्यको प्रगतिवादी फाँटमा सुपरिचित साहित्यकार हुन् । वि.सं. २०४४ सालमा ‘सूर्य उदाउ अब’ भन्ने कविताबाट नेपाली साहित्यमा प्रवेश गरेका पोखरेलका हालसम्म ‘सेतो दरबारको छेउबाट (२०५६)’, ‘यात्राको एउटा दृश्य (२०६०)’ र ‘अनुहारहरू (२०६४)’ गरि ३ वटा कविता सङ्ग्रह, ‘सन्त्रस्त आँखाहरू (२०६१)’ नामक कथा सङ्ग्रह र विभिन्न फुटकर कविता, लेख, समालोचना आदि प्रकाशित भइसकेका छन् । यति कृतिको रचना गरिसक्दा पनि उनका बारेमा हालसम्म सामान्य चर्चा परिचर्चा बाहेक विस्तृत रूपमा अध्ययन भएको देखिंदैन ।
साहित्यकार मातृका पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्व मूल समस्या रहेको यस शोधका अन्य समस्याहरू निम्नलिखित छन् ः
१) मातृका पोखरेलको जीवनीका पाटाहरू के–कस्ता रहेका छन् ?
२) उनको व्यक्तित्व के–कस्तो रहेको छ ?
३) उनका प्रमुख साहित्यिक कृतिहरू के–कस्ता रहेका छन् ?
४) नेपाली साहित्यमा उनको योगदान के–कस्तो रहेको छ ?
उनका अतिरिक्त अन्य सानातिना समस्याहरू समेत यस शोधपत्रमा रहेका छन् । यी सबै समस्याहरूमा नै प्रस्तुत शोधपत्र केन्द्रित छ ।
१.४ उद्देश्य
२०४४ सालदेखि हालसम्म अनवरत रूपमा साधनारत पोखरेलका पुस्तकाकार कृति र प्रशस्त फुटकर रचनाहरू प्रकाशित भइसकेका छन् र उनले जीवनका विविध आरोह अवरोहलाई पनि पार गरिसकेका छन् । उनले आफूलाई नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा परिचित गराईसकेका छन् । प्रस्तुत शोधपत्रका प्रमुख उद्देश्यहरू निम्न लिखित छन् ः
१) मातृका पोखरेलको जीवनीका विभिन्न पाटाहरू केलाउनु,
२) उनको व्यक्तित्वको विभिन्न पक्षहरू केलाउनु,
३) उनका प्रमुख साहित्यिक कृतिहरूको सङ्क्षिप्त विश्लेषण गनर्,ु
४) नेपाली साहित्यमा उनको योगदानको निरूपण गर्नु ।
माथिका समस्याकथनमा उल्लेख गरिएका विभिन्न समस्याहरूको समाधान गर्न र अध्ययनका क्रममा आएका अन्य सानातिना समस्याहरू समाधान गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य हो ।
१.५ पूर्वकार्यको समीक्षा
मातृका पोखरेल र उनका साहित्यिक कृतिहरूको बारेमा कतिपय लेखकहरूले सामान्य चर्चा–परिचर्चा गरेको पाइए पनि यस सम्बन्धमा समग्र अध्ययन भएको छैन । उनका बारेमा गरिएका फाटफुट अध्ययनहरूको कालक्रमिक विवरण तल प्रस्तुत गरिन्छ ः
पुन्य गौतमले ‘सेतो दरबारको छेउबाट’ को सुन्दर प्रतिबिम्ब (प्रकाश २०५७) शीर्षकमा पोखरेलको कवित्वबारे चर्चा–परिचर्चा गरेका छन् ।
छत्रबहादुर बस्नेतले ‘नेपाली साहित्यमा उदयपुर जिल्लाको योगदान (२०५८)’ शीर्षकको स्नातकोत्तर शोधपत्रमा पोखरेलको ‘सेतो दरबारको छेउबाट’ कवितासङ्ग्रहको विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।
बलभद्र भारतीले ‘नव कविताको प्रगतिशील कविता विशेषाङ्क ः मेरो दृष्टिमा (वेदना २०५९)’ शीर्षकको लेखमा महिमागान, स्तुतिगान र भजनीया मण्डलीहरूलाई कविताको बेइज्जत गर्ने व्यक्तिको रूपमा पोखरेलले चित्रण गरेको चर्चा गरेका छन् ।
गोपिन्द्र पौड्यालले ‘सन्दर्भ समकालीन कथालेखनको’, ‘वेदना (कथाविषेश) का कथाको (वेदना २०५९)’ शीर्षकको लेखमा पोखरेललाई समकालीन समाजवादी – यथार्थवादी कथालेखनमा निरन्तर क्रियाशील कथाकारको रूपमा चर्चा गरेका छन् ।
यज्ञनिधि दाहालको ‘बिजुली चमकभरि ठिङ्गिदा ‘(विद्युत्् तरङ्ग २०५९)’ शीर्षक लेखमा उनका काव्यबारे चर्चा गरेका छन् ।
अपराजिता क्षेत्रीले ‘सेतो दरबारको छेउबाट ः एक दृष्टि’ (जनआव्हान २०५९) मा पोखरेलको कवित्वबारे चर्चा गरेकी छन् ।
भोगिराज चाम्लिङ्गले ‘यात्राको एउटा दृश्य’ एउटा कवितात्मक सङ्ग्रह (जनएकता २०६०) शीर्षक लेखमा कवितासङ्ग्रह सशस्त्र द्वन्द्वको प्रतिबिम्ब भएको चर्चा–परिचर्चा गरेका छन् ।
विजय सापकोटाले ‘सन्त्रस्त आँखा’ (संकेत २०६१) शीर्षक लेखमा पोखरेलका कथाहरूबारे चर्चा गरेका छन् ।
प्रकाश योञ्जनले ‘सन्त्रस्त आँखाहरूको गहिराइमा’ (२०६१) शीर्षक लेखमा पोखरेलका कथाहरूबारे चर्चा गरेका छन् ।
डा. ताराकान्त पाण्डेयले ‘नेपाली कविताको धारागत सन्दर्भ प्रगतिवादी कविता र समानान्तर समीक्षा’ (वेदना २०६१) शीर्षक लेखमा पोखरेलका कवितालाई प्रगतिवादी धारामा राखी विवेचना गरेका छन् ।
केशरी अमगाईले ‘यात्राको एउटा दृश्य नियाल्दा’ (ज्योति २०६१) शीर्षक लेखमा कवि बहुसङ्ख्यक निम्न वर्गीय जनता र जनसमस्याप्रति सचेत रहेको विवेचना गरेका छन् ।
तिलक चाम्लिङ्गले ‘सन्त्रस्त आँखाहरू गरिखानेहरूको कथा (२०६२ जनएकता)’ शीर्षक लेखमा पोखरेलका कथाबारे चर्चा गरेका छन् ।
रमेशप्रसाद भट्टराईले ‘गणतन्त्र र नेपाली कविता (वेदना २०६३) शीर्षकको लेख मार्फत् कविलाई गणतन्त्र पक्षधरको रूपमा चित्रण गरेका छन् ।
मोहन बहादुर कायस्थले ‘मातृका पोखरेल र उनको साहित्य चिनारी ( दायित्व २०६३)’ शीर्षकको लेखमा पोखरेललाई जनपक्षीय कविको रूपमा चित्रण गरेका छन् ।
मदनमोहन जोशीले ‘मातृका पोखरेलको सन्त्रस्त आँखाहरू बारे (तन्नेरी २०६३) मा पनि पोखरेलको कथाकारिताको बारे चर्चा–परिचर्चा गरेका छन् ।
चेतनाथ धमलाले ‘अनुहारहरूका पनि अनुहार (नयाँ प्रकाश २०६५) मा पनि पोखरेलको कवित्वको बारे चर्चा–परिचर्चा गरेका छन् ।
उपर्युक्त पूर्वाध्ययनको अध्ययन गर्दा साहित्यकार मातृका पोखरेलका बारेमा सामान्य चर्चा–परिचर्चा गरेको पाइए पनि समग्रमा उनको जीवनी र व्यक्तित्वलाई प्रस्तुत गरी कृतित्वको समेत विश्लेषण गरेको पाईदैन् । यसर्थ उहाँको जीवनी र व्यक्तित्वलाई समेटेर यस शोधपत्रमा विस्तृत चर्चा गरिएको छ ।
१.६ शोधको औचित्य, महŒव र उपयोगिता
दुई दशक जति साहित्यिक यात्रा पार गरिसकेका मातृका पोखरेलले विभिन्न विधाका साहित्यिक कृतिहरूको रचना गरी नेपाली साहित्यको श्रीवृद्धिमा महŒवपूर्ण योगदान पु¥याएका छन् । यति हुँदा–हुँदै पनि उनका बारेमा विस्तृत र व्यापक अनुसन्धान नगरिएको परिप्रेक्षमा समग्रतः सर्वप्रथम सुव्यवस्थित ढङ्गले गरिएको प्रस्तुत अनुसन्धान स्वतः औचित्यपूर्ण रहेको छ ।
साहित्यकार पोखरेलको जीवनी, व्यक्तित्व र उनका विभिन्न कृतिका बारेमा जानकारी राख्न चाहने सम्पूर्ण व्यक्तिहरूका लागि प्रस्तुत शोधपत्र निकै उपयोगी र महŒवपूर्ण हुने कुरामा कुनै सन्देह छैन ।
१.७ शोधकार्यको सीमाङ्कन
मातृका पोखरेल विशेषत ः कवि र कथाकार हुन् । यस शोधकार्यमा वि.सं. २०४४ साल देखि वि.सं. २०६४ सालसम्म प्रकाशित कृति तथा फुटकर रचनाको अध्ययन, उनको जीवनी र व्यक्तित्वको सापेक्षतामा प्रस्तुत गरिएको छ तर साहित्येतर लेख र अप्रकाशित लेख रचनाको अध्ययन गरिएको छैन । कुनै विधा विशेषमा केन्द्रित नहुँदा नहुँदै पनि उनको प्रमुख विधा कथा र कविता भएकोले त्यसको चाहिं केही बढी चर्चा गरिएको छ ।
१.८ अध्ययनविधि
प्रस्तुत शोधकार्य सम्पन्न गर्न निम्न लिखित सैद्धान्तिक ढाँचा र सामग्री सङ्कलन गर्ने अध्ययनविधि अपनाइएको छ ।
१.८.१ सैद्धान्तिक ढा“चा
प्रस्तुत शोधपत्रमा जीवनीपरक, प्रभावपरक, कृतिपरक आदि विभिन्न समालोचना पद्धतिको यथोचित प्रयोग गरी शोधकार्य सम्पन्न गरिएको छ ।
१.८.२ सामग्री सङ्कलन विधि
प्रस्तुत शोधपत्रका लागि आवश्यक सामग्रीको सङ्कलन मूलतः प्रत्यक्ष विधि र द्वितीयतः पुस्तकालीय अध्ययन विधिका आधारमा सम्बद्ध पुस्तक पत्रपत्रिकाको अध्ययन गरी गरिएको छ । अनुसन्धेय व्यक्ति जीवितै भएको हुँदा उनीसँग प्रत्यक्ष रूपमा भेटघाट गरी तथा उनका आफन्त नातेदारहरूसँग सोधपुछ गरी सामग्री सङ्कलन गरिएको छ । यसै क्रममा आवश्यकता अनुसार सम्बद्ध क्षेत्रका विभिन्न विद्वान्, प्राध्यापक एवं समालोचकसँग पनि आवश्यक जानकारी लिइएको छ । यस क्रममा प्राथमिक र द्वितीय श्रोतबाट सामग्री सङ्कलन गरिएको छ ।
१.९ शोधपत्रको रूपरेखा
प्रस्तुत शोधपत्रलाई निम्नलिखित छ परिच्छेदहरूमा विभाजन गरिएको छ ः
१) पहिलो परिच्छेद ः शोधपरिचय
२) दोस्रो परिच्छेद ः मातृका पोखरेलको जीवनी
३) तेस्रो परिच्छेद ः मातृका पोखरेलको व्यक्तित्व
४) चौथो परिच्छेद ः मातृका पोखरेलका साहित्यिक कृतिहरूको विवेचना र योगदान
५) पाँचौँ परिच्छेद ः उपसंहार
उपर्युक्त पाँचौँ परिच्छेदहरूमा विभाजित यस शोधपत्रको अन्त्यमा सन्दर्भग्रन्थसूची प्रस्तुत गरिएको छ ।
दोस्रो परिच्छेद
मातृका पोखरेलको जीवनी
२.१ जन्म र जन्मस्थान ः
मातृका पोखरेलको जन्म वि.सं. २०२३ साल असार–९ गते पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको गर्भबाट सगरमाथा अञ्चल उदयपुर जिल्ला ठाना गाउँ गा.वि.सं. वाड नं. ४, थामखर्कमा भएको हो ।
नन्दलाल पोखरेलले औपचारिक रूपमा कुनै शिक्षा हासिल नगरे पनि उनी धर्मशास्त्र र ज्योतिषशास्त्रका ज्ञाता थिए । पिता कुलप्रसाद पोखरेलका छोरा नन्दलाल मध्यम वर्गका किसान थिए । गाउँमा सामान्यतया धनाढ्य मानिने पोखरेल वि.सं. १९७० मा जन्मेका थिए र अहिले ९५ वर्षमा पनि जीवितै छन् । धर्मशास्त्र र ज्योतिष विद्याको राम्रो जानकारी भएकोले गाउँ समाजमा उनी प्रतिष्ठित मानिन्थे । पोखरेल राजनैतिक रूपमा पनि वडापञ्चायत हुँदै जिल्ला पञ्चायतको सदस्यसम्म रहेर स्थानीय विकास निर्माणमा महŒवपूर्ण योगदान दिएका थिए । नन्दलाल पोखरेलले रेग्मी थरकी कन्यासँग पहिलो विवाह, अधिकारी थरकी कन्यासँग दोस्रो विवाह र तेस्रो विवाह सीतादेवी पोखरेलसँग गरेका थिए । यिनै तिनै आमाहरूबाट सीताप्रसाद पोखरेल, मातृका पोखरेल, मचिन्द्र पोखरेल, टिकाप्रसाद पोखरेल, परशुराम पोखरेल, पशुपति पोखरेल, नीलकण्ठ पोखरेल र जनार्दन पोखरेल गरी आठ भाइ छोरा र नौ बहिनी छोरी जन्मिएका थिए । यिनै नन्दलाल पोखरेलका माहिला छोराको रूपमा जन्मिएका पोखरेलको न्वारानको नाम मातृकाप्रसाद पोखरेल हो । हाल उनी यही मातृका पोखरेल नामले नै प्रसिद्ध छन् ।
२.२ बाल्यकाल र स्वभाव
कुनै पनि मानिसको बाल्यकालीन प्रकृति वा स्वभाव क्रीडाजगत्तिर उन्मुख हुनु स्वभाविकै हो । तर यस प्रकृति प्रदत्त बालसुलभ क्रीडा जगत्को अनुभव मातृका पोखरेलले पूर्ण रूपमा गर्न पाएनन् । पोखरेलका पिता नन्दलाल पोखरेल समाजका प्रतिष्ठित व्यक्ति भएकोले मातृकालाई सानै उमेरमा पढाउनका लागि महेन्द्र रत्न निम्न माध्यमिक विद्यालय रूपाटार लगियो । विद्यालय गाउँबाट टाढै थियो । सानै उमेरमा घर र परिवार छाडेर अन्यत्र बस्नुपर्दा उनको बालसुलभ मानसिकता प्रभावित बनेको देखिन्छ । पढ्नका लागि रूपाटारमा बस्दा उनी आफ्नो घर गाउँको डाँडो हेरेर टोलाएर बसिरहन्थे । आठ वर्षको उमेरदेखिनै उनी घर छाडेर विद्यालयको छेउछाउ अरू मानिसहरूको आश्रयमा बस्न थालेका थिए । साथीहरू बनाउन बढी रुचाउने भए पनि उनी सानामा साह्रै चकचके स्वभावका थिए । सानैदेखि उनी जिज्ञासु स्वभावका पनि थिए ।
एकपटक सानैमा उनका समवयका साथीहरू राजेन्द्र पोखरेल र शिवहरी तिमिल्सिनासँग मिलेर उनले कुखुराका चल्लाहरू खाल्डो खनेर गाडेको र त्यसको रुख उमारेर कुखुरा फलाउने इच्छा गरेको एउटा रोचक घटना छ । यसले पनि उनको जिज्ञासु स्वभाव भएको देखिन्छ । रुख चढ्नु र पौडी खेल्नु उनको बाल्यावस्थाका रुचिहरू हुन् । एसलु टिप्न जङ्गल जानु उनको बाल्यकालको शोख थियो ।
२.३ शिक्षादीक्षा
मातृका पोखरेलको प्रारम्भिक शिक्षा आफ्नै घर परिवारबाटै आरम्भ भएको हो । प्रारम्भिक शिक्षादिक्षा पछि उनी प्राथमिक विद्यालय ठानागाँउमा प्राथमिक शिक्षा हासिल गर्न भर्ना भए । त्यही विद्यालयदेखि नै उनको औपचारिक शिक्षा आर्जनको क्रम शुरु भएको हो । हुने बिरुवाको चिल्लो पात भने झंै सानै उमेरदेखि मेहनती र अध्ययनशील स्वभाव भएका पोखरेल ठानागाँउमा रहेको प्राथमिक विद्यालय र पछि रूपाटारबाट प्राथमिक शिक्षा पूरा गरी माध्यमिक शिक्षा हासिल गर्न कटारी पुगे । मेहनती र अध्ययनशील स्वभावका पोखरेलको अध्ययनको स्तर मध्यम खालको थियो । उनले १८ वर्षको उमेरमा त्रिवेणी माध्यमिक विद्यालय कटारीबाट वि.सं. २०४१ सालको एस्.एल्.सी. परीक्षामा उत्तीर्ण गरे । वि.सं. २०४५ सालमा अध्ययनकै क्रममा मातृका काठमाडौँ आइपुगे । उनले २०४५ सालमा तृतीय श्रेणीमा आइ.ए., २०४९ सालमा बि.एड्. र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर (एम्.ए.) उत्तीर्ण गरे ।
वि.सं. २०४४ सालमा उदयपुरबाट काठमाडौँ आएका मातृका वि.सं. २०४१ सालबाटै वामपन्थी राजनीतिमा झुकाव राख्दथे । वि.सं. २०४१ सालमा विराटनगरमा तत्कालीन विद्यार्थी नेता कृष्णप्रसाद पोखरेलको सङ्गतबाट अनेरास्ववियूको सदस्यता पाएका पाखरेल वि.सं. २०४५ सालमा अनेरास्ववियूको काठमाडौँ जिल्ला अध्यक्ष भएका थिए । काठमाडौँ आगमनपश्चात् राजनैतिक आन्दोलनमा सक्रिय सहभागी मातृका पोखरेल निर्मल लामाले नेतृत्व गर्नुभएको ने.क.पा. (चौम) बाट विशेष प्रभावित देखिन्छन् । वि.सं. २०४६ सालको जनआन्दोलनको क्रममा पोखरेल काठमाडौँमै जेल जीवन बिताएका थिए । वि.सं. २०४७ सालमा नेपाल विद्युत्् प्राधिकरणमा अस्थायी जागिर खान थालेका पोखरेलले वि.सं. २०५० सालमा स्थायी भए भने त्यही क्रममा नेपाली विषय लिएर वि.सं. २०५३ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाटै मानविकी सङ्कायमा स्नातकोत्तर डिग्री हासिल गरे ।
यसरी प्राथमिक विद्यालय ठानागाउँ उदयपुरबाट औपचारिक शिक्षा आरम्भ गरेका मातृका पोखरेलले विभिन्न ठक्कर र हन्डर खाँदै वि.सं. २०५४ सालसम्म आइपुग्दा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा एम्.ए. पूरा गरी स्नातकोत्तर तहको डिग्री हासिल गर्दै आफ्नो औपचारिक शिक्षा पूरा गरेको देखिन्छ ।
अनौपचारिक रूपमा भने उनको शिक्षा आर्जनको क्रम छुटेन । सामान्य रूपमा दर्शन विशेषत ः माक्र्सवादी दर्शन, संस्कृति, विश्व इतिहास र विशेष रूपमा नेपाली इतिहास, संस्कृति एवम्् नेपाली साहित्य र त्यसमा पनि विशेष गरी प्रगतिवादी साहित्य लेखन तथा अध्ययन अनुसन्धानमा उनी प्रवृत्त भई नै रहे ।
२.४ दाम्पत्य जीवन र पारिवारिक अवस्था
२.४.१ विवाह र सन्तान
वि.सं. २०५२ सालमा २९ वर्षको उमेरमा मातृका पोखरेलको अञ्जु न्यौपानेसँग विवाह भएको हो । पिता गोविन्द न्यौपाने र माता सरिता न्यौपानेको गर्भबाट जन्मिएकी अञ्जु न्यौपाने पोखरेलकी चिरपरिचित मित्र पनि थिइन् । राजनैतिक आन्दोलनमा सक्रिय अञ्जु न्यौपाने तत्कालीन ने.क.पा. (एकता केन्द्र) नजिकको महिला सङ्गठन–अखिल नेपाल महिला संघ र अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय नेताको रूपमा परिचित थिइन् । राजनैतिक आन्दोलनमा वैचारिक सामीप्यता भएका यी दुबैको विवाह केही हदसम्म प्रगतिशील ढङ्गले भएको पाइन्छ । विवाह भएको करिब २ वर्षपछि वि.सं. २०५४ साल कार्तिक २४ गते उनीहरूको पहिलो सन्तानको रूपमा प्रसुन पोखरेल नामक छोराको जन्म भयो । हालसम्म एक मात्र छोरा भएका यी दुबै दम्पती राजनैतिक रूपले एक अर्काका सहयोगी छन् । छोरा प्रसुन पोखरेल कोटेश्वर नजिकैको स्थानीय विद्यालयमा कक्षा–६ मा पढ्दै छन् । पोखरेलकी श्रीमती अञ्जु न्यौपाने समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी हाल र ख्वप इन्जिनीयरिङ्ग कलेजमा प्राध्यापन गर्दछिन् । हाल यी दुवै दम्पती कोटेश्वरमा भाडामा डेरा लिएर बसोबास गर्दै आइरहेका छन् ।
२.४.२ पारिवारिक आर्थिक अवस्था
मातृका पोखरेलको जन्म मध्यम वर्गीय ब्राह्मण परिवारमा भएको हो । उनका पिता नन्दलाल पोखरेल गाउँका धनाढ्य परिवार भित्रै पर्ने भएकोले उनलाई खासै आर्थिक समस्या परेको देखिँदैन । यद्यपि सानै उमेरदेखि राजनैतिक आन्दोलनतर्फ प्रवृत्त भएका पोखरेल वि.सं.२०४७ सालबाटै नेपाल विद्युत्् प्राधिकरणमा कार्यरत भएकाले खासै आर्थिक प्रतिकूलता देखिंँदैन । श्रीमती अञ्जु न्यौपाने समेत ख्वप इन्जिनीयरिङ्ग क्याम्पसमा प्राध्यापन गर्ने भएकोले उनको आर्थिक अवस्था मध्यम खालको नै देखिन्छ ।
२.५ कार्यक्षेत्र प्रवेश
त्रिवेणी माध्यमिक विद्यालय कटारीबाट वि.सं. २०४१ सालमा एस्.एल्.सी. उत्तीर्ण गरेपछि नै राजनैतिक आन्दोलनको सामीप्यमा आइपुगेका पोखरेल वि.सं. २०४४ सालमा उदयपुरबाट काठमाडौँ आइपुगे । काठमाडौँ आगमनपश्चात् पोखरेल एकातिर आफ्नो औपचारिक अध्ययन अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट शिक्षाशास्त्र सङ्कायबाट स्नातक गर्न थाले भने अर्कोतिर निर्मल लामाले नेतृत्व गर्नुभएको ने.क.पा. (चौम) नजिकको अनेरास्ववियूको काठमाडौँ अध्यक्ष भएर राजनैतिक आन्दोलनमा सक्रिय सहभागी भए । कार्यक्षेत्र प्रवेश गर्ने क्रममा उनी सर्वप्रथम २०४७ सालमा नेपाल विद्युत् प्राधिकरणमा अस्थायी रूपमा जागिरे भए । यो उनको कार्यक्षेत्र प्रवेशको प्रथम खुड्किलो थियो । नेपाल विद्युत्् प्राधिकरणको जागिरेको रूपमा कार्यक्षेत्रमा प्रवेश गरेका पोखरेल कहिले पत्रकार, कहिले साहित्यकार र कहिले राजनीतिक कर्मीको रूपमा क्रियाशील भइरहे । यसरी जागिरेका साथै अनेक क्षेत्रसँग सम्बद्ध पोखरेल वामपन्थी क्षेत्रमा राजनीतिक काम र प्रगतिवादी साहित्य सिर्जनाका दृष्टिले वि.सं.२०४४ सालदेखि हालसम्म निरन्तर सक्रिय रहँदै आएका छन् । उनी प्रगतिवादी लेखकका रूपमा स्थापित बन्न पुगेका छन् । हाल मातृका पोखरेल प्रगतिशील लेखक संघका केन्द्रीय सचिव, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपालको केन्द्रीय सचिव र प्रगतिशील सांस्कृतिक सङ्गठन नेपालको केन्द्रीय महासचिवको रूपमा क्रियाशील रहेका देखिन्छन् ।
२.६ सामाजिक, सांस्कृतिक कार्यहरूस“गको सम्बद्धता
मातृका पोखरेल वि.सं. २०४४ सालमा उदयपुरबाट काठमाडौँ आए । पोखरेल उदयपुर हुँदा नै स्थानीय सामाजिक गतिविधिमा सक्रिय सहभागी हुन्थे । सामाजिक जागरण र छुवाछुतको विरुद्धमा सामाजिक जागरण ल्याउन सक्रिय हुन्थे । वामपन्थी राजनीतिको प्रेरणा स्वरूप स्थानीय रूपमा हुने कुनै पनि प्रकारको अन्याय, अत्याचार, शोषण, दमनको विरुद्धमा सक्रिय सहभागी हुनु स्वभाविक पनि थियो । वि.सं. २०४४ सालदेखि नै उनले अफ्ना कविताहरू प्रकाशन गर्न थालेको पाइन्छ । त्यसपछिका समयावधिमा सांस्कृतिक तथा साहित्यिक गतिविधिहरूमा समेत उनको संलग्नता पाइन थाल्यो । मातृका पोखरेल वि.सं. २०४८ सालबाट २०५२ सालसम्म प्रतिभा प्रवाह परिवारसँग आबद्ध भएर साहित्यिक गतिविधिहरूमा सक्रिय भएको पाइन्छ ।
नेपाल विद्युत्् प्राधिकरणमा २०४७ सालबाट अस्थायी रूपमा कार्यरत भए पछि नेपाल विद्युत्् प्राधिकरण भित्र हुने साहित्यिक गतिविधिमा पनि उनी क्रियाशील भइरहन्थे । उनी विद्युत््कर्मी साहित्यिक समाजको संस्थापक आजीवन सदस्य समेत भएर क्रियाशील रहेका छन् । नेपाल विद्युत्् प्राधिकरणबाट आयोजित अनेकौं कार्यक्रमहरूमा सक्रिय सहभागी मात्र होइन आयोजकको हैसियतको महŒवपूर्ण भूमिका समेत पोखरेलले निर्वाह गरेका छन् । ग्रामीण जीवनमा सामाजिक जागरण ल्याउन सततः सक्रिय पोखरेलको चाँसो गाउँमा मात्र सीमित नरही बृहत् र ब्यापक हुँदै गयो । काठमाडौँमा हुने धेरै जसो साहित्यिक गतिविधिमा पोखरेल अग्रणी व्यक्तिŒवको रूपमा क्रियाशील रहेका छन् । पोखरेल ईन्द्रेणी सांस्कृतिक समाजको वि.सं. २०५२ देखि २०५४ सालसम्म केन्द्रीय सदस्य, वि.सं. २०५४ देखि २०५८ सालसम्म कोषाध्यक्ष, प्रगतिशील सांस्कृतिक सङ्गठन नेपालको वि.सं २०५९ देखि २०६३ साल सम्म केन्द्रीय सदस्य, गणतन्त्र कविता आन्दोलन वि.सं. २०६० को अभियानकर्ता, लोकनाथ प्रतिष्ठान उदयपुर वि.सं. २०६२ को सदस्य, प्रगतिशील लेखक संघको केन्दी्रय सचिव, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपाल वि.सं. २०६३ को केन्द्रीय सचिव, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको आजीवन सदस्य, जनमत साहित्यिक मासिकको आजीवन सदस्य, नेपाल साहित्यिक पत्रकार संघको संस्थापक, आजीवन सदस्य, विद्युत््कर्मी साहित्यिक समाजको संस्थापक, आजीवन सदस्य, वेदना, ज्योति, प्रलेस लगायत साहित्यिक पत्रिकाको सम्पादक र प्रगतिशील सांस्कृतिक सङ्गठन नेपालको वि.सं.२०६३ देखि केन्द्रीय महासचिवको हैसियतमा क्रियाशील रहेका छन् ।
यी संस्थाहरूको उद्देश्य संस्कृति र साहित्यका माध्यमबाट समाजको चेतना अभिवृद्धि गरी नयाँ जनवादी संस्कृति र साहित्यका माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणको आधार सिर्जना गर्नुरहेको देखिन्छ । यसरी जीवनको किशोरावस्थादेखि नै भएको पोखरेलको सांस्कृतिक चेतना उत्तरोत्तर उत्कर्षतिर अघि बढिरहेको देखिन्छ ।
२.७ राजनीतिमा प्रवेश
वि.सं.२०३६ सालको विद्यार्थीहरूद्वारा सुरु गरिएको आन्दोलन एउटा उत्कर्षतिर पुग्न थालेपछि त्यसले देशव्यापी विस्तारको रूप लियो र यो पोखरेलको गाउँमा पनि पुग्यो । त्यतिबेला पोखरेल बल्ल १३ वर्षका थिए । त्यस्तो कलिलो उमेरमा नै उनको बाल मस्तिष्कमा राजनैतिक आन्दोलनको प्रभाव पर्न गयो ।
वि.सं. २०४०÷४१ सालतिर जति बेला माध्यमिक शिक्षा हासिल गर्न पोखरेल त्रिवेणी मा.वि. कटारी, उदयपुर पुगे, त्यतिबेला त्यहाँका बजारको वातावरणले र त्यहाँ हुने राजनैतिक गतिविधिले उनको मस्तिष्कमा वामपन्थी राजनीतिको छाप पर्न थाल्यो । वि.सं. २०४१ सालमा नै उनले एस्.एल्.सी. उत्तीर्ण गरेका थिए । त्यही समयताका नै स्थानीय कृष्णप्रसाद पोखरेलको प्रभावबाट मातृका अनेरास्ववियूको राजनीतिबाट आकर्षित भई सदस्यता ग्रहण गरेका थिए ।
वि.सं. २०४० सालमा ने.क.पा. (चौथो महाधिवेशन) का नेताद्वय मोहनविक्रम सिंह र निर्मल लामाका बीचमा पञ्चायतको निर्वाचनको उपयोग वा वहिष्कार, प्रधान अन्तर्विरोधबारे, सङ्घर्षको स्वरूपबारे जनमत सङ्ग्रहलाई हेर्ने दृष्टिकोण, वि.सं. २००७ साललाई हेर्ने दृष्टिकोण लगायतका विषयका बारेमा विवाद भएपछि ने.क.पा. (चौथो महाधिवेशन) विभाजित भई ने.क.पा. (मसाल) र ने.क.पा. (चौम) निर्माण भयो । मोहनविक्रम सिंह पञ्चायती निर्वाचनको बहिष्कार गर्ने, भारतीय विस्तारवाद र घरेलु प्रतिक्रियावादी वर्गसँगको अन्तर्विरोध प्रधान हो भन्थे जनमत सङ्ग्रह बहिष्कार गर्ने वि.सं. २००७ सालको परिवर्तनलाई राजनैतिक घटना भन्दै निर्मल लामालाई सि.आई.डी. राजापरस्त, कांग्रेसपरस्त भनेर आरोपित गर्थे भने निर्मल लामा पञ्चायती निर्वाचनको उपयोग गर्ने, भारतीय विस्तारवाद संरक्षित घरेलु प्रतिक्रियावादी वर्गसँगको अन्तरविरोध प्रधान हो भन्थ्ये । वि.सं. २००७ सालको क्रान्ति असफल पुँजीवादी क्रान्ति भन्थे । मातृका पोखरेल ने.क.पा. (चौम) का नेता निर्मल लामाको विचार नै ठीक हो भन्दै चौम नजिकको विद्यार्थी सङ्गठन अनेरास्ववियूमा सङ्गठित भएका थिए । मातृका पोखरेलको वामपन्थी राजनीतिप्रति को झुकाव वि.सं.२०४१ बाट हुन थालेको हो । सामाजिक जीवनमा आइपर्ने अनेकन दुःख कष्टहरू र छिमेकीका गरिबी एवम् उत्पीडनका दृश्यहरूले उनलाई क्रान्तिकारी राजनीतितर्फ प्रवृत्त गरायो ।
मातृका पोखरेलका पिता नन्दलाल पोखरेलले पञ्चायती कालमा पनि वडा पञ्चायतदेखि जिल्ला पञ्चायत सदस्यसम्मको जिम्मेवारी निर्वाह गरेका थिए । राजनैतिक तथा सामाजिक गतिविधिमा सक्रिय आफ्ना पिताको प्रेरणाले पनि मातृकालाई राजनैतिक आन्दोलनप्रति उत्सुकता पैदा ग¥यो । यस अर्थमा पोखरेलको परिवार राजनैतिक वातावरण अनुकूल नै देखिन्थ्यो । नेपाली जनतालाई सामन्ती एवम्् पुँजीवादी शोषणबाट मुक्त गर्न पोखरेल निर्मल लामाले नेतृत्व गरेको ने.क.पा. (चौम) नजिकको विद्यार्थी सङ्गठन अनेरास्ववियूमा सङ्गठित भए । अध्ययनको क्रममा उनी वर्ग सापेक्ष्य यथार्थपरक राजनीतिबाट मात्र समाजलाई आमूल परिवर्तनको दिशातर्फ उन्मुख गराउन सकिन्छ र सामन्ती एवम्् पुँजीवादी शोषणबाट देशलाई मुक्त गराउन सकिन्छ भन्ने निष्कर्षमा पुगे । यसरी माक्र्सवादको सार्वभौम सच्चाइलाई बुझी वि.सं. २०४४ सालमा उदयपुरबाट काठमाडौँ आइपुगेका मातृका पोखरेल त्यसको लगत्तै वि.सं. २०४५ देखि २०४७ सालसम्म अनेरास्ववियूको काठमाडौँ जिल्ला समितिको अध्यक्ष बने । वि.सं. २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुँदा २०४६ फाल्गुन ८ गते काठमाडौँबाट गिरफ्तार भई फाल्गुण्न ८ गतेदेखि चैत्र २६ गतेसम्म केन्द्रीय कारागारमा जेल जीवन बिताए ।
निर्मल लामाले नेतृत्व गरेको ने.क.पा. (चौम), प्रचण्डले नेतृत्व गरेको ने.क.पा. (मशाल), रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक सङ्गठन, बाबुराम भट्टराईले नेतृत्व गरेको विद्रोही मसाल र रूपचन्द्र बिष्टले नेतृत्व गरेको ने.क.पा. (जनमुखी) मिलेर वि.सं. २०४७ सालमा ने.क.पा. (एकता केन्द्र) को गठन भयो । मातृका पोखरेलले श्याम श्रेष्ठ मार्फत् वि.सं.२०४६ सालमा नै ने.क.पा. (चौम) को तर्फबाट कम्युनिष्ट पार्टिको सदस्यता पाएका थिए । मातृका पोखरेल ने.क.पा.(एकता केन्द्र) लाई वैचारिक समर्थन गर्ने अखिल नेपाल जनवादी युवा लिगको वि.सं. २०४८ देखि वि.सं.२०५२ सालसम्म काठमाडौँ अध्यक्ष वि.सं.२०४९ देखि वि.सं.२०५० सम्म केन्द्रीय सदस्य र वि.सं.२०५१ देखि वि.सं. २०५४ सालसम्म केन्द्रीय कोषाध्यक्षको भूमिका खेले । नेपाली कम्युनिष्ट आन्दोलनमा तीव्र रूपमा देखापरेको फुट र विघटनको स्थितिबाट ने.क.पा. (एकता केन्द्र) पुन प्रभावित हुन पुग्यो । वि.सं. २०५१ सालमा ने.क.पा. (एकता केन्द्र) मा प्रचण्डहरूले सशस्त्र सङ्घर्षको तत्काल सुरुवात गर्ने लक्ष्यसहित जबर्जस्त ढङ्गले फुट थोपारेपछि, आफ्नो उग्रवामपन्थी लाइन लागु गर्न ने.क.पा.(माओवादी) गठन गरी वि.सं.२०५२ फाल्गुन १ देखि जनयुद्ध घोषणा गरेर मारकाटको र व्यक्ति हत्याको राजनीतिमा उत्रे । माओको योगदानलाई अतिशोयोक्ति ढङ्गले उछालेर माओवाद भन्न थाले । पोखरेल ने.क.पा. (माओवादीको) यस प्रकारको अराजकतावादी तथा उग्रवामपन्थी राजनीतिको विरुद्ध दीपक शर्मा (प्रकाश) उर्फ नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको ने.क.पा. (एकता केन्द्र) नजिक नै युवा लिगको केन्द्रीय नेतृत्वमा रहे । प्रगतिशील सांस्कृतिक आन्दोलनमा चाँसो राख्ने र साहित्य क्षेत्रमा पनि कलम चलाउने पोखरेल वि.सं. २०५२ देखि वि.सं. २०५४ सालसम्म इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय सदस्य वि.सं.२०५४ देखि वि.सं.२०५८ सम्म केन्द्रीय कोषाध्यक्ष र रक्तिम सांस्कृतिक परिवारसँग एकता गरेर बनेको प्रगतिशील सांस्कृतिक सङ्गठनको केन्द्रीय सदस्य बनेको पाइन्छ । वि.सं. २०५९ सालमा ने.क.पा. (एकता केन्द्र–मसाल) बाट संयुक्त आन्दोलन, संविधानसभा र अग्रगमन विरोधी र माओवादीप्रति घोर पूर्वाग्रही मोहनविक्रम समूह र एकताको नाममा फुटको षडयन्त्र गर्ने राजवीर समूह बाहिरिए पछि ने.क.पा. (एकता केन्द्र–मसाल) लाई वैचारिक समर्थन गर्ने प्रगतिशील सांस्कृतिक सङ्गठनको महासचिव जस्तो गरिमामय पदमा जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
जनआन्दोलन वि.सं. २०६२–६३ को समयावधिमा गणतन्त्र कविता आन्दोलनको अभियानकर्ता र लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपालको सचिवसम्मको महŒवपूर्ण जिम्मेवारी निर्वाह गरे । उनको गहन अध्ययन, सरल व्यवहार र चित्ताकर्षक वक्तृत्वकलालाई हेर्दा उनमा एउटा कुशल राजनीतिज्ञमा हुनुपर्ने गुणहरू स्पष्ट झल्किन्छन् । पञ्चायतकाल कै पछिल्लो चुनावमा जनपक्षीय उम्मेदवारको रूपमा पोखरेलले उदयपुर क्षेत्र नं. ६ को जिल्ला पञ्चायत सदस्यका प्रगतिशील जनपक्षीय उम्मेदवार बनेको समेत पाइन्छ ।
प्रगतिशील सांस्कृतिक सङ्गठन जस्तो राजनैतिक उद्देश्यबाट अभिप्रेरित क्रियाशील संस्थाको केन्द्रीय महासचिव जस्तो विशेष जिम्मेवारी पाउनु उनको गतिशील र यथार्थपरक राजनैतिक व्यक्तित्वको द्योतक हो ।
२.८ भ्रमण
उदयपुर ठानागाउँका वनपाखा घुमेर बाल्यकाल बिताएका मातृका पोखरेलले नेपालका धेरै ठाउँ र भारतका केही ठाउँहरूमा भ्रमण गरेका छन् । भम्रणलाई खास रुचिको विषय नबनाएका पोखरेलले राजनैतिक र सांस्कृतिक गतिविधिका सिलसिलामा पैदल र मोटरबाट नेपालका अधिकांश जिल्लाहरू डुलिसकेका छन् र घुमेका सबै ठाउँहरू रमाइलो लागेको अनुभव उनी सुनाउँदछन् ।
मातृका पोखरेलले स्वदेशका विभिन्न ठाउँका अतिरिक्त विदेशका विभिन्न भागहरूको भ्रमण गरेका छन् । राजनैतिक तथा साहित्यिक गतिविधि कै सिलसिलामा यसरी स्वदेश र विदेशका विभिन्न ठाउँहरूको भ्रमण गरिसकेका पोखरेल विशुद्ध पर्यटक भएर आनन्दसँग चाहिँ कहिल्यै कतै पनि नघुमेको र पुगेका ठाउँका भौगोलिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक र प्राकृतिक दृश्यहरूको समेत अवलोकन गरेको कुरा गर्दछन् ।
२.९ रुचि
बाल्यकालदेखि नै लेखपढ तथा चिन्तनमननमा चाँसो भएका मातृका पोखरेलको रुचिको क्षेत्र साहित्य, संस्कृति र राजनीति नै हो । साहित्य र संस्कृति क्षेत्रमा सक्रिय रहेर नेपालको वामपन्थी आन्दोलनलाई योगदान पु¥याउन चाहने पोखरेल राजनैतिक क्षेत्रमा देखिएको अवरोधलाई तोड्न सांस्कृतिक क्षेत्रले ठूलो सघाउ पु¥याउने कुरामा विश्वस्त देखिन्छन् ।
नयाँनयाँ ठाउँ घुम्ने, राजनीति, इतिहास, संस्कृति, साहित्य र दर्शन क्षेत्रका पुस्तकहरूको अध्ययन र सङ्कलन गर्न रुचि राख्ने पोखरेल खानेकुरामा दाल, भात, माछा आदि विशेष रुचाउँछन् । मातृका पोखरेलका मनपर्ने साहित्यकारहरूमा विदेशी साहित्यकारहरू म्याक्सिम गोर्की, प्रेमचन्द फैज, अहमद फैज, निकोलाई आस्त्रोभस्की आदि र स्वदेशी साहित्यकारहरूमा केवलपुरे किसान, हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन आदि हुन् । पोखरेलको मन पर्ने रङ्ग नीलो हो ।
२.१० सम्मान र पुरस्कार
तीसको दशकको अन्तिम वर्षदेखि कविता लेखनमा कलम चलाउन थालेका युवा कवि मातृका पोखरेल साहित्य साधनामा वि.सं. २०४४ सालको ‘सूर्य उदाऊ अब’ कविता समीक्षा साप्ताहिकमा प्रकाशित भए यता निरन्तरतामा रहेको देखिन्छ । आफ्ना साधनाका क्रममा कथा, कविता, समालोचना, लेख आदि विधामा कलम चलाउने पोखरेल विशेषतः प्रगतिवादी कवि र कथाकारका रूपमा सुपरिचित छन् । यसरी आज आएर प्रगतिवादी कवि एवम्् कथाकारका रूपमा परिचय दिन सफल भएका पोखरेलले साहित्य साधनाको प्रारम्भिक क्षणमै एक आशा लाग्दो प्रतिभाशाली व्यक्तित्वको परिचय दिन थालिसकेका थिए । यसै क्रममा स्रष्टा सम्मान, वि.सं.२०६१–गम्भीर साहित्य प्रतिष्ठान, उदयपुरबाट मातृका पोखरेल सम्मानित भएका छन् ।
प्रत्येक दुई–दुई वर्षमा विभिन्न विधाका पाण्डुलिपिबाट स्तरीय पाण्डुलिपिको चयन गरी ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गर्ने धवलागिरी साहित्य प्रतिष्ठान बागलुङबाट ‘अनुहारहरू’ कविता सङ्ग्रहलाई वि.सं. २०६४ सालको पुरस्कार प्रदान गरिएको छ ।
२.११ स्मरणीय दुःख सुखका क्षणहरू
देश र जनताका दुःख–सुखलाई आफ्नो दुःख–सुख ठान्ने क्रान्तिकारीहरू व्यक्तिगत सुखसयललाई तिलाञ्जली दिंदै देश र जनताका निम्ति आफ्नो जीवनका दुःख–सुखका क्षणलाई हेर्दा वि.सं. २०६० माघ १९ गतेको राजा ज्ञानेन्द्रले सीमित प्रजातन्त्रको हत्या गरेर निरङ्कुश शासन चलाउने घोषणा गरेको दिनलाई उनी सबैभन्दा दुःखको दिन ठान्दछन् ।
वि.सं. २०४६ सालमा ने.क.पा. (चौम) को तर्फबाट कम्युनिष्ट पार्टीको सदस्यता पाउँदाको दिन र सोही वर्ष पञ्चायती व्यवस्थाको अन्त्य भएको दिन अनि वि.सं. २०६५ जेष्ठ १५ गते गणतन्त्र घोषणा भएको दिनलाई पोखरेल जीवनको सबैभन्दा सुखको क्षण सम्झन्छन् ।
२.१२. लेख
तीसको दशकको अन्तिम वर्षदेखि कविता लेखनमा हात चलाउन थालेका युवा कवि मातृका पोखरेल संस्कृत एवम्् नेपाली छन्दोबद्ध कविता भनेपछि हुरुक्क हुने र कण्ठस्थ गरी वाचन गर्ने आफ्ना एक जना मामाको सरसङगतबाट कविता सृजनातिर उन्मुख भएका हुन् ।
२.१२.१ लेखनका लागि प्रेरणा र प्रभाव
उमेरदेखि नै कथा, कविता सृजनातिर उन्मुख पोखरेल साहित्य लेखन र चिन्तनमा रुचि राख्ने आफ्ना मामा मोहिनी अधिकारीले माधव घिमिरेका गौरीका श्लोकहरू भाका हालेर गाएको सुन्दा अत्यन्त आनन्दित हुन्थे र कल्पनाको सागरमा डुब्न पुग्थे । उनका मामा स्वयं कवि भएकोले उनकै प्रेरणाबाट भानुभक्तको स्मृतिमा छन्द कविताहरू लेख्ने प्रेरणा पोखरेलले पाएका थिए । मामा मोहनी अधिकारी आफै कवि हुनाका साथै उनीबाट बेलाबेलामा कवि भानुभक्त आचार्य लगायत साहित्यकारहरूका कविताहरूको चर्चा परिचर्चा पनि भई नै रहन्थ्यो; जसको छाप पनि पोखरेलमा पर्दै गयो र उनको रुचि काव्य साहित्यतिर बढ्दै गयो ।
यसरी बाल्यावस्थादेखि नै साहित्यिक वातावरणबाट प्रेरित र प्रभावित भई साहित्य सिर्जनाका क्षेत्रमा सततः सक्रिय पोखरेलको सिर्जनाको पृष्ठभूमि र प्राथमिक प्रेरणाको श्रोत भानुभक्त रामायण जस्ता छन्दोबद्ध कविता नै हुने तर उनको सिर्जनाको पूर्ण विकास भने प्रगतिवादी साहित्यको दार्शनिक आधार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा भएको देखिन्छ ।
२.१२.२. लेखनको प्रारम्भ र प्रकाशनको थालनी
वि.सं. २०३५÷३६ सालबाटै भनौं करीब १२÷१३ वर्षको कलिलो उमेरदेखि नै साहित्य सिर्जनाका क्षेत्रमा कलम चलाउने मातृका पोखरेलको लेखन वि.सं. २०३५ सालबाटै भएको हो । भानुभक्तको स्मृतिमा छन्दोबद्ध कविता लेखेर साहित्य सिर्जनामा पोखरेलले प्रारम्भिक पाइला चालेको पाइन्छ । त्यसपछि क्रमशः साहित्य लेखनमा अग्रसर पोखरेलका साहित्यिक रचनाले प्रकाशनको अवसर पाउन निकै समय पर्खनु प¥यो । वि.सं. २०४४ सालमा समीक्षा साप्ताहिकमा सर्वप्रथम उनको साहित्यिक रचना ‘सूर्य उदाऊ अब’ नामक कविता प्रकाशित भयो । यसै समयदेखि प्रकट रूपमा उनको विधिवत् साहित्य यात्राको थालनी भएको मान्नु उपयुक्त देखिन्छ । यसपछि सेतो दरबारको छेउबाट शीर्षकमा वि.सं.२०५६ सालमा उनका कविताको प्रथम कविता सङ्ग्रह प्रकाशित हुन्छ र त्यस कविता सङ्ग्रहबाट नै पोखरेल नेपाली साहित्य जगत्मा परिचित हुन थाल्छन् ।
२.१२.३. लेखन कार्य र प्रकाशित पुस्तकाकार कृतिहरूको सूची
किशोरावस्थादेखि नै कलम चलाएका मातृका पोखरेलले नेपाली साहित्यका विविध विधामा कलम चलाएता पनि उनी मूलतः कवि र कथाकारका रूपमा सुपरिचित छन् । सम्पादन विशेषतः साहित्यिक र समाचारप्रधान पत्रिकाका क्षेत्रमा पनि महŒवपूर्ण योगदान पु¥याइसकेका पोखरेलले हालसम्म करीब आधा दर्जन जति पुस्तकका भूमिका समेत लेखिसकेका छन् । यसै गरी समालोचनाको क्षेत्रमा पनि उनको कलम निकै सशक्त देखिन्छ । यसका अतिरिक्त साहित्येतर विधामा पनि उनको कलम निकै तिखो बन्दै गइरहेको छ । विविध पत्रपत्रिकाहरूमा प्रकाशित भई छरिएर रहेका फुटकर रचनाबाहेक उनका हालसम्म प्रकाशित भइसकेका पुस्तकाकार कृतिहरू प्रकाशनको कालक्रमानुसार तल दिइएको छ ः–
क्र.सं. प्रकाशित कृति विधा प्रकाशन वर्ष
१. सेतो दरबारको छेउबाट कविता सङ्ग्रह २०५६
२. यात्राको एउटा दृश्य कविता सङ्ग्रह २०६०
३. सन्त्रस्त आँखाहरू कथासङ्ग्रह २०६१
४. अनुहारहरू कविता सङ्ग्रह २०६४
२.१२.४ फुटकर रचनाहरूको सूची
मातृका पोखरेलले सङ्ग्रहहरूमा सङ्ग्रहित भएका बाहेक पनि थुप्रै कविता र कथाको रचना गरेका छन् । ती मध्ये कतिपय प्रकाशित र कतिपय अप्रकाशित अवस्थामा छन् । प्रकाशित रचनाहरूको कालक्रमिक विवरण तल दिइएको छ ः–
कथा
मातृका पोखरेलले सन्त्रस्त आँखाहरू नामक एउटा कथासङ्ग्रह बाहेक पनि थुप्रै कथाहरूको रचना गरेका छन् । विभिन्न पत्र पत्रिकामा प्रकाशित कालक्रमिक विवरण तल दिइएको छ ः–
क्र. सं. विधा शीर्षक पत्रिका प्रकाशन वर्ष वर्ष÷अङ्क
१. कथा अध्याँरो गाउँ नौलो कोशेली २०६३ पूर्णाङ्क–२०
२. कथा मौन सङ्केत समकालीन साहित्य २०६१ १५÷२
३. कथा घाम झुल्किनुअघि नवयुवा २०६३ १११÷७
४. कथा मुक्ति बगर २०६३ २५÷३
५. कथा कामरेड पाताल नवयुवा २०६३ १२÷९ पूर्णाङ्क ११३
६. कथा निधो जनक शिक्षा सामग्री केन्द्र स्मारिका २०६३ २५÷१
७. कथा खाली ठाउँ नवयुवा २०६४ १२ पूर्णाङ्क ११५
८. कथा घोडाको गन्ध गरिमा २०६४ २५÷५
९. कथा बाध्यता मिर्मिरे २०६४ ३६÷१
१०. कथा धुवाँ नवयुवा २०६४ १२ पूर्णाङ्क ११९
११. कथा सपनाहरूको खोजी नवयुवा २०६४ १२÷१२२
कविता
मातृका पोखरेलले दुई कवितासङ्ग्रहबाहेक पनि थुप्रै फुटकर कविताहरू रचना गरेका छन् । विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित कविताहरूको कालक्रमिक विवरण तल दिइएको छ ः
क्र.सं. विधा शीर्षक पत्रिका प्रकाशन वर्ष वर्ष÷अङ्क
१. कविता खै, त उसको पसिना रु अन्तर्बोध २०६२ पूर्णाङ्क–३
२. कविता उनीहरूले सोचेको भए भानु पूर्णाङ्क २०६३ पूर्णाङ्क–९४
३ कविता ऊ र मेरो यात्रा निर्माण १९९८ वर्ष १८ पूर्णाङ्क ३३
४ कविता कविताको मौसम अक्षलोक २०६२ पूर्णाङ्क २७
५ कविता सडकको सिकार कलम २०६३ पूर्णाङ्क ४४–४५
६ कविता पहिरो शारदा २०६४ १÷४
७ कविता मित्रताको आकाश मधुपर्क २०६४ ४०÷८
गीत–क्रम
क्र.सं. विधा शीर्षक पत्रिका प्रकाशन वर्ष वर्ष÷अङ्क
१. गीत लोकतन्त्र नौलो कोसेली २०६४ पूर्णाङ्क–२१
बाल कविताक्रम
क्र.सं. विधा शीर्षक पत्रिका प्रकाशन वर्ष वर्ष÷अङ्क
१. कविता हिमाल बालक २०६४ ४३÷२
लेख
मातृका पोखरेलले विभिन्न पत्रपत्रिकाहरूमा लेखहरू लेखेका छन् । ती लेखहरूको कालक्रमिक विवरण तल दिइएको छ ः–
क्र. सं. विधा शीर्षक पत्रिका प्रकाशन वर्ष वर्ष÷अङ्क
१. लेख प्रलेस ‘साइलक’ र भट्टज्यूको साझा मञ्च जनएकता २०५३ आश्विन २१
२. लेख झापाको लक्ष्मी जयन्तीः केही प्रश्न केही जिज्ञासा जनएकता २०५६ ५÷१७
३. लेख महाश्वेतादेवी, जनयुद्ध र कविताको मृत्यु नयाँमोर्चा २०५६ ६÷३६
४. लेख प्राज्ञसभा र प्रश्रितको राजीनामा जनएकता २०५६ ५÷१
५. लेख ‘भूपाल अर्चना’ भाट प्रवृत्तिको राम्रो नमूना जनएकता – –
६. लेख साहित्यिक पत्रकारिता र पोखरा गोष्ठी जनएकता २०५७ ६÷५
७. लेख के अभिब्यक्ति स्वतन्त्रता वर्गीय हुँदैन ? जनएकता २०५७ ६÷३१
८. लेख खोटाङ्गको कविताहरूले बोकेको मूल्यबोध जनएकता २०५८ ६÷३८
९. लेख सन्दर्भः १०८ आंै माओ जयन्ती माओवादीको सांस्कृतिक चिन्तनः माओको सम्मानकि अपमान जनएकता २०५८ ७÷१८
१०. लेख कविताको बजारमा कविता खोज्नुपर्ने बेला जनएकता २०५९ ७÷४२
११. लेख सिक्किम यात्राका टिपोटहरू (१) सिक्किमले नेपाली भाषा र साहित्यको विकास कसरी ग¥यो ? जनएकता – –
१२. लेख मैथिली कविहरूको लहान गोष्ठी जनएकता २०६० ९÷९
१३. लेख अगुवा पुस्तालाई पनि आलोचक भएर हेर्नुपर्छ प्रलेस – –
१४. लेख जनआन्दोलन बारे स्रष्टाहरू के भन्दछन् ? जनएकता २०६१ वैशाख
१५. लेख अमृतराय जीवनका पन्नाहरूमा प्रलेस
१६. लेख विनय रावल जसको सम्झना मर्ने छैन देशान्तर २०६२ साउन ९
१७. लेख जनमत र म जनमत २०६३ पूर्णाङ्क–१००
१८. लेख राष्ट्रिय गान विवाद, के भन्दछन् युवा स्रष्टाहरू अग्रगति २०६३ १÷१६
१९. लेख राजभक्तले लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्न सक्दैनन् जलजला २०६३ पुष
२०. लेख कविताको बारेमा कविहरूको अभिमत सहयात्री २०६३ १÷१
समालोचना
मातृका पोखरेलले विभिन्न पत्रपत्रिकाहरूमा समालोचनाहरू पनि लेखेका छन् । ती समालोचनाहरूको कालक्रमिक विवरण तल दिइएको छ ः–
क्र. सं. विधा शीर्षक पत्रिका प्रकाशन वर्ष वर्ष÷ अङ्क
१. समालोचना सामाजिक मूल्यको कसीमा ‘इच्छुक’ का कविताहरू जनएकता २०५६ ५÷८
२. समालोचना अर्को बालीको तयारीमा कवि उदासी जनएकता २०५७ ६÷१८
३. समालोचना ‘समकालीन नेपाली कविता’ मा ब्यक्त संकीर्णता जनएकता २०५८ ६÷४२
४. समालोचना ‘घाम घाम जस्तो छैन’ एक पाठकका दृष्टिमा जनएकता २०५८ ७÷२९
५. समालोचना शीतबिन्दुका कविताहरू जनएकता २०५९ ८÷१७
६. समालोचना खोटाङ्गका आकाश गंगामा चम्किएका ताराहरू जनएकता २०५९ ७÷१८
७. समालोचना अन्तरका सुसेलीहरूः एक पाठकका आँखामा जनएकता – –
८. समालोचना बन्दी सर्जकको नवीनतम सिर्जना जनएकता – –
९. समालोचना ज्ञानगुनका कुरा साहित्यिक मोहन दुवाल विशेषाङ्क – –
१०. समालोचना निनु चापागाईः एक व्यक्ति केही व्यक्तित्व चापागाई वंशगीता २०६१ –
यसरी किशोर अवस्थादेखि नै साहित्य क्षेत्रमा कलम चलाएका मातृका पोखरेलले विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पू¥याएका छन् । कथा, कविता, लेख, समालोचना क्षेत्रमा समेत कलम चलाउने बहुआयमिक व्यक्तिको रूपमा पोखरेललाई चिन्न सकिन्छ ।
तेस्रो परिच्छेद
मातृका पोखरेलको व्यक्तित्व
३.१ पृष्ठभूमि
कुनै व्यक्तिको व्यक्तित्व नै उसको विशेषताको परिचायक हुन्छ । सततः सक्रिय व्यक्तिका व्यक्तित्वका आधारमा उसमा निहित विशेषतालाई ठम्याउन सकिन्छ । मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव र उसले समाजलाई दिएको योगदानका आधारमा उसको व्यक्तित्वको निर्माण भएको हुन्छ; जसलाई मुख्यतया आन्तरिक व्यक्तित्व र बाह्य व्यक्तित्वमा वर्गीकरण गर्ने चलन पनि छ । बाह्य व्यक्तित्व, शारीरिक बनोट, रूपरङ्ग आदिसित सम्बन्धित हुन्छ भने आन्तरिक व्यक्तित्व व्यक्तिमा अन्तर्निहित गुण वा विशेषतासित सम्बन्धित हुन्छ ।
३.२ शारीरिक सामान्य व्यक्तित्व
मातृका पोखरेलको शारीरिक व्यक्तित्व गहुँगोरो रङ्ग, बाटुलो अनुहार, ठूलो निधार, सुहाँउदिलो नाक, चिटिक्क चिटिक्कका आँखा, पोटिला गाला शारीरिक रूपमा हृष्टपुष्ट र मोटोघाटो देखिन्छ । अलि अग्ला, पाँच फिट सात ईन्च उचाइ भएका पोखरेलको अनुहार शान्त, सौम्य देखिन्छ र उनको बाह्य व्यक्तित्व निकै आकर्षक छ । सरल, विनम्र र मिलनसार स्वभावका र सधै प्रफुल्ल देखिने पोखरेल जीवनका जस्तै परिस्थितिमा पनि धैर्य, संयम र सन्तुलन नगुमाईकन जीवनमा सधै क्रियाशील रहिरहने साहसी, अरूलाई सदा सहयोग गर्ने भावना भएका, स्वाभिमानी र उच्च मनोबल भएका व्यक्तित्व हुन् । उनी जीवनमा सततः सक्रिय र साहित्य साधनामा समर्पित देखिन्छन् । यी गुण वा विशेषताले उनको आन्तरिक व्यक्तित्वबारेमा पर्याप्त जानकारी दिन्छन् ।
३.३ व्यक्तित्वका विभिन्न पक्षहरू
कुनै पनि मानिसको व्यक्तित्व उसका जीवनको आरोह–अवरोह, घात–प्रतिघात, क्रिया प्रतिक्रिया र जीवन भोगाइमा नै उसको समष्टि व्यक्तित्व निर्भर गर्दछ । व्यक्तिको व्यक्तित्व निर्माणमा उसको पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक एवम् राजनैतिक पृष्ठभूमिले निर्णायक भूमिका खेलेको हुन्छ । यसका अतिरिक्त शिक्षादीक्षा, रुचि, पेशा र जीवनजगत प्रतिको दृष्टिकोण पनि व्यक्तित्व निर्माणमा सहायक हुन्छ । यिनै सब कुराका आधारमा मातृका पोखरेलको समष्टि व्यक्तित्वलाई निरूपण गर्दा उनको व्यक्तित्व बहुआयामिक देखिन्छ । उनको बहुव्यक्तित्वका पक्षहरूलाई निम्नानुसार वर्गीकरण गरी चर्चा गरिन्छ ः–
३.३.१ साहित्यिक व्यक्तित्व
मातृका पोखरेल नेपाली साहित्यका उल्लेखनीय साहित्यकार हुन् । उनको सर्वप्रथम व्यक्तित्व नै साहित्यिक व्यक्तित्व हो । पोखरेलले साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । कविता, कथा, निबन्ध आदिमा उनको छुट्टै परिचय छ । त्यसैले उनलाई बहुमुखी व्यक्तित्वका रूपमा लिन सकिन्छ । उनको साहित्यिक व्यक्तित्व स्रष्टा र द्रष्टा दुवैतिर अभिमुख भएको पाइएता पनि स्रष्टा व्यक्तित्व विशेष महत्वको रहेको छ । पोखरेलको प्रतिभा औपचारिक रूपमा ‘सूर्य उदाऊ अब’, कविता (२०४४ साल) समीक्षा साप्ताहिकबाट सुरु भएको हो । केही अन्तर्वार्ता र छिटफुट लेखले पोखरेलको समुच्चा साहित्यिक व्यक्तित्वलाई मूल्याङ्कन गर्न सकिन्न । उनको अस्तित्व नै कविता, कथा आदि प्रमुख विधामा नेपाली साहित्यको इतिहासमा सुरक्षित छ । उनको साहित्यिक व्यक्तित्वलाई तल सङ्क्षेपमा चर्चा गरिन्छ ।
३.३.१.१ स्रष्टा व्यक्तित्व
पोखरेलको साहित्यिक व्यक्तित्वको एउटा पाटो स्रष्टा व्यक्तित्व हो । आपूmले प्राप्त गरेको शिक्षादीक्षा तथा सामाजिक, साँस्कृतिक परिवेशबाट प्रभावित भएको उनको स्रष्टा व्यक्तित्वलाई कवि व्यक्तित्व, निबन्धकार व्यक्तित्व र कथाकार व्यक्तित्व गरी तीन भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ ।
१. कवि व्यक्तित्व
नेपाली साहित्यका फाँटमा ‘सूर्य उदाऊ अब’ कविताद्वारा वि.सं. २०४४ सालमा प्रवेश गर्ने मातृका पोखरेल अनवरत रूपमा साहित्य साधनारत देखिन्छन् । कवि मातृका पोखरेलको औपचारिक कविता यात्रा ‘सूर्य उदाऊ अब’ कविताद्वारा थालिएदेखि यता उनले प्रशस्त फुटकर कविताहरू लेख्दै तीनवटा कविता सङ्ग्रहको समेत प्रकाशन गरेका छन् । उनको कवि व्यक्तित्वलाई चिनाउने आजसम्म प्रकाशित उनका पुस्तकाकार काव्यकृतिहरूमा ‘सेतो दरबारको छेउबाट’ (२०५६) र ‘यात्राको एउटा दृश्य’ (२०६०) अनुहारहरू (२०६४) नामक तीन कविता सङ्ग्रह हुन् । पोखरेलले बालकविता पनि लेखेका छन् ।
पोखरेलको पहिलो कवितासङ्ग्रह प्रारम्भिक लेखनको परिचय हो । यसमा उनका आभ्यासिक अवस्थाका भावना, चिन्तन र दृष्टि मुखरित भएका छन् ।
पोखरेलको विचार खारिँदै आएपछि कविताहरू पनि परिष्कृत बन्दै आए । त्यसैले कविताको पछिल्लो चरणमा आइपुग्दा उनको दृष्टिकोण स्पष्ट र सुदृढ रूपमा प्रगतिवादी बन्यो । यी सम्पूर्ण कविताहरूमा उनी सबै प्रकारका शोषण, अन्याय र उत्पीडनका विरुद्ध उभिएका छन् । उनमा कलात्मक अभिव्यक्तिको क्षमता पनि प्रशस्त देखिन्छ । त्यसैले प्रचलित विम्ब र प्रतीकहरूको प्रयोग गर्दै सहज रूपमा आफ्ना भावहरू प्रकट गरेको पाइनु उनको कवि व्यक्तित्वको वैशिष्ट्य मानिन्छ ।
२. गीतकार व्यक्तित्व
पोखरेलको गीतकार व्यक्तित्व त्यति सक्रिय देखिदैन यद्यपी उनले “लोकतन्त्र” नामक गीत पनि लेखेका छन् । गीत समसामयिक र प्रगतिशील छ ।
३. निबन्धकार व्यक्तित्व
पोखरेल आफ्नो सामाजिक अनुभवलाई जीवन्त पार्न केही लेख र निबन्धहरूबाट आफ्ना अनुभवगम्य अभिव्यक्तिलाई पोखेका छन् । शिष्ट र तार्किक शैलीले गर्दा उनका निबन्धहरू पढ्नमा रुचि पैदा हुन्छ ।
४. कथाकार व्यक्तित्व
नेपाली साहित्यका कविता विधाका तुलनामा कथा विधामा पोखरेलका रचना कम प्रकाशित भएका देखिन्छन् । उनको समग्र कथाकार व्यक्तित्वलाई प्रकाशमा ल्याउने कथासङ्ग्रह हालसम्म एउटामात्र प्रकाशित भएको छ । ‘सन्त्रस्त आँखाहरू’ नामक उक्त कथासङ्ग्रहमा प्रकाशित कथाहरूबाट उनको कथाकार व्यक्तित्वको परिचय पाउन सकिन्छ । वि.सं. २०५१ सालमा सर्वप्रथम ‘हरियो बत्ती’ कथाका माध्यमबाट यस क्षेत्रमा प्रवेश गरेका पोखरेलका ‘सन्त्रस्त आँखाहरू’ कथासङ्ग्रहबाहेक पनि विभिन्न पत्रपत्रिकाहरूमा कथाहरू प्रकाशित भएका छन् । यी कथाहरूमा सामाजिक अन्याय, पूँजीवादी शोषण, छुवाछुत एवम् जातीय भेदभाव, स्वर्ग र नरकका भ्रमजाल र प्रशासनिक भ्रष्टताप्रति निर्मम प्रहार गर्दै सामाजिक एवम् सांस्कृतिक परिवर्तनको शङ्खघोष गरिएको छ । सरल र सहज शैलीमा लेखिएका यिनै लघु आयामिक कथाहरूले पोखरेलको कथाकार व्यक्तित्वको उद्घाटन गरेका छन् ।
३.३.१.२ द्रष्टा व्यक्तित्व
पोखरेलको साहित्यिक व्यक्तित्वको अर्को पाटो द्रष्टा व्यक्तित्व पनि हो । उनको द्रष्टा व्यक्तित्व र स्रष्टा व्यक्तित्व परस्पर सम्बद्ध देखिन्छन् । यी दुई व्यक्तित्व उनका एकै साहित्यिक लेखक व्यक्तित्वका दुई पाटाहरू हुन् । आफूले प्राप्त गरेको शिक्षादीक्षा सामाजिक, आर्थिक एवम् राजनैतिक परिवेश तथा स्वस्थ वैचारिक उत्कर्ष आदिबाट निर्मित हुन पुगेको पोखरेलको द्रष्टा व्यक्तित्वलाई समालोचक र भूमिका लेखक गरी दुई भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ ।
१) समालोचक व्यक्तित्व
नेपाली प्रगतिवादी साहित्यका क्षितिजमा स्थापित व्यक्तित्वका रूपमा देखापरेका मातृका पोखरेलको समालोचक व्यक्तित्व निकै सशक्त देखिन्छ । माक्र्सवादलाई एक रचनात्मक विज्ञानका रूपमा अँगालेर त्यसैका आलोकमा साहित्य संसारलाई हेर्ने पोखरेल यस क्षेत्रका अग्रणी समालोचकहरूमा देखा पर्दछन् । उनको पहिलो समालोचकीय रचना ‘प्राज्ञ सभा र प्रश्रितको राजीनामा’ वैचारिक समालोचना हो । व्यक्तिपरक, वैचारिक र कृतिपरक समालोचनाका क्षेत्रमा बेला बखतमा कलम चलाउँदै आएका पोखरेलका समालोचनात्मक रचनाहरू व्यवस्थित रूपमा सङ्कलित नभई विभिन्न समसामयिक पत्रपत्रिकाहरूमा छरिएर रहेका छन् । उनका व्यक्तिपरक समालोचकीय रचनाहरू ‘शरद बनेपा ः हिजो आज’ (ज्ञानगुनका कुरा साहित्यकार मोहन दुवाल विशेषाङ्क), निनु चापागाई ः एक व्यक्ति केही व्यक्तित्व, (चापागाई वंश गीता ः वि.सं. २०६१), ‘अमृतराय जीवनका पन्नाहरूमा’ (प्रलेस) उल्लेख्य छन् । यस्तै पोखरेलका वैचारिक पक्ष प्रवल भएका समालोचकीय लेखहरू ‘सिक्किमले नेपाली भाषा र साहित्यको विकास कसरी ग¥यो’, ‘भूपाल अर्चना भाट प्रवृत्तिको राम्रो नमूना’ (जनएकता), ‘महाश्वेतादेवी, जनयुद्ध र कविताको मूल्य’ (नयाँमोर्चा ः २०५६), ‘खोटाङ्गका कविताहरूले बोकेको मूल्यबोध’ (जनएकता ः २०५८), ‘साहित्यिक पत्रकारिता र पोखरा गोष्ठी’ (जनएकता ः २०५७), ‘झापाको लक्ष्मी जयन्ती ः केही प्रश्न केही जिज्ञासा’ (जनएकता ः २०५६), ‘मैथली कविहरूको लहान गोष्ठी’ (जनएकता ः २०६०) आदि विशेष उल्लेखनीय छन् । ‘सामाजिक मूल्यको कसिमा इच्छुकका कविताहरू’ (जनएकता ः २०५६), ‘अर्को बोलीको तयारीमा कवि उदासी’ (जनएकता ः२०५७), ‘बन्दी सर्जकको नवीनतम सिर्जना’, ‘अन्तरका सुसेलीहरू एक पाठकका आँखामा’ (जनएकता), ‘समकालीन नेपली कवितामा व्यक्त सङ्कीर्णता’ (जनएकता ः २०५८), ‘सामाजिक मूल्यको दृष्टिमा शीतबिन्दुका कविताहरू’ (जनएकता ः २०५९), ‘खोटाङ्गका आकाशगंगामा चम्किएका ताराहरू’ (जनएकता ः २०५९), ‘घाम घाम जस्तो छैन’ (जनएकता ः २०५८) पोखरेलका कृतिपरक समालोचकीय रचनाहरू हुन् ।
यसरी सरल भाषा, विशुद्ध अध्ययन र सन्तुलित लेखन भएका पोखरेलका उल्लेखित रचनाहरू नै उनको समालोचक व्यक्तित्वका कसी हुन् ।
२. भूमिका लेखक व्यक्तित्व
माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी चिन्तन पद्धतिलाई समालोचनाको मूल मियो बनाई त्यसको सेरोफेरोमा कृतिको रचना गर्ने पोखरेलको साहित्यिक द्रष्टा व्यक्तित्व भूमिका लेखक व्यक्तित्वका रूपमा समेत विस्तारित भएको छ । यस क्षेत्रमा उनको कलम निकै तिखो र सशक्त मानिन्छ । भूमिका लेख्दा कृति भित्रका गर्भ र अन्तरवन्तुको पक्षपक्षान्तरलाई कोट्याउँदै त्यसमा आफ्नो साहित्यसम्बन्धी धारणा व्यक्त गर्नु पोखरेलको भूमिका लेखक व्यक्तित्वको खास पहिचान हो । उनले हालसम्म करीब आधा दर्जन जति पुस्तकहरूको भूमिका लेखेका छन् । ती मध्ये उनको भूमिका लेखक व्यक्तित्वलाई स्पष्ट पार्ने प्रतिनिधि कृतिहरू ‘वेदनाका स्वरहरू’ (कविता सङ्ग्रह) , ‘अनुभूतिका क्षणहरू’ (कविता सङ्ग्रह) ,‘युद्ध क्षेत्र’ (उपन्यास) ‘सन्त्रस्त आँखाहरू’ (कथा सङ्ग्रह) ‘यात्राको एउटा दृश्य’ (कविता सङ्ग्रह) ,‘प्रतिबद्ध चेतनाको आवाज’ (कविता सङ्ग्रह) मुख्य रहेका छन् ।
३.३.२ साहित्येतर व्यक्तित्व
मातृका पोखरेलको साहित्यिक व्यक्तित्व बाहेक सामाजिक–साँस्कृतिक, राजनैतिक व्यक्तित्व, सम्पादक व्यक्तित्व, लेखक व्यक्तित्व र कर्मचारी व्यक्तित्व पनि महŒवपूर्ण देखिन्छ ।
१. सामाजिक – सांस्कृतिक व्यक्तित्व
किशोरावस्थादेखि नै समाजमा विद्यमान रुढि एवम् अन्धविश्वास हटाई सामाजिक जागरण ल्याउन सततः सक्रिय मातृका पोखरेलले यस क्षेत्रसँग सम्बन्धित प्रशस्त कार्यहरू गरी आफ्नो सामाजिक – सांस्कृतिक एवम् सुधारक व्यक्तिको परिचय दिन सफल भएका छन् । यस सन्दर्भमा आफ्नो गाउँमा पुस्तकालय खोल्ने, बाटाघाटा बनाउने, जिल्ला क्षेत्रमा विद्यालय तथा क्याम्पस स्थापना गर्न सक्रियता देखाउने जस्ता सामाजिक कार्यहरूमा उनको उल्लेखनीय योगदान रहेको छ । समाजमा विद्यमान सामन्ती कुसंस्कार एवम् पुँजीवादी संस्कृतिको समाप्ति र त्यसमा नयाँ जनसंस्कृतिको निर्माण गर्ने कार्यमा प्रयत्नशील मातृका पोखरेलको सामाजिक – सांस्कृतिक व्यक्तित्वको सुरुवात चाहिं समाज सुधारक व्यक्तित्वबाट विकसित भएको हो । यस सन्दर्भमा उनले छुवाछुत विरोधी अभियानजस्ता महŒवपूर्ण सामाजिक सुधारका अभियानहरू सञ्चालन गरे ।
यस बाहेक विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक एवम् साहित्यिक संघ संस्थाहरू सञ्चालन गरी ती मार्फत् सामाजिक चेतना जागृत गर्ने क्रममा सक्रिय भएका पोखरेल हाल ‘प्रगतिशील सांस्कृतिक सङ्गठन, नेपाल’ का केन्द्रीय महासचिव र प्रगतिशील लेखक संघ, नेपालका केन्द्रीय सचिवका रूपमा कार्यरत छन् ।
यसरी हेर्दा मातृका पोखरेलको सामाजिक – सांस्कृतिक एवम् सुधारक व्यक्तित्व परस्पर सम्बद्ध रहेको पाइन्छ । उनको यस व्यक्तित्व निर्माणमा केही हदसम्म आफ्नै पारिवारिक जीवन, खासगरी उनका मावली मामा मोहिनी अधिकारीको प्रेरणाको प्रभावको भूमिका उल्लेखनीय छ तापनि मूलतः उनकै अन्तः स्करणबाट उद्बुद्ध सामाजिक परिवर्तनको चेतना र त्यसको विकासका लागि आवश्यक सामाजिक र राजनैतिक वातावरणको भूमिका धेरै महŒवपूर्ण रहेको छ । यिनै कतिपय कारणहरूले गर्दा पोखरेलको सामाजिक सांस्कृतिक एवम् सुधारक व्यक्तित्व राजनैतिक व्यक्तित्वका तहसम्म विकसित हुँदै राष्ट्रिय स्तरमा उभिन पुगेको छ ।
२. राजनैतिक व्यक्तित्व
मातृका पोखरेलको राजनैतिक व्यक्तित्व मूलतः माक्र्सवादी राजनीति एवम् भौतिकवादी चिन्तनपद्धति र तदनुसार साहित्यिक लेखनतर्फ अग्रसर हुन थालेपछि विशेष चर्चित बन्न पुगेको छ । नेपाली जनतालाई सामन्ती एवम् पुँजीवादी शोषणबाट मुक्त गर्न पोखरेल निर्मल लामाले नेतृत्व गरेको ने.क.पा. (चौम) नजिकको विद्यार्थी सङ्गठन अनेरास्ववियूमा सङ्गठित भए । अध्ययनको क्रममा उनी वर्ग सापेक्ष्य यथार्थपरक राजनीतिबाट मात्र समाजलाई आमूल परिवर्तनको दिशातर्फ उन्मुख गराउन सकिन्छ र सामन्ती एवम् पुँजीवादी शोषणबाट देशलाई मुक्त गराउन सकिन्छ भन्ने निष्कर्षमा पुगे । यसरी माक्र्सवादको सार्वभौम सच्चाइलाई बुझी वि.सं. २०४४ सालमा उदयपुरबाट काठमाडौँ आउनुभयो । त्यसको लगत्तै वि.सं.२०४५ देखि २०४७ साल सम्म अनेरास्ववियूको काठमाडौँ जिल्ला समितिको अध्यक्ष बन्नुभयो । वि.सं. २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुँदा वि.सं. २०४६ फागुण ८ गतेदेखि चैत्र २६ गतेसम्म केन्द्रीय कारागारमा जेल जीवन बिताए । ने.क.पा. (चौम), प्रचण्डले नेतृत्व गरेको ने.क.पा. (मशाल), रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक सङ्गठन, बाबुराम भट्टराईले नेतृत्व गरेको बिद्रोही मसाल र रूपचन्द्र बिष्टले नेतृत्व गरेको ने.क.पा. (जनमुखी) मिलेर बनेको ने.क.पा. (एकता केन्द्र) लाई वैचारिक समर्थन गर्ने अखिल नेपाल जनवादी युवा लिगको वि.सं. २०४८ देखि २०४९ सम्म केन्द्रीय सदस्य र वि.सं. २०४९ देखि २०५१ सम्म केन्द्रीय कोषाध्यक्षको भूमिका खेले । नेपाली कम्युनिष्ट आन्दोलनमा तीव्र रुपमा देखापरेको फुट र विघटनको स्थितिबाट ने.क.पा. (एकता केन्द्र) पुनः प्रभावित हुन पुग्यो । वि.सं. २०५१ सालमा ने.क.पा. (एकता केन्द्र) प्रचण्डहरूले जबरजस्त ढङ्गले फुट थोपारेपछि, आफ्नो उग्रवामपन्थी लाईन लागु गर्न ने.क.पा. (माओवादी) को गठन गरे पनि पोखरेल निर्मल लामाले नेतृत्व गरेको ने.क.पा. (एकता केन्द्र) नजिक कै युवा लिगको केन्द्रीय नेतृत्वमा रहे । प्रगतिशील सांस्कृतिक आन्दोलनमा चाँसो राख्ने र साहित्य क्षेत्रमा पनि कलम चलाउने पोखरेल वि.सं. २०५२–२०५४ सालसम्म इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय सदस्य वि.सं. २०५४–२०५८ सम्म केन्द्रीय कोषाध्यक्ष र प्रगतिशील सांस्कृतिक सङ्गठनको केन्द्रीय सदस्य बनेको पाइन्छ । वि.सं. २०५९ सालमा ने.क.पा. (एकता केन्द्र) र ने.क.पा. (मसाल) एकता भई बनेको ने.क.पा. (एकता केन्द्र मसाल) बाट मोहन बिक्रम समूह र राजवीर समूह बाहिरिए पछि ने.क.पा. (एकता केन्द्र–मसाल) लाई वैचारिक समर्थन गर्ने प्रगतिशील सांस्कृतिक सङ्गठन नेपालको महासचिव जस्तो गरिमामय पदमा जिम्मेवारी निर्वाह गरिरहेका छन् । हाल उनी एकिकृत ने.क.पा. (माओवाद) मा आबद्ध छन् । जनआन्दोलन २०६२–६३ को समयावधीमा गणतन्त्र कविता आन्दोलनको अभियानकर्ता र लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपालको सचिवसम्मको महŒवपूर्ण जिम्मेवारी निर्वाह गरे । उनको गहन अध्ययन, सरल व्यवहार र चित्ताकर्षक वक्तृत्वकलालाई हेर्दा उनमा एउटा कुशल राजनीतिज्ञमा हुनुपर्ने प्रशस्त गुणहरू स्पष्ट झल्किन्छन् । पञ्चायत कालकै पछिल्लो चुनावमा जनपक्षीय उम्मेदवारको रूपमा पोखरेलले उदयपुरबाट उम्मेदवारी पनि दिएका थिए ।
प्रगतिशील सांस्कृतिक सङ्गठन जस्तो राजनैतिक उद्देश्यबाट अभिप्रेरित क्रियाशील संस्थाको केन्द्रीय महासचिव जस्तो विशेष जिम्मेवारी पाउनु उनको गतिशील र यथार्थपरक राजनैतिक व्यक्तित्वको द्योतक हो ।
३. सम्पादक व्यक्तित्व
मातृका पोखरेल पत्रकार एवम् सम्पादकका रूपमा पनि परिचित छन् । पत्रकारका लागि सामाजिक विज्ञानको विभिन्न शाखाहरूको ज्ञानका अतिरिक्त रचनात्मक कुशलता, भाषाको राम्रो ज्ञान र दक्षता हुनुपर्ने कुरामा जोड दिने पोखरेलले ‘वेदना’, प्रलेस, (काठमाडौँ), ‘ज्योति’ (काठमाडौँ) जस्ता साहित्यिक पत्रिकाहरू र विद्युत्तरङ्ग, विजय शब्द विम्ब (कविता सङ्कलन–२०६३), जनसंस्कृति आदि जस्ता साहित्यिक, संस्कृति प्रधान र सामायिक सङ्कलनहरूको समेत सफल सम्पादन गरिसकेका पोखरेलका उल्लिखित पत्रिकाहरू नै उनको सम्पादक व्यक्तित्वका साक्षी हुन् ।
४. लेखक व्यक्तित्व
प्रगतिवादी साहित्यिक दृष्टिले साहित्य सिर्जना गरी वर्तमानमा आफ्नो पहिचान समेत कायम गर्न सफल मातृका पोखरेलको साहित्यिक लेखक व्यक्तित्वका अतिरिक्त साहित्येत्तर लेखक व्यक्तित्व पनि उत्तिकै महŒवपूर्ण मानिंदै आएको छ । वामपन्थी राजनैतिक विश्लेषक एवम् सक्रिय कार्यक्रताका रूपमा सुपरिचित व्यक्तित्वका नाताले उनका लेखन पद्धतिमा पनि तद्नुरूपकै राजनैतिक एवम् सैद्धान्तिक चिन्तनको सघनता पाइनु स्वभाविक नै हो । ऐतिहासिक, राजनैतिक एवम् समसामयिक तथ्यलाई विषयवस्तु बनाएर स्वदेशबाट प्रकाशित हुने पत्र–पत्रिकाहरूमा दर्जनौं लेख प्रकाशित गर्ने मातृका पोखरेलका रचनामा उल्लिखित चिन्तनले अभिव्यक्ति पाउनु उनको साहित्येत्तर लेखक व्यक्तित्वको प्रमुख विशेषता हो ।
५. कर्मचारी व्यक्तित्व
उदयपुर जिल्लाको ब्राह्मण परिवारमा जन्मी प्राथमिक शिक्षा र माध्यमिक शिक्षा स्थानीय रूपमा नै र स्नात्तकोत्तरसम्म त्रि.बि. कीर्तिपुरबाट उत्तीर्ण गरेका मातृका पोखरेलको कर्मचारी व्यक्तित्व पनि उल्लेखनीय रहेको छ । नेपाल विद्युत्् प्राधिकरणको कर्मचारी भए पनि देशको राजनैतिक अवस्थाको सापेक्षतामा आफ्नो क्रियाशीलता कायम नै राखेको पाइन्छ । नेपाल विद्युत्् प्राधिकरणमा कार्यरत रहँदा रहँदै पनि पोखरेल विद्युत्कर्मी साहित्यिक समाजको संस्थापक आजीवन सदस्य, ‘ज्योति’ साहित्यिक अद्र्धवार्षिकको कार्यकारी सम्पादक र विद्युत््तरङ्गको सम्पादन अनुभव गरिसकेका छन् । कर्मचारी भएर पोखरेल आफ्नो विषयमा प्रशस्त ज्ञान, सीप र दक्षता भएका कर्मचारी व्यक्तित्वका रूपमा क्रियाशील छन् ।
३.४ जीवनी, व्यक्तित्व र साहित्यिक लेखनका बीच अन्तर सम्बन्ध
साहित्यकार मातृका पोखरेलका चार दशक जतिको जीवनावधिलाई हेर्दा उनको जीवनचक्र विभिन्न सम र विषम परिवेशका माझबाट गुज्रेको देखिन्छ । जस्तै जटिल एवम् कठीन परिस्थितिमा पनि सामन्ती निरङ्कुशताका सामु कहिल्यै शिर नझुकाउने, कैयौं पटकको जेल जीवन र हिरासतलाई हाँसी–हाँसी बिताउने पोखरेल जीवन उदाहरणीय साहित्य सिर्जनका प्रारम्भका केही वर्ष बाहेक प्रगतिवादी साहित्य र संस्कृति निर्माणमा क्रियाशील देखिन्छन् । पोखरेलका अन्य व्यक्तित्वको तुलनमा साहित्यिक व्यक्तित्व अखण्डित र अबिचलित नै रही हाँसो र रोदन एवम् कठीन र जटिल क्षणमा पनि उनको आत्मतृप्तिको साधन साहित्य सिर्जना नै हुनपुगेको देखिन्छ । साहित्य एवम् संस्कृतिकै फाँटमा सक्रिय रहेर वामपन्थी आन्दोलनलाई योगदान पु¥याउन चाहने पोखरेलको राजनैतिक चिन्तन र साहित्य सिर्जनाका बीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । राजनैतिक चिन्तनले साहित्य सिर्जनाका लागि आधार सामग्री प्रदान गरेको छ भने साहित्य सिर्जनाले राजनैतिक चिन्तनलाई अभिव्यक्ति प्रदान गरेको छ ।
उनको स्रष्टा व्यक्तित्वका विविध पाटाहरूमध्ये कवि, कथाकार व्यक्तित्व नै प्रमुख व्यक्तित्वका रूपमा रहेको देखिन्छ र यस क्षेत्रमा नै उनको बढी लगाव साधना र अनुभव पनि भएको पाइन्छ । पोखरेलका यी प्रमुख व्यक्तित्वका पाटाहरूलाई सघाउ पु¥याउनमा अन्य व्यक्तित्वका अतिरिक्त राजनैतिक व्यक्तित्वको महŒवपूर्ण भूमिका रहेको छ । सिर्जनामा भावनाको अभिव्यक्ति स्पष्ट, सरल र जनताले बुझ्ने भाषामा दिई आफ्नो निजत्व कायम गर्न सफल पोखरेल साहित्य सिर्जनामा करीब दुई दशकको उमेर बिताईसक्दा पनि नथाकी अझै जोश र उत्साहका साथ साधनारत पोखरेलको जीवनी व्यक्तित्व र साहित्य सिर्जनाका बीच एक अर्काको प्रभाव र अन्तर सम्बन्ध स्पष्ट रूपमा परिलक्षित भएको पाइन्छ ।
चौथो परिच्छेद
मातृका पोखरेलका साहित्यिक कृतिहरूको विवेचना
४.१ पृष्ठभूमि
मातृका पोखरेल नेपाली साहित्यका प्रसिद्ध प्रगतिवादी साहित्यकार हुन् । उनले कविता, कथा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूको सिर्जना गरेका छन् । यति हुँदाहुँदै पनि उनी विशेषत ः कवि र कथाकारका रूपमा उल्लेखनीय छन् । यी दुबै विधामा उनका थुप्रै रचनाहरू प्रकाशित छन् । यसमा उनका कविता र कथा विधाका महŒवपूर्ण कृतिहरूको विवेचना सङ्क्षेपमा तल प्रस्तुत गरिन्छ ।
४.२ मातृका पोखरेलका काव्यकृतिहरूको विवेचना
तीसको दशकको अन्तिम वर्षदेखि कविता लेखनमा हात चलाउन थालेका युवा कवि मातृका पोखरेल संस्कृत एवं नेपाली छन्दोबद्ध कविता भनेपछि हुरुक्क हुने र कण्ठस्थ गरी वाचन गर्ने आफ्ना एक जना मामाको सरसङ्गतबाट कविता सिर्जनातिर उन्मुख भएका छन् । वि.सं. २०४४ सालदेखि प्रकाशमा आएका मातृका नेपाली प्रगतिवादी फाँटका उल्लेखनीय कवि हुन् । उनले विशेषत ः प्रतीकात्मक र आख्यानात्मक संरचना भएका कविताको सिर्जना गरेका छन् । उनका प्रकाशित काव्यकृतिहरूमा ‘सेतो दरबारको छेउबाट (२०५६), र ‘यात्राको एउटा दृश्य (२०६०)’ र अनुहारहरू (२०६४) गरी जम्मा तीन कविता सङ्ग्रहहरू हुन् । यसका अतिरिक्त पोखरेलका साहित्यिक पत्रपत्रिका र अन्य पत्रपत्रिकाहरूमा फुटकर कविताहरू पनि थुप्रै प्रकाशित भएका छन् ।
४.३ सेतो दरबारको छेउबाटको विवेचना
‘सेतो दरबारको छेउबाट’ मातृका पोखरेलको प्रथम प्रकाशित कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा वि.सं. २०४४ सालदेखि वि.सं. २०५६ साल सम्मको अवधिमा लेखिएका कविताहरू छन् । प्रस्तुत कृति वर्तमान सामाजिक संरचनालाई यथार्थरूपमा चित्रण गर्न सफल छ । यस सङ्ग्रहमा ४१ पृष्ठभित्र विभिन्न शीर्षकका कविताहरू सङ्गालिएका छन् । समाविष्ट १९ वटा कविताका शीर्षकहरू यस प्रकार छन् ः अजम्बरी कविता, साक्षी, आकाश तिमीलाई निम्ता छ, कालो सर्प, खै यात्री उठेकै छैनन्, म देश पढ्दैछु, सूर्य उदाऊ अब, दरबार मार्गमा शहीदका रगत रुँदैछन्, क्रमभङ्ग, भिमान जङ्गलको यात्रा, २०४६ चैत्रको सडक, त्यो दिन पर्खिएका रातहरू, सेतो दरबार, मरुभूमि, शिखर र आस्था, छोङपाङ तिमीले कस्तो सपना देख्यौ ? आज पनि उनै आए, फरक फरक छातीहरू, अभिशप्त पर्खाल र आफ्नै जस्तो लाग्यो ।
कविता सङ्ग्रहको पहिलो कविता अजम्बरी कवितामा विभिन्न युगमा विभिन्न खालका कविताहरू लेखिएता पनि वास्तविक रूपमा जनताका निम्ति लेखिएका कविताहरू मात्र अजम्बरी कविता हुन सक्दछन् भन्ने कुरा अति राम्रोसँग प्रष्ट पारिएको छ । सानो कविताको माध्यमबाट कविताको इतिहास कोर्नु साहित्यकारको विशिष्ट क्षमता हो । यसरी नै राष्ट्रिय चिन्तन र वर्तमान समसामयिक परिवेशमा देखिएको, राजनैतिक, सामाजिक विसङ्गतिको यथार्थ चित्रण गरेका छन् । देशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका दिनहरूमा मानिस मानवको रूपमा नभएर दानवी रूपतिर अग्रसर रहेको देखिन्छ । मानिस मानिसमा लोभ, लालच र ईष्र्याले गर्दा मानवीय संवेदनाहरू दिनानुदिन लोप हुँदै गइरहेको अवस्थाका बारेमा कवि यसरी भन्दछन् ः–
साठी वर्षे वृद्ध बा र आमाको
चाउरी परेको गालाको मुस्कान ऊ
वीर अस्पतालको आँगनमा
गोलीले छिया छिया पारेको
रगत सुकेर कक्रिएको कमिज
धर्के आकृति मात्र देखिन्छ
यसलाई हेर्न भीड लाग्नेहरू भन्दै थिए
‘पोस्टमार्टन हुन सकेको छैन’
सायद यसका यहाँ कोही छैनन्
उसले चिनेका पनि कोही छैनन्
यसलाई चिन्ने पनि कोही छैनन् ।
वीर अस्पतालबाट चिप्लिएको समय
उसको मृत्युको साक्षी बनेर उभिएको छ ।
(साक्षी)
जनता न्याय समानता र स्वतन्त्रता चाहन्छन् शासकहरू दमन गरेर जनतालाई तह लगाउने भन्दछन् । यसरी जनवैरी र जनताबीचको सङ्घर्ष निरन्तर चलिरहेको छ । यस्तो अवस्थामा सचेत र जागरुक जनताको पङ्ति आन्दोलनको निम्ति एक भएर जुट्नु र जुर्मुराउनु पर्दछ । किनभने यो ठाउँमा अन्याय र अत्याचारले सीमा नाघिसकेको छ । त्यसै कुरालाई आह्वान गर्दै ‘आकाश तिमीलाई निम्ता छ’ नामक कविता लेखिएको छ । कविता स्वयम्ले भन्छ ः ‘आकाश तिमीलाई इतिहासको पनि निम्ता छ ।’
यसरी नै पञ्चायतकालीन शासकहरूलाई कालो सर्पको संज्ञा दिंदै पञ्चायती व्यवस्थामा खान पल्किएका जुकाहरू पुनः राजनीतिमा सलबलाउन खोज्ने अवस्थाबाट सचेत रहनुपर्ने भावहरू कवि यसरी व्यक्त गर्दछन् ः–
मेरी आमा विपनामा मात्र होइन
सपनामा पनि झस्किनु हुन्छ
अबुई कालो सर्प ?
मरेको छैन फेरी जिब्रो चलाउँदैछ
यसले मेरो कान्छो छोरो डसेको छ
मेरो कान्छी छोरीलाई खेदेको छ
गुहार गुहार मार्नैपर्छ ।
(कालो सर्प)
‘म देश पढ्दैछु’ शीर्षक कवितामा कविले देश पढ्दा देश ‘अशान्ति र कोलाहलका चित्रहरू’, ‘जेल, नेल, बन्दुक र पुलिसका यातनाहरू’, ‘राष्ट्रभक्तिका जस्ता शब्दहरू भित्र कोशी र जङ्गल बेचिएका सहिछापहरू’, ‘देशलाई बन्धकमा राखेका सम्झौताका आला अक्षरहरू’ र ‘जनभक्तका कानूनभित्र’, ‘युवाका रगत बेचिएका राता टाटाहरू’ पाइएको चित्रण छ ।
कैयौं वर्षदेखि भोक–भोकै परेका सर्वहारा तथा श्रमजीवी वर्गलाई चेतना दिन र आकाशमा लागेको बादललाई हटाउन सूर्य उदाउनु पर्दछ भन्ने उद्घोष कविले गरेका छन् ः
कैयौं वर्ष देखि
भोक भोकै परेका
जिउ भरि पसिनाले भिजेका
हाड र छाला मात्रका मानिसहरू
तिम्रै आशामा
बिस्कुन सुकाउन प्रतीक्षा गरिरहेछन्
तिमीलाई बादल हटाउन
तिनीहरूले नै साथ दिनेछन्
त्यसैले तिनीहरूको मर्म बुझ्न
सूर्य तिमी उदाऊ अब ।
(सूर्य उदाऊ अब)
२०४६ सालको जनआन्दोलन पछि एक थरिले प्रजातन्त्रको आगमन भएको खुसियालीमा भजन गाइरहेका छन् तर बिडम्बना शहीदको सपना साकार नभएर दरबार मार्गमा शहीदको रगतहरूले भजन गाउनेहरूलाई धिक्कारी रहेका छन्, शहीदका रगतहरू रुँदैछन् ः–
उनीहरू भन्दैछन्
यहाँ खूर्पे जुन अस्ताउँदा उज्यालो सँगसँगै
एउटा चेतनाको हुरी आउँछ
अहिले दरबारमार्गमा शहीदका रगतहरू रुँदैछन्
यहाँ ढकमक्क फूल फूल्न लाग्दा
शहीदका रगतहरू
ताली बजाउँदै विजयका गीत गाँउछन् ।
(दरबारमार्गमा शहीदका रगत रू“दैछन् ।)
भिमानको जङ्गलको यात्रामा शहीद ऋषि देवकोटालाई हत्या गरिएको ठाउँ हेरेपछि कवि आफ्ना भावनाहरू यसरी पोख्दछन् ः–
कमला फाँटहरूमा मात्र हैन रहेछ
सुनकोशीको गढतिर निर पनि तिम्रो पसिना पोखिएछ
मरिनका किनारतिर पनि तिम्रो आस्था छरिएछ
तावा स्वरुङ्गका सुसेलीमा पनि
तिमीले मुक्तिका संगीत भरेछौ
भिमानको जङ्गलले बाटो हिड्ने यात्रीहरूलाई
तिम्रो आस्थाको कथा सुनाउँदो रहेछ
आजाद, तिम्रो आस्थाको शिखर कति अग्लो थियो ?
(भिमान जङ्गलको यात्रा)
२०४६ सालको जनआन्दोलनको क्रममा काठमाडौँ आन्दोलनमय बनेको थियो। मृत्युलाई जितेर पञ्चायती निरंकुशताको अन्त्य गर्न सयौं होनाहार सपुतहरूले आफ्नो ज्यानको आहुती दिएका थिए । काठमाडौँका सडकहरू रक्ताम्य थिए । जसलाई कविले अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ः–
ज्योतिषीले लेख्ने चिन्हाको लामो कागजमा
चित्रकारले रातो रङ्ग पोखे जस्तो
सायद सिकारु चित्रकार होला
ठाउँठाउँमा मसीका छिटा लत्पतिए जस्तो
४६ चैत्रको मेरो देशको सडक ।
(४६ चैत्रको सडक)
सेतो दरबार भित्र बस्ने निरङ्कुश शासकहरूले प्रजातन्त्रको गला निमोठ्न परिवर्तनलाई छेक्न चाहे पनि समयको माग अनुरूप निरङ्कुशताको पर्खाल ढलेको कुरा कवि यसरी व्यक्त गर्दछन् ः–
सेतो दरबार
प्रत्येक रात
हेलम्बुको बैंसलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
उ सुन्नै चाहँदैन
आठ वर्ष अघि एक दिन
रातकै समयमा भए पनि
बादलले अलिकति मुख खोल्यो
जूनले आफ्नो अलिकति रूप देखायो
हो त्यसदिन,
सेतो दरबारले कफ्र्यूको घोषणा ग¥यो ।
(सेतो दरबार)
नेपालीहरू बहादुरीको नाममा दुई छाक टार्नको लागि भाडाको सिपाही बनेर लड्नुपर्ने बाध्यताको यथार्थ चित्रण कविले राष्ट्रिय चेतनाले अभिप्रेरित भएर यसरी व्यक्त गर्दछन् ः–
अब छोङपाङले बुझ्नुपर्छ
र छोङपाङहरूको देश नेपालको बुझनुपर्छ
के हामी फोकलैण्डको लागि जन्मिएका हौं ?
कि कारगीलको लागि हुर्किएका हौं ?
आफ्नै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ,
तिमी आफ्नै अस्तित्वका लागि लड्छौ
कि अर्काको लागि लड्छौ ?
छोङपाङ हामी सबैको बस्ती हो
संसारका कुनै भागमा
तुच्छ स्वार्थका लागि लडिने युद्ध
के छोङपाङले नै लड्नुपर्छ ?
के मेरो नेपालले नै लड्नुपर्छ ?
भन छोङपाङ
आउँदो भविष्यको निम्ति
तिमीले कस्तो सपना देख्यौ ?
(छोङपाङ तिमीले कस्तो सपना देख्यौ ?)
जनतालाई पटक पटक गुलिया र मीठा भाषण र आश्वासनले छक्काएर चुनावी राजनीति गर्न खप्पीस स्वार्थी राजनीतिज्ञहरूलाई कवि यसरी भन्दछन् ः–
यसरी
पारि पाखामा फापर फलाउनेहरू
धान फलाउने सपना
भोट बनाउँदै बाकसमा खसाउँथे
दुई कोशका पधेंरा धाउन दिदीबहिनीहरू
आँगनमा गाग्रो भर्ने कल्पना
उनैको बाकसमा भर्थे
उनी पाँच वर्षपछि आउँथे
झन् सुकिला बनेर आउँथे
खाइलाग्दा बनेर आउँथे ।
(आज पनि उनै आए ।)
नेपाली भूमिमा आएका भारतीय विस्तारवादका छाडा दलालहरूले नेपाली चेलीहरू माथि गर्ने गरेका कुकीर्ति तथा गुण्डागर्दीको यथार्थ चित्रण कविले यसरी गरेका छन् ः–
रानीपोखरीको पर्खालमा
एक हुल भारतीय नागाहरूसँग
रात बिताउन नमानेको निहुँमा
एउटी महिलालाई
दलालले लछारपछार गरेको देखियो
चुल्ठो तानेको देखियो
छुट्याउन जाने कोही भएन
तर मलाई भने
कुनै न कुनै दिन
बसेर एक साथ
भाइटीका लगाए झै लाग्यो
परिचित अनुहारको याद आयो
मलाई त आफ्नै जस्तो लाग्यो ।
(आफ्नै जस्तो लाग्यो)
यसरी पहिलो प्रकाशित कविता सङ्ग्रह सेतो दरबारको छेउबाट कवितासङ्ग्रहमा कवि मातृका पोखरेल राष्ट्रियता, देशप्रेम, वर्गसंघर्ष, समानता, स्वतन्त्रता, भ्रातृता आदिको पक्षधरता तथा शोषण, दमन, अन्याय, अत्याचार आदि प्रतिको विरोध मुखरित भएको छ । यसर्थ पनि यस कवितासङ्ग्रहको आधारमा कवि पोखरेललाई यथार्थवादी, प्रगतिवादी साहित्यकारको रुपमा परिचित भएका छन् ।
यात्राको एउटा दृश्यको विवेचना
‘यात्राको एउटा दृश्य’ मातृका पोखरेलको दोस्रो प्रकाशित कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा २०५७ सालदेखि २०६० सालसम्मको अवधिमा लेखिएका कविताहरू छन् । ‘छातीभित्र आस्थाका नयाँ पर्वतहरू पनि रोपिएका छन् ।’ भन्ने उनकै आत्मस्वीकृतिले पनि उनको काव्य प्रवृत्तिमा पनि क्रमश परिष्कार आएको पाइन्छ । यो चरणसम्म आइपुग्दा उनले साहित्य सम्बन्धी माक्र्सवादी दर्शनलाई पूर्णतः आत्मसात् गरेको पाइन्छ । कविता सङ्ग्रहभित्र कविताहरू माओवादी जनयुद्धसँग अन्तरसम्बन्धित छन् । उनी कवितामा बामपन्थी आन्दोलन भित्र देखिएका भड्काव र विकृतिका विरुद्ध बोल्छन्, निरङ्कुश ज्यादति र संस्कृति विरुद्ध उभिन्छन् । यस सङ्ग्रहमा ६१ पृष्ठभित्र विभिन्न शीर्षकका कविताहरू संगालिएका छन् । समाविष्ट २२ वटा कविताका शीर्षकहरू यस प्रकार छन् ः– फरक आँखाका यात्रीहरू, दुश्मनहरू सुरक्षित रहेको बेला, अँध्यारोको विरुद्धमा, यसपटक दशैमा, उसले पनि हाम्रै जस्तो कुरा गर्छ, दुख्ने मनहरूसँग, म तिम्रा कविताको विरुद्धमा लेख्छु, सर्प पूजा, अब आफ्नै बाटो रोज्नुपर्छ, जलजला, प्रिय मान्छेका गीतहरू, नागरिक, भविष्यका लागि, कलिला जूनहरूको श्रद्धान्जलीमा, उज्यालो हुनुअघि, स्वयम्भूका आँखासँग बाटाहरू–१, बाटाहरू–२, बाटाहरू–३, यात्राको एउटा दृश्य, एउटा पुजारीको आत्मव्यथा र सपना ।
कविता सङ्ग्रहको पहिलो कविता ‘फरक आँखाका यात्रीहरू’ मा वर्तमानमा सिंगै देश मस्र्याङ्दी बनेको र आस्थाका कारण शोभाकान्तहरू मारिएको घटनाको मार्मिक चित्रण कविले यसरी गरेका छन् ः–
उनीहरूले मस्र्याङ्दीको छाल हेरे
वरिपरिको हरियाली हेरे
आपसमा सल्लाह गरे
यिनै चीजको कविता कोरौं
तर मैले भने,
मस्र्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें ।
(फरक आ“खाका यात्रीहरू)
‘अध्यारोका विरुद्धमा’ कवितामा पोखरेल आफन्तहरूसँग साथ लागेर बत्ती बोकेर उज्यालोको खोजीमा हिड्न अनुरोध गर्दछन् ः–
त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजे
थुप्रै थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरूद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडे ।
(अ“ध्यारोका विरुद्धमा)
दशैको बेला कवि घर जाँदा बाटामा भेटेका भरियाँको अनुभवलाई प्रतीकात्मक ढङ्गले देशको वर्तमान अवस्थाको चित्रण यसरी गरेका छन् ः–
मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरूले मलाई हेरिरहेका थिएँ
म उनीहरूलाई हेरिरहेको थिएँ
यसपटक दशैँमा घर जाँदा ।
(यसपटक दशैमा)
देशका सिमाहरू मिचिएका बेला कवि पोखरेल शासकहरूको गुणगान गाउन चाहँदैनन् । कविले कविता कसैको महिमागान, स्तुतीगान गाउने साधन होइन भन्ने सन्देश यसरी दिएका छन् ः–
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतको लागि लेख्छु
म तिम्रै कविताको विरुद्धमा लेख्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु)
कविले समाजका विविधपक्षमा भएका अन्याय, अत्याचार, शोषण, दमन आदिको उद्घाटन मात्र नगरेर त्यसका विरुद्धमा सङ्घर्ष गर्न अनुरोध गर्दछन् ः–
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारिरहेका हामीहरू
जित्नेहरूलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ ।
(अब आफ्नै बाटो रोज्नुपर्छ)
वर्गसङघर्षद्वारा वर्गबिहीन समाजको स्थापना गर्न विद्रोह गर्नु र निरन्तर सङ्घर्षको शङ्खघोष गर्न कवि पोखरेल कविता मार्फत् यसरी आव्हान गर्दछन् ः–
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं
कोही नारासँगै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौ ।
(भविष्यका लागि)
कृष्णसेन ‘इच्छुक’ को हत्या गरिएपछि उनको सम्झनामा लेखिएको कवितामा उनको मृत्युको साक्षी स्वयम्भूको मन्दिरलाई राखेका छन् र सोधेका छन् ः–
मैले तिम्रो हत्यापछि
एकदिन स्वयम्भूका
धारिला आँखालाई सोधें
पूरानो झोला च्यापेर
दुब्लो शरीर बोक्दै एउटा घाम
हिजो अस्ति जस्तै,
यता घुम्छ कि घुम्दैन ?
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भूका आँखाहरू
मेरो प्रिय कवि मारिदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई देख्यौ कि देखेनौ ?
(स्वयम्भूका आ“खास“ग)
निरङ्कुशता र प्रतिगमनका विरुद्ध आन्दोलन उत्कर्षतातिर बढिरहेको बेला प्रतिगमन आधा सच्चियो भनेर दरबारमार्गको बाटो उत्तर तिर लागेकाहरूलाई यसरी यथार्थ चित्रण गर्दछन् ः–
हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरू
टुकुचाको पानी पिउँदै पिउँदै
दरबार मार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरूको कारणले
इतिहासमा फेरी एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौ ।
(यात्राको एउटा दृश्य)
समाजका स्वार्थी शासकहरूको एउटा तप्का जसको कुनै भविष्य छैन त्यस्ताका पछाडि हिडेर सगरमाथाको यात्रा गर्नुपर्ने, आफ्नो उद्देश्यतिर लम्किनुपर्ने यथार्थतालाई कविले कलात्मक चित्रण गरेका छन् ः–
अन्धाहरू अघि लागेर
बाटो देखाउने. दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन्
पहेलो बस्त्रभित्र लुकाइएका छन्
स्वार्थका छुरीहरू
सगरमाथाको यात्रामा
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।
(सपना)
कवि पोखरेल जसरी साहित्यमा स्पष्टताबोधका सहित लागेका छन् त्यस्तै प्रजातान्त्रिक तथा वामपन्थी शक्तिसँग आशा राख्छन् उनीहरूमा देखिएको भड्कावप्रति कवितामार्फत् आक्रोस पोख्दछन् । वामपन्थी आन्दोलन जसरी टेढोमेढो बाटोबाट अगाडि बढिरहेको छ; त्यसलाई नजिकैबाट आत्मसात् गरी वामपन्थी गद्धारीको भत्सर्ना गर्दै सच्चा सर्वहारावर्गीय क्रान्तिकारी सङ्घर्षप्रति आफ्नो प्रतिबद्धता कविद्वारा व्यक्त भएको छ ।
निष्कर्षमा भन्नुपर्दा मातृकाले आफ्ना कविताहरूमा समाजमा देखिने अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनको विरोध गरेर असत् भावनालाई त्याग गरेर सत् विचारमा लाग्दै सामाजिक व्यवस्थामा समानता र सबै मान्छे भएर बाच्न पाउनुपर्ने स्वच्छ, स्वस्थ र कानूनी समाजको स्थापनामा जोड दिएका छन् ।
अनुहारहरूको विवेचना
अनुहारहरू मातृका पोखरेलको तेस्रो प्रकाशित कविता सङग्रह हो । यस कविता सङ्ग्रहमा पोखरेलद्वारा विभिन्न पत्रपत्रिकाहरूमा वि.सं. २०६१ बैशाखदेखि २०६३ माघ सम्मका अवधिमा लेखिएका कविताहरू छन् । काजी रोशन साहित्य पुरस्कार २०६४ द्वारा पुरस्कृत भई धवलागिरि साहित्य प्रतिष्ठान (बाग्लुङ्ग)ले यस सङग्रह प्रकाशन गरेको छ । “मातृका सुन्दर भोलिको निर्माणको लागि कविता लेख्छन् ।” मेरो विचारमा संवेदनशीलता र विद्रोही चेत नभएको मान्छे नयाँ युगको कवि बन्न सक्दैन । समाजका शोषण र होची अर्घेली देख्दा पनि उसलाई कतैतिर पोल्दैन भने ऊ कसरी अग्रगामी कवि हुन सक्छ ? …” भन्ने पोखरेल यो चरण सम्म आइपुग्दा उनले साहित्य सम्बन्धि माक्र्सवादी दर्शनलाई पूर्णत आत्मसात गरेको पाइन्छ । कविता सङग्रह भित्रका कविताहरू जनआन्दोलन ०६२÷०६३ को कवितात्मक दस्तावेज बनेको छ ।
कविता सङग्रह भित्रका कविताहरू निरङकुशताको विरुद्धमा राज्यको उत्पीडन र शासकहरूमा व्याप्त भ्रष्ट आचरण विरुद्ध सुन्दर भोलीका पक्षमा उभिएका छन् । यस सङग्रहमा ४७ पृष्ठभित्र विभिन्न शीर्षकका कविताहरू संगालिएका छन् । समाविष्ट २३ वटा कविताका शीर्षकहरू यस प्रकारका छन् ः– सर्त नयाँ वर्ष २०६१, राजमार्ग र चिन्तित मनहरू, नयाँ शताब्दीको थात्रो मान्छे, अनुहारहरू, उसको मृत्युमा, कविताको विषय, फरक फरक मुर्दाघाटहरू, कसको जमिन ?, सबै कुरा साँचो हुनेछ, उ बगर खडेरी पर्खन्छ, टुकुचा, टोप आतङ्क, बाँझो जमिन र हलीहरू, अचेत मान्छेहरू, उनीहरूले सोचेको भए …….., भोलीको तस्वीर, भोली, म खोज्दैछु अर्को अमलेखगन्ज, सिंहदरबार, समय ,बनफूल र सपना र उदयपुर ।
कविता सङ्ग्रहको पहिलो कविता सर्तमा दुरगामी दृष्टि भएका आँखा र बलिया खुट्टा विना कसैले पनि समुन्नत मानव भविष्यको निर्माणको शिखर चढ्न नसक्ने विषयबस्तुलाई कविले यसरी चित्रण गरेका छन् ः–
म तयार छु –
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झर्भराउँदा आँखाहरू
र सबल खुट्टाहरू ।
(सर्त)
नयाँ वर्ष –२०६१ कवितामा पोखरेलले नयाँ वर्ष यसरी आए हुन्थ्यो भनेका छन् ः
धेरै धेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो ।
(नयाँ वर्ष २०६१)
“राजमार्ग र चिन्तित मनहरू” शीर्षक कवितामा कविले कल्पना गरेका छन् शताब्दीऔं देखि थोत्रिदै गएको सडकसँगै थोत्रिरहेछन्, बैसहरू मनहरू र जीवनहरू ।
नयाँ शताब्दीको थोत्रो मान्छे शीर्षक कवितामा पोखरेल उज्यालोसंग डराउने र स्वतन्त्रतासंग तर्सिनेहरूको क्रुरताको इतिहासको अन्त्यको घोषणा गर्दछन् । यसरी ः–
हामी यतिवेला कोरिरहेछौँ सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी वेगवान आँधी झैं खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू ।
(नयाँ शताब्दीको थोत्रो मान्छे)
‘अनुहारहरू’ शीर्षक कवितामा कविले चेतनाका बाँधहरू बोकेर नयाँ भोलिको खोजीमा हिड्ने रिठ्ठे घर्तिहरूलाई म भित्रैबाट माया गर्छु भनेर समाज रुपान्तरणको अभियानकर्ताहरूलाई माया गर्ने उद्घोष गर्न पुग्दछन् ः–
अचेलभरि
फुट्नै लागेका चेतनाका बाँधहरू बोकेर
दौडिरहेका छन््
बग्रेल्ती अनुहारहरू सडकमा
यतिवेला
केही अनुहारहरू कसिरहेछन् मोर्चा,
नयाँ भोलिको खोजीमा,
यिनीहरूले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो
यतिवेला रिठ्ठे घर्तिले बोकेको यो अनुहार
र यस्तै यस्तै थुप्रै थुप्रै अनुहारहरूलाई
हो, म भित्रैदेखि माया गर्छु ।
(अनुहारहरू)
राष्ट्रको माया गर्ने आफ्नो माटोलाई प्रेम गर्ने असल मान्छेहरूको मृत्यु पछि पनि बाँचीरहन्छन्≤ सुवास आइरहन्छ उसको सम्झनामा भन्दै कवि लेख्छन् ः–
जून मर्दैन
घाम मर्दैन
मैले सुनेको थिएँ
माटोको माया गर्ने मान्छे
मृत्यु पछि पनि वास आउँछ
घाम र जूनमा रुपान्तर भएर
सृजनाको एउटा बत्ती
अस्तिमात्र निभ्यो
तिमीले देख्यौं कि देखेनौं ?
एउटा असल मान्छे म¥यो ।
(उसको मृत्युमा)
कविले अध्यारोको महानवाणी लेख्न शासकहरूले कलमहरूलाई आदेश भएको बेलामा सुन्दर उज्यालोको पक्षमा लेख्ने उद्घोष गरेका छन् ‘कविताको विषय शीर्षक कवितामा । २०६१ भदौ १५ गते इराकमा हत्या गरिएका बाह्र जना नेपालीको सम्झना गर्दै कविले विदेशमा आफ्नो श्रम बेचेर आफ्ना अभाव टार्ने अभिलाषा माथि भएको कठोर तुषारापातले मर्माहत नेपालीको स्पन्दनलाई कवितामा यसरी भनेका छन् ः–
हामीले यसपटक
इराकको एक हल मरुभूमि
नेपाली रगतले भिजायौं
तर कालो कोट भिरेर
सगरमाथालाई लक्ष्य गर्दै
इराकमा बास बसेर आउँदैछ
मृत्युको अर्को जुलुस
हामी यहीपनि खनिरहेछौं÷रगतका कुवाहरू
मुर्दाघाट पनि आफ्नो र विरानो हुन्छ ।
(फरक फरक मुर्दाघाटहरू)
‘कसको जमिन’ शीर्षक कवितामा कविले आफ्नो पुर्खाको आलो रगत र पसिनाले सिञ्चेको यो जमिन कसैको पुर्खाले आज्र्याको सम्पत्ति होइन भन्ने सन्देश दिएका छन् । समकालीन यथार्थताको प्रभावकारी विम्बहरूको माध्यमबाट उद्घाटन गर्न सक्ने कवि पोखरेलले “सबै कुरा साँचो हुनेछ’ शीर्षक कवितामा यथार्थताको यसरी चित्रण गरेका छन्ः–
सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्
आकाशबाट चराहरू लड्नेछन्
र भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन् ।
(सबै कुरा सा“चो हुनेछ)
ऊ बगर खडेरी पर्खन्छ, शीर्षक कवितामा कविले एक नदी रगत पोखिएपछि भन्दै ०४६ सालको जनआन्दोलन पछि मूलुकमा सीमित भएपनि प्रजातन्त्र आएको र त्यसलाई फेरि खोसिएको यथार्थताको सुन्दर चित्रण गरिएको छ ।
अब टुकुचा इतिहास जस्तो भएन भन्दै कविले कलात्मक विम्बको माध्यमबाट राष्ट्र जनताको सेवा गर्ने जनमुखी चरित्रको नभई जेल जस्तो भएको कलात्मक चित्रण गरेका छन् । ‘टुकुचा’ शीर्षक कवितामा यसरी ः–
इतिहासको कथाजस्तो
भएन अब टुकुचा,
धेरै भइसक्यो
कुमारी रगतका भ्रूणहरू
बगाउन थालेको छ ऊ,
बोरामा लासहरू कुहाउनु
मान्छेका टाउकाहरू दूषित बनाउनु
उसका योजनाका खाकाहरू हुन् ।
(टुकुचा)
२०४६ सालको जनआन्दोलन पछि उनताले सीमीत भए पनि प्रजातान्त्रिक अधिकार प्राप्त गरेका थिए राजा महाराजाहरूलाई राजदरवारमा मात्रै सीमीत गरिएको थियो तर विडम्बना राजा महाराजाहरूले निरङ्कुशताको सपना पुनः देख्न थालेपछिको यथार्थताको चित्रण कविले ‘टोप आतङ्क’ शीर्षक कवितामा गरेका छन् । राजदरबारलाई पागलखानासँग तुलना गरेर निरङ्कुशताको पागलपनको चित्रण यसरी गरेका छन् ः–
सुविधा सम्पन्न छ पागलखाना
सबै चीजहरू छन् त्यहाँ भित्र
पागलखानाको चारदिवार
युरोपभन्दा सम्पन्न छ
अमेरिका भन्दा सम्पन्न छ
धेरै वर्ष पछि
पागलहरूको एउटा नायक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चार दिवारबाट ऊ बाहिर आएपछि
यतिवेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।
(टोप आतङ्क)
‘बाँझो जमिन र हलीहरू’ शीर्षक कवितामा कविले विष मात्रै फल्ने बाँझो जमिन भोलि बिहानको मिर्मिरे उज्यालोमा सँगसँगै जोत्ने सङ्कल्प गरेका छन् भने ‘अचेल मान्छेहरू’ कवितामा सहिद विजय ढकाल ‘विश्वास’ को स्मृतीमा पुस्ता पुस्ताको अन्तरालपछि सम्म उनको सम्झना गरिरहने छन् भनेर उनको मृत्यु साँच्चै पाहाड जस्तो गह्रौं भएको चित्रण गरेका छन् ।
अमलेख अर्थात् मुक्ति केवल उत्पीडित मान्छेका लागि मात्र आवश्यक छ भन्ने ठम्याई छैन कविको । उनी शासकहरूको दासत्व स्वीकार गर्ने बानी परेका एक थरी कृत दासहरूका टाउकाहरूलाई दास मनोवृत्तिबाट मुक्त बनाउनु पर्ने कुरा उठाँउछन्, जस्तै ः–
हिजो खोजिएको अमलेखगन्ज
स्वतन्त्रताका लागि
आशक्त मनहरूको थियो,
अहिले मैले खोज्दै गरेको अमलेखगन्ज मनहरूका लागि हो ।
(म खोज्दैछु अर्को अमलेखगन्ज)
सहिदका रगतको टिका लगाएर सिंहदरबार पस्नेहरू थप सहिद जन्माउने दुष्कार्यमा संलग्न भइरहेको तथ्यको साक्षी हो सिंहदरबार । नागरिकका सपना र शरीरको हत्या गर्ने षड्यन्त्रको तानावाना बुन्ने थलो हो सिंहदरबार ।
सहिदको केसबाट बनेको
एउटा बख्खु ओढेर
उनीहरू सिंहदरबारपसे
यतिवेला म,
त्रस्त आँखाले
सिंहदरबार गेटमा हेरिरहेको छु
हिजो झै,
अब उनीहरू फर्कदा
व्वाँसोको छाला ओढ्छन् कि आढ्दैनन् ?
(सिंहदरबार)
‘वनफूल र सपना’ शीर्षक कवितामा कविले जनआन्दोलनका क्रममा २०६३ बैशाख ४ गते नेपालगन्जको तत्कालिन ज्ञानेन्द्र चोकमा गोली लागी मृत्यु भएकी सहिद सेतु सुनारको स्मृतिमा मलाई समानताको भोलीसँग विश्वास छ भनि उद्घोष गरेका छन् ः–
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको बास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतु सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ ।
(वनफूल र सपना)
यसरी तेस्रो प्रकाशित कविता सङग्रह ‘अनुहारहरू’ कविता सङ्ग्रहमा कवि मातृका पोखरेलको “……… यस सङ्ग्रहका कविता आफ्नो समय चेतनाका उपज …. तिनमा समयको यथार्थले संवेदनाको सहचर्य र सुन्दर विचारको आलोक प्राप्त गरेका छन्् ….. कविता लेखन सततः परिष्कारशील रहेको छ । …. शब्द, लय बिम्ब प्रतीक आदिको प्रयोगमा मातृकाले आफ्नो साधना र सामथ्र्यको पहिचान राम्रैसँग दिन सकेको अनुभव मैले गरेको छु ।”
४.३ मातृका पोखरेलका कथा कृतिको विवेचना
वि.सं. २०५१ सालमा ‘हरियो बत्ती’ नामक कथा लेखेर कथा लेखनमा प्रारम्भिक पाइला चालेका पोखरेल नेपाली प्रगतिवादी फाँटका उल्लेखनीय कथाकार हुन् । यिनका प्रकाशित कथाकृतिमा ‘सन्त्रस्त आँखाहरू (२०६१)’, एक मात्र कथासङ्ग्रह छ । यसका अतिरिक्त पोखरेलका थुप्रै कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
सन्त्रस्त आ“खाहरूको विवेचना
सन्त्रस्त आँखाहरू मातृका पोखरेलको प्रथम र एकमात्र प्रकाशित कथासङ्ग्रह हो । यस कथा सङ्ग्रहमा वि.सं. २०५१ सालदेखि २०६१ सालसम्मको अवधिमा लेखिएका कथाहरू सङ्कलित छन् । प्रस्तुत कथासङ्ग्रहमा वर्तमान समाजको यथार्थ चित्रण गर्न कथाकार पोखरेल सफल देखिन्छन् । यस सङ्ग्रहमा ६४ पृष्ठभित्र विभिन्न कथाहरू सङ्गालिएका छन् । कथासङ्ग्रहमा सङ्कलित १२ वटा कथाका शीर्षकहरू यसप्रकारका छन् ः एउटा नयाँ यात्रा, छोराको भाग्य, निर्णय, पश्चिमतिर, हरियो बत्ती, सन्त्रस्त आँखाहरू, अविश्वास प्रस्ताव, चुनावको मौसम, फुटपाथ, म यसरी फर्किए, हुलिया र परिचित अभिनय ।
सन्त्रस्त आँखाहरू कथासङ्ग्रहमा सङ्कलित पहिलो कथा ‘एउटा नयाँ यात्रा’ हो । यस कथामा नेपाली ग्रामीण समाजमा नारीहरूमाथि गरिने. दुव्र्यवहार, त्यसमा पनि छोरा नजन्माउने महिलाहरूमाथि गरिने उत्पीडनको चित्रण गरिएको छ । यस कथाकी मुख्य पात्र मालती माथि समाजिक उत्पीडन देखाइएको छ तर कथाकार पोखरेल आफ्ना पात्रहरूलाई निराशाको शिकार होइन हरेक प्रकारको उत्पीडनको विरुद्ध सङ्घर्ष गर्न उत्प्रेरित गर्दछन् । त्यसैको फलस्वरूप मालतीले पुरुषप्रधान समाजबाट भएको अन्यायको विरुद्धको एउटा नयाँ यात्रा तय गरेको कुरा पोखरेलले कलात्मक ढङ्गले चित्रण गरेका छन् ।
यस सङ्ग्रहमा रहेको दोस्रो कथा छोराको भाग्य मा गाउँको मुखिया र रिठ्ठेका छोराहरू एकै साइतमा जन्मिएका छन् । एकै साथ जन्मिएर भाग्य निर्माण हुन सक्दैन भन्ने सन्देश दिएर कथाकारले भाग्यमाथि विश्वास गर्नेहरूलाई सहज ढङ्गबाट भाग्यमाथि विश्वास गर्ने यो अन्ध परम्परालाई त्याग्न उत्प्रेरित गरेका छन् । साथै समाजको वर्गीय अन्तर्विरोधको चित्रण गरेर वर्गीय समाजको यथार्थ चित्रण समेत कथाकारले यस कथा मार्फत् गरेका छन् ।
यस कथासङ्ग्रहमा रहेको तेस्रो कथा निर्णय पञ्चायत ढलाउन महŒवपूर्ण योगदान पु¥याउने एकजना भूमिगत नेता पद र प्रतिष्ठामा बिकेपछि जनताको सहयोग र भरोसालाई भुलेर आफ्नो स्वार्थ अनुकूल जनतालाई बेइमानी गरेपछि पुनः आफ्नो कर्मभूमिमा यात्रा गर्दा लागेको पश्चातापलाई कथाकारले व्यङ्ग्यात्मक ढङ्गले चित्रण गरेर नेपाली राजनीति र राजनेताप्रति प्रश्न चिन्ह खडा गरेका छन् ।
यस कथा सङ्ग्रहमा सङ्ग्रहित चौथो कथा पश्चिमतिर कथामा वर्तमान परिस्थितिमा कसरी हत्या हिंसा भएको छ भन्ने देखाइएको छ । गाउँमा हुने शोषणका विरुद्ध बोल्नेहरूलाई माओवादीको नाममा पोल लगाएर तिले र अम्मरे जस्ता युवकहरू सखाप हँुदै गरेको कुरा कथामा उल्लेख छ । गाउँका इमान्दार, सोझा साझा जनताहरू र समाजका पाका र प्रतिष्ठित व्यक्तिहरूलाई समेत सुरक्षाको नाममा दुःख कष्ट दिने सुनियोजित ढङ्गले हुने गरेको कथाकारले चित्रण गरेका छन् ।
पाँचौ कथाको रूपमा यस कथासङ्ग्रहमा हरियो बत्ती सङ्कलित छ । यस कथामा कम्युनिष्ट राजनीतिमा लागेको कमरेड अशोक कुन हदसम्म घृणित ढङ्गले पार्टीलाई गद्यारी गरिरहेको छ र त्यसभित्रका कार्यकर्ता कसरी गुमराहमा परिरहेका छन् यथार्थ थाहा पाउने रामनाथहरू कसरी जबर्जस्त पार्टीैबाट निकालिन्छन् भन्ने सत्यलाई उद्घाटन गरिएको छ ।
सन्त्रस्त आँखाहरू यस कथासङ्ग्रहको छैठौ कथा हो । यसमा मोटर बाटोको विकास भएपछि भरियाहरू सन्त्रस्त भएकोमा चिन्तित छन् र उनीहरूलाई पेशा व्यवसाय गर्ने बैकल्पिक बाटो देखाइदिनु पर्ने धारणा कथामा छ ।
सातौं कथा अविश्वासको प्रस्ताव र आठौं कथा चुनावको मौसम मा राजनैतिककर्मीहरूको वास्तविक नियत र अनुहारको चित्रण गर्ने जमर्काे गरेका छन् । चुनावको मौसममा खराब राजनैतिकर्मीबाटै चेलीहरू बेपत्ताहुने गरेको चित्रण कथाकारले गरेका छन् ।
नवौं कथा फुटपाथमा फुटपाथ व्यापारी नरबहादुरको व्यथा चित्रण गरिएको छ । प्रशासनले फुटपाथमा व्यवसाय गर्ने अत्यन्त निम्न स्तरका व्यापारीलाई गर्ने दुव्र्यवहारको चित्रण पोखरेलले यस कथामा गरेकाछन् । दशौं कथा म यसरी फर्किएँमा विदेश जाने नारीले व्यहोर्नु परेका बलत्कार र यौन शोषणको यथार्थ चित्रण गरेर कथाकार पोखरेलले नेपाली युवाहरूलाई विदेशमा काम गर्न जाने होइन स्वदेशमा नै काम गर्नु पर्दछ भन्ने प्रेरणा दिएका छन् ।
सामान्य शङ्काको भरमा, हुलियाको आधारमा नै प्रशासनले किटान गरेका अपराधीहरू किटान गर्ने परम्पराको विरोधमा कथा सङ्ग्रह भित्र एघारांै कथा हुलिया लेखिएको छ । यस प्रकारको परम्पराले अनाहकमा नै धेरै जनसमुदायले दुःख पाउने सत्यलाई पोखरेलले उद्घाटन गरिदिएका छन् र बाहैं कथा तथा यस कथा सङ्ग्रहको अन्तिम कथा परिचित अभिनयमा सभ्रान्त परिवारमा आफ्नो धाक र रवाफ कायम गर्न आफ्ना श्रीमानहरूलाई भ्रष्ट्राचार गर्न उकास्ने र त्यसको परिणाम समेतको चित्रण गरिएको छ । शान्ता र रमिला नामक दुई महिला पात्रको माध्यमबाट कथाकारले अत्यन्त मार्मिक ढङ्गले चित्रण गरेका छन् ।
यसरी पहिलो कथा सङ्ग्रह सन्त्रस्त आखाँहरू कथा सङ्ग्रहमा कथाकार पोखरेल ग्रामीण जनजीवन, वैदेशिक रोजगारी र ठगी, मुखियाको शोषण, भरियाको जिन्दगी, राजनैतिक बैमानी र छलकपटको यथार्थ चित्रण गरेर त्यसको विरुद्ध सङ्घर्ष गर्दै राष्ट्रियता, देशप्रेम, वर्गसङ्घर्ष, समानता, स्वतन्त्रताप्रति उन्मुख हुन मार्गदर्शन गरेका छन् । कथाहरूको अध्ययन र विश्लेषण गर्दा कथाकार पोखरेललाई यथार्थवादी–प्रगतिवादी कथाकारको रूपमा चित्रण गर्न सकिन्छ । उनी समाजवादी यथार्थवादी–प्रगतिवादी धाराका सशक्त कथाकार पनि हुन् ।
४.४ विविध
मातृका पोखरेलले केही भूमिका,लेख, समालोचना आदिको पनि रचना गरेका छन् । उनको आवश्यक चर्चा यस पूर्व नै गरिसकिएको छ ।
४.५ साहित्यिक मान्यता र योगदान
कुनै पनि साहित्यकारका साहित्यिक कृतिको यथार्थ मूल्य निर्धारण गर्नका लागि उसको जीवनप्रतिको दृष्टिकोणलाई पनि बुझ्नु नितान्त आवश्यक हुन्छ । यस सन्दर्भमा मातृका पोखरेललाई हेर्दा उनी प्रखर प्रगतिवादी लेखक र प्रगतिवादी सांस्कृतिक आन्दोलनका नेता भएको नाताले उनको जीवन जगत्प्रतिको दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी हुनु स्वभाविकै हो । द्वन्द्वात्मक भौतिकवाद भन्नाले जीवन जगतसम्बन्धी माक्र्सवादी दृष्टिकोणको व्याख्या विवेचनाविना प्रगतिवादी जीवन दृष्टि स्पष्ट हुन सक्दैन् । प्रगतिवादको दार्शनिक आधार माक्र्सवाद हो । जीवन जगत्, मानव समाजको विकास एवं तत्सम्बन्धी विविध घटनाहरूको व्याख्या विश्लेषणमा माक्र्सवादको जुन दृष्टिकोण छ त्यसबाट नै प्रगतिवादले सैद्धान्तिक खुराक प्राप्त गर्दछ । कला साहित्यका सम्बन्धमा प्रगतिवादी दृष्टिकोण भन्नु तत्सम्बन्धी माक्र्सवादी दृष्टिकोण नै हो ।
यसरी हेर्दा पोखरेलको जीवन दर्शन माक्र्सवाद र लेनिनवादबाट अनुप्राणित भएको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने उनले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकारेका छन् ।
समाजका शोषण र होची अर्घेली देख्दा पनि उसलाई कतैतिर पोल्दैन भने ऊ कसरी अग्रगामी कवि हुन सक्छ ? भन्ने पोखरेले समाजको अवस्थालाई उजागर गर्दै त्यसलाई अझ सु–सम्पन्न र उन्नत बनाउने काम पनि साहित्यले गर्नु पर्दो रहेछ भन्ने लाग्न थालेको स्वीकार्छन ।
“वर्गीय समाजमा साहित्य पनि वर्गीय हुन्छ; यसर्थ साहित्य समाजलाई अग्रगति दिनसक्ने गुणद्वारा सम्पन्न हुनुपर्छ ।” भन्ने मान्यता राख्ने पोखरेलले ‘कला साहित्य वस्तुगत यथार्थ जगतको कलात्मक प्रतिबिम्व हो ।’ भन्ने मान्यता अनुरूप समाजको आर्थिक, सामाजिक, ऐतिहासिक परम्परालाई र सामाजिक मानसिकता (संस्कार, संस्कृति, चिन्तन र व्यवहार) लाई नै कला साहित्यका वास्तविक उपजीव्य श्रोत ठान्दछन् । तर स्रष्टामा त्यसको बोध र त्यसप्रतिको सक्रियता मात्र कला साहित्य होइन; उसमा सौन्दर्यात्मक सम्बेदना वा रागात्मक प्रवृत्ति पनि हुनुपर्छ र उसले आर्थिक, सामाजिक जनजीवनबाट कलात्मक बिम्बहरू टिप्न सक्नुपर्दछ भन्ने कुरामा उनी विश्वस्त छन् । साहित्यमा वर्णन साँचो हुनुका साथै वर्ग सत्य र मनोवैज्ञानिक यथार्थ पनि रहनुपर्छ । त्यतिमात्र होइन अग्रगामी सामाजिक आदर्शतर्फ कवि साहित्यकारको दृष्टि जानु पर्दछ भनेर जोड दिने पोखरेल श्रेष्ठ कलाकृतिको निर्माणका लागि र रचनात्मक क्षमता, अनुभव, अभ्यास, श्रम तथा आफूले चित्रण गरिएको जीवनसँग साहित्यकारको निकटतम परिचय अनिवार्य ठान्दछन् । यसैगरी विचार र कलाको विषयमा उनको धारणा “वैचारिकताले साहित्यको आफ्नोपन त्याग्न हुँदैन र साहित्यको आफ्नोपनलाई विचारले किच्नु हुँदैन” भन्ने एङ्गेल्सको धारणालाई पोखरेलले आत्मसात् गरेको पाइन्छ । मातृका पोखरेल साहित्यमा यदाकदा आउने क्रान्ति र परिवर्तन जस्ता शब्दहरूलाई नारावादी भन्न चाहँदैनन् । उनी त साहित्यमा कलापक्षको परिभाषा गर्दा देशकाल परिस्थिति सापेक्ष हुनुपर्दछ भन्दछन् । कतिपय व्यक्तिहरूलाई कलात्मक पनि हुनसक्दछ भन्ने मान्यता पोखरेलले राख्दछन् ।
यसरी हेर्दा साहित्य सम्बन्धमा पोखरेलको धारणा साहित्य देशकाल, परिस्थिति, सामाजिक चेतना स्तर, मनोविज्ञान संस्कार, संस्कृतिका साथै वर्ग सापेक्ष हुनुपर्दछ भन्ने रहेको देखिन्छ ।
साहित्यलाई समाजको दर्पण मान्दै त्यसमा सामाजिक जनचेतना अनुरूप नयाँ मूल्यको तस्वीर आउनुपर्दछ भन्ने धारणा राख्ने पोखरेलले “समाजिक समस्याहरूप्रति सचेत र सजग नभईकन असल साहित्यको सृजना हुन सक्दैन भन्ने कुरा म भित्र कुनै द्धिविधा छैन् । म माग गर्छु – साहित्यमा हाम्रो समयको प्रामाणिक स्वर हुनुपर्दछ र बदलिदै गरेको नयाँ मूल्यको तस्वीर आउन सक्नुपर्दछ ।” भन्दछन् नेपाल विद्युत् प्राधिकरणमा जागिरे भएर पनि साहित्यिक रुचि बढी भएका पोखरेल साहित्यिक र सांस्कृतिक क्षेत्रबाट राजनीतिलाई समेत अङ्गालिरहेका छन् ।
पोखरेलका साहित्य सम्बन्धी दृष्टिकोणहरू साहित्य सिर्जनाको क्रमसँगसँगै परिपक्व र विकसित हुँदै आएका छन् ।
पाँचौँ परिच्छेद
उपसंहार
मातृका पोखरेल (२०२३) नेपाली साहित्यको प्रगतिवादी फाँटका चर्चित साहित्यकार हुन् । २०३५÷२०३६ सालदेखि साहित्यिक क्षेत्रमा प्रवेश गरेका पोखरेल वि.सं. २०४४ साल देखि प्रकाशनका माध्यमवाट समेत देखा परेका हुन् । सूर्य उदाउ अब शीर्षकको कविताका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका पोखरेलले कविता, कथा, लेख, समालोचना आदि विभिन्न विधाका थुप्रै कृतिहरू रचना गरेका छन् । साहित्यिक कृतिका अतिरिक्त साहित्येतर रचनाको समेत रचना गर्ने पोखरेल नेपाली साहित्यका प्रगतिवादी साहित्यकार हुन् ।
मातृका पोखरेलका विभिन्न विधाका प्रकाशित पुस्तकाकार कृतिहरू निम्नलिखित् छन् ः–
कविता सङ्ग्रह
१.सेतो दरबारको छेउबाट (२०५६)
२.यात्राको एउटा दृश्य (२०६०)
३. अनुहारहरू (२०६४)
कथा सङ्ग्रह
१.सन्त्रस्त आँखाहरू (२०६१)
वि.सं. २०२३ सालमा उदयपुरको ठाना गाउँमा जन्मिएका मातृका पोखरेल १८ वर्षको उमेरमा त्रिवेणी मा.वि. कटारीबाट एस्.एल्.सी. परीक्षामा उत्तीर्ण गरे । वि.सं. २०४५ सालमा अध्ययनकै क्रममा मातृका काठमाडौँ आइपुगे । उनले २०४५ सालमा आइ.ए., २०४९ सालमा बि.एड्. र २०५३ सालमा स्नातकोत्तर उत्तीर्ण गरे ।
मातृकाको वि.सं. २०५२ सालमा अन्जु न्यौपानेसँग विवाह भएको हो । हाल उनका एक मात्र छोरा प्रसुन पोखरेल छन् । ०४७ सालबाटै उनले नेपाल विद्युत् प्राधिकरणमा र अन्जु न्यौपाने ख्वप इन्जिनियरिङ्ग क्याम्पसमा प्राध्यापन गर्ने भएकोले आर्थिक अवस्था मध्यम खालको नै देखिन्छ ।
मातृका प्रतिभा प्रवाह परिवार, ईन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील सांस्कृतिक संगठन नेपाल, प्रलेस, लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, जनमत साहित्यिक मासिकको आजीवन सदस्य, नेपाल साहित्यिक पत्रकार संघको संस्थापक, वेदना, ज्योति, प्रलेस लगायत साहित्यिक पत्रिकाको सम्पादक रहेका देखिन्छन् । उनी कृष्णप्रसाद पोखरेलको प्रभावबाट अनेरास्ववियू मार्फत् ने.क.पा. (चौम) को राजनीति गर्न थाले र ०४६ सालमा श्याम श्रेष्ठ मार्फत् कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । यसरी पोखरेल ने.क.पा. (चौम), एकताकेन्द्र, एकताकेन्द्र–मसाल हुँदै हाल एकिकृत ने.क.पा. (माओवादी) मा आवद्ध छन् ।
मातृकाको साहित्यिक व्यक्तित्व र साहित्येत्तर दुवै व्यक्तित्व उत्तिकै सशक्त देखिन्छ । साहित्यिक व्यक्तित्वमा मातृकाको कवि व्यक्तित्व सशक्त छ । उनका तीनवटा कविता सङ्ग्रह र केही फुटकर कविताहरू समेत प्रकाशित भएको पाइन्छ । उनको कथाकार व्यक्तित्व पनि सबल नै देखिन्छ । सन्त्रस्त आँखाहरू नामक कथा सङ्ग्रह केही फुटकर कथाहरू पनि उनका प्रकाशित भएका छन् । यसबाहेक पनि पोखरेलका गीत, बालकविता, समालोचनाहरू पनि प्रकाशित भएका छन् । साहित्येत्तर व्यक्तित्वको रूपमा पोखरेलको सामाजिक–सांस्कृतिक संस्थाहरूसँग आबद्धता, राजनैतिक आन्दोलनमा समेत क्रियाशीलता, सम्पादक, लेखक तथा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी व्यक्तित्व पनि देखिन्छ ।
पोखरेलका साहित्यिक कृतिहरूमा ‘सेतो दरबारको छेउबाट (२०५६)’, ‘यात्राको एउटा दृश्य (२०६०)’ र ‘अनुहारहरू (२०६४)’ गरी जम्मा तीन कविता सङ्ग्रह र ‘सन्त्रस्त आँखाहरू (२०६१)’ नामक एक कथा सङ्ग्रह प्रकाशित भएका छन् । आफ्ना कथा, कवितामा मातृकाले समाजमा देखिने अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनको विरोध गरेर असत् भावनालाई त्याग गरेर सत् विचारमा लाग्दै सामाजिक व्यवस्थामा समानता र सबै मान्छे भएर बाँच्न पाउनुपर्ने स्वच्छ, स्वस्थ र कानूनी समाजको स्थापनामा जोड दिएका छन् । उनका साहित्यहरूको अध्ययन र विश्लेषण उनलाई यथार्थवादी–प्रगतिवादी साहित्यकारको रूपमा चित्रण गर्न सकिन्छ । उनी समाजवादी–यथार्थवादी–प्रगतिवादी धाराका सशक्त साहित्यकार हुन् ।
विभिन्न विधाका साहित्य स्रष्टा मातृका पोखरेल साहित्य श्रृजना,साहित्य र सांस्कृतिक आन्दोलनको माध्यमबाट नै राजनीतिलाई एक साथ अगाडि बढाइरहेका व्यक्ति हुन् । उनका सबै जसो कृतिहरूमा राजनैतिक व्यक्तित्वको स्पष्ट छाप पाइन्छ । माक्र्सवादी दर्शनमा आधारित बामपन्थी राजनीतिका हिमायती पोखरेलले आफ्ना सबै जसो कृतिमा यही चिन्तनलाई साहित्यिक रूपान्तर गरेका छन् । यसर्थ उनका साहित्य सृजनाका मूल अभिप्राय प्रगतिवादी चिन्तनको अभिव्यक्ति रहेको छ ।
मातृका पोखरेलले आफ्ना सबै जसो साहित्यिक कृतिहरूमा वर्तमान मानवीय जीवन भोगाइका क्रममा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, भष्ट्राचार, दुराचार, कुरीति, नातावाद, कृपावाद, विकृति, विसङ्गति आदिको विरोध गरी शोषण रहित समाजको श्रृजना गर्ने चाहना अघि सारेका छन । परम्परित विषयवस्तुलाई पनि नबिन चिन्तनधारमा रङ्गाएर प्रस्तुत गर्न उनी खप्पिस देखिन्छन्। समानता, स्वन्त्रता, भातृत्व, देशप्रेम आदिका पक्षधर पोखरेलका लेखनको मुख्य ध्येय माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी चिन्तनलाई कुनै न कुनै ढङ्गले अभिव्यक्ति गर्नु रहेको छ । यस प्रकारको अभिव्यक्ति गर्दा उनी कतिपय ठाऊँमा एकाङ्की र निकै उग्र देखिन्छन् भने कतिपय ठाऊँमा मध्यमार्गी देखिन्छन् । यति हुँदाहँुदै पनि उनको अभिव्यक्ति कौशल कृतिमता र जटिलता तर्फ नभएर सहजता र सरलता तर्फ प्रवृत्त छ ।
मातृका पोखरेल नेपाली साहित्यका विभिन्न विधाका माध्यमवाट प्रगतिवादी स्वर उराल्ने साहित्यकार हुन् । उनको श्रृजना कविता र कथामा विशेष प्रखर छ । पोखरेलका सबै कृतिहरूको आ–आफ्नै किसिमको महŒव हुँदाहुँदै पनि उनलाई नेपाली साहित्यका फाँटमा स्थापित गराउने सबैभन्दा महŒवपूर्ण कृति सेतो दरबारको छेउबाट हो ।
समग्रमा मातृका पोखरेलको साहित्यिक श्रृजना नेपाली प्रगतिवादी साहित्यको फाँटमा विशेष उल्लेखनीय छ र उनी नेपालीका उल्लेख्य प्रगतिवादी साहित्यकार हुन् ।
सन्दर्भग्रन्थ सूची
पुस्तक सूची
अम्गाई, केशरी, युद्धक्षेत्र, काठमाडौँै ः ,२०५६ ।
ओझा,रामनाथ र गिरी, मधुसुदन, शोध,श्रृजना र संस्कृत काव्यशास्त्र ः, काठमाडौँैं ः न्यू हिरा इन्टरप्राइजेज ।
गड्तौला,सी.बी.,वेदनाका स्वरहरू , काठमाडौँैं ः मल्टिग्राफिक्स प्रिन्टर्स प्रा.लि.,२०६१।
पोखरेल,मातृका,सेतोदरबारको छेउबाट, काठमाडौँैं ः श्रृजनशील प्रकाशन, २०५६ ।
पोखरेल,मातृका, यात्राको एउटा दृश्य, काठमाडौँैं ःश्रृजनशील प्रकाशन, २०६०।
पोखरेल,मातृका, सन्त्रस्त आँखाहरू, काभ्रे ः जनमत प्रकाशन, २०६१ ।
पोखरेल, मातृका, अनुहारहरू, बागलुङ ः धवलागिरी साहित्य प्रतिष्ठान, २०६४ ।
पोखरेल,रमा, अनुभूतिका क्षणहरू, काठमाडांैः २०५८ ।
बबी, रुद्र, प्रतिबद्ध चेतनाको आवाज, काठमाडौँैंः ।
बस्नेत, छत्रबहादुर, नेपाली साहित्यमा उदयपुर जिल्लाको योगदान, अप्रकाशित एम्.ए. शोधपत्र, त्रि.वि, नेपाली केन्द्रीय विभाग, २०५८ ।
शर्मा, तारानाथ, नेपाली साहित्यको इतिहास, तेस्रो संस्क, काठमाडौँैं ः नवीन प्रकाशन, २०५१ ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, चौथो संस्क, काठमाडौँैं ः साझा प्रकाशन, २०४९ ।
पत्रपत्रिका सूची
अमगाई, केशरी, ‘यात्राको एउटा दृश्य नियाल्दा’, ज्योति,१÷१,२०६१ पृ. ६५–७२ ।
कायस्थ, मोहनबहादुर, ‘मातृका पोखरेल र उनको साहित्य चिनारी’, दायित्व, २०÷३,२०६३ पृ. ३७–४० ।
क्षेत्री, अपराजिता, ‘सेतो दरबारको छेउबाट ः एक दृष्टि’, जनआह्वान, चैत्र १८,२०५६ ।
गौतम, पुण्य, ‘सेतो दरबारको छेउबाटको सुन्दर प्रतिविम्व’, प्रकाश, १८÷२२,२०५७ पृ. ४ ।
चाम्लिङ्ग,तिलक, ‘सन्त्रस्त आँखाहरू गरिखानेहरूको कथा ’, जनएकता, १०÷१०,२०६२ पृ.६ ।
चाम्लिङ्ग,भोगिराज, “यात्राको एउटा दृष्य एउटा कवितात्मक सङ्ग्रह’, जनएकता,१०÷२९,२०६२ पृ. ६ ।
जोशी,मदनमोहन,‘मातृका पोखरेलको सन्त्रस्त आँखाहरूबारे’, तन्नेरी, कार्तिक अङ्क,२०६२ ।
दुवाल,मोहन,‘साहित्यकार परिचयका हरफहरू–५२’, जनधारणा,८÷२५, २०५६ पृ. ६ ।
दुवाल,श्रृजना,‘मातृका पोखरेल’,जनमत, २२÷५, २०६३ पृ. ४८ ।
धमला, चेतनाथ, अनुहारभित्र कवि मातृका नयाँ प्रकाश, १÷४०, २०६५ ।
ने.क.पा. (एकता केन्द्र) को राजनैतिक प्रतिवेदन,२०४७ ।
पाण्डेय् , ताराकान्त,‘नेपाली कविताको धारागत सन्दर्भ प्रगतिवादी कविता र समानान्तर समीक्षा’, वेदना,३१÷२, २०६१ पृ. ३–२० ।
पोखरेल, मातृका, ‘प्राज्ञ सभा र प्रश्रितको राजिनामा’, जनएकता,५÷१, २०५६ पृ. ६ ।
पोखरेल, मातृका, “हरियो वत्ति”, नौलो कोशेली, पूर्णाङ्क–१७ ।
पोखरेल, मातृका, ‘सूर्य उदाउ अब’, समीक्षा, २९÷५०, २०४४ ।
पौडेल, गोपिन्द्र,‘सन्दर्भ समकालीन कथा लेखनको चर्चा ‘वेदना’ (कथा विशेष) का कथाको’, वेदना, २९÷१, २०५९ ।
भट्टराई, रमेशप्रसाद,‘गणतन्त्र र नेपाली कविता’, वेदना, ३३÷१, २०६३ ।
भारती, बलभद्र, ‘नवकविताको प्रगतिशील कविता विशेषाङ्क ः मेरो दृष्टिमा’, वेदना, २९÷१,२०५९ ।


==============================================================

==============================================================



‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्काय रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समिति
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत



    शोधपत्र



    शोधार्थी
टङ्कप्रसाद पोखरेल
रत्न राज्यलक्ष्मी क्याम्पस,
प्रदर्शनी मार्ग, काठमाडौँ
२०६९
मन्तव्य

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विषयका छात्र श्री टङ्कप्रसाद पोखरेलले स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र मेरो निर्देशनमा तयार पार्नु भएको हो । निजले परिश्रम र लगनशीलतापूर्वक गरेको यस शोध पत्रको मूल्याङ्कनका लागि रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समिति समक्ष सिफारिस गर्दछु ।

     शोधनिर्देशक
                                                      प्रा.डा. कुलप्रसाद कोइराला
..................................
मिति  ः २०६९÷०६÷    गते                               
                                                       





रत्न राज्यलक्ष्मी क्याम्पस
स्वीकृतिपत्र

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र सङ्कायअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विषयका छात्र श्री टङ्कप्रसाद पोखरेलद्वारा तयार पारिएको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र उक्त तहका निम्ति उपयुक्त देखिन आएकोले स्वीकृत गरिएको छ ।



..........................               ..............................                 ..........................
प्रा.डा. कुलप्रसाद कोइराला             ढाकाप्रसाद घिमिरे                 डा. रामप्रसाद ज्ञावाली
  शोधनिर्देशक                     बाह्य परीक्षक                    विभागीय प्रमुख 



मिति ः २०६९ ÷ ०६ ÷   गते

कृतज्ञता ज्ञापन


कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन स्नातकोत्तर तह द्वितीय वर्षको दसौं पत्रको प्रयोजनका लागि तयार पारिएको शोधपत्र हो । प्रस्तुत शोधपत्र रत्न राज्यलक्ष्मी क्याम्पसका गुरु प्रा. डा. कुलप्रसाद कोइरालाज्यूको निर्देशनमा तयार पारिएको हो । शोध सामग्री सङ्कलन, विश्लेषण, भाषिक शुद्धीकरणलगायतका महŒवपूर्ण पक्षमा प्रेरणादायी मार्गनिर्देशन गर्नुहुने आदरणीय गुरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । शोधपत्र तयारीका क्रममा शोधप्रस्ताव स्वीकृत गरी आवश्यक व्यवस्था मिलाइ दिनुहुने रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समितिका निवर्तमान विभागीय प्रमुख सहप्राध्यापक तुलसीमान श्रेष्ठ र मूल्याङ्कन तथा आवश्यक प्रक्रियाका लागि व्यवस्था मिलाइ दिनुहुने वर्तमान विभागीय प्रमुख डा. रामप्रसाद ज्ञावालीप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

शोधपत्र तयारीका लागि अनुमति दिई आफ्नो कार्यव्यस्तताका बाबजुद आत्मीयतापूर्वक समय उपलब्ध गराई आवश्यक सन्दर्भ सामग्रीसमेत जुटाइ दिनुहुने शोधनायक मातृका पोखरेलप्रति कृतज्ञता ज्ञापन गर्दछु । सामग्री सङ्कलनका लागि सहयोग पु¥याई यथोचित सल्लाह सुझाव दिनुहुने रत्न राज्यलक्ष्मी क्यम्पसका प्राध्यापक डा. बद्रीविशाल भट्टराई, सहप्राध्यापक हरिप्रसाद पराजुलीका साथै निरन्तर हौसला प्रदान गर्नुहुने काका नीलकण्ठ पोखरेल, आत्मीय मित्रहरू प्रकाश सुवेदी, युवराज चौंलागाईं, प्रतिभ कोइराला, मातृका पोखरेलको ‘सन्त्रस्त आँखाहरू’ कथासङ्ग्रहको कृतिपरक अध्ययन  गर्नुहुने शोधार्थी नेत्र प्रसाद चापागाईंप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । 

आपूm निरक्षर भईकन पनि मलाई सदैव शिक्षातर्पm प्रेरित गर्नुहुने पूजनीय पिता सुन्दरीप्रसाद पोखरेल र माता हरीमाया पोखरेलप्रति विशेष कृतज्ञता ज्ञापन गर्दछु । अत्यन्तः सावधनीपूर्वक टङ्कन कार्य गर्ने प्यारी बहिनी हीरा पोखरेललाई हार्दिक धन्यवाद दिन चाहन्छु । रचनात्मक सल्लाह  र सुझाव दिई सदैव साथ दिने प्यारो भाइ थानकुमार पोखरेलप्रति ऋणी छु । शोधपत्रका लागि आवश्यक सहयोग गर्नुहुने  रत्न राज्यलक्ष्मी क्याम्पस, पुस्तकालयका कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

अन्त्यमा, यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समिति समक्ष प्रस्तुत गर्दछु ।


.......................................
टङ्कप्रसाद पोखरेल
रत्न राज्यलक्ष्मी क्याम्पस,
प्रदर्शनीमार्ग, काठमाडौँ
                
     

शब्दसङ्केत सूची

सङ्क्षेपीकृत रूप साङ्केतिक अर्थ                                                            

इ.स. इस्वी संवत्.                                                                  
ए.नेकपा एकीकृत नेपाल कम्युनिष्ट पार्टी
क. कमरेड
गा. वि. स. गाउँ विकास समिति
छै.सं. छैटौँ संस्करण
डा. डाक्टर
ते.सं. तेस्रो संस्करण
दो.सं. दोस्रो संस्करण
प. पण्डित
पाँ.सं. पाँचौं संस्करण    
प्र.सं. प्रथम संस्करण
प्रा. प्राध्यापक
प्रा.डा. प्राध्यापक डाक्टर
पृ. पृष्ठ
बी.एड. ब्याचलर अफ एजुकेशन
मा.वि. माध्यमिक विद्यालय
वि.सं. विक्रम संवत्
सम्पा. सम्पादन


विषयसूची

                                            पृष्ठ सङ्ख्या
परिच्छेद एक ः शोधपरिचय      
१.० शोध परिचय
१.१ शोध समस्या÷समस्या कथन
१.२ शोधकार्यका उद्देश्यहरू
१.३ पूर्वकार्यको समीक्षा
१.४ शोधकार्यको औचित्य
१.५ शोधकार्यको सीमाङ्कन
१.६ शोध विधि
१.७.१  साम्रगी सङ्कलन विधि
१.७.२  सामग्री विश्लेषण विधि
१.८ शोधकार्यको रूपरेखा
परिच्छेद दुई ः मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व ६
२.०   विषय प्रवेश
२.१ जीवनी र व्यक्तित्व
२.२ जन्म र जन्मस्थान
२.३ बाल्यकाल
२.४ शिक्षादीक्षा
२.५ साहित्य लेखनको प्रेरणा
२.६ प्रकाशित कृति तथा फुटकर रचना
२.७ रुचि
२.८ संलग्नता
२.९ सम्मान तथा पुरस्कार
२.१० पोखरेलको व्यक्तित्व
२.१०.१ साहित्यिक व्यक्तित्व
२.१०.१.१ (क) कथाकार व्यक्तित्व
२.१०.१.१ (ख) कवि व्यक्तित्व १०
२.१०.२ साहित्येतर व्यक्तित्व १०
२.१०.२ (क) सम्पादक व्यक्तित्व १०
२.१०.२ (ख) राजनीतिक व्यक्तित्व ११
२.१०.२ (ग) जागिरे व्यक्तित्व ११
२.११ कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखन बीचको सम्बन्ध १७
२.१२  निष्कर्ष २१

परिच्छेद तीन ः कथाकार मातृका पोखरेलको कथायात्रा र मूल प्रवृत्तिको अध्ययन 
३.१ पोखरेलको कथायात्रा ९०
३.१.१ प्रथम चरण
३.१.२ द्वितीय चरण
३.२ पोखरेलको कथागत मूल प्रवृत्तिको अध्ययन
३.२.१ सामाजिक यथार्थवादी कथाकार ९१
३.२.२ आलोचनात्मक यथार्थवादी कथाकार ९२
३.२.३ प्रगतिवादी कथाकार ९३
३.२.४ मानवतावादी कथाकार ९४
३.२.५ देशप्रेमी कथाकार ९५
३.२.६ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रयोग गर्ने कथाकार ९६
३.३ निष्कर्ष ९८
परिच्छेद चार ः कथा तŒवका आधारमा ‘घाम झुल्किनु अघि’ का कथाहरूका विश्लेषण २२
४.० विषय प्रवेश २२
४.१ कथाका तŒवहरू २२
४.१.१ कथानक २३
४.१.२ पात्र र चरित्रचित्रण २५
४.१.३ परिवेश (देश, काल, परिवेश) २६                                                                                                                
४.१.४ दृष्टिबिन्दु २७
४.१.५ भाषाशैली २८
४.१.६ उद्देश्य ३०
४.२.०  विषय प्रवेश                         ३१
४.२.१  कमरेड पाताल कथाको कथानक ३१
४.२.२ पात्र र चरित्रचित्रण ३१
४.२.३ परिवेश ३२
४.२.४ दृष्टिबिन्दु ३२
४.२.५ भाषाशैली ३३
४.२.६ उद्देश्य ३४
४.२.७ निष्कर्ष ३४
४.३.१ धुवाँ कथाको कथानक ३५
४.३.२ पात्र र चरित्रचित्रण ३५
४.३.३ परिवेश ३६
४.३.४ दृष्टिबिन्दु ३७
४.३.५ भाषाशैली ३७
४.३.६ उद्देश्य ३८
४.३.७ निष्कर्ष ३८
४.४.१ घाम झुल्किनु अघि कथाको कथानक ३९
४.४.२ पात्र र चरित्रचित्रण ३९
४.४.३ परिवेश ४०
४.४.४ दृष्टिबिन्दु ४०
४.४.५ भाषाशैली ४१
४.४.६ उद्देश्य ४२
४.४.७ निष्कर्ष ४२
४.५.१ मौन सङ्केत कथाको कथानक ४३
४.५.२ पात्र र चरित्रचित्रण ४४
४.५.३ परिवेश ४४
४.५.४ दृष्टिबिन्दु ४५
४.५.५ भाषाशैली ४५
४.५.६ उद्देश्य ४६
४.५.७ निष्कर्ष ४६
४.६.१ अँध्यारो गाउँ  कथाको कथानक ४७
४.६.२ पात्र र चरित्रचित्रण ४७
४.६.३ परिवेश ४८
४.६.४ दृष्टिबिन्दु ४८
४.६.५ भाषाशैली ४९
४.६.६ उद्देश्य ४९
४.६.७ निष्कर्ष ५०
४.७.१ निधो कथाको कथानक ५०
४.७.२ पात्र र चरित्रचित्रण ५१
४.७.३ परिवेश ५१
४.७.४ दृष्टिबिन्दु ५२
४.७.५ भाषाशैली ५२
४.७.६ उद्देश्य ५३
४.७.७ निष्कर्ष ५४
४.८.१ मुक्ति कथाको कथानक ५४
४.८.२ पात्र र चरित्रचित्रण ५५
४.८.३ परिवेश ५५
४.८.४ दृष्टिबिन्दु ५६
४.८.५ भाषाशैली ५६
४.८.६ उद्देश्य ५७
४.८.७ निष्कर्ष ५७
४.९.१ बाध्यता कथाको कथानक ५८
३.९.२ पात्र र चरित्रचित्रण ५८
४.९.३ परिवेश ५९
४.९.४ दृष्टिबिन्दु ५९
४.९.५ भाषाशैली ६०
४.९.६ उद्देश्य ६१
४.९.७ निष्कर्ष ६१
४.१०.१ खाली ठाउँ कथाको कथानक ६२
४.१०.२ पात्र र चरित्रचित्रण ६२
४.१०.३ परिवेश ६३
४.१०.४ दृष्टिबिन्दु ६३
४.१०.५ भाषाशैली ६४
४.१०.६ उद्देश्य ६५
४.१०.७ निष्कर्ष ६५
४.११.१ घोडाको गन्ध कथाको कथानक ६६
४.११.२ पात्र र चरित्रचित्रण ६६
४.११.३ परिवेश ६७
४.११.४ दृष्टिबिन्दु ६७
४.११.५ भाषाशैली ६८
४.११.६ उद्देश्य ६९
४.११.७ निष्कर्ष ६९
४.१२.१ सपनाहरूको खोजी कथाको कथानक ७०
४.१२.२ पात्र र चरित्रचित्रण ७०
४.१२.३ परिवेश ७१
४.१२.४ दृष्टिबिन्दु ७१
४.१२.५ भाषाशैली ७२
४.१२.६ उद्देश्य ७२
४.१२.७ निष्कर्ष ७३
४.१३.१ देवीदत्तको चिन्ता कथाको कथानक ७४
४.१३.२ पात्र र चरित्रचित्रण ७४
४.१३.३ परिवेश ७५
४.१३.४ दृष्टिबिन्दु ७५
४.१३.५ भाषाशैली ७६
४.१३.६ उद्देश्य ७७
४.१३.७ निष्कर्ष ७७
४.१४.१ कालो चस्मा कथाको कथानक ७८
४.१४.२ पात्र र चरित्रचित्रण ७८
४.१४.३ परिवेश ७९
४.१४.४ दृष्टिबिन्दु ७९
४.१४.५ भाषाशैली ८०
४.१४.६ उद्देश्य ८०
४.१४.७ निष्कर्ष ८१
४.१५.१ भत्किएको घरनेर कथाको कथानक ८१
४.१५.२ पात्र र चरित्रचित्रण ८२
४.१५.३ परिवेश ८२
४.१५.४ दृष्टिबिन्दु ८३
४.१५.५ भाषाशैली ८३
४.१५.६ उद्देश्य ८४
४.१५.७ निष्कर्ष ८५
४.१६.१ खाडल कथाको कथानक ८५
४.१६.२ पात्र र चरित्रचित्रण ८६
४.१६.३ परिवेश ८७
४.१६.४ दृष्टिबिन्दु ८७
४.१६.५ भाषाशैली ८८
४.१६.६ उद्देश्य ८९
४.१६.७ निष्कर्ष ८९
परिच्छेद पाँच ः उपसंहार ९९
५.१ उपसंहार ९९
     सन्दर्भसामग्री सूची
     परिशिष्ट










परिच्छेद एक ः  शोध परिचय
१.० विषय परिचय 
कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा न. ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा बी. एड. र एम. ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । पोखरेल वि. सं. २०४४÷४५ सालतिरबाट समीक्षा साप्ताहिक पत्रिकामा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशित गरी साहित्यका क्षेत्रमा देखा परेका हुन् । कविता विधाबाट साहित्य यात्रारम्भ गरेका पोखरेलका हालसम्म तीनओटा कवितासङ्ग्रह र दुईओटा कथासङ्ग्रह प्रकाशित छन् ।
यस्तै विभिन्न पत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित भइरहेका छन् । उनले वेदना त्रैमासिक, ज्योति त्रैमासिक र इन्द्रेणी त्रैमासिक जस्ता साहित्यिक पत्रिकाहरूकोे पनि कुशल सम्पादन गरिरहेका छन् ।
मूल रूपमा कविता बोकेर साहित्यका क्षेत्रमा देखा परेका मातृका पोखरेल अहिले सशक्त जीवनमुखी, मानवीय संवेदनाले भरिएको समाजवादी यथार्थवादी धरातलको घाम झुल्किनु अघि       (२०६७) कथासङ्ग्रह बोकेर आएका छन् । पन्ध्रओटा अति सशक्त, सरल र अति संवेदनशील कथा बोकेर आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुण दोषलाई पाठकसमक्ष प्रस्तुत गर्ने प्रयास पोखरेलले गरेका छन् । उनले यस सङ्ग्रहका कथामा मुलुक भित्रको युद्धको चपेटामा पिल्सिएका जनताका पीडा, वेदना र यसले सिर्जिएको विकृति, विसङ्गतिलाई केलाएका छन् ।
नेपाली साहित्यमा उदाएका यी कथाकारले केन्द्रमा मानवीय भावना, देशप्रेम र प्रकृतिका सुपाच्य पक्षलाई लेखन ठानेको प्रतित हुन्छ । यसरी समसामयिक कथा जगत्मा घाम झुल्किनु अघि कथासङ्ग्रहले आफ्नो उपस्थिति जनाएको छ ।


१.२ शोध समस्या ÷ समस्या कथन 
प्रस्तुत शाोधपत्र ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन रहेकोले यस शोध कार्यको निम्नलिखित समस्या रहेका छन् ः
क) मातृका पोखरेलको जीवनी र कथा लेखन बीचमा के कस्तो सम्बन्ध छ ?
ख) सैद्धान्तिक दृष्टिले पोखरेलका कथा के कस्ता रहेका छन् ?
ग) उनको कथाका मुख्य प्रवृत्तिगत विशेषताहरू के के हुन् ?
१.३ शोधकार्यका उद्देश्यहरू 
माथि उल्लिखित समस्याहरूको सामाधान गर्नु नै यस शोधकार्यको मूल उद्देश्य रहेको छ । उक्त समस्याहरू सामाधान गर्ने उद्देश्यहरू निम्नलिखित रहेका छन् ः–
क) कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनबीचको सम्बन्धलाई केलाउनु ,
ख) सैद्धान्तिक दृष्टिल पोखरेलको कथाहरूको अध्ययन र विश्लेषण गर्नु ,
ग) उनका कथाका मुख्य प्रवृत्तिगत विशेषताहरू केलाउनु ।

१.४ पूर्वकार्यको समीक्षा 
घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहका बारेमा यस शोधकार्य पूर्व नै विभिन्न विद्वान्हरूले समीक्षा, समालोचना, टीका टिप्पणी गरेको पाइन्छ तर यस कृतिमै केन्द्रित रहेर समष्टिगत अध्ययन भने भएको पाइँदैन् । यस विषयलाई लिएर जे जस्ता समीक्षा, समालोचना, टीका टिप्पणी भएका छन्, तिनलाई यहाँ कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ ः
प्रमोद धितालले जनादेश साप्ताहिक (वर्ष २०, अङ्क १२, २०६७) मा अन्धकारको प्रतिरोधमा घाम झुल्किनु अघि शीर्षकको लेख प्रकाशित गरी मातृका पोखरेल जीवन, सङ्घर्ष, आस्था र आदर्शमा विश्वास गर्ने कथाकार हुन् भनी उनका कथाहरूले पनि यही भावभूमिलाई आत्मासात् गरेर अगाडि बढेका छन् भन्दै समीक्षा गरेका छन् तर उनले यसै सङ्ग्रहमा केन्द्रित रही यसको सम्पूर्ण पक्षको विवेचना गरिएको पाइन्न ।
हीरामणि दुःखीले दैनिक पत्रिका जनदिशा (२०६७) मा आलोचनात्मक यथार्थवादको प्रतिनिधि कथा ः घाम झुल्किनु अघि शीर्षकमा समालोचनात्मक लेख प्रकाशित गर्दै उनको यस सङ्ग्रहले समाजको विभिन्न यथार्थहरूलाई पकड्ने र समाजको फरक–फरक स्वाद दिने गरी विषयवस्तुको विविधता ल्याउने विशेषता बोकेका छन् भनी आफ्नो धारणा राखेको पाइन्छ । यो पनि यस कथासङ्ग्रहले साङ्गो पाङ्गो अध्ययन नभई साधारण विश्लेषण मात्र मानिन्छ ।
सङ्गीत श्रोताले दैनिक पत्रिका नयाँ पत्रिका (२०६७) मा घाम झुल्किनु अघि कथासङ्ग्रहको समीक्षा गर्दै जनयुद्धकालमा लखेटिएका फटाहाहरूको राइँदाइँ र हत्याराहरूको चुरीफुरी गाउँमा फेरि फर्केको छ र सोको अभिव्यक्ति यो कथासङ्ग्रह हो भनी कम्युनिष्ट आन्दोलनभित्रको प्रवृत्ति विरुद्धको मोर्चामा यो सङ्ग्रह उभिएको छ भनी उनले विश्लेषण गरेको पाइन्छ । यतिलाईमात्र यस सङ्ग्रहको अध्योपान्त अध्ययन मान्न सकिँदैन ।
भोगीराज चाम्लिङ्गले मासिक पत्रिका मूल्याङ्कन (२०६८, अङ्क १९, पूर्णाङ्क १९३) मा राजनीतिको कथाकारीय सर्जरी शीर्षकमा समीक्षात्मक लेख प्रकाशित गरी यस सङ्ग्रहको कथामा माओवादी आन्दोलनको सकारात्मक र नकारात्मक पाटाहरू उधिनिएका छन् भनेका छन् जुन लेखक स्वयम्ले भोगेका यथार्थको अभिव्यक्ति हो भनी सामान्य चर्चामात्र गरेका छन् ।
समालोचक ऋद्धिरमण घिमिरेले मासिक पत्रिका मधुपर्क ( २०६८, अङ्क २६०, वर्ष २६) मा घाम झुल्किनु अघिका कथाहरू शीर्षकको लेखमा जनयुद्ध वरपरका समयावधिका घटना समेटिएका यस सङ्ग्रहका कथाहरूमा मनोरम बान्की, सामाजिक यथार्थको विहङ्गम पर्यवेक्षणका साथ पस्किएका कथाकारले लाक्षणिक अभिव्यञ्जनामा सामाजिक र साँस्कृतिक रूपान्तरणको आग्रहलाई मुखरित गरेका छन् भनी समीक्षा गरेका छन् तर कथासङ्ग्रहको पूर्ण समीक्षा गरिएको छैन् ।
कथाकार मातृका पोखरेलको कथासङ्ग्रह घाम झुल्किनु अघि (२०६७) मा धेरै समालोचना,          लेखहरू प्रकाशित भएका छन्, तिनले विभिन्न कोणबाट यस सङ्ग्रहलाई समीक्षा गरेका छन् तर यही कृतिमा केन्द्रित रहेर कृतिपरक अध्ययनचाहिँ कसैबाट पनि नभएकोले प्रस्तुत सङ्ग्रह भित्रै रहेर यस कृतिको कृतिपरक अध्ययन गरिएको छ ।

१.५ शोध कार्यको औचित्य
कथाकार मातृका पोखरेलको कथाकारिताका बारेमा जान्न चाहने जिज्ञासु पाठक, साहित्य अनुरागी तथा अनुसन्धानकर्ताका लागि तथ्यगत जानकारी प्रदान गरेर पोखरेलप्रति कृतज्ञता प्रकट गर्नु नै यस शोधकार्यको औचित्य  रहेको छ । उनको कथाकारिता र कथागत प्रवृत्ति केलाउनु, कथामा विद्यमान कमी कमजोरी केलाएर परिष्कृत कथा लेखनका लागि पृष्ठपोषण प्रदान गर्नु पनि यस शोधकार्यको औचित्य रहेको छ । विशेषतः मातृका पोखरेलको योगदान प्रस्तुत भएको हुनाले यो शोधकार्य औचित्यपूर्ण रहेको छ ।
१.६ शोधको सीमाङ्कन 
कथाकार मातृका पोखरेलको कविता, कथा, खोजमूलक लेख, गीत प्रकाशित छन् तर यस शोधकार्यमा कविता, खोजमूलक लेख, गीतको अध्ययन गरिएको छैन् । यस शोधकार्यमा घाम झुल्किनु अघि नामक कथासङ्ग्रहमा मात्र केन्द्रित रहेर त्यसको कृतिपरक अध्ययन गरिएको छ । यही नै यस शोधकार्यको सीमा हो ।
१.७. शोध विधि

प्रस्तुत शोधकार्यलाई व्यवस्थित र प्रभावकारी बनाई पूर्णता दिन यहाँ मूलतः दुई किसिमको शोध विधिलाई अङ्गालिएको छ ।
१.७.१. सामग्री सङ्कलन विधि
यस शोध कार्यलाई पूर्णता दिलाउनका लागि सामग्रीसङ्कलन विधिअन्तर्गत रही पुस्तकालयीय विधिलाई अवलम्बन गरिएको छ । यसका साथै आवश्यकताअनुसार शोधनायकसँग अन्तर्वार्ता लिएर त्यसबाट प्राप्त जानकारी र उहाँको सहयोगलाई समेत सामग्रीको रूपमा समावेश गराइएको छ ।
१.७.२. सामग्री विश्लेषण विधि
यसै गरी शोधकार्यलाई प्रभावकारी तथा व्यवस्थित बनाउनका निमित्त आगमनात्मक विधिबाट कृति विश्लेषणको आधारहरू तयार गरी कृति विवेचना गर्दा विश्लेषणात्मक विधिको पनि प्रयोग गरिएको छ । यस क्रममा उक्त सङ्ग्रहका सम्बन्धमा लेख, समीक्षा र समालोचना प्रस्तुत गर्ने विभिन्न व्यक्तिहरूको पनि सहयोग लिइएको छ ।
१.८ शोधकार्यको रूपरेखा  
क) परिच्छेद एक :  शोध परिचय ।
ख) परिच्छेद दुई :  मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व ।
ग) परिच्छेद तीन :  पोखरेलको कथायात्रा र मूल प्रवृत्ति ।
घ) परिच्छेद चार :  कथातत्वका आधारमा ‘घाम झुल्किनु अघि’ का कथाहरूको विश्लेषण ।
परिच्छेद पाँच :  उपसंहार ।

परिच्छेद – दुई
२.० विषय प्रवेश : मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व
२.१ जीवनी र व्यक्तित्व
२.२ जन्म र जन्म स्थान
कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा नं ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । पिता नन्दलाल पोखरेल तथा माता सीतादेवी पोखरेलको जेठो सन्तानको रूपमा उनको जन्म भएको थियो । उनका पिता ज्योतिष विद्यामा पारङ्गत थिए । पिताको शान्त स्वभाव र गम्भीर तथा सरल हृदयकी कुशल गृहणी माताबाट आपूmले यथोचित माया, ममता र प्रभाव ग्रहण गरेको कथाकार बताउछन् । उनकी श्रीमतीको नाम अञ्जु न्यौपाने र छोराको नाम प्रसुन पोखरेल हो (शोध नायकबाट प्राप्त जानकारीअनुसार) ।
२.३ बाल्यकाल 
मातृका पोखरेलको बाल्यकाल आफ्नो जन्मस्थान उदयपुर जिल्लाको प्राकृतिक वातावरणमा घुलमिल हुँदै बितेको देखिन्छ । उनी मध्यम वर्गीय ब्राह्मण वंशमा जन्मिएका हुन् । बाल्यकालमा उनी आफ्नो जन्मथलोका विभिन्न प्राकृतिक वस्तुको सौन्दर्यपानमा रमाउने तथा चञ्चले नभई गम्भीर स्वभावको रहेको कुरा उनी स्वयम् बताउँछन् (पूर्ववत्) ।
२.४  शिक्षादीक्षा
मातृका पोखरेलको प्राथमिक शिक्षा आफ्नै गाउँको स्थानीय विद्यालयबाटै भएको थियोे । उनले कक्षा ७ सम्म महेन्द्र रत्न नि.मा.वि. रूपाटारमा पढे । त्यसैगरी कक्षा ८ पञ्चावती मा.वि. उदयपुरगढीबाट उत्तीेर्ण गरेका थिए भने कक्षा ९ भानुभक्त मेमोरियल काठमाडौंबाट अनि कक्षा १० त्रिवेणी मा.वि. कटारी, उदयपुरबाट उत्तीेर्ण गरेका थिए । उनले बिराटनगरको आदर्श बहुमुखी  क्याम्पसबाट आई.ए. तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट बी.ए. अनि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा बी.एड. र एम.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् (पूर्ववत्) ।
२.५  साहित्य लेखनको प्रेरणा 
आम मानिसहरूमा भैmँ कथाकार मातृका पोखरेलमा पनि विद्यार्थी जीवनदेखि साहित्यतर्फको आकर्षण बढेको पाइन्छ । विद्यार्थी कालदेखि नै उनी कथा, कविता, गजल आदि लेखन र वाचनमा रुचि राख्दथे । त्यसमा पनि अझ उनको पिताको संस्कृत साहित्यको विद्वता, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरूको कथा वाचनको स्वर माधुर्यमा रमाउन पाउदा सच्चा आनन्दानुभूति हुने गरेको र यसबाट साहित्य सिर्जनामा अग्रसर भएको कुरा उनी बताउछन् । साथै आधुनिक साहित्यमा पाइला चाल्नुमा आफ्नै मामा मोहिनी अधिकारीको संस्कृत साहित्यबाट पनि प्रशस्त टेवा पुगेको उनी स्वीकार्छन् त्यस्तै पछिल्लो चरणमा कविता विधामा आपूmलाई स्थापित गरिसकेपछि कथासङ्ग्रहको प्रकाशनका लागि मित्रलाल पंज्ञानी र हरि गोविन्द लुइटेलको सुझावले ऊर्जा प्राप्त गरेको स्वयम् बताउँछन्       (पूर्ववत्) ।
“विशेषतः नेपाली युवाहरूको प्रस्तुत गरेको त्याग, बलिदान र शौर्यका ती घटनाहरू मेरा लागि निकै प्रेरणादायी रहेका छन्” (पोखरेल, २०६७) । उल्लिखित विभिन्न कुराबाट उनी साहित्य लेखनतर्फ आकर्षित भएको पाइन्छ ।
२.६ प्रकाशित कृति तथा फुटकर रचना
सूर्य उदाऊ अब (२०४५) (समीक्षा साप्ताहिक) फुटकर कविताबाट साहित्यका क्षेत्रमा देखा परेका पोखरेलका हालसम्म यी कृतिहरू प्रकाशित छन ः
१. सेतो दरबारको छेउबाट ( कवितासङ्ग्रह) २०५७ ।
२. यात्राको एउटा दृश्य (कवितासङ्ग्रह) २०६० ।
३. सन्त्रस्त आँखाहरू (कथासङ्ग्रह) २०६१ ।
४. अनुहारहरू (कवितासङ्ग्रह ) २०६४ ।
५. घाम झुल्किनु अघि (कथासङ्ग्रह ) २०६७ । 

२.७  रुचि
रुचि मानिसअनुसार फरक–फरक हुन्छ । पारिवारिक एवं सामाजिक वातावरणले यसलाई प्रभाव पार्दछ । साहित्यकार मातृका पोखरेलका मनपर्ने नेपाली साहित्यिक व्यक्तित्वहरूमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, पारिजात, गोकुल जोशी, केवलपुरे किसान र युद्धप्रसाद मिश्र आदि रहेका छन् भने विदेशी साहित्यकारहरूमा म्याक्सिम गोर्की, पे्रमचन्द, लुसुन आदि रहेका छन् । उनलाई मन पर्ने रङ खैरो हो भने खानामा माछाका परिकार मन पराउँछन् । पोखरेलको अम्मल भनेको चिया हो । साथै उनलाई नयाँ नयाँ ठाउँको यात्रा गर्न पाउँदा बडो लाग्ने गर्दछ । उनको भविष्यको इच्छा भनेको समाज परिवर्तनका लागि साहित्यिक र गैर साहित्यिक क्षेत्रबाट अधिकतम भूमिका निर्वाह गर्ने रहेको छ       (पूर्ववत्) ।
२.८ संलग्नता
कथाकार मातृका पोखरेल सरकारी जागिरेका रूपमा वि.स. २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरण काठमाडाँैमा वरिष्ठ सहायक पदमा कार्यरत छन् । यसका अतिरिक्त विभिन्न साहित्यिक तथा गैर साहित्यिक क्षेत्रमा पनि संलग्न रहेका छन् । उनका संलग्नताका क्षेत्रहरू निम्न देखिन्छन् ः
(क) एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ — उपाध्यक्ष 
(ख) नेपाली साहित्यिक पत्रकार सङ्घ             — उपाध्यक्ष 
(ग) लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपाल   — सचिव 
(घ) पारिजात स्मृति केन्द्र                 — सदस्य सचिव 
(ङ) रमेश विकल साहित्यिक प्रतिष्ठान   — कार्य समिति सदस्य 
(च) साहित्यिक सदन नेपाल            — कार्य समिति सदस्य 
(छ) प्रतिभा प्रवाह           — सल्लाहाकार 
(ज) किरात एकेडेमी नेपाल   — सल्लाहकार 
(झ) वेदना साहित्यिक त्रैमासिक     — सम्पादक 
(ञ) ज्योति साहित्यिक त्रैमासिक   — कार्यकारी सम्पादक 
२.९ सम्मान तथा पुरस्कार 
साहित्य रचना गर्ने क्रममा पोखरेलले कथा र कविता दुबै विधामा कलम चलाएका छन् । यसवापत उनलाई विभिन्न सङ्घसंस्थाबाट पुरस्कार तथा सम्मान दिइएका छन् जुन यस प्रकार छन् ः
(क) स्रष्टा सम्मान, (२०६१), गम्भीरबहादुर थापा प्रतिष्ठान, उदयपुर ।
(ख) धवलागिरी साहित्य प्रतिष्ठानद्वारा काजी रोशन साहित्य पुरस्कार (२०६४) ।
२.१०  पोखरेलको व्यक्तित्व 
पोखरेलको व्यक्तित्वलाई साहित्यिक व्यक्तित्व र साहित्य इतर व्यक्तित्व गरी हेरिन्छ ः
२.१०.१  साहित्यिक व्यक्तित्व
  साहित्यकार पोखरेलको साहित्यिक व्यक्तित्वअन्तर्गत कथाकार व्यक्तित्व र कवि व्यक्तित्व देखा पर्दछ ः
२.१०.१.१ (क)  कथाकार व्यक्तित्व
नेपाली साहित्यको कथा विधामा कलम चलाउने कथाकारहरूको पङ्क्तिमा पोखरेल पनि पर्दछन्। पोखरेलको सन्त्रस्त आँखाहरू (२०६१) र घाम झुल्किनु अघि (२०६७) नामक दुई कथासङ्ग्रहहरू प्रकाशित छन् । उनका यी कथासङ्ग्रहका कथाहरूले नेपाली कथाका क्षेत्रमा आफ्नो छुट्टै स्थान राखेको पाइन्छ । मानवीय संवेदनालाई सम्बोधन नगरिएका कथा  कथा नै हुदैनन् भन्ने मान्यता अङ्गाल्ने पोखरेलले वर्तमान जीवनको भोगाईबाट प्राप्त अनुभूतिलाई कथामा उतारेको पाइन्छ । रुढिवादी परम्पराले थिचेको मानवजीवनका पीडाहरू कथामा पोख्नु, द्वन्द्वबाट ध्वंशित मानवीय मूल्य संवेदना देखाउनु, नयाँ क्रान्तिको भावना जन्मनु पर्नेजस्ता कुराहरू उनका कथाहरूले विशेषताका रूपमा आपूmमा अन्तर्निहित गरेका छन् ।


२.१०.१.१ (ख) कवि व्यक्तित्व
मातृका पोखरेलले कविता विधामा पनि कलम चलाएको पाइन्छ । उनको प्रथम प्रकाशित रचना सूर्य उदाऊ अब (कविता), समीक्षा साप्ताहिक २०४५ मा प्रकाशित भएको थियो । त्यसपछि कविता लेखनको प्रक्रियालाई अगाडि बढाउँदै जाँदा सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह) २०५७, यात्राको एउटा दृश्य (कवितासङ्ग्रह) २०६०, अनुहारहरू (कवितासङ्ग्रह) २०६४ गरी त्ािनवटा कवितासङ्ग्रहहरू प्रकाशित गरिसकेका छन् । यी कवितासङ्ग्रहभित्रका कविताहरूले पोखरेलमा रहेको कवि व्यक्तित्वको उजागर गरेको पाइन्छ । यी सङ्ग्रहका कविताले पनि मानवजीवनका विविध समस्याहरूलाई टिप्दै नेपाली साहित्यका फाँटमा आपूmलाई स्थापित गर्ने कोसिस पोखरेलले गरेका छन् ।
२.१०.२.  साहित्येतर व्यक्तित्व
साहित्यकार मातृका पोखरेलले साहित्यका अतिरिक्त अन्य क्षेत्रमा पनि आफ्नो व्यक्तित्व प्रदर्शन गरेका छन् 
२.१०.२ (क) सम्पादक व्यक्तित्व
भाषा र साहित्यको विकासमा टेवा पु¥याउने उद्देश्यले कथाकार पोखरेल साहित्य सिर्जनाका अतिरिक्त विभिन्न पत्र–पत्रिकाको सम्पादन पनि गरिरहेका छन् । उनले आफ्नो जागिरे जीवनसँग सँगै विद्युतप्राधिकरणका साहित्यप्रेमी सहकर्मीहरूसँग मिलेर ज्योति साहित्यिक त्रैमासिक पत्रिका पनि निकालेको र त्यसको कार्यकारी सम्पादक भई काम गरिरहेका छन् यसका अतिरिक्त विविध क्षेत्रमा आफ्नो सम्पादक व्यत्तित्व प्रदर्शन गरेका छन्, जुन यस प्रकार छन् ः
(क)  प्रलेश  (प्रगतिशील लेखक सङ्घको मुख पत्र) — सम्पादक ।
(ख)  नागार्जुन  साहित्य त्रैमासिक   — (गणतन्त्र कविता विशेषाङ्क) को अतिथि सम्पादक ।
(ग)  आलेखन  साहित्यक पत्रिका (नेपाल साहित्यिक पत्रकार सङ्घ) को मुखपत्रको      — सम्पादन ।
(घ)  विकल स्मारिका  (२०६८) (रमेश विकल साहित्य प्रतिष्ठान) मुखपत्रको           — सम्पादन ।
(ङ)  वेदना  साहित्यिक त्रैमासिकको       —  सम्पादक ।
(च)  विजय शब्द बिम्ब  पत्रिकाको   — सम्पादक ।
          माथि उल्लिखित कुराहरूबाट उनको सम्पादक व्यक्तित्व झल्किन्छ ।
२.१०.२ (ख) राजनीतिक व्यक्तित्व
मानव कुनै न कुनै विचारधाराबाट प्रभावित हुन्छ । सोहीबमोजिम कथाकार मातृका पोखरेल पनि कम्युनिष्ट विचारधाराबाट प्रभावित देखिन्छन् । उनी वि.स.२०४४ साल देखि उक्त विचारधाराबाट अगाडि बढ्दै विभिन्न ठाउँमा पार्टीगत उपस्थिति जनाउँदै वि. स. २०६० सालमा सम्पन्न प्रगतिशिल लेखक सङ्घको छैटौं राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्ष पदमा निर्वाचित तथा अन्य विभिन्न जिम्मेवारी बहन गर्दै कम्युनिष्ट विचार धाराअनुरूप हाल एकीकृत नेकपा (माओवादी) पार्टीसँंग सम्बद्ध भई आफ्नो जीवन अगाडि बढाइरहेका छन् । यसबाट उनमा राजनीतिक व्यक्तित्व पनि उत्तिकै रहेको बुझिन्छ ।
२.१०.२ (ग) जागिरे व्यक्तित्व
कथाकार मातृका पोखरेल जीवनयापनको लागि वि.स. २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरणमा करारमा नियुक्त भई वि.स. २०५५ देखि स्थायी नियुक्ति पाई हालसम्म वरिष्ठ सहायक पदमा कार्यरत छन् । 
२.११. कथाकार मातृका पोखरेलको जीवनी र कथालेखनबीचको सम्बन्ध ः–
कथाकार मातृका पोखरेलको जन्म उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स.४ अन्तर्गत पर्ने थामखर्क भन्ने ठाउँमा वि.स. २०२३ साल असार ९ गते भएको थियो । पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको जेठो सन्तानको रूपमा उनको जन्म भएको थियो । मातृका पोखरेलका ७ जना भाइ र ५ जना दिदीबहिनीहरू छन् । सरकारी विद्यालयबाट साउँ अक्षर श्रीगणेश गरेका पोखरेलले त्यही विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे र कक्षा ७ सम्म महेन्द्र रत्न नि.मा.वि. रूपाटारमा अध्ययन गरे भने कक्षा ८ पञ्चावती मा.वि. उदयपुरगढीबाट उत्तीर्ण गरी कक्षा ९ भानुभक्त मेमोरियल काठमाडांैबाट पास गरी कक्षा १० त्रिवेणी मा.वि. कटारी, उदयपुरबाट उत्तीर्ण गरेका हुन् । उनी पुनः अध्ययनको सिलसिलामा बिराटनगर गई त्यहाँको आदर्श बहुमुखी क्याम्पसबाट आई.ए. उत्तीर्ण गर्दै अझ अध्ययनलाई अगाडि बढाउन र आजीविकालाई सहज गर्न काठमाडांै आई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा बी.ए., बी.एड.र एम.ए. सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् ।
कर्मलाई आफ्नो भविष्य सम्झने कथाकार पोखरेल वि.स. २०४६ देखि विद्युतप्राधिकरणमा कार्यरत छन् । आफ्नो कार्यालय र त्यससँग सम्बन्धित आफ्नो जिम्मेवारीलाई तन, मन र वचनले दत्त चित्त भई पूरा गर्न लागिपरेका कथाकारले जीवनका तीतामीठा अनुभवहरूलाई कथामा प्रस्तुत गरेका छन् । उनले विशेषगरी “घाम झुल्किनु अघि” (२०६७) कथासङ्ग्रहमा माओवादी जनयुद्ध र यसका सकारात्मक नकारात्मक पक्षहरूलाई कथात्मक बान्कीमा प्रस्तुत गर्दै आन्दोलनका क्रममा आपूmले देखे भोगेका पीडाहरूलाई बढो यथार्थपरक ढङ्गले पस्किएका छन् । युद्धकालमा देशमा विभिन्न ठाउँहरूको भ्रमण गरी त्यहाँको स्थानीय परवेशम देखा परेका समस्याहरू मात्र नभई पार्टीभित्रको घुसखोरी, भ्रष्ट विचार धाराका मानिसहरूको राजनीतिक विचारधारा, तिनको असली व्यवहार आदिको पर्दाफास गर्न कथाकार खप्पिस देखिन्छन् ।
समाजसेवामा रमाउने मातृका पोखरेल आफ्ना लेख, रचना र साहित्यिक गोष्ठी, कार्यशाला आदिमा समाज रूपान्तरण, र आर्थिक संवृद्धिको मार्गमा मुलुकलाई डो¥याउनु पर्ने मत राख्दछन् । उनको परिवारमा एक श्रीमती अञ्जु न्यौपाने तथा एक छोरा प्रसुन पोखरेल रहेका छन् ।
कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनको घनिष्ठ सम्बन्ध रहेको छ । पोखरेल जीवनको अनुभूतिहरूलाई आफ्नो कथा शिल्पमा उतार्न रुचि राख्ने कथाकार हुन् । मूलतः कथा साहित्यमा बेग्लै चिनारी र स्थान बनाउँदै गएका पोखरेलले आफ्ना जीवन भोगाइका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । “घाम झुल्किनु अघि” अर्थात् उज्यालो हुनु पूर्व अन्धकारको आभाष दिने शव्दाबली हो । जसले यहाँ अन्धकारमय अवस्थामा के कस्ता घटना भयो अथवा जनआन्दोलनका क्रममा कसरी साधारण जनता जथाभावी बन्दी बनाइन्थे र सूर्यको लाली पृथ्वीमा देखा पर्नु अघि नै मृत्युवरण गर्न पुग्दथे भन्ने कटु यथार्थलाई देखाएको छ । माओवादी जनयुद्धका क्रममा भएका नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेशलाई कथाको आधार बिन्दु बनाएका छन् । पोखरेलका कथाहरू यथार्थवादी छन् । उनले राष्ट्रमा भएको घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृक्ति, राष्ट्रप्रति घट्दै गएको सदाशय सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्रप्रेमजस्ता भावना पोखरेलका कथामा मुखरित भएका छन् । पोखरेल सामाजिक यथार्थवादमा टेकेर कथा लेख्ने कथाकार हुन् । कथाकार पोखरेल जनयुद्धका समयमा देशका जुनजुन ठाउँमा पुग्दछन्, त्यहाँ भएका विकृति र विसङ्गतिलाई आफ्नो कथामा उतार्न रुचाउँछन् । मातृका पोखरेलको कथा लेखनको विजबिन्दु भन्नु उनमा रहेको नेपाल र नेपालीहरूप्रतिको अगाध माया नै हो । विकसित देशहरूमा भएका मानवीय व्यवहारबाट प्रभावित भएका कथाकार पोखरेल देशभक्ति, मानवीय जीवन, धनी र गरिब बीचको खाल्डो, युद्धरहित समाजको अपेक्षा, भ्रष्टाचार, घुसखोरीजस्ता प्रवृत्तिमाथि  कथाका माध्यमबाट तीव्र आक्रोश पोख्दछन् । पोखरेलले देशको जनयुद्धकालमा देखापरेका विविध समस्या, युद्ध आतङ्कले आहात जनसमुदाय, युद्धको विभीषिका र यसबाट आम मानिसमा छाएको जीवनप्रतिको निराशालाई कथाकारले कथाको स्रोत बनाएका छन् ।
कथाकार मातृका पोखरेलले जीवन भोगाइहरूलाई सामाजिक यथार्थमा टेकेर प्रगतिवादी कथाका सिर्जना गरेका छन् । कथाकार आफ्नो देशको जुन जुन ठाउँमा पुग्दछन् त्यस ठाउँको सामाजिक परिवेश, आर्थिक अवस्था, राजनीतिक अवस्थालाई कथामा उतारेका छन् । कथाकार जुन ठाउँमा पुग्दछन् त्यहाँ देखेका भोगेका जीवन शैली, मातृभूमिप्रतिको माया, प्रेममा बलिदान दिएको प्रसङ्ग आफ्नो कथामा समावेश गर्दछन् । यसरी मातृका पोखरेलले जीवनमा आपूmले देखेका, भोगेका, अनुभव गरेका घटनाहरूलाई कथामा उतारेकाले उनको जीवनीसँग कथा लेखनको नजिकको सम्बन्ध छ ।
२.१२  निष्कर्ष
कथाकार मातृका पोखरेलको जन्म उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स.वडा नं ४ मा पर्ने थामखर्क भन्ने गाउँमा वि.स. २०२३ साल असार ९ गते भएको थियो । पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको जेठो सन्तानका रूपमा उनको जन्म भएको थियो । मातृका पोखरेलका सातजना भाइ र पाँचजना दिदीबहिनीहरू छन् । सरकारी विद्यालयबाट साउँअक्षर सुरु गरेका पोखरेलले भानुभक्त मेमोरियल काठमाडौंबाट प्रवेशिका उत्तीर्ण गरेका हुन् । उनले बिराटनगरमा गई आदर्श बहुमुखी क्याम्पसबाट आई.ए. तथा पुनः काठमाडौं आई बी.ए., बी.एड. र एम.ए. सम्मको नेपाली विषयको औपचारिक अध्ययन पूरा गरेका छन् । साहित्य समाजको ऐना हो । वास्तवमा साहित्य के गर्ने भन्दा कसका लागि, कुन उद्देश्यका लागि, गर्ने भन्ने कुरा  महŒवपूर्ण हुन्छ । साहित्य केवल नामका लागि वा केवल कलाका लागि मात्र होइन समाजका लागि रचिन्छ । मातृका पोखरेल एक कर्मठ समाजवादी, इमानदार र राष्ट्रवादी व्यक्ति हुन् । उनले  नेपाली साहित्यमा कविता, कथा, गजलजस्ता कृतिहरू पाठकसामु पस्किसकेका छन् । कथाकार मातृका पोखरेल जीवन भोगाइका अनुभूतिहरूलाई आफ्नो लेखन शिल्पमा उतार्न रुचि राख्ने स्रष्टा हुन् । कथाकारलाई समाजमा कुरीति, अन्याय, अत्याचार, मान्छेमा बढ्दै गएको व्यक्तिवादी सोच र भ्रष्ट मानसिकताप्रति घोर आपत्ति छ । मूलतः मातृका पोखरेल यथार्थवादी साहित्यकार हुन् । यथार्थलाई पुष्टि गर्न कथाकार पोखरेलका कथामा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टाचार आदिजस्ता प्रकृतिहरू जुर्मुराएका छन् । नेपाली साहित्यमा उदाएका यी कथा सर्जकले केन्द्रमा मानवीय भावना, देशप्रेम, शान्तिको पक्षधरता र क्रान्तिको विरोध र प्रकृतिका सुपाच्य पक्षहरूलाई लेखन ठानेको प्रतित हुन्छ ।
परिच्छेद – तीन
कथाकार पोखरेलको कथायात्रा र मूल प्रवृत्ति
३.१ पोखरेलको कथायात्रा ः  
वि.स. २०४४ सालमा समीक्षा साप्ताहिकमा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा पाइला चालेका पोखरेल हाल आधुनिक नेपाली कथाको समसामयिक धारामा समाजवादी यथार्थवादी प्रवृत्तिलाई आत्मासात् गर्दै अगाडि बढिरहेका छन् । उनले कथाका क्षेत्रमा सर्बप्रथम हरियो बत्ती नामक कथा साथी साहित्यिक द्वैमासिक पत्रिकामा वि.स. २०५२ सालमा प्रकाशित गरी आफ्नो कथाकार व्यक्तित्वलाई पाठकसामु राखेको पाइन्छ । हालसम्म उनका सन्त्रस्त आँखाहरू    (२०६१) र घाम झुल्किनु अघि (२०६७)  गरी दुईओटा कथासङ्ग्रह प्रकाशित भई सकेका छन् । मूलतः पोखरेलका  कथा यात्रालाई उपर्युक्त दुई सङ्ग्रहलाई आधार मानी यसरी विभाजन गरिन्छ ः  
(क) प्रथम चरण ( वि.स. २०६१ – २०६६ )
(ख) द्वितीय चरण ( वि.स. २०६७ – हालसम्म )
३.१.१ प्रथम चरण ( वि.स. २०६१ – २०६६ ) ः 
कथाकार पोखरेलले कथा क्षेत्रमा आफ्नो उपस्थिति साथी साहित्यिक मासिक पत्रिकामा वि.स. २०५२ सालमा हरियो बत्ती लघुकथा प्रकाशित गरी आरम्भ गरेको देखिन्छ । यस पश्चात् उनले विभिन्न कालखण्डमा विभिन्न कथाहरू रचना गरेका छन् । उनले यसरी रचना गरेका कथाहरूलाई सङ्ग्रहका रूपमा वि. स. २०६१ सालमा सन्त्रस्त आँखाहरू नाममा प्रकाशित गरेका छन् । उनको यस सङ्ग्रहलाई आधार मानेर प्रथम चरण निर्धारण गरिएको छ । पोखरेलको यस सङ्ग्रहमा बाह्रओटा कथाहरू रहेका छन् । उनको प्रस्तुत सङ्ग्रहभित्रका कथाहरूमा हाम्रै देशका विभिन्न ठाउँ र समयमा घटेका घटनाहरूलाई कथात्मक वान्कीका माध्यमद्वारा पाठकसामु पस्किई समाजमा विद्यमान विकृति, विसङ्गति र कुव्यवस्थाका जालोलाई हटाई समुन्नत समाज निर्माणको दिशामा लाग्नु पर्ने भावहरू राखेको पाइन्छ । 
उनको यस सङ्ग्रहमा ‘एउटा नयाँ यात्रा’, ‘छोराको भाग्य’, ‘निर्णय’, ‘पश्चिमतिर’, ‘हरियो बत्ती’, ‘सन्त्रस्त आँखाहरू’, ‘अविश्वासको प्रस्ताव’, ‘चुनावको मौसम’, ‘फुटपाथ’, ‘म यसरी फर्किएँ’, ‘हुलिया’, ‘परिचित अभिनय’ रहेका छन् । पोखरेलका उपर्युक्त कथाहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्दा कथाहरूले  हाम्रो समाजका यथार्थ घटनाहरूलाई उठाएका छन् । ती कथामा नारीवादी चेतना, वर्गीय द्वन्द्व, राजनीतिज्ञहरूको झुठको खेतीको पर्दाफास, सर्बसाधारण जनताका पीडा, व्यथा र वेदनाका चित्कारहरूलाई जस्ताको त्यस्तै रूपमा उठाइएको पाइन्छ । समग्रमा पोखरेलको यस चरणको मूल प्रवृत्तिका रूपमा प्रगतिवादी, अस्तित्ववादी, विसङ्गतिवादी, नारी समस्या, रुढिवादी, ऐतिहासिक, मनोवैज्ञानिक, यथार्थवादी, स्वच्छन्दतावादी, आलोचनात्मक यथार्थवादी आदि रहेको देखिन्छ । पोखरलले समाजमा रहेका गरिब, निमुखा, निर्दोष, असाहय र दयनीय अवस्थामा आफ्नो जीवन बिताउनु परेको बाध्यता भएका व्यक्तिहरूको पक्षमा रहेर कथा लेखेका छन् । अन्ततः यसै समाजमा रहेका जीवन्त समस्यालाई जस्ताको त्यस्तै टिपेर कल्पनाको सहायताले कथात्मक तन्तुमा उनी सुन्दर, सहज र हृदयस्पर्शी कथाको रचना गर्न सफल समसामयिक धाराका समाजवादी यथार्थवादी कथाकारका रूपमा आफ्नो परिचय दिन उनी सफल छन् ।
३.१.२ द्वितीय चरण ( वि.स. २०६७ – हालसम्म )
वि.स. २०६७ सालमा  पन्ध्रओटा समसामयिक विषयवस्तुले ओतप्रोत कथाहरूको सङ्ग्रह घाम झुल्किनु अघि पोखरेलले आफ्नो कथायात्राको दोस्रो चरणको सुरुवात गरेका छन् । उनको प्रस्तुत सङ्ग्रहमा  आधारित भएर उनको यस चरणका प्रवृत्तिगत विशेषताहरू पहिल्याइएको छ । उनको यस सङ्ग्रहमा पनि समाजका जल्दाबल्दा विषयवस्तुलाई उठान गरिएको छ । विशेष गरी ए. नेकपा (माओवादी) को तथाकथित द्वन्द्व र यसबाट पीडित जनसमुदायका युद्धजन्य विभीषिका र यसको नकारात्मक पाटाहरूलाई उठाउँदै युद्धको विरोध र शान्तिको चहाना पाठकसामु पेश गर्नु नै यस सङ्ग्रहको मूल आशय देखिन्छ ।
कथाकार पोखरेलले जीवन भोगाइका क्रममा देखेभोगेका समस्याहरूलाई अर्थात् सामाजिक यथार्थमा टेकेर प्रगतिवादी कथाका रचनाको माध्यामबाट पाठकमा चेतनाका दीप बाल्ने प्रयत्न गरेका छन् । उनले यस चरणको घाम झुल्किनु अघि कथा सङ्ग्रहमा पन्ध्रओटा कथाहरू छन् । जसले नेपालको राजनीतिक क्रान्ति, सामाजिक अवस्थाभित्रका कुरीति, कुसंस्कार, विकृति, विसङ्गति आदिलाई देखाउँदै यसमा सुधारको अपेक्षा राखेको पाइन्छ । 
निश्कर्षमा पोखरेलले आफ्नो पुरानै कथा लेखनको धारालाई समातेर अघि बढेको पाइन्छ । उनको दोस्रो चरणका कथाहरूमा पनि  समाजका यथार्थ समस्याहरूका चित्रण पाइन्छ । जसले उनलाई समाजवादी यथार्थवादी कथाकारका रूपमा आधुनिक नेपाली कथाको समसामयिक धाराका एक हस्तीका रूपमा उभ्याएको छ । पोखरेलको यसै चरणमा कौशिक द्वैमासिक साहित्यिक (२०६८, अङ्क–२, पूर्णाङ्क–४८, वर्ष–११) मा उज्यालोको प्रतीक्षा, थवाङ हेर्ने रहर, मुक्तिनगर, बाढीको आवाज जस्ता चार कथाहरू प्रकाशित गरी आफ्नो यस क्षेत्रको सक्रियतालाई अगाडि बढाइरहेका छन् । उनले नेपाली कथाको समसामयिक धारालाई थप उचाईमा पु¥याउन आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरिरहेका छन् । उनका पछिल्ला उपर्युक्त कथाले पनि नेपाली समाजका कथाव्यथालाई जस्ताको त्यस्तै टिपेर समाजको यथार्थ चित्रण गरेकाले उनलाई समाजवादी यथार्थवादी धारामै कलम चलाउने कथाकार भनी उल्लेख गर्न सजिलो भएको छ ।  
३.२ पोखरेलको कथागत मूल प्रवृत्तिको अध्ययन   
कथाकार मातृका पोखरेल (२०२३) सामाजिक यथार्थवादी कथाकारका रूपमा उदाएका छन् । उनको कथासङ्ग्रह घाम झुल्किनु अघि (२०६७) भित्र पन्ध्रओटा कथाहरू रहेका छन् ।  मूलतः घाम झुल्किनु अघि का कथाहरूमा नेपालको ए. नेकपा माओवादी द्वन्द्वकालीन परिवेश, यसले सिर्जिएको युद्घजन्य कष्ट, आतङ्क, त्रासदीको प्रस्तुति  पाइन्छ । नेपालको ए. नेकपा माओवादी द्वन्द्वका समयमा कम्युनिष्ट भनाउँदाहरू, उनीहरूको द्वैध चरित्र, कुकृत्य तथा तात्कालीन समयमा नेपाली सेना र माओवादी छापामारको निरङ्कुशताका सिकार भएका नेपालीहरूको यथार्थ चित्रण यहाँ गरिएको छ । साथै नेपाली समाजमा देखिएका शोषक र शोषितवर्गको व्यथा, प्रथाका नाममा रहेको दाइजो जस्तो कुप्रथाको पीडा, समाजका ठालु भनाउँदाहरूले  गाउँलेहरूलाई दिने झुटो आश्वासनका कारण सहरमा आई भौतारिएका, ऋणमा डुबेका र अन्ततः बेरोजगारका सिकार भएका युवा पिँढीका बेदनाहरू, पञ्चायत कालीन सामान्तहरू आज पनि समाजका विभिन्न तह र तप्कामा रही आफ्नो धाक र रवाफ देखाउँदै गरेको यथार्थको चित्रण, सोझा इमान्दार, कर्मठ नेपालीहरूमा चेतनाको लहर आउदा हेपाहा र पेलाहा प्रवृत्तिको अन्त्य हुने भावका साथै पैसाका पछि दगुर्ने आजका मानिसको धन लोलुपतालाई यस सङ्ग्रहका कथाहरूले जस्ताको त्यस्तै चित्रण गरेका छन् । समग्रमा कथाकार  मातृका पोखरेल यथार्थवादी कथाकार हुन् । उनका कथाहरूमा यथार्थवादी भित्रका मानवतावाद, देशप्रेम, प्रकृतिचित्रण, समाजिक, साँस्कृतिक पक्षको स्वभविक चित्रण जस्ता पक्षहरू जुर्मुराएका छन् ।  घाम झुल्किनु अघि  कथासङ्ग्रहभित्र विभिन्न वाद र सिद्धान्तका विविध पक्षहरू रहेकाले पोखरेलको यस कथासङ्ग्रहको अध्ययन विश्लेषण पछि उनको कथाका प्रवृत्तिगत विशेषताहरू निम्नलिखित रूपमा निक्र्यौल गर्न सकिन्छ ः
३.२.१   सामाजिक यथार्थवादी कथाकार 
कथाकर मातृका पोखरेलले आफ्ना धेरै जसो कथाको विषयवस्तु समाजबाट टिप्ने गरेका छन् । खासगरी उनका कथाहरूमा गाउँले जीवनमा आई पर्ने वर्गीय असमानता, समस्या, त्यसको सिर्जना गरेको गरिबी, पीडा, चित्कारलाई कथामा जस्ताको त्यस्तै प्रस्तुत गरेका छन् । यसका साथै पोखरेलका कथाहरूमा सहरिया परिवेशमा देखिएका विकृति, विसङ्गति र आडम्बरलाई पनि कथामा यथार्थ रूपमा प्रस्तुत गरेका छन् । सामाजिक यथार्थतालाई नसमेटिएका कुनै कथा पनि मातृका पोखरेलको छैनन् । युगीन परिवेश, मानवीय सङ्कट, राजनैतिक विकृति, आर्थिक असमानता, शोषण, अन्याय, अत्याचार, आडम्बर, नारी शोषणजस्ता यथार्थतालाई समेटेका पोखरेलका मूल प्रवृत्ति सामाजिक यथार्थवाद हो । उनका मौन सङ्केत, निधो, खालीठाउँ, घोडाको गन्ध, देवीदत्तको चिन्ता, मुक्ति, कालो चस्मा र खाडल जस्ता घाम झुल्किनु अघि कथासङ्ग्रहका कथाले सामाजिक यथार्थलाई उद्घाटन गरेका छन् । उनको मौन सङ्केत कथामा समाजका शोषकवर्गले सर्वसाधारण, इमान्दार नेपालीहरूलाई आफ्नोमा काम लगाउने तर मानवीय संवेदना पटक्कै नदेखाउने हाम्रै समाजका धनाढ्यहरूको कटु सत्यको उद्घाटन 
छ । “कामै गर्न छोडेर किन हुलै कसेर आको ? निद्राबाट भर्खर उठेको मुखाकृत बोकेर साहुले बाहिर एकाएक उनीहरूलाई झम्ट्यो” (मौन सङ्केत पृ.२५) । यसरी मृत्यु शैंयामा पुगेको साथीलाई औषधी गर्न पैसा नहुदा साहुकहाँ सहयोगकालागी पुग्दा झर्की र फर्की खेप्ने कामदारको यथार्थ चित्रण यहाँ छ । त्यस्तै निधो कथाले हाम्रो समाजमा प्रथाको रूपमा रहेको दाइजोको कारण पीडित निम्नवर्गीय समाजको यथार्थ चित्रण पाइन्छ भने खालीठाउँ कथामा गाउँमा ठूला ठूला आश्वासन दिने र पद तथा पैसा कमाउने अनि गाउँलेलाई आवश्यक पर्दाचाहिँ विभिन्न बाहानामा उम्कने ठालुहरूको यथार्थाङ्कन गरिएको छ । घोडाको गन्ध कथामा गाउँमा सामान्ती प्रवृत्तिका मानिसको बोलबाला रहेको र उनीहरूको कुकृत्यप्रति आजित भएर जनता जागेका कारण त्यस्ता भ्रष्ट सामान्तिको पत्तासाफ भएको झलक पाइन्छ । खाडल कथामा नेपालको वर्तमानका पिँढीहरूमा मौलाउँदै गएको धनप्रतिको मोहलाई ज्यादै राम्रोसँग उठाइएको छ ।  त्यस्तै कालो चस्मा कथामा पनि इज्जत र प्रतिष्ठापूर्वक बाँच्नलाई पनि निरीहता होइन धाक र रवाफको आवश्यकता पर्दछ, धेरै सोझो मानिसको काम छैन् भन्ने यथार्थको प्रस्तुति पाइन्छ । देवीदत्तको चिन्ता कथामा पनि हाम्रै समाजको अभिभावकवर्गको आफ्ना सन्ततीप्रतिको सचेतताले सिर्जिएको चिन्ताको यथार्थको प्रस्तुति छ । यसका साथै यस सङ्ग्रहका अन्य प्रायः सबै कथामा ए. नेकपा माओवादी द्वन्द्वकालीन परिवेश र त्यसताका नेपाली समाजले भोगेका तीता मीठा अनुभवलाई उठाइएको छ ।
समग्रमा भन्नुपर्दा पोखरेलका कुनै पनि कथा सामाजिक विषयवस्तु भन्दा पर पुगेका छैनन् । समाजमा देखिएका समस्या, विकृति, विसङ्गति, आडम्बर, अन्याय, अत्याचार, शोषण, दमनजस्ता कुरालाई छोएर नै पोखरेलले कथा लेख्ने गर्दछन् ।
३.२.२  आलोचनात्मक यथार्थवादी कथाकार 
कथाकार मातृका पोखरेलको अर्को महŒवपूर्ण प्रवृत्ति आलोचनात्मक यथार्थवादी पनि हो । समाजमा देखिने युवा विकृति, आडम्बर, नारी विकृति, शोषण, अन्याय, अत्याचार, छाडा प्रवृत्ति, द्वन्द्वको पीडा जस्ता पक्षहरूमा पोखरेलले कथामार्पmत आलोचना व्यक्त गरेका छन् । समाजमा देखिएका विकृति, विसङ्गतिलाई यथार्थ रूपमा चित्रण गरेर त्यसमा आलोचना गर्दै सुधारको सन्देश पोखरेलले आफ्ना कथामा दिएका छन् । सामाजिक कुसंस्कारका रूपमा रहेको रुढिवादी प्रथा, आडम्बर आदिलाई कथाकारले आलोचना गरेका छन् । सामाजिक यथार्थलाई समेटेका धेरै कथाहरूमा आलोचनात्मक यथार्थवाद मिसिएर आएको छ । उनको कथामा ए. नेकपा माओवादीको युद्धकालीन परिवेश र त्यसबाट पीडित सामाजिक परिपाटीको आलोचना गरिएको छ । उनको घाम झुल्किनु अघि कथासङ्ग्रहका निधो कथामा सामाजिक कुसंस्कारको विरोध गरिएको छ भने मौन सङ्केत, मुक्ति, खालीठाउँ, घोडाको गन्ध, देवीदत्तको चिन्ता, कालो चस्मा, र खाडल जस्ता कथामा सामाजिक जीवनमा देखिएका विकृति, विसङ्गति, रुढिवादी प्रवृत्ति, आर्थिक असमानता, स्वार्थी, धनलोलुपता लुच्याइँ, फटाइँ जस्ता समस्यालाई आलोचनात्मक रूपमा प्रस्तुत गरिएको छ ।  कमरेड पाताल, घाम झुल्किनु अघि, अँध्यारो गाउँ, बाध्यता, सपनाहरूको खोजी, भत्किएको घरनेर जस्ता कथाहरूमा नेपालको विशिष्ट कालखण्डमा ए. नेकपा माओवादीको नेतृत्वमा मुलुकमा सञ्चालित युद्धको प्रक्रिया, प्राप्ति, त्यसका भोक्ता र कर्ता अनि त्यो कालमा राज्य पक्षबाट भएका क्रुर ज्यादती र विद्रोही पक्षबाट भएका विसङ्गत पक्षहरूलाई समेत कथाकारले आलोचनात्मक रूपमा उठाएका छन् । मान्छेको सामाजिक जीवन भोगाइ, उत्तर आधुनिक उपभोक्तावादी संस्कृतिको धराप र यसमा फसेर पैसाका लागि निकृष्ट कर्मसमेत गर्न मान्छे पछि पर्दैन् भन्ने कटु यथार्थ यस सङ्ग्रहका कथामा पाइन्छ । त्यसै गरी शाही सङ्कट कालमा हुने गरेको शाही सैनिक ज्यादतीको मर्मस्पर्शी चित्रण पनि यहाँ पाइन्छ । साथै माओवादी अतिवादिताका कारण कचियाले रेटेर मृत्युदण्ड दिइएको विभत्स पक्षको चित्रण पनि यहाँ उल्लेख छ ।
समग्रमा घाम झुल्किनु अघि सङ्ग्रहभित्रका कथामा सामाजिक व्यवस्था र युगीन परिवेशमा देखिएका विकृति, विसङ्गति, युद्ध, आतङ्क, अन्याय, अत्याचर, शोषण, दमन, शैक्षिक बेराजगार, मानवीय शून्यता, राजनीतिक फोहारी प्रतिस्पर्धाजस्ता खराब पक्षहरूको आलोचना गरिएको छ । समाजका यावत् समस्याहरूमा आलोचनात्मक यथार्थवादी दृष्टिकोण राखी लेखकले आफ्ना कथामा उत्कृष्टता थपेका छन् ।
३.२.३ प्रगतिवादी कथाकार 
समाजमा विद्यमान आर्थिक विषमतालाई मुख्य विषयवस्तुका रूपमा ग्रहण गरेर कथा लेख्ने पोखरेल प्रगतिवादी कथाकार पनि हुन् । उच्चवर्गद्वारा निम्नवर्गमाथि हुने शोषण, अन्याय, अत्याचारप्रति उनले कथामार्फत् विरोधको स्वर उरालेका छन् । समाजका कुप्रथाहरूको विरोध गर्नु र निम्नवर्गका मान्छेलाई माथि उठ्न उक्साउनु उनको प्रवृत्ति हो । उनले समाजमा नारीमाथि पुरुषले गर्ने शोषणलाई निकै राम्रोसँग देखाएका छन् । ग्रामीण जीवनमा व्यप्त कुरीति, कुसंस्कार र वर्गीय सोचलाई चिर्दै समानता र स्वतन्त्रताका पक्षमा कथामार्फत आवाज उठाएका हुनाले उनी प्रगतिवादी कथाकार हुन् । उनले कथामा प्रगतिवादी विभिन्न कोणबाट अगाडि सारेका छन् । उनको निधो कथामा सांस्कृतिक रूपमा अघि बढेको कुप्रथाको चर्चा छ भने मौन सङ्केत, घोडाको गन्ध, धुवाँ, देवीदत्तको चिन्ता आदि कथाहरूले सामन्ति प्रवृत्तिका मानिसहरूको कुशासनका कारण पीडित निम्नवर्गीय समाजको कारुणिक अवस्थाको चित्रण गर्दै वर्गसङ्घर्ष गर्नुपर्ने र निम्नवर्गका मानिसहरू एकजुट भई सामन्तिका पर्खालहरू ढाल्नुपर्छ भन्ने प्रगतिवादी स्वरलाई कतै स्थापित नै गरेर छाडेका छन् त कतै यसो उठाएर मात्र छाडेका छन् । प्रगतिवादी विचारलाई स्थापित नै गरेका धुवाँ, घोडाको गन्ध, कथा मुख्य छन् । त्यसैगरी उठाएर मात्र छाडेका कथामा मौन सङ्केत, देवीदत्तको चिन्ता मुख्य छन् । पोखरेल युगीन सन्दर्भ र समकालीन पीडाका अन्र्तद्रष्टाका रूपमा समेत देखा परेका छन् । यसैले उनी कतै जीवनबारे गम्भीर रूपमा चिन्तन गर्छन् कतै विभिन्न अवस्थाका मानिसहरूको मनोलोकभित्र विचरण गर्दछन् भने कतै समसामायिक रुग्ण राजनैतिक वातावरणले उब्जाएका मानवीय सङ्कटप्रति वितृष्ण प्रकट गर्दछन् । ए.नेकपा माओवादीको कथित जनयुद्धको पीडाले व्यथित नेपालीहरूको यथार्थ चित्रण पनि उनका कथामा पाइन्छ । त्यसैगरी सहरिया जीवनको तडकभडक भित्र पनि उनी अनेक विडम्बना र विसङ्गतिहरू देख्दछन् । उनका खाडल,  कमरेड पाताल, आदि कथामा यस्ता प्रवृत्ति पाइन्छ ।
यसरी समसामायिक युगीन यथार्थलाई आफ्ना कथामा टिप्ने पोखरेलले आफ्ना कथामा वर्तमान अवस्थामा देखिएका युवा विकृति, सहरिया परिवेशमा विकसित आडम्बरी प्रवृत्ति, धनलोलुपता, सभ्रान्त वर्गमा देखिएको मूल्यह्रास, कम्युनिष्ट आन्दोलनका नाममा भएका आन्दोलनको सकारात्मक र नकारात्मक पक्षहरू, राजनीतिक सङ्कट, भ्रष्टाचार, दुराचार आदि कुरालाई देखाएका छन् । बढ्दो शैक्षिक बेरोजगार, दाइजो प्रथाको पीडा, कम्युनिष्ट आन्दोलनका नाममा भएका विसङ्गति आदिलाई पनि उनका कथाले कही न कही कुनै न कुनै रूपमा युगीन समस्याहरूलाई छोएका छन् ।
३.२.४ मानवतावादी कथाकार
कविता लेखनबाट कथातिर हात हालेकका मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) सङ्ग्रहका कथामा ए. नेकपा माआवादी युद्धबाट पीडित अनेक मानवीय वा मानवतावादी पक्षहरू उजागर भएका छन् । मानवतावादी संवेदनाले भरिएका सामाजिक यथार्थमा टेकेर वर्तमान युगका मानवजातिले निम्त्याएका हत्या, हिंसा, युद्ध आतङ्क, संस्कृतिमा भएका विसङ्गतिहरू, माया, पे्रम र प्रणय, दानवीय प्रवृत्तिले निम्त्याएका विस्थापितहरूको पीडा कथामा समेटिएको छ । आज हाम्रो देश संवेदनाहीन भइसकेको छ । हामीलाई कुनै पनि किसिमको घटना, समाचार वा दृश्यले छुन छाडेको छ । हाम्रै सामु एउटा मानिस कुनै व्यक्ति वा समूहको गोलीले भुटिन्छ, कचियाले रेटेर मारिन्छ, कयौं बालबालिका बाबु आमा विहीन छन्, एउटी नारी, एउटी युवती यौन पिपाषुहरूको तृष्णा मेटाइ दिने साधन बन्न विवश छे, दाइजोका कारण सम्पत्तिको मोल नमिलेर यहाँ विवाह रोकिन्छ, मानिसहरूलाई विना पैसा पशुसरह काम लगाइन्छ । शोषण गरिन्छ, खर्चको अभावमा उनीहरू मृत्यु वरण गर्न पुग्छन्, धन सम्पत्तिलाई नाता सम्बन्धभन्दा सयांै गुणा टाढा सम्झने र अमानवीय प्रवृत्तिमा लीन मानिसको घुइचो बढेको छ , यी र यस्ता कयांै घटना देख्दा पनि हाम्रो मस्तिष्क आन्दोलित हुँदैन् । हाम्रो मुटुमा संवेदना जाग्दैन्, मानौ केही नहुने कुरा भएको छैन्, कुनै देख्नै नसकिने कुरा देखिएकै छैन भन्दै मानवतावादी भावनाको टड्कारो आवाज प्रस्तुत गरेका छन् पोखरेलले । हामी मानिस, मानिस नरहेर ढुङ्गो, मुढो जस्तो जड भइसकेका छाँै । त्यसैले केही दशक अघिसम्म एउटा फट्याङ्ग्रो मर्दा वा एउटा व्याधाले गुलेलीले सानो चरा मार्दा कहालिने हाम्रो मुटु भटाभट आखाँ सामु मान्छेको लास गिर्दा, रगतको खोलो बग्दा पनि किञ्चित हाल्लिदैन् किनभने प्राणीको कष्ट पीडा माथि संवेद्य हुन मान्छेको मुटु चाहिन्छ, आजका मानिस भित्रको मानवीय मुटु मरिसकेको छ । त्यसैले आफ्नोबाहेक अरु कसैको पनि पीडा, व्यथा, र वेदनाले हाम्रो संवेदनालाई उकास्न सक्दैन । पोखरेलले यस सङ्ग्रहका प्रायः सबै कथाहरूमा मानवतावादी दृष्टिकोण अघि बढाएका छन् । अझ सङ्ग्रहको प्रतिनिधि कथा घाम झुल्किनु अघि कथामा मानवीय जिजीविषाको तीव्र उठान गरिएको छ तर क्रुर र दानवीय हृदयका मानिसहरूले बाँच्न नदिएको र विभत्स हत्याको चित्रण छ ।
समग्रमा हाम्रो समाजमा कथित युद्धले निम्त्याएका मानवीय जीवनका अप्ठ्याराहरू, बढ्दो अराजक, हिंसा, हत्या र लुटको प्रवृत्तिले गर्दा मानतावाद नै हराइ सकेको अवस्थामा छ । यसैले हामीमा मानिसको मुटु मरेर हिंस्रक पशुको दाह्रा पलाउन थालेको छ । अब कही हामीमा मरिसकेको मानवतावादी भावना जगाउनका लागि बाँकी छ भने त्यो हो कला वा साहित्य र यसका संवाहक भनेका कलाकर्मी वा साहित्यकर्मी नै हुन सक्छन् भन्दै आफ्ना कथाका माध्यमबाट मानवतावादी भावनाको टड्कारो खाँचो पोखरेलले आंैल्याएका छन् । अन्ततः उनले यस  सङ्ग्रहका कथाहरू मार्फत युद्ध आतङ्कले मानवीय जीवन खतरामा परेको उल्लेख गर्दै मानिसले मानिसलाई मानिसकै रूपमा हेरेर मानवीय व्यवहार गर्नु पर्दछ भन्ने मानवतावादी धारणा राखेका छन् ।
३.२.५  देशप्रेमी कथाकार
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहमा १५ वटा कथाहरू रहेका छन् । धेरै कथाहरूमा युद्धको परिणति र मानवीय संवेदनको सूक्ष्म विश्लेषण गरिएको छ । कथामा राष्ट्रियता, प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान भएका छन् । कथामा अन्य पक्षलाई ओझेल पारेर राष्ट्रियताको भाव पस्किएको छ । यस सङ्ग्रहका प्रायः सबै कथामा पोखरेलले देशप्रेमलाई महŒव दिएका छन् । “नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको सांस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय बनाएन । केवल सक्रियता र वाक्पटुकताको भरमा मानिसहरू नेतृत्व तहमा पुग्न थाले” (कमरेड पाताल, पृः६) । देशमा भएको नयाँ क्रान्तिमा पनि समाज सुधारका लक्षण नदेख्दा कथाकार देशको भविष्यप्रति निराश बन्छन् । त्यस्तै देशमा माओवादी द्वन्द्वको चपेटामा पिल्सिएका निमुखा जनताहरूको व्यथा र वेदनाले देश रोइ रहेको छ भन्दै कथाकारले विभिन्न परिवेशबाट ग्रसित नेपाली समाजको चित्रण गर्दै त्यस्ता युद्धले देशलाई अधोगतितिर डो¥याउने र पतनोन्मुख बनाउने उल्लेख गर्दै युद्धको विरोध र शान्तिको पक्षमा वकालत गरेका छन् । “मेरो जेठो छोरालाई शाही सेनाले पक्रेर हिजो राति यही बाटो लयाएका थिए । बिहानै बन्दुक पड्किएको आवाजले हाम्रो मनमा चिसो पस्यो नानी” –बाध्यता, पृ,४५) । समाजका सामान्तिहरूले नेपाली समाजलाई जुम्राले रगत चुसेभैmँ आफ्नो वर्चस्व कायम गरेका र अब जनतामा चेतनाको दीप बल्न थालेको छ, सहेर बस्नु हँुदैन, सबै एक जुट भएर सबैखाले निरङ्कुशताको विरुद्ध धावा बोल्दै समृद्ध नेपालको निर्माण गर्नु पर्छ भन्ने देशप्रेमको भावना उनको “आन्दोलन चर्के पछि त काजीसाहेबले मुखै देखाएनन् नि गाठे !” (घोडाको गन्ध, पृ.५७) बाट पनि स्पष्ट हुन्छ । यसरी जनताको अगाडि जस्तोसुकै तानाशाहको केही पाइन नचल्ने बताउँदै जनता नै विकास निर्माणको मूल स्तम्भ भएको उनले बताएका छन् ।
उनका कथाहरूमा हाम्रो समाजका विभिन्न समस्याहरूको चित्रण छन् । मूलतः देशमा अमन चयन र शान्ति, सुरक्षाको प्रत्याभूति हुनु पर्ने, युद्धले कसैको पनि हित नगर्ने भएकोले युद्धको अन्त्य र शान्ति, समुन्नतिको चाहाना उनले राखेको पाइन्छ । नेपालको ग्रामीण समाजका कुरीति, कुसंस्कार, अन्धपरम्परादेखि सहरिया वातावरणको आडम्बर, धनको लालसा, मानवीय मूल्यको ह्रास, विकृति, विसङ्गति, नारी समस्या, बेरोजगारी तथा कथित जनयुद्ध र नयाँ नेपाल निर्माणका लागि भनिएको ए. नेकपा माओवादीको सशस्त्र द्वन्द्वले सिङ्गो नेपाल र सम्पूर्ण नेपालीहरूको भविष्य अन्योलपूर्ण भएको छ। उनीहरूको कम्युनिष्ट नारा मात्र भएको र व्यवहारमा त्यसले मूर्त रूप लिन नसकेको हुँदा समयमै त्यसप्रति सचेत भएर नेपालको छविलाई विश्वसामु उजिल्याउने काम गर्नु पर्छ भन्ने अभिमत उनका यस सङ्ग्रहका कथाहरूमा पाइन्छ । 
अन्त्यमा पोखरेलको घाम झुल्किनु अघि कथासङ्ग्रहका सबै कथाहरूमा देशप्रेमको भाव कुनै न कुनै रूपमा रहेको छ । देशमा देखिएका विभिन्न समस्याका उद्घाटन गर्दै त्यसप्रति साङ्केतिक रूपमै भए पनि सुधारको सन्देश दिँदै उनले आपूmभित्र रहेको देश प्रेमको भावना सुन्दर, शान्त, समृद्ध र विशाल नेपालको चाहना राखेका छन् । तसर्थ उनको एक विशेषता देशप्रेमको प्रस्तुित दिने देशप्रेमी  कथाकार पनि हुन भन्न सकिन्छ । 
३.२.६ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति
कथाकार मातृका पोखरेल सरल भाषाशैलीको प्रयोग गर्ने कथाकार हुन् । कथा साहित्यिक अभिव्यक्तिको सबैभन्दा सरल र प्रभावकारी माध्याम हो भन्ने धारणा राख्ने कथाकार पोखरेलले आफ्ना सबै कथामा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरेका छन् । सबै कथाहरू शिल्प र शैलीको नवीनतम प्रयोग र प्रस्तुतिका हिसाबले स्मरणीय रहेका छन् । उनका कथाहरूले आधुनिक जीवन शैलीमा भित्रिएका आडम्बरी र घट्दो मानवीय चरित्रमाथि मर्मस्पर्शी तबरले गहिरो प्रहार गरेका छन् । मुक्ति, मौन सङ्केत, निधो, खाडल आदिजस्ता कथामा ठेट नेपाली शब्दहरूको प्रयोग गरी कथालाई रोचक तथा प्रभावकारी बनाइएको छ । कालो चस्मा, खाली ठाउँ, जस्ता कथामा अलि बढी आगन्तुक शब्दहरूको प्रयोग गरी रोचक बनाइएको छ । यस सङ्ग्रहका प्रायः सबै कथाहरूमा आगन्तुक, तत्सम् शब्दहरूको प्रयोग कम भएकाले कथाहरू सरल छन् जटिल छैनन् । उखान टुक्का, निपात शब्दहरूको कम प्रयोगले पनि कथाहरू जटिल छैनन् । यसै गरी नेपाली समाजको सामाजिक धार्मिक र स्थानीय परिवेशअनुसारका पात्र र उनीहरूको भाषा चयनले कथाका उचाई बढाएको छ । कमरेड पाताल, घोडाको गन्ध, कालो चस्मा, खाडल कथाहरूको शीर्षक प्रतिकात्मक भए पनि जटिल छैनन्, बरु प्रभावकारी रूपमा कथाहरूले मानवीय प्रेमको गीत गाइरहेका छन् । युद्धको विरोध र शान्तिको आह्वान गरिरहेका छन् । कथाहरू पढ्दै जादा शीर्षक र कथावस्तु बुझ्न कठिन पर्दैन, त्यसैले कथाहरूको शीर्षक प्रतिकात्मक भए पनि कथा पढिसक्दा छर्लङ्ग बुझिन्छ र कथा सरल जस्तो लाग्छ । धुवाँ, घाम झुल्किनु अघि, बाध्यता, अँध्यारो गाउँ, खाली ठाउँ, सपनाको खोजी, देवीदत्तको चिन्ता आदिजस्ता कथाका शीर्षक र कथावस्तु बीच सोझो साम्य सम्बन्ध रहेको हुनाले बुझ्न कठिन छैन् । कथामा प्रकृतिको शब्द चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिनुका साथै छोटो र सरल वाक्यहरूको प्राधान्य रहेको छ  । 
यसरी कथाकार मातृका पोखरेलका सबै कथाहरू सरल, सहज, सुबोध, सुललित रहेका छन् । कथाहरूमा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा कथाकार सकेसम्म सम्प्रेषणीय भाषाको र सरल शैलीको प्रयोग गरेका छन् । जसबाट उनको कथाहरू पाठकवर्गहरूले सजिलै बुझ्न सक्दछन् । दुर्बोध्य, क्लिष्ट तथा जटिल पद, पदावली, उपवाक्य, र वाक्यहरूको कतै प्रयोग पाइन्न । अन्त्यमा कथाकार पोखरेलका कथाहरूले वहन गरेका विशेषताका आधारमा पोखरेल सरल, सहज र सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति दिने कथाकार हुन भन्न सकिन्छ । 
३.३ निष्कर्ष
यसरी नेपालको ए. नेकपा माओवादी द्वन्द्वको समय र यसको आसपासमा भएको यथार्थ घटनाहरूलाई कल्पनाको सहारामा कथात्मक स्वरूपमा ढालेर समाजका तीता मीठा रहस्यहरूको उद्घाटन गर्नु नै कथाकार पोखरेलको यस सङ्ग्रहको मूल अभीष्ट रहेको देखिन्छ । मानवीय संवेदनाले ओतप्रोत कथाकार पोखरेल आफ्ना पिँढी समकालीन माझ बेग्लै परिचय स्थापित गर्न अग्रसर 
देखिन्छन् । यस  सङ्ग्रहमा कथात्मक बान्कीले कँुदिएका, माझिएका र भिन्न स्वादका कथा प्रस्तुत गर्न सक्नु कथाकार पोखरेल आफ्ना लेखनमा परिपक्क हुनु हो । कथामा मानवीय पीडाको बोध, युगबोध, नेपाली समाजको यावत समस्याको बोध पनि छ । कथामा प्रेम र पीडाको विषयवस्तु एकैसाथ उठान गरिएको छ । उनले जीवन भोगाईका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । कथाहरूमा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टचार, सामन्तीहरूको दुव्र्यवहार, कुरीतिजस्ता प्रवृत्तिहरू जुर्मुराएका छन्। पोखरेलले हाम्रो समाजमा बढ्दो द्वन्द्व, अराजकता, हिंसा, हत्या, यौन शोषण र लुटका प्रवृत्तिले गर्दा मानवतावाद नै हराइ सकेको अवस्था छ भनेर देखाएका  छन् । यसका साथै द्वन्द्वको विभत्स घटना र त्यसका सत् असत् पक्षहरूको चित्रण गर्दै शान्तिको अभाव रहेको बताएका छन् । आजका मानिसमा मानवता हराएको हुँदा त्यस्ता भावना जगाउन बाँकी रहेको बताउँदै साहित्य वा कला नै त्यसको माध्यम हुन सक्ने विचार राख्दै साहित्यकर्मी वा कलाकर्मी नै त्यस भावनाको संवाहक हुन सक्छन् भनी कथाकारले आंैल्याएका छन् । मुलुकमा बढ्दो द्वन्द्व, बेरोजगारी, अशिक्षा, गरिबी, भ्रष्टचार, कम्युनिष्ट आन्दोलनका नाममा भएका घुसखोरी, प्रवृत्तिप्रति तीव्र रोष प्रकट गरेका छन् । उनले नेपालको सामाजिक, आर्थिक, राजनितिक, प्रशासनिक, सांस्कृतिक पक्षहरूमा भएका विकृतिप्रति गहिरो चिन्ता प्रकट  गरेका छन् । युद्धका चपेटामा पिल्सिएका, सामन्तीहरूको कुकृत्यबाट विस्थापितहरूको पीडाका स्वरहरू सुसेल्दै सुधारको अपेक्षा पनि उनले राखेका छन् । युद्धले सोत्तर बनाएका उजाड बस्ती, अनि मृत्यु रजाइँ गरिरहेको बस्तीमा द्वन्द्वका कारण पीडित बनेकाहरूको कारुणिकताहरूको चित्रण कथामा प्रस्तुत गर्ने क्रममा गाउँ र सहर दुबै परिवेशका प्रवृत्तिको चित्रण पनि सुन्दर ढङ्गले गरेका छन् । कथाहरूमा सरल, सहज तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । सबै कथाहरू सरल, सहज र सुबोध रहेका छन् । हाम्रो समाजमा देखिएका विसङ्गत पक्षहरूको उद्घाटन गर्न सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, मानवतावाद, देशप्रेमजस्ता भावनाहरू मुखतिर गर्दै देश र समाज विकासमा आफ्ना साहित्य हर्दम तयार रहेका भाव पस्किएका छन् ।

परिच्छेद – चार
कथा तत्वका आधारमा ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कथाका विश्लेषण
४.०  विषय प्रवेश
आधुनिक नेपाली कथामा पाइने संरचक तत्वका आधारमा कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहका सबै कथाहरूको व्याख्या र विश्लेषण गरिएको छ ।
४.१ कथाका तत्वहरू
कथाको परिभाषा बारे मतैक्य नभए जस्तै कथाका तत्वहरूका सम्बन्धमा पनि कथाकार र समालोचकहरू बीचमा मतैक्य पाइँदैन् । कथाकातत्वहरूका बारेमा सर्वमान्य मान्यताको विकास नभए तापनि निश्चित संरचना, शैली, उद्देश्यका कारणले कथाका आधारभूत तत्वहरू निर्धारण गरिएका छन् । यस सम्बन्धमा दयाराम श्रेष्ठद्वारा सम्पादित नेलाली कथा भाग ४ कृतिमा कथावस्तु, पात्र वा चरित्रचित्रण, संवाद वा कथोपकथन, देश, काल, वातावरण भाषाशैली र उद्देश्यलाई कथाका तत्वका रूपमा उल्लेख गरिएको छ । कथा तत्वका सम्बन्धमा हरिप्रसाद शर्माले कथाको सिद्धान्त र विवेचना नामक कृतिमा कथानक अथवा कथावस्तु, कथापात्र र दृष्टिकोण, कथा परिवेश, संवाद वा कथोपकथन, कथाको उद्देश्य र शैली संरचनालाई कथाका तत्व भनी प्रकाश पारेका छन् । ईश्वर बरालद्वारा सम्पादित झ्यालबाट कृतिमा कथानक, क्रियाकलाप, चरित्र, घटना, सङ्घर्ष, परिवेश, कौतूहलता, चरमोत्कर्ष र प्रभान्वितिलाई कथाका उपकरण वा तत्वका रूपमा लिइएको छ । त्यस्तै केशवप्रसाद उपाध्यायले साहित्य प्रकाश नामक पुस्तकमा कथाका प्रमुख तत्वका रूपमा कथानाक, चरित्र, देश, काल, विचार, कौतूहल, संवाद, शैली र उद्देश्यलाई लिएका छन् । कथा तŒवको विश्लेषण गर्ने क्रममा मोहनराज शर्माले कथाको विकास प्रक्रिया नामक कृतिमा कथानक, चरित्र वा पात्र, परिवेश, विषयसूत्र, भाषशैली, उद्देश्य र दृष्टिबिन्दुलाई कथाका उपकरण भनी उल्लेख गरेका छन् ।
कथाका तत्ववका बारेमा विभिन्न विद्वान समालोचकहरूले प्रस्तुत गरेका अवधारणाहरूलाई अझ वैज्ञानिक व्यवस्थापनका लागि दयाराम श्रेष्ठले नेपाली कथा भाग ४ नामक कृतिमा गरेको नयाँ समालोचनाअनुसार कथाको शरीर रचना अथवा रचना विधानलाई संरचना र रूपविन्यास गरी दुई खण्डमा विभाजित गरेका छन् । संरचनाअन्तर्गत कथामा पाइने मुख्य–मुख्य घटकहरू कथावस्तु, पात्र, दृष्टिबिन्दु र सारवस्तुलाई राखेका छन् भने रूपविन्यासअन्तर्गत कथाका सूक्ष्म तत्वहरू पदविन्यास, विम्ब विधान, व्यङ्ग्य, प्रतिक विधान, तुलना (उपमा, प्राक्सन्दर्भ आदि) शीर्षक पर्दछन्, (श्रेष्ठ, २०६० ः ९) । त्यसैगरी मोहन हिमांशु थापाको साहित्यपरिचय नामक पुस्तकमा कथावस्तु, पात्र, संवाद, भाषाशैली, वातावरण र उद्देश्यलाई कथाका तत्वका रूपमा चर्चा गरिएको छ ।
यसरी नेपाली साहित्यको अध्ययन गर्ने व्यक्तिहरूले उल्लेख गरेका विभिन्न कथा तत्वहरूका आधारमा घाम झुल्किनु अघि कथासङ्ग्रहको कृतिपरक अध्ययन गरिएको छ  । कथाहरूको विश्लेषणमा एकरूपता ल्याउन निम्नअनुसारका कथा तत्वहरूका आधारमा यस सङ्ग्रहका सबै कथाहरूका विश्लेषण गरिएको छ ः
(१) कथानक
(२) पात्र र चरित्रचित्रण
(३) परिवेश
(४) दृष्टिबिन्दु
(५) भाषाशैली
(६) उद्देश्य
४.१.१ कथानक
कथावस्तुलाई कथाको पहिलो महत्वपूर्ण तत्वका रूपमा लिइन्छ । यसलाई पारिभाषिक शब्द चयनका क्रममा कथानक, वस्तुविन्यास र विषय पनि भनेको पाइन्छ । विना वस्तु वा विना विषय कुनै पनि कथाको रचना हुन सक्दैन् । चारित्रिक कार्य व्यपारको  स्वरूप अर्थात् कथावस्तुमा प्रारम्भ, मध्य, अन्त्यको निर्वाहा गर्न सक्षम परस्पर सम्बन्ध र अर्थयुक्त घटनाहरूको क्रमिक अनुबन्धनका रूपमा कथानकलाई हेरिएको पाइन्छ (शर्मा, २०५९ ः ५६) । कथाकारले आफ्नो जीवन भोगाई र टोकाईलाई भाषिक कलाको माध्यमबाट कल्पनाको सहायताले एउटा विषय निर्माण गर्दछ, त्यही नै कथाको कथानक (प्लट) हो । कथानक आकस्मिक घटनाहरूको अनुक्रमात्मक व्यवस्थापन पनि हो (बराल, २०५६ ः २८) । कथानकले अन्य अङ्गहरूसँग तारतम्य राखी शृङ्खलाबद्ध रूपमा अगाडि बढ्नुपर्छ । कथानकमा शृङ्खलाबद्ध वर्णनमात्र नभएर क्रियाव्यपार र द्वन्द्वका कारणबाट एउटा दह्रो कथावस्तु तयार हुन्छ । कथावस्तुचाहिँ घटनाहरू समाहित गरिएको एउटा त्यस्तो रूपाधार (फ्रेमवर्क) हो जसमा बौद्धिक र कलात्मक किसिमले घटनाहरू नियोजित गरिएका हुन्छन, (श्रेष्ठ, २०५९ ः ११) ।
कथावस्तु विभिन्न क्षेत्रबाट आएका हुन्छन् । त्यो कथाकारको रुचिमा भरपर्ने गर्दछ । कथावस्तुको चयन गर्दा प्राकृतिक, राजनीतिक, इतिहास, पुराण, लोकसाहित्य, कल्पना र समसामयिक सन्दर्भ आदिमध्ये कसैलाई पनि प्राथमिकता दिन सकिन्छ । तिनै कथानकका स्रोतका रूपमा देखिन्छन् ।
कथानकको तत्वको चर्चा गर्ने क्रममा हिन्दी समालोचक त्रिगुणयतले आदि, मध्य र अन्त्यलाई कथानकको तत्वका रूपमा लिँदै ती तत्वहरूको समुचित सामञ्जस्य हुनुपर्ने कुरामा जोड दिएका छन्   (शर्मा, २०५९ ः ६४) । त्यस्तै नेपाली समालोचक मोहनराज शर्माले कथानकका अङ्गका रूपमा (क) आदि (ख) मध्य र (ग) अन्त्यलाई स्वीकार्दै यस अङ्गका पनि   (अ) चिनारी (आ) सङ्घर्ष र विकास (इ) चरम  (ई) सङ्घर्षह्रास (उ) उपसंहार आदि अवस्थाहरूको चर्चा गरेका छन् (शर्मा, २०५८ ः २४) । शर्माको विभाजनमा ती अङ्गहरूका पाँच अवस्थाहरू देखिन्छन् । दयाराम श्रेष्ठले पनि कथावस्तुमा प्रारम्भ, मध्य र अन्त्यको शृङ्खलाबद्ध अनुशासन रहनुपर्ने स्वीकारेका छन् (श्रेष्ठ, २०५७ ः १०) ।
यसरी कथानकलाई मूल रूपमा आरम्भ, विकास, चरमोत्कर्ष र समाप्ति गरी विभिन्न अवस्थामा स्वीकार्नु उचित देखिन्छ । आधुनिक कथा चिन्तनमा आदि, मध्य र अन्त्यको शृङ्खला नमिलेका कथाहरू पनि भेटिन्छन् । आजकल कथानक छिरलिएका कथाहीन र विशृङ्खलित किसिमका नवीन प्रयोगशील कथाहरू प्रशस्तै पाइन्छन् । आधुनिक कथा लेखनमा यस्ता कथाहीन ढाँचा भएका कथाहरूलाई अकथा भन्ने गरिन्छ । वास्तवमा कथा संरचनाका परम्परागत मान्यतालाई भङ्ग गरेर लेखिने कथा नै अकथा हो (बराल र अन्य, २०५५ ः १) । यसरी कथा भङ्ग गरेर लेखिनुले कथाकारले नयाँ नयाँ प्रयोगको चाहनामात्र पूरा गरेका हुन भन्ने लाग्छ तर यस्ता किसिमका प्रयोगबाट कथाको मूल्य र मान्यतामा क्रमशः परिवर्तन भइरहेकोे देखिन्छ ।
अन्त्यमा कथानक आदि, मध्य र अन्त्यको रैखिक ढाँचा तथा वर्तमानबाट अतीततिर फर्किएको वृक्ताकारीय ढाँचामा तयार पारिन्छ । कथानककै आधारमा चरित्र, घटना, परिवेश आदिको चयन एवं विस्तार गरी कथा तयार गरिन्छ । कथानक भनेको कथाको आकार हो । विस्तारपूर्ण कथा योजना हो । त्यसैले यसलाई कथाको अस्थिपञ्जर पनि भनिन्छ ।
४.१.२ पात्र वा चरित्रचित्रण
पात्र वा चरित्रचित्रणलाई कथाको दोस्रो महŒवपूर्ण तŒवका रूपमा लिइन्छ । कथाका सबै घटकहरू पात्रकै  क्रियाकलापबाट अगाडि बढेका हुन्छन् । पात्र वा चरित्र भन्नाले कुनै पनि व्यक्तिलाई बुझाउँछ । पात्र वा चरित्र भनेको कथाको प्राण र जीउँदो साधन हो (शर्मा, २०५८ ः ३०) । त्यसैले कथालाई गतिशील बनाउने काममा पात्रको महŒवपूर्ण र जीवन्त भूमिका देखिन्छ । पात्रको चरित्र नै कथाका अन्य अङ्गको पनि आधार हो (शर्मा, २०५८ ः पूर्ववत्) । कथाकारले आफ्नो अभीष्ट पूरा गर्न पात्रमार्फत केही कुरा व्यक्त गरेको हुन्छ । यस्ता पात्रहरू मानवीय र मानवेतर दुबै हुन सक्छन् । मूलतः कथाकारले चारित्रिक गुणका दृष्टिले सत् र असत् पात्रलाई देखाएर असत् पात्रलाई विस्तारै पतन गराई समाजमा सुधारको सन्देश दिने गर्दछ तर कतिपय कथाकारले तथस्टताको स्थिति सिर्जना गर्ने गरेको पाइन्छ । पात्रको चरित्रमा चरित्रचित्रणको भूमिकाको सन्दर्भमा पश्चिमी विद्वान जोन्सनले कथानक बौद्धिकता र सचेत प्रकृतिको अभाव रहने कुरा बताएका छन् (पूर्ववत्) । यस्तै हिन्दीका प्रेमचन्दले पनि कथामा पात्रको र चरित्रचित्रणको महŒवपूर्ण भूमिका हुने कुरा बताएका छन् (पूर्ववत् ः ७१) । वास्तवमा कथामा पात्रका विभिन्न थरी चरित्रहरू हुन्छन् । कथाकारले आफ्नो सन्देशअनुसार पात्र चयन गर्दछ । सक्रियताको दृष्टिले पात्र स्थिर र गतिशील दुई किसिमका हुन्छन् । स्थिर पात्र अपरिवर्तनशील र साधारण हुन्छ भने गतिशील पात्र चाहिँ परिस्थितिअनुसार परिवर्तन हुनसक्ने हुन्छ । प्रायः वर्गीय र वैयक्तिक, स्थिर र गतिशील, अनुकूल र प्रतिकूल, पुरुष र स्त्री, मानवीय र मानवेतर, बद्ध र मुक्त, प्रमुख, सहायक र गौण आदि अनेक वर्गमा पात्रको वर्गीकरण गर्ने गरिन्छ । समालोचक मोहनराज शर्माले चरित्रको वर्गीकरण विभिन्न आधारमा यसरी गरेका छन्ः
(क) लिङ्गका आधारमा (अ) पुलिङ्ग (आ) स्त्रीलिङ्ग (ख) कार्यका आधारमा (अ) प्रमुख, जस्तै; नायक, नायिका, खलनायक (आ) सहायक, जस्तै; सहनायक, सहनायिका (इ) गौण, जस्तै; खास भूमिका नभएका पात्र (ग) प्रवृत्तिका आधारमा (अ) अनुकूल, जस्तै; खलत्व नभएका पात्र  (आ) प्रतिकूल, जस्तै; खलपात्र (घ) स्वभावका आधारमा (अ) गतिशील, जस्तै; महत्वपूर्ण ढङ्गमा परिवर्तन हुने पात्र (आ) गतिहीन, जस्तै; आद्यान्त स्थिर रहने पात्र  (ङ ) जीवन चेतनाका आधारमा (अ) वर्गगत, जस्तै; कुनै समाज वा वर्गको प्रतिनिधित्वगर्ने पात्र (आ) व्यक्तिगत, जस्तै; आफ्नै प्रतिनिधिŒव गर्ने पात्र (च) आसन्नताको आधारमा  (अ) नेपथ्य पात्र, जस्तै; परोक्ष उपस्थित हुने पात्र (आ) मञ्चीय पात्र, जस्तै; प्रत्यक्ष कार्य गर्ने पात्र (छ) आबद्धताको आधारमा  (अ) बद्ध पात्र, जस्तै; कथामा बाँधिएर मात्र सार्थक हुने पात्र (आ) मुक्त पात्र जस्तै; कथामा नबाँधिएरै सार्थक हुने पात्र (शर्मा, २०५८ ः २८–२९) ।
यसरी कथातत्व अन्तर्गत पात्र नै मुख्य भएर देखिन्छ । पात्रले नै कथाका अवयवहरूको सञ्चालन गरेको हुन्छन् । प्रायः कथामा वर्गीय र वैयक्तिक चरित्र हुन्छन् । वर्गीय चरित्रले कुनै वर्गविशेष (धनी र गरिब वा मालिक र मजदुर) को चित्रण गरेको हुन्छ अर्थात् उनीहरूले वर्गीय असमानताको चरित्र बोकेको हुन्छन् । वैयक्तिक चरित्रले नितान्त आफ्नै चरित्रको कारण उसको उत्थान या पतन हुने कुरा देखाउँछ अर्थात् वैयक्तिक पात्रले व्यक्तिगत स्वभावका पात्रको प्रतिनिधिŒव गर्दछ । उदाहरणका लागि कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको मौन सङ्केत कथा (पृ.२०) को भीमबहादुर वर्गीय पात्र हो । त्यहाँ ऊ निम्नवर्गीय नेपालीको प्रतिनिधित्व गर्छ।
४.१.३ परिवेश (देश, काल, परिस्थिति)
वातावरण (देश, काल, परिस्थिति) लाई कथाको तेस्रो महत्वपूर्ण तत्वको रूपमा लिइन्छ। वातावरणलाई परिवेश, कार्यपीठिका, पर्यावरण, रुचिक्षेत्र आदि पनि भन्ने गरिएको पाइन्छ । वातावरण भन्नाले स्थान, समाज र त्यस निश्चित समयको वातावरण भन्ने बुझ्नु पर्दछ (आचार्य र अन्य, २०५० ः ङ ) । वास्तवमा कथा घटनाहरूको कलात्मक प्रस्तुति हो । त्यो घटना कहाँ, कहिले वा कस्तो परिस्थितिमा घटित भयो, त्यसपक्षको बोध वातावरण वा परिवेशले गर्दछ । यदि मनोवैज्ञानिक कथा हो भने त्यसको परिवेश मानसिकतामा केन्द्रित हुन्छ । मनमा खेल्ने विविध घटनाले कथाको वातावरण सिर्जना गर्दछ । त्यसबाहेक अन्य कथाहरू चाहिँ देश, काल, परिस्थिति नै कथाको वातावरणका रूपमा देखिन्छन् । कथालाई जीवन्त र सशक्त बनाउन कथामा समावेश गरिएका घटना व्यवहारले ठूलो भूमिका खेल्ने गर्दछ ।(थापा, २०५० ः १५३) । त्यसैले कथा घटनाले गर्दा नै दरिलो बन्ने गर्दछ ।
मूलतः वातावरणअन्तर्गत स्थान र काल दुई तत्व पर्दछन् (शर्मा, २०५९ ः ७६) । तर अहिलेका कथामा परिवेशको रूपमा स्थान र काललाई महत्व नदिई चरित्रको मानसिकतामा कथाको परिवेश निर्धारण गरिएको पाइन्छ । कथामा ग्रामीण, सहरिया, राजनीतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक र मानसिक आदि अनेक किसिमका परिवेश हुन सक्छ ।
परिवेशका सन्दर्भमा विभिन्न विद्वानहरूले आ–आफ्नो किसिमको मत अघि सारेका छन् । यहाँ भारतीय आलोचक त्रिगुणायतले रङ््गविधानलाई मुख्य परिवेश ठानेका छन् (पूर्ववत् ः ६७) । भने नेपाली समालोचक ईश्वर बरालले “स्थानीय दृश्य र परिपाश्र्व भाषिकाको शब्दावली, चरित्रको शब्दोच्चारणरीति आदि” लाई परिवेशका अङ्गका रूपमा लिइएका छन् (बराल ,२०४८ ः ७४–७५) । यसरी कथामा आएका घटना, पात्र, आदिले एउटा न एउटा वातावरण (देश, काल, परिस्थिति) को परिचय गराइरहेको हुन्छ । घटनाअनुसार कथाको वातावरण झल्काइरहेको हुन्छ । त्यसलाई दृश्य–पर्यायवरण पनि मान्न सकिन्छ ।
४.१.४ दृष्टिबिन्दु
कथा निर्माणको आवश्यक तŒवको रूपमा दृष्टिबिन्दुलाई  लिन थालिएको छ । कथा तŒवको अनिवार्य तŒव  दृष्टिबिन्दु हो । विना दृष्टिबिन्दु कथामा कथाकारले आफ्नो भनाइ राख्न पाउँदैन ्। यही दृष्टिबिन्दुले कथा भन्ने परिपाटीमा नयाँ दिशा प्रदान गरेको छ । (बराल र घिमिरे, २०५५ ः ६) । दृष्टिबिन्दु कथा कसरी भनिएको छ भन्दा पनि कथा कसले भन्ने कुरासंँग गाँसिएको हुन्छ । यसले कथा कुन पुरुषले कुन पुरुषलाई भनेको हो भन्ने बोध गराउँछ । दृष्टिबिन्दुका बारेमा यहाँ नेपाली समालोचक दयाराम श्रेष्ठको धारणालाई अघि सार्न सान्दर्भिक हुन्छ ः कथामा ‘दृष्टिबिन्दु’ दुई प्रश्नमा आधारित हुन्छ, ती हुन ः (१) कुन पात्रलाई मुख्य पात्र बनाएर भनिएको छ ? र (२) कथासँग त्यस पात्रको कुन प्रकारको सम्बन्ध कायम रहेको छ ? कुनै कथामा ‘म’ पात्रको निर्णायक भूृमिका रहेको हुन्छ भने कुनै कथामा त्यो पात्रको दृष्टिबिन्दुले कथाको शैलीलाई पनि बोध गराउछ (श्रेष्ठ, २०५७ ः ११) । “कथा वाचनका लागि उभिन वा बस्नलाई रोजेको ठाउँ नै दृष्टिबिन्दु हो” (बराल र एटम, २०५८ ः ३९) त्यसैले कथामा आवश्यक मानिने तŒव दृष्टिबिन्दुमा कथा वाचकलाई ‘म’ पात्रको रूपमा राख्ने गरिन्छ, भने कसैका बारेमा केही भनिन्छ भने त्यो तृतीय पुरुषका रूपमा राख्ने गरिन्छ । कथात्मक दृष्टिबिन्दु दुई प्रकारका हुन्छन् ः (१) आन्तरिक र (२) बाह्य । आन्तरिक दृष्टिबिन्दु पनि (१) केन्द्रिय (२) परिधीय गरी दुई प्रकारका हुन्छन् । बाह्य दृष्टिबिन्दुमा चाहिँ (१) सर्वदर्शी (२) सीमित र (३) वस्तुपरक गरी तीन प्रकारका हुन्छन् (पूर्ववत्) । यहाँ आन्तरिक दृष्टिबिन्दुमा रहेको केन्द्रिय दृष्टिबिन्दुले कथाकार ‘म’ पात्र बनेर कथा प्रस्तुत गर्दछ भने परिधीय दृष्टिबिन्दुमा चाहिँ म पात्र त रहन्छ, तर कथामा त्यसको स्थान कि त गौण रहन्छ कि त तटस्थ । बाह्य दृष्टिबिन्दुमा रहेको सर्वदर्शी दृष्टिबिन्दुमा चाहिँ कथाकारले सबै पात्रका भावना, प्रतिक्रिया, विचार आदि प्रकट गर्दै आन्तरिक जीवनको चिनारी दिन्छ, सीमित दृष्टिबिन्दुमा केवल एक पात्रको मानसिक संसारको विचारण गरिएको हुन्छ र वस्तुपरक दृष्टिबिन्दुमा चाहिँ कुनै पनि पात्रको मानसिक संसारको विचरण गरिएको हुन्छ (श्रेष्ठ, २०६० ः ११—१२) ।
यसरी माथि उल्लिखित दृष्टिबिन्दुको परिभाषा, लक्षण र प्रकारलाई हेर्दा कथाकारले कथा सम्पन्न गर्नका लागि प्रथम वा तृतीय पुरुषको भूमिकालाई अनिवार्य रूपमा देखाउनु जरुरी देखिन्छ । त्यसले कथा संरचना बलियो बनाउँछ । सामान्यतः दृष्टिबिन्दु हेराइ मात्र नभएर पात्रले कहाँ बसेर के हेर्छ भन्ने बुझ्नु पर्छ ।
४.१.५  भाषाशैली 
कथाको अर्काे महŒवपूर्ण तŒवको रूपमा भाषा, शैलीलाई लिइन्छ, भाषा साहित्यिक अभिव्यक्तिको माध्याम हो (शर्मा, २०५९ ः ८२) । त्यो साहित्यिक अभिव्यक्ति भाषाको माध्यामबाट हुने भएकाले कथाकारले भाषिक कलाका मार्फत् कथाको निर्माण गर्दछ । भाषा साहित्यिक अभिव्यक्ति मात्र नभएर “मानवीय अनुभूति र अभिव्यक्तिको माध्याम” पनि भएकोले पात्रले भाषामार्पmत् सबै तŒवहरूलाई संयोजन गर्ने काम गरिरहेको हुन्छ (शर्मा, २०५८ ः ३५) । कथामा अनेक थरीका पात्र हुन सक्छन् । तिनीहरूको भाषिक स्तर पनि भिन्नभिन्न किसिमको हुन्छ भने आफ्नै व्यवसायिक शब्दावली पनि हुन्छ । कथाकारले पनि ती पात्रहरूको स्तर र व्यावसायअनुसार भाषिक प्रयोग गराएको हुन्छ । कथा छोटो आयमको हुने हुनाले त्यसको भाषा पनि सरल, सरस प्रतिकात्मक र सटीक हुनुपर्छ । कथामा त्यस्तो किसिमको भाषा उपयुक्त मानिन्छ । शैलीलाई भाषासँग जोडिएर आउने तŒवका रूपमा हेरिन्छ । शैलीलाई कथा तŒव अन्तर्गत भाषाशैलीका रूपमा हेर्ने गरिएको पाइन्छ । शैलीको सामान्य अर्थ ढङ्ग, ढाँचा वा तरिका हो । लेखनमा देखा पर्ने खास किसिमको ढाँचा वा तरिकालाई शैली भनिन्छ (गौतम, २०५० ः ३२४) । त्यस्तै शैली भन्नाले लेखनमा देखा पर्ने तरिका मात्र नभएर यो साहित्यिक रचनामा भावपक्षीय स्तरलाई व्यक्त गर्दा विशेष किसिमको भाषिक पद्घति भन्ने बुझिन्छ (शर्मा, २०५९ ः ८६) । त्यसैले कथामा शैलीलाई  महŒवपूर्ण तŒवका रूपमा लिइने गरिएको छ । शैलीको निर्माण भाषाकै माध्यमबाट गरिने भएकाले भाषाशैलीलाई एकै ठाउँमा राख्ने गरिएको हो तापनि भाषा र शैली एउटै कुरा होइनन् भन्ने समालोचकहरूको मत रहेको छ । (बराल र घिमिरे, २०५५ ः ६) । वास्तवमा भाषा विचार र विनिमयको माध्यम हो भने शैली प्रस्तुतिको तरिका  हो ।
पूर्वीय र पश्चिमी साहित्य चिन्तनमा शैली रचनाको समयसापेक्ष अध्ययन भएको पाइन्छ । पूर्वीय काव्यशास्त्रमा रीति, गुण, अलङ्कार, वक्रोक्ति र औचित्य सप्रदायहरू मूलतः शैली रचनामा केन्द्रित छन् भने पश्चिमी आधुनिक चिन्तनमा यसले विज्ञानको स्थान प्राप्त गरिसकेको देखिन्छ (शर्मा, २०५९ ः ८६) । त्यसैले शैली रचनालाई आज विज्ञानको रूपमा अध्ययन गर्न थालिएको हो । विना शैली कथा आकृतिहीन बन्न जान्छ ।  
शैली पनि विभिन्न प्रकारको हुने कुरा पूर्वीय र पाश्चात्य साहित्य चिन्तनमा चर्चा गरिएको पाइन्छ । पूर्वीय प्राचीन साहित्य चिन्तनमा कोमल, परुषा र मध्यमा आदि शैलीको चर्चा पाइन्छ भने यसतर्फको रीतिवादी मान्यता पूर्णतः शैली रचनासँग सम्बन्धित रहेको देखिन्छ । रीति विभिन्न वैदर्भी, गौडी, पाञ्चाली र कसै कसैले लाटी समेत गरी जम्मा चार प्रकारका बताएका छन् । तर प्रमुख चाहिँ अगाडिका तीन देखिन्छन् । वैदर्भी रीतिलाई सरल, सुकोमल, गौडी रीतिलाई जटिल अर्थात परुषा र पाञ्चाली तथा लाटी रीतिहरूलाई मध्यस्था रीतिकारूपमा लिइन्छ (पूर्र्ववत् ः ८७) । त्यस्तै पश्चिमी अर्वाचीन शैली रचनाको चिन्तनमा ऐतिहासिक, आख्यानात्मक, संवादात्मक, पत्रात्मक र डायरी आदि प्रकारका शैली हुने कुरा चर्चा गरिएको छ (पूर्ववत् ः ८७—८८) । हिन्दी साहित्य चिन्तक सुरेशलालले चाहिँ आधुनिक शैली विज्ञानको आलोकमा शैलीका प्राचीन अर्वाचीन प्रकृतिलाई समेट्दै ध्वनि मूलक शब्दरूपात्मक, अर्थमूलक र वाक्यात्मक गरी शैलीका चार स्थूल प्रकृति प्रस्तुत गरेको देखिन्छ (पूर्ववत् ः ८८) ।
कथाकारको वास्तविक परिचय भाषाशैलीले नै निक्र्याैल गर्दछ । रूपविन्यास, बिम्ब, प्रतिक, अलङ्कार सबै तŒवहरूलाई भाषाशैलीले समेट्छ । शैलीका सन्दर्भमा यसका  विभिन्न प्रकृति र प्रकारको वर्णन गरिए तापनि आधुनिक कथामा शैलीको सरलतालाई अनिवार्य मानिन्छ।

४.१.६ उद्देश्य
कथाको सशक्त एवं केन्द्रिय तŒवका रूपमा उद्देश्य वा प्रयोजनलाई लिइन्छ । यसलाई उद्देश्य, विचार, भाव, जीवनदर्शन, शाश्वत सन्देश आदि विभिन्न शब्दावलीको प्रयोग गरिएको पाइन्छ । विना उद्देश्य कुनै पनि काम गरिँदैन । कथाकारले पनि समाजलाई केही भन्नका लागि कथाको सिर्जना गरेको हुन्छ । “वास्तवमा कुनै पनि कथाकारले कथामार्फत भन्ने, देखाउने, प्रस्तुत गर्ने, जीवन—चिन्तन, सार पक्ष कथाको उद्देश्य हो (बराल र घिमिरे, २०५५ ः ५) । यसले दृष्टिबिन्दुलाई उद्देश्य वा विचारमै राखी अध्ययन गर्ने गरेको देखाउँछ तर आज त्यो पुरानो धारणा अनुसारको मान्यतालाई त्याग्दै नयाँ समालोचना शास्त्रले दृष्टिबिन्दुलाई कथातŒवको अङ्गको रूपमा मानेको छ । कथाकारले प्रत्यक्ष रूपमा उपदेश ग¥यो भने कथा प्रभावहीन र स्वŒवहीन बन्न सक्छ । त्यस्ता कुरालाई ध्यान दिई कथामा कथाकाले विचार र अनुभूतिको प्रस्तुति अप्रत्यक्ष रूपमा गर्नु आवश्यक हुन्छ (थापा, २०५० ः १८३) ।
पूर्वीय र पाश्चात्य परम्परागत ढाँचाका कथाहरूलाई हेर्दा कथामा नीति शिक्षा र आदर्शलाई जोड दिइएको पाइन्छ । तर आधुनिक कथा शिल्पीहरूले कथामा अप्रत्यक्ष रूपमा सामाजिक वा मानसिक, वस्तुगत वा भावगत बिषयको रहस्य पत्तो लगाउन पाठकलाई जिम्मा लगाइ दिने गरेको पाइन्छ (शर्मा, २०५९ ः ८४) । आजका कतिपय कथाहरू राजनीतिक वाद र सिद्घान्तमा केन्द्रित रहेर पनि लेखिएको पाइन्छन् । साहित्य भनेको आग्रही वस्तु नभई स्वतःस्फूर्त अभिव्यक्ति हो । त्यसैले  कुनै पनि पक्षतिर आग्रही भएर कथा लेख्नु ग्राह््य मानिदँैन ।
कथा केही उद्देश्य प्राप्तिका लागि लेखिन्छ । समाजलाई केही सन्देश दिनु नै कथाको उद्देश्य हुन्छ । कथा सामाजिक, मनोवैज्ञानिक, ऐतिहासिक, स्वैरकल्पनात्मक जे जस्ता विषयमा आधारित भए पनि उद्देश्यहीन हुँदैन । उद्देश्य विनाको साहित्यिक रचना सिङ्गारिएको लास जस्तै अर्थहीन हुने मान्यता समाजवादी यथार्थवादी साहित्यकारहरूको रहेको छ ।



४.२.०   विषय प्रवेश 
घाम झुल्किनु अघि कथासङ्ग्रहमा पन्ध्रओटा कथाहरू रहेका छन् । जसमध्ये पहिलो कमरेड पाताल बाट आरम्भ गरी कथा सिद्घान्तका आधारमा यस सङ्ग्रहका सबै कथाहरूको अध्ययन र  विश्लेषण यहाँ गरिएको छ ।
४.२.१  कमरेड पाताल कथाको कथानक
कथाको सुरुवात म पात्रले पार्टीगत जीवनको बारेमा सोच्दासोच्दै भएको छ । उनी कमरेड पातालको दृष्टि आपूmप्रति नराम्रो रहेको निष्कर्षमा पुग्छन् । जसको कारण बताउँदै आपूm कमरेड पातालको घरमा विना सूचना पुग्दा उनको निवासमा भोज भतेर भइरहेको हुन्छ । तडकभडकमय जीवनको विरोध गर्नेको नै जीवनशैली त्यस्तो पाइएकोले म पात्र अचम्ममा पर्दछन् । एकदिन पार्टीको कार्यक्रममा आम कार्यकर्तालाई पाउरोटी खुवाई आपूmले रेष्टुरेन्टमा कमरेड पाताललाई भेटेको बताउँछन्। म पात्रलगयत पार्टीका अन्य कार्यकर्तालाई क. पातालको द्वैध चरित्रको जानकारी हुन्छ । जसबाट उनीहरू कम्युनिष्ट आन्दोलन र यसको मर्म तथा नेतृत्ववर्गप्रति नै वितृष्णा प्रकट गर्दछन् । जताततै कमरेड पातालको विरोध हुन थाल्छ । “नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको साँस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय बनाएन । केवल सक्रियता र वाक्पटुताको भरमा मानिसहरू नेतृत्व तहमा पुग्न थाले भन्ने कमरेड सौरभको तर्कसहित अन्य कमरेहरू पनि बहसमा उत्रन थाले कमरेड पाताल त्यस बहसमा उपस्थित भएनन् तर केही समय पछिको पर्टीको बैठकमा इन्चार्ज भई फेरि कमरेड पाताल नै आउने खबर म पात्रले पाउँछन्” (कमरेड पाताल, पृ. ६) । म पात्र क. पातालको घर पुग्नु कथाको आदि भाग, उनीहरूको वास्तविकताको बोध हुनु मध्य भाग र पार्टीगत जीवनप्रति नै वितृष्णा पलाउनु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथाको कथानक आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित सरल रैखिक ढाँचामा पूर्ण भएको देखिन्छ ।
४.२.२ पात्र र चरित्रचित्रण
कमरेड पाताल छोटो आयाम भएको  र कम पात्रको प्रयोग भएको कथा हो । कथाको प्रतिनिधि पात्र कमरेड पाताल हो । उसकै चरित्र र व्यवहारको वर्णन गर्न यहाँ म पात्र उपस्थिति भएको छ । कमरेड पाताल प्रतिकूल चरित्रको पात्र हो । उसको बोली र व्यवहारमा कतै पनि तालमेल पाइँदैन । अवसरवदी र झुटको खेती गर्ने, ठूला ठूला क्रान्ति र परिवर्तनका कुरा गर्ने श्रमजीवी जनताको सर्वहारा नेता भन्ने तर सामन्ती र भोगवादी प्रवृत्ति उसमा देखिन्छ । म पात्र यस कथामा अनुकूल चरित्रमा देखापरेको छ । ऊ सच्चा, इमान्दार, कर्तव्यनिष्ठ र भविष्यप्रति सचेत देखा पर्छ । साथै कमरेड पातालकी श्रीमती कमरेड शान्तामा पनि क. पातालकै झैं द्वैध चरित्र देखा पर्दछ । प्रस्तुत कथामा लिङ्गका आधारमा क. शान्ता स्त्रीलिङ्ग र बाँकीका पात्रहरू पुलिङ्ग छन् । कार्यका आधारमा क. पाताल प्रमुख खलपात्र हो भने म पात्र नायक देखिन्छ । त्यसैगरी क. सैरभ, जसबहादुर आदि सहायक पात्रका रूपमा कथामा आएका छन् भने अन्य पार्टीका कार्यक्रम र क. पातालको भोजमा उपस्थिति पात्र गौण पात्रका आएका छन् । आबद्धताका आधारमा क. पाताल, म पात्र, क. शान्ता बद्ध पात्रका रूपमा छन् भने अन्य पात्रहरू मुक्त पात्रका रूपमा उपस्थित छन् । यसरी यस कथामा ए. नेकपा       (माओवादी) युद्धका समयमा देखा परेको नेतृत्ववर्गको द्वैध चरित्रको चिरफार गरिएको छ ।
४.२.३ परिवेश
कमरेड पाताल माओवादी द्वन्द्वकालीन परिवेशमा आधारित कथा हो । यसको परिवेश नेपालको माओवादी सङ््घर्षको समयलाई आधार बनाई तयार गरिएको छ । पार्टीभित्र भ्रष्ट नेतृत्ववर्गले चलखेल गरेको स्थिति र त्यसबाट सच्चा रूपमा अगााडि बढ्ने आम कार्यकर्ताको मानसिक स्थितिको चित्रण पाइन्छ । खराब नेतृत्वको कारण कम्युनिष्ट आन्दोलन नाम मात्रको देखावटी खोक्रो आडम्बरपूर्ण बन्न गएको र त्यसबाट सही अर्थमा समाज र राष्ट्रमा केही परिवर्तन हुन नसक्ने बरु नकारात्मक प्रभाव पर्ने कुरा यहाँ उल्लेख छ । स्थानका हिसाबले काठमाडांै उपत्यका र यसको नजिक रहेको थानकोट वरपरको परिवेशमा कथा संरचित छ । पार्टी कार्यालय बैठक, मिटिङ्ग, कार्यक्रम हुने ठाउँहरू क. पातालको घर, रेष्टुरेन्ट तथा म पात्रको ओछ्यान आदि परिवेशका रूपमा आएका छन् । साथै जाडो मौसमको छनक पनि यहाँ पाइन्छ । नेपालको माओवादी द्वन्द्वकालीन समय, यसबेला भए गरेका क्रियाकलाप र त्यसले आम कार्यकर्तामा फैलिएको पार्टी नेतृत्ववर्गप्रतिको भावनामा कथाले आफ्नो आयाम कायम गरेको देखिन्छ । 

४.२.४ दृष्टिबिन्दु
मातृका पोखरेल कमरेड पाताल कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । म पात्रले संस्मरणात्मक रूपमा आफ्नो अतीतको वर्णन गर्दा कथाको सिर्जना भएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा कमरेड पाताल र अन्य कमरेडहरूको चरित्र उदाङ्गो पार्न यहांँ म पात्रको उपस्थिति छ । “मैले कमरेड हिमालबाट पातालमार्फत् खानाको प्रबन्ध गरिएको सूचना पाएको थिएँ”ं (कमरेड पाताल ः पृ. ५) । “म अर्कै कामले त्यस क्षेत्रतिर पुगेको थिएँ”ं (पूर्ववत् ः २) । यसरी म पात्रको वर्णनमा कथा अगाडि बढी पूर्णता प्राप्त गरेको हुँदा प्रथम पुरुष परिधीय दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट हुन्छ ।
४.२.५ भाषा शैली
कथाकार मातृका पोखरेलको भाषा शैलीमा सरलता पाइन्छ । जुन कथाको विशेषताकै रूपमा रहेको छ । कमरेड पाताल कथामा पनि बोधगम्य, सरल र रुचिकर भाषा शैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थााको चित्रण, संवादको प्रस्तुतिमा सरल र सहज तथा सुबोध भाषा शैलीको प्रयोग छ । कथामा छोटो र पात्र सुहाउँदो सरल वाक्यको प्रयोग छ । साथै कथामा तत्सम, तद्भव र आगन्तुक शब्दको समुचित प्रयोगले कथाको स्तरीयता बढाएको छ । कथामा प्रयुक्त केही विभिन्न स्रोतका शब्दहरू ः 
तत्सम तद्भव आगन्तुक
१.क्रोधित २.खुसुक्क १.कमरेड
२.शैली ३.थचक्क २.पेट्रोलियम
३.आक्रोशपूणर््ा ४.चानचुने ३.मिटिङ्ग
यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको भए पनि कथाको भाषा सरल, सहज तथा शैलीमा सम्प्रेषणीय गुणहरू भएको कारण कथा एकात्मक प्रभाव उत्पन्न गर्न सफल छ । कथाको शीर्षक कथाकै खलपात्रका नाममा राखिएको छ । जसले भ्रष्ट मतिका कारण कमरेडहरू पाताल भासिन सक्नेतर्फ पनि सङ्केत गरेको छ । कथाको शीर्षक र विषयवस्तु बीच पूर्णतः तालमेल पाइएकोले अभिघात्मक शीर्षक रहेको अनुभूति हुन्छ ।
४.२.६  उद्देश्य
कमरेड पाताल कथामा जनयुद्वका समयमा ठूलाठूला भाषण गर्ने, जनतालाई मीठा कुरामा लठ्याउने, व्यक्तिगत सम्पत्तिको विरोध गर्ने तर आपैm ती कुरा पालन नगर्ने उल्टै घरमा भोजभतेर गर्ने, रेष्टुरेन्ट धाउने र सोखिन जीवन बाँच्नेको चरित्र खुल्लस्त पार्नुलाई उद्देश्य बनाइएको छ । क्रान्तिकारी, बिपन्न र गरिब जनताको पक्षधरका नेता भनी चिनाउने कमरेड पातालजस्ता स्वार्थी र अवसरवादी नेताका कारण पार्टी पङ्क्तिका कार्यकर्तामा निराशा पलाएको तथा यसले देशमा सच्चा परिवर्तन ल्याउन सक्दैन् भन्ने भाव पाठकसमक्ष राख्नु पनि प्रस्तुत कथाको उद्देश्य रहेको देखिन्छ । नेतृत्व तहमा पुगेका मानिसहरूले आदर्श र अनुकरणीय व्यवहार प्रदशन गर्नु पर्ने, बोली र व्यवहारमा एकरूपता ल्याई सच्चा रूपमा क्रान्ति अगाडि बढाउनु पर्ने सन्देश दिनु यस कथाको मूल उद्देश्य रहेको पाइन्छ ।
४.२.७   निष्कर्ष
कमरेड पाताल पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको पहिलो कथा हो । यो कथा प्रथमपटक नवयुवा (वर्ष ११, पृ.११३, २०६३ फागुन) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ १ देखि पृष्ठ ६ सम्मको आयतनमा पैmलिएको छ । यसमा ए.नेकपा माओवादी द्वन्द्व र यसको नेतृत्व गर्ने कमरेडहरूको चरित्र उदाङ्गो पार्ने लक्ष्यअनुसार कथानक, पात्र र चरित्रचित्रण, परिवेश, दृष्टिबिन्दु, भाषाशैली र उद्देश्य आदिमा पूर्णतः तालमेल राखी पाठकसमक्ष एकल प्रभाव पार्न सक्ने खुबीका कारण प्रस्तुत पाताल द्वैध चरित्रको आरोप गर्ने पद्घति रहेको बुझिन्छ । समग्रमा कथा सफल रहेको छ ।




४.३.१   ‘धुवाँ  कथाको कथानक 
फ्रस्टेड बहुलाहा नामक व्यक्ति चोकमा आएर मानसिक सन्तुलन गुमाएको अभिनय गर्दै वर्तमान परिस्थितिहरूका विकृत स्वरूपको कडा विरोधका स्वरहरू गुञ्जायमान गर्दछ, यससँगै प्रस्तुत कथाको कथानक आरम्भ भएको छ । ऊ समाज सुधारका सङ्गीतहरू सुनाउँछ । आफ्ना सारा सम्पत्ति असाहय र गरिबहरूलाई दिन्छ । निस्वार्थ भावले समाजको भलाइका लागि अघि बढ्छ, यसो गर्दा समाजका भ्रष्ट चरित्रका मानिसहरू उसलाई सिध्याउने प्रपञ्चमा लाग्ने भएकोले ऊ अस्वभाविक रूपमा देखा पर्छ । आपूm बौलाएको नाटक गरेर समाजका सर्पहरूलाई सिध्याउन लागी पर्छ । यसो गर्दा उसलाई त्यस समाजका केही जुझारु युवाहरूको र विद्यार्थीहरूको समर्थन प्राप्त हुन्छ । त्यसै समाजमा पञ्चायत कालीन स्वभाव र प्रवृत्तिका रंगध्वज र उसको सहयोगी रघुवीर जस्ता स्थानीय भ्रष्ट नेतृत्व भएका पार्टीहरू युवा विद्यार्थीको विरुद्धको मोर्चामा हुन्छन् । राम्रो काम गरेकाले जनसहभागिता दिन दुई गुना र रात चौगुना उनीहरूमा जनसमर्थन बढ्दै जान्छ । शशीराज थापा अर्थात् फ्रस्टेड बहुलाहाले मञ्चबाट सरगर्भित भनाइहरू प्रस्तुत गर्छ । उसले सदाचार, नैतिकता र जीवनमूल्यको उदाहरणीय व्यक्तित्व प्रदर्शन गर्छ । जसबाट विपक्षीहरू उसलाई सखाप पारी आफ्नो वर्चस्व कायम गर्ने पक्षमा उभिन्छन् । एकदिन राति फ्रस्टेड बहुलाहाको हत्या हुन्छ । हत्या रंगध्वज र उसका सहयोगीहरूले हत्या गरेका हुन सक्ने सबैले अड्कल गर्छन् । हत्याको  आवेशमा जनलहर उर्लिन्छन् र पञ्चायत कालीन नेता रंगध्वजको घरमा आगो लगाउँछन् । अरुबेला भन्दा घरमा आगो लगाउँदा वा समाजका सर्पलाई निर्मूल पार्दा छुट्टै किसिमको धुवाँ आउने अनुमानका साथ कथाको कथानकले पूर्णता पाएको छ । प्रस्तुत कथाको योजना सरल रैखिक ढाँचामा भएको देखिन्छ । समाजका विकृत पक्षको चिरफारमा लाग्ने असल मानिसलाई सम्पूर्ण मानिसको समर्थन रहने भावाभिव्यक्ति यस कथाले बडो राम्ररी उठाएको छ । फ्रस्टेड बौलाहाले बौलाएको अभिनय गर्दै समाजका सर्पहरूको विरोध गर्नु कथाको आदि भाग, उसका भनाइ र समाज परिवर्तनका पक्षमा जनसमर्थन जुट्दै जानु कथाको मध्य भाग र खराब प्रवृत्तिका मानिसद्वारा उसको हत्या हुनु र जनलहरले रंगध्वजको घरमा आगो लगाउनु कथाको अन्त्य भाग देखिन्छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ ।

४.३.२   पात्र र चरित्रचित्रण
धुवाँ छोटो आयाम र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको मूल पात्र शशीराज थापा अर्थात् फ्रस्टेड बौलाहा हो । ऊ यस कथामा अनुकूल चरित्र वा सत् पात्रका रूपमा उपस्थित छ । समाजमा भ्रष्ट चरित्रका व्यक्तिहरू विभिन्न समय र काल खण्डमा विभिन्न राजनीतिक पार्टीका आवरणमा आफ्ना गलत विचार र कुकृत्य प्रदर्शन गर्न लागिरहेको अवस्थामा समाज परिर्वनका लागि आफ्नो तन, मन र धन सबै अरुलाई सुम्पिएर बौलाहाको पगरी गुती समाजलाई विकासको मार्गतर्फ लम्काउने ऊ गतिशील चरित्रको छ । अन्ततः खराब आचरणका मानिसहरूको षड्यन्त्रको जालमा आफ्नो ज्यान गुमाएको ऊ यस कथाको प्रतिनिधि पात्र हो भने रंगध्वज यस कथामा खल पात्र, असत् पात्र वा प्रतिकूल पात्रका रूपमा उपस्थित छ । समाजलाई बर्बादीको खाडलमा हालेर भए पनि आफ्नो एकल प्रभुŒव कायम गर्न तल्लीन रंगध्वज अन्ततः पराजित भएको छ । रंगध्वज यस कथामा सुरुदेखि अन्तसम्म  आफ्नै गलत विचारमा अडिग रहेकाले स्थिर पात्र हो । ऊ समाजमा सम्भ्रान्तवर्गका भ्रष्ट चरित्र भएका मानिसहरूको प्रतिनिधि पात्रका रूपमा आएको छ । साथै उसको सहयोगी रघुवीर सहायक खल पात्रका रूपमा उपस्थित छ । त्यसैगरी युवा तथा विद्यार्थीवर्ग यहाँ शशीराजको सहायक भएर आएका छन् भने शिक्षक रामानन्द, दीनानाथ र नरेन्द्र आदिको कथामा खास भूमिका नभएकाले गौण पात्रका रूपमा आएका छन् ।
४.३.३   परिवेश
कथाकार पोखरेलको धुवाँ कथा देशमा जतिसुकै परिवर्तन भए पनि उही पञ्चायत कालीन समयका मानिसहरू पार्टीका खोल ओढी पुरानै विचारलाई अङ्गाल्दै समाजमा आफ्नो प्रभुत्व कायम गर्न उद्यत देखिएको परिवेशमा संरचित छ । यो कथा कुनै ठाउँको एउटा चोकलाई आफ्नो परिवेश बनाई त्यसकै वरिपरि पूरा भएको देखिन्छ । जनताहरू भ्रष्ट राजनीतिज्ञहरूको चङ्गुलबाट बच्न लालायित भई नयाँ सोच र विचारसहितका  नेतृत्वका पक्षमा भएको कुरा देखाउन यहाँ फ्रस्टेड बहुलाहा, युवा तथा विद्यार्थीहरूको सभा, भेलालाई पनि परिवेशका रूपमा ल्याइएको छ । स्थानगत हिसाबले चोक, बजार त्यस वरपरका पसल, त्यहाँ उपस्थित मानिसहरू, रंगध्वजको घर, अस्पताल आदि परिवेशका रूपमा आएका छन् । पढेलेखेका, सद्विचार र असल सोच भएका मानिसहरू राज्यका  महŒवपूर्ण ठाउँमा पुग्न नसकेका, फटाहा व्यक्तिहरू मात्र त्यस्ता ठाउँमा पुगेका, यिनीहरूले समाज परिवर्तनका पक्षधरहरूलाई हराउन जस्तोसुकै नीच र अधम काम गर्न पनि पछि नपरी अगाडि बढ्ने गरेकोले अब ती र त्यस्ता मानसिकता भएकाहरूको विरुद्ध जनता एकजुट भई धावा बोल्ने छन् भन्ने कुरालाई कथाले परिवेशकै रूपमा उठान गरेको देखिन्छ । साघुँरो परिवेश, सामान्य घटनाबाट समाज रूपान्तरणको मार्गको सङ्केत गर्नु पर्ने परिवेशलाई कथाले समेटेको छ ।
४.३.४ दृष्टिबिन्दु
पोखरेलको प्रस्तुत धुवाँ कथामा कथाकारले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा फ्रस्टेड बौलाहाको वृत्तान्तबाट कथाको उठान गरिएको छ । फ्रस्टेड बौलाहा पात्रको उपस्थिति गराउँदै समाजका अन्य तह र तप्पाकाका मानिसहरूको व्यवहारको समेत चित्रण गरिएकोले यहाँ तृतीय पुरुष सर्वदर्शी दृष्टिबिन्दुको प्रयोग पाइन्छ । कथामा थोरै पात्रको प्रयोग गरी पात्रहरूको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “उसको आँखामा यस ठाउँमा शासन गरेका आफ्ना स्वर्गीय दिनहरू नाच्न थाल्यो” (धुवाँ, पृ. ९) । ऊ पात्रको उपस्थितिमा समाजमा  असत् व्यक्तिहरू र उनीहरूका क्रियाकलापको उद्घाटन गर्दै राम्रा विचार र व्यवहार भएकालाई आम मानिसले साथ दिने कुरा उल्लेख गर्न यहाँ तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ ।
४.३.५  भाषाशैली
भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको प्रकार हो । सामान्यतः यो कथाको भाषाशैली पनि कथाकार पोखरेलका अन्य कथामा जस्तै सरल, सहज र सुललित नै छ । कथामा सकेसम्म सरल, सहज, छोटा वाक्यको  प्रयोग गरिएको छ । यो कथा नेपालकै जल्दो बल्दो समस्यामा केन्द्रित भएर लेखिएको छ । कथामा क्लिष्ट र दुर्बाेध्य भाषको प्रयोग कतै पाइँदैन भने शैलीमा पनि सहजता भेटिन्छ । कथामा पात्रको मनोगत अवस्थाको चित्रण संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध र सुललित भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई थप आकर्षण र रोचक बनाउन यसमा प्रयोग भएका केही विभिन्न खाले शब्दहरू र उखानलाई यसरी देखाउन सकिन्छ ः

तत्सम शब्द तद्भव शब्द आगन्तुक एखान
१.विदु्रप १.सुस्केरा, मलामी १.पार्क १.दिन दुई गुना रात चौगुना
२. शत्रु २.मुठ्ठी, २.पोष्टमार्टम २.एक कान दुई कान मैदान
३. षड्यन्त्र ३. आगो झोस्नु ३.काङ्ग्रेस ३.ज्वालामुखी फुट्न लागेको पहाड झैँ
यसका साथै समाजको मणि, आखाँमा बिझ्नु, औला सोझ्याउनु जस्ता टुक्काको यथोचित प्रयोगले कथा अझ मार्मिक बनेको छ । 
४.३.६ उद्देश्य
यस धुवाँ कथामा आफ्नो देश, समाजप्रति अगाध स्नेह भएका युवाहरूको निस्वार्थ र बलिदानीपूर्ण जीवनलाई देखाउँदै समाज सुधारको सन्देश प्रस्तुत गर्नुलाई उद्देश्यका रूपमा लिन 
सकिन्छ । आफ्नो राष्ट्र र समाजको उन्नति, प्रगति विकासका लागि व्यक्तिगत लाभ र लालचबाट माथि उठी समाजसेवामा समर्पित हुनुपर्ने, जस्तो सुकै बाधा अड्चन आउदाँ पनि आफ्नो लक्ष्यमा अडिक रहनुपर्ने, समाजका विषालु सर्पहरूलाई सखाप पार्न जस्तोसुकै कदम चाल्नुपर्ने, जीवन रक्षाका खातिर बौलाएको स्वाङ् रच्नुपर्ने, जुनसुकै मूल्य चुकाएर पनि जनताको सर्वाेपरि हितमा अहोरात्र खटिनुपर्ने जस्ता कुराहरू अघि बढाउनुलाई यहाँ सन्देशका रूपमा स्वीकार्न सकिन्छ । समाजका गलत विचार र प्रवृत्तिका मानिसहरू विस्तारै सकिने तथा अरुलाई दु.ख दिने, शोषण गर्ने र तडकभडकपूर्ण जीवनको अस्तिŒव  खहरेको भेलभंैm क्षणभरमै नष्ट हुने कुरा बताउँदै उच्च विचार बोकी अटल आस्थावान भई राष्ट्रप्रति सचेत रही यसको उत्थान र विकासमा लाग्नुपर्ने राष्ट्रवादी, विकासवादी वा भनांै प्रगतिवादी स्वर सुसेल्नु यस कथाको भावभूमि रहेको देखिन आउँछ । साथै जनविरोधी काम गरे जनकारवाहीमा परिने कुरालाई पनि कथाले उठाएको छ । राम्रो काम गरे मृत्युपर्यन्त समाजले सम्मान दर्शाउने कुरालाई कथाले सशक्त रूपमा उठाएको पाइन्छ । यो कुरा यसैकथाको “यो बौलाह हाम्रो समाजको मणि हो । सम्ममनका साथ यसको अन्त्येष्टि गर्नुपर्छ” (धुवाँ, पृ. ११) भन्ने शिक्षक रामानन्दको कुराबाट स्पष्ट हुन्छ ।
४.३.७ निष्कर्ष
धुवाँ पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको दोस्रो कथा हो । यो कथा प्रथम पटक रचना त्रैमासिक (वर्ष४८, पृ.९९ कात्र्तिक—मङ्सिर २०६५) मा प्रकाशित भएको थियो । प्रस्तुत कथा पृ.७ देखि पृ. १३ सम्मको आयतनमा पैmँलिएको छ । कथाले खराब मानिसहरूको अन्त्य अत्यन्तै भयावह हुन्छ भन्ने भाव पस्किएको छ । कथाको शीर्षक धुवाँ प्रतिकात्मक छ ।
४.४.१ घाम झुल्किनु अघि कथाको कथानक
ऊ अर्थात् माइलीले आफ्नै घरबाट केही मानिसहरूको समूह आफ्नो पसलतिर आइरहेको जस्तो अनुभव गरेबाट कथाको सुरुवात हुन्छ । माओवादी द्वन्द्वकालको समय भएकोले माइली डराउँछे । माइली एउटा सानो छोराको साथमा त्यहाँ बसेकी हुन्छे । उज्यालो हुन अझ केही समय बाँकी नै हुन्छ । तेईसजना आर्मी र एकजना बन्धक बनाएर ल्याइएको मानिससहित तिनीहरू त्यहाँ आइपुछन् । माइलीलाई केही समय अघि आर्मीले जालझेल गरी माया जालमा फसाँई दुई जीउको बनाई छाडिदिएको हुन्छ, जसको परिणाम उसँग अहिले भएको छोरो हो । ऊ आर्मीलाई घृणा गर्छे । माइलीले डराउँदै ती सैनिकहरूलाई चिया खुवाउँछे । बन्धक बनाएर ल्याएको मानिसलाई एकदमै पशुवत् व्यवहार गरेको पनि माइलीले देख्छे । आतङ्ककारी भाइ पोहोर साल घरमा आएर बसेको भन्ने कुराका आधारमा उसलाई सैनिकले पक्डेर ल्याएका हुन्छन् । माइलीको बेतिनी स्थित चिया पसलमा चिया खाएपछि सैनिकहरूले उक्त मानिसलाई निर्ममताका साथ कुटपिट गर्छन् । उसलाई जिस्क्याउदै भागेर ज्यान बचाउन भन्छन् । बन्धक मानिस पनि जिजीविषाका खातिर भाग्छ । भाग्दै गर्दा ड्याङग ड्याङ्ग  गोली हानी मार्दछन् । यी सब कुरा मूक  भएर हेरिरहेकी माइली र उसको छोराको डर बढेको हुन्छ । माइली यसो पूर्वतिर हेर्छे घामझुल्किन अझ बाँकी नै हुन्छ । यसरी रातको समयमा कथा सुरु भई उज्यालो हुनु अघि नै भएका घटनाहरूको विकासमा यसले पूर्णता प्राप्त गरेको छ । निर्दोष मानिसलाई बन्धक बनाएर ल्याउनु कथाको आदि भाग, निर्घात कुटपिट गर्नु मध्य भाग र माइलीकै अगाडि मार्नु अन्त्य भाग रहेको देखिन्छ । यसरी प्रस्तुत कथा, आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ ।

४.४.२   पात्र र चरित्रचित्रण
प्रस्तुत कथा थोरै पात्र र छोटो आयम भएको कथा हो । ऊ अर्थात माइली यस कथाकी प्रमुख नारी पात्र हो ।  ऊ माओवादी द्वन्द्वकालमा एक सैनिकसँग माया जालमा परी आफ्नो सर्वस्व सुम्पने सोझासाझा नेपालीचेलीहरूको प्रतिनिधित्व गर्ने पात्र हो । झुटो मायाको उपहार स्वरूप छोरो जन्माउन पुगेकी माइली जीविका चलाउन चिया पसल गर्ने निम्न वर्गीय पात्र हो । माइली लिङ्गका आधारमा स्त्री लिङ्ग, कार्यका आधारमा प्रमुख, प्रवृत्तिका आधारमा अनुुकूल, स्वभावका आधारमा गतिशील  जीवन चेतनाका आधारमा वर्गगत आसन्नताका आधारमा मञ्चीय तथा आबद्घताको आधारमा बद्घ पात्र हो त्यसैगरी उसको छोरो र बन्धक मानिस सहायक पात्र हुन् । छोरो बाबुको अनुहारसमेत देख्न नपाएको बाबुको मायाबाट वञ्चितवर्गको प्रतिनिधि पात्र हो । त्यस्तै बन्धक मानिस युद्घका समयमा सैनिकहरूको पशुवत् र नीच व्यवहारको सिकार भएका तमाम नेपाली सर्वसाधारणको प्रतिनिधि चरित्र हो । साथै सैनिकहरूले सत्यता नजानी वा जान्न नचाही सर्वसाधारण माथि अमानवीय व्यवहार गर्ने असत् चरित्रको प्रतिनिधित्व गरेका छन् । उनीहरू पनि कथाको बद्घ, मञ्चीय, वर्गगत, गतीशील, प्रतिकूल पात्रका रूपमा कथामा आएका छन् । यसरी कथामा माइली प्रमुख पात्र, बन्धक मानिस सहायक पात्र, तथा बन्धक मानिसको भाइ गौण पात्रका रूपमा उपस्थित छन् ।
४.४.३ परिवेश
प्रस्तुत घाम झुल्किनु अघि माओवादी जनयुद्घकालीन परिवेशमा लेखिएको कथा हो । निर्दोष नेपालीहरू कसरी माओवादी र सैनिकहरूबाट पीडित भएका थिए भन्ने परिस्थिति यहाँ परिवेशकै रूपमा उल्लेख छ । स्थानगत हिसाबले पूर्वी नेपालको पहाडी ग्रामीण परिवेशमा कथा सिर्जित छ । उदयपुर जिल्लाको बेतिनी भन्ने ठाउँको सेरोफेरोलाई परिवेश बनाएर लेखिएको यस कथामा बेतिनी वरपरका स्थान, माइलीको चिया पसल, पसल नजिकको खोल्सो, डाँडाकाडा आदि यहाँ परिवेशकै रूपमा आएका छन् । द्वन्द्वकालमा नेपालका पहाडी जिल्लामा रहेका सोझी चेली तथा सोझा र इमान्दार सर्वसाधारण विना कुनै कारण दु.ख कष्टका सिकार भएको द्वन्द्वकालीन वातावरण यहाँ आएको पाइन्छ ।

४.४.४. दृष्टिबिन्दु
कथात्मक दृष्टिबिन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाई हो । मातृका पोखरेलद्वारा रचित घाम झुल्किनु अघि कथामा कथाकारले ऊ अर्थात् माइली पात्रको उपस्थित गराई कथा भनेकाले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग भएको देखिन्छ । तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा माइलीको वृक्तान्तबाट कथाको उठान गरिएको छ । “सुन त केको  आवाज हो ?  उसले सानो स्वरमा छोरालाई सोधी” (घाम झुल्किनु अघि, पृ. १५) । यसरी यस कथामा कथाकारले आफ्ना कुरा राख्न माइलीलाई पात्र बनाई उसका जीवनका तीता भोगाइ र उसले देखेकी सैनिकहरूको चरित्र उदाङ्गो पारिएकोले तृतीय पुरुष दृष्टिबिन्दुको कुशल संयोजनमा कथाले पूर्णता पाएको देखिन्छ ।
४.४.५. भाषा शैली
कथाकार मातृका पोखरेलको प्रस्तुतिमा सरलता पाइन्छ । जुन कथाको विशेषताकै रूपमा रहेको छ । पोखरेलको भाषाशैली बोधगम्य, सरल, र रुचिकर छ । घाम झुल्किनु अघि कथामा पनि सरल, मिठासपूर्ण भाषाशैलीको प्रयोग छ । यहाँ माइलीको, उसको छोराको र बन्धक मानिसको भाषाशैलीमा डर, र त्रासका रेखाहरू दगुरेका छन् भने सैनिकहरूको बोलीमा अहम् शासकवर्गको हाँकपूर्ण भाषाशैली प्रयोग पाइन्छ । कथामा घटनाको  विस्तार, पात्रहरूको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग छ । कथामा छोटो र सरल वाक्यहरूकै प्राधान्य रहेको छ । कथमा विभिन्न स्रोतका शब्दहरू प्रयोग भएका छन्, जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.त्रासद् १.मझेरी,अगेनो १.फुटबल,टर्च
२.ग्रामीण २.झाडी २.आर्मी
३.शङ्का ३.झुल्को,खित्का ३.पुलिस
यसका साथै भनाइलाई अझ प्रभावकारी बनाउन एउटा टीठ लाग्दो पाठोले जीवनको भीख मागिरहेझैँ, मौरीले गोलोलाई घेरेभंैm, भन्ने उखानहरूका अतिरिक्त मनमा डर पस्नु, खिसीटिउरी गर्नु जस्ता टुक्काहरूको पनि समुचित प्रयोग कथामा पाइन्छ । कथाले घाम झुल्किनु अघि नै घटेका घटनाहरूको तानाबानामा पूर्णता प्राप्त गरेको तथा द्वन्द्वका समयका मानवहरू सधैं अन्धकारमय, अनिश्चित जीवन बाँचिरहेको छन् भन्नै द्वैध अर्थ शीर्षकले बुझाउँछ ।
४.४.६. उद्देश्य
कथा कला र मानव जीवनको साझा सम्पत्ति हो । यसमा मान्छेलाई मान्छेका रूपमा देखाउनु पर्छ तर यसो गर्दा कलात्मक मूल्य र मान्यताहरूलाई बर्जनीय ठान्नु हुँदैन् । घाम झुल्किनु अघि कथामा  मुलुकमा भएको ए. नेकपा माओवादीको कथित द्वन्द्वको समयमा पहाडी भेगमा बसोवास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले के कस्तो अमानवीय व्यवहारको सिकार बन्नु प¥यो भन्ने कुरा देखाउने उद्देश्य राखिएको पाइन्छ । द्वन्द्व कालमा शाही सैनिकहरूले आधारातमा घरबाट उठाएर उज्यालो भएको देख्नै नपाई निर्घात कुटपिट गरी आफ्नो बन्दुकको निसाना  बनाई कसरी मार्दथे भन्ने कटु यथार्थलाई यहाँ उजागर गर्ने लक्ष्य रहेको देखिन्छ । नेपाली चेलीहरू सैनिकहरूको यौन पिपाषु दृष्टिबाट बच्न नसकेर आफ्नो कौमारित्व र जीवन नारकीय बनाउन विवश छन् भन्ने देखाउनु र उनीहरूलाई त्यसतर्पm सचेत बनाउनु पनि कथाको उद्देश्य रहेको छ । समग्रमा कथाले युद्धको विरोध र शान्तिको समर्थन गर्ने उद्देश्य राखेको पाइन्छ । साथै मानिसले मानिसलाई मानिसकै रूपमा हेर्नु पर्ने र सोही अनुसार व्यवहार गर्नु पर्ने मानवतावादी स्वर सुसेल्नु पनि कथाको उद्देश्यकै रूपमा आएको छ ।
४.४.७  निष्कर्ष
घाम झुल्किनु अघि यस सङ्ग्रहको तेस्रो तथा प्रतिनिधि कथा हो । सङ्ग्रहको नाम पनि यसै कथाको नामबाट राखिएको छ । यो कथा प्रथम पटक कौशिक मासिक (वर्ष,८, अङ्क,६, पूर्णाङ्क, ८५, २०६५ असोज) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ १४ देखि पृष्ठ १९ सम्मको आयतनमा पैmँलिएको छ । द्वन्द्व कालमा बेलुका खाना खाएर सुतेका नेपालीहरू घाम झुल्किनु अघि नै आफ्नो ज्यान गुमाउन पुग्दथे भन्ने कुरालाई आधार बनाई राखिएको शीर्षक सार्थक देखिन्छ । द्वन्द्वले निम्त्याएको मानवीय समस्या, करुणा, नरसंहार, जिजीविषा, पदको घमण्ड आदि पक्षको उद्घाटन गर्दै यी सबले बर्बादीतर्पm धकेल्ने भएकाले सत्य र शान्तिको  पक्षमा उभिन कथाले आग्रह गरेको छ ।

४.५.१  मौन सङ्केत कथाको कथानक
गणेशले पनि इँटाको गारो उठाएर फल्याक जोडी भीमबहादुरको जस्तै पलङ्ग बनाउँदै गर्दा कथाको सुरुवात हुन्छ । दुबैजना नामगेल नाम गरेका साहुको गलैंचा कारखानाका कामदार हुन् । भीम बहादुले त्यस कारखानामा काम गरेको दसवर्ष भइसक्यो । आज पनि धेरै दिन अघिदेखि आएको ज्वरोले थलिएर भीमबहादुर ओछ्यानमै छ । पञ्चायती शासकको सिकार भई आफ्नो बस्तीबाट विस्थापित परिवारको सदस्य भीमबहादुरको ज्वरो बीसको उन्नाईस हँुदैन बरु ज्यान नै लिला कि जस्तो अवस्थामा पुग्छ । कारखानाका सबै कामदारकाबीच असल व्यक्ति मानिएको हुँदा सबै उसको पीडामा साथ दिन त्यहाँ उपस्थित छन् तर विडम्बना उनीहरू कसैसँग पनि औषधीका लागि पैसा हुँदैन् । तीनचार महिनादेखिको कामको पैसा साहुले दिएको हँुदैन । आपूmहरूसँग भएको पैसाले भीमबहादुरलाई अस्पतालसम्म लान पुग्छ । यक्तिकैमा एकदिन भीमबहादुर साह्रै बिरामी पर्छ । सबै आत्तिन्छन् । कामदार मध्यकै शिवराम, गणेश र हर्कबहादुर राति नै साहुको घरतिर सहयोगका लाग्छन् । तर साहु मस्त निद्रामा भएकोले उठाउन नमिल्ने कुरा पालेले गर्छ । उनीहरू रातभर बाहिर बस्छन् । उता भीमबहादुरको प्राण पखेरु उड्छ । लास ढाक्ने कपडा समेत नहुदा मैलो लुङ्गीले लास ढाकिन्छ । सबै कामदारहरू निरीहतापूर्वक लासलाई हेरिरहन्छन् । मौन रूपमै भए पनि साहुप्रति रिस पोख्छन् अनि साथीप्रति सहानुभूतिका लहरहरूका यही समयमा साहुलाई बोलाउन गएका तीनजना पनि आउछन् र त्यही भिडमा मिसिन्छन् र कथाको कथानकको समाप्ति हुन्छ । यसरी यो कथा सरल रेखामा संरचित छ। भीमबहादुर गााउँ छाडेर आउनु, साहुकोमा काम गर्नु र एक दिन बिरामी पर्नु कथाको आदि भाग हो, त्यस्तै बिरामी लगातार भइरहनु, साथीभाइसँग पैसा नहुनु, साहुले पैसा नदिनु, बोलाउन जाँदा पनि नउठ्नु आदि कथाको मध्य भाग हो भने रोगले ग्रस्त भीमबहादुरको मृत्यु हुनु, कात्रो किन्ने पैसाको अभावले पुरानो लुङ्गी ओढाउनु, सबैजना चुपचाप भई मौन रूपमा आफ्नो गरिबी, साथीको मृत्यु तथा साहुको निर्दयिताप्रति बिरोधको सङ्केत गर्नु आदि कथाको अन्त्य भाग हो । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा अघि बढेको छ ।

४.५.२  पात्र र चरित्रचित्रण
मौन सङ्केत  छोटो आयम र थोरै पात्रको संयोजन भएको कथा हो । कथाको मूल पात्र भीमबहादुर हो । उसकै वरिपरि कथाले पूर्णता पाएको छ । भीमबहादुर गाउँमा सामान्तहरूको पीडाले सहर छिरेको निम्नवर्गीय पात्र हो । यहाँ आई एउटा कारखानामा अनवरत रूपमा दसवर्षसम्म काम गर्ने इमानदार, सहयोगी चत्रिको छ । गरिब भए पनि लोभ, लालच तथा धुत्र्याइँ कतै नभएको सत् तथा अनुकूल चरित्रका रूपमा उपस्थित ऊ अन्त्यमा पैसाको अभावमा ज्यान गुमाउन पुग्छ । नामागेल यस कथाको प्रमुख खलपात्र, प्रतिकूल वा असत् पात्रका रूपमा उपस्थित छ । कामदारहरूलाई काममात्र लगाउने, पैसा नदिने पुँजीपतिवर्गको प्रतिनिधि पात्र हो । मान्छेको जीवनभन्दा निद्रा प्यारो ठान्ने वास्तवमै पतीत पात्रका रूपमा ऊ यस कथामा आएको छ । “कामै गर्न छाडेर किन हुलै कसेर आ‘कोे निद्राबाट भर्खरै उठेको मुखाककृति बोकेर साहुले बाहिर एकाएक उनीहरूलाई झम्ट्यो” (मौन सङ्केत,पृष्ठः२५) । यसरी ऊ बिरामीको खबर दिन र सहयोग लिन आएका कामदारमाथि झर्किने हैकमवादी प्रवृत्तिको चरित्रमा देखा पर्छ । साथै हर्कबहादुर, शिबराम, गणेश आदि कामदारहरू सहायक चरित्रमा देखापर्छन् । उनीहरूमा भीमबहादुरलाई सहयोग गर्ने इच्छा, चाहना त हुन्छ तर पैसा अभाव हँुदा सहयोग गर्न सक्दैनन् । त्यसैगरी पाले, बाटामा भेटिएका मानिसहरू, कारखानाका अन्य कामदार यहाँ गौण पात्रका रूपमा आएका छन् ।
४.५.३ परिवेश
       प्रस्तुत मौन सङ्केत कथा गरिब मजदुरहरूको रगत पसिनाले अकुत सम्पत्ति कमाउने तर उनीहरूलाई गारोसारो पर्दा सानो सहयोगसम्म नगर्ने प्रवृत्तिको चित्रण गर्ने परिवेशमा संरचित छ । परिस्थितिगत हिसाबले पनि ग्रामीण भेगका मानिसहरू विभिन्न समस्याका कारण सहर पस्ने गरेको तथा यहाँ पनि राम्रो काम नपाउने, ठगिनु पर्ने स्वस्थ्य उपचारको अभावमा ज्यान गुमाउनु पर्छ भन्ने परिवेशमा कथा निर्मित छ । साथै स्थानगत हिसाबले काठमाडौं उपत्यकाभित्रको जोरपाटी, चाबहिल, साहुको घर, कारखाना, कामदारको कोठा, सडकहरू परिवेशका रूपमा आएका छन् । ग्रामीण परिवेशबाट सहरी परिवेशमा रमाउन आएका मानिसहरूको सहरी जीवन कस्तो दुःखद् र हृद्यविदारक छ भन्ने कुरालाई कथाले उठान गरेको छ । मानवीय अस्तिŒवभन्दा आफ्नो निद्रा प्यारो सम्झने  नामागेलजस्ता नीच र स्वार्थी प्रवृत्तिको मानिसहरूको चरित्र उदाङ्गो पार्न पात्र, कथावस्तु अनुकूल परिवेशको योजना प्रस्तुत कथामा गरिएको पाइन्छ ।
४.५.४  दृष्टिबिन्दु
प्रस्तुत मौन सङ्केत कथामा कथाकारले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । आजको समाजमा पनि पुँजीपतिवर्गले गरिब असाहयहरूको खुन पसिनाको पोखरीमा पौडदै मस्तीको जीवन बाँचिरहेका छन् भन्ने देखाउन यहाँ विभिन्न पात्रहरूको चयन गरिएको छ । पात्रहरूको क्रियाकलाप, भावना, विचार, प्रतिक्रिया र करुण अवस्थाको चित्रण गर्दै उनीहरूको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुषको बाह्य दृष्टिबिन्दुको प्रयोग यस कथामा भएको पाइन्छ । “उसले फेरि स्थितिको गम्भीरतालाई बुझिदिन आग्रह ग¥यो” (मौन सङ्केत,पृष्ठः२५) । यसरी यस कथामा तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीको प्रयोग छ ।
४.५.५ भाषाशैली
प्रस्तुत मौन सङ्केत कथाको भाषाशैली सरल, सहज छ । लेखकीय प्रवृत्तिअनुसार छोटा र सरल वाक्यहरूको अधिक प्रयोग गरिएको छ । पात्रअनुसार भाषाशैलीको छनौटमा कथाकार सफल छन् । यस कथामा सरल तथा मिठासपूर्ण भाषाको प्रयोग छ । क्लिष्ट तथा दुर्बोध्य भाषाको प्रयोग पाइँदैन । कथामा  घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई अझ सरस र प्रभावकारी बनाउन विभिन्न स्रोतका शब्दहरूको उचित चयन गरिएको छ । जसमध्ये केही शब्दलाई तालिकामा राखेर यसरी देखाउन सकिन्छ 
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.सङ्घर्ष १.भेउ १.स्कुल, प्लेट, गेट                
२.नीरवता, संवेदनशील २.हुस्सु, भुस्याहा २.मोटर,ट्रक, कम्पउण्ड
          यसरी विभिन्न स्रोतका शब्दहरूको सन्तुलित प्रयोगले कथालाई बोझिलो नबनाई सम्प्रेषणीय बनाएको छ ।
४.५.६  उद्देश्य
प्रस्तुत मौन सङ्केत कथाको मूल उद्देश्य सामान्ति मनोवृत्तिका मानिसहरूको चरित्र उदाङ्गो पार्नु हो । गरिब, दुःखी र असाहय मानिसहरूको मिहिनेत र पसिनाबाट उद्योग चलाई पैसाको रासमा रमाउने तर उनीहरूलाई पशुभन्दा तल्लो दर्जाको व्यवहार गर्ने नामागेल जस्ता सभ्रान्तवर्गको पर्दाफास गर्नु यस कथाको उद्देश्य रहेको छ । त्यसैगरी निर्धन नेपालीहरू दिनरात मिहिनत गर्दा पनि बिरामी पर्दा औषधी उपचार गर्ने पैसा बचाउन असफल रहेको देखाउनु, आफ्नो दुःखमा साथ नदिने सामान्तहरूको विरोधमा उत्रन नसक्ने स्थिति देखाउनु, श्रमजीवीवर्गको दीनहीन अवस्थाको कारुणिक चित्र उतार्दै त्यसको विरोध गर्नु पर्ने सन्देश दिनु र नेपालीहरूको सुख शान्ति र संवृद्धिको गोरेटोको सङ्केत गर्नु यसकथाको मूल उद्देश्य रहेको देखिन्छ । सोझा, साझा, इमान्दार मानिसहरू जताततै हेपिएका छन् । उनीहरूलाई गाँस, वास र कपास लगायत स्वस्थ्य, शिक्षाको उचित प्रबन्ध मिलाउनु पर्नेतर्फ पनि कथाकारले सङ्केत गरेका छन् ।
४.५.७    निष्कर्ष
पोखरेलको घाम झुल्किनु अघि (२०६७)  कथासङ्ग्रको चौथो कथाका रूपमा मौन सङ्केत कथा रहेको छ । यो कथा प्रथम पटक समकालीन साहित्य (पृष्ठ ५६, २०६१ चैत्र) मा प्रकाशित भएको थियो। कथा पृष्ठ २० देखि पृष्ठ २६ सम्मको आयतनमा पैmलिएको छ । नेपालीहरू आफ्नो हक अधिकारका लागि खुलेर अघि बढ्न नसक्ने अवस्थामा रहेकाले केही सीमित सामन्त र पुँजीपति वर्गले उनीहरूलाई आफ्नो हतियार बनाई सफलताको सिंढी बनाउने गरेको यथार्थलाई कथाले बडो मार्मिक रूपमा उठाएको छ । श्रमजीवी मजदुरहरू धनाढ्यप्रति मौन रूपमा मात्र विरोध गर्न सक्षम छन् । उनीहरूको दुःख कष्ट लुकाउने थातबास कही नभएको कटु तथ्यलाई पाठकसामु राख्नु र यसमा परिवर्तनको खाँचो औल्याउनु कथाकारको लक्ष्य देखिन्छ ।

४.६.१ अँध्यारो गाउँ कथाको कथानक
यस कथाको सुरुवात धेरै वर्षपछि बाबु घर आएपछि उनलाई  म पात्रले अतीतका घटनाहरू र वर्तमान अवस्थाको जानकारी गराउँदै गरेको कथनबाट भएको पाइन्छ । द्वन्द्वकालमा पुलिसका जागिरे बाबुले गाउँकै मास्टर काकालाई माओवादीको आरोप लगाई निर्घात कुटपिट गरी गोली हानेर मारेका र उनी धेरै वर्षपछि रातको समयमा घर आएका छन् । दिउसो सबैले देख्नेगरी आउँदा त्यस ठाउँका मानिसहरूले मार्ने डर छ । म पात्रले “अब सधैं अँध्यारोमा बस्नुहोस् तपाईलाई बस्नको लागि छुट्टै अँध्यारो कोठाको व्यवस्था छ” (अँध्यारो गाउँ, पृष्ठ ः ३०) भनेबाट उसलाई सामाजिक बहिस्कार गरेको प्रतित हुन्छ । बुबाले गरेको गल्तीका कारण आपूm र आफ्ना परिवारका सम्पूर्ण सदस्यहरूले समाजमा नराम्रो व्यवहारको सिकार हुनुपरेका दुःखेसो म पात्रले गरेको छ । समाजका असल व्यक्तिलाई तपार्इंले यसरी मार्न नहुने थियो भन्दै म पात्रले गुनासो गरेको छ । यसरी राम्रो र असल व्यक्तिलाई नचाहिदो आरोप लगाई हत्या गर्ने हत्याराहरूलाई रातमा मात्रै शान्ति हुन्छ, यो गाउँ, यो समाज पीडादायक हुन्छ भन्ने आशय व्यक्त गर्दै अब बाचुन्जेल अँध्यारो कोठामा बस्नुहोस् भनी आग्रह गर्छ । अब गाउँ तपाईको सोचेजस्तो कहाँ छ र ? भन्ने म पात्रको एकालापीय कथनसँगै कथानकको अन्त्य भएको छ ।
यसरी प्रस्तुत कथा म पात्रको बुबाले द्वन्द्वकालमा आफ्नै गाउँको सबैका मनमा बसेका मानिसलाई आफ्नो  पदको दुरूपयोग गरी हत्या गर्दा सिङ्गो गाउँ यसको विरुद्धमा रहेको तथ्य कथाले अघि सारेको छ । कथाको कथानक ढाँचा वृत्ताकारीय छ, पहिले घटना घटेको र उक्त घटनाले उब्जाएका परिणामहरू बताउँदै जाँदा कथाले पूर्णता प्राप्त गरेको छ ।
४.६.२. पात्र र चरित्रचित्रण
प्रस्तुत अँध्यारो गाउँ छोटो आयम र थोरै पात्र भएको कथा हो । यस कथाको केन्द्रिय पात्र मास्टर काका हुन् । उनी समाजका शिक्षित, सचेत तथा असल चरित्रका पात्र हुन् । कथित जनयुद्धका समयमा माओवादीको आरोपमा आफ्ना ज्यान गुमाउन पुगेका द्वन्द्वकालीन परिवेशका उनी जस्ता कैयांै नेपालीहरूको प्रतिनिधि पात्र हुन् । म पात्र यहाँ सहायक पात्रका रूपमा आएको छ भने उसको हत्यारा बाबु असत् तथा प्रतिकूल चरित्रको देखा पर्दछ । उसले आफ्नो बल र शक्तिको आडमा मास्टर काकालाई मारेको छ । त्यस्तै यस कथामा मास्टर्नी काकी, म पात्रकी आमा, नरेश, बुबाका साथीहरू गौण पात्रका रूपमा उपस्थित छन् । म पात्रको बुबाले गरेको हत्याका कारण त्यस गाउँमा उसका आफन्तहरू समेतलाई विभिन्न आपेक्षहरू लागेका छन् । उनीहरू आफ्नै मानिसलाई सदैव अन्धकारमा राख्न बिवश छन् । यसरी कुविचार र कुकृत्यको फल नराम्रो हुने कुरा बताउन यस कथामा पात्रहरूको उचित संयोजन भएको देखिन्छ ।
४.६.३  परिवेश
प्रस्तुत अँध्यारो गाउँ कथा कुनै गाउँका चल्दा बल्दा, समझदार, इमानदार व्यक्तिले माओवादीको आरोपमा पुलिसको हातबाट मृत्युवरण गरेको घटनालाई परिवेशका रूपमा उठान गरी लेखिएको कथा हो । त्यस्तै गाउँका पुलिसले गाउँकै असल व्यक्तिको हत्या गरिदिँदा हत्याराका लागि गाउँ अन्धकारमय भएको उक्त गाउँमा बस्न नसक्ने लुकिछिपी बस्नु पर्ने बाध्यात्मक स्थिति आएको पस्थितिमा कथा निर्माण भएकोे छ । स्थानका हिसाबले यहाँ देवीनाथ, म पात्रको घर, मास्टर काकाको घर, पँधेरो आदि जस्ता ठाउँहरूका साथै स्कुल परिवेशका रूपमा आएको छ । राम्रो र असल व्यक्तिलाई दुःख दिने हत्या गर्ने मानिसको जीवन अन्धकारमय बन्ने कुरालाई परिवेशगत रूपमा कथामा चित्रण गरिएको छ । समग्रमा कथा ग्रामीण परिवेशमा, माओवादी द्वन्द्वकालीन समयलाई आधार बनाई लेखिएको छ ।
४.६.४ दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा रचित अँध्यारो गाउँ कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । म पात्रले आफ्नो बाबु प्रहरीमा हुँदा द्वन्द्वकालमा समाजका प्रतिष्ठित व्यक्तिले ज्यान लिने जस्तो कुकृत्य गरेको र त्यसले सिर्जिएको समस्याहरूको वर्णन गर्दा कथाको निर्माण भएको छ । यो कथा एकालापीय वर्णनात्मक शैलीमा अगाडि बढेको छ । म पात्रले आफ्नो बुबालाई उहाँले गरेको हत्या र त्यसको प्रतिफलबारे जानकारी दिँदा कथा प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा संरचित हुन पुगेकोछ । स्वयम् म पात्रले सम्पूर्ण कथा वाचन गरेकोले र म पात्रकै केन्द्रियतामा कथाले गति लिएको हुँदा परिधीय आन्तरिक दृष्टिबिन्दुको समुचित प्रयोग भएको छ । “मेरो कुरा सुनेर तपाईलाई साह्रै रिस उठ्यो होला” (अँध्यारो गाउँ, पृ. २८) । त्यस्तै “तपाईको अनुहार देख्दा मलाई अहिले मास्टर काकाको सम्झना आइरहेको छ” (पूववत्, ः २९) । आदिबाट पनि प्रथम पुरुष दृष्टिबिन्दु रहेको पुस्टिन्छ ।
४.६.५ भाषा शैली
अँध्यारो गाउँ कथाको भाषाशैली सरल र सहज छ । लेखकीय प्रवृत्ति अनुसार छोटो र सरल वाक्यको प्रयोग कथामा प्रशस्त छन् । स्रष्टाले आपूmले माओवादी द्वन्द्व कालमा देखेभोगेका घटनालाई पाठकको बुझ्नेगरी सरलताका साथ प्रस्तुत गरेका छन् । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण अनुसार सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथालाई सम्प्रेषणीय बनाउन कथाकारले चलनचल्तीमा रहेका विभिन्न स्रोतका शव्दहरूको प्रयोग गरेका छन्, जस मध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१. व्यग्रतापूर्वक १ रुमाल १ स्कुल,पुलिस
२. क्रूरतापूर्वक २. पँधेरो २. मास्टर
३. पश्चताप ३. काका ३. गोली
यी शब्दहरूका अतिरिक्त गाउँका मणि, आँखामा नबिझाउने जस्ता शब्दहरूको कुशल संयोजनको कथामा रोचकताले अकर्षण थपेको छ । कथाको शीर्षक अनुसार नराम्रो काम गर्ने, समाजका राम्रा मानिसलाई सखाप पार्ने मानिसको लागि त्यो गाउँ अँध्यारो समयमा मात्र काम लाग्ने उल्लेख गर्दै सामाजिक रूपमा बहिस्करणमा पर्ने प्रतिकात्मक अर्थ प्रदान गरेकाले कथाको शीर्षक र विषयवस्तुमा  पूर्णतः तालमेल पाइन्छ ।
४.६.६ उद्देश्य
प्रस्तुत अँध्यारो गाउँ कथामा माओवादी द्वन्द्वको समयमा पीडित बनेको एक गाउँको सत्य घटनालाई देखाइएको छ । द्वन्द्वको समयमा समाजका सत् चरित्रका मानिसहरू पुलिस प्रशासनको षड्यन्त्रमा परी कसरी मारिए, त्यस्ता व्यक्तिको मृत्युका कारण मृतक परिवार र समाज तथा हत्याराको निर्दोष परिवारका सदस्यहरू कसरी निराश बन्नपुगे भन्ने देखाइएकोछ । साथै हत्या गरी भागेको मानिस त्यसै गाउँमा फेरि बस्न, डुल्न कत्तिको मुस्किल पर्छ भन्ने देखाउनु यस कथाको उद्देश्य रहेको देखिन्छ । साथै हत्या, हिंसाप्रति बालमानसिकतामा परेको असर पनि नरेशका माध्यमबाट कथामा देखाइएको छ । व्यक्ति, परिवार र समाजको मान प्रतिष्ठाका लागि गरिने सरकारी सेवाको सदुपयोग नगर्दा कस्तो नियति भोग्नु पर्छ भन्ने तथ्यलाई पनि कथाले उठाएको छ । हत्या, हिंसाले कसैको भलो नगर्ने शान्तिपूर्ण तवरले बाँच्नु पर्ने, बाँच्न दिनुपर्ने र यसैमा सबैको भलाइ हुने कुरालाई कथाकारले देखाएका छन् । आजको मानिसमा मानवता हराउँदै गएको, पद, पैसा र शक्तिले अन्धो बनाएको कुरा देखाउँदै समयमै बुद्धि पु¥याई उचित कदम चालेमा जीवनमा सफलता प्राप्त हुने अन्यथा नारकीय जीवन बाँच्नु पर्छ भन्ने उद्देश्य पाठक समक्ष राख्न प्रस्तुत कथा सफल छ ।
४.६.७ निष्कर्ष
पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको पाचौँ कथाका रूपमा प्रस्तुत अँध्यारो गाउँ कथा रहेको छ । यो कथा पहिलो पटक स्रष्टा (पृ ः २, २०६२) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ २७ देखि ३० सम्मको आयतनमा फैलिएको छ । कथामा माओवादी द्वन्द्वको समयमा आफ्नो पदको दुरूपयोग गरी आफ्नै गाउँका आदर्श व्यक्तिको हत्या गर्नेको जीवन अन्धकारमय बनेको र राम्रो मानिसलाई गुमाउनु पर्दा सारा गाउँमा नै अँध्यारो छाएको कुरा यस कथामा देखाइएको छ ।
४.७.१  निधो कथाको कथानक
रबुवा दनुवारको छोरी रामवतीको विवाहका लागि जन्ती घर नजिकैको खोलाको बगरमा आइपुगेको बाजागाजाको धुनसँगै कथाको सुरुवात भएको छ । रबुवाले छोरीलाई विद्यालयमा पढाएर छोरी पढाउने चलन चलाउनु, उसलाई अरु धैरैले यस विषयलाई लिएर खिसिटिउरी गर्नु, उसले कसैको कुरा नसुन्नु, रबुवा तरकारी बेच्न जाँदा आफ्नी छोरी कुनै युवकसँग हात समातेर हिँडेकोे देख्नु, उसले छोरीलाई विद्यालय जानबाट रोकी विवाहको तयारी गर्नु, केटा खोज्नु, रबुवा आर्थिक रूपमा कमजोर हुनु, केटा पक्षले धेरै जन्ती ल्याउने तथा धेरै सरसामानको माग गर्नु, विवाहका दिन धेरै जन्ती लिएर आई समान नदिए जन्ती लिई त्यसै फर्किने केटा पक्षले घुर्की लगगउनु, रामवतीले स्थिति आकलन गर्दै आपैmसँग गाईबाख्रा चराउने टुहुरो जामुनसँग विवाह गर्ने तर दाइजो र सम्पत्तिका लागि मात्र विवाह गर्ने केटासँंग विवाह नगर्ने निधो गर्नु, अन्त्यमा रामवतीको निधोमा सबै सहमत भई जामुनसँग विवाह गर्नु जस्ता घटनाहरूसँगै यस कथाको कथानकको अन्त्य भएको छ । कथामा रामवती पढ्न थाल्नु आदि भाग, अर्काे केटासँग बजार डुल्नु मध्य भाग र जामुनसँग विवाह गर्नु कथाको अन्त्य भागका रूपमा संरचित छ । यसरी कथा आदि, मध्य, र अन्त्यको शृङखलामा अघि बढेको छ ।
४.७.२ पात्र र चरित्रचित्रण
प्रस्तुत निधो कथा छोटो आयम र थोरै पात्रको प्रयोग गरिएको कथा हो । कथामा निम्नवर्गीय पात्रहरूको संयोजन गरिएको छ । आर्थिक रूपमा विपन्न, दाइजोको सिकारमा परी आफ्नो जीवनको उचित निधो आपंैm गर्नु पर्ने बाध्यात्मक स्थितिले जेलिएकी पात्र रामवती यस कथाकी मुख्य स्त्री पात्र हो। ऊ गाउँको विद्यालय जाने पहिलो महिला हो, पछि केटा साथीसँग हिँडेकै कारण उसको पढाइ रोकिन्छ र बाबु आमाको इच्छाअनुसार विवाह गर्न राजी हुन्छे तर केटा पक्षले दाइजोको कारण छाडेर गएपछि त्यही मण्डपमा आफ्नो बालसखी, टुहुरो, अनाथ तर मनको धनी जामुनसँग विवाह गर्ने निधो गर्ने सत् अनुकूल तथा परिस्थितिअनुसार  परिर्वतन हुन सक्ने गतिशील चरित्रका रूपमा उपस्थित छे । साथै कथामा उसको बाबुआमा समाजका इज्जत जोगाउन प्रयत्नरत अभिभावकवर्गका रूपमा सहायक भूमिकामा देखिन्छन् । यसैगरी जामुन मन पराउँदा पराउँदै पनि निर्धन भएको र अनाथ भएको कारण रामवतीलाई केही भन्न नसक्ने र भाग्यवश ग्रहण गर्ने वर्गीय चरित्रका रूपमा देखा पर्छ । त्यसैगरी दाइजो माग्ने बेहुलो, उसको बाबु र आफन्तहरू यहाँ असत् र प्रतिकूल पात्रका रूपमा आएका छन् । उनीहरू रबाफ र पैसामा जीवनको तुलना गर्ने र मापन गर्ने खलपात्रका रूपमा कथामा उभिएका छन् भने दैया, फूलन दिदीको कथामा खासै भूमिका नभएकोले गौण पात्रका रूपमा लिन सकिन्छ । कथाले ग्रामीण नेपाली समाजमा बस्ने निम्नवर्गीय मधेशीसमुदायका मानिसहरूलाई पात्रका रूपमा उपस्थित गराई दाइजो जस्तो कुप्रथाको अन्त्य हुनुपर्ने कुरामा जोड दिएको देखिन्छ ।
४.७.३ परिवेश
प्रस्तुत निधो कथा दनुवार जातिको समुदायमा देखिने दाइजो प्रथा र यसको सिकार भएको विपन्न तथा कमजोर आय भएका वर्गीय परिवेशमा कथाको निर्माण भएको छ । ग्रामीण परिवेशमा संरचित कथाले अहिलेको नेपाली समाजमा पनि दाइजो जस्ता कुप्रथा, छोरीलाई पढाउनु नहुने सोच, केटासँग बोल्नै नहुने, हिड्नै नहुने पुरातन परम्परा र सँस्कारलाई आफ्नो परिवेश बनाएको छ । साथै छोरीको विवाहको दिन दाइजो र सम्पत्तिका कारण बेहुलो त्यसै फर्किएपछिको परिस्थितिलाई आदर्शको खोलामा कथालाई अगाडि बढाई जामुनसँग विवाह गर्ने निधो गर्न पुगेकी रामवती आफ्नो जीवन साथीको छनोटमा स्वतन्त्र हुन्छे । कथाले पूर्वी नेपालको कटारी बजार वरपर रहेको कुनै गाउँको ग्रामीण परिवेशमा पूर्णता पाएको छ । साथै कटारी बजार तावाखोलाको बगर, रबुवाको घर, कमला खोचँ, आदि ठाउँहरू प्नि परिवेशका रूपमा आएका छन् । निम्नवर्गीय दनुवार जातिको छोरीको विवाह गर्दा बाबुआमाको टाउकोमा आर्थिक भार थेग्नै नसक्ने गरी पर्ने कुरा उल्लेख गर्दै यस्ता कुप्रथा तोड्नु पर्ने कुरालाई कथामा परिवेशका रूपमा चित्रण गरेको छ ।
४.७.४ दृष्टिबिन्दु
प्रस्तुत निधो कथामा कथाकार पोखरेलले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । पोखरेलले आपूmले समाजमा देखेका घटनालाई पाठक समक्ष पु¥याउन रामवती र रबुवा जस्ता पात्रहरूको चयन गरी उनीहरूमार्फत दनुवार समुदायको बिबाह, छोरीको लालनपालन, आर्थिक स्थिति आदिजस्ता कुराहरू राखेका छन् । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “यही ठाउँमा म आजै जामुनसँग विबाह गर्छु । रामवतीले आमाबाबुलाई सुनाई” (निधो पृ.३६)। त्यस्तै  “लाटी उसले तलाई मन पराएको कुरा बुझिस् ?” आमाको कुराले रामवती लजाई”  (पूर्ववत् पृ. ३४) । यसरी प्रस्तुत कथामा विभिन्न पात्रहरूको चयन गरी उनीहरूकै माध्यमबाट कथा अगाडि बढेकोले तृतीय पुरुष सर्वदर्शी दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट हुन्छ ।
४.७.५ भाषाशैली 
प्रस्तुत निधो कथाको भाषा ज्यादै सरल, सुबोध र प्रभावकारी छ । कथामा थोरै पात्रको प्रयोग गरिएको छ । वर्णनात्मक शैलीका अतिरिक्त एकालापीय शैलीमा पनि कथा संरचित छ । कटारी बजार नजिकै रहेको एक दनुवार बस्तीको घटनालाई आधार बनाई सोही अनुरूप पात्र तथा भाषा शैलीको तालमेलले कथामा उत्कृष्टता थपेको पाइन्छ । यस कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको पाइन्छ । कथाको प्रस्तुतिमा सरल, सहज सुबोध भाषशैलीको प्रयोग छ । कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भएको छ, जसलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक टुक्का
१. शुक्रबार, सूर्य १. खिसिटिउरी १. एस.एल.सी. १. कुइनेटो पर्नु
२. जिज्ञासा २. छिचिमिरा २. होटेल २. आँखाबाट खोझेल पर्नु
३. शङ्का ३. कटेरो, आँगन ३. बजार ३. कोट्याएर सोध्नु
यसरी विभिन्न स्रोतका शब्दहरूको संयोजनका अतिरिक्त समुचित टुक्काहरूको प्रयोगले कथाको उचाई बढाएको छ । साथै नेपाली ग्रामीण समाजमा प्रचलित सँस्कार र सँस्कृतिको झझल्को पस्किएको हुँदा कथा अत्यन्त सम्प्रेषणीय छ । कथाको शीर्षक निधो  जीवनको विषम परिस्थितिमा कथाकी नायिका रामवतीले गरेका निर्णयलाई आधार मानी राखिएकोले अभिधात्मक रहेको छ ।
४.७.६ उद्देश्य
प्रस्तुत निधो कथाको मूल उद्देश्य भनेको  आफ्नो जीवनको निर्णय आपंैmले सोचविचार गरेर गर्नुपर्छ भन्ने रहेको छ । दनुवार समुदायमा प्रचलित दाइजो प्रथा तथा विवाहमा धेरै धनसम्पत्ति खर्च गर्नु पर्ने सँस्कारका कारण विपन्नवर्गका मानिसहरू यसबाट पीडित छन् तसर्थ यस्ता कुप्रथा तोड्नु पर्छ भन्ने उद्देश्य यस कथामा पाइन्छ । यसका अतिरिक्त नेपाली समाजमा रहेको छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यतालाई चिर्नु र शिक्षित समाजको निर्माण गर्नु पर्छ भन्ने भाव पनि यहाँ पाइन्छ । मानिसले आफ्नो जीवनसाथी धन सम्पत्तिवाला भन्दा पनि स्वच्छ र सफा हृद्य भएकोलाई बनाउनु पर्छ भन्ने सन्देशलाई पनि कथाले आत्मासात् गर्न पुगेको देखिन्छ । समाजको विकास गर्न मानिसको सोचाइमा परिवर्तन हुनु पर्ने  र यसका लागि शिक्षा नै मूल स्रोत हो भन्ने कुरा कथाले उठाएको छ । आफ्नो हैसियत हेरेर वा भनौं घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने उक्तिलाई कथाले आफ्नो उद्देश्य बनाएको पुस्टिन्छ । सम्पत्तिका पछाडि दगुर्नेहरू अन्ततः आफ्नो इज्जत प्रष्तिठा गुमाउन पुग्छन् भन्ने कुरा पनि कथाकारले कथामा देखाउन खोजेका छन् ।

४.७.७ निष्कर्ष
पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको छैटौँ कथाका रूपमा प्रस्तुत निधो कथा रहेको छ । यो कथा पहिलो पटक बनिता (बर्ष९, पृ ः २९, २०६४ बैशाख–असार) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ३१ देखि ३६ सम्मको आयतनमा पैmलिएको छ । कथाले ग्रामीण भेगका निम्नवर्गीय समाजमा विद्यमान दाइजो प्रथा, नारी शिक्षा, आदिमा देखा परेका समस्यालाई उद्घाटन गरेको छ । जसमा सुधारको अपेक्षा गरिएको छ ।
४.८.१  मुक्ति कथाको कथानक  
गाउँको गरिब तथा अपाङ्ग कश्यप काठमाडौँमा फुटपाथमा पसल गर्ने क्रममा आफ्नै गाउँको बाल्यकालीन साथी आनन्दरामलाई दुई महिना अघि भेटेर सँगै बस्न थालेबाट कथाको आरम्भ भएको छ। एक दिन साँझ अबेलासम्म घर नआउनु, उसको आनीबानी र व्यहोराबाट आजित भई ऊबाट मुक्तिको चहाना राख्ने कश्यपले कुनै प्रकारको प्रतिकार गर्न नसक्नु, आनन्दराम गाउँको धनीमानीको एक्लो छोरो पछि कुलतका कारण बिग्रिनु, जाँड, रक्सी, लागुपदार्थको दुव्र्यसनीमा लागी गलत सङ्गतमा पर्नु, कश्यपले दुःख गरी कमाएको पैसा सबै उसले चोर्नु, कश्यपले जति सम्झाउँदा पनि नमान्न,ु उनीहरू बस्ने टोलभरिको दादागिरी यिनीहरूले नै गर्नु, चाहिने नचाहिने दुःख दिनु, सारा मानिसहरू उनीहरूबाट पीडित हुनु, प्रहरीको आँखामा कसिङ्गर बन्नु, आफ्नो गाउँको धनीको छोरो र आफ्ना साथी यसरी बिग्रिदा कश्यपलाई दुःख लाग्नु, साथीको कुसङ्गत र कुकृत्यको कारण दिक्क भएर मुक्तिको गोरेटो खोज्नु, एक दिन ऊ घर नआउँनु, भोलिपल्ट पुरानो बसपार्कमा मृत अवस्थामा फेला पर्नु, उसको मृत्युबाट कश्यपमा मुक्ति पाएकोमा खुसी र साथी गुमाएकोमा दुःखका भावहरू एकसाथ आउनु आदि घटनाहरूको संयोजनमा कथानकको अन्त्य भएको छ । यसरी कथाका घटनाहरू एकपछि अर्को गर्दै क्रमिक रूपमा सरलरेखीय ढाँचामा अघि बढेको छ । कश्यपले आन्दरामलाई काठमाडौँमा भेट्नु कथाको आदि भाग, आनन्दराम कुलत र कुसङ्गतको सिकार हुनु कथाको मध्य भाग र आनन्दरामको पशुवत् मृत्यु हुनु कथाको अन्त्य भाग रहेको छ । यसरी यस कथाको कथानक आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित भएको पाइन्छ ।

४.८.२ पात्र र चरित्रचित्रण
प्रस्तुत मुक्ति कथा थोरै पात्र र छोटो आयममा संरचित भएको छ । यस कथामा मुख्यतः सक्रिय रूपमा दुई पात्रको उपस्थिति देखिन्छ । उनीहरूकै कथन, क्रियाकलापमा कथाले पूर्णता पाएको छ । कश्यप यस कथाको मूलपात्र वा नायक हो । उसकै केन्द्रियतामा कथा अगाडि बढेको छ । ऊ यस कथामा गाउँबाट सहर आएर सङ्घर्षरत व्यक्तिहरूको प्रतिनिधि चरित्रका रूपमा उपस्थित छ । शरीरिक रूपमा अशक्त कश्यप सकेसम्म आफ्नै खुट्टामा उभिनु पर्छ, आफूले सकेजति काम गर्नुपर्छ भन्ने मान्यता राख्छ र सोहीअनुसार व्यवहार पनि गर्छ । आफ्नो बाल्यकालीन मित्रलाई एक्लो सहरमा भेटी निस्वार्थ भावले आपूmसँग राख्ने ऊ परोपकारी छ । समग्रमा कश्यप सत् पात्र वा अनुकूल चरित्रका रूपमा देखा पर्ने बद्ध र मञ्चीय पात्र पनि हो । त्यस्तै आनन्दराम यस कथाको खलनायक वा असत् तथा प्रतिकूल चरित्रका रूपमा आएको छ । ऊ धनी बाबुको बिग्रिएको छोरोको रूपमा कथामा उपस्थित छ । लागुपदार्थ दुव्र्यसनी र खराब सङ्गतको कारण आफ्नो जीवन बर्वाद बनाउने युवावर्गको प्रतिनिधित्व उसले गरेको छ । त्यसैगरी खासै भूमिका नभएका तर कथामा देखा परेका प्रहरी, फुटपाथ बजारका मानिस, आनन्दरामका गुन्डा साथीहरू गौण पात्रका रूपमा आएका छन् ।
४.८.३  परिवेश
परिवेश भन्नाले कथा घटित हुने देश, काल र परिस्थिति हो । प्रस्तुत मुक्ति कथा सहरिया परिवेशमा निर्मित कथा हो । गाउँबाट सहर आएको मानिसहरूको काठमाडैँली सहरमा बसाइँ, सङ्घर्षका पाइलाहरू, मित्रसँगको भेटले उत्पन्न खुसी, त्यही मित्र खराब र कुलतको बाटोमा लागेको र आपूmले सम्झाउँदा पनि नमान्ने गरेको यथार्थ, मित्रको बानी व्यवहारले दिक्क भएको परिस्थिति, यसैबीच कुलत, कुसङ्गत र कुकृत्यकै कारण एकदिन मित्रको लास भेटिएबाट मुक्तिको अनुभव गरेको यी र यस्तै परिवेशमा कथाले पूर्णता प्राप्त गरेको छ । स्थानका हिसाबले काठमाडौँ उपत्यका फुटपाथ, पुरानो बसपार्क, कश्यपको डेरा आदि आएका छन् । समयका हिसाबले युवा अवस्थाका केटाहरू, रातको समय आदि कथामा उपस्थित छ । कथाकारले कुलतको बाटो अङ्गाल्नेको कुभलो हुनेकुरा देखाउन उपयुक्त परिवेशको आयोजन गरेको देखिन्छ ।

४.८.४ दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा रचित मुक्ति कथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ। प्रस्तुत कथामा कथाकारले कश्यप र आनन्दराम जस्ता पात्रहरूको प्रयोग गरी आफ्नो भाव वा विचार पाठक समक्ष राखेका छन् तसर्थ तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनत्मक शैलीमा तिनै पात्रहरूको वृतान्त्तबाट कथाको उठान गरिएको छ । “किन आएन यति अबेर भइसक्यो झ्यालबाट बाहिरको अध्यारो संसारतिर हेरेपछि कश्यपको मनभित्र शङ्काको सानो पर्खाल उठ्यो” (मुक्ति, पृ. ४०) । “आनन्दरामले उठेर बोलायो । उसले पेट दुख्यो भनेर टा¥यो” (पूर्ववत्, पृ ४१) । यसरी प्रस्तुत कथामा पात्रहरूकै माध्यमबाट कथा अगाडि बढेकोले तृतीय पुरुष दृष्टिबिन्दुको कुशल प्रयोग कथामा पाइन्छ ।
४.८.५ भाषाशैली
कथाकार मातृका पोखरेलको प्रस्तुतिमा सरलता छ । मुक्ति कथामा पनि सरल तथा मिठासपूर्ण भाषाशैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रहरूको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथाकारले कश्यपको मनोवृक्ति अनुरूपको संवादको प्रयोग गरेका छन् । “त्यस्तोको सङ्गत छोड् मैले जसरी काम गरेर खा त ! जीन्दगी कति सुखी लाग्छ । खना खाइसकेपछि सुत्ने बेलामा कश्यपले आनन्दरामसँग त्रास मिश्रित स्वरमा भन्यो” (पूर्ववत् पृ.४०) । यसरी यस कथामा पात्रको मनोगत अवस्थाअनुसार भाषाशैलीको प्रयोग गरिएको छ । साथै कथालाई अझै रोचक बनाउन विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको छ। जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.निमेष १.बास बस्नु १.प्रहरी
२.घृणा २.झ्याप्ले २.पार्क,होटल
३.उच्छृङ्खल ३.सिरान ३.बस,सिमेन्ट
यसका साथै कथामा सपनाको संसार ट्रिवनटावरभैmँ भत्कनु, आशा नगरेको सिकार भेटेको सिकारीभैmँ हुनु आदि उखानहरूले कथाको उचाई अझ बढाएको छ । साथै मुक्ति कथाको शीर्षक र कथावस्तु सोझो सम्बन्ध रहेको देखिन आउँछ ।
४.८.६ उद्देश्य
प्रस्तुत मुक्ति कथामा मानिसलाई सङ्गतले बिगार्छ, पैसाले बिगार्छ, साथै उमेरले बिगार्छ भन्ने भाव राख्दै यसप्रति अभिभावक र स्वयम् आपैmले सोच विचार गरेर अघि बढ्नु पर्ने सन्देश कथामा पाइन्छ । खराब आचरण र व्यवहारका मानिसलाई कसैले मन पराउदैनन् । अन्ततः त्यस्ता मानिसहरूको मृत्यु भुसिया कुकुरको जस्तो हुने कुरालाई कथाले उठाएको छ । धन सम्पत्तिको सही सदुपयोग गर्नु पर्ने, लेखपढ गर्नु पर्ने, कुलतमा लाग्नु नहुने, मेलमिलाप, सहकार्य र सहअस्तित्वस्वीकार गर्दै सद्भाव कायम गरी अघि बढ्नु पर्ने, मानिस भएर जन्मिएपछि स्वाभलम्बी भएर बाँच्नु पर्ने, आफ्ना बालबच्चालाई सानैदेखि आफ्नो निगरानीमा राखी उचित मार्ग निर्देशन गराउनु पर्ने आदि जस्ता कुराहरू पाठकसामु राख्नु पनि यस कथाको उद्देश्यकै रूपमा रहेको देखिन्छ । नराम्रो मान्छे सबैको अप्रिय हुन्छ ऊबाट सबैले मुक्ति चाहन्छ भन्ने भाव कथाले मजबुत रूपमा उठाएको छ ।
४.८.७ निष्कर्ष
प्रस्तुत मुक्ति कथा पोखरेलको घामझुल्किनु अघि (२०६७) कथासङ्ग्रहको साताँै कथा हो । यो कथा प्रथम पटक बगर (वर्ष२५, पूर्णाङ्क ६७, २०६३ असोज–मंसिर) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ३७ देखि पृष्ठ ४२ सम्मको आयतनमा पैmलिएको छ । खराब व्यक्तिलाई कसैले रुचाउदैनन् । सबै त्यसबाट मुक्ति चाहन्छन् र एकदिन त्यस्ता व्यक्तिहरूको अन्त्य ज्यादै कारुणिक रूपमा हुन्छ भन्ने  भाव पस्किई युवावर्गलाई सचेत तुल्याउनु तथा उचित मार्गदर्शन गराउनु कथाको लक्ष्य रहेको देखिन्छ ।
४.९.१ बाध्यता  कथाको कथानक
बिहानीपख बेतिनी भन्ज्याङकी माइलीको मनमा बेचैन भएको मनोविश्लेषणसहित कथाको कथनकको आरम्भ भएको छ । माइलीले आफ्नो पसलबाटै आज बिहान एक व्यक्तिलाई शाही नेपाली सेनाले गाउँतिरबाट बन्धक बनाई ल्याएर बन्दुक हानी मारेको देखी, लासलाई माइलीकै घरबाट कोदालो लगी पुरिदिए । यस घटनाबारे कसैलाई केही भने मारी दिने भम्की पनि दिए । यी सबका कारणले माइली डरले ग्रसित थिई । बिहान धेरै मानिसहरूले रातको बन्दुकको आवाजका बारेमा सोध्छन् । माइली आपूm स्वयम् पनि सैनिकको मायाजालमा फसी छोरोसमेत जन्माई एक्लै बसेकी चेली हो । केही समयपछि त्यहाँ मृतक व्यक्तिको वृद्ध बुबा, श्रीमती र तीनओटा ससाना बच्चाहरू आई घटनाहरूबारे जिज्ञासा राख्छन् । यसै बखत उसका बालसखीहरू अप्सरा र ठाइलीसहित माओवादी लडाकुका एक हुल त्यहाँ आउँछन् । स्थितिको जानकारी माइलीबाट लिन्छन् अनि अप्सरा र ठाइलीले पार्टीगत जीवन बिताउँन आग्रह गर्छन् । उसले धेरै सोच विचार गरेर अन्त कतै जीवनको ग्यारेन्टी नहुने देखेर बाध्य भई माओवादी छापामार बन्छ । भोलिपल्ट चिया पसल बन्द देखिएसँगै कथाले पूर्णता पाएको छ । यसरी कथानकको उठान, विकास र अन्त्यको क्रम मिलेको देखिन्छ । सेनाले कसैलाई बन्दी बनाएर ल्याई मार्नु कथाको आदि भाग, बन्दीलाई मारी माइलीलाई धम्क्याउनु मध्य भाग र माइली बाध्यतावश् माओवादी छापामार बन्नु कथाको अन्त्य भागका रूपमा रहेको छ । यसरी प्रस्तुत कथाको कथानक आदि, मध्य र अन्त्यको सरलरेखीय ढाँचामा निर्मित छ ।
४.९.२  पात्र वा चरित्रचित्रण
प्रस्तुत बाध्यता छोटो आयाम र कम पात्रको प्रयोग भएको कथा हो । यस कथामा मूल वा नायिकाका रूपमा माइली उपस्थित छे । यो स्त्री मुख्य पात्र भएको कथा हो । यस कथामा माओवादी द्वन्द्वका समयमा बाध्यतावश् माओवादी पार्टीमा आबद्ध हुन पुगेका महिलाहरूको प्रतिनिधि पात्रका रूपमा माइली आएकी छ । ऊ आफ्नो ज्यान बचाउन र सम्भाव्य दुःख कष्टबाट बच्न छापामार बनेकी छ । कथामा माइली प्रमुख पात्र, सत् तथा अनुकूल चरित्र तथा परिस्थितिअनुरूप परिवर्तन हुनसक्ने गतिशील चरित्रकी देखिन्छे भने कथाकी आबद्ध तथा मञ्चीय चरित्रका रूपमा उपस्थित छे । साथै सैनिकको मायाजालमा फसी कौमारित्वसँगै जीवन अनिर्णयको बन्धी बनाउन पुगेका पात्रहरूको प्रतिनिधि पात्र हो । त्यस्तै कथामा उपस्थित बन्दी मानिस परिस्थिति र सेनाको क्रुरताको सिकार भएका तमाम नेपालीको  बिम्ब हो भने उसका बाबु, श्रीमती र छोराछोरीहरू द्वन्द्वकालीन समयका पीडित निम्नवर्गीय समुदायको प्रतिनिधि चरित्र हुन् । त्यस्तै सेनाहरू तथा छापामारहरू यहाँ प्रतिकूल चरित्रमा देखापरेका छन् । कथामा माइली प्रमुख नारी पात्रका साथै उसका साथीहरू अप्सरा र ठाइली सहायक पात्र हुन् जसले माइलीलाई छापामार बन्न प्रेरित गरेका छन् । त्यस्तै सेनाहरू खल पात्रका रूपमा आएका छन् भने अन्य छापामारहरू, गाउँलेहरू गौण पात्रका रूपमा कथामा आएका छन् ।
४.९.३  परिवेश
प्रस्तुत बाध्यता कथा देशका हिसाबले नेपालको ग्रामीण बस्ती, समयका हिसाबले माओवादी द्वन्द्वकालीन र परिस्थितिका हिसाबले जिजीविषाको लागि सङ्घर्षरत परिवेशमा संरचित छ । माओवादी द्वन्द्वले नेपालका ग्रामीण समाजमा पारेको प्रभावका कारण मानिस आफ्नो थातथलो छाडेर ज्यानकै निम्ति पार्टीमा लाग्नु पर्ने परिस्थितिका साथै नेपाली सेनाको ज्यादती हत्यारा र यौनपिपाषु स्वभावले पीडितवर्ग आदिको चित्रण गर्दै सबैतिरबाट दुःख कष्टको पोखरीमा डुबेपछि बाध्य भई छापामार बन्न पुगेकी नारीको जीवनलाई कथाले आफ्नो परिवेश बनाएको छ । स्थानगत हिसाबले पूर्वी नेपालको उदयपुर जिल्लाअन्तर्गतको बेतिनी भन्ञ्याङ र यसका आसपासमा कथाले पूर्णता पाएको छ । बेतिनी, भन्ज्याङ, चिया पसल, नजिकैको खोल्सो आदि यहाँ परिवेशका रूपमा आएका छन् । विशेषगरी माओवादी द्वन्द्वका समयमा मानिसहरूले स्वतन्त्रताको उपभोग गर्न नपाई दुःख भोगेको परिवेशलाई कथाले अङ्गालेको पाइन्छ ।
४.९.४   दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा लेखिएको बाध्यता कथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । कथामा कथाकारले विचार तथा भावलाई पाठक समक्ष राख्नका लागि माइली नामक पात्रको सहयोग लिएका छन् । द्वन्द्वकालमा नेपाली दाजुभाइ तथा दिदी बहिनीले पाएको सास्तीलाई यहाँ माइलीले प्रस्ट पारेकी छ । माइलीको मानसिक स्थितिलाई तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा बडो रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यस कथामा नेपालको माओवादी द्वन्द्वकालीन परिस्थितिका सिकार भएका मानिसहरूको आन्तरिक जीवनकको चिनारी दिँदै तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “माइलीले धेरै पटक आफ्नो अतीततिर फर्किएर आगतका निम्ति सोची” (बाध्यता, (पृ. ४४) । “के गर्नु हाम्रो त बाध्यता पनि हो नि माइलीले दुइटैको कानमा खुसुक्क भनी” (पूर्ववत्, पृ. ४७)। यसरी यस कथामा कथाकारले तृतीय पुरुष दृष्टिबिन्दुको कुशल संयोजन गरेको पुस्टिन्छ ।
४.९.५  भाषाशैली
सामान्यतः बाध्यता कथाको भाषाशैली पनि पोखरेलको अन्य कथाहरूमाझैँ सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म सरल र छोटो वाक्यहरूको प्रयोग गरिएको छ । कथा ग्रामीण नेपाली समाजको पृष्ठभूमिमा जनयुद्धले निम्त्याएको दोहोर परिस्थितिको चित्रणमा निर्मित छ । कथामा सरल, सहज तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा कतै पनि दुर्बोध्य र क्लिष्ट भाषाशैलीको प्रयोग पाइँदैन् । ग्रामीण नेपाली समाजको जनबोलीलाई कथाका पात्रहरूले टिपेको पाइन्छ । कथामा घटनाहरूको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा उखान, टुक्का, निपातको अत्याधिक प्रयोग पाइन्न् । कथामा विभिन्न स्रोतका शब्दहरूको कुशल प्रयोग भने पाइन्छ । ती मध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भब शब्द आगन्तुक शब्द
१.कर्मथलो १.झटारो १.ड्रेस
२.पण्डित २.छानो,हुन्डरी २.छापामार
३.मूल्याङ्कन ३.भन्ज्याङ,कोरालो ३.कमान्डर
४.घृणा ४.गुन्द्री ४.बस
यसरी कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भए पनि कथाको भावबोधमा कुनै प्रकारको बाधा उत्पन्न भएको छैन् । समग्रमा कथामा सम्प्रेषणीय भाषाशैलीको प्रयोग पाइन्छ ।
४.९.६  उद्देश्य
प्रस्तुत बाध्यता कथाको मूल उद्देश्य द्वन्द्वकालमा नेपाली सर्वसाधारण जनताको स्वतन्त्रताको हनन्् भएको कुरालाई देखाउनु रहेको छ । माओवादी द्वन्द्वका समयमा ग्रामीण भेगका जनताहरू माओवादी वा सेना दुईमा एक रोज्नु पर्ने बाध्यात्मक परिस्थितिमा भएको कुरा कथामा भावका रूपमा आएको छ । सैनिकहरूका कुकृत्यका कारण यौनपिपाषु व्यवहारका जालझेलमा फसी विना बाबुको सन्तान हुर्काउन विवश नारीहरूको दयनीय स्थिति देखाउनु र त्यसप्रति सजक रहन पनि कथाकारले सचेत तुल्याएका छन् । यसैगरी निर्दाेष मानिसहरू अनाहकमा मारिएको देखाउनु तथा मृतकप्रति आश्रित परिवारको भविष्य अन्योलपूर्ण रहेको देखाउँदै द्वन्द्वको विरोध र शान्तिको समर्थन गर्नु नै यस कथाको लक्ष्य देखिन्छ । अझ माओवादी आन्दोलनको पनि पूर्णतः सिद्धान्त र व्यवहारमा तालमेल नपाइएको कुराहरू पाठक समक्ष राख्नु पनि यस कथाको उद्देश्य रहेको देखिन्छ । अन्ततः मानव भएर जन्मिएपछि मानवीय कर्तव्य पूरा गर्नु पर्ने, सद्भाव, सद्विचार र सद्कर्ममा लाग्नु पर्ने, जनताको जीउधनको सुरक्षा हुनुपर्ने, निर्धक्क भई बाँच्न पाउनु पर्ने आदि जस्ता कुराहरूलाई उठाउनु कथाको उद्देश्य रहेको छ ।
४.९.७  निष्कर्ष
कथाकार मातृका पोखरेलको घामझुल्किनु अघि (२०६७) कथासङ्ग्रहको आठाँै कथाका रूपमा प्रस्तुत कथा रहेको छ । यो कथा प्रथम पटक मिर्मिरे (वर्ष३१, अङ्क१ पृ. २६०, २०६७ वैशाख) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ४३ देखि ४७ सम्मको आयतनमा फैलिएको छ । कथाले माओवादी द्वन्द्वकालीन नेपाली समाजको दयनीय स्थितिको चित्रण गर्दै  द्वन्द्व कसैको हितमा हँुदैन भन्ने भाव अभिव्यक्त गरेको छ ।
४.१०.१ खालीठाउँ कथाको कथानक
गाउँबाट सहर आएको म पात्रलाई दाजुको कुराले हौसला थपेको कुरासँगै कथाको सुरुवात हुन्छ। म पात्र आई. ए. पास गरी सहरमा उच्चशिक्षा र जागिर प्राप्त गर्नेे अभिलाषासहित आएको छ । उसले गाँउबाट आउँदा ऋण गरेको छ । उसको दाजुको प्राइभेट कम्पनीमा सानो तिनो जागिर छ । जसबाट भाउजू, बच्चाबच्ची र अब म पात्रको पनि गुजारा चलाउनु छ । दाजुले पहिले आफ्नै गाउँमा शिक्षक भएका र अहिले मन्त्रालयमा जागिरे रामकृष्णलाई भेटेर उनीसँग जागिरको आग्रह गर् भन्नुहुन्छ । रातभरको लामो प्रतिक्षापछि भोलिपल्ट मन्त्रालय गई धेरैबेर कुरेर म पात्रले सचिव रामकृष्णलाई भेट्छ । उसले कतै खालीठाउँ भएमा जागिर लगाई दिने कुरा गर्छ । म पात्र त्यसपछि अफिस अफिस चहारेर खालीठाउँ खोज्दै हिड्न थाल्छ । धेरै दुःख पाएपछि कुनै कार्यालयमा एक कर्मचारीले खालीठाउँ भेटिदैन्,  खाली भए पनि लोकसेवाले पदपूर्ति गर्छ भन्छ र ऊ निराश भई फर्किन्छ । दाजुले पनि तलाई त्यसै घुमाइ दिएछ भन्नुहुन्छ । उसले आफ्नो गाउँमा चुनावका अघिपछि गई जागिरको आश्वासन दिने सासद्लाई पनि भेटेर जागिरको लागि आग्रह गर्छ तर उस्तै खालीठाउँ बुझेर खबर गरौँला भन्ने उत्तर पाउँछ । अन्तमा गाउँघरमा ठूला–ठूला गफ दिने, साच्चै परेको बेलामा सहयोग नगर्ने, बडा भनाउदाप्रति मनमनै खेद प्रकट गर्छ र म पात्र विचलित मानसिकतामा पुग्छ । दाजुले उसलाई मैले त तलाई पहिले नै भनेको थिएँ नि भनेर वास्तविकता फेरि सम्झाएसँगै कथाले पूर्णता पाएको छ । यसरी कामका खोजीमा सहर आएको म पात्रसँगै कथाको आरम्भ भई जागिरका लागि भौतारिनु, खालीठाउँको आश्वासन पाउनुसँगै मध्य भागको बनोट र वास्तविकताको बोधसँगै कथाको अन्त्य भएको छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ ।
४.१०.२   पात्र र चरित्रचित्रण
प्रस्तुत खालीठाउँ कथा छोटो आयम र कम पात्रको प्रयोग भएको कथा हो । यो कथा उच्च शिक्षा र जागिरको अभिलाषा लिई सहर छिरेका मानिसहरूको जीवन भोगाईको कथा हो । कथाको मूल पात्र वा प्रमुख पात्र म पात्र हो । ऊ गाउँबाट उच्च शिक्षाका लागि सहर आउने, गाउँमा हुँदा सासद् तथा सचिवहरूको झुटो आश्वासनमा विश्वास गर्ने सोझो र इमान्दार चरित्रको छ । साथै जीवनका मार्गहरूमा आइपरेका समस्याहरूसंँग जुध्न तत्पर ऊ गतिशील चरित्रको छ भने उसलाई जागिरका लागि सल्लाह दिने उसका दाजु यहाँ सहायक पात्रका रूपमा आएका छन् त्यस्तै सासद् मन्त्रालयको सचिव, बोली र व्यवहारमा भिन्नता भएका पदका लागि झुटो बोल्ने असत् तथा प्रतिकूल चरित्रका हुन्। मानिसलाई झुलाउने, खालीठाउँको बाहाना बनाउने, उनीहरू भ्रष्ट नेतृत्वका प्रतिनिधि चरित्र पनि हुन् । यसका अतिरिक्त त्यति भूमिका नभएका भाउजू, बच्चाबच्ची विभिन्न कार्यालयका मानिसहरू गौण चरित्रमा देखा परेका छन् ।
४.१०.३  परिवेश
प्रस्तुत खालीठाउँ कथामा सोझा साझा इमानदार गाउँले मानिसहरूलाई ठूलाबडाहरूले कसरी झुटको भूमरीमा रङ्ग्याएर आपूm माथि पुग्छन् भन्ने परिवेशलाई कथामा उठान गरिएको छ । गाउँमा जाँदा मीठा मीठा कुरा गर्ने, जागिरको आश्वासन बाड्ने, सहर आई भेट्दा खालीठाउँ बुझ्नु पर्ने कुरा गर्दै पन्छाउने द्वैध चरित्र र त्यसबाट पीडित युवावर्गको दुःखेसो परिवेशकै रूपमा आएको छ । स्थानगत हिसाबले सहरिया परिवेशमा निर्मित यस कथामा काठमाडौँका विभिन्न ठाउँहरू, म पात्रको दाइको कोठा, सामान्य प्रशासन मन्त्रालय, अन्य कार्यालयहरू यहाँ परिवेशका रूपमा आएका छन् । नेपालको बेरोजगारी समस्या, भ्रष्ट नेतृत्वको छलकपटी त्यसबाट पीडित सर्वसाधारण आदिको सेरोफेरोमा कथा निर्माण भएको देखिन्छ ।
४.१०.४ दृष्टिबिन्दु
कथाकार पोखरेलद्वारा रचित खालीठाउँ कथामा म पात्रको उपस्थित गराई उसकै माध्यमबाट सम्पूर्ण घटनाहरू अघि बढाइएकोले प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको स्पष्ट हुन्छ । यो कथा हाम्रो देशका युवावर्गले भोगेकको यथार्थ पीडाको कथा हो । गाउँबाट ऋण गरी काठमाडौंँ आउने म पात्रकै केन्द्रियतामा कथा संरचित छ । यस कथामा प्रयोग भएका “म समय कटाउन बाहिर निस्किएँ । मसँगै अरु पनि बाहिर निस्किएँ” (खालीठाउँ, पृ. ५१) । त्यस्तै “खालीठाउँ खोज्दै जाँदा म जस्तै थुप्रै साथीहरू भेट्टाए मैले” (पूवर्वत्, पृ. ५२) । यी वाक्यहरूले पनि प्रथम पुरुष दृष्टिबिन्दुको स्पष्ट झलक दिन्छन् ।
४.१०.५  भाषाशैली 
प्रस्तुत खालीठाउँ कथा सहरिया परिवेशमा रचना भएको पोखरेलको उत्कृष्ट कथा हो । कथाकारको कथागत प्रवृत्तिकै रूपमा रहेको सरल तथा सहज शब्दहरूको प्रयोगले यो कथाको भाषाशैलीमा सुबोधता र मिठासपन छाएको छ । कथामा सरल तथा सुललित गद्य भाषाको प्रयोग भएको छ । कथामा पात्रको मानसिक अवस्थाको चित्रण, घटनाको विस्तार तथा संवादको प्रस्तुतिमा सरल, सहज तथा सुबोध भाषाशैलीको प्रयोग पाइन्छ । कथामा कतै पनि दुर्बोध्य र क्लिष्ट भाषाशैलीको प्रयोग पाइन्न । यस कथामा त्यति धेरै मात्रामा उखान, टुक्का, निपात जस्ता शब्दहरूको बढी प्रयोग भएको देखिदैन् । कथामा प्रयोग भएका विभिन्न स्रोतका शब्दलाई तालिकामा यसरी देखाउन सकिन्छ ः

तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.हतप्रभ १.ढोका १.आई. ए.
२.महŒवकाङ्क्षा २.छिमेकी २.व्रिफकेस
३.ऋण ३.पाथी ३.मेडिकल
४.व्यग्र ४.झस्कनु ४.एस .एल.सी.
       यसरी विभिन्न स्रोतबाट लिइएका शब्दहरूको उचित प्रयोगले कथाको गरिमा थप बढाएको छ । कथाको शीर्षक खालीठाउँको खोजीमा लाग्दा मानिसको जीवन खाली हुने कुरासहित प्रतिकात्मक छ ।

४.१०.६ उद्देश्य
प्रस्तुत खालीठाउँ कथामा गाउँमा गएर जागिरको आशा देखाउने तर सहरमा आएर भेट्दा खालठिाउँ भए जागिर दिलाई दिने भनी सर्वसाधारण बेरोजगारहरूलाई त्यसै घुमाई दिने भ्रष्ट नेतृत्ववर्गको चरित्र उदाङ्गो पार्नु र युवामण्डलीमा त्यस्ता व्यक्तिप्रति सचेत बनाउनु कथाको उद्देश्य रहेको देखिन्छ । युवावर्गको सानोतिनो काम नगर्ने उच्च अभिलाषाले दुःख पाउने कुरालाई कथाले उठाएको छ । आफ्नो दुनो सोझ्याउन जस्तोसुकै झुट र भ्रष्ट व्यक्तित्व देखाउन पनि तत्पर रहने, इमान्दार मानिसहरूको भावनासँग खेलवाड गर्ने, बदनियत भएकाहरूको उछित्तो काढ्नु कथाको ध्येय रहेको देखिन्छ । नेपाली युवाहरू कामको खोजीमा सहर आउनु, गाउँबाट ऋण गर्नुपर्ने यहाँ काम खोज्दा खोज्दै अर्को ऋणमा डुब्नु पर्ने, काम नपाइने आदिजस्ता जीवनका अपुग र भत्कोसहरू देखाउँदै जीवन कल्पना गरे जस्तो सजिलै सफल हुदैन् । त्यसका लागि सुझ, बुझका साथ अघि बढ्नु पर्ने सन्देश  पनि कथामा पाइन्छ ।

४.१०.७ निष्कर्ष 
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको नवांै कथाका रूपमा प्रस्तुत खालीठाउँ कथा रहेको छ । यो कथा प्रथमपटक नवयुवा (वर्ष १२, पृ. ११५, २०६४ वैशाख) मा प्रकाशित भएको थियो । यो कथा पृ.४८ देखि पृष्ठ ५२ सम्मको आयतनमा पैmलिएको छ । ठूलाबडाहरूले सोझासाझा गाउँलेहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि बोल्ने बोली र परिआएका बेला गर्ने व्यवहारमा धेरै फरक रहेको कुरा देखाउनु, नेपालको युवा बेरोजगारी देखाउनु र असल नेतृत्वको पछि लाग्नु पर्ने साङ्केतिक सन्देश कथामा पाइन्छ ।
४.११.१ घोडाको गन्ध कथाको कथानक 
तराईमा रहेको राणा परिवार, मन्त्री तथा सचिवहरूका ठूला ठूला मौजा जग्गा र बजारको वर्णनसहित कथाको सुरुवात भएको छ । केही समययता तराईको जनघनत्व बढेको छ । यहाँका मौजा मध्ये सबैभन्दा बढी मौजा भएका त्यस क्षेत्रमा आफ्नो धाक र रवाफ देखाउने व्यक्ति रबीन्द्र शमशेर हो। माओवादीले केही मौजा कब्जा गरे पनि उनीसँंग अझ प्रशस्त जमिन छ । रबीन्द्र बृद्ध अवस्था र माओवादीका कारण राजधानी छाडी ननिस्कने हुँदा मौजाको जिम्मा सरोज प्रतापलाई दिइएको छ । पहिला–पहिला रबीन्द्र शमशेर सारा परिवारसहित आउँदा र त्यस गाउँमा बस्दा सारा गाउँका मानिसहरूले धेरै दुःख कष्ट भोग्नु पथ्र्यो । उसको सोच पञ्चायती व्यवस्थाका शासकको जस्तो थियो । अब यहाँ सरोज प्रताप मात्र घोडा चढेर आउँछन् । उनी घोडामा बिहान चिया खान आउँछन् र दिनभर चौतारामा घोडा बाँधी गफ चुटेर फर्कन्छन् । देशमा आएको परिवर्तनसँगै राजनीतिक रूपमा सचेत जनताहरू यिनीहरूको विरोेधमा खुलेआम भाषण गर्दै कालो मोसो लगाउनु पर्ने कुरा गर्न थाल्छन् । यसरी जनता जागेपछि, उनीहरूसँग डराउन छाडेपछि, सार्वजानिक स्थलमा उनीहरू देखिन छाड्छन् । कहिले काही मानिसहरू उनका अगाडि पर्दामात्र सम्मान गरेझैँ गर्थे पछाडि गाली गर्थे । देशमा आएको परिर्वतनसँगै सरोज प्रताप गाउँमा देखिन छाडेका र उसको घोडा पनि बूढो भइसकेको छ । उनी त्यता नआउने, हैकम चलाउन छाडेको र घोडा पनि चौतारामा नबाँधिएको हुँदा अब त्यस गाउँमा घोडाको गन्ध आउन छाडेको कुरासँग कथानकको अन्त्य भएको छ । यसरी सभ्रान्तवर्गको कुकृत्यबाट कथानकको थालनी  भएको छ । त्यस्ता वर्गको विरोधमा जनताहरू जुर्मुराउनु कथाको मध्य भाग हो भने उक्त गाउँबाट पलायन भई मानिसहरू निर्भीकताका साथ बाँच्न पाउने वातावरणको निर्माण सहित कथाको अन्त्य भएको छ । यसरी कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा कथानकले पूर्णता पाएको छ।
४.११.२  पात्र र चरित्रचित्रण 
प्रस्तुत घोडाको गन्ध छोटो आयम र थोरै पात्रको प्रयोग भएको कथा हो । प्रस्तुत कथा म पात्रको वर्णनात्मक शैलीमा सिर्जित भएकोछ । तसर्थ यो कथाको कथावाचक म पात्र हो । ऊ यस कथामा सत् तथा अनुकूल पात्रका रूपमा आएको छ । साथै रबीन्द्र शमशेर, सरोज प्रताप प्रतिकूल, असत् पात्रका रूपमा कथामा आएका छन् । माओवादीको प्रार्दुभाव हुनुपूर्व तराईमा विर्तावालाहरूले त्यहाँका जनतालाई धेरै शोषण गरेका थिए, त्यही शोषकी वर्गको प्रतिनिधित्व गर्ने सरोजप्रताप र रबीन्द्र कथामा उपस्थित छन् । जनताहरू जागेपछि तानाशाहीको केही चल्न नसक्ने कुरा प्रस्तुत कथामा पाइन्छ । चेतनाले भरिपूर्ण जनताहरू अब कसैको दवाबमा रहदैनन् भन्ने विषयवस्तु अनुरूप पात्रको चयन र चरित्रचित्रण कथामा पाइन्छ। यस कथामा म पात्र अनुकूल पात्रका रूपमा, गाउँलेहरू पनि सत् पात्रकै रूपमा आएका छन् भने सरोज प्रताप प्रमुख खलपात्रका रूपमा कथामा आएको छ । त्यसैगरी सुनचरी, पसले काका, रुद्रहरि, तिलकबहादुर आदिको कथामा खासै भूमिका नभएकोले गौण पात्रका रूपमा आएका छन् । धाक र रवाफको प्रतिकका रूपमा कथामा मानवेतर प्राणी घोडा पनि आएको छ ।
४.११.३  परिवेश
प्रस्तुत घोडाको गन्ध कथा पञ्चायतकालीन समयका विर्तावालहरूको बोलबाला रहेको तराईको परिवेशमा निर्माण भएको छ । माओवादी द्वन्द्वको समयमा समाजका यस्ता धुर्त विर्तावाला जो जनतालाई दुःख दिई उनीहरूमा डर, त्रास र धम्कीको भरमा शासन गर्न पल्केकाहरू आफ्नो थात बास छाडेर भाग्नु परेको यथार्थ घटनालाई परिवेशका रूपमा चित्रण गरिएको छ । कथामा जनतामा चेतनाको ज्योति बालिसकेकोले उनीहरूलाई हेप्ने जो कोहीलाई आगोको मुस्ला ओकल्ने हुँदा ज्यान बचाउन भाग्नै वेश भन्ने परिस्थितिमा कथालाई आकार प्रदान गरिएको छ । स्थानगत हिसाबले नेपालको तराईको समथर भूमि, त्यहाँको एक गाउँ, बजार चौतारो भट्टीपसल आदि पनि यहाँ परिवेशका रूपमा देखा पर्दछन् । समग्रमा नेपालको पञ्चायत कालीन विर्तावालहरूको बोलवाला, त्यसबाट पीडित जनतामा पलाएको आक्रोश, जनता जागेको देखेर विर्तावालहरू भागेको परिवर्तित नेपालको वर्तमान अवस्थाको चित्रण कथामा पाइन्छ ।
४.११.४ दृष्टिबिन्दु 
प्रस्तुत घोडाको गन्ध कथाको घटनाक्रम म पात्रले आफ्नो जीवनमा भोगेको नियति वा यथार्थ हो । उसले आपूmले देखे भोगेका कुराहरूलाई वर्णन गर्दा कथाको सिर्जना भएको छ । त्यसकारण मातृका पोखरेलको प्रस्तुत कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा मौजावालहरूले दिएको दुःख कष्टका कुराबाट कथाको उठान गरिएको छ ।  कथालाई सान्दर्भिक तथा कौतूहलपूर्ण बनाउन र पात्र अनुकूल संवादलाई प्रस्ट्याउने क्रममा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “काजी साहेबले तिमीलाई राम्रा आँखाले हेरेका छैनन् अलिक होस गर। चिया पसले काकाले भनेपछि म एक पटक जिल्ल परेँ । म उनीसँग भएका विगतका संवादतिर फर्किएर सोच्न थाले ” (घोडाको गन्ध, पृ. ५५) । माथिको वाक्यबाट पनि प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको प्रस्टिन्छ ।
४.११.५ भाषाशैली 
कथाकार पोखरेलको घोडाको गन्घ कथामा क्लिष्ट र दुर्बोध्य भाषाको प्रयोग नभई सरल, सहज बोधगम्य मिठासपूर्ण भाषाशैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रहरूको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुति आदि सबै पक्षमा कथाकारले उचित विचार पु¥याई उपयुक्त तथा पात्र सुहाउँदो भाषाशैलीको प्रयोग गरेका छन् । कथामा अत्याधिक मात्रामा उखान, टुक्का, र निपातको प्रयोग पाइँदैन् । कथामा आवश्यक मात्रामा तत्सम, तद्भव र आगन्तुक शब्दहरूको प्रयोग पाइन्छ । केही शब्दहरूलाई तालिकामा यसरी देखाउन सकिन्छ ः



तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१. बृद्ध १. ह््याकुलो १. बजार
२. भूकम्प २.मोसो २. आवाद
३. आतङ्कित ३. बिघा,मौजा ३. पार्टी
       यसरी विभिन्न स्रोतका शब्दहरूको आपसी तालमेलमा कथाको भाषाशैलीले उचाई प्राप्त गरेको देखिन्छ । कथाको शीर्षक घोडाको गन्ध ले प्रतिकात्मक रूपमा घोडा भनको सम्पन्नता र निरङ्कुशताको बिम्ब र गन्धले शासन बुझाएको छ । तसर्थ शीर्षक अभिधात्मक नभएर प्रतिकात्मक छ।
४.११.६ उद्देश्य
प्रस्तुत घोडाको गन्ध कथाले तराईमा रजाइँ गर्ने खानदानी भनाउदाहरूले जनतालाई के, कसरी, कस्ता दुःख कष्ट दिन्थे भन्ने कुरालाई देखाउने उद्देश्य राख्दै देशमा आएको पछिल्लो परिवर्तनबाट जनताहरू सचेत भएको हुँदा अब कुनै पनि शक्तिले जनताको हक, अधिकारको हनन् गर्न नसक्ने कुरा देखाउँदै खाली अत्याचारीलाई खबरदारी गर्नु कथाको लक्ष्य रहेको देखिन्छ । समाजमा सभ्रान्तवर्गले आफ्नो वर्चस्व कायम राख्न अरुलाई अमानवीय व्यवहार गर्ने गरेको कुरा खुलस्त पार्नु पनि यस कथाको भाव रहेको छ । घोडामाथि सवार भई अरुभन्दा ठूलो बन्ने तर गरिब दुःखीहरूको समस्यालाई वास्ता नगर्ने, पशुवत् व्यवहार गर्ने, उनीहरूलाई सधै हेप्ने, दबाउने र पेलेर राख्ने मनस्थिति बनाउने प्रवृत्तिको भण्डाफोर गरिएको छ । यसका साथै त्यस्ता तुच्छ, नीच विचार राखी शासन टिकाउन खोज्नेहरू पातालमा बिलाउने कुरा पाठक समक्ष राख्नु पनि यस कथाको सन्देश  मान्न सकिन्छ । यो कथाले मानिसको सक्दो सहयोग गर्नु पर्ने, गरिबहरूको दुःख, हासो र खुसीमा हिस्सेदार हुनुपर्ने शिक्षा दिएको छ। असत् चरित्रका मानिसहरूको देखावटीपन वा तडकभडकपूर्ण जीवन लामो समयसम्म टिक्न सक्तैन भन्ने कुरालाई प्रस्तुत गर्ने उद्देश्य बनाएको प्रतित हुन्छ । साथै जहाँ जनतालाई निषेध गरेर हैकम चलाइन्छ त्यहाँका जनतामा चेतनाको दीप बल्ने बित्तिकै सामान्ती सोच भएकाहरू पलायन हुने यथार्थको प्रस्तुत दिनु नै यो कथाको मूल लक्ष्य रहेको देखिन्छ ।
४.११.७ निष्कर्ष
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको दसाँै कथाको रूपमा प्रस्तुत घोडाको गन्ध कथा रहेको छ । यो कथा प्रथम पटक गरिमा (वर्ष२५, अङ्क ५, पूर्णाङ्क २९३, २०६४ वैशाख) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ५३ देखि पृष्ठ ५७ सम्मको आयतनमा फैलिएको छ । कथाले राणा खानदान, मन्त्री, सचिवहरूको पञ्चायतकालीन प्रवृत्तिको भण्डाफोर गर्दै जनतामा चेतनाको ज्वाला दन्किएको बताउँदै समयमै बुद्धि नपु¥याए त्यस्ता मानिसहरू सखाप हुने भाव व्यक्त गरेको छ ।
४.१२.१  सपनाहरूको खोजी कथाको कथानक 
कमरेड विकल र सुदीप बेतिनी भन्ज्याङ्बाट माथिल्लो मादले गाउँतिर जान लागेको घटनाबाट प्रस्तुत कथाको कथानक सुरुवात भएको छ । उनीहरू मादले गाउँमा जनयुद्धको समयमा पार्टीगत नेतृत्वको गलत निर्णयका कारण भएको निर्मम र निहत्था जनताको हत्याको कारण पार्टीप्रति वितृष्णा भएका आम मानिससँग माफी माग्न त्यस ठाउँमा जान लागेका छन् । युद्धको समयमा उनीहरूले विभिन्न तह र तप्काका मानिसलाई दिएका दुःखहरूको चर्चा गर्दै अगाडि बढ्छन् । त्यस क्रममा बाटामा भएका विभिन्न ठाउँको चर्चा परिचर्चासहित कथाले गति लिएको छ । उनीहरू जनयुद्धका समयमा भएको घटनाहरूको कुरा गर्दै साँझपख पाल्सिङ्ग गाउँ गई बास बस्छन् । घरबालाले जानको लागि हतारिदै बिदा दिन्छ । जनयुद्धको समयमा जनकारबाही भन्दै कचियाले रेटेर एक व्यक्तिको हत्या गरिएको गम्भीर अपराधको क्षमायाचना गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जाहेर गर्न उनीहरू त्यता लागेका हुन्छन् । बाटामा कमरेड विकलले युद्धमा मारिएकी आफ्नी श्रीमती र बच्चा बच्चीको याद गर्छन् । अन्ततः उनीहरूले हत्या गरिएको व्यक्तिका आश्रित परिवारको शिक्षा दीक्षाको प्रबन्ध र भरपोषण पार्टीले गर्ने निर्णयसहित माफी माग्दै समस्या समाधान गर्छन् । भविष्यमा त्यस्ता हर्कतहरू कहिल्यै नगर्ने र उज्ज्वल भविष्यको यात्रा गर्ने कुरासँगै सपनाहरूको खोजी गर्नेतर्फ उन्मुख हुने भन्दै कथाको समापन भएको छ । यसरी प्रस्तुत कथामा कमरेड विकल र सुदीप भ्रष्ट नेतृत्वले गरेका पुरानो हर्कतको माफी माग्न खटिनु कथाको आदि भाग हो भने उनीहरू जानु, बाटामा अनेकन कुराहरू गर्नु मध्य भाग र अन्ततः माफी मागी आदर्श संसार बनाउने, सपनाको खोजीमा लाग्ने निष्कर्षसँगै कथानकको अन्त्य भएको हुँदा कथा सरलरेखीय ढाँचामा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ । 
४.१२.२ पात्र र चरित्रचित्रण 
प्रस्तुत सपनाहरूको खोजि छोटो आयममा थोरै पात्रको प्रयोग भएको कथा हो । माओवादी द्वन्द्वकालीन समयको सेरोफेरोको कथावस्तुमा आधारित भएकोले सोहीअनुसार पात्र र चरित्रको संयोजन गरिएको छ । कथामा प्रमुख पात्रको रूपमा कमरेड विकल आएको छ । ऊ यस कथामा सत् पात्रका रूपमा उपस्थित छ । विगतमा पार्टी पङ्क्तिले गरेका नराम्रा कामप्रति गाउँ–गाउँ गई क्षमा याचना गर्ने र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्ने सच्चा कमान्डरका रूपमा ऊ चिनिएको छ । साथै कमरेड सुदीप  कमरेड विकलका सहयोगीका रूपमा कथामा आएको र विकलसँगै सहकार्य गर्दैै अगाडि बढेकोले सहनायकका रूपमा ऊ यहाँ उपस्थित छ । त्यस्तै कथामा कमरेड दिनेश असत् चरित्रका रूपमा उपस्थित छ । गाउँ समाजमा गई सम्झाउन र आवश्यक राहत नदिन उक्साउने यथास्थितिवादी पात्रका रूपमा आएको छ । त्यस्तै विक्रम राई, गाउँलेहरू, अन्य कमरेडहरू गौण पात्रका रूपमा कथामा आएका छन् ।
४.१२.३  परिवेश
प्रस्तुत सपनाको खोजी कथाले नेपालको माओवादी द्वन्द्वकालीन परिस्थितिमा पीडितहरूलाई अब पार्टीले उद्धारका कार्यक्रम लिई अघि बढ्ने आगामी दिनमा त्यस्ता कर्तुतहरू नदोहो¥याउने उज्ज्वल भविष्यतर्फ पाइला चाल्दै सपनाहरूको खोजीगर्ने परिस्थितिलाई आत्मासात् गरेको परिवेशमा निर्मित छ। स्थानगत हिसाबले पूर्वी नेपालको उदयपुर जिल्लाको विभिन्न ठाउँहरू बेतिनी, पाल्सिङ्ग, राउतखर्क, बड्डाँडा, लिम्पाटार, आदि आएका छन् साथै उदयपुर जिल्लाका सुन्दर प्राकृतिक वस्तुहरू पनि कथामा परिवेशका रूपमा आएका छन् । समग्रमा नेपाली ग्रामीण समाजमा माओवादी द्वन्द्वका समयमा भएका गल्तीहरूलाई सधंैका लागि त्यागी नयाँ सम्भावनाको ढोका खोल्ने परिवेशमा कथाको निर्माण भएको छ।


४.१२.४ दृष्टिबिन्दु 
प्रस्तुत सपनाकाहरूको खोजी कथामा कथाकार मातृका पोखरेलले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । कथामा कमरेड विकल र सुदीप तथा अन्य पात्रहरूको उपस्थितिमा माओवादी पार्टी भित्रका सत् तथा असत् चरित्रहरूको प्रयोग पाइन्छ । तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा क. विकल र सुदीपको वृक्तान्तबाट कथाको उठान गरिएको छ । थोरै पात्रको प्रयोग भएको हुँदा स्वभाविक  रूपमा थोरै संवाद रहेको पाइन्छ । कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । यसलाई पुष्टि गर्ने केही उदाहरणहरू ः “कमरेड सुदीपले अँध्यारो मुख लगाउँदै कमरेड विकलसँग गुनासो पोख्यो” (सपनाकोहरूको  खोजी, पृ. ६३) । “कमरेड विकल यति भन्दै फेरि आपैmभित्र हरायो । (पूर्ववत्, पृ. ६१) ।
४.१२.५ भाषाशैली 
कथाकार मातृका पोखरेलको प्रस्तुतिमा सरलता छ, भाषामा सहजता छ, जुन कथामा विशेषताकै रूपमा रहेको छ । पोखरेलको सपनाहरूको खोजी कथाको भाषाशैली बोधगम्य र रुचिकर रहेको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग पाइन्छ । कथालाई बोधगम्य रोचक बनाउन विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको छ । जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.ऋषि १.लेक १.कम्युनिष्ट
२.पैतृक २.कचिया २.कमरेड
३.निर्देशन ३.डाँडा ३.सेक्रेटरी
४.निर्णय ४.बगर ४.पकलोसेरा टु
       यसरी विविध स्रोतका शब्दहरूको समुचित विन्यासले कथालाई अझ उचाई प्रदान गरेको देखिन्छ । विगतका कमी कमजोरीलाई सच्याएर नवीन सपनाहरूको खोजी गरी समुन्नत समाजको निर्माणमा लाग्ने भाव पस्किएकोले कथाको शीर्षक अभिधात्मक रहेको छ ।
४.१२.६ उद्देश्य
मातृका पोखरेलद्वारा लेखिएको प्रस्तुत सपनाहरूका खोजी कथामा ए. नेकपा माओवादीद्वारा द्वन्द्वकालमा भए गरेका नराम्रा कामहरूको सुधार गरी नयाँ नेपाल निर्माणको दिशामा लाग्नु पर्दछ भन्ने भाव देखाइएको छ । द्वन्द्वकालमा गलत प्रवृत्ति र विचारका मानिसहरूबाट भएका गलत कामहरू, गरिब अहसायवर्गहरूको उत्थान पार्टी भित्रका गलत मानसिकतामा मानिसहरूको चरित्रमा सुधार, शान्ति र सुरक्षाको पूर्णप्रत्याभूति भएको समाज निर्माण, नेतृत्ववर्गमा नयाँ रक्त सञ्चार गर्नु आदि जस्ता कुराहरू यस कथाको उद्देश्यका रूपमा रहेका छन् । द्वन्द्वकालमा नेपालको पहाडी भेगका जनताले पाएको दुःख कष्टका उचित राहत दिँदै अब आइन्दा असल बाटोमा लाग्ने प्रण गर्नु, पीडित परिवारप्रति सहयोग, सद्भाव देखाउनु पर्ने कुराहरू कथामा उद्देश्यका रूपमा आएका छन् । कथाकारभित्र रहेको शान्ति, मानवता र समतामुलक समाज निर्माणको चहानालाई पाठकवर्गमा राख्नुलाई यस कथाले उद्देश्य बनाएको छ । समग्रमा द्वन्द्वकालका गलत कार्यहरूलाई सुधार गर्दै अब उज्ज्वल भविष्यको खोजीमा लाग्नु पर्ने, विकसित नेपालको खाका तयार पार्नु पर्ने सन्देश कथामा प्रवाहित भएको देखिन्छ ।
४.१२.७ निष्कर्ष
कथाकार पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको एघाराँै कथाको रूपमा प्रस्तुत सपनाहरूको खोजी कथा रहेको छ । यो कथा प्रथम पटक नवयुवा (वर्ष१२, पृ. ११२, २०६४ मङ्सिर–पुष) मा प्रकाशित भएकोे थियो । यो कथा पृष्ठ ५८ देखि पृष्ठ ६४ सम्मको आयतनमा पैmलिएको छ । यो कथाले माओवादी द्वन्द्वकालका नराम्रा कुराहरू सच्याउदै नेपाली जनताहरूले नयाँ नेपाल बनाउने सपनाहरूको खोजीमा लाग्नु पर्ने कुरा कथाले बताएको छ । 


४.१३.१ देवीदत्तको चिन्ता कथाको कथानक
प्रस्ट देखिने गरी उज्यालो नभएको मिर्मिरे बिहानीमा ठूला घरतिर दुईओटा मानिसहरूको आकृति ऊ अर्थात् देवीदत्तले देखी उसका मनमा चिन्ता परेको मानसिक छट्पटीबाट प्रस्तुत कथाको कथानक सुरु भएको छ । देवीदत्तलाई प्रधानका छोराहरू फेरि गाउँमा आएभँैm लाग्छ । देवीदत्तका गाउँका प्रधानहरूले पहिले धेरै दुःख कष्ट दिएका थिए । माओवादी द्वन्द्वका समयमा गाउँबाट सहरतिर लागेकाले गाउँ उनीहरूको कुकृत्यबाट मुक्ति पाएको अवस्थामा हुन्छ । आज फेरि प्रधानका छोराहरू गाउँ आएसँगै के के दुर्घटनाहरू व्यहोर्नु पर्ने हो भन्ने सोचले देवीदत्तको चिन्ता मौलाउँदै गएको हुन्छ । उसको घरमा छोरीहरू विवाह गर्ने अवस्था पुगेका हुन्छन् । प्रधानहरूले विगतमा झैँ राक्षसीराज चलाउँछन् कि भने ऊ आत्तिन्छ । उनकी श्रीमती पनि अनुमानित भयबाट आतङ्कित हुन्छिन् । आजभन्दा पन्ध्र वर्ष अघि यस गाउँमा प्रधानहरूको निरङ्कुश राज चल्थ्यो । उनीहरूले देवीदत्तको छोरो र अन्य गाउँलेहरूलाई निर्घात कुटपिट गरी हत्या गरिदिएका थिए । प्रधानहरूले पैसा शक्ति र आफन्तको सहायताले सबैलाई दुःख दिएका थिए । ए. नेकपा माओवादीको द्वन्द्वका समयमा जनकारवाहीका डरले गाउँ छाडेका प्रधान परिवार शान्ति सम्झौतापछि गाउँमा पुनः आएकोले देवीदत्त पुरानै दिनहरू फर्किने हुन् कि भन्ने डरले पिरोलिएको छ । यत्तिकैमा उसको घरमा विष्णुप्रसाद पण्डित, देवीथाने जैसी, फुर्के भट्टराई र कान्छो धामी आएर प्रधानका छोराहरू चार दिन अघि गाउँमा आई लुकेर बसेका आफ्ना सारा सम्पत्ति आफन्तहरूलाई बेची सधँैका लागि गाउँ छाड्ने तर्खरमा रहेको जानकारी दिँदै अब गाउँमा सधैँका लागि शान्ति आउने सङ्केतसहित कथानकको अन्त्य भएको छ । यसरी कथा देवीदत्तको मानसिक छट्पटीबाट सुरु भई अगाडि बढी बिगतका नरम्रा दिनहरूको संस्मरणात्मक बर्णनमा मध्यभाग अनि प्रधानहरूले गााउँ छाड्ने निश्चितसहित कथा अन्त्य भागमा संरचित छ । अन्ततः सम्भावित डरबाट सधैँका लागि मुक्ति पाएपछि कथानकले पूर्णता पाएको छ । कथानक आदि, मध्य अन्त्यको सरलरेखीय ढाँचामा संरचित छ ।
४.१३.२  पात्र वा चरित्रचित्रण
प्रस्तुत देवीदत्तको चिन्ता कथा छोटो आयाम र थारै पात्रको प्रयोग भएको कथा हो । यो कथामा गाउँका ठूलाबडाहरूले सर्वसाधारणलाई के कसरी दुःख दिन्थे भन्ने परिस्थतिको चित्रण छ । सोहीअनुसार पात्र र उनीहरूको चरित्रको चित्रण कथामा पाइन्छ । कथाको नाम नै प्रस्तुत कथाको नायक वा प्रमुख पात्रको नामबाट राखिएको छ । ऊ सर्वसाधारण नेपाली जनताहरूको प्रतिनिधि पात्र हो । प्रधानहरूको निरङ्कुश शासनको दुश्चक्रबाट पीडित ऊ आफ्नो युवक छोरो गुमाएको हतभागी बाबु हो । फेरि युवा अवस्थाका छोरीहरू घरमा भएको बखत प्रधानहरू गाउँमा आएकाले ऊ मानसिक छटपटीमा पर्छ । ऊ यस कथाको सत् तथा अनुकूल पात्र हो । कथाबाट हटाउन नमिल्ने सक्रिय, आबद्ध तथा मञ्चीय पात्र पनि हो । प्रधानका छोराहरू यस कथाका खल पात्र, प्रतिकूल वा असत् पात्र हुन् । धन सम्पत्तिका आडमा प्रशासन, नियम कानुन आफ्नो हातमा लिई जनतालाई दुःख दिने नीच पात्रका रूपमा उनीहरू यहाँ उपस्थित छन् । उनीहरूका कारण सबै गाउँलेहरू पीडित छन् । त्यस्तै देवीदत्तको छोरो, श्रीमती कथामा सहायक पात्रका रूपमा आएका छन् भने प्रहरी, प्रधानका सहयोगी, गाउँलेहरू यस कथामा खासै महŒवपूर्ण भूमिकामा नदेखिएकाले गौण पात्रका रूपमा आएका छन्  ।
४.१३.३ परिवेश
प्रस्तुत देवीदत्तको चिन्ता नेपालको माओवादी द्वन्द्वको समय पश्चातको शान्तिपूर्ण अवस्थामा गाउँका सर्पहरू फेरि सल्बलाउने हुन कि भन्ने मानसिक छटपटीलाई कथाले परिवेशका रूपमा उतारेको छ । माओवादी जनकारवाहीका डरले भागेकाहरू शान्ति स्थापना भएपछि पुनः गाउँ फर्किएर पुरानै धाक रवाफ जमाई गाउलेलाई प्रताडित बनाउने शङ्कालाई कथाले परिस्थितिका रूपमा उठाएको छ । नेपालको माओवादी द्वन्द्वपूर्व, द्वन्द्वकाल र यसपछिको तीनै समयलाई परिवेश बनाएको छ । स्थानका हिसाबले देवदत्तको घर, त्यस वरपरको वातावरण, गाउँको एकराते मेला, सुनकोशीको किनारा, प्रधानको घर, आदि परिवेशका रूपमा आएका छन् । समग्रमा कथाले देवीदत्तको मानसिक स्थितिलाई समेट्दै नेपालको ग्रामीण समाजमा ठूलाबडाले सर्वसाधारणलाई पीडित बनाउने गरेको र अब उनीहरूले गाउँ छाडी भाग्नु परेको स्थितिलाई परिवेश बनाएको छ । यस परिवेशले अब नेपाल शान्ति हँुदै गएको बिम्ब कथामा आएको छ ।
४.१३.४ दृष्टिबिन्दु
मातृका पोखरेलद्वारा रचित देवीदत्तको चिन्ता कथामा कथाकारले आफ्नो विचार पाठकसमक्ष पु¥याउनका लागि देवीदत्त र अन्य पात्रहरूको चयन गरेकाले तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा देवीदत्तको मनभित्रको चिन्ताहरूलाई देवीदत्त उ